December 14, 2009

विवशताको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्युँझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्युँझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरोअगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ , उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । समयले उही भिडन्त, भिडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछार्यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भिडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन ।
साँच्चै अहिले सुकन्या मेरोअगाडि छे ।
म उसँग केही वार्तालाप गर्दै छु ।
"तिम्रो नाउ ˜ -'
"मेरिना । "
"घर कहाँ -'
'नेपाल माडीगाउँ ।"
"यहाँ कसरी आइपुग्यौ -"
बैकंकको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भिडन्तपछि दुर्इवर्ष सम्म वेडरेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरेँ । गृहबाट पर्यटन मन्त्रालय सरुवाभएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीयस्तरको अफिस मेनेजमेन्ट ट्रेनिङ्कमा भागलिने मौका पाएको थिएँ । भत्तापनि राम्रो आउने यो टे्रनिङ्क मलार्इृ भिडन्तमा परेर मानसिक र शारिरीक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङ्गको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइदिने चलन रहेछ । साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र - यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।
ऊ अथार्त मेरिना अहिले मेरो छेउमा छे ।
"मेरो काका यही होटलमा काम गर्नुहुन्छ । "
"तिमीलाई यस्तो काम गर्न लाज वा धिन लाग्दैन ।"
"यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।"
ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे ।
ऊ फेरि भन्छे "लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने वाट अ नानसेन्स " उ अझ बोल्ड देखिन्छे ।
म अचम्ममा पर्छु यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्टङ्ग भएर बोल्न सक्दैनन । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । तर ऊ त भिडन्तमा मरेको मेरै आँखाले देखेको कसरी सम्भव छ - म अलिक धकाउँछु आफूलाई मूल्याकंन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । तर हामी पुरुषहरू सधै पवित्र नै हुन्छौ सायद हाम्रो वंशले त्यो पवित्रता लाहा छाप लगाएर समाजबाट प्राप्त गरको छ । म केही बेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन किनभने उसका प्रत्येक वाक्य धारिला छन् । मुटु छेड्नगरी ।
हामी एउटा होटलको बन्दकोठा भित्र सोफामा आमनेसामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो , तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे हुलाँ । सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो की - यस्तोबेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । मैले पनि आघुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र - जे होश यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझैँ गर्दै छे । त्यसैले ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ - म मस्तिष्कमा विभिन्न र्फमूला उब्जाउदै ब्रेन स्ट्रोमिङ्ग गर्न थाल्दछु । उसलाई सुक्न्या हुँ भनेर मनाउन विगतको उही भिडन्तमा पुर्याउँछु । म नम्र भएर भन्छु ।
"मेरिना तिमीलाई थाहा छ म को हु -"
"थाहा छैन । मैले कसरी चिन्नु - हाम्रो पेशामा यो सब हुँदैन - तपाईँ नयामान्छे पर्नु भा जस्तो लाग्छ -" ऊ निकै सामान्य भइसक्छे ।
"यु आर राइट मेरिना , म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेश तिमीलाई अलिकति दुख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएकेा हो । त्यसैले मैले नेपाली केटी रोजेको हुँ । सबै यौनकर्मीलाई कामुक नजरले नै हुर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन -" म उसको मनोविज्ञान पढ्दै आफूतिर आर्कषित गर्ने प्रयास गर्छु ।
"सुन्छु , भन्नुभए हुन्छ ।" ऊ अलिक आत्मीय स्वरमा भन्छे ।
"ओके हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलोगरी बिताऔँ है -"
"सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्रयुद्धमा थिए । माओवादी र सरकारीपक्षबीच ठूलठूला भिडन्त भइरहन्थे । एकपल्ट म बसेको जिल्लामा ठूलो भिडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरैअगाडि मेटिसक्थ्यो । उसको सम्झना मेरो स्मृतिपटलमा प्रत्येक पल जागै भएर रहीरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पुर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । त्यसैले उसको त्यो भिडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानले थिचिएको मेरो यो जीवन आफैलाई थामिनसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ ।" म सुक्कसुक्क गरेर रुन थालेँ ।
वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ ।
म फेरि भन्न थालेँ "मेरिना मैले उसको कथा लेखेर पनि र्सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूलो मानवीयता रहेछ । मानवीयताभन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हाम मानव दुर्इदिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिइ क्रान्तिको आगोमा तर क्रान्तिले उसलाई के दियो - मृत्युवाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टी सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।"
मैले यति भनिसक्दा नसक्दा सुकन्याकेा मुहारमा ठूलो परिवर्तन आइसकेको थियो ।
उनी रुलारुलाझैँ गरी भन्न थालिन्
"सर तपाईँले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ भन्दा भइहल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ.. सर । भाग्यले ठगिएकी , कर्मले पछारिएकी ।"
"सुकन्या.. तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यौ । तिमीभित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पुर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ - यो पेशामा - कसरी आइपुग्यौ - तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !""
"हो सर सबैले मलाई मरेको नै ठान्छन् । त्यो भिडन्तमा तपाईँलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुडभेड भयो । गोली लागेर म ढलेछु । मरे भनेर छोडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइपुर्याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । तर इश्वरको लीला भनौँ त्यही अस्पतालमा मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भिडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्नसकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भिडन्तमा मरेकी थिइनँ सर ।"
"ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गारो भइरहेछ । तिमीले मसँग सर्म्पर्क राख्न सक्थ्यौ नि !"
"त्यसपछि निको भएपछि कहाँ जाने - के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टी मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर याताना दिन सक्थ्यो । त्यसैले पार्टी म गइनँ । बाँच्नका लागि सङ्धर्षगर्नु थियो त्यो पनि भूमिगत भएर । कतै पार्टी मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागेँ । भूमिगत हुने क्रममा यौनक्रर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूलठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।"
"तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे यस्तो स्वाभिमानमा बाँचेकी मान्छे कसरी आफ्नो शरीर , आत्मा अरूलाईै सुम्पन राजी भयौ त सुकन्या.. -"
"यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँ भए। तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइन् भनौ पार्कहरूमा ग्राहक रुगेर बस्ते भालु भइनँ । एउटा स्मार्ट र उच्चतहको व्यक्तिहरूसँग उठबस गर्ने महगी पेशेवेर । यह गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।"
अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ्क तानेर बस्ने पोजिशनमा परिवर्तन गरी ।
"भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र हिस्की पनि लिउ है ।"
"ओ. के !"
म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैकंकका सडकमा गाडीहरू कमिलाका ताँतीझैँ कुदिरहेका देखिन्थे । सुकन्याको रुप र लावण्यले बैकंकमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पेन्टमा सिल्पलेस भेष्टले उसको हस्टपुस्ट पाखुरा र आधा नाङ्को देखिने शरीरले तिर्खालु आँखालाई लोभ्याएझै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुलाझैँ गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । त्यसलाई शब्दमा परिणत गरे - "सुकन्या तिमीले आफ्नो रूपरङ्कलाई अझ लावण्य बनाएछौ नि !"
उसले झ्यालबाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी - "हो मैले आफ्नो रूपरङ्ग स्याहार्ने मौका पाएको छु । मेरो अरू काम नै के हुन्थ्यो र - छापमार हुँदा केही गर्न पाइदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लैमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपुर्ण हुँदोरहेछ । कस्को छाती कति, कस्को कम्मर कति, कस्को थाइ कति भनेर भनिदो रहेछ । मैले यहाँ आएर मोडलिङ्गको टेनिङ्गपनि लिएको छु । त्यसैले मेरो हिडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यही को केही बिज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । बैकंक बसाइ खर्च मामुली छैन । फेरि यहीको केही विज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । अपार्टमेन्टको खर्च, आफ्नो व्यत्तिगत खर्च फेरि माथिल्लोस्तरको व्यक्तिसँगको उठबस, डिस्कोथक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेछु ।"
हिवस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रुप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झैँ लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पुर्णरूपले सुकन्या मेरी थिई । यहा सामाजिक बन्धन, राजनीति घेराबन्दी, आक्रमण मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आफ्ना विगतका घटना, अनुभूति र भावनाहरू थिए । जुनकुरा हामीबीचमा ओहोरदोहोर गर्दथे र आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो ।
हामी हिवस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ ।
"त्यसपछि के भयो सुकन्या -" लामो मौनतापछि मैले जिज्ञासा उघारेँ ।
ऊ भन्न थाली - "काठमाडौँमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गारो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रातपरेपछि सिँगारिएर हिँड्नु पर्ने । निसंकोच पुरुषको अगाडि नागिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने बनावटी हाँसोमा शरीरमात्र होइन आत्मापनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेश गर्नुपर्ने । विशेषगरी भारतीयहरू हुन्थे मेरा ग्राहक । तर ती फाइवस्टार र थ्री स्टार मा बस्ने धनाढ्य हुन्थे । त्यसैले मैले पैसाको लागि धेरै बिक्नुपर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप.. यौवन... र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ.. ।"
"सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छेभन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई ।
"मे आइ हेव स्मोक -"
"अफ कोर्स !"
त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर लाइटरले सल्काई । धुवाँको मुस्लाले उसको अनुहारलाई चुनौति दिँदै उडेझैँ लाग्दथ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठदश चोटि लिइसकेपछि ऊ भन्न थाली
"एक दिन अचानक मेरो भेट छापामार बादलसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । उसले क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुधिवा दिएर नराखेकोमा असन्तुष्ट थियो । पार्टीका ठूलठूलानेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्दथ्यो । त्यसैले ऊ विद्रोह गर्न भनी क्यान्टोनमेन्टबाट भागेको रहेछ । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बतायेा । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुनेगरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । उसको प्रस्ताव मलाई ठीकै लाग्यो किनभने सशस्त्रता युध्यताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मलाई पनि ठूलठूला समाजसेवीहरू र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गारो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहि मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको प्रस्ताव ठीकै लाग्यो । त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । साकार र मेरो सम्झौता भयो ।उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुनसक्थ्यो । त्यसैले एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैकंक आइपुगेँ ।" ्
उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पुर्याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुने फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो ।
यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । हिवस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो अर्समर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । तर यो सुकन्याजस्ती केटी अनि यो गेटअप । सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुदै उसलाई ग्वार्लम्म अँगालो मार्छु उसका गालाहरुकमा चुम्वन गर्दै भन्छु
" सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन म के गरु तिम्रो लागि म जे पनि गर्नसक्छु ।"
ऊ पनि भावुक हुँदै भन्छे "मेरो लागि केही गर्नुपदैन सर मलाई त्यो खुसी दिनसक्नु हुन्छ जुन मैले अहिलेसम्म पाएको छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ जसमा आत्मीयता हुन्छ, र्समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईसँग यही सेयर गर्न चाहन्छु सर ।"
सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे ।
"तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभुति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ , हेर त्यो कीलामा ठोकिएको फ्रेमजस्तो । भित्तामा झुन्याएको प्रणयलीलामा मग्न युवकयुवतीको फोटो देखाउदै म उसलाई भन्छु
हेर हाम्रो जीवनले पनि त्यो फ्रेमभित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झार्यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ फोटोले उमुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेकोहुन्छ । हाम्रो जीवजजस्तै हैन !" उसको औँलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु ।
मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जस्को सौर्न्दर्यमा मै हुँ भन्ने ब्रहाचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ ।
बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारीदेहको तातो र्स्पर्शमा मुग्ध हुदै भन्छु आइ नेभर फोरगेट यु सुकन्या ।

म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु दुवै हातले अगालोलाई अझ मजबुत बनाउदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे म उनलाई दुवै हातले फूलको थुगाझै उठाएर वेडमा सुताउछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।
केहीछिनपछि हामी बन्धनमुक्त हुन्छौ प्राकृतिक रुपमा । मेरा अग प्रत्येग उमगित हुदै उनका अग प्रत्यगसग समाहित हुन पुग्छन् । हाम्रा हातमा हात ओठमा ओठ र सरिरमा शरिर एक भएर अलौकिक आनन्द लिन तत्पर हुन्छन् । कतै मीठो संगितको मधुर धुन बजेको आभास हुन्छ । बिस्तारै आवेष्टित शरिरको र्स्पर्शसधर्षाट कुनै नौलो कलात्मक आनन्दको
सिर्जना भएको मैले महसुस गरेँ । । मेरा उत्तेजित यौन जनेन्दिय उनका गोप्य जनेन्दिय पछ्याउन थालेँ । यौनसुखको परम उत्कर्षमा थियौँ हामीहरु । सायद उनले यति आनन्दित यति तृप्त र यति उर्जावान आफूलाई कहित्यै पाएकी थिइनन् । उनी परम यौनसन्तुष्टिको आनन्दमा लीन थिइन् । यौन आनन्दको चरम शीखर आरोहण थियौ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौ ।
आवेगात्मक रुपमा चलेको हुरी बतास केही समयको सधर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नया इतिहास कोरेको थियो दुइ आत्माको पुनर्मिलनको ।
समय निकै बितिसकेको थियो । सुकन्याले आत्तिदै भनी "अब मैले जानुपर्छ ।"
"तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ।
मैले उसलाई बलियो गरी आफूमाकस्दै भने ।
"हुन्न सर मेरो समय बितिसकेको छ । रात बिताउन धेरै मँहगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।" उसले आफूलाई मबाट अलग गर्दै भनी ।
यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवस आँखाले हेन बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु ।
भोलिपल्टको टेनिङ्गसकेर म फेरि कोठामा आइपुग्छु। म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कहिले आइपुग्ली आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकैपर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ - मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउदै त्यो ठाउमा पुग्छु । त्यहा पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निवाग निबस्त्र देख्छु । ऊ घोप्टिएकी हुन्छे । उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मायो होला- को होली यो नेपाली केटी जस्ती - अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्छु नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खरग हुन्छु कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ । सुकन्या...... मेरो मुखबाट निस्कन्छ ।
मलाई रिगटा लागेर आउछ । म त्यहा बस्न सक्दिन दौडदै कोठामा आउँछु ।

रिगटा लागेर म सोफामा थचक्क बस्न पुग्छ । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागरे पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउछु र चिच्चाउछु "सुकन्या ˜..˜ ..।"

मेरो पात्रको प्रेमकथा र म

ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, "तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ - तिमीहरू समाज डोर्याउने सपना देख्छौ अनि विपनामा शब्दका विगुल फुक्छौ । खोइ डोर्यायौ समाज - नत्र भने बारुद गोलीको मात्र कुरा गरेर समाजलाई जङ्गल मुक्ति र आन्दोलनको भयावह विपत्तिबाट प्रेम र आदर्शको परिकल्पनामा किन तान्न सक्दैनौ तिमीहरू - तिमीहरू समाजका दास हौ । त्यसैले समाजका विक़तिहरूलाई जलाएर खरानी पार्नुको सट्टामा धुपौरे बनी बालिरहन्छौ ।"
ऊ अर्थात् मेरो पात्र, ऊ कसैलाई प्रेम गर्छ । उसको विरह र बिलौनाले भरिएको प्रेमकथालाई आज म साहित्यिक कथाजालमा बुनेर आफ्नो साहित्यिकधर्मिता पूरा गर्न गइरहेको छु । उसको प्रेमलाई समाजले र्समर्थन पनि गरेन अनि स्वीकार पनि गरेन । आदर्शताले भरिएको उसको प्रेम सामाजिक विकृति र विसङ्गतिले पिल्सिएको थियो । त्यसैले उसको प्रेमलाई समाजले कुनै मूल्य र मान्यता दिएन । उसको प्रेमको पक्षधर समाजमा नभएका होइनन् तर तिनीहरू शक्तिहीन, निमुखा र लाचार थिए । त्यसैले उनीहरूले उसको पक्षमा कुनै ठोस पाइला चलाउन सकेनन् ।
ऊ आफ्नी प्रेमिकालाई हृदयदेखि नै चाहन्छ । उसको प्रेम हिमालको कञ्चन हिउँ जस्तै शुद्ध र स्वच्छ थियो । उसको प्रेम उषाको क्षितिजझैँ मनमोहक थियो । उनीहरूको प्रेम उषाको आदित्य लालिमासँगै लुकामारी खेल्दै यौवनको खुड्किलोमा चढ्दै गएको थियो । वनपाखा, डाँडाकाँडा, भञ्ज्याङ्ग चौतारामा सबैतिर उनीहरूको प्रेम सुवासित भइरहन्थ्यो । झरनाको ध्वनीसँगै र सल्लाको सुसेलीसँगै वयेली खेल्दै माधुर्य संगीत छर्दै वनपाखा चर्न पुग्दथ्यो । खोलाको कलकल ध्वनिले उनीहरूको प्रेममा संगीत भथ्र्यो । तर उनीहरूको सपना वास्तविक हुन पाएन । कल्पनाले एकीकार लिन सकेन । उनीहरूका प्रेमका विरोधीहरूले षडयन्त्र रचे अनि निर्ममतापुवक उनीहरूको प्रेमको हत्या गरिदिए । यस्तो दर्दनाक स्थितिमा उसका विरह र वेदना छालहरू किनारा खोज्दै मेरा संवेदनशील पोल्टामा ठोक्किन आइपुग्छन् अनि पोखिन्छन् यसरी ः- तिम्रो साहित्यले घाउलाई खोतलेर अझ गाढा घाउ बनाइदिन्छ तर त्यसलाई निको पार्ने र निको पार्न लगाउने क्षमता तिमीहरूमा छैन । तिमीहरूले प्रेम र खुसीलाई बिर्सिसक्यौ । त्यसैले मेरी प्रेमिका शान्ति हराउँदा मेरो भावनाको उपहास मात्र गर्यौ । किनभने मेरा भावनामा संवेदनशील भएर यो समाजको विरुद्ध एक जुट भई मेरो प्रेमलाई सफल बनाउन सकेनौँ । यो निष्ठुरी समाजले मेरो प्रेमको घाँटी निमोठी हत्या गरिदियो । मेरो प्रेमका खलनायक यही समाजमा ब्याप्त छन् । खै तिमीहरूले चिनेर बुझेर पनि आवाज उठाउन सक्यौ - खोइ, मेरो अधिकार स्वतन्त्र विचारको संरक्षण गर्यौ - तिमीहरू स्वतन्त्र विचारका पुजारीहरू मेरो शान्ति, मेरो ढुकढुकीलाई कसैले अपहरण गरेर लाँदा मूकदर्शक भएर हेरिरह्यौ । म निष्प्राण भएर बाँच्न बाध्य छु । तिमीलाई थाहा नै छ । म र मेरी प्रेमिका शान्ति कसरी प्रेमिल संसारमा रमाउन पुग्थ्यौँ । हामी दुइले एक पल पनि नछुट्टनिे प्रण गरेका थियौँ । केही समय अलग भएर बस्नुपर्दा हामी पानी विनाको माछाझैँ तड्पिन्थ्यौँ । अनि तुरुन्त सर्म्पर्कमा आउन चिठ्ठी, फोन वा च्याटिङ्गको उपभोग गर्दथ्यौँ । एक आपसमा भावना, अनुभूति नपोखी हामी कुनै क्षण बस्न सक्दैनथ्यौँ । हाम्रो मायाको थुंगा मालामा परिणत हुन नपाउँदै धुजाधुजा पारिदियो परिवेश र परिस्थितिले । मधुर मिलनको परिकल्पनामा बाँचेको हाम्रो प्रेमको मुना फस्टाउन नपाउँदै निमोठियो अनि किल्चियो ।
तिमीहरू साँच्चै समाज डोर्याउन सक्छौ भने अब बन्दुक र गोलीहरूका होइन प्रेमको विगुल फुक अनि सबैजना रमाऊन प्रेममा । मैले जस्तो अधुरो प्रेममा मर्माहत भएर कसैले बाँच्नु नपरोस् । अनि मान्दछु म तिम्रो अगुवाइलाई ।
ऊ अर्थात् मेरो पात्र, साँच्चै नै शान्तिको लागि जन्मेको थियो । अनि शान्ति उसको लागि जन्मेकी थिई । उनीहरूको सम्बन्ध जूनसँग जुनेली, आकाशसँग क्षितिज, उषासँग किरण, घामसँग छाँयाझैँ अकाट्य थियो । उनीहरू एकअर्काका लागि बनेका थिए । तर समाज परिस्थिति र परिवेशको निर्मोही हातले उनीहरूलाई अलग बनाइदियो । मेरो पात्र मलाई पनि खलनायक बनाउन पुग्दछ । म साहित्यकार भएको नाताले उसको भावना नबुझेको होइन । मैले उसको प्रेम समाजका अगाडि नराखेको होइन । तर के गर्नु समाज परिवर्तन हुन पनि त समय लाग्छ । औषधि खाने बित्तिकै विमार निको हुने पनि होइन नि त्यसको लागि पनि समय चाहिन्छ । तर ऊ आफ्नो अपहरित प्रेमिका विना एक पल पनि बाँच्न नसक्ने अभीष्ट व्यक्त गर्दछ । हो समाज परिवर्तनशील छ, म मान्दछु । मानव विकासको अभ्युदय देखि नै समाज परिवर्तित र विकसित हुँदै आएको छ । यही परिवर्तन हुने क्रममा समाज विभिन्न धारमा बगिरहन्छ । त्यस्तै धारलाई आधार मानी साहित्यले साहित्यरस बगाइरहन्छ । अहिले समाज व्यक्ति स्वतन्त्रताको हकमा अघि बढिरहेछ । वादहरूको साँढे जुधाइमा धेरै बाच्छाबाच्छीहरूको बाँच्ने अधिकार खोसिँदैछ । विचारहरू बाझिरहेछन् । समाजमा अनिश्चितताको कालो बादल मडारिरहेछ । यस्तो विचार, क्रान्ति र युद्धको मन्थनले कुन किसिमको बौद्धिक धारणाको उत्पत्ति हुन्छ भन्नेकुरा कसैले सोच्न सकेको छैन । यहाँ प्रत्येक व्यक्ति अन्यौल, त्रास र अभावको गुजुल्टोमा अल्झेर लडिरहेछन् । यस्तो अवास्थामा मेरो पात्रको प्रेमविलौना मुनासिब छ । यहाँ मेरा पात्रजस्ता धेरै पात्रहरू छन्, जसले अर्धमुर्छित अवस्थामा बाँच्नु परिरहेछ । तिनीहरूले शरणार्थी, अपहेलित र विक्षिप्त अवस्थामा जिन्दगीको गति नापिरहनु परेको छ । हाम्रो समाज एउटा कथाकारको अधुरो कथा भएको छ । जहाँ पात्रहरू निर्दिष्ट बाटो हिँड्न सकेका छैनन् । जहाँ मेरो पात्रझैँ धेरै पात्रहरूको अतृप्त चाहनाहरू मेघ गर्जेझैँ गर्जिराखेका छन् ।
म मेरो पात्रप्रति सहानुभूति जनाउंछु । तर ऊ त्यो सहानुभूतिलाई आत्मसम्मान प्रति चोटिलो प्रहार ठान्दछ । उसलाई म बुझाउन खोज्दछु । म पनि ऊजस्तै कुनै शान्तिलाई प्रेम गर्छु अनि पूजा गर्छु तर समाजमा उत्पन्न हुने विभिन्न व्यवधान र परिस्थितिले हाम्रो प्रेमलाई नराम्रो गरी निमोठ्न खोज्दछ । म पनि ऊजस्तै आ प्रेममा आएको अकल्पनीय कुठाराघातबाट विचलित हुन पुग्दछु । स्वतन्त्रताको पक्षधर हुँदाहुँदै पनि म नैतिक वकालत गर्न सकिरहेको छैन । मलाई थाहा छ कसैको सम्झनामा मुटु दुख्दा कस्तो हुन्छ भनेर । त्यसैले म मेरो पात्रप्रति अत्यन्त भावुक हुन पुग्दछु ।
समाज परिवर्तनको क्रममा म, मेरो पात्रजस्ता धेरै प्रेमीहरूको प्रेम पेण्डोराको बक्सामा बन्द भएका छन् । हाम्रा खुसी र चाहनाहरू खलनायकत्वको भूमिकामा रूपान्तर भइरहेका छन् । त्यसैले हामीले प्रत्येक पल बाँच्दै मर्दै गर्नु परिरहेछ । हामी यस्तो समय पर्खिबसेका छौँ जब हामीभित्रको खलनायकत्वको भूमिका समाप्त हुनेछ । अनि प्रभावकारी नायकत्वको भूमिकामा प्रेम, खुसी र चाहनाहरू स्वतन्त्र धरातलमा विचरण गरिरहेका हुनेछन् । त्यस समयमा म, मेरो पात्र जस्ता धेरै पात्रहरू आफ्नो प्रेमको सुमधुर मिलनमा हराउनेछन् । अनि आफ्ना उद्देश्य पूरा भई निर्दिष्ट बाटोमा हिँड्नेछ । अनि मेरो यो अकथाले कथाको रूप लिनेछ ।

भावनाको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले मलाई मेरा पात्रहरूले दुर्इटा आरोप लगाएका छन् । त्यो के भने मैले नारी पात्रलाई मात्र विषयवस्तु बनाई कथा लेखे रे अर्को आरोपचाहिँ मेरो कथामा लेखकीयप्रवृत्ति अगालिएका कथालाई मात्र मान्यता दिए रे । यो आरोप मलाई पात्र मात्र हैन पाठकहरूले पनि लगाउने गरेका छन् । वास्तवमा कथाकार जुन परियिस्थतिमा बाँचेको हुन्छ, जुन धरातलमा उभिएको हुन्छ त्यसको प्रभाव उसमा परेको हुन्छ । त्यसैले उसको लेखनमा सशक्तताका साथ त्यो परिस्थितिको चित्रण जीवन्त भएर आएको हुन्छ र उक्त कथाकार सफल पनि हुन्छ । यसका थोरै उदाहरण म यसरी दिन चाहन्छु - फ्रान्सका प्रसिद्ध कथाकार मोपासाँको वेश्याहरूसँग बढी सम्बन्ध भएकोले उनले वेश्यासम्बन्धि कथाहरु चर्चित छन् । त्यस्तै हाम्रै देशको कुरा गर्ने हो भने कथाकार महेशविक्रम शाह प्रहरी भएका हुनाले द्वन्द्वकालीन उत्कृष्ट कथा लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल भएभने अर्का उपन्यासकार पत्रकार नारायण वाग्लेले रिपोटिङ्गसम्बन्धि उपन्यास 'पल्पसा क्याफे'बाट चर्चित बने । वास्तवमा यो यथार्थ हो कथाकार कथाकार हुनुअधि उसलाई जुन वातावरणले उसलाई हुर्काउँछ ऊ त्यसैमा बाँच्न चाहन्छ र जीवन्त हुन चाहन्छ ।
कथाकार दिवाकर नेपालीज्यू, अब कुरो को चुरो तिर जाऊ । आज मेरो भेट एकजना पैसठ्ठीवर्षो बूढोसँग रत्नपार्कमा भएको थियो । ऊ रानीपोखरीको छेउमा चना खाँदै उभिएको थियो । म गाडीको प्रतिक्षामा उभिएकी थिए“ । उसले मलाई झट्ट देख्यो र समातेर भन्यो -
'तपाई कथाकार अनामिका हैन -'मैले होइन भन्न सकिनँ ।
उसले भृकुटी खुम्चाउँदै भन्यो- 'तपाईर्ले धेरै पात्रको कथा लेखिसक्नु भयो रे । म बुढोमान्छेको पनि कथा लेखिदिनुपर्यो ।'
मैले नाइँ भन्न सकिनँ किनभने म पनि कथाको खोजिमा भौतारिने मान्छेलाई 'के खोज्छस् कानो आँखो' भयो ।
'हुन्छ नि बुबा, म तपाईँको कथा सुन्न तयार छु भन्नुहोस् । त्यसपछि उसले एउटा बेन्चमा बस्ने् इशारा गर्यो । हामी दुवै बेन्चमा बस्न गयौँ ।
ऊ कथा भन्न थाल्यो- 'सुन्नुहोस् यो कथा आजैको हो । बिहान म बसमा चढ्न मात्र के आँटेको थिए, उसले मलाई हेरेर मुसुक्क हाँसी । मेरो बूढोयौवनमा नयाँ उमङ्ग दौडियो । बुढेसकाल लागेपछि भनौँ साठी वर्षनाघेपछि यसरी हेरेर मुसुक्क हाँस्ने तरुनीको सङ्ख्या धेरै घटिसकेका थिए । तरुनीहरूले भेटेकी बाजे, अङ्कल, मामा, बुबाको सम्बोधनले मेरा यौवनकालीन भावनाहरू धामीले ढ्याङ्ग्रो ठोकेर भूत भगाएझैँ भागिसकेका थिए ।'
मलाई अघि बुबा भनेकोमा पश्चाताप लाग्यो । मैले सोचेँ अब म पात्रज्यू मात्र भन्नेछु । ऊ भन्दै थियो- 'कथाकार अनामिकाज्यू, अब मात्र यौवनकालका विस्मृत सम्झनाहरू सँगालेर हिँडने गर्दछु । -ऊ एकछिन रोकियो ) उमेरमा म कति हेण्डसम थिए । खाइलाग्दो शरीर, बान्की मिलेको गोरो अनुहारमा कालो जुङ्गा देखेर एकपल्ट लट्ठ नपर्ने तरुनी प्रायः कमै हुन्थे । अझ नेपाल सरकारको अफिसर जागिरले मेरो व्यक्तित्त्वलाई केमिकलले काँसका् भाँडा टल्काएझैँ टल्काइदिएको थियो । कुनै काम गराउन पर्यो भने मसक्क मस्किँदै आउने तरुनीको आशामा अफिसमा समय बित्दथ्यो । कुनै दिन एउटै राम्री तरुनीको अनुहार हेर्न पाइनँ भने वा बोल्न पाइनँ भने त्यो दिन पाउरोटीमा ढुसी लागको जस्तै मेरो मन पनि ढुसीले ढाक्दथ्यो । यस्तै अफिसको कामले काजमा वा सरुवा भई काठमाडौँ बाहिर जाँदा कति तरुनीसँग रसरङ्गमा बिताइयो त्यसको लेखाजा्खा नै छैन । यसका लागि मलाई प्रशस्त गृहकार्य गर्नु पर्दथ्यो । त्यो केटी कस्ती खालकी हो - चरित्र कस्तो छ - कस्तो सम्बन्ध मन पराउँछे - यी सारा कुराको प्रशस्त अनुसन्धान गरेपछि मात्र म मिशनमा अघि बढ्दथे । र्सवप्रथम त तरुनीहरूलाई पहिले उसको रूपरङ्ग र फैशन र आभुषणको सक्दो प्रशंसा गरेर तातोपानीको कुण्डमा डुबाइदिनुपर्छ । त्यसपछि उनीहरू सबै आनाशक्ति पखालेर आफूप्रति समर्पित हुन आइपुग्छन् । बिस्तारै देखभेट बढेपछि प्रशस्त मनोवैज्ञानिक अध्ययन गरेपछि ऊ जुनसुकै होटेल र रेष्टुरेण्टमा जान तयार हुन्छे । यस्तो अवस्थामा बढी भावुक र व्यवहारिक केटी पटक्कै काम लाग्दैनन् । किनभने उनीहरू पछिसम्म आफ्नो गलाको पासो हुनसक्छन् । आफू त लोग्नेमान्छे न परियो केही समय रासलीला गर्ने अनि अर्कै स्वादका लागि भौतारिने । भवरा एउटै फूलको रस खाएर किन अघाउथ्यो र - युवास्थाको त्यो क्षण, त्यो तृप्ति त अब कहाँ जीवित रह्यो र - ज्यानले सुगर र प्रेशरलाई निमन्त्रणा दिई सकेको छ । न त पहिलाको जस्तो शरीरमा शक्ति छ न त परिस्थिति नै अनुकुल छ । रिटायर भएपछि सबकुरा बन्द भएर ताल्चा लाग्यो । तर पनि मान्छे बूढो भएपनि मन बूढो कहाँ हुँदोरहेछ र कथाकार अनामिकज्यू - हेर्नोस् कहिलेकाहीँ यो मन त्यसै रोमान्चित भएर आउँछ । अझ बजारमा ठिटाठिटी नारिएर हिँडेको देखे भने मन त्यसै कुडिएर आउँछ । अझै त ज्यानमा शक्ति छ नि भनेर कहिलेकाहीँ ढाटिएर हिँड्न मन लाग्छ । कसैले बूढोमान्छे भनी दियो भने तीनपुस्तालाई पुग्ने गाली गरुझैँ लाग्छ र भन्छु- 'तेरो बाउ बूढो, तेरो हजुरबुबा बूढो , तेरो जिजुहजुरबुबा बूढो ।'
अनि सो बूढोमान्छे भन्ने व्यक्ति हाँस्दै भन्छ - 'हो त हजुरबुबा मेरा बुबा हजुरबुबा सबै बूढा नै हुन् । तपाईँले यसरी गाली गर्नै पर्दैन ।'
म अन्यमयस्क हुन्छ र आफैँ घोरिन थाल्दछु, 'आहो † यो मैले के भने ।' भनेर । कहिलेकाहीँ तरुनीहरूको शरीरबाट निस्कने रागात्मक वास्नाको गन्ध लिऊँलिऊँ लागेर उनीहरूको छेउछाउमा गई बस्न मन लाग्छ । उनीहरूले समयअनुसार गरेको फैशन र मेकअप देखेर लट्ठ परेर हेर्ने गर्दछु । थाहा छ - एक दिन त के भएछ कुन्नी † गाडीमा एउटी केटी सीटमा समाएर उभिई रहेकी थिई । उसका बाटुला, गोरा हातमा लगाएको चुरा देखेर लट्ठ परेछु । के भएर हो होशमा हो कि बेहोशमा उसको हात समाउन पुगेछु । त्यो केटीले हात झटकार्दै 'कस्तो पात्तेको बूढो रहेछ' भनेर गाली गर्दा पो झसङ्ग भएछु । के गर्नु बूढेसकालमा लोग्नेस्वास्नीको सम्बन्ध पनि अचम्मको हुँदोरहेछ । .कथाकार अनामिकाज्यू, सायद तपाईले त अनुभव गर्नु भएको छैन होला । म 'हो भन्न पुग्छु र उक्त पात्र यौनमनोविज्ञान बुझ्ने प्रयत्न गर्छु सायद फायडले धेरै अध्ययन र अनुसन्धान गरेर यौनमनोविज्ञानसम्बन्धि सिद्धान्त पत्ता लगाएका होलान भन्ने निश्कर्षमा पुग्दछु ।
उ भन्दै जान्छ- 'रोमान्टिक भावना जति चुहुने भाँडामा चुहेझै सबै चुहिसक्दोरहेछ । मात्र व्यवहार, अभाव र सामाजिकदायित्त्व मात्र थिग्रिएर यो उमेर आएर बस्दोरहेछ । कहिलेकाहीँ लाग्छ बूढी पच्चीस वर्षी भैदिए हुन्थ्यो र आफू तीस वर्षो भैदिए हुन्थ्यो नि † त्यसो भएर मनमा प्रेमिल भावना अङ्कुराएर रतिरागात्मक समयमा दिन बिताउन पाए हुने नि † कतिचोटि यस्ता इच्छा मनमा ओथारो नबसेको कहाँ हो - तर त्यो अप्राकृतिक ओथारो कसरी सफल हुन्थ्यो र - त्यो इच्छा कैयौँ चोटि गर्भित भयो अनि भ्रुणमा नै तुहियो । आज त्यो तरुनी धेरै दिनपछि मलाई हेरेर मुसुक्क हाँसेकी थिई । म पनि मुसुक्क हाँसेर आँखा झिम्काएको भए हुने नि कस्तो शुद्धि नै हराएछ । गाडीमा चढ्ने धुनले हेरेको हेर्यै भएछु । चिनेकी भए त बोल्नु पर्ने हो । ऊ अगाडि उभिएकी थिई । त्यसको ठीक पछाडि म उभिएको थिएँ । उसको शरीरबाट नारीत्वको वासनामय सुगन्ध आयो मेरो नाकमा । मैले घरीघरी उसलाई हेर्ने असफल प्रयास गरेँ । मलाई बोलुबोलू लाग्यो । तर के भनेर बोलूँ - नानी भनूँकी बाहिनी भनूँ की मैडम भनूँ की कुनै निर्णयलिन सकिनँ । गाडीमा एउटा रोमान्टिक हिन्दी गीत बजिरहेको थियो । म गीतमा हराएँ । गाडी नयाँबानेश्वर हुँदै अगाडि बढ्यो । गाडी रोकिदा उसको शरीर मेरो शरीरमा ठोक्किन आइपुग्थ्यो । म आनन्दित हुन्थेँ । उसको देहमाधुरीबाट मीठो वासना चल्थ्यो । मेरो पुरुषत्व पुलंकित भयो । यसरी ठोकिदा मेरो अतृप्त आत्माले एकछिन भए पनि आनन्दको घुट्को पिएर तृप्ति बन्थ्यो । म आफैँ पनि उही रोमान्टिक गीतमा हराइरहेको थिएँ । अचानक माइतीघरको ओरालोमा गाडीमा बे्रक लाग्यो । उसँगै म पनि हुत्तिएँ । उ गाडीको बोनटमा हुत्तिई । म उसलाई अँगालो मार्न पुगेँ । एकछिनपछि ऊ उठ्न खोजी म पनि उठेँ । मेरो चश्मा उछिटिएर झर्यो । कतै गाली गर्छेकी म धकाएँ । उसले केही भनिनँ । म ढुक्क भएँ । खलासीले चश्मा टिपिदिँदै भन्यो- 'बाजे चोट लाग्यो -'
मेरो रिसको ज्वालामुखि फुट्यो । मैले मनमनै सरापे त्यसलाई 'तेरो बाजे चोर, तेरो बाजे डाँका, तेरो बाजे अपहरणकारी । यति मीठो रोमान्टिक क्षणमा बाजे भनेर सबै कल्पना बिथोलिदिइस् ।'
म शहिद गेटमा झर्नुपर्ने थियो । तर झरिनँ । किनभने ऊ झरिन । गाडी मोडिएर रत्नपार्क पुग्यो । रत्नपार्कमा पनि ऊ झरिन । त्यसपछि गाडी मोडिएर बसपार्क पुग्यो । अब पक्कै ऊ झर्छे म पनि उसको पछिपछि झरे । ऊ झरेर पुतलीसडकतिर लागी म झरेर बागबजारतिर लागेँ । अलिक पर पुगेर फर्केर फेरि त्यो केटीलाई अघाउञ्जेल हेर्नुपर्यो भनेर हेर्न थालेँ । मैले हेर्दाहेर्दै बसपार्कमा फ्याकेको केरामा अल्झेर त्यो केटी नराम्ररी पछारिई ।, अब मलाई के चाहियो - त्यो केटीको समीप्यका लागि लालायित मेरो मन जातिसक्दो चाँडो त्यो केटीलाई उठाउन हाम्फाल्दै पुग्यो । त्यो केटी पीडाले 'उफ्उफ्' गर्दै थिई । मैले उसको अग्लो हिलवाला जुत्ता फुकाली दिएँ । खुटा सोझो पारेर मुर्सार्न थालेँ । म यो सब किन र कसरी गरिरहेछु मलाई थाहा छैन । उसलाई समाएर छेउको डिलमा बसाएँ । उसको हस्टपुस्ट शरीर समाउँदा मलाई आनन्द लाग्यो धेरै मानिस भेला भएर सोधीखाजी गर्न थाले । ती सारा मानिसलाई हटाएर एक्लै उसँग बस्न पाए हुन्थ्यो जस्तो लाग्यो । तर मानवीय भावनाले गर्दा होला, सहयोग गर्न धेरैजना वरिपरि झुम्मिए । मलाई भने भोकाएको सिँहको अगाडि शिकार आफैँ परेजस्तो भयो । मैले मायालु भावले् भने“ - 'तपाईंको घर कहाँ हो -'
उसले भनी- 'खम्बा गाडेको ठाउँमा ।'
मेरो कानमा बम पडकेकोजस्तो भयो । 'कस्तो खतरा केटी रहिछे । यत्रो सहयोग गर्दा पनि शत्रुलाई जस्तो व्यवहार गर्छे अहिलेका तरुनीहरू पहिलाका जस्ता कहाँ हुन्छन् र - बूढोमान्छे देखे भने भिमसेनी बोका गन्हाएझैँ परैबाट भाग्छन् । सहृदयी , मिजासिला र अनुशासित भने त पटक्कै हुँदैनन् ।' मेरो मन अमिलो भयो । त्यै पनि यति सहयोग गरिहालियो केही न केही आत्मीयता जताउँनुपर्ला । यो उसको नखरा पनि हुनसक्छ । केटी फकाउने विभिन्न कला दिमागमा उव्जिए । तर ती सबै डेटएस्पाएर भएर आफै ओइलिएर झरे । मैले साहस जुटाएर भने- 'यस्तो राम्री मान्छे खुटा केही भयो भने के गरेर हिँड्ने होला -'
उसले सुनेर पनि नसुनेझैँ गरी मोबाइल दबाउन थाली । मोबाइलमा खै कसलाई लिनलाई बोलाई । मलाई अझ बढी आत्मीयता दर्शाउनु थियो । 'तपाईँलाई अप्ठेरो भए म पुर्याइदिउँला नि ।' मैले आशक्ति बिछ्याएँ ।
कथाकार अनामिकाज्यू, त्यस केटीले के भनी थाहा छ - मलाई भन्नुपर्दा पनि जिउँदै मरेजस्तो हुन्छ । मेरो भावनामा नराम्ररी चोट लाग्यो । उसको रिसको भाडो ममाथि यसरी पोखियो -
'औ बाजे धेरै स्मार्ट हुनुपर्दैन म आफै पनि जानसक्छु । तपाईँले अघिदेखि गाडीमा पनि पछाडिबाट धकेलिरहनु भएकोथ्यो । अहिले पनि नानाथरिको कुरा गरेर मलाई डिर्स्र्टब गरिरहनु भएको छ । यदि तपार्इँ उद्धार गर्न चाहनुहुन्छ भने त्यो बाटामा लडेको माग्ने मान्छेको उद्धार गर्नुहोस् , मेरो गर्नुपर्दैन ।
अनामिकाज्यू, म झसङ्ग भएँ , सपनाबाट ब्युझेजस्तै गरी । ऊ त मैले गाडीमा पछाडिबाट धकेले भनेर पो रिसाएकी रहिछे । मैले त्यस्तरी धकेलेजस्तो त लाग्दैन । तर पनि बूढोमान्छे कतै धकेले कि - खासै दिमागमा के गरिरहेछु भन्ने पनि होश हुँदैन । अब भने मुटु ढुकढुक गर्न थाल्यो । तीस वर्षे उमेरमा रोमाञ्चित भएको मन पैसठ्ठी वर्षो उमेरमा आएर थचारियो । मलाई रिगटा लागेजस्तो भयो । मेरो कुमारी भावनाहरु बलत्कृत भएझैँ लाग्यो । मिठो अनुभूति सँगालेर बर्सिएका भावनाका फोकाहरू छिनभरमा नै बिलाए पानीका फोकाझैँ । म चुपचाप उठेर आफ्नो गन्तव्यतिर बढेँ पछाडि फर्कदै नफर्की । समयको ट्राफिकले कहिलेकाहीँ गतल सिग्नल दिँदा जीवनमा यस्तो असम्भावित दुघर्टना घट्तोरहेछ । मनमा अनेकौ तर्कना कल्पदै गन्तव्यतिर अघि बढेँ।
एउटा बूढोमान्छेको रोमाञ्चित भावनाहरु यसरी नै पानीको फोकाझै उठ्दै बस्दै गर्नुपर्ने नियति हुँदोरहेछ । तपाईले मेरो यो कथा अवश्य नै लेखिदिनु होला । यति भनेर उसले भनौ पात्रज्यूले बिन्ती गर्ने बहानामा मेरो हात समाउन खोज्यो । म र्सतर्क भएँ र हात छुटाउँदै भने- हुन्छ पात्रज्यू, म तपाईँको कथा अवश्य र्सार्वजनिक गर्नेछु । यति भनेर म ऊबाट टाढा भएँ । २०६५-५-१८

December 3, 2009

अनुभूतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईसँग भेट भएको थियो । अपरिचयताको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् । मेरा कथाहरूलाई प्रतिउत्तर दिनु भएको हुनाले तपाईँसँग मेरो एक प्रकारको भावनात्मक सम्बन्ध गाँसिँदै गएको महसुस मैले गरेकी छु । किन हो हिजोआज म कुनै अतृप्त प्रेमको भोकी भएकी छु । लेखनमा भएको सक्रियतासँगै मेरा भावना, अनुभूतिहरू आकाशमा बतासिइरहेका छन् । मेरा सोचाइहरू अनियन्त्रित चङगाझैँ उडिरहेका छन् । यिनीहरूलाई मैले थाम्नै पर्छ , बाध्नै पर्छ । नत्र भने म धागो चुडिएको चङगाझैँ उडेर कतै हराउन वा बिलाउन सक्छु । त्यसैले मैले मेरा भावनाहरू, अनुभूतिहरू सङग्रह गरेर एउटा चित्र कोरेँ । मेरो क्यानभासमा त्यो कसको चित्र थियो म भन्न सक्दिनँ तर मैले त्यो चित्रलाई एउटा सुन्दर कवितामा ढालेँ । त्यस चित्रका आकृतिहरूलाई बिम्ब बनाएँ । रङ्गहरूलाई शैली बनाएँ । कोलाजहरूलाई अनुभूतिका भावहरूमा बदलेँ । समष्टिमा मैले त्यो चित्रलाई एउटा बिम्बात्मक र प्रतिकात्मक रूपले सुन्दर कवितामा पगालेँ । जसरी एउटा मूर्तिकारले धातुलाई पगालेर एउटा सुन्दर मूर्ति बनाउँछ । त्यो मूर्तिको सौर्न्दर्य यस प्रकारको थियो ।
मैले नलाएको माया उसलाई
मेरो मुटुभरि र मस्तिष्कभरि मेरा भावानासँग
लुकामारी खेल्दै कहिले साउनेझरी बनेर
कहिले शरदको प्रीतको थोपा बनेर
बर्सिरहन्छ, बर्सिरहन्छ ।

मैले नछोएको माया उसलाई र्
कर्कलोको पानी बनेर मेरो जीवनको
उकाली ओरालीमा छायाँ बनेर
कहिले चौतारीमा, कहिले द्यौरालीमा
पछ्याइरहन्छ , पछ्याइरहन्छ ।

मैले नदेखेको माया उसलाई
क्षितिजपारिको मधुरो दृश्य बनेर मेरो आकृतिलाई
कहिले उषाको किरणमा कहिले गोधूलि साँझमा
स्नेहले अनावृत गरेर मेरो हृदयभरि
नहराउने एउटा प्रेमको सालिक
उभ्याइरहन्छ उभ्याइरहन्छ ।

मैले नसुनेको माया उसलाई
नबुझिने चराको भाषा बनेर
सल्लाको सुसेलीसँगै मीठो संगीतको धून बनेर
मेरो कानभरि पवित्र आत्माको सा-रे-ग-म
प्रत्येक पल, प्रत्येक क्षण
गुञ्जाइरहन्छ , गुञ्जाइरहन्छ ।


मैले नलेखेको माया उसलाई
कहिले कथा बनेर कहिले कविता बनेर
बाँच्नुको र्सार्थकतालाई जीवन्त पारेर
मेरो जीवनको गाथालाई
बिम्ब र प्रतिकको परिभाषामा रुपान्तरित
गरिरहन्छ , गरिरहन्छ ।

मैले नलाएको माया उसलाई
कहिले शीत बनेर कहिले गीत बनेर
कहिले काया बनेर कहिले छायाँ बनेर
कहिले संगीत बनेर कहिले सुभाष छरेर
हरपल मेरो जीवनको अमूल्य क्षणभरि
एउटा जिउँदो इतिहासको चित्र
कोरिरहन्छ कोरिरहन्छ ।
एकदिन अफिस भनौ मेरो लाइब्रेरीको कोठामा तपाईँ प्रमुख अतिथि भएर एउटा साहित्यिक कार्यक्रममा काठमाडौंबाट आउँदै हुनुहुन्छ भन्ने हल्ला सुनेँ । म उत्ति सारो साहित्यिक कार्यक्रममा हिँडदिनँ । यसरी नहिँडनुको कारणहरू धेरै छन् । जसलाई म यसरी सबिस्तार उद्धृत गर्न चाहन्छु । पहिलो कारण प्रायः ती कार्यक्रम कवि गोष्ठी हुने गर्दछन् । म कविता राम्रो लेख्न सक्दिनँ भन्ने हीनभावना मसँग छ । त्यसैले कवितावाचनमा कहिल्यै भाग लिदिनँ। दोस्रो कारण मेरा श्रीमान् यसरी साहित्यिक कार्यक्रममा हिँडेको पटक्कै रुचाउँदैनन् । तेस्रो कारण प्रायः शनिबार हुने यस्ता कार्यक्रममा मेरो घरव्यवहारले फुर्सद नहुने भएर हो । चौथो कारण आफू साहित्यमा ढिलो लागेको हुनाले साहित्यिक संस्कार अनुसार कनिष्ठताको स्थान स्वीकारेर बस्नुपर्ने बाध्यता । पाँचौ कारणचाहिँ यस्ता कार्यक्रममा पुरुषले नारीलाई यौन वासनाका रूपले हेर्ने प्रवृत्ति हो जुन कुरा मलाई पटक्कै मन पर्दैन । त्यसै पनि मैले मेरो सौर्न्दर्यमा लुटपुटिन चाहना गर्ने प्रक्षेपकरूपी तीखा आँखाहरूको प्रहार सहनुपर्ने हुन्छ । यिनै कारणले प्रायः म साहित्यिक कार्यक्रममा हिँडने गर्दिनँ । त्यसैले मलाई मेरै ठाउँमा पनि धेरै कमले चिन्ने गर्दछन् । जतिले चिन्दछन् तिनीहरूले पनि मलाई घमण्डीको तक्मा लगाइदिइसकेका छन् । तर मलाई यस कुराले केही असर पर्दैन ।
त्यो दिनको कार्यक्रममा मलाई किन हो जाऊँजाऊँ लाग्यो । क्याम्पसमा एक दुइ जना प्राध्यापकहरूले जसले मलाई लेख्छु भनेर चिन्नु भएको थियो । उहाँहरूबाट मैले कार्यक्रम बारे जानकारी लिएँ । म कार्यक्रमस्थल पुगेँ । म तपाईलाई राम्ररी चिन्दथेँ । तर तपाईले मलाई चिन्नसक्नु भएन । एकपल्ट भेटेको मान्छेलाई चिनीहाल्न गारो पनि हुन्छ मलाई पनि थाहा छ । एक दुइवटा कथा छापिएका पत्रिकामा पनि मेरो फोटो मलाई नै आफ्नो होइन जस्तो लागेको थियो भने तपाईले चिन्ने सम्भावना नै भएन । फेरि त्यत्रा मानिसका हजारौं आँखा भएको भीडमा दुइ आँखाले के र कति मात्रामा हेर्न भ्याउनु । तपाईँको निर्दोषिताप्रति मेरो कुनै गुञ्जाइस छैन । तपाईँ आउने भनिएर होला हलमा मान्छे खचाखच भरिएका थिए । तपाईँको स्वागतमा भव्य तयारी गरिएको रहेछ । लाग्दथ्यो राष्ट्रको राष्ट्रपति आएझैँ साहित्यको साहित्यपतिको सवारी भइरहेछ । त्यसै पनि काठमाडौंका साहित्यकार मोफसलका लागि सृष्टिकर्ता ब्रद्माजी सरह हुन्छन् । उनीहरूले आफ्नो र आफ्नो क्षेत्रको बारेमा कुनै वेद वा रामायण नै लेखिदिने हुन् कि भन्ने ठूलो आशा हुन्छ । यो आशा सबै मोफसलको साहित्यकारहरूले हुर्कउने गर्दछन् मलजल सहित । म स्वयं पनि यसकुराबाट अपवाद हुन सक्दिनँ। आकासिने इच्छा कसलाई हुँदैन र - त्यो आकाशिने उपकरण बोकेर बसेको छ काठमाडौँ । कतै त्यो उपकरणको स्वीच आफ्नो नाममा दबिहाल्छ कि भनेर आफ्ना रचना बोकेर चेप्टिएर तिनीहरू आकाश हेरेर बसेका थिए । सबैजना तपाईँसँग हात मिलाउँदै, चिनापर्ची गर्ने, र भलाकुसारी गर्ने तीव्र इच्छाका साथ उभिएका थिए । हेर्दाहरेर्दैतपाईँका हातमा ठेलीठेलीका पुस्तक जम्मा भए झण्डै एउटा भरिया चाहिनेझैँ गरी । मलाई पनि लाग्यो तपाईँले प्रतिउत्तर दिने कथाकार बैनी अनामिका मै हुँ भनेर परिचय दिन तर किन हो मलाई आफू परिचित हुन मन लागेन । तपाईँले सोधीखोजी गरेर मलाई परिचय लिन आउनु होला भन्ने आशा लागेको थियो । यसरी तपार्इँजस्तो विशिष्ट व्यक्तिबाट सोधीखोजी भएर परिचय हुन पाउँदा मेरो मूल्याङ्कन नै अर्कै हुन्थ्यो । हामी कथाको माध्यमबाट यति नजिक भएका छौ, पक्कै पनि मेरो परिचयको लागि कुनै न कुनै उपाय गर्नु हुनेछ भन्ने मलाई लागेको थियो । त्यसैले मैले आफू स्वयम्ले अपरिचयताको घुम्टो उघार्ने कोशिश नै गरिनँ ।
तपाईँ सबैसँग हात मिलाउँदै मञ्चतिर बस्न जानुभयो । एकछिन पछि एउटी नारी साहित्यकार फूलको गुच्छा मुस्कुराउँदै तपाईँलाई दिन गई । मलाई किन हो भित्रदेखि रिस उठेर आयो ।। त्यो फूलको गुच्छाबाट रातो गुलाफ झकिेर तपाईँलाई दिन मन लाग्यो । तर यो असम्भव थियो । त्यसैले मैले असम्भव्यतालाई घुटुक्क थुक निलेझैँ निलेँ ।
कार्यक्रम सुरु भइसकेको थियो । सुरुमा कवितावाचन थियो । मैले पनि मैले उही कोरेको 'मैले नलाएको माया उसलाई' कविता बोकेकी थिएँ । कविता सुनाऊ कि नसुनाऊ भयो । मैले कविता सुनाएँ तपाईले मलाई अवश्य चिन्नुहुनेछ भन्ने मलाई लाग्यो । मलाई यसरी चिनिन पटक्कै इच्छा लागेन । फेरि मेरो कविताको स्तरीयताले तपाईँले मेरो साहित्यिक गहिर्राईको मुल्याङ्कन गर्नु हुनेछ भनेर पनि सुनाउन चाहिनँ । म विचारको तरङ्गमा तैरिरहेकी थिएँ ।
कविता वाचनपछि समसामायिक नेपाली साहित्यमा गद्याविद्याको विकास नामक विषयमा अर्न्तक्रिया कार्यक्रम थियो । त्यस कार्यक्रममा प्रश्नकर्ताहरूले तपाईलाई सोधेर आच्छुआच्छु पार्दथे । तर तपाईँको गहन वौद्धिकताको अगाडि ती विचरा अज्ञानताले चुटेको मुसोसरह ठहरिन्थे । मलाई किन हो ती प्रतिक्रियावादीहरूलाई तपाईँले जित्दा एक किसिमको आनन्दानुभूति हुने गर्दथ्यो । समसामयिक मोफसलको लेखकहरूको चर्चा गर्नु हुँदा तपाईँले एकपल्ट मेरो नाम पनि उच्चाहरण गर्नुभएको थियो । मेरो नाम उल्लेख गर्नुहुदाँ मेरो नाक उचालिएर सगरमाथा भएको थियो । गर्वले मन फुलिएर थामिनसक्नु भएको थियो । अर्न्तक्रिया कार्यक्रमपछि चियापानको कार्यक्रम थियो । चियापान कार्यक्रममा धेरै जुनियर साहित्यकार त्यो पनि महिलाहरूले चिनापर्ची गर्न गए । तर किन हो मलाई जान मन लागेन । म अलिक फरक स्वभावकी छु । म सबैले गरेको काम फरक ढङ्गले गर्न चाहन्छु । फेरि तपाईँले अवश्य पनि मेरो विषयमा सोधीखोजी गरेर मलाई पत्ता लगाउनु होला भन्ने ठूलो आसा थियो । मेरो आत्मस्वाभिमानले तपाईँसँग परिचय लिन जान पनि मानेन । यतिन्जेल निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै लम्बिन सक्थ्यो तर म धेरै बेर बस्न सक्दिनथेँ । त्यसैले म रित्तो मनलिएर म घर आएँ । घरमा दैनिक काममा अल्झनुपर्यो । त्यही बेला श्रीमानको फोन आयो - 'तिमी आज बेलुका रेष्टुरेष्टको काउन्टरमा गएर बसिदिनु है । म धरानमा मिटिङ्गमा छ, . आउन ढिला हुन्छ ।" लोग्नेमान्छेलाई कति सजिलो छ, 'मिटिङ्ग छ' भनिदियो सकियो । समाजले यति धेरै स्वतन्त्रता दिएपछि सदुपयोग त गर्ने पर्यो नि † म बेलुका रेष्टुरेण्टमा बस्दिनथेँ । रेष्टुरेण्टको काउण्टरमा बेलुकी समय महिला त्यो पनि म जस्तो सुन्दरी बस्नु भनेको फूलको वरिपरि भवरा घुमाउनु जत्तिको थियो । इच्छा नहुँदानहुँदै पनि म काउण्टरमा बस्न गएँ । अचम्म † एकछिन पछि केही साहित्यकारसँग तपाईँ भित्र बस्नुभयो । त्यो पनि ठीक मेरो छेउमा । मलाई सपनाजस्तो लाग्यो । धन्न, ती तपाईँसँग आउने साहित्यकारहरू मलाई नचिन्ने परेछन् । नत्र तिनीहरूले तपाईसँग मेरो चिनापर्ची गराइदिने थिए र एक दुर्इ बोतल वियर सित्तैमा उडाउन बेर लाउँदैनथे । म धेरैजसो साहित्यिक कार्यक्रममा नगएको अहिले फाइदा भए जस्तो लाग्यो । तपाईँहरूले वियर चिकनरोष्ट मगाएर खानथाल्नु भयो । मेरो सम्पूर्ण ध्यानचाहिँ तपाईँहरू पट्टि नै थियो । हाम्रो शहरमा हाम्रो रेष्टुरेण्ट तथा लज स्तरीयतामा गनिन्थ्यो । त्यसैले होला आयोजकले तपाईँलाई हाम्रो रेष्टुरेण्टमा ल्याएका होलान् म अनुमानको विऊ र्छन थाल्छु । कोठा बुक गर्ने खाता हेर्छु रातिको लागि पनि हाम्रै लजमा कोठा बुक गराइएको पाउँछु । सदा मेरो श्रीमान यसरी ढिलो आएर म काउन्टरमा बस्नुपर्दा मलाई साह्रै रिस उठथ्यो । तर आज मलाई पटक्कै रिस उठेन । बरु उसलाई धन्यवाद दिन मन लाग्यो । तपाईँ बोलेको, हाँसेको म घरीघरी छड्के आँखाले हेर्ने गर्दथे । एकपल्ट तपाईँले मेरो नाम लिनुभयो । सायद यो ठाउँमा म छु भनेर होला । तर अरु साहित्यकारले खासै महत्त्व दिएनन् र कुरा अन्तै मोडियो । यस कुराले मेरो मनमा केही राहत प्राप्त भयो । किनभने तपाईँले मेरो विषय केही मात्रामा भए पनि खोजी गर्नु भएको रहेछ भनेर । तर आफू मात्र अघि बढु र आफ्नो मात्र चर्चा होस् भन्ने मपाईँहरूले मेरो चर्चालाई लुकाई दिएका हुन सक्छन् । मैले आफूले आफैलाई सान्त्वानाको लेपन लगाएँ ।
तिनीहरू धेरैभन्दा धेरै तपाईँको प्रशंसाको सप्तकोशी बगाइरहेका थिए । उनीहरू तपाईँलाई रिझाउन जन्मदेखिको बल लगाइरहेका थिए । तपाईँहरू उत्तरआधुनिकता, सामवेशी साहित्य, लीलालेखन, रङ्वादी साहित्य, उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएको आदिको विषयमा चर्चा गरिरहनु भएको थियो एक मनले सोचेँ जाऊ परिचय गरुकी भन्ने सोचले तन्किएँ । तर फेरि वियर खाएको बेला के कस्तो व्यवहार गर्ने हुन् भन्ने सोचेर आफै खुम्चिएँ । कल्पनाको तरङ्गमा तरङ्गदिै थिएँ झल्याँस्स भएर एउटा कुरा सम्झिएँ । मैले तपाईँलाई मेरो विगतको कथा त बताइसकेकी छु । वर्तमानको कथा पनि लेख्नेछु भन्ने कुरा बताएकी थिएँ । त्यो वर्तमान तपाईँलाई अवश्यै लेखेर दिनुपर्छ भन्ने बाध्यताले म घोरिएँ । त्यसपछि भोलिपल्ट बिहानै त्यो कथा पनि दिने, आफ्नो परिचयको ढोका पनि उघार्ने र कथासम्बन्धी साहित्यिक छलफल पनि गर्ने सोचाइ बनाएर म घर फर्के । हाम्रो घर लजको ठीक पछाडि थियो । झण्डै नौबजे म कोठामा आइपुगेँ । म आइपुग्दा छोराछोरी निदाइसकेका थिए । घर आएर निकै बेर घोरिएँ । मेरो वर्तमानको कथा तपाईँलाई लेखेर दिनुछ भन्ने सोचले लेख्न बसेँ । साहित्यलेखनमा मेरा सबैभन्दा आत्मीय मित्र नै राति हो । रातिचाहिँ मेरो आफ्नै हुन्छ । यदि रात नपर्ने हो भने म कथा लेख्न सक्ने थिइनँ । दिनभर त म बाँडिन्छु । बिहानभरि आमा हुन्छु भने दिउँसो कर्मचारी, बेलुका घर व्यवहारको गृहमन्त्री अनि राती श्रीमानको सहयात्री । तर राति जोडी दिन श्रीमानलाई दिनुपर्छ भने बेजोडी दिन चाहिँ साहित्यलेखनलाई दिने गरेकी छु । यो बाहेक महिनाको चारदिनचाहिँ मेरो आफ्नै हुने गर्दछ । केहीछिन पछि श्रीमानज्यूले धरान नै बस्ने जानकारी दिए । म आन्दोलित बनेँ । पुरुषहरूलाई कुनै नितिनियम छैन जहाँ जाँदा जे गर्दा पनि हुने - किन हुनु पर्यो र समाजले यति धेरै स्वतन्त्रता बोनसमा दिएपछि । मैले पढेकी छु यसरी मिटिङ्ग भन्दै पुरुषहरू तरुनीहरूको रसरङ्गमा रमाउनेहरूको कथा । त्यही कथाको एउटा पात्र मेरो श्रीमान पनि हुनसक्छ । तर म के गर्न सक्छु विवश र लाचार छु । के बन्धन र नियम त महिलाका लागि मात्र हुन - मैले सोचेँ म पनि तपाईँलाई भेडेटार घुम्न प्रस्ताव राख्ने छु र पुरुषझैँ स्वतन्त्र हुनेछु । तर मैले सोच“े तपाईँले के ठान्नुहोला - फेरि एउटा पुरुषको व्रि्रोहमा मैले अर्को पुरुषको सहारा किन लिऊ - फेरि पुरुष साहित्यकारहरू प्रायः जसो यौनवादी हुन्छन् भन्ने मैले सुनेकी छु । त्यसैले मैले मेरो यो मनोकल्पनालाई मुनामा नै निमोठी दिएँ ।
भोलि कथा लिएर तपाईँलाई भेट्नुछ । म आत्तिएँ । कतिखेर कथा लेखुँ । हुन त आफ्नै वर्तमानको कथा हो । कुनै पात्र, विषयवस्तु र घटना सोच्नै नपर्ने । आफ्नो जीवनको वर्तमान कथामा सललल लेख्दा भइहाल्ने । आज श्रीमान पनि नभएको मलाई समयले पनि अनुकुलता दिएको थियो । मैले आफ्नो कथामा खर्चनु पर्ने शब्द, समय, भावना सबै खर्चे र एउटा सफल कथा लेखेँ । सोचेँ , बिहान चाँडै गएर तपाईँलाई दिनेछु ।
बिहान चाँडै उठे । नियमित धन्दा सकेर तपाईँलाई भेट्न जानलाग्दा छोरीले स्कूलको एउटा प्राजेक्ट वर्क कम्प्युटरमा तयार गरिदिन अनुरोध गरी । नगरी भएन, किनभने नगर्दा ऊ एकाई परीक्षामा फेल हुने सम्भावना थियो । म विवशताले बाधिएँ । टाइपचाहिँ उसले गरिसकेकी रहिछे । दस मिनेट त हो नि भनेर उसको प्रोजेक्ट वर्क मिलाउन थालेँ । गर्दागर्दै झण्डै आधा घण्टा बढी लाग्यो । काम सकेर म हतारहतार गर्दै रेष्टुरेण्ट आइपुगेँ । तपाईँको विषयमा मेनेजरलाई सोधेँ । तर तपाईँ गइसक्नु भएछ । मन खिन्न भयो । त्यो कथा तपाईँको हातमा दिउँला र परिचयको ढोका खोलौँला भन्ने कत्रो सपना थियो । तर सपना असमभ्यव्यताको बाढीले बगाएर लगिसकेको थियो ।
कथाकार दिवाकर नेपालीज्यू म स्वयम् परिचित हुन नचाहेकोले मलाई घमण्डी नठान्नुहोला यो मेरो आत्मास्वाभिमान हो । मेरो आत्मास्वाभिमानलाई अवश्यै सम्मान गर्नुहुनेछ भन्ने आशा गरेकी छु । त्यो कथा चाडै नै कम्प्युटर टाइप गराएर तपाईँले पढ्ने गरी र्सार्वजनिक गर्नेछु । आजलाई यति ।

अनुभूतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईसँग भेट भएको थियो । अपरिचयताको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् । मेरा कथाहरूलाई प्रतिउत्तर दिनु भएको हुनाले तपाईँसँग मेरो एक प्रकारको भावनात्मक सम्बन्ध गाँसिँदै गएको महसुस मैले गरेकी छु । किन हो हिजोआज म कुनै अतृप्त प्रेमको भोकी भएकी छु । लेखनमा भएको सक्रियतासँगै मेरा भावना, अनुभूतिहरू आकाशमा बतासिइरहेका छन् । मेरा सोचाइहरू अनियन्त्रित चङगाझैँ उडिरहेका छन् । यिनीहरूलाई मैले थाम्नै पर्छ , बाध्नै पर्छ । नत्र भने म धागो चुडिएको चङगाझैँ उडेर कतै हराउन वा बिलाउन सक्छु । त्यसैले मैले मेरा भावनाहरू, अनुभूतिहरू सङग्रह गरेर एउटा चित्र कोरेँ । मेरो क्यानभासमा त्यो कसको चित्र थियो म भन्न सक्दिनँ तर मैले त्यो चित्रलाई एउटा सुन्दर कवितामा ढालेँ । त्यस चित्रका आकृतिहरूलाई बिम्ब बनाएँ । रङ्गहरूलाई शैली बनाएँ । कोलाजहरूलाई अनुभूतिका भावहरूमा बदलेँ । समष्टिमा मैले त्यो चित्रलाई एउटा बिम्बात्मक र प्रतिकात्मक रूपले सुन्दर कवितामा पगालेँ । जसरी एउटा मूर्तिकारले धातुलाई पगालेर एउटा सुन्दर मूर्ति बनाउँछ । त्यो मूर्तिको सौर्न्दर्य यस प्रकारको थियो ।
मैले नलाएको माया उसलाई
मेरो मुटुभरि र मस्तिष्कभरि मेरा भावानासँग
लुकामारी खेल्दै कहिले साउनेझरी बनेर
कहिले शरदको प्रीतको थोपा बनेर
बर्सिरहन्छ, बर्सिरहन्छ ।

मैले नछोएको माया उसलाई र्
कर्कलोको पानी बनेर मेरो जीवनको
उकाली ओरालीमा छायाँ बनेर
कहिले चौतारीमा, कहिले द्यौरालीमा
पछ्याइरहन्छ , पछ्याइरहन्छ ।

मैले नदेखेको माया उसलाई
क्षितिजपारिको मधुरो दृश्य बनेर मेरो आकृतिलाई
कहिले उषाको किरणमा कहिले गोधूलि साँझमा
स्नेहले अनावृत गरेर मेरो हृदयभरि
नहराउने एउटा प्रेमको सालिक
उभ्याइरहन्छ उभ्याइरहन्छ ।

मैले नसुनेको माया उसलाई
नबुझिने चराको भाषा बनेर
सल्लाको सुसेलीसँगै मीठो संगीतको धून बनेर
मेरो कानभरि पवित्र आत्माको सा-रे-ग-म
प्रत्येक पल, प्रत्येक क्षण
गुञ्जाइरहन्छ , गुञ्जाइरहन्छ ।


मैले नलेखेको माया उसलाई
कहिले कथा बनेर कहिले कविता बनेर
बाँच्नुको र्सार्थकतालाई जीवन्त पारेर
मेरो जीवनको गाथालाई
बिम्ब र प्रतिकको परिभाषामा रुपान्तरित
गरिरहन्छ , गरिरहन्छ ।

मैले नलाएको माया उसलाई
कहिले शीत बनेर कहिले गीत बनेर
कहिले काया बनेर कहिले छायाँ बनेर
कहिले संगीत बनेर कहिले सुभाष छरेर
हरपल मेरो जीवनको अमूल्य क्षणभरि
एउटा जिउँदो इतिहासको चित्र
कोरिरहन्छ कोरिरहन्छ ।
एकदिन अफिस भनौ मेरो लाइब्रेरीको कोठामा तपाईँ प्रमुख अतिथि भएर एउटा साहित्यिक कार्यक्रममा काठमाडौंबाट आउँदै हुनुहुन्छ भन्ने हल्ला सुनेँ । म उत्ति सारो साहित्यिक कार्यक्रममा हिँडदिनँ । यसरी नहिँडनुको कारणहरू धेरै छन् । जसलाई म यसरी सबिस्तार उद्धृत गर्न चाहन्छु । पहिलो कारण प्रायः ती कार्यक्रम कवि गोष्ठी हुने गर्दछन् । म कविता राम्रो लेख्न सक्दिनँ भन्ने हीनभावना मसँग छ । त्यसैले कवितावाचनमा कहिल्यै भाग लिदिनँ। दोस्रो कारण मेरा श्रीमान् यसरी साहित्यिक कार्यक्रममा हिँडेको पटक्कै रुचाउँदैनन् । तेस्रो कारण प्रायः शनिबार हुने यस्ता कार्यक्रममा मेरो घरव्यवहारले फुर्सद नहुने भएर हो । चौथो कारण आफू साहित्यमा ढिलो लागेको हुनाले साहित्यिक संस्कार अनुसार कनिष्ठताको स्थान स्वीकारेर बस्नुपर्ने बाध्यता । पाँचौ कारणचाहिँ यस्ता कार्यक्रममा पुरुषले नारीलाई यौन वासनाका रूपले हेर्ने प्रवृत्ति हो जुन कुरा मलाई पटक्कै मन पर्दैन । त्यसै पनि मैले मेरो सौर्न्दर्यमा लुटपुटिन चाहना गर्ने प्रक्षेपकरूपी तीखा आँखाहरूको प्रहार सहनुपर्ने हुन्छ । यिनै कारणले प्रायः म साहित्यिक कार्यक्रममा हिँडने गर्दिनँ । त्यसैले मलाई मेरै ठाउँमा पनि धेरै कमले चिन्ने गर्दछन् । जतिले चिन्दछन् तिनीहरूले पनि मलाई घमण्डीको तक्मा लगाइदिइसकेका छन् । तर मलाई यस कुराले केही असर पर्दैन ।
त्यो दिनको कार्यक्रममा मलाई किन हो जाऊँजाऊँ लाग्यो । क्याम्पसमा एक दुइ जना प्राध्यापकहरूले जसले मलाई लेख्छु भनेर चिन्नु भएको थियो । उहाँहरूबाट मैले कार्यक्रम बारे जानकारी लिएँ । म कार्यक्रमस्थल पुगेँ । म तपाईलाई राम्ररी चिन्दथेँ । तर तपाईले मलाई चिन्नसक्नु भएन । एकपल्ट भेटेको मान्छेलाई चिनीहाल्न गारो पनि हुन्छ मलाई पनि थाहा छ । एक दुइवटा कथा छापिएका पत्रिकामा पनि मेरो फोटो मलाई नै आफ्नो होइन जस्तो लागेको थियो भने तपाईले चिन्ने सम्भावना नै भएन । फेरि त्यत्रा मानिसका हजारौं आँखा भएको भीडमा दुइ आँखाले के र कति मात्रामा हेर्न भ्याउनु । तपाईँको निर्दोषिताप्रति मेरो कुनै गुञ्जाइस छैन । तपाईँ आउने भनिएर होला हलमा मान्छे खचाखच भरिएका थिए । तपाईँको स्वागतमा भव्य तयारी गरिएको रहेछ । लाग्दथ्यो राष्ट्रको राष्ट्रपति आएझैँ साहित्यको साहित्यपतिको सवारी भइरहेछ । त्यसै पनि काठमाडौंका साहित्यकार मोफसलका लागि सृष्टिकर्ता ब्रद्माजी सरह हुन्छन् । उनीहरूले आफ्नो र आफ्नो क्षेत्रको बारेमा कुनै वेद वा रामायण नै लेखिदिने हुन् कि भन्ने ठूलो आशा हुन्छ । यो आशा सबै मोफसलको साहित्यकारहरूले हुर्कउने गर्दछन् मलजल सहित । म स्वयं पनि यसकुराबाट अपवाद हुन सक्दिनँ। आकासिने इच्छा कसलाई हुँदैन र - त्यो आकाशिने उपकरण बोकेर बसेको छ काठमाडौँ । कतै त्यो उपकरणको स्वीच आफ्नो नाममा दबिहाल्छ कि भनेर आफ्ना रचना बोकेर चेप्टिएर तिनीहरू आकाश हेरेर बसेका थिए । सबैजना तपाईँसँग हात मिलाउँदै, चिनापर्ची गर्ने, र भलाकुसारी गर्ने तीव्र इच्छाका साथ उभिएका थिए । हेर्दाहरेर्दैतपाईँका हातमा ठेलीठेलीका पुस्तक जम्मा भए झण्डै एउटा भरिया चाहिनेझैँ गरी । मलाई पनि लाग्यो तपाईँले प्रतिउत्तर दिने कथाकार बैनी अनामिका मै हुँ भनेर परिचय दिन तर किन हो मलाई आफू परिचित हुन मन लागेन । तपाईँले सोधीखोजी गरेर मलाई परिचय लिन आउनु होला भन्ने आशा लागेको थियो । यसरी तपार्इँजस्तो विशिष्ट व्यक्तिबाट सोधीखोजी भएर परिचय हुन पाउँदा मेरो मूल्याङ्कन नै अर्कै हुन्थ्यो । हामी कथाको माध्यमबाट यति नजिक भएका छौ, पक्कै पनि मेरो परिचयको लागि कुनै न कुनै उपाय गर्नु हुनेछ भन्ने मलाई लागेको थियो । त्यसैले मैले आफू स्वयम्ले अपरिचयताको घुम्टो उघार्ने कोशिश नै गरिनँ ।
तपाईँ सबैसँग हात मिलाउँदै मञ्चतिर बस्न जानुभयो । एकछिन पछि एउटी नारी साहित्यकार फूलको गुच्छा मुस्कुराउँदै तपाईँलाई दिन गई । मलाई किन हो भित्रदेखि रिस उठेर आयो ।। त्यो फूलको गुच्छाबाट रातो गुलाफ झकिेर तपाईँलाई दिन मन लाग्यो । तर यो असम्भव थियो । त्यसैले मैले असम्भव्यतालाई घुटुक्क थुक निलेझैँ निलेँ ।
कार्यक्रम सुरु भइसकेको थियो । सुरुमा कवितावाचन थियो । मैले पनि मैले उही कोरेको 'मैले नलाएको माया उसलाई' कविता बोकेकी थिएँ । कविता सुनाऊ कि नसुनाऊ भयो । मैले कविता सुनाएँ तपाईले मलाई अवश्य चिन्नुहुनेछ भन्ने मलाई लाग्यो । मलाई यसरी चिनिन पटक्कै इच्छा लागेन । फेरि मेरो कविताको स्तरीयताले तपाईँले मेरो साहित्यिक गहिर्राईको मुल्याङ्कन गर्नु हुनेछ भनेर पनि सुनाउन चाहिनँ । म विचारको तरङ्गमा तैरिरहेकी थिएँ ।
कविता वाचनपछि समसामायिक नेपाली साहित्यमा गद्याविद्याको विकास नामक विषयमा अर्न्तक्रिया कार्यक्रम थियो । त्यस कार्यक्रममा प्रश्नकर्ताहरूले तपाईलाई सोधेर आच्छुआच्छु पार्दथे । तर तपाईँको गहन वौद्धिकताको अगाडि ती विचरा अज्ञानताले चुटेको मुसोसरह ठहरिन्थे । मलाई किन हो ती प्रतिक्रियावादीहरूलाई तपाईँले जित्दा एक किसिमको आनन्दानुभूति हुने गर्दथ्यो । समसामयिक मोफसलको लेखकहरूको चर्चा गर्नु हुँदा तपाईँले एकपल्ट मेरो नाम पनि उच्चाहरण गर्नुभएको थियो । मेरो नाम उल्लेख गर्नुहुदाँ मेरो नाक उचालिएर सगरमाथा भएको थियो । गर्वले मन फुलिएर थामिनसक्नु भएको थियो । अर्न्तक्रिया कार्यक्रमपछि चियापानको कार्यक्रम थियो । चियापान कार्यक्रममा धेरै जुनियर साहित्यकार त्यो पनि महिलाहरूले चिनापर्ची गर्न गए । तर किन हो मलाई जान मन लागेन । म अलिक फरक स्वभावकी छु । म सबैले गरेको काम फरक ढङ्गले गर्न चाहन्छु । फेरि तपाईँले अवश्य पनि मेरो विषयमा सोधीखोजी गरेर मलाई पत्ता लगाउनु होला भन्ने ठूलो आसा थियो । मेरो आत्मस्वाभिमानले तपाईँसँग परिचय लिन जान पनि मानेन । यतिन्जेल निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै ढिलो भइसकेको थियो । चियापान कार्यक्रम निकै लम्बिन सक्थ्यो तर म धेरै बेर बस्न सक्दिनथेँ । त्यसैले म रित्तो मनलिएर म घर आएँ । घरमा दैनिक काममा अल्झनुपर्यो । त्यही बेला श्रीमानको फोन आयो - 'तिमी आज बेलुका रेष्टुरेष्टको काउन्टरमा गएर बसिदिनु है । म धरानमा मिटिङ्गमा छ, . आउन ढिला हुन्छ ।" लोग्नेमान्छेलाई कति सजिलो छ, 'मिटिङ्ग छ' भनिदियो सकियो । समाजले यति धेरै स्वतन्त्रता दिएपछि सदुपयोग त गर्ने पर्यो नि † म बेलुका रेष्टुरेण्टमा बस्दिनथेँ । रेष्टुरेण्टको काउण्टरमा बेलुकी समय महिला त्यो पनि म जस्तो सुन्दरी बस्नु भनेको फूलको वरिपरि भवरा घुमाउनु जत्तिको थियो । इच्छा नहुँदानहुँदै पनि म काउण्टरमा बस्न गएँ । अचम्म † एकछिन पछि केही साहित्यकारसँग तपाईँ भित्र बस्नुभयो । त्यो पनि ठीक मेरो छेउमा । मलाई सपनाजस्तो लाग्यो । धन्न, ती तपाईँसँग आउने साहित्यकारहरू मलाई नचिन्ने परेछन् । नत्र तिनीहरूले तपाईसँग मेरो चिनापर्ची गराइदिने थिए र एक दुर्इ बोतल वियर सित्तैमा उडाउन बेर लाउँदैनथे । म धेरैजसो साहित्यिक कार्यक्रममा नगएको अहिले फाइदा भए जस्तो लाग्यो । तपाईँहरूले वियर चिकनरोष्ट मगाएर खानथाल्नु भयो । मेरो सम्पूर्ण ध्यानचाहिँ तपाईँहरू पट्टि नै थियो । हाम्रो शहरमा हाम्रो रेष्टुरेण्ट तथा लज स्तरीयतामा गनिन्थ्यो । त्यसैले होला आयोजकले तपाईँलाई हाम्रो रेष्टुरेण्टमा ल्याएका होलान् म अनुमानको विऊ र्छन थाल्छु । कोठा बुक गर्ने खाता हेर्छु रातिको लागि पनि हाम्रै लजमा कोठा बुक गराइएको पाउँछु । सदा मेरो श्रीमान यसरी ढिलो आएर म काउन्टरमा बस्नुपर्दा मलाई साह्रै रिस उठथ्यो । तर आज मलाई पटक्कै रिस उठेन । बरु उसलाई धन्यवाद दिन मन लाग्यो । तपाईँ बोलेको, हाँसेको म घरीघरी छड्के आँखाले हेर्ने गर्दथे । एकपल्ट तपाईँले मेरो नाम लिनुभयो । सायद यो ठाउँमा म छु भनेर होला । तर अरु साहित्यकारले खासै महत्त्व दिएनन् र कुरा अन्तै मोडियो । यस कुराले मेरो मनमा केही राहत प्राप्त भयो । किनभने तपाईँले मेरो विषय केही मात्रामा भए पनि खोजी गर्नु भएको रहेछ भनेर । तर आफू मात्र अघि बढु र आफ्नो मात्र चर्चा होस् भन्ने मपाईँहरूले मेरो चर्चालाई लुकाई दिएका हुन सक्छन् । मैले आफूले आफैलाई सान्त्वानाको लेपन लगाएँ ।
तिनीहरू धेरैभन्दा धेरै तपाईँको प्रशंसाको सप्तकोशी बगाइरहेका थिए । उनीहरू तपाईँलाई रिझाउन जन्मदेखिको बल लगाइरहेका थिए । तपाईँहरू उत्तरआधुनिकता, सामवेशी साहित्य, लीलालेखन, रङ्वादी साहित्य, उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएको आदिको विषयमा चर्चा गरिरहनु भएको थियो एक मनले सोचेँ जाऊ परिचय गरुकी भन्ने सोचले तन्किएँ । तर फेरि वियर खाएको बेला के कस्तो व्यवहार गर्ने हुन् भन्ने सोचेर आफै खुम्चिएँ । कल्पनाको तरङ्गमा तरङ्गदिै थिएँ झल्याँस्स भएर एउटा कुरा सम्झिएँ । मैले तपाईँलाई मेरो विगतको कथा त बताइसकेकी छु । वर्तमानको कथा पनि लेख्नेछु भन्ने कुरा बताएकी थिएँ । त्यो वर्तमान तपाईँलाई अवश्यै लेखेर दिनुपर्छ भन्ने बाध्यताले म घोरिएँ । त्यसपछि भोलिपल्ट बिहानै त्यो कथा पनि दिने, आफ्नो परिचयको ढोका पनि उघार्ने र कथासम्बन्धी साहित्यिक छलफल पनि गर्ने सोचाइ बनाएर म घर फर्के । हाम्रो घर लजको ठीक पछाडि थियो । झण्डै नौबजे म कोठामा आइपुगेँ । म आइपुग्दा छोराछोरी निदाइसकेका थिए । घर आएर निकै बेर घोरिएँ । मेरो वर्तमानको कथा तपाईँलाई लेखेर दिनुछ भन्ने सोचले लेख्न बसेँ । साहित्यलेखनमा मेरा सबैभन्दा आत्मीय मित्र नै राति हो । रातिचाहिँ मेरो आफ्नै हुन्छ । यदि रात नपर्ने हो भने म कथा लेख्न सक्ने थिइनँ । दिनभर त म बाँडिन्छु । बिहानभरि आमा हुन्छु भने दिउँसो कर्मचारी, बेलुका घर व्यवहारको गृहमन्त्री अनि राती श्रीमानको सहयात्री । तर राति जोडी दिन श्रीमानलाई दिनुपर्छ भने बेजोडी दिन चाहिँ साहित्यलेखनलाई दिने गरेकी छु । यो बाहेक महिनाको चारदिनचाहिँ मेरो आफ्नै हुने गर्दछ । केहीछिन पछि श्रीमानज्यूले धरान नै बस्ने जानकारी दिए । म आन्दोलित बनेँ । पुरुषहरूलाई कुनै नितिनियम छैन जहाँ जाँदा जे गर्दा पनि हुने - किन हुनु पर्यो र समाजले यति धेरै स्वतन्त्रता बोनसमा दिएपछि । मैले पढेकी छु यसरी मिटिङ्ग भन्दै पुरुषहरू तरुनीहरूको रसरङ्गमा रमाउनेहरूको कथा । त्यही कथाको एउटा पात्र मेरो श्रीमान पनि हुनसक्छ । तर म के गर्न सक्छु विवश र लाचार छु । के बन्धन र नियम त महिलाका लागि मात्र हुन - मैले सोचेँ म पनि तपाईँलाई भेडेटार घुम्न प्रस्ताव राख्ने छु र पुरुषझैँ स्वतन्त्र हुनेछु । तर मैले सोच“े तपाईँले के ठान्नुहोला - फेरि एउटा पुरुषको व्रि्रोहमा मैले अर्को पुरुषको सहारा किन लिऊ - फेरि पुरुष साहित्यकारहरू प्रायः जसो यौनवादी हुन्छन् भन्ने मैले सुनेकी छु । त्यसैले मैले मेरो यो मनोकल्पनालाई मुनामा नै निमोठी दिएँ ।
भोलि कथा लिएर तपाईँलाई भेट्नुछ । म आत्तिएँ । कतिखेर कथा लेखुँ । हुन त आफ्नै वर्तमानको कथा हो । कुनै पात्र, विषयवस्तु र घटना सोच्नै नपर्ने । आफ्नो जीवनको वर्तमान कथामा सललल लेख्दा भइहाल्ने । आज श्रीमान पनि नभएको मलाई समयले पनि अनुकुलता दिएको थियो । मैले आफ्नो कथामा खर्चनु पर्ने शब्द, समय, भावना सबै खर्चे र एउटा सफल कथा लेखेँ । सोचेँ , बिहान चाँडै गएर तपाईँलाई दिनेछु ।
बिहान चाँडै उठे । नियमित धन्दा सकेर तपाईँलाई भेट्न जानलाग्दा छोरीले स्कूलको एउटा प्राजेक्ट वर्क कम्प्युटरमा तयार गरिदिन अनुरोध गरी । नगरी भएन, किनभने नगर्दा ऊ एकाई परीक्षामा फेल हुने सम्भावना थियो । म विवशताले बाधिएँ । टाइपचाहिँ उसले गरिसकेकी रहिछे । दस मिनेट त हो नि भनेर उसको प्रोजेक्ट वर्क मिलाउन थालेँ । गर्दागर्दै झण्डै आधा घण्टा बढी लाग्यो । काम सकेर म हतारहतार गर्दै रेष्टुरेण्ट आइपुगेँ । तपाईँको विषयमा मेनेजरलाई सोधेँ । तर तपाईँ गइसक्नु भएछ । मन खिन्न भयो । त्यो कथा तपाईँको हातमा दिउँला र परिचयको ढोका खोलौँला भन्ने कत्रो सपना थियो । तर सपना असमभ्यव्यताको बाढीले बगाएर लगिसकेको थियो ।
कथाकार दिवाकर नेपालीज्यू म स्वयम् परिचित हुन नचाहेकोले मलाई घमण्डी नठान्नुहोला यो मेरो आत्मास्वाभिमान हो । मेरो आत्मास्वाभिमानलाई अवश्यै सम्मान गर्नुहुनेछ भन्ने आशा गरेकी छु । त्यो कथा चाडै नै कम्प्युटर टाइप गराएर तपाईँले पढ्ने गरी र्सार्वजनिक गर्नेछु । आजलाई यति ।

आत्मालापको क्यानभासमा

कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु ।
मेरो पात्र भन्दै छ - कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी छु । त्यसै पनि तपाईँले मलाई आफ्नो कथाको प्रमुख पात्रमा नराखेर मलाई अन्याय गर्नुभएको थियो । जसरी तरकारी बेच्ने पसलले मूल्य विनाको तरकारी थोरै छेउमा राखेको हुन्छ, जसरी एउटा फिल्म निर्देशकले् सानो भूमिका दिएर चलचित्रमा खेलाएको हुन्छ, जसरी एउटा मासु पसलले मासुको भाउ बेग्लै तोकी मूल्यविनाको टाउको र खुट्टा बेग्लै बेच्ने गर्दछ । हो त्यहीस्तरमा तपाईँले मलाई आफ्नो कथामा सानो भूमिका दिनुभएको थियो । भूमिका सानो भए पनि गहन र संवेदित थियो । मेरो कथाबाट पाठक अत्यन्त भावुक हुन सक्थ्यो । मेरो कथा यसप्रकारको थियो - देशमा द्वन्द्व चलेको समय थियो -सरकारीपक्ष र व्रि्रोहीपक्षको । राकेश र मेरो स्कुल पढ्दादेखिको प्रेम थियो क्याम्पस पुगेपछि हाम्रो प्रेम अझ मौलाउँदै र झ्याङ्गदिै गएको थियो । राकेशको सपना नै जागिर खाएर मलाई बिहे गर्ने थियो । द्वन्द्वकालीन समयमा प्रहरीमा जागिर पाउन उसलाई गारो भएन । ऊ इन्सपेक्टर बन्यो । उसले जागिर पाइसकेपछि हाम्रो मिलनलाई कसैले रोक्न सक्दैनथ्यो । मेरो परिवारमा सबैजनाले द्वन्द्वकालीन अवस्थामा इन्सपेक्टरसँग बिहे नगर्ने सल्लाह दिएका थिए । तर हामीले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थियौँ । त्यसैले हाम्रो कसमकोअगाडि कसैको केही लागेन । हाम्रो बिहे भयो । हाम्रो दुवैजनाको परिवारलाई दुख र अभावले लखेटेको थिएन । त्यसैले सम्पूर्ण खुसीहरू हामीलाई बाटो देखाउदै अघि लाग्न थाल्यो । हाम्रा सपनाहरू विपना हुन पाएकोमा खुसीले नाचिरहेको थिए । यति धेरै लामो समयको पर्खाइपछि दुइआत्मा मिलन भएको थियो । लाग्थ्यो यो धर्ती र आकाशको मिलन थियो । हाम्रो खुसीको परिधि असीमित थियो । तर ..तर ..भाग्यले हामीसँग यसरी इष्र्या गर्ला भन्ने मैले सोचेकी थिइनँ । बिहे गरेपछि एक महिना पनि सँगै बस्न नपाउँदै राकेशको भिडन्तमा मृत्यु भयो । संसार शून्य भयो । पृथ्वीको गति रोकियो । हावा हावाविहीन भयो । प्रकाश प्रकाशविहीन भयो । मेरो भाग्यमा जताततै अध्यारोले साम्राज्य गर्यो । म राकेशसँग मर्न पनि सकिनँ । कृष्णले छोडेर गएपछिको विरहणी राधाझै म पनि विरहको धुनमा केके भन्दै लेख्दै हिड्न थालेँ । उसको सम्झनामा दिन बिताउनु कापी केके लेख्दै फ्याक्दै गर्नु मेरो नियति भएको थियो । एकदिन आफ्नो मनको बह कापीमा यसरी उतारेकी थिए

न त मरिजानु न त गरिखानु पायौ तिमीले किन
चुडाल्यौ मायाको बन्धनलाई निठुरी त्यो हातले किन

सोचेको थिए मायालाई तिम्रो सिउरिनेछु चुल्ठोमा सधैँ
सोचेको थिए प्रत्येक ढुकढुकीमा त्रि्रै नाम जपिरहने

संसार जलेन मात्र तर मात्रै खरानी भए म किन
लाशमाथि दागबत्ति बल्दैन मात्रै बलिरहे म किन -

जिउँदो लाश मात्रै भइरहन बाँच्नु छ भने
यो संसार त्याग्दैन यो शरीर किन -

सांसारिक बन्धन तोडे आत्माको बन्धनलाई
तोड्न सक्नेछौ तिमीले मसँगको जनमजनमको सम्बन्धलाई

यो शरीर भौतिकरूपमा मात्र जीवित थियो । आत्मा त राकेशसँगै गइसकेको थियो । कसरी फेरि जीवनले जीवन पायो मैले थाहा पाउन सकिनँ । भौतिक शरीर भौतिक नै हुँदो रहेछ । ऊ आफै हाँस्न जान्दो रहेछ, आफै रमाउन जान्दो रहेछ । राकेश जहिले पनि भन्ने गदथ्र्यो - 'म मरिहाले भने तिमीले अर्को जीवन सुरु गर्नु है ।' उसको यो वाक्य बारम्बार मेरो कान प्रतिध्वनित भइरहन्थ्यो । वास्तवमा एउटा प्रहरीको पत्नीले यी सम्भाव्यतालाई पहिले नै आत्मसात गरिसकेकी हुँदीरहिछे । त्यसैले होला राकेश विना पनि मैले जीवनलाई सम्झौता गर्न सिकाएँ । आस्था, विस्वास र प्रेम पाल्न सिकाएँ र गोरेटोमा एक्लै डोरिन सिकाएँ । तर जति हिँडे पनि नसकिने जीवनले थकाइ मार्न चौतारोको खोजीगर्न थाल्यो । सहारा दिने वैशाखी खोजी गर्न थाल्यो । शीतल छहारीको आवश्यकता महसुस गर्न थाल्यो । यस्तै रहेछ जीवन बाँचेर बाँच्न नसकिने । बुझेर बुझी नसकिने । भोगेर भोगी नसकिने । वसन्त फुल्ने यौवनमा मरुभूमिको तातो वाफले निसासिन्थेँ म । मजस्तै सयौँ विधवाहरू हेरेर मन बुझाउने गर्दथे । हामी तडपीतडपी बांच्न बाध्य थियौँ । हाम्रो सिउँदो क्रान्तिको आलो रगतमा उजाडिएको थियो । लोग्नेको न्यायो अँगालो हाम्रो लागि अकल्पनीय थियो । पुरुषको र्स्पर्श, गन्ध , आर्कषण हाम्रो लागि असम्भव थियो । वर्तमान हामीलाई सिस्नो पोलेझैँ पोल्ने गर्दथ्यो । भविष्य हाम्रो अन्धकारको गर्तमा भासिएको थियो । त्यसै पनि विधवाले समाजमा अपहेलित भएर बाँच्नुपर्ने बिडम्बना । न कतै खुसी थियो, न कतै उमङ्ग । न कुनै उद्देश्य थियो न कुनै भविष्य । धागो चुडिएको चङ्गाझैँ आकाशमा फगत उद्देश्यविहीन उडिरहनु हाम्रो नियति थियो ।
कथाकार अनामिकाज्यू मेरो कथा यस्तै थियो । मेरो कथालाई प्रमुख पात्रमार्फ लेखाउनुभएको थियो । मेरो भूमिका सानो भएपनि सशक्त र समसामयिक थियो । जुन कथाले राजनीति गरेर मन्त्री भएकाहरूको् हृदय हल्लाउन सक्थ्यो । उनीहरूको आँखामा चेतनाको बिम्ब झल्काउन सक्थ्यो । त्यसैले तपाईँले सानो भूमिका दिएर भएपनि कथामा राखिदिनु भएकोमा म अत्यन्त खुसी थिएँ । किनभने धेरैले यो कथा पढनेछन् र हाम्रो मरुभूमि बनेको जीवनमा कोही त वसन्तको पालुवा फुलाउन तयार होलान् कि भन्ने मलाई आशा थियो । तर्सथ सानै भूमिकामा भएपनि त जीवन्त हुन पाएकोमा औधी खुसी थिए“ ।
तपाईँको प्रमुख पात्रले पनि मलाई सहनुभूति देखाएको थिए । मैले सोचे अरू नभए पनि लेखकहरू संवेदित हुन्छन् र मेरो आर्तनादलाई निर्मूल पार्न कुनै पाइला चाल्नेछन् । तर तपाईँको प्रमुख पात्र लेखकले मलाई सहनुभूतिको शब्दपोखेर आफू हिँडिदियो । मेरो भाग्य उठाउने कोशिश नै गरेन । त्यसको बदलामा उसले आफ्नो विभिन्न समस्या र बाध्यताहरूको बन्धनले लाई बाँधेर आफूचाहिँ फुत्त उडेर भागिदियो । त्यै पनि मैले सोचै, जे जति भए पनि मेरो पीडा कथामा र्सार्वजनिक भएको छ ऊ नभए पनि अरू कोही मेरो भाग्य बनाइदिने बिधाता त अवश्य आउला । यस्तै आशामा मनमा अनेकौ रङ्गीविरङ्गी भावना उमार्दै जीवनको सप्तरङ्गी खुसीहरू मनमा खेलाउँदै आफू र्सार्वजनिक हुने दिनको प्रतिक्षामा थिएँ म ।
म र्सार्वजनिक भएं अर्थात् मेरो कथा छापियो । त्यो दिन शनिबार परेकोे थियो । म राष्ट्रिय पत्रिका मार्फ घरघरमा र दोकानदोकानमा पुगेकी थिएँ । म मा चञ्चलता र उत्सुकता बढेको थियो । पक्कै पनि मेरो कथा धेरै जनाले पढ्ने छन् । अनि कोशीको बाढीपिडितको हृदयविदारक दृश्य देखेर सहयोग गर्ने हातहरू निस्केझैँ मेरो वेदनामा साथदिने पाइलाहरू निस्कनेछन् । तर कथाकार अनामिकाज्यू, सबै सोचेको कुरा पूरा हुँदो रहेछन् । तपार्इँ त कथाकार कथा लेख्नु भयो कुनै पत्रिकामा दिनु भयो अनि सम्भव भए कुनै अर्को पात्रलाई बलीको बोका बनाउन खोज्न थाल्नुभयो होला । तर म त पत्रिका मार्फ पाठकको हातहातमा पुगेकी थिएँ । म सबै प्रकारको पाठकसँगै साक्षात्कार गर्दै थिएँ । र्
र्सवप्रथम म एउटा हाकिमकोमा पुगेँ। ऊ कुनै मन्त्रालयको सचिव त्यस्तै केही रहेछ । उसले सबैभन्दा पहिला सरुवाबढुवा अनि भष्ट्राचारको लिस्टमा कसैको नाम पर्छ की त्यो मात्र हेर्यो । उसले कथा भनेर साहित्यविधा त हेर्दै हेरेन । यदि मेरो कथा पढेर संवेदित भएर मलाई बिहेको प्रस्ताव राख्यो भने बूढो नै भए पनि के भो – काठमाडौँमा घर, गाडी, बैङ्कव्यालेन्स भएपछि के चाहियो - जीवनले एउटा र्समर्पण र संरक्षण खोजेको छ । त्यो पनि पाइहालिन्छ भन्ने सोचेकी थिएँ तर उसले त त्यो स्तम्भ नै हेरेन । त्यसपछि म एउटा कपडा पसलेकोमा पुगेकी थिएँ । कपडा पसलेले एकछिन पत्रिका पढ्यो । उसले राजनैतिक घटना पढ्यो अनि व्यवसाय स्तम्भको केही लेख पढ्यो । त्यसपछि उसले साहित्यस्तम्भ त हेर्दैहेरेन । एकछिन पछि त मेरो कथा भएको पानामा त उसले कपडा बेरेर पो बेच्यो । मलाई सारै नराम्रो लाग्यो । कम से कम एकपल्ट त पढी दिएको भए हुने नि † त्यो व्यापारी कति राम्रो र जवान थियो । ठ्याक्कै मैले कल्पना गरेको मेरो सपनाको राजकुमारजस्तै । अझ भनौँ द्वन्द्वमा मारिएका मेरा पतिजस्तै । मेरो मन कुँडियो । म त्यही कपडामा बेरिन बाध्न भए । मेरो अस्तित्त्व र मूल्य त्यही कपडामा बेरिन बाध्य भयो । एउटा कथाकारले कत्रो मिहिनेत गरेर भोकप्यास नभनी , छोराछोरी, लोग्ने वा स्वास्नी नभनी कथा लेख्छ । तर उसको कथा हविगत देखेर मलाई मेरोभन्दा पनि तपाईँहरूजस्ता कथाकारप्रति सहनुभूति जागेर आयो । जे हुनु भइहाल्यो अब अरू पनि त हजारौँ पाठक त छन् नि कसै न कसैले त सहिष्णुता त उमार्ला नि । त्यसपछि म एउटा लेखककोमा पुगेँ । लेखकले बडो ध्यानपुवक मलाई पढ्यो । उसले पढ्ने त भइगयो । सायद उसले तपाईलाई चिनेको पनि हुनसक्थ्यो । ऊ भावुक पनि भयो तर उसको घरको हालत देखेर मलाई रुन मन लाग्यो । उसकी स्वास्नी दसैँको खर्च मागेर गनगन गरिराखेकी थिई । छोराछोरी दूध विस्कुट खान नपाएर प्याकप्याक परिराखेका थिए । उसले मप्रति सहनुभूति जनायो । शायद ऊ म बाट अर्को फेरि नया कथा लेख्न चाहन्थ्यो होला । तर मलाई किन हो उसको सहनुभूतिको कुनै प्रभाव परेन ।
त्यसपछि म एउटा मन्त्री को घरमा पुगेँ । तर मन्त्रीज्यूहरू त यति व्यस्त रहेछन् । उसले पत्रिका पढ्नुको के कुरा उठाएर हेर्नसम्म भ्याएन । फेरि मेरो चित्त भाँचियो । ती मन्त्रीहरू हाम्रै लोग्नेको आलो रगतको होली खेलेर मन्त्री बन्न पुगेका थिए । तर तिनीहरू सबले बिर्सिए । केही राहतको चारो माछालाई फ्याकेझैँ फ्याकेर उनीहरू दायित्त्वबाट पन्छिए । मरुभूमिमा तडपेको माछालाई त्यो चारोको के महत्त्व हुन्थ्यो र - एउटा सानो घर सुखी परिवार र लोग्नेको संरक्षण हामीलाई चाँहिदैन र - चारैतिर ब्वाँसाहरू तिनीहरूबाट कतिञ्जेल बचेर हिँड्नु - मेरो मन सारै गल्यो - अपमान र वितृष्णको ज्वालाले । देशको क्रान्तिमा होमिएकाहरूका विधवाहरूप्रतिको सरकारको मौनता देखेर मेरो हृदय कहालियो । कतिपय देशमा मैले सुनेकी थिएँ लर्डाईमा विधवा भएकाहरूलाई विवाह गर्नेलाई सरकारले सुविधा र भत्ता दिएको हुन्छ । तर हाम्रा देशका तिनै नेताहरू हिजो हाम्रा श्रीमानका टाउकाहरू ग्रिनेटले उडाएर आज जेटमा उड्न सफल भएका छन् । तिनलाई हाम्रो अवस्थाबारे सुन्ने र पढ्ने र महसुस गर्ने फुर्सदसम्म छैन । मलाई लागेथ्यो व्यक्तिगत रूपमा कसैले हाम्रो पीडा महसुस नगर्ला तर सरकारी भत्ता चपाएर रातदिन समाचारको अघिल्लो पानामा छाइरहने मन्त्रीहरू र जनताका आवाज बोकेर संसदमा पुगेका सांसदहरूले त हाम्रो भावना बुझ्लान् । तर मेरो आशामा डढेलो लाग्यो । मेरो मात्र हैन मजस्ता हजारौँ द्वन्द्वपीडित विधवाहरूको भावना डढेलोसँगै धुवाँधुवाँ भएर आकाशमा विलीन भयो । जुनसुकै कुरालाई पनि आन्दोलनमार्फ अभिव्यक्त हुने र पूरा हुने हाम्रो राजनैतिक र सामाजिक संस्कारमा हामीले कुन परिभाषामा मार्फ हाम्रो भावना व्यक्त गर्न सक्छौ । सक्नुहुन्छ भने हामीलाई त्यस्तो परिभाषाको आन्दोलन गर्ने तरीका सिकाइदिनु होला -
कथाकार दिवाकर नेपालीज्यू, यो एउटा द्वन्द्वपीडित महिलाको आर्दनाद हो । मैले यो दन्दपिडीत महिलाको कथा लेखेर र्सार्वजनिक गरेको केही समयपछि साच्चै एकल महिलाको लागि सरकारले बजेट भाषणमा केही सुविधा दियो तर त्यो त्यति र्सार्दभिकता थिएन किनभने त्यहा एकल महिलालाई बिवाह गर्नेलाई सरकारले मात्र पचास हजार दिने व्यवस्था गरेको थियो । यसले एकल महिलाको स्वभिमानमा ठेस पुग्न सक्थ्यो । सरकारले त्यसरी सुबिधा दिनु भन्न्दा लर्डाईमा शहिद भएकाहरुको विधवालाई विबाह गर्नेलाई अन्य सरकारी सुबिधा भत्ता दिनुपर्दथ्यो जुन अन्य देशहरुमा पनि गरिएको हुन्छ । तर मेरो पात्रले सरकारले त्यो सुबिधा दिएपछि केही मात्र भएपनि सरकारले विधवाको मर्म बुझिदियो भनेर चित्त बुझाइ होला त्यसपछि मलाई केही भन्न आइनन् ।
वास्तवमा द्वन्द्वमा यस्ता धेरै नारीहरु विधवा भएका छन् । तिनीहरू आफ्ना भावनाहरू सडकमा ल्याई अन्य पीडितपक्ष्ँले झै आन्दोलन गर्न सक्दैनन् । त्यसैले उनीहरूको जीवनलाई एउटा लक्ष्यमा पुर्याउन सरकारले कुनै गतिलो पाइला चाल्नै पर्छ ।

पुनर्निर्णय

वसन्त ऋतुले उराठलाग्दो बनाएको तर्राईको परिवेश, खरले छाएका दुर्इचारवटा झोपडीहरू, सबै झोपडीबाट एकनासले धूवाँ आइरहेको छ ।
भर्खरै हुरीबतासले गोधुलि साँझसँगै बिदा लिएको आभास पाइन्छ त्यहाँ । घरका आँगन वरिपरि छरिएका सुकेका पातहरू नहल्लिँदा वातावरण शान्त र स्निग्ध छ भन्ने थाहा हुन्छ । शहरको चहलपहलभन्दा निकै टाढा त्यस वस्तीमा आधुनिकताको कुनै सङ्केत पाँइदैन । जताततै गरिबी बाँचेको पाइन्छ , विवशता र बाध्यता हाँसेको पाइन्छ ।
मनसरा भारी पाइला लिएर घरभित्र पस्छे । उसको मन पनि सुकेका पातझैँ भौतारिएको थियो । अहिले शान्त भएको छ । उसले सोच्तै नसोचेको र कल्पना नै नगरेको कुरा भयो । आज उसलाई बैँसको हुरीले खोक्र्याएको छ, रित्याएको छ । घरभित्र उसका पाइलासँगै ठूलो साँझ भित्रिन्छ ।
उसकी आमा कराउँछिन्-" कतै से एल्ही - फगुवाके रमझमो वोरयागेलै - -(कहाँ गएर आइस् होलीको रमझम पनि सकियो । )"
मनसरा मन नलागी नलागी बाल्छे-" कतौ ने, घइमकै अवैछी । -(कही होइन घुमेर आएको )"
आमा फेरि झर्किन्छिन्-" जवान बेटीके बारेमे बौहत बात सुनैले परैछै । -(बढेको छोरीको बारेमा धेरै कुरा सुन्नुपर्छ । )"
मनसरा निशब्द हुन्छे ।
टाटीको बारमा माटोले लिपेको भित्ता । आमा चुल्हाधन्दा गर्दैछे । एउटा कुनामा चारपाइमा बाबु बेलाबेलामा खोक्तै सुतिरहेको छ । धेरै समयदेखि उसको बाबु बिरामी भएर सुतिराखेको छ । डाक्टरले टिबीको बिमार बताएको छ । औषधिले केही पत्तो लागेको छैन । उसको बाबु इटाभट्टामा काम गथ्र्यो । तर, अहिले बिमारी भएयता काम गर्न सकेको छैन । उसकी आमा जान्छे भट्टामा काम गर्न तर वषार्याम भट्टामा काम बन्द हुन्छ । त्यससमयमा उनीहरू भोकभोकै सुत्नुपर्छ । झोपडीनजिकै केही खाली जग्गा घडेरी बनाउन छोडिएका छन् । जहाँ धनीहरूले सुख छरेका थिए खुसी उमार्न । तर उनीहरू दुःख र्छर्थे - मुसुरी उमार्न । अहिले भट्टा चलिरहेछ । त्यसैले उनीहरूको चुल्हा जलिरहेछ ।
मनसरा चारपाइ ओछ्याएर सुत्छे । आमाको फगुवा शब्दले उसलाई रोमाञ्चित र आत्मग्लानि दुवै बनाउँछ । ऊ फगुवाको रङ्गमा रगिन पुग्दछे ।
बुधराम , उसका साथीहरू र मनसरा सबैसँगै मिलेर होली खेल्दै थिए । बुधराम मनसरालाई धेरै पछ्याउँदै थियो । गाउँमा होलीको रौनक चढेको थियो । के बच्चा के बूढा सबैमा जोश र उमङ्गको लहर थियो । यसपालीको होली मनसरालाई किन हो किन अर्कै लागिरहेको थियो । ऊ खुब हौसिदै खेल्दै थिई । चौध काटेर पन्ध्र लाग्दासम्म उनीहरूको जातिमा बिहे भइसक्नु पथ्र्यो । उसका केही साथीहरूको बिहे भइसकेका थिए भने केहीको हुनलाई कुरा चलिरहेथ्यो । तर उसका बाबुले तिलक दिन नसकेको हुनाले कतैबाट कुरो चलेको थिएन । ऊ माथि दुर्इ दिदीको बिहेले उनीहरूलाई रित्याएको थियो ।
मनसरालाई बिहे भन्ने शब्दसँग खूब चाख लाग्दथ्यो । उसको चासोको विषयलाई बेलाबेलामा बुधरामले कुरा उठाइ 'मसँग बिहे गर मनसरा' भन्दा उसलाई आनन्द लाग्दथ्यो । ऊ बिस्तारै बुधरामको कुरालाई चासो दिन थालेकी थिई । ऊप्रति आकषिर्त हुँदै गएकी थिई । बुधरामले उसको मनोभाव बुझेको हुनाले बेलाबेलामा मीठामीठा सपना देखाउने गर्दथ्यो ।
त्यसपछि बुधरामले मनसरालाई लखेट्तै धेरै टाढासम्म पुर्यायो । उनीहरू एउटा मन्दिरमा पुगे । दुवैले भाङ खाएका थिए । भाङको नशा र थकाइ मेटाउन दुवै मन्दिरमा बसे । बुधरामले मनसराको हात समाउँदै भन्यो -" हेर मनसरा त मलाई माया गर्छेस् हैन -"
"र्एइ बुधराम... यो के गरेको हात छोड, माया गरेर के गर्नु मेरो बापो मइयासँग मागेर बिहे गर न ..।"
"बिहे˜ गर्न त माया गरेको तँलाई नत्र भने किन माया गर्नु हेर... म बजारमा राम्रो जागिर पाएपछि तँलाई कन्या बनाएर लैजान्छु बुझिस...् ।"
"तेरो पनि घरमा पैसा छैन.. अनि कसरी तेरो बापोले तिलक दिन्छ र तेरो बिहे हुन्छ ..भन त । "
"हुन्छ नि ˜˜ जसरी भए पनि । "
दुवै भाङले लटि्ठएका हुनालेसँगै बसेका थिए । बुधरामले लरबराउँदै भन्यो-" सुन.. मनसरा त र म आज बिहे गरौँ है ।"
"कसरी.. -" मनसरा बिहे शब्दले उत्साही भई ।
"लौ हेर.. यहाँ मसँग रङ्ग छ । तेरो सिउँदोमा हालिदिन्छु अनि तेरो र मेरो बिहे भइहाल्छ नि.. । "
"सिन्दुर हालेर मात्र कहाँ हुन्छ रे बुधे.... त वर भएर आउनुपर्छ अनि म कन्या भएर तेरो घरमा जानपर्छ बुझिस् ।"
"ओहो † घरमा जानु नै पर्छ भन्ने के छ र नगई बिहे गरे पनि हुन्छ नि... ।"
"भैगो , तैँले मलाई छल्न खोज्दै छस् । म बुझ्दै छु... । मेरो मइयाले भनेको केटाहरू यसरी नै केटीको छल्छ रे.. ।"
"तैले मलाई चिनेको छैनस् म साँच्चै नै तँलाई बिहे गर्छु बिहे गर्यो भने कस्तो मजा आउँछ सुन...अहिले हामी बिहे गरौ“ ल...।"
उनीहरूको जातमा काली भए पनि ठूलठूला आँखा भएकी, हिस्सी परेकी मनसराले आँखा नचाउँदै भनी-" यो बुधे साह्रै छट्टु छ रे , यहाँ कोही नभएको बेलामा पनि बिहे हुन्छ ।"
"हुन्छ नि यस्तो बेलामा सजिलो हुन्छ ।" मनसराभन्दा केही वर्षजेठो बुधरामले भन्यो । उसलाई धेरै कुरा थाहा थियो र बुझेको पनि थियो ।
"मलाई त डर लाग्छ बुधे..।"- मनसराले नशामा लटि्ठदै भनी ।
बुधरामले मनसरालाई सिन्दुर हालिदियो । सिन्दूर लाइदिएपछि सुमसुमाउँदै भन्यो-" हेर त र म आजदेखि श्याबौह ...है तलाई मैले बिहे गरे । "
"र्एइ बुधराम हामीले यस्तो गर्यो भने गाउँमा सब हल्ला हुन्छ अनि कसरी मुख देखाउनु । "
"कसले ढोल पिट्छ कि हामीले बिहे गर्यौँ भनेर ।" बुधरामले बिस्तारै मुसार्दा मनसरालाई रमाइलो लागिरहेको थियो । वास्तवमा नै बिहे भनेको रमाइलो रहेछ भन्ने लाग्यो मनसरालाई । त्यस एकान्त वातावरणमा त्यसपछि के भयो उसले थाहा पाउन सकिन । त्यसपछि ऊ कसरी घर आई भन्ने कुरा उसलाई सपनाजस्तो लाग्यो ।
मनसरा भाङको नशा लागेको भनेर दुर्इ दिनसम्म सुतिरही । गाउँमा मुसुरी टिप्न र गुइठा बनाउन धमाधम थियो । ऊ हरबखत उही होलीको दिनको घटनामा आफूलाई अल्झाउन पुग्दथी । यो के भयो, कसरी भयो - उसले कसरी बुधरामलाई आफ्नो अमूल्य बैस सुम्पिदिई । हुन त उसको बैसलाई ठाडो आक्रमण गर्ने उसको पौहना, काका नभएका होइनन् । तर उसले जतन गरेर राखेकी थिई आफ्नो वैशलाई । किनभने घरमा मइयासँग गफ हुँदा यस विषयमा पनि चर्चा हुने गर्दथ्यो । उसकी मइयाले उसलाई सचेत गराएकी पनि थिई । त्यसैले उसले कतै चुडिन नदिई, भत्किन नदिई सम्हालेर राखेकी थिई । यस घटनापछि ऊ निकै डराएकी थिई । कसैले थाहा पायो भने केही भन्छ कि भनेर । तर कतैबाट यसको कुरा ननिस्केको हुनाले ऊ ढुक्क भई । अनि निर्धक्कसाथ आफ्नो काम गर्न थाली । गाउँमा बुधराम पनि थिएन । ऊ बुधरामलाई भेट्न चाहन्थी । ऊ बुधरामलाई सम्झिरहन्थी ।, ऊ बुधरामसँग बिताएको समयमा आफूलाई हराउन पुग्दथी ।
बुधरामको आफ्नो कथा थियो । ऊ टुकुटुकु हिँड्ने हुँदा उसको बाबु खसेको थियो । उसको बाबुको खानामा विषालु पदार्थ मिसिनाले र समयमा उपचार नपाउनाले ज्यान गएको थियो । उसकी आमाले उसलाई अत्यन्त दुःखले हुर्काउदै लगी । तर उसकी आमाले आफ्नो जवानीलाई छोराको मायाले बाध्न सकिन । त्यसैले ऊ फुकिएर कतै अन्तै गएर पोखिई । त्यसपश्चात बुधराम एक्लै भयो । बुधरामको दयनीय स्थिति देखेर उसकी हजुरआमाले जसोतसो उसलाई हुर्काउदै लगेकी थिइन् । कुपोषणयुक्त उसको शरीर साह्रै मायालाग्दो देखिन्थ्यो । बुधरामभन्दा मनसराको स्थिति केही राम्रो थियो । तर पनि उनीहरूको प्रत्येक पदचापमा अभाव र गरिबीका झङ्कार उठ्थे । जून झङ्कारले जोकोही धनाढ्यलाई संवेदनाका लहरले तरङ्गित बनाउन सफल हुन्थ्यो ।
बुधराम र उसको बचपनार्सगै हुर्केको थियो । नजिकै विदेशीले स्कुल बनाइदिएको थियो । उनीहरू त्यसै स्कुलमा पढ्न जान्थे । स्कुल राम्रो भएको हुनाले त्यस स्कुलमा उच्चवर्ग, मध्यमवर्ग र निम्नवर्गका विद्यार्थीहरू पढ्न आउँथे । तल्लोवर्गलाई विशेष ग्राहयता दिइने हुनाले उनीहरू पनि परेका थिए । अङ्ग्रेजी माध्यममा पढ्नुपर्ने हुनाले उनीहरूलाई अत्यन्त गाह्रो हुन्थ्यो । साना कक्षामा त राम्रै पढ्थे तर ठूलो कक्षामा उनीहरू लाई मुस्किल हुन्थ्यो । घरमा सिकाउने कोही हुदैन्थ्यो । वषामा घरवरिपरि पैनीमा माछाहरू उनीहरूको आहारा हुनलाई छट्पटाइरहेको हुन्थे । ती माछा मारेर उनीहरू ले आफ्नो भोक शान्त पार्नुपर्दथ्यो । घरमा पढ्नलाई बत्ती थिएन । वर्षामा ओढ्नलाई छाता थिएन । जाडोमा लगाउने तातो कपडा थिएनन् । गर्मीमा हावा खाने पङ्खा थिएन । यस्तो स्थितिमा कति समयसम्म पढ्ने र कसरी पढ्ने भन्ने प्रश्नचिन्ह तयार हुन्थे । स्कुल ले मुस्किलले किताब र पोशाक दिएको हुन्थ्यो अनि छात्रवृत्ति पनि ।
यतिमात्रले उनीहरूको भविष्य बन्न सक्दैनथ्यो । विद्यालयमा होमवर्क नगरेको भनी हप्की पनि खानुपर्दथ्यो । ती शिक्षकहरूलाई उनीहरूको साथमा कापी, कलम थिएनन् भन्ने कुरा पनि थाहा हुदैनथ्यो । खाजा खाँदा हरबखत उच्चवर्गको वासनादार टिफिनमा आँखा र नाक पुगेका हुन्थे । सुख्खा चिउरा र मुरैलाई उनीहरू वासनादार टिफिनको कल्पनामा चपाउँथे । उनीहरूले मुस्किलले दुइ कक्षा पास गरे । तीन कक्षामा दुइपल्ट फेल भएपछि दुवै स्कुलबाट निकालिए । त्यसपछि उनीहरू नजिकको सरकारी स्कुलमा पढ्न थाले । दुवैजनाले पाँचकक्षासम्म पढेर चित्त बुझाउनु पर्यो किनभने त्यहाँ पाँच कक्षासम्म मात्र पढाइहुन्थ्यो । त्यसपछि मनसराले इट्टाभट्टामा काम गर्न थाली भने बुधरामले बजारमा गई रोजगारी गर्न थाल्यो ।
प्रतीक्षारत समय बिताउँदै थिई मनसरा । एकदिन मनसरा गुइठा बनाउँदै थिई , बुधराम आइपुग्यो । बुधरामलाई देखेर मनसराको मनमा खुशी र बिश्वास पलायो ।
"मनसरा के छ तेरो खबर -"
"तँ.. बता न कहा“ गएको थिइस् - "
"तेरो लागि जागिर खोज्न गएको थिए“ । "
"मेरो लागि रे आफ्नै लागि भन न ।"
"हैन तँलाई बिहे गर्न जागिर खानु परेन । "
"अनि जागिर भेटिस् त, भन न हामी कहिले बिहे गर्ने -"
"हेर, जागिर त भेटेको छु तर... रेस्टुरेन्टमा नाच्नुपर्छ ।" अघिपछि गाउँघरमा पनि नाच्ने बुधरामले नाच्ने जागिर पाएको थियो ।
"तर एउटा कुरा केटी लिएर आइज तेरो जागिर पक्का हुन्छ भनेको छ , के गर्नु भन त । "
"अनि केटी कसलाई लैजान्छस् त -"
"तँ हिँड् न.. पैसा पनि पाइन्छ ..मीठोमीठो खान पनि पाइन्छ । "
"अहँ... म जान्न, मलाई डर लाग्छ ।" अघिपछि गाउँमा राम्रो लुगा लाएका मान्छे आयो भने छोरीहरूले लुक्नुपर्ने चलन थियो , त्यसैले मनसराले विरोध जनाई ।
"म छु नि... के डर मान्छेस् । मानिसहरू भनेका बाघ भालु हैनन । हामीजस्तै त हो नि ...। तेरो डर पनि भाग्छ ।"
"मेरो मइया बापोले कहाँ दिन्छ त जान, फेरि मलाई तँलाई जस्तो नाच्न कहाँ आउँछ ।"
"बिस्तारै जनिहालिन्छ नि पहिला एक दुइ दिन हेर्न हिँड न ।"
"ल त मलाई लिएर जा है...।" मनसराले स्वीकृति दिई ।
भोलिपल्ट मनसरा बुधरामसँग रेस्टुरेन्टमा गई । उसलाई बुधरामले राम्रो लुगा किनिदिएको थियो । ऊ बुधरामले जागिर पाएकोमा र आफूले पनि जागिर पाउने भए भनेर मख्ख थिई । उसलाई बुधरामले धेरै कुरा सिकाएको थियो । ऊ बुधरामले आफूसँग छिट्टै बिहे गर्छ भन्ने कुरामा विश्वस्त थिई ।
रेस्टुरेन्ट देखेर मनसरा खुसी भई । यस्तो रेस्टुरेन्ट उसले आजसम्म कतै देखेकी थिइन । त्यहाँ उसले खानेकुरा लिएर जानुपर्दथ्यो । मानिसहरू उसलाई घुरेर हेदथे । यो कुराचाहिँ उसलाई मन पर्दैनथ्यो । तर पनि धनीमानीको संगत, चहलपहल र मीठो खानेकुराको अगाडि उसले सब कुरा बिर्सिदिई ।
गाउँमा हल्ला चलेको थियो । मनसराले राम्राराम्रा लुगा लगाएको देखेर पछाडि कुरा गर्नेहरू प्रशस्त थिए । तर मनसरालाई यो कुरामा कुनै मतलब थिएन । ऊ खुसी थिई । उसले यसलाई नै पर्याप्त ठानेकी थिई ।
बाबुको खोकीले उसको तन्द्रा टुट्छ । हिजोको खुसीलाई उसले आज तिलाञ्जली दिएकी छे । आज उसको विश्वासमा ठूलो घात भएको छ । उसले आज रेस्टुरेन्टको चिकन रोस्टमा आफूलाई बेचेकी छे । धनाढ्यहरू को बियर र रममा आफ्नो अस्तित्व साटेकी छे । ऊ लुटिएकी छे । टुक्रेकी छे । बुधरामको बिहेको वाचा भत्केको छ । उसले बुधरामको आत्मा पढ्न सकेकी भए उसलाई तनमन कहिल्यै दिने थिइन उसले । ऊ आफैबाट भत्केकी थिई । नजोडिने गरी ।
कतै टाढाबाट बाबु र आमाको गन्थन उसको कानमा ठक्कर खान आइपुग्छ । उसको बाबु भन्छ -" ऐ कथिले पिताइछी बेटी के – (किन कराउछेस्. ए छोरीलाई )"
आमा भन्छिन-"् नैगाइरद्याके कथि करबै - गाममे केन ग हल्ला छै कि मनसरा रेस्टुरेन्टमे काम करैछै । (नकराएर के गर्नु गाउँमा कस्तो हल्ला छ मनसरा रेस्टुरेन्टमा काम गर्छे भनेर ) "
बाबु खोक्तै भन्छ-" कैहैबलाके कैहैले दैहै कथि भेलै, एते नैबनिया काम नै करैबला के छै - रोग या भुखसे मोरै से त जेन गके भी जियैले ठीक (भन्नेलाई भन्न दे के भो र यहाँ खराब काम नगर्ने को छ र , रोग भोकले मर्नुभन्दा त जसरी भए पनि बाँच्नु जाती )"
आमाको स्वर सुनिन्छ ,-" तोहे कैहै छि ने, तर कथि करबै मुख देखाइले मुस्किल छै । बेटीके बिहा करैले नै सकलकै कहतै गौवा लोकसव ।
-( भन्छौ नि तर के गर्नु गाउँमा मुख देखाउन गाह्रो छ । छोरीको बिहे गर्न सकेन भन्छन् । ं)"
त्यसपछि मनसराले केही बुझिन , उसको कानमा बाबुले भनेको ' रोग या भुखसे मोरै से त जेन ग भी जियैले ठीक' निकैबेरसम्म गुन्जिरह्यो ।
मनसरा बिहान चाँडै उठी नयाँ उमंग भावना लिएर । अब उसले बुधरामको विश्वासलाई तोडिसकेकी छे । ऊ अब कसैको अगाडि नाङ्गिने छैन । उसले आफ्नो अस्मिता लिलाम हुन दिने छैन । ऊ अब कसैको अगाडि बिक्ने छैन । उसले दृढ सङ्कल्प गरी ऊ अब सङ्धर्षगरेर बाँच्ने छे । बिहानको सूर्योदयले उसलाई नयाँ जोश र हौसला दिएको अनुभव भयो उसलाई । उसले बुधरामसँग बजारमा जाँदा केही मान्छे चिनेकी थिई । त्यसैले उसले कामको खोजी गर्ने विचार गरी ।
ऊ दिनभरि जागिरको लागि भौतारि रही । तर भनेजस्तो जागिर कही पाइन । उसले कतै उसले सफलताको सिढी भेट्टाइन । वर्षाशुरु भइसकेको थियो । घरमा अभाव र गरिबीले साम्राज्य फैलाएको थियो । भोक र रोगले ताण्डव नृत्य देखाउँदथ्यो । जसोतसो उनीहरूले सास धानिरहेका थिए ।
अचानक एकदिन उसको बाबु अन्तिमस्थितिमा आइपुग्छ । मनसरालाई उसको बाबुले 'रोग या भुखसे मोरै से त जेन के भी जियैले ठीक' भनेको कुरा कानमा गुन्जिरहन्छ । बाबुको असक्त र निसहाय अनुहारले मनसराको सङ्कल्पलाई चुनौती दिइरहेको आभाष हुन्छ । मनसरा बाबुको अगाडि हार खान्छे । आफ्नो सङ्कल्पलाई तोडिदिन्छे । उसले बाबुको जीवनको अगाडि आफ्नो अस्तित्वको आहुति दिन्छे । आमाको च्यातिएको धोतीले उसको अस्तित्वलाई नङ्गाइराखेको अनुभूति हुन्छ उसलाई । समाजको प्रत्येक व्यक्तिलाई ऊ नाङ्गो देख्छे । ऊ गरिबी र अभावका पर्दा च्यातेर समाजलाई देखाउन चाहन्छे । ऊ नङ्गाउन चाहन्छे समाजका ती वर्गलाई जो सम्पन्नताका पारदर्शी पहिरनमा आफ्नो इज्जत ढाक्न असफल प्रयास गरिरहेका हुन्छन् । ऊ बुधराम भएठाउँजान्छे , पुनः उसँग विश्वास जोड्न ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।