June 23, 2009

मैले नलाएको माया उसलाई

मैले नलाएको माया उसलाई
मेरो मुटुभरि र मस्तिष्कभरि मेरा भावानासँग
लुकामारी खेल्दै कहिले साउनेझरी बनेर
कहिले शरदको प्रीतको थोपा बनेर
बर्सिरहन्छ, बर्सिरहन्छ ।

मैले नछोएको माया उसलाई र्
कर्कलोको पानी बनेर मेरो जीवनको
उकाली ओरालीमा छायाँ बनेर
कहिले चौतारीमा, कहिले द्यौरालीमा
पछ्याइरहन्छ , पछ्याइरहन्छ ।

मैले नदेखेको माया उसलाई
क्षितिजपारिको मधुरो दृश्य बनेर मेरो आकृतिलाई
कहिले उषाको किरणमा कहिले गोधूलि साँझमा
स्नेहले अनावृत गरेर मेरो हृदयभरि
नहराउने एउटा प्रेमको सालिक
उभ्याइरहन्छ उभ्याइरहन्छ ।

मैले नसुनेको माया उसलाई
नबुझिने चराको भाषा बनेर
सल्लाको सुसेलीसँगै मीठो संगीतको धून बनेर
मेरो कानभरि पवित्र आत्माको सा-रे-ग-म
प्रत्येक पल, प्रत्येक क्षण
गुञ्जाइरहन्छ , गुञ्जाइरहन्छ ।


मैले नलेखेको माया उसलाई
कहिले कथा बनेर कहिले कविता बनेर
बाँच्नुको र्सार्थकतालाई जीवन्त पारेर
मेरो जीवनको गाथालाई
बिम्ब र प्रतिकको परिभाषामा रुपान्तरित
गरिरहन्छ , गरिरहन्छ ।

मैले नलाएको माया उसलाई
कहिले शीत बनेर कहिले गीत बनेर
कहिले काया बनेर कहिले छायाँ बनेर
कहिले संगीत बनेर कहिले सुभाष छरेर
हरपल मेरो जीवनको अमूल्य क्षणभरि
एउटा जिउँदो इतिहासको चित्र
कोरिरहन्छ कोरिरहन्छ ।

5 comments:

  1. धेरै मिठो लेख्नुभयो।

    ReplyDelete
  2. सुन्दर भाव! एक हिसाबमा जिन्दगी भनेकै यस्तै नलगाईएका मायाहरुको संग्रह हो। हामी तिनैमाथि आफ्ना कल्पनाहरु प्रक्षेपण गरेर बाँचिरहेका हुन्छौं।

    ReplyDelete
  3. यति मिठो टिप्पणी लेखिदिनुभएकोमा हजुरहरुलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु आउँदा दिनहरुमा पनि यस्तै अपेक्षा राख्छु ।
    धन्यवाद

    ReplyDelete
  4. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
    तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।