सधैँ हिँड्छ हाम्रो माथि, सूर्य हाम्रो साथी
जूनतारा भन्दा जाती, सूर्य हाम्रो साथी
अध्याँरोलाई भगाउँछ, उज्यालोलाई डाकी
निन्द्राबाट ब्युझाउँछ, सूर्य हाम्रो साथी
पानी पार्छ सधैँ यसले, बादललाई सोधी
अल्छी गर्र्छौ कति तिमी, काम गरौँ साथी
आधा काम तिमी गर, म त गर्छु आधी
मिली गरे खुसी हुन्छन्, सूर्य हाम्रो साथी
सूर्य भए मात्र बाँच्छौँ, यो संसारमा हामी
फोहोरमैला सबै फाली, पुग्नुपर्छ माथि
सूर्य झैँ चम्कौँ, राखौँ सूर्यलाई थाती
सबैभन्दा जाती, सूर्य हाम्रो साथी
क्या राम्रो कविता! पढ्दा आफैं फेरि एकपटक बालक भएको भान भयो!
ReplyDelete