मनको कुनामा बाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ
हावा आउँदा सुभाष चल्छ तिम्रो अधरको
खोजी हिँड्छु आफूभित्र लुकी हिँड्ने को हो
छायाँ बनी पछ्याउछ यो मन तिम्रो समिपको
तिमी बिनाको यो मन औशीको रातझैँ भो
कहाँ दुख्छ के ले यो मन थाहा पाउनै सकिनँ
तिमी पराइ हौ भनेर भन्नै सकिनँ
मायाको सागर साह्रै नै गहिरो पौडन गाहो भो
पानी बिनाको माछा सरी यो जिन्दगी साह्रो भो
जहाँ जाऊ जे गरु याद आउँछ सधैँ तिम्रो
ढुकढुकीले बोल्छ तिमी नै मेरो आत्मा हौ
मनको कुनामाबाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ
गीत राम्रो लाग्यो । अभै लेख्नुहोला ।
ReplyDeleteThank you Namrata jee . khusi lagyo .
ReplyDeleteकविता निकै राम्रो लाग्यो । पहिले भन्दा अहिले कमेन्टका लागि धेरै
ReplyDeleteसजिलो भयो । मलाई ब्लग चलाउन नआउने भएकोले कमेण्ट दिन गा¥हो भैरहेको थियो । कमेन्ट नेपालीमा लेख्न पनि सजिलो भएको छ । अब त्यस्तो समस्या रहेन ।
शर्मिला जी, तपाईको लेखहरु विगत एक हप्तादेखि निरन्तर रुपमा पढ्न पाइरहेको छु । नयाँ लेखहरु भएँ प्रकाशित गर्नुहोला । म प्रवासी नेपाली हुँ । तपाईको ब्लग निरन्तर रुपमा हेर्दै आएको छु । निरन्तरताको शुभकामना छ तपाईलाई ।
कविता निकै राम्रो लाग्यो । शर्मिला दिदी, तपाईको लेखहरु नयाँ लेखहरु निरन्तर रुपमा हेर्दै आएको छु । निरन्तरताको शुभकामना छ तपाईलाई ।
ReplyDeleteशर्मिला जी,
ReplyDeleteसमयको अभाव ले गर्दा हजुरले लेखेका कथा, शाहित्यहरू पढ्न भ्याएको छैन, तर जुन पनि पढेको छु त्यो रचनाले मेरो मुटु छोएकै छ।
धन्यवाद नम्रताजी, रोस्मनजी, राजेन्द्रजी र यदुनाथजी...खुसी लागेको छ । व्लग हेर्दै गर्नुहोला अझै धेरै रचना आउऩ वाकी छ प्रत्येक शनिवार नया रचना अपलोड हुन्छन हेर्नु होला ।
ReplyDeleteदिज्यु दर्शन,
ReplyDeleteह्जुरको सबै लेखहरु रमाइलो लाग्यो। यो गीत पनि राम्रो लाग्यो । महेसको दिदी जस्तो लागिरहेको छ,धरान ८ अनी बुवाको नाम ले गर्दा । यदी हो भने महेश र म सँगइ कलेज मा थियौ तर उस्ले कहिले पनि भनेन हजुरको बारे मा । आज हजुरको लेख पढ्न पाउद म धेरै खुशी भएहको छु।
सबै लेख हरु लाई निरन्त्रता दिने छु, ।
भाई :
सन्तोष खड्का ।ब्रुस्सेल्स ।
सन्तोश भाइ म महेसको दिदी नै हु । भेट भयो खुसी लाग्यो । मलाइ पनि थाहा तपाइको बारेमा । मेरो धेरै धेरै शुभकामना छ । बसेल्समा यताको नेपाली निकै हुनुहुन्छ क्यार होइन । विमल गिरी सग मेरो पनि मेरो परिचय छ । उहा गीतकार हो भेट भयो भने मेरो कुरा गर्दा हुन्छ ।
ReplyDelete