यी आँखाहरु आँसु नै आँसुले सिचित छन्
यो छाती पीडा नै पीडाले चिन्तित छ
दुखै दुःखले भरिएको यो संसारमा
खै कहाँ खुसी सजिएको छ -
यो जीवन अभावैअभावले ग्रसिद छ
यो पाइला ठेसैठेसले त्रसिद छ
डुब्न लागेको क्षितिजभित्र
खै कहाँ राप भेटिएको छ
यो मष्तिक बोझैबोझले दमित छ
यो शरीर व्यथैव्यथाले शिथिल छ
उमगहीन यो उजाड भाग्यमा
खै कहाँ सौभाग्य कोरिएको छ
यो मन तिरैतिरले भेदित छ
यो तन काडैकाँडाले रोपित छ
सधर्षशील यी हातहरुमा
खै कहाँ दूर्भाग्य मेटिएको छ
यी आवाजहरु आवाजहरुबाट कुण्ठित छन्
यी खुसीहरु अरुका लागि नै शहिद छन्
निष्काम गर्ने यी हातहरुका लागि
खै कहाँ सही मूल्याकन अंकित छन्
वाओ!भन्नै पर्छ । हरेक नारी पुरुष जो अरुका लागि बाचेका छन दमित र सोसित छन ठ्याक्कै तिनीहरुको मनोभावना लेख्नु भएको छ । धेरैको जीवन् ब्यथा सँग मेल खान्छ यो कगिजल । ध्यन्यबाद दिदि ।
ReplyDelete