हावासँग म पनि
उड्न पाए हुन्थ्यो
माथिमाथि बादलमा
पुग्न पाए हुन्थ्यो
चड़गा उडछ सररर
धागोलाई समाउदै
म उड्दा कसले समाउने
सोध्न पाए हुन्थ्यो
घाम हुन्छ पानी हुन्छ
आकाशमा उड्दा
घामपानी छेकिदिने
छहारी पाए हुन्थ्यो
भोक लाग्छ थकाइ लाग्छ
धेरै माथि पुग्दा
खानेबस्ने ठाउँ पाए
कति राम्रो हुन्थ्यो
साथीभाइ सबै मिली
खेल्न पाए हुन्थ्यो
माथिमाथि आकाशलाई
छुन पाए हुन्थ्यो
No comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।