May 28, 2010

नारी तिमी उठ जाग हेर

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
वर्षौ धर्मका ठेकेदारहरूको आगोमा जिउँदै जलाइयौ
तिम्रो आयू उनीहरूले कोरिदिए
तिम्रो भाग्य उनीहरूले फोरिदिए
तर पनि तिमीले एक शब्द बोलिनौ
त्यसपछि पनि तिम्रो अस्तित्व समाजले स्वीकारेन
तिमीलाई समाजले मानिसको दर्जा दिएन
वर्षौ पशुको जीवन बाँच्दै आयौ
सामन्तहरूको दास र भोग्या बन्दै आयौ ।

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।
अझै पनि भोग्यको जीवन बाँचिरहेछौ
लोमानीका गन्धमा गुम्सिएर
ल्याक्मेको प्रशोधनमा भुलेर
कति बाँच्छौ अरूका नै लागि
सामन्तीहरूको सुनको चुरा र पोतेमा
कति अल्झाउँछौ आफ्नो अमूल्य जीवन
घरको चार पर्खाल नाघेर हेर
नारीको अस्तित्व कसरी टाँगिएको छ
धुजाधुजा भएर समाजमा

नारी तिमी जाग उठ हेर
अनि आफूलाई चिन
तिमी पनि मानिस नै हो
तिम्रो पनि सोच्ने मस्तिष्क छ
काम गर्ने हातहरू छन्
सधै्र अरूले बनाएको नियममा
कति डो¥याउँछौ आफूलाई
आफै नियम बनाएर त हेर
कति असमनताका डोरीले बाँधिएका छन
तिम्रा हात र खुट्टा नफुकिने गरी
एकपल्ट फुकाइ त हेर
तिम्रा बोलीहरू कसरी निमोठिने छन्
तिम्रा भावनाहरू कसरी चिमोटिने छन्
तिम्रा विचारहरू कसरी सिरिने छन्
त्यसैले एकपल्ट नियम बनाइ त हेर ।

नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन
तिमी नै सरस्वती , लक्ष्मी, दुर्गा हौ
तिमी नै आदि अनादि हौ
तिमीभित्र संसार छ ।
तर तिमीले नै आफूलाई नचिनेपछि
कसले तिमीलाई चिनाइदिन्छ ?
आफ्नो लागि तिमीले आफै बाँच्नुपर्छ
सामन्ती शोषित समाजले दिएको बन्धन
तिमीले आफै तोड्नुपर्छ ।
नारी तिमी उठ जाग हेर
अनि आफूलाई चिन ।

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. आमा त्यों बेला पानी रुनु हुन्थ्यो जब छोरा ले खाना खान्थेन....
    आमा आज पानी रुनु हुन्छ जब छोरा ले आमा लाई खाना दिदैना .......
    भन्छन जहाँ नारी को सम्मान हुन्छ , तैहाँ भगवन को बास हुन्छ रे....
    तर समाज म नारी को अवहेलना किना ? किना एस्तो ? कहिले सम्म ?



    युवा नेपाल संगठन (YSN )
    http://www.facebook.com/home.php?#!/group.php?gid=111642818855289
    प्रकाश क्षेत्री

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।