आयौ टपक्क टिपी लग्यौ काल
निठुरी किन भयौ रे
पढ्न गएका हाम्रा लालाबाला
भन्छन् फर्केर आउदैनन रे
आकाश रुन्छ, धर्ती रुन्छ
जगत सारा रुन्छ रे
पानीभित्र निस्सासिदै तिनीहरू
रोएको खै कसले सुन्यो रे
फूल बिनाको यो बगैचा
अब किन सिगारौ खै
ढुकढुकी बिनाको मुटु लिएर
अब हामी किन बाचौ है
हास्दै गएका थिए विद्यालय
ठूलो मान्छ बनुपर्छ भन्दै
मुनामा नै चुडिलग्यौ दैव
कुन अपराध गरे तिनले
सृष्टिको फूल चुडेर तिम्ले
कुन ठूलो विजयी पायौ रे
आत्मा नै चुडी लग्यौ दैव
शरीर किन बाकी राख्यौ हे
सृष्टि हो सिगार्न
हैन है बिगार्नलाई
यस्तो भूल नगर दैव
अब तिमी कहिल्यै नै
तयार छौ बरु लाखौ
दुख कष्ट काट्नलाई
जीवन र मृत्युको दोसाधमा
अब कसैलाई नपुर्याऊ है
(मुनलाइट विद्यालयका तेह्रजना बालबालिकाको टेम्पो दुघटनामा भएको मृत्युमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूप्रति समर्पित शोकगीत)
No comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।