यो मन मन नै हो, त्यसैत्यसै चर्किएर फुट्न खोज्छ
विश्वासमाथि विश्वासघात गर्नेहरु देखि
कुडिएर यो मन त्यसै टुट्न खोज्छ
जताजतै रुखो जमिन छ, फल नलाग्दै बोट मर्न खोज्छ
रसायनिक मलले थेग्न सक्दैन यो मनलाई
कुहिएर फल नपाक्तै र्झन खोज्छ
वारिपारि जोड्ने केवुलकार, तार हुँदाहुँदै अलग्गिन खोज्छ
लोडसेडिगको मारमा विरक्तिएको यो मन
विजुली आउँदा पनि चिम निभ्न खोज्छ
सपना रोप्ने यो मन, विना सहारा लडखडाउन खोज्छ
हजारौ आकांक्षाको विपना फुलाउने यो मनलाई
किन हो आकाशले पनि थिच्न खोज्छ
सुनामीमा भौतारिएको यो मन, हावा आउँदा पनि बतासिन खोज्छ
मनले मनसँग व्यापार गर्ने व्यापारीदेखि
यो मन आर्थिकमन्दीको अभावमा तडपन खोज्छ
यो मन मन नै हो त्यसैत्यसै टुक्रिएर र्झन खोज्छ
मनको परिभाषालाई कुण्ठित पार्नेहरुदेखि
नबल्दै आस्थाको दियो निभ्न खोज्छ ।
nepalsguide@yahoo.com
ReplyDeleteमन मन नै हो शर्मिला जी,
जुन भावनामा बग्छ,
प्रेम र विश्वासको भरोसामा
जीवन समायोजन गर्छ
बिडम्बना समयको
आगमन स्वार्थि जमातको
यसैले आज मन रोई रहेछ ।
पवित्र मन रोई रहेछ ।
हजुरको कबिता राम्रो छ ।
बसन्त मोहन अधिकारी यूएइ
Thank you Basanta jee . jab ma kabita lekhchhu , tyaha ma aphai pokhiraheko hunchhu .
ReplyDelete