February 19, 2010

छोरीको फर्माइस

छोरीले आमालाई भन्दै छे - 'मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने - मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि ? अहिलेको जमाना कहा पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौँभनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने ? यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि ?
आमा भन्छे - 'छोरी काठमाडौ“को महङ्गीमा खान पनि धौधौ छ । यति धेरै फर्माइस पूरा गर्न कि भष्ट्राचार गर्नुपर्‍यो कि त दुइ नम्बरी धन्धा ? तिम्रो बुवाको सोझो कमाइले कहाँ पुर्‍याउन सकिन्छ र ?

छोरी फेरि पडकन्छे - 'महङ्गो ठाउँमा जन्माएपछि छोरी पनि महङ्गी हुन्छे भन्ने थाहा छैन । हुम्लाजुम्लामा जन्माएको भए भइहाल्थ्यो  नि ?'

आमा नबोली बजार जान्छे । बजारबाट र्फकदा मोटरसाइकलले हान्छ । आमा बाटोमा पछारिन्छे बेहोश हुन्छे । उसको हातमा छोरीको वर्थडेको लागि अर्डर गरेको बिल हुन्छ र साथमा छोरीको लागि एउटा पेन्ट र भेष्ट हुन्छ ।

आमा अस्पतालबाट व्लड बेचेर र्फकदै गरेकी हुन्छे ।

3 comments:

  1. आफूलाई मँहगी छोरी भनेर आफ्नो मोल तोक्ने छोरीहरु नजन्मीनु नै वेस । कथा छोटो तर सन्देश ठूलो ! लेखहरु पस्किदै जानु दिदी ।

    ReplyDelete
  2. अतिनै चोटीलो प्रहार २२औं सताब्दिका शहरीया भनाउँदा यौवनाहरूलाई !

    ReplyDelete
  3. मेरो छोरा र छोरीको बर्थडेमा एक अर्कोले झगडा गरे जस्तो लाग्यो /

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।