February 12, 2010

समयको माग

पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसँग भयो । सन्तसँगको सत्सङ्गले उसले धेरै अर्ती-उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूकोर् इष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती-उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो ।

त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन थाल्यो । उसले सबैलाई समान व्यवहार गर्न थाल्यो । आफूभन्दा मुनिका कारिन्दाको सम्मान गर्न थाल्यो । यसो गर्दै जाँदा आफूमुनिका कारिन्दासमेतले उसलाई हेप्न थाले । आफू चापलुसी, चुक्ली नगरी त्यसो गर्ने अरूहरूलाई पनि अर्तीउपदेश दिँदा ऊ छुच्चो कहलियो । असत्य कुरामा होमा हो नमिलाउँदा ऊ असामाजिक मानिसमा गनिन पुग्यो । यसरी ऊ कार्यालयमा हाकिमको समेत आँखाको कसिङ्गर बन्न पुग्यो । उसको सरुवा दुर्गम ठाउँमा भयो ।
उसलाई दिक्क लाग्यो । सन्तले देखाएको जीवनमार्गमा हिँड्दा सुखशान्ति मिल्ला भनेको झन् ठूलो आपत्ति आइपर्यो । उसले राजीनामा दियो । अनि ऊ व्यापार गर्न थाल्यो । व्यापारमा पनि उसले उदारवादी नीति र सत्यवादी नीति अपनाएको हुनाले ठूलो घाटा बेहोर्नुपर्यो । ऊ धेरै गरिब हुँदै गयो । घरमा खानलाई एक गेडो अन्नसमेत रहेन । एक दिन उसको घरमा चोर आयो । चोरले चोर्ने सामान केही नदेखेपछि उसलाई गाली गर्यो । उसलाई चोरले यसरी गाली गरेकामा साह्रै चित्त दुख्यो ।

उसले चोरलाई आफ्ना विगतका कुरा सबै बतायो । चोरले उसलाई सन्तको होइन आफ्नो सत्सङ्ग गर्ने सल्लाह दियो । चोरले उसलाई आफूजस्तै बन्ने र समयको प्रवाहअनुसार आफूलाई पनि बहाउने सल्लाह दियो । चोरले यी सबै सिक्न उसैसँग जानुपर्छ भनी सल्लाह दियो । उसले पनि चोरसँग जानुसिवाय अरू विकल्प केही देखेन । किनभने घरमा समेत ऊ स्वास्नी-छोराछोरीबाट दिक्क भइसकेको थियो ।

ऊ चोरसँग केही वर्ष बिदेसियो । केही सम्पत्ति लिएर पुनः घर फर्कियो । अब उसले समाजमा बाँच्ने सबै तरिका सिकेर आएको थियो । उसले समयको माग बुझेको थियो । अब उसले मागबमोजिमकै व्यवहार गर्न थाल्यो । ऊ सबैको अगाडि आस्तिक देखिन्थ्यो । तर भित्रभित्रै समाजलाई हानि हुने जुनसुकै काम पनि गथ्र्यो । 'मुखमा रामराम पेटमा छुरा' हुने काम गथ्र्यो । उसले व्यापार सुरु गर्यो । व्यापारबाट उसलाई ठूलो फाइदा भयो । ऊ केही वर्षभत्रमा नै करोडपछि व्यापारी मात्र भएन प्रतिष्ठित समाजसेवी र ठूलो धर्मात्मा कहलियो । घरमा सम्पन्नताले गर्दा होला सबै खुसी र सन्तुष्ट थिए । तर जब ऊ सन्तका कुरा सम्झन्थ्यो उसको मन कु“डिन्थ्यो अनि आत्मा तड्पिन्थ्यो ।

3 comments:

  1. शर्मिला खड्काका प्रतेक श्रीजनाहरुलाई निफनेर हेर्दा सरल,सरस र मार्मिक हुन्छन। भाव र अभिब्यक्तिमा उत्तरोत्तर परिमार्जन देखाउने कला उहामा ससक्तरुपमा पाईन्छ। सामाजिक घटनालाई लयात्मक रुप दिएर अभिब्यक्त गर्न खप्पिस हुनुहुन्छ। उहाका पछील्ला कथाहरुमा चित्रात्मकता प्रखर हुँदैगएको देखिन्छ।

    ReplyDelete
  2. समाजको राम्रोसँग चिरफर गरियको शसक्त कथा । राम्रो लाग्यो दिदी प्रगतिको कामना ।

    ReplyDelete
  3. धन्यवाद विमलजी अनि केदार भाइ खुसी लाग्यो । म गर्दै छु तपाइहरुको शुभकामनाले मलाइ उर्जा मिलेको छ ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।