आदरणीय रोचक घिमिरेज्यू
साहित्यिक अभिवादन
सम्बन्धहरू प्रायः सम्बन्धका लािग नै बनेका हुन्छन् । कुनै कुनै सम्बन्ध टुटनका लागि बनेका हुदाँरहेछन् भने कुनै जुटनका लागि बनेका हुदाँ रहेछन् । जीवनको यो कालखण्डमा आएर कतिपय सम्बन्धहरू नबन्दै भत्कदै गए भने कतिपय सम्बन्ध नटुटने सोचका पनि टुटदै गए । तर हजुरसँगको मेरो सम्बन्ध सधैँ हरियाली बसन्त जस्तो एकनाशले फुलिरह्यो । कहिले खहरेको उर्लदो भेलजस्तो भएन । कहिले सुख्खा मरुभूमिजस्तो भएन । एउटा सदाबहार बगिरहने निर्मल खोलाको कन्चन पानीजस्तो बगिरहयो । आजपर्यन्त पनि त्यो यथावत रहिरहेको छ ।
जीवनले जब साहित्यको संजिवनी पाएर बौराउन थाल्यो तब म नजीकको साहित्यिक तीर्थस्थल परशु प्रधानको निवासस्थानमा शरण लिन पुगेको थिए । उहाँले मलाई साहित्यिक गोरेटो पहिल्याउने क्रममा धेरै साहित्यिक पत्रपत्रिकाको नाम र ठेगाना दिनुभयो । त्यसै क्रममा हजुरको पत्रिका रचनाको नाम र हजुरको नाम त्यहाँ थियो । यो कुरा आजभन्दा एक दशकअघिको थियो । म बिल्कुल अन्जानजङ्गलको सुनाखरी फुलझै फुल्दै थिएँ । आफनो रचना पठाउने क्रममा र्मैले हजुरको पत्रिकाका लागि पत्रसहित एउटा रचना पठाएको थियो । मलाई सम्झना भएअनुसार त्यो रचना बाँसुरीको धुन नै थियो । त्यो कथाले रचना पत्रिकामार्फत मेरो कथाकारिताको केहीमात्रमा भए पनि सुगन्ध फैलाउन सफल भएको थियो । त्यसपछि निरन्तर साहित्यमा म लागिरहे र रचनाका लािग प्रायः मेरा कथाहरू पठाइरहन्थे । हजुरले मेरा कथाहरूलाई रचनामा तुरन्त ठाउँ दिनु हुन्थ्यो । त्यतिमात्र होइन मलाई उत्साहले भरिएको पत्र पठाएर मेरो साहित्यिक निरसतामा उर्जा थप्ने काम पनि गर्नुहुन्थ्यो । त्यो छोटो आणविक उर्जा यस किसिमको थियो–
शर्मिला खडका दाहाल जी
नमस्कार
तपाईंको कथासहितको इमेल केही अघि नै पाएको थिएँ । रचना ९२ प्रकाशित हुनै लागेकोले जवाफ पनि पत्रिकासँगै पठाउँला भन्दा ढिला भएको हो ।
तपाईंको कथा यसै अकमा दिएको छु । क्रमशः तपाईंका लेखनमा प्रौढता र परिमार्जन आइरहेको देख्ता प्रसन्नता लागेको छ । बालसाहित्य पनि त तपाईंको एउटा मुख्य विधा हो त्यता पनि तपाईंको गति राम्रो छ । अतः त्यस क्षेत्रले पनि तपाईंको विशेष योगदानलाई पर्खिरहेको छ ।
मोफसलमा रहेका स्रष्टाहरूले आफनो प्रतिभा छ भने उपेक्षित हुनुपर्दैन भन्ने कुराको उदाहरण तपाईं पनि हुनुहुन्छ । राष्ट्रियस्तरका पत्रिकाहरूमा प्रकाशित तपाईंका रचनाले यही कुरा पुष्टि गर्दछन् । केवल लेखनका निम्ति मात्र नलेखेर सार्थक अनि सारपूर्ण लेखनले नै साहित्य र समाजमा योगदान पुग्न सक्छ भन्ने कुराको संकेत तपाईंको लेखनमा पाएको छुु । उत्तरोत्तर सफलताका निम्ति तपाईंलाई शुभकामना दिँदै अहिले विदा लिन्छु । धन्यवाद ।
तपाईंको शुभेच्छुक
रोचक घिमिरे
६–१–२०६४
यसरी हाम्रो सम्बन्ध क्रमिकरूपले बाह्रमासे फूल भएर फुल्दै गएको थियो । एकदिन ज्ञानगुन प्रतिष्ठानले हजुरको बारेमा विशेषांक निकाल्ने योजन अनुप मैले पनि हजुरको बारेमा केही लेख्नुपर्ने संदेश आयो । मैले मेरो सीमित ज्ञानको बावजुद पनि केही लेख्ने प्रयास गरे र लेखेर पठाएँ । त्यो यसप्रकारको थियो –
प्रेरणाका स्रोत रोचक सर
माइतपट्टिका पाँचपुस्ता र घरपट्टिका पनि सातपुस्तासम्म साहित्यकारको जन्म नभएको मेरो परिवारमा म साहित्यकार हुनु भनेको एउटा अचम्मको कुरो नै थियो । मलाई पनि सितिमिति यस कुराको विश्वास लाग्दैनथ्यो । तर जब मेरो हातमा प्रसिद्ध साहित्यसाधक श्री रोचक घिमिरेज्यूको विशेषाङ्कका लागि संस्मरणात्मक लेख लेख्ने पत्र हातमा प¥यो । तब मलाई साहित्यकारको सूचीमा आफू दर्ता भएको महसुस हुन थाल्यो । वास्तवमा नै म साहित्यकार भएछु भन्ने ठोस प्रमाण भेटेझैँ लाग्यो । लेख्न त लेख्ने तर के लेख्ने आफूसँग त्यति धेरै भाषिक गहनता पनि छैन फेरि रोचकसरसँग मेरो धेरै घनिष्टता पनि छैन । त्यही सोचेर म शब्दसँग कुस्ती खेल्न थालेँ । म जस्तो साहित्यमा बामे सर्न लागेको अनुजलाई यो सम्मानजनक अवसर पनि थियो । त्यसैले मैले अवसरलाई गुमाउन चाहिनँ ।
जीवनमा जब ज्ञानको तेस्रो नेत्र खुल्यो भनौं बाँच्नका लागि केही गर्नुपर्छ भन्ने बुद्धि पलायो तब मैले धेरै समय अघि लेखेको बालउपन्यास ‘सानी’ प्रकाशित गरेँ । यसअघि ममा साहित्यिक नशा लागेको थिएन । पढ्ने कामचाहिँ गर्थे र केही लेख्दै फ्याक्दै गर्थे । एकदिन अचानक मैले कल्पना नगरेको कुरो भयो । सानीले साझा बालसाहित्य पुरस्कार प्राप्त ग¥यो । मेरो लागि यो अत्यन्त गर्वका कुरो थियो ।
मोफसलबाट धेरै डाँडाकाँडा, खोलानाला पार गर्दे पुग्नु पर्ने काठमाडौं म पुरस्कारूपी वायुयानमा उडेर कति चाँडै काठमाडौं पुग्न सफल भएँ । साझा बालसाहित्य पुरस्कार लिने दिन मेरो जीवनको अविस्मरणीय क्षण भएर रह्यो । म इटहरीको एउटा गाउँमा भर्खर एउटा पुस्तक लेखेर साहित्यिक बाह्रखरी चिन्दै गरेको मान्छे कहाँ यत्रो भव्य कार्यक्रम त्यो पनि देशकै विशिष्ट व्यक्तिहरूले सुशोभित भएको कार्यक्रम । मैले सपनामा पनि सोचेकी थिइनँ । यस्तो अवसर यति चाँडै आउँला भनेर त्यही विशिष्ट व्यक्तिहरूको माँझ रोचक सर पनि विराजमान हुनुहँुदोृ रहेछ । पुरस्कार तथा सम्मान कार्यक्रम पछि खाने कार्यक्रमको लागि ब्रेक भयो । त्यही समय रोचकसर आँफै मसँग परिचय गर्न आउनु भयो । वास्तवमा फलेको बृक्ष निहुरिन्छ भनेको यही होला भन्ने मैले अनुमान गरेँ । उहाँले अत्यन्त हार्दिकता देखाउनु भयो । नयाँ ठाउँमा उहाँले देखाउनु भएको आत्मीयताले कृतकृत भएँ म । काठमाडौंँ आउन अघि मैले उहाँको पत्रिकामा मेरो कथा “बासुरीको धुन” पठाएकी थिएँ । त्यसबेलाको रचनामा मेरो कथा बाँसुरीको धुन छापिदिनु भएको रहेछ । यो भन्दा अघि राष्ट्रिय पत्रिका समष्टिमा बाहेक अन्य कुनै पत्रिकामा मेरा रचनाहरू छापिएका थिएनन् । मेरा रचनाहरू प्रकाशकीय मारमा थिलथिलिएका थिए । उहाँले आफ्नो पत्रिकामा ठाउँ दिएर मलाई ठूलो गुन लगाउनु भयो । त्यो कथा त्यति उत्कृष्ट छैन भन्ने म ठान्थँे । तर त्यो बाँसुरीको धूनले साहित्यिक माहौलमा मधुरो धुन गुञ्जाई सकेको रहेछ । मैले पछि प्रतिक्रियाहरू पाएँ । यो मेरो लागि सुनौलो अवसर थियो । शायद यसरी ठाउँ नपाएको भए आज म कथा लेख्न छोडिसक्थेँ हु्ला । यसरी जब मैल रोचकसरलाई चिने तब नै मैले आफनोत्व पाएँ । त्यसपछि काठमाडौं आएको समय उहाँसँग फोनमा सम्पर्क भइरहन्थ्यो ।
राष्ट्रियस्तरको पत्रिकामा कथाहरू नछापिएर साहित्यमा वितृष्णा जागेको बेला रोचकसरले रचनाको एउटा लेखमा भविष्यमा राम्रो सम्भावना बोकेको भनी मेरो नाम उल्लेख गरिदिनु हुँदा ममा छाएको खुसीको लहरको व्याख्या गर्न सक्दिनँ म । त्यति मात्र नभएर त्यसपछिका प्रायः जसो अङकमा मेरो कथा राखिदिनु भएर रोचकसरले मलाई अप्रत्यक्षरूपमा कथाकारको उपाधि प्रदान गरिसक्नु भएको थियो । समकालीन साहित्यिक अस्वस्थ्य प्रतिस्पर्धात्मक युद्धमा लड्दा लड्दै थाकेकी मजस्तो घरव्यवहार, जागिर, परिवेश र परिस्थितिले थिचिएकी, भौगोलिक भू–बनोटले पछारिएकी अवलाले यस्तो उपाधि पाउनु संजिवनीको माला पहिरिनुझै साबित भएको महसुस मैले गरेकी छु । साहित्यक क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको र धेरै अनुभव बटुली सक्नु भएको रोचकसरजस्तो अग्रजको नेतृत्वमा अभिभावकत्व प्राप्त गर्न पाउनु म आफैलाई सौभाग्यशाली पनि ठानेकी छु ।
रोचकसरको साहित्यक योगदानको मैले चर्चा गर्नु भनेको जुनकीरीले प्रकाश छर्छु भनेर घमण्ड गर्नु बराबर हो । तर पनि मैले जानेसम्म रचनाले नेपाली साहित्यक दियोमा तेल भर्ने काम गरेर अखण्ड साहित्यिक उज्यालो छर्ने काम गरिरहेछ । आजका धेरै कथाकार, कवि, लेखकलाई रचनाले सफलताको सिढिमा उक्लन भरमग्दुर सहयोग गरेको कुरा मैले सस्मरणहरूमा पढेको छु । हामीजस्ता नयाँ पिढीलाई पनि रचनाले सहारा दिई उकालो चढ्न मदत गरिरहेछ ।
वास्तवमा साहित्यक पत्रिका चलाउनु त्यो पनि यति लामो समयसम्म कुनै चानचुने कुरो होइन । यति लामो समयसम्म साहित्यक प्रतिष्ठा कायम राख्न सफल रचनाका सम्पादक रोचक सर स्वयम्मा प्रतिभावान, निष्ठावान, लगनशील व्यक्तित्वका रूपमा प्रज्वलित हुनुहुन्छ । उहाँ मेरा लागि प्रेरणाका स्रोत र आदर्शको प्रतिमूर्ति हुनुहुन्छ । उहाँ आत्मीयता र हार्दिकताको प्रतिबिम्ब बोकेर मेरो हृदयमा सधै परावर्तित भइरहनु हुनेछ ।
ज्ञानगुनका कुरा (रोचक घिमिरे अङ्क–५)
यो मेरो सानो लेख ज्ञानगुन प्रतिष्ठानको रोचक घिमिरे विशेषांक छापिएको थियो । जब म इटहरीको जागिर छोडेर साहित्यमा समर्पित हुन काठमाडौँ आए त्यसपछि हजुरसँगको मेरो सम्बन्ध अलिक बाक्लिन थालेको थियो । समकालीन साहित्य गतिविधिबारे चर्चा, परिचर्चा र लेखन र अन्य मैले लिनुपर्ने सहयोग र सरसल्लाहमा हजुरलाई विशिष्ट कोटीमा राखेको थिएँ । हजुरको शालीन व्यक्तित्व, शिष्ट स्वभाव र अथक साधना गर्ने प्रवृत्तिबाट म प्रभावित भएको थिएँ । हजुरको रहस्यमय व्यक्तित्वलाई उत्खनन गर्ेर त्यसबाट आफूले केही प्रेरणा पाउने इच्छाअनुरूप मैले हजुरको कृतिहरू पढने इच्छा जाहेर गरँे । हजुरको एउटा कृति सम्झनामा फक्रिएका फूलहरू भन्ने पुस्तक मैले साझा प्रकाशनमा देखेको थिएँ, हजुरको सल्लाहअनुसार त्यो पुस्तक किनेर पढन थालेँ । त्यसपछि मैले हजुरको साहित्यिक योगदानको बारेमा धेरै कुरा थाहा पाएँ । त्यस पुस्तकबाट प्रभावित भएर मैले सकीनसकी एउटा समालोचना लेख तयार गरँे नेपाली साहित्यको ऐतिहासिक दस्तावेज–सम्झनामा फक्रिएका फूलहरू भन्ने शीर्षकमा ।
आजका पुस्ताहरू दुईचारवटा रचना सिर्जना गर्दैमा प्रोपोगन्डा मच्चाएर सेलिब्रिटी बनी पाठकलाई झुक्याउने आत्मप्रशंसकहरूको माझ हजुरको व्यक्तित्व मैले अनुकरणीय पाएँ । त्यसपछि हजुरको विषयमा अझै धेरै कुरा थाहा पाउने लालसाले मलाई अतृप्त प्यासी बनाइरहयो । यसै सन्दर्भमा मैले सम्पादक शेषराज सिवाकोटीद्वारा सम्पादित रोचक घिमिरे अक्षरको अभिवादन पढने सुअवसर प्राप्त गरेँ । यो पुस्तक पढीसके पछि मैले हजुरको विषयमा केही नलेखी पटक्कै नसक्ने भएँ । त्यही इच्छाको खेतीमा आज म हजुुरको व्यक्तित्वको बाली थन्काउन धेरै थोरै यहाँ प्रयास गरिरहेको छु । मबाट अन्जानमा केही भुल भएका क्षमा चाहँदै म यस पुस्तकको भित्री ढुकढुकी छाम्ने प्रयास गरिरहेको छु ।
रोचक घिमिरे–अक्षरको अभिवादन मा मेरो साहित्यिक अभिवादन
रोचक घिमिरे–अक्षरको अभिवादन सम्पादक शेषराज सिवाकोटी द्वारा सम्पादित उच्च साहित्यिक व्यक्तित्वको सही मूल्याकन भएको शाब्दिक ढुकुटी हो । नेपाली साहित्यका वरिष्ठ तथा स्वनामधन्य स्रष्टाहरूको दृष्टिकोणमा रोचक घिमिरेको व्यक्तित्व कस्तो छ भन्ने कुरा यस पुस्तकबाट थाहा पाइन्छ । वरिष्ठ साहित्यकार भवानी घिमिरेले आफना हृदयशील अभिव्यक्तिबाट यस पुस्तकमा प्रेमभाव प्रकटगरी भूमिका लेख्नु भएको छ ।
छपन्नबटा शीर्षकमा विभिन्न साहित्यकारले रोचक घिमिरेको बारेमा आफूलाई लागेका कुराहरू व्यक्त गरेका छन् । छपन्न वटा शीर्षकमा कुनै पत्र छ भने कुनै जानकारीमूलक घटनाहरू र अभिव्यक्तिहरू छन् । वरिष्ठ साहित्यकार भवानी घिमिरे यसरी भूमिकाको सुरुआत गर्नुहुन्छ –
‘ज्ञानगुन प्रकाशनबाट उत्साही र लगनशील युवा साहित्यसेवी शेषराज शिवाकोटीको संपादनमा ज्ञानगुनका कुराको अभिनन्दन अंकका रुपमा विभिन्न साहित्यकार एवं साहित्यिक पत्रकारको विशेषांङ्ग प्रकाशित भैरहेको थाहा पाउँदा मलाई हुनसम्म खुशी लागेको छ । मृत्युपश्चात साहित्यकारको नाममा गोहीको आँसु चुहाउनुभन्दा जीवित अवस्थामा नै आफना स्रष्टाहरूको अभिनन्दन गर्नु कता हो कता उज्यालो परम्परा कायम गर्नु हो । साहित्यकारहरूको विशेषांङ्ग परम्परा पहिले नै पनि रहेको हो तर साहित्यिक पत्रकारिताको माध्यमले उक्त योगदान गर्ने व्यक्तित्वहरूको विशेषांङ्ग परम्परा भने त्यति व्यापक थिएन, त्यसमा पनि साहित्यिक पत्रकारिताका पुराना व्यक्तित्व काशीबहादुर श्रेष्ठ, पारसमणि प्रधान र त्यसपछिका उत्तम कुँवरसम्म आएर यो अडिएको थियो । यो शृड्खलालाई टुटन नदिएर शिवाकोटीको प्रयत्नद्वारा साहित्यिक पत्रकारिताका एकान्त साधक रोचक घिमिरेका सम्बन्धमा पनि अभिनन्दन अंक समेत प्रकासनको सधारमा पुग्दा यो परम्परा अझ उज्यालो र टड्कारो भई अघि बढ्ने छ भन्ने विश्वास लिन सकिन्छ ।’
उहाँले रोचक घिमिरेको व्यक्तित्वको बारेमा कुनै लेख र भूमिका लेख्दै पुरा नहुने बताउनुहुन्छ । एउटा शिष्ट, अनुशासित, मपाईपन नरुचाउने गहन अध्येता भनी प्रशंसा गर्नुभएको छ । साहित्यिक पत्रकारिताबाट प्रेस काउन्सिलको भूमिका पुरा गर्ने र लगनशील भएर लागिरहने स्रष्टा र द्रष्टा दुवैरूपमा व्याख्या गर्नुभएको छ । वि.स. २०१८ सालदेखि रचना प्रकाशित गरेर बाबुबाजेले कमाएको सम्पत्तिसमेत माया नगरी लागिरहने, साहित्यिक पत्रकारितलाई एउटा उचाईमा पु¥याइ अरुको लागि आफनो जीवन सुम्पने कर्मठयोद्धाको रूपमा उहाँले लिनुभएको छ । यतिमात्र नभई पञ्चायतकालमा जगदीश घिमिरेको साबिति उपन्यासबारे गोष्ठी आयोजना गरी रचना मा प्रकाशित गर्नु ठूलो साहसिक कामको समेत प्रशंसा गर्नुभएको छ । यसको साथै सही शब्द ले मदन पुरस्कार पाउँदा तर्कपूर्ण साहसिक र सटीक अभिव्यक्ति दिएर त्यो बेलाको साहित्यिक बौद्धिक क्षेत्रमा धेरै प्रशंसा बटुलेको कुरा पनि उल्लेख गुर्नभएको छ ।
भूमिकापछिको पहिलो स्तम्भमा रोचक घिमिरे निष्ठावान व्यक्ति भन्ने शीर्षकमा वरिष्ठ साहित्यकार तथा साधक मदनमणि दिक्षित रोचक घिमिरेलाई नेपाली साहित्यिक क्षेत्रको सबै कुरा थाहा हुने ज्ञाताको रुपमा व्याख्या गर्नुहुन्छ । बाबुको सदभावपूर्ण इच्छा र आर्दशलाई पालना गर्ने तथा बुबाको सम्मान गर्ने व्यक्तिका रुपमा लिनुहुन्छ । उहाँको शब्दमा– ‘रोचक घिमिरे नचिनेको नपढेको कुनै नेपाली लेखक छैनन् त्यस्तै उहाँको अमित्र पनि मैले आजसम्म देखको छैन । कसैप्रति नमीठो एउटा वचन पनि नबोल्ने रोचकले आफूप्रति कसैले उवर्चन प्रयोग गर्दा पनि जवाफ नदिई सहिष्णु भै बसेको मैले बारम्बार देखेको छु । .........आफना दृष्टि विस्तारमा रहेका व्यक्तिलाई कोमल हातले त्यसको न्यानो स्पर्श गर्न मित्रवत् सल्लाह दिने र त्यस्ताका सुख, दुःखका साथी हो रोचक घिमिरे ।’
उहाँ अन्तिममा भन्नुहुन्छ– ‘मलाई स्पष्ट थाहा त छैन, तर रोचक घिमिरे जस्ताहरू अरूहरूबाट ठगिने, धोकामा पारिने र जिल्याइने व्यक्ति हुने गर्छन् । मानिसमा चाहिने सर्वोच्व गुणबारे विचार गर्दा निष्ठा नै त्यस्तो गुण हो भन्ने म ठान्छु । समयले सिद्धान्त र त्यसका विवरणमा हेरफेर गर्ने गर्छ । नयाँ अनुभवले पुराना निष्कर्षलाई सुधार्छन् । आधारभूत दर्शन र सिद्धान्तमाथि दृदवती रहनु नै निष्ठावान हुनु हो । व्यक्तिका निष्ठा र सिद्धान्तवादबीच समीकरण अनिवार्य आवश्यकता होइन । विश्वास र श्रद्धा नै निष्ठाका आधार हुन् । कुनै सिद्धान्तवादको नजीक रहेको देखिदा पनि निष्ठावानहरू आफना वैचारिक व्यक्तित्व व्यवहारद्वारा अनुप्राणित रहन्छन् । यसरी हेर्दा रोचक घिमिरेलाई मैले निष्ठावान् व्यक्तिको रुपमा लामो समयदेखि चिन्दै आए । लोकल्याण, सदाचार, अनुशासन आत्मनियन्त्रण र अस्वस्थ स्पृहाबाट पराडमुख रहने आदिम निष्ठावान् व्यक्तिको रुपमा मैले रोचक घिमिरे लाई देखेको र बुझेको छु ।
त्यस्तो व्यक्ति गम्भीर देखपर्ने गर्छ तर रोचक घिमिरेमा देखिने आकर्षक गुण हो प्रशन्न र सन्तुष्ट मुस्कान । प्रशन्न र सन्तुष्ट व्यक्तिहरू बढी वाचाल र आत्मप्रस्तुतिकर्ता हुने गरेका मैले देखेको छु ,तर रोचक घिमिरे ती सबैको यथार्थ विपरीत हुनुहुन्छ । उहाँको व्यक्तित्वको यो पक्ष मोहक र आकर्षक छ । धैर्यवान र सहिष्णुहरू त्यस्ता हुने गर्छन् ।’ यसरी वरिष्ठ साहित्यकार मदनमणि दिक्षितले रोचक घिमिरेको बारेमा आफनो मन्तव्य दिुनभएको छ ।
त्यसपछिको स्तम्भमा वरिष्ठ चित्रकार तथा साहित्यकार मनुजबाबु मिश्र रोचक घिमिरेलाई रोचकको पोको भनी भाषिक मिठास दिँदै उहाँको बारेमा कवितामा विश्लेषण गर्नुहुन्छ ।
रोचक घिमिरेसँन भेट हुँदाको प्रसगदेखि दिएर उहाँका बारेमा आफूले जानेजतिको कुरा राख्नुहुन्छ मनुज बाबु मिश्र । अन्तिममा उहाँ भन्नुहुन्छ –‘आत्मसंमान र आत्मसंतुष्टि सबभन्दा बढी प्रिय र महँगो हुन्छ । रोचकसँग त्यही छ, सत्यको अनुयायी बन्नु आफूलाई दुःखी राख्नु हो । रोचकको पोको बाहिर केही छैन भने जागीर छैन, बाबु बाजेको अंश आर्जन बाहेक आफनै कमाइ छैन, आफूलाई पोको पार्न चम्कने रुमाल छैन, बन्द व्यापार छैन, सभ्यता पस्ने ढोका भएको घर छैन, मान, पदक, पुरस्कारको त कुरै छाडौँ, जीवन समर्पित सेवाको कदर–पत्र सम्म छैन । उनको पोकोभित्र केही छ भने प्रतिभा छ, सेवा छ, साहित्य क्षेत्रका अक्षर अक्षरसँग मित्रता छ, हालखबर छ, सत्यप्रति सद्भाव छ, आँट छ, रचनाको विस्तृत फाँट छ, मृदु भाषा र सरल स्वभाव छ । तसर्थ मैले देखेको रोचकको पोको यस्तै छ ।’
अर्को स्तम्भमा साहित्यकार रमेश गोर्खाली चार दसकभन्दा लामो समयसम्म साहित्य सेवामा निरन्तर लागिरहने साधक रोचक घिमिरेलाई साहित्यिक पत्रकारिताका वृहस्पति एवं प्रकाशस्तम्भ रोचक घिमिरे भनी रोचक घिमिरेका बारेमा प्रकाश पार्नु भएको छ ।
यस स्तम्भका विभिन्न जानकारी अनुसार रोचक घिमिरेको लामो समयसम्म वरिष्ठ साहित्यकार रमेश विकल र भैरव अयार्लसँग संगत भएको बुझिएको छ । यस पुस्तकमा वरिष्ठ साहित्यकार रमेश विकले पनि उहाँको बारेमा आफनो अमूल्य मन्तव्य व्यक्त गर्नुभएको छ । उहाँको विचारमा अहिले समाजमा व्यक्तिहरू निजि स्वार्थ र महत्वकांछा भन्दा पर सोच्न नसक्ने अवस्थामा रोचक घिमिरे निरन्तर अरूका लागि साधुजस्तै दौडिरहेको छ, हो एउटै महत्वकांछा बोकेर दौडिरहको छ र भन्नुहुन्छ – ‘ऊ यात्रामा छ, निरन्तरको यात्रामा । तर हतारले होइन, अर्कोलाई उछिने महत्वाकांक्षामा सहयात्रीलाई धक्का दिएर, घोच्याएर होइन, आफू उक्लने प्रयासमा अरूको खुट्टा तानेर, अर्कालाई छिर्के हानेर होइन र अर्थात् आफनो महत्वाकाँक्षा पूर्तिका लागि उचित अनुचित सबै हतकण्डा प्रयोग गरेर, बाटो कुबाटो सबैतिर दगुरेरहोइन, सीधा, स्वत्छ र परदशीै मार्गबाट इमानदारी, लगनशील मिहिनेत र श्रमको साधनदारा मतापसँग एउटै गति, एउटै लय र एउटै तालमा । हो निरन्तर हिँड्दा यकाकदा उ थोक झै देखिन्छ। सुस्ताउन बसेझै निदाएझै, तर यो थकान यो विश्राम र यो निद्रा धेरै लामो हुँदैन । उ फेरि बिउँझन्छ, उठ्छ र आफनो गन्तव्यतिर मतापले बढ्छ ।
रोचक घिमिरेको त्यो एउटा धून, त्यो एउटा सपना, त्यो एउटा काम हो रचना को प्रकाशन हो । केवल रचना पत्रिकाको निरन्तर प्रकाशन र त्यसलाई उच्चस्तरीय साहित्यिक प्रकाशनका रूपमा प्रस्तुत गर्ने धुन यो नै उसको महत्वाकांक्षाको एक मात्र स्वरुप । अर्थात् उसको महत्वाकांक्षा रचनाबाट उठेर रचना मै निहित हुनु । रचनालाई नै बोकेर गन्तव्यतिर बढनु । त्यसैले उसलाई मैले कर्ममा लीन साधु भन्ने गरेको छु । तर त्यो पनि स्पष्ट होइन मनमनै किन भने प्रशंसा पाएपछि धेरै मानिस मात्तिने र पात्तिने भएर आफनो गन्तव्यबाट च्युत भएका देखिएका छन् ।’
रमेश विकलज्यूले रोचक घिमिरेसँगको संगतदेखि लिएर उहाँसँग घटेका विभिन्न रोचक घटनाको प्रसङ्गहरू यहाँ उल्लेख गर्नुभएको छ ।
यस पुस्तकमा स्वयम् रोचक घिमिरेज्यूको लेख समष्टि पूर्णाड्क–१८ मा छापिएको भौतिक कमाइलाई म तुच्छ सम्झन्छु भन्ने शीर्षकमा रहेको छ । बाल्यकालीन अवस्थादेखि देखि साहित्यमा समर्पित भएका घटनाहरू व्याख्या गर्दै उहाँ भन्नुहुन्छ – ‘घरको वातावरण साहित्यिक थियो । पिताजी र उहाँका मित्रहरू साहित्यिक रुचिका हुनुहुन्थ्यो । साम्बभक्त सुवृदी, लक्ष्मीप्रसाद देवकोटा, मधुसुदन देवकोटा, हृदयराज शर्मा, योगी नरहरिनाथ, बुद्धिसागर पराजुली जस्ता व्यक्तिहरू पिताजीका मित्र हुनुहुन्थ्यो । पिताजीको कोठामा म उहाँहरूलाई कविता सुनाउन लाग्नुभएको साहित्य चर्चामा मग्न हुनुभएको, इतिहास, संस्कृति अथवा धर्म चिन्तनमा डुब्नुभएको देख्दथेँ । उहाँहरूको बौद्धिक चर्चा मेरो बोधो बाल मथिगलमा घुस्न त के सक्थ्यो छ । तर पनि आफूलाई नेपाली साहित्यतर्फ चाख उमार्ने पहिलो खुडकिलो म त्यसै वातावरणलाई मान्दछु ।
घरमा गोरखापत्र शारदा, साहित्यस्रोत, पुरुषार्थ, उदय, उद्योग, जस्तो नेपाली पत्रिका र सरस्वती, गङ्गा चाँद, सुधा, वेड्कटेश्वर, कल्याणजस्ता पुराना हिन्दी पत्रिकाहरू हुन्थे । पिताजी ती पत्रपत्रिकाका पाठक हुनुहुन्थ्यो । बुझे पनि नबुधmे पनि त्यस्ता पत्रिकाका पाना पल्टाइन्थ्यो, पाठ्य समाग्रीभन्दा त्यहाँ छापिएका चित्र हेर्ने लोभ लाग्थ्यो ।’
यसरी घरको वातावरणले उहाँ साहित्यसेवामा समर्पित हुनुभएको कुरा थाहा हुन्छ । साहित्यलेखन र साधनामा लाग्दा आफूले भेटेको साहित्यकारहरू र उनीहरूसँग घटेका घटनालाई यहाँ उल्लेख गरिएको छ । रचना द्वैमासिक पत्रिकालाई निरन्तर दिने र यसलाई स्तरीय बनाउँदै लान आफूले गरेको प्रयासहरूलाई यहाँ उल्लेख गरिएको छ । वि.स. २०१८ सालमा चार महिने पत्रिकाको रूपमा प्रकाशित रचनाको लागि धेरै मेहनेत र प्रयास गर्नु परे पनि धेरै वरिष्ठ साहित्यकार हरूलाई माथि चढने सिढीको रूपमा काम गरेको कुरा व्याख्या गरिएको छ । अहिलेका स्वनामधन्य साहित्यकारहरू महानन्द सापकोटा, केदामान व्यथित, राजेश्वर देवकोटा, श्यामप्रसाद, धर्मराज थापा, भू भेनाजु, आनन्द रमेश विकल, नीरविक्रम प्यासी, गोविन्द भट्ट , भैरव अर्याल, तुलसी दिवस, लीलासिह कर्म, कन्चन पुडासैनी, शशीकला शर्मा, भीमदेवभट बरा, परशु प्रधान, हरिभक्त कटुवाल, आदिलाई रचनाले रचना प्रकाशित गरी दिएको प्रसङ्ग छ । साहित्यिक पत्रकारितालाई राज्यले वेवास्ता गरे पनि केही शैक्षिक र व्यापारिक संस्थाले यसलाई उठाउन र्दिएको विज्ञापन र केही साहित्यसेवी मनहरूले दिएको सदस्यता शुल्कले रचना पत्रिका प्रकाशन गर्न भरथेग गरेको कुरा बताउनुहुन्छ । अन्तिममा आफना कुरा उहाँ यसरी राख्नुहुन्छ – ‘कति आफन्तहरू मलाई भन्ने गर्छन् साहित्यिक पत्रिकाको साटो रचना लाई अरुले जस्तै समाचारपत्र बनाएको भए आज कत्रो लाभ गर्थिस्, कहाँ पुगिसक्थिस् । साहित्यिक पत्रिका निकालेर बिनासित्ति आफनो श्रम खर्चेर गल्ती रित्याउनु बाहेक तैँले के कमाई गरिस् । तिनलाई म आफनो कमाई छलर्ग देखाउन सक्तिनँ तर आफू अनुभव गर्न भने सक्छु रचनामा खर्चेको श्रम सम्झदा आज मनभरि खुसी छचल्किएर आउँछ । रचनालाई भ¥याङ्ग बनाएर भौतिक लाभ तर्फ लहसिने कुनियत मेरो मनमा कहिल्यै पलाएन । रचना का निम्ति जे जति गरे इमान्दारीपूर्वक गरेँ यही नै आफनो निम्ति परम सन्तोषको विषय भएको छ ।
साहित्यिक समाजमा मेरो परिचयको माध्यम रचना नै हो । मैले जति पनि साथी सहयोगी र हितैषीहरू कमाएँ यसैबाट कमाएँ । यो कमाइका अगाडि अरू भौतिक कमाइलाई म तुच्छ सम्झन्छु । रचनालाई आफूले सोचे जस्तो रहर पु¥याएर निकाल्न सकिएको छैन । यसको सिँगारपटार निम्ति जतिसुकै सपना देखे पनि सामथ्र्यहीन भएर खुम्चिइ बस्नुपरेको छ । भविष्यमा रचना प्रकाशन जारी नै राख्न सक्ने बलियो आधार पनि केही छैन । तर कुनै बेला रचना बन्द गर्नुप¥यो भने मेरा निम्ति त्यो दुःखद स्थिति हुनेछ । अहिले त म रचना बाहेकको आफनो बँचाइको कल्पना पनि गर्न सक्तिनँ ।’
यसरी आफनो जीवनको अभीष्ट र अस्तित्व नै रचना ठान्नुहुने रोचक घिमिरेको साहित्यसेवामा नै दीर्घजीवन बिताउने संकल्प जीवनको यो उत्तराद्र्ध कालमा आएर अझ सार्थक भएको अनुमान लगाउन सकिन्छ ।
यस पुस्तकमा धेरै जसो साहित्यकारहरूले रोचक घिमिरेज्यूको व्यक्तित्वलाई रचनासँग जोड्नु भएको छ । लामो समयसम्म जीवन नै समर्पण गरी रचना पत्रिकालाई जीवन्त र स्तरीय बनाउनु हुने उहाँको अथक परिश्रम धैर्य र निस्वार्थ सेवाको प्रशंसा गर्नुभएको छ ।
यसरी लेख्नुहुनेमा स्वनामधन्य साहित्यकारहरू रघु घिमिरे, देवेन्द्र गौतम, अच्युतरमण अधिकारी, रामचन्द्र गौतम, गुणराज काफले, माधव घिमिरे, जगदीश घिमिरे, शिव रेग्मी, धुस्वाँ सायमि, डां ध्रुवचन्द्र गौतम, विजय चालिसे, ल्लिासिहं कर्मा, महेश प्रसाई, बाबुराम पौडेल, सुरेन्द्रवर सिंह थापा, ध्रुव सापकोटा, शक्ति लम्साल, इन्दु्र गौतम, पुष्कर लोहनी , वासुदेव माडसाप् तेजेश्वरबाबु ग्वंग, मन्जुल, विनोद दिक्षित, बासु बराल, डा. रामदयाल राकेश, राजव, श्याम दाहाल, शैलेन्द्र साकार, धु्रव मधुकर्मी, मेधराज, दिनेश सत्याल, ज्ञानुवाकर पौडेल, जयराम शर्मा, श्याम प्रसाद, क्षेत्रप्रताप अधिकारी, मनु ब्राजाकी, अशेष मल्ल, मधुवन पौडेल, किशोर पहाडी, ज्ञानेन्द्र विवश, जयदेव भट्टराई, माधव काफले, युवराज नयाँघरे, वादेपा, गोविन्द गिरि प्रेरणाका रोचक घिमिरेसँगका मीठा प्रसङ्गका साथसाथै उहाँको व्यक्तित्वलाई शालीन भावले व्याख्या गरिएको छ । त्यस्तै एउटा स्तम्भ रोचक घिमिरेलाई लेखिएका केही पत्रहरू भन्नेछ । जसमा साहित्यकार इश्वर वराल, श्यामप्रसाद, भैरव अर्याल, गोविन्द भट्ट परशु प्रधान, मन्जुल, शैलेन्द साकार, साम्वभक्त शर्मा सुवेदी ‘मुरारी’, आदिले आफनो रचनाहरू रचनामा प्रकाशित भएको सन्दर्भलाई लिएर रोचक पत्रहरू पठाउनु भएको छ । त्यस्तै एउटा स्तम्भमा ज्ञानुवाकर पौडेलले रोचक घिमिरेसँग अन्र्तवार्ता लिनुभएको सन्दर्भ छ ।
निष्कर्ष– साहित्यलाई अनुपात्दक क्षेत्र मानिने र यस क्षेत्रमा प्रवेश नगरी भौतिकवादी र विलासी जीवन बिताउने सोच भएको समाजमा सरकार तथा राज्यले समेत उपेक्षाको भावराखी त्यस्तै व्यवहार गर्ने अनि साहित्य र साहित्यकारको अवमूल्यन गरिरहेको अवस्थामा रोचक घिमिरेज्यूजस्तो व्यक्तिलाई साहित्यिक पत्रिकालाई आफनो नीजि प्रयासमा अथक परिश्रमद्वारा एउटा उचाइमा प¥ुयाई पत्रिकालाई नै आफनो जीवनको सर्वोस्व ठान्ने नेपाली साहित्य जगतको एउटा सिद्धपुरुषको रूपमा लिनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । उहाँ जस्तै अन्य साहित्यिक पत्रिका चलाउनेहरूको पनि यसरी नै समाजका बौद्धिक व्यक्तिहरूले मूल्याकन गरी उहाँहरूको व्यक्तित्वलाई बाहिर ल्याउनुपर्छ भन्ने मेरो धारणा छ ।
यद्धपि रोचक घिमिरेले गर्नुभएको जीवनभरिको तपस्यामा भौतिक सम्पत्ति, सुखसुविधा केही पाउनुभएको छैन तर उहाँले कहिल्यै विर्सिनसक्ने र खर्च गरेर नसकिने धेरै आत्मिक आत्माहरूको श्रद्धा, सम्मान र प्रेम पाउनु भएको छ । जुन कुराको कुनै मूल्य छैन र त्यो अमूल्य श्रद्धा र सम्मान रोचक घिमिरे–अक्षरको अभिवादन ले साहित्यिक इतिहासमा सगौरव रोचक घिमिरेको नाममा शिलालेख गरेको छ । यो कुरा अब आउने पिढीलाई ठूलो हौसला, उदाहरण र प्रेरणा बन्नेछ ।
आदरणीय रोचक सर मैले हजुरको बारेमा रोचक घिमिरे–अक्षरको अभिवादन बाट यति कुरा लेख्न सकेँ । हुन त सम्पूर्ण पुस्तकको समीक्षा यति थोरै शब्दमा अटाउन सकिदैन तर पनि मैले आफनो सानो आँखीझ्यालबाट चियाएर शब्दहरूलाई कन्जुस गर्दै यतिसम्म लेख्न सकेको छु । हजुरको विराट व्यक्तित्वलाई रोचक घिमिरे–अक्षरको अभिवादनमा जसरी सजाइएको छ त्यसरी सजाउन मेरो बलबुताले नभ्याएको असर्मथता यहाँ व्यक्त गर्न चाहन्छु । शेषराज शिवाकोटीले ज्ञानगुन प्रतिष्ठानमार्फत हजुरको नाममा रोचक घिमिरे साहित्यिक पत्रकारिता सम्मान र रोचक घिमिरे साहित्यिक भाषासेवा सम्मान प्रत्येक वर्ष हजुरको जन्मदिन भदौ तीन गते दुईजना साहित्य सेवीहरुलाई प्रदान गर्दै आएको छ । यसले हजुरप्रतिको श्रद्धालाई अझ व्यवहारिक मान्यता दिएको पुष्टि हुन्छ
त्यसैले अन्तिममा म भन्न चाहन्छु सम्बन्धहरू सम्बन्धका लागि बनेका हुदाँरहेछन् । अझ त्यसमा पनि साहित्यिक सम्बन्ध अटुट, अमर र अजर भएर रहदा रहेछन् । शब्द रहेसम्म, भाषा रहेसम्म, जीवनपर्यन्त यो बाँचिरहदो रहेछ ।