Showing posts with label समीक्षा. Show all posts
Showing posts with label समीक्षा. Show all posts

August 25, 2010

लेखक योगेन्द्र उपाध्यायज्युको नारी लेखको लागि नारीको जवाफ

लेखक योगेन्द्र उपाध्यायज्यू,
तपाईँको नारी शीर्षकको लेख पढ्ने सौभाग्य समकालीन डट कममा प्राप्त भयो । अत्यन्त दुख लग्यो । तपार्इँले आफूमा भएको सम्पूर्ण बौद्धिक कला खर्च गरेर तयार गर्नु भएको तपाईको लेखको सकेसम्म वाक्य अथवा अनुच्छेद नै विश्लेषण गरेर जवाफ दिँदै छु । पहिलो अनुच्छेदमा तपाईँले आफूलाई महिलासंग तुलना नगरी आफूलाई सभ्यताको परिसूचकका रुपमा व्यक्त गर्नू भएकोमा तपाईको विवेकलाई सलाम गर्छु । किनभने महिलासँग तुलना नगर्नु तपाईँको महानता हो । नारीहरु कहिले पनि पुरुष समान थिएनन् र अहिले पनि छैनन् । जिउँदै जलिनु पर्ने नारीहरु समाजमा केही चेतना आएर बाँच्न पाएका छन् । अनि कसरी पुरुष समान हुन्छन् र ? साँच्चै तपार्इँले भन्नुभए जस्तै नारी आफूलाई जति पुर्ण भने पनि ऊ कदापि हुन सक्दिनँ । भाषा, व्याकरण, सामाजिक, रहन सहन सबैमा पुरुषको स्थान आउँछ अनि मात्र नारीको उच्चाहरण हुन्छ । यी कुरा तपाईँले नामबाटै बनेका शब्दहरुबाट व्यक्त गर्नु भएको छ । हो, आज नारीहरु पुरुषबाट परिचित हुनु परेको छ । त्यसैले त उसले आवाज उठाएकी छे । यदि नारीबाट पुरुष चिनिनु परेको भए पुरुषहरु यसरी नै आवाज उठाउने थिए होलान् । यही अस्तित्वबोधको पीडाले नै मान्छेहरु अरु प्राणीहरु भन्दा प्रकृतिले पृथक बनेको हो । नत्र त पशु र मानिसमा कुनै भिन्नता रहने थिएन । हुन त तपाईँले आफ्नो लेखमा नारीलाई पशुको स्तरमा लगेर तुलना गर्नु भएको छ । त्यो परिच्छेदको विषय पनि यहाँ तल उल्लेख गरिएको छ ।
तपाईले नारीको सौन्दर्यलाई कति धेरै ईष्र्या गर्नु भएको ? यसरी इष्र्या नगर्नूहोस तपाई भन्दा धेरै ठूला महत्मा त्यागी तपस्वीहरुले नारीको सौन्दर्यको बर्णनमा आफ्नो अमुल्य जीवन समर्पित गरेका छन् । ठूला ठूला विश्वमा नाम चलेका कृति, शकुन्तला, महाभारतको द्रौपति, रामायणको सीता, र गोर्कीको आमा, राधा, सर्वजा सबै हेर्नुहोस तिनमा नारीको रुप र गुणको बखान गरिएको छ । जुन कुरा ध्रुव सत्य हो त्यो कुरामा तपाईले कलमको मसी नसक्दा राम्रो होला कि ? जसरी पुरुषको पुरुषार्थको नारीले इष्र्या गर्न हुँदैन त्यसरी नै पुरुषले नारीको सौन्दर्यको इष्र्या नगरे हुन्छ । तपाईले नारीको सृष्टि जस्तो पवन कार्य जसले मानवताको वंशलाई निरन्तरता दिइरहेको छ । त्यस कार्य र स्वयम नारीलाई किरासंग दाज्नु कतिको न्यायोचित होला ? अरुलाई भन्नु अघि त्यो आफ्नो आमालाई र आफूलाई हुन सक्छ भन्ने किन नसोच्नु भएको ? यस अर्थमा तपाईलाई आमाले कस्तो सन्तान भनी मुल्याङ्कन गर्नु होला ? तपाईलाई जन्म दिदा तपाईको आमाले कम गर्व गर्नु त पक्कै भएन होला के त्यो गर्व गँगटोल़े गर्न सक्छ ? यदि सक्छ भने तपाईँको तुलना कोसँग भयो ? एकपल्ट ठण्डा दिमागले सोच्नुहोस् । विकसित मुलुकमा नारीहरुले सन्तान पाउन छाडिसके । उनीहरु सेरोगेटमदर खोज्न थालेका छन् । यदि तपाईँको श्रीमतीले बच्चा जन्माउन मानिन भने तपाईँ सेरोगेटमदरलाई लाखौ रुपैया खर्च गर्न सक्नुहुन्छ । यदि तपाईले सक्नु भयो भने तपाई जस्ता अरु नेपाली पुरुषहरुले सक्लान् त ? फेरि तपाईँले नारीले सन्तान जन्माउने विषयमा अहिले क्लोनिग र टेष्टट्युव वेवीबाट सन्तान जन्माउन सकिन्छ भनेर नारीलाई चुनौति दिनु भएको छ । क्लोनिग प्रविधिलाई अहिलेसम्म पूर्ण सफल मानिएको छैन भने टेष्टट्युव वेवीको लागि के सबै पुरुष लाखौँ रुपैया खर्च गर्न सक्छन् । फेरि टेष्टट्युब वेबीमा नारीको डिम्ब चाहिदैन र ? जुन देशका कतिपय पुरुषहरु गर्भवती नारीलाई नियमित डाक्टरको चेकअप गराउन नसक्ने अवस्थामा छन् त्यो देशको पुरुषले यसरी खोक्नु भनेको हत्केलाल़े सूर्य छोप्छु भन्नु हो ।

एक्काइसौ शताप्दीमा पनि उन्नाइसौँ शताप्दीको अवस्थामा गुज्रिरहेको नेपाली नारीको चेतनामा तपार्इँको लेखले केही सचेतना जगाउनु पर्ने हो । तर अफसोच छ यहाँ त्यो वातावरण सृजना हुन अझै दुइसय शताप्दी लाग्छ भन्ने मेरो अनुमान छ । तपाईँले समस्या र अवगुणहरु प्रशस्त आफ्नो लेखमा छर्नु भएको छ तर त्यसको कारण र निराकरण पटक्कै बटुल्नु भएको छैन ।
तपाईँको लेख जन्मनुको पछाडि नेपाली समाजको सानो पृष्टभुमि खोल्न चाहन्छु म । राणाकालीन शासनले नेपाली जनतालाई घोर अन्धकारमा राख्यो केही सचेत पढेलेखेका युवाहरु वनारस, दार्जिलिङ गई शिक्षा लिन थाले । उनीहरुको घरव्यबहार, छोराछोरी, वृद्धा भएका बाआमा तिनै नारीहरुले स्याहार गरेर बसिन् जसलाई तपाईँ गाली गर्दै हुनुहुन्छ । ती महान नारीहरुले श्रीमानलाई उच्च शिक्षा दिन सक्दो सहयोग गरे तर आफू भने अन्धकारको गुफाभित्र थुनिरहे । देशमा भएका ठुलाठुला राजनिति क्षेत्रमा, प्रशासनिक क्षेत्रमा र देशका ठुला ठुला कार्यक्षेत्रमा तिनै पुरुषले देश हाकेका थिए र अझै कति हाँकिरहेका छन् । ती नारीहरुको त्याग बलिदान पुरुषहरुले कहिल्यै बिर्सन हुदैन । आज पनि धेरै पुरुषहरुलाई नारीहरुले घरव्यबहार, छोराछोरी सम्हालेर विदेश पढ्न वा कमाउन पठाइरहेका छन् । आज कुनै पनि घरमा पुरुषले भात पकाएर नारीलाई बाहिरी संसारमा पठाउने पुरुष बिरलै होलान् । सायद तपाईले यो लेख लेख्न अघि आमा, दिदी वा बहिनीले पकाएको भात नै खाएर बस्नुभएको होला । यदि तपाईले होइन आफै पकाउछु भन्नुभए पनि ठिकै छ । तर अधिकांश पुरुषहरुलाई खाना पकाएर र पस्केर अगाडि राखी दिने नारी नै हुन्छे । घरको सम्पूर्ण व्यवहार हेरिदिएर बाहिरीसंसारमा अघि बढाउने नारी नै हुन्छन् । त्यसैले भनाई नै छ कुनै महान पुरुषको सफलताको पछाडि नारीको हात हुन्छ भन्ने । कतै एउटी नारीले भाषण गरेको सुन्दैमा तपाईले आम नारीलाई दोषारोपण गर्नु कहाँ सम्मको बुद्धिमत्ता हो ?
हुन त हामी नारीमा धेरै विकृति छ हामी भर्खर शिक्षाको उज्यालोमा पस्दैछौ । वर्षौ हामीले घरको संघार काट्न पाएनौ । हामी आर्थिकरुपले, सामाजिक रुपले र मानसिक रुपले कमजोर भयौँ । हामी आफूमा परिपक्वता हुनु पर्दछ । हामीमा कमीकमजोरी छैन भन्न खोजेको होइन मैले किनभने कसैलाइ भन्नु अघि आफूलाई राम्ररी हेर्नु पर्छ भन्ने मान्यता राख्छु म । मैले हामी नारीको बारे खसखस डट कम मा ‘महिला शब्दको उत्पत्ति’ शीर्षकमा लेखिसकेको छु । पढ्नु भए राम्रो होला । नारी सृष्टिकर्ता, पालनकर्ता हो । तपाईँले धेरै धर्मशास्त्रका कुरा ल्याएर पुरुषलाई सर्वशक्तिमान देखाउनु खोज्नुभएको छ । धर्मशास्त्रले नारी, जनजाती, दलितलाई दबाइएर लेखिएका कतिपयकुराले आज समाजमा विरोधको आवाज उठिरहेको छ । नारी, जनजाति र दलितले वेदको ऋचा सुन्नु हुदैन सुनेमा कानमा तातो तेल हालिदिनु भन्ने मनुस्मृतिका कुराले आज समाजमा नयाँ विद्रोहको भावाना जन्मेको छ ।
आज देश संकटकालीन अवस्थामा छ । हिजो मधेस आन्दोलनले पहाडिया भन्दै टोपी फ्याक्न लगाएको, लिम्बुवानले नाकचुच्चे भन्दै विरोध गरेको, नेवार समुदायले आवाज उठाएको, अरु समुदायले आन्दोलन गरेको अवस्थामा त नारी तेरो नाम यस्तो म पुरुष मेरो पुरुषार्थ यस्तो भन्नुभन्दा देशमा चलेको आन्दोलनको निराकरण के होला भनी बौदिकता खर्च गर्नु भएको भए धेरैजनाको स्याबासी पाउनु हुने थियो । तपाईँजस्तै सामन्तीसोचले ग्रस्त जुडासेप्रवृत्तिका व्यक्तिहरुको कारणले नै आज देश अराजकतातिर गइरहेको छ । यस्ता प्रवृतिका व्यक्तिहरु नयाँ परिवर्तन हेर्न चाहदैनन् । जुडासे प्रवृत्ति भनेर केलाई भनिएको होला भनी भन्नुहोला । जुडासेप्रवृतिको बारेमा मैले मेरो ब्लग शखदा साहित्य मा सस्मरण स्तम्भमा जुडासेप्रवृति-1 भन्ने शीर्षकमा एउटा लेख छ । हो त्यहीबाट जुडासेप्रवृत्ति भन्ने शब्दको जन्म भएको हो । यस्ता जुडासे प्रवृत्ति भएका व्यक्ति तपाईँ एक्लै हुनुहुन्न अरु पनि हुनुहुन्छ । यस्ता मानसिकता बोकेका मानिसहरु आफूलाई सर्वेसर्वा ठान्छन् र अरुको आत्मस्वाभिमानको कहिल्यै सम्मान गर्दैनन् । यस्ता लेखक तपार्इँमात्र होइन अर्को एकजनाको पनि उदाहरणसहित तपाईँलाई यो सानो लेख मार्फत देखाउन चाहन्छु ।


हाम्रो समाज पुरुषप्रधान समाज हो भनेर मैले भनिरहनु नपर्ला भन्ने मलाई लाग्छ । बर्षौदेखि पुरुषवादी मानसिकता बोकेकाले हाकी आएको समाजमा कति नारीका हक अधिकार दबाइयो यसको लेखाजोखा गरेर साध्य पनि नहोला । मनोवैज्ञानिक रुपमा, आर्थिक रुप सामाजिक रुपमा दवाइएका धेरै घटना र कानूनहरु नै साक्षी वकपत्रका रुपमा नै तयार छन् । अहिले म यहा मनोवैज्ञानिक रुपमा दवाइएका कुराहरु गर्दैछु । समाजमा कला साहित्य भनेको परिस्कृत र सुशिक्षितहरुले हाक्ने गाडी हो । यही हकाइमा कति नारीको मनोविज्ञान खसाल्ने गरी गाडी हाकिन्छ, भन्नेकुरा नमूना म यहाँ पेश गर्न चाहन्छु । साहित्यक्षेत्र बौद्धिक क्षेत्रका व्यक्तिहरुले अभिव्यक्ति दिने थलो हो तर यस क्षेत्रका पुरुषवादी मनोविज्ञान बोकेकाहरु नारीका आत्मसम्मान गिराउने गरी अपहेलना गरी लेख्ने व्यक्तिहरु अझै पनि उत्तिकै गरी लागि परेका छन् । गरिमाको पुस अङ्कमा मुन पौडेलको मेरी सालीको बिह’ र मधुपर्कको माघ अंकको ‘सुखी जीवनका उपाय’मा नारीलाई अत्यन्तै खसालिएर बोलिएका छन् । हास्य व्यङ्ग्यका रुपमा लेखिएको यी दुबै लेखमा नारीको मनोविज्ञानलाई अत्यन्त सस्तो किसिमले खसालिएर लेखिएका छन् । मधुपर्कको सुखी जीवनका उपाय मा के भनिएको छ भने स्वास्नी लाई खुसी पार्न पुरुषले उसको दास बन्नु पर्ने मनोविज्ञान देखिइएको छ एउटा वाक्यांश पढौ – “हाम्रो नेपाली समाजमा घरकी, लाग्नेकी , लोग्नेकी श्री सम्पत्तिको मालकिन र चिफ एक्ज्युटिभ को त भने श्रीमती । श्रीमती लोग्नेको टोपी देखि मोजासम्म र बैङ्कको खातादेखि खल्तीसम्मको मालकिन । कुन पुरुष छ हुँ भन्ने पतिमा त्यो ताकत छ कि जसले श्रीमतीलाई ढाटेर ठगेर दुई पैसा कतै लुकाओस् । उल्टो आफ्नो नामको जग्गा । घरलगायत सञ्जयकोषको रकम पनि श्रीमतीको नाम गरिदिएका छन् हुन्छन् । जुन मै छु भन्ने मनुवाले “कमाउने म, त्यसको नाम के को राख्छु भनेर फुर्ति फार्ती लाएर हैकम वा प्रवृत्ति नै देखाउछ त्यसको दुखको दिन आयो भन्ठाने हुन्छ । हाम्रो समाजमा श्रीमती एउटा यस्तो प्रकारको लुतो हो जो फाल्न त सकिदैन सकिदैन , उल्टो जीवनभर कन्याइरहनु पर्छ ।”
मलाई यहाँ भन्न मन लाग्छ, के नारीले पुरुषको कार्यमा सहयोग गरेकी हुन्न । के पुरुषले फाल्न चाहेर पनि फाल्न नसक्ने नारी एउटा वस्तु हो ? उनको समाजमा कुनै अस्तित्व छैन । यो अन्तिम वाक्यले नारीको अस्मिता र स्वाभिमानमा निकै ठूलो अपमान गरिएको छ । यो कुरा कुनै पनि स्वाभिमानी नारीलाई पच्य हुने छैन । यी वाक्यांशले नै बुझिन्छ पुरै लेखमा नारीलाई कतिको होच्याएर लेखिएको छ ।
(यहाँ मलाई मुन पौडेललाई के भन्न मन लाग्छ भने सरकारले नारीको नाममा घरजग्गा खरिदगर्दा परसेन्ट 25 परसेन्ट छुट नारीलाई दिएको छ । धेरै पुरुषहरु त्यो छुट पाएर खुसी भएका छन् र धेरैजसो पुरुषहरुले नारीको नाममा घरजग्गा राख्न रुचाउछन् र राखिरहेका छन् । नारीप्रति त्यत्रो अविश्वास हुने हो भने सरकारले यो छुट दिने थिएनन् र पुरषले पनि राख्ने थिएनन् । नारीहरु पुरषबाट धेरै ठगिएका हुनाले पनि सरकारले नारीलाई केही राहतको रुपमा यो व्यवस्था मिलाइदिएको कुरा उल्लेख गरिएको थियो । तर मुन पौडेल सरकारलाई भन्न नसकेर किन नारीलाई भनेका हुन बुझ्न सकिएन । )

त्यस्तै उनको सालीको विहे मा सालीको बिहे बाट सुरु भएको व्यङ्ग्यमा स्वास्नीदेखि लिएर सासु ससुरा सालीलाई समेत यति होच्चाएर लेखिएको छ । प्रत्येक वाक्य विश्लेषण गर्ने हो निकै लामो लेख तयार हुन्छ । तर यहा मैले छोटकरीमा लेखेको छु । उनले एक ठाउमा यसो भनेका छन् – “मेरा ससुरा कस्ता भने बतौरे अझ कडा र खरो शब्दको प्रयोग गर्ने हो भने गफाडी । हुने खाने चाहि केही होइन तर गफले आकाश पाताल एक गरिदिने खालका न खग्नुपरोस न ख्वाउनु परोस् उल्टो छोरी ज्वाईको पाए पाउञ्जेल खायो अनि गफ हाक्यो । ससुराली गयो र ससुरा छन भने गफबाहेक केही खान पाइदैन । खान त पाइन्न पाइन्न , बोल्न पनि पाइन्न । उनी चूप लागे न बोल्नु । यसरी ससुरालाई भनेका छन भने सासुलाई त्यस्तै – ‘अब अर्को पाटो हेनुस । सासु बज्यैचाहिँ सीधा ठाडा गाउँ बाट आएकी जस्ती । नहास्नु छ नबोल्नु छ , टकटक लट्ठी हिडेको जस्तो निर्जीव । .. । ’ यस्तै गरी साली र स्वास्नीलाई अघाउञ्जेल व्यङ्ग्यले हानेका छन् ।
हुन त यसलाई उनले सस्मरण भनि दिएको भए हामी कसैलाई टाउको दुख्ने थिएन तर हास्यव्यङ्ग्य लेख भने पछि यो प्रतिनिधि पात्र के सबैलाई पाच्य होला आज हामी नयाँ नेपालको कुरा गरिराखेका छौ । यस्ता विकृतिग्रस्त मानसिकता बोकेका व्यक्तिले नयाँ नेपाल बनाउन सक्ला र यस्ता लेखकका मानसिकता बढाउन लेख छाप्ने सम्पादकले पनि अब यसलाई हल्काफुल्काको रुपमा नलिई गम्भिर रुपमा लिनुपर्ने छ ।
हास्यव्यङ्ग्य लेख भनेको समाजका विकृति विसंगति विरुद्ध व्यङ्ग्य हानेर लेखिने लेख हो । के मुन पौडेल आफ्नो स्वास्नी ससुरालीमा मात्र विकृति विसंगति देखेका छन् त समाजमा अन्त छैन ? उनले आफ्नो सीप प्रतिभा नारीको मनोविज्ञान खसाल्नेमा खर्च गर्नु भन्दा राष्ट्रभित्र कति विसंगति छन् त्यसमा खर्च गरे कसो होला ? वास्तवमा ससुराली र स्वास्नीलाई यस व्यङ्ग्य बनाएर हाँसोको पात्र बनाएर देखाउने मुन पौडेल मात्र छैन अन्य लेखक, कलाकारहरु पनि छन् । कला क्षेत्रमा पनि केही समय अघि तीतो सत्य जस्तो चर्चित टेलिसिरियलले सासु र ससुरालाई हास्यको पात्र बनाएर निकै दर्शकलाई हँसाउन खोजिेको थियो । त्यस्तै अरु कतिपय चलचित्र तथा टेलिफिल्महरुले पनि गर्दै आएका छन् । अब समाजमा परिवर्तन आउनु पर्छ । यस्ता पुराना त्रुटिपूर्ण धेरै उखानटुक्का, लोककथा जुन नारीका मनोविज्ञानलाई गिराउने गरी बनाइएको छ त्यसलाई हटाउनुपर्छ अनि मात्र नया नेपाल हुन्छ । आफूमा बौदिकता छ भन्दैमा अव कसैले पनि नारी, जनजाति, दलित, असहाय बालबालिकाहरुको मनोविज्ञान खसाल्ने किसिमको कुनै पनि लेख लेख्नु हुदैन । सबैको आत्मस्वाभिमानको सम्मान गर्न सिक्नुपर्छ यो नै नया नेपालको अवधाराणा हो । जब सम्म हामीले यस्ता रुढिग्रस्त सामन्तवादी समाजले रोपेका यस्ता आत्मस्वभिमान र आत्मविश्वास मार्ने विषालु वृक्ष ढाल्दैनौ तबसम्म हामी नयाँ नेपाल बनाउन सक्दैनौँ नयाँ नेपाल कुनै कागजमा लेखिने शब्द मात्र होइन समाजमा रहेको यस्ता विसंगति र विकृति हटाएर बनिने स्वच्छ र सुन्दर नेपाल हो । जहाँ सबैले सम्मानपूर्वक बाँच्न पाउनु पर्छ । यो सबैले जानीलिनु पर्ने कुरा हुन्छ ।

यसरी हामी पुरुष सर्वेसर्वा हौ भन्ने भावाना नराखी अन्य निर्धा, असहायप्रति पूर्वाग्राही नबनी लेख्नुहोस् । आज देशमा ब्रामाणवादको जन्म भएको यस्तै व्यवहारले गर्दा भएको हो । आज देशमा ठूलठूला समस्याहरु छन् । आफूभन्दा कमजोरलाई आफ्नो विवेक बुदिले होच्याएर उसको आत्मविश्वास गिराउनको सट्टा उनीहरुलाई विशेष सरसल्लाह दिई मार्गदर्शक बन्नुहोस् । तपाईँ जे रोप्नुहुन्छ त्यही फल फल्दा त्यो फल मीठो होस् सबैलाई ग्राह्य र स्वादिष्ट बनोस् ।
यही मेरो यो लेखनको अभीष्ट हो ।

May 28, 2010

'सलिजो' लाई सजिलो गरी बुझ्न खोज्दा

आफ्नो रहनसहन , पहिरन, र सस्कृतिभन्दा बेग्लै किसिमको रहनसहन, पहिरन र सस्कृतिलाई मानिस भिन्नै दृष्टिकोणले हेर्ने गर्दछ । त्यसलाई मानिसको सोचाइले सहजै स्वीकार गर्दैन । तदअनुरुप त्यस परम्परालाई मानिस विभिन्न दृष्टिकोण राख्छ र शंका र उपशंकाका झटारो हान्न थाल्दछ । कुनै नौलो परम्परालाई विश्वास गर्नु भनेको पुरानो परम्परालाई तोड्नु हो । कुनै पनि पुरानो विश्वास वा मान्यतालाई भत्काएर नयाँ विश्वास वा मान्यतालाई प्रतिस्थापन गर्दा मानिसहरुलाई एक प्रकारको स्ट्रेश वा तनाव पर्छ भन्ने कुरा दार्शनिकहरू भन्दछन् । यसरी तनाव सिर्जना गरेर नयाँ परम्परालाई साहित्यमार्फत समाजमा पदार्पण गर्ने उपन्यासकार हुन् - मोहनराज शर्मा । 'सलिजो' मार्फत एउटा नयाँ मान्यतालाई साहित्यमा भावनात्मकरूपले र कलात्मकरूपले उनले साहित्यमा प्रवेश गराएका छन् । यो एउटा साहसिक कदम भएको कुरा डा. गोविन्दराज भट्टर्राई पुस्तकको भूमिकामा बताउँछन् । उनी बताउँछन् समलिङ्गीको बारेमा लेख्एिको उपन्यास 'सलिजो' मार्फत नेपाली समालोचनाक्षेत्रमा क्वीअर सिद्धान्त (सन्दिग्ध सिद्धान्त)ले अवतरण गरेको छ । समलिङ्गीयतासम्बन्धी अध्ययन र अनुसन्धान अहिले अवश्यक भएको छ । समलिङ्गीहरूको बारेमा धेरै अध्ययन गरी लेखिएको डा.गोविन्दराज भट्टर्राईको भूमिकाले समलिङ्गीयताको बारेमा अन्तर्राष्टिय व्याख्या, विश्लेषण, घटनाहरूलाई र्छलङ्ग बनाउँछ जसले पाठकलाई उपन्यास पढ्दा वास्तविकताकेा किनारामा धकेल्न मद्दत गर्छ र विश्वासको जरो पक्रन मदत गर्दछ ।

हाम्रो देशमा समलिङ्गीहरुको बारेमा पढ्ने र सुन्ने मौका हामीले भर्खरै पाउँदैछौँ । के हो समलिङ्गी भनेको - यसबारे र्सवप्रथम हामी प्रष्ट हुन जरुरी छ । किनभने हिजोसम्म हामीले नसुनेको शब्द, नदेखेको सस्कृति, नभोगेको परम्परा आज हामी देख्न र भोग्न थालेका छौँ । अहिलेको परिवर्तनशील समाजमा हामीले जे पनि भोग्न सक्ने र जे कुरालाई पनि आत्मसात गर्ने शक्ति पैदा गर्नुपर्ने हुन्छ । विश्वमा बढ्दै गएको प्रविधिले हाम्रो दैनिक कार्य र रहनसहन र परम्परालाई पनि असर पार्दै लगेको छ । हामी भित्र प्रत्येक क्षण परिवर्तनशील मस्तिष्कको विकास गर्दै लगेको छ । समलिङ्गी र तेस्रो लिङ्गीको अस्तित्व हाम्रो समाजमा परापूर्वकालमा रहेको कुरा विभिन्न धर्मग्रन्थहरूमा हामी पढ्न पाउँछौ । तर यसको विषयमा खुलारूपमा कुरा गर्ने परिपाटी र छलफल गर्ने र यस सम्बन्धी हक अधिकारका कुराहरू भर्खर मात्र हुन थालेका हुन् । साँच्चै यस विषयमा खोतलेर हेर्ने हो भने र समलिङ्गीको बारेमा संवेदनशील हुने हो भने योर् ईश्वरले दिएको अप्राकतिक प्रक्रिया हो यसमा कसैले रहरले वा कर वा इच्छाले गर्दा हुने कुरा होइन ।

'सलिजो' अर्थात स भनेको सम लि भनेको लिङ्गी र जो भनेको जोडी हो । 'सलिजो' ले समलिङ्गीहरूको बाँच्ने हक अधिकारको कुरा उठाएको छ । समलिङ्गीहरुलाई हामीले नजिकबाट बुझ्ने र उनीहरुको भावनाप्रति संवेदनशील हुनुपर्ने कुरा उपन्यासकार मोहनराज शर्माले उठाएका छन् । 'सलिजो' मा स्त्री समलिङ्गीको पीडा, भोगाइ र यथार्थलाई उत्खनन गरेर देखाइएको छ । पाठक यो उपन्यास पढुञ्जेल अलमल्ल परिरहन्छ अनि आफैलाई प्रश्नप्रश्नैको खातले थिचेको महसुस गर्दछ । पाठक आफैले आफैलाई प्रश्न गर्छ 'यस्तो पनि हुन्छ - उस्तो पनि हुन्छ र -' किनभने विषयवस्तु र घटनाक्रमहरू नितान्त नौलो र अस्वभाविक लाग्दछन् । यो एउटा साहसिक कार्यको क्रमभङ्गताको लागि पाठकलाई असहज र अवास्तविकताको धरातलमा पुर्याएर परम्परालाई चुनौति दिनु चानचुने कुरा होइन । यो विषयमा यो लेखन आफैमा एउटा चुनौतिपूर्ण हो । तर जहाँबाट उठेर मानवीयता बोल्छ त्यहा सबैले समर्थन र विश्वास गर्नैपर्छ ।

उपन्यासकार मोहनराज शर्मा आफू समलिङ्गी र तेस्रोलिङ्गीसँग नजिक भएको र उनीहरूको भावनालाई आफूले नजिकबाट बुझेको कुरा भूमिकामा बताउँछन् । शायद यसैबाट उनलाई 'सलिजो' लेख्न सजिलो भएको पनि हुन सक्छ । उनले आफूले बनारसमा छँदा समलिङ्गीहरुलाई समाजले गरेको घृणा र तिरस्कार आफैले देखेको कुरा लेख्छन् । स्त्री समलिङ्गीलाई समाजले विभिन्न लाञ्छाना र पीडा दिएर त्यतिले नपुगेर गुण्डा लगाई बलात्कार गराएर अन्त्यमा ती जोडीले आत्महत्या गरको कुरा बताउँछन् । यो पढ्दा लाग्छ समाज किन यति कु्रर भएको होला समलिङ्गीका लागि । समलिङ्गीका सम्बन्धी यस्तै रोचक कथा, दर्दनाक घटना र हृदयस्पर्शी पीडाले उपन्यास पढुञ्जेल पाठकलाई तानिरहन्छ ।

जब दुई स्त्री एकआपसमा भावानात्मक रुपले एक हुन जान्छन् र उनीहरु पुरुषको अस्तित्व स्वीकार गर्दैनन् तब उनीहरु स्त्री समलिङ्गी अर्थात् लेज्बियन हुन पुग्छन् । त्यस्तै जब दुई पुरुष स्त्रीको अस्तित्व स्वीकार नगरी भावनात्मक रूपले एक हुन्छन् तब उनीहरू पुरुष समलिङ्गी अथवा गे हुन पुग्छन् । स्त्रीहरू पुरुषबाट विकर्षण भई समलिङ्गीयतामा जानुको पछाडि धेरै कारण हुन सक्छन् । पहिलो त उनीहरुको शरीरमा पैदा हुने हर्मोनले स्त्रीत्वलाई छाडेर पुरुषत्वको विकास हुनु हो दोस्रो कारणमा स्त्रीको परिस्थिति, परिवेश, अवस्था र रहनसहनले असर पार्नु हो । यदि स्त्रीले सानैदेखि पुरुषदारा प्रताडित भइरही वा बलात्कार भई वा सानैदेखि पुरुषप्रति धृणा वा वितृष्णा हुने कुनै कार्य बारम्बार भइरहेर उसमा कट्टर नारीवादी भावना धारणा पैदा भएमा स्त्री समलिङ्गी हुने सम्भावना रहन्छ । यदि यस्तो भएको अवस्थामा स्त्रीले आफ्नो साथी स्त्री नै रोज्छे र भावानात्मक रूपले एक भई आत्मीक प्रेम गर्न थाल्दछे । यस्तो अवस्थामा ऊ यौन सुखलाई तुच्छ ठान्छे र आत्मीय प्रेमलाई र शारीरिक र्स्पर्शलाई नै यौनको सुख मान्न पुग्छे । उपन्यास 'सलिजो'मा यस्तै कुरालाई घटनाक्रम मिलाएर बर्णन गरिएको छ । दुई स्त्री ज्वाला र रूप स्त्री भएर पनि समाजमा बिवाह बन्धन बाँधिएर बस्छन् । विषमलिङ्गीको विवाहलाई मात्र मान्यता दिइएको हाम्रो समाजमा उनीहरुप्रति समाज घृणा र तिरस्कार उब्जाइरहन्छ । विषमलिङ्गीमा हुने आकर्षणबाट जैविक प्रक्रिया पुरा भई सन्तानोत्पतिको परम्परालाई मात्र मान्यता दिइएको हाम्रो समाजलाई यो उपन्यासले एउटा चुनौति दिएको देखिन्छ । त्यसैले पाठकहरूलाई उपन्यास पढुञ्जेल वैचारिक विचलनले छोपिरहन्छ । उपन्यास पढुञ्जेल पाठक विचलित भइरहन्छ । यौनको आर्कषणलाई मात्र यथार्थता मानेको हाम्रो समाजले ज्वाला र रूपा दूई स्त्रीको आत्मीय प्रेमको आर्कषणले पाठकलाई एक पल्ट अयथार्थको धरातलमा लगेर पछारिदिन्छ । तर उनीहरुले विवाह गरी बाँच्नका लागि गर्नु परेको सङ्धर्षे मानवीय भावनालाई जुरमुराइदिन्छ । हृदयमा कतैबाट मानवीय भावना उम्लेर आउँछ र 'कठै' भन्ने उच्छ्रवास मुखबाट निस्कन्छ । यो विश्वमा सबै प्राणीलाई बाँच्ने उत्तिकै हक, अधिकार छ उसले स्वतन्त्ररूपले बाँच्न पाउनुपर्दछ । फेरि समलिङ्गीका लागि समाज किन यति धेरै निर्दयी बनेको होला - साँगुरिएको यो मस्तिष्कलाई मानिसहरू फराकिलो संसारमा किन पुयाउदैनन् - पीडा र वेदना सबैको एउटै हो भनेर किन संवेदित बन्दैनन् -

प्रो. शर्मा मार्फत समलिङ्गीसम्बन्धी नयाँ धारणा र बिचारहरू उपन्यासमा व्यक्त गरिएको छ । उनी समलिङ्गीहरुको र्समर्थन गर्दछ र सहनुभुति राख्छन् जसले गर्दा ज्वाला र रूपालाई बाँच्नका लागि प्रेरणा मिल्दछ । डा. चकोरदारा पनि समलिङ्गीको बारेमा प्रश्स्त आवाजहरू उठाइएको छ । उपन्यासको अन्त्यमा समलिङ्गीहरु बीच भावनात्मक सम्बन्धले समाजलाई नयाँ सन्देश दिइएको छ । अब यो एउटा अनौठो परम्परा होइन यो परम्परा यही समाजबाट उठेर यही समाजमा अस्तित्व कायम राख्ने नयाँ परम्परा हो जर्सलई हामी सबैले आत्मसात गर्नैपर्छ ।
'सलिजो'लाई अझ, सजिलो गरी बुझ्नका लागि ब्यु डायमण्ड सोसाइटीका अध्यक्ष तथा बिधायक सुनीलबाबु पन्तको भूमिकामा रहका यी शब्दहरुले र्सार्थक पार्न सक्छ - 'सलिजो'ले यस विधामा पुरानो चलनको क्रमभङ्ग गर्दै नयाँ चलनको सुरुआत गरेको छ । लेखक मोहनराजशर्माले समलिङ्गी र तेस्रो लिङ्गीको वास्तविकता र हामीहरूले भोग्नुपरको समस्याको सही पहिचान गरी समाजमा रहेको भ्रम र अन्धविश्वासलाई चिर्ने प्रयत्न गर्नु भएको छ । उपन्यासका पात्र र घटनाक्रम काल्पनिक भए पनि धेरै समलिङ्गी र तेस्रोलिङ्गी व्यक्तिलाई आफ्नै जीवनका वास्तविकता लाग्नेछन् र अन्य पाठकलाई यस उपन्यासले यौनिक तथा लैङ्गकि अल्पसङ्ख्यको जीवन, भोगाइ र समस्याहरुका बारेमा एकपटक अर्को ढङ्गले सोच्न बाध्य अवश्य बनाउनेछ । उपन्यास आफैमा रोचक छ , यसमा दुई मत छैन, तर यो ऐतिहासिक कृति पनि हो नेपाली साहित्यमा । खुसी यस कारण पनि लागेको छ कि साहित्यबिधाको यस सहयोगले हाम्रो अधिकारको सङ्घर्ष अझ प्रभावकारी बनाउन मद्दत पुग्ने छ ।

April 3, 2010

'सम्झनाको तरेलीमा' डुब्दा

जीवनको क्यानभासमा अनेकौँ रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिँगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा हुर्केका हुन्छन् । यदि मानिसमा भावाना नहुँदो हो त ऊ के हुन्थ्यो होला - मलाई प्रश्न गर्न मन लाग्छ । साँच्चै मानिसभित्र भावना नहुँदो हो त ऊ रङ्ग विनाको क्यानभासजस्तै हुँदो हो । एउटा रङ्गहीन जीवन कस्तो हुँदो होला - कसैले कल्पना गर्न सक्दैन त्यसैले म भन्छु - मानिसभित्र भावना भएर नै ऊ मानिस भएको हो अनि मानिसको इतिहास तयार भएको हो र शास्त्र लेखिएको हो । हो मानिसभित्र धेरै कुरा हुन्छन् । जब भाषा परिभाषित थिएन, शब्द परिष्कृत थिएनन तब देखिनै मानिस भावनासँग खेल्ने गर्दथ्यो । सिँगो समाज जिवन्त भएर बाँचेको थियो । मानिस भित्रका दुख , पीडा, हर्ष वेदनाहरू लोकगीतको भाकामा त्यससमयदेखि नै गाइदै आएको हो । झमझम पानी परेको बेलाको असारे गीत होस वा सुख हर्षा गाइने देउडा, गौरा, फाँग, मागल होस् वा चेलीवेटीको दुखसुख पोख्ने सँगेनी होस् वा चार्डपर्वमा गाइने मालसिरी होस् वा उघौली उघौलीमा गाइने चण्डी नाच होस् यस्ता धेरै लोकगीतहरू मानिसका जीवनका सुस्केराहरू, पीडाहरू, बेदनाहरू, खुसीहरू, लोक भाकामा जीवन्त भएर बाँचेका छन् । ती हृदयभित्रका उद्गारहरू आज लोकगीतको बाटो हुँदै आधुनिक गीतभित्र प्रवेश गरिसकेका छन् ।

लोकलयमा गुञ्जने नेपाली भावनाहरू आज आधुनिक गीतमा गुञ्जने गरेका छन् । नेपाली साहित्यमा गीतकारका रूपमा चिनिएका कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल, माधव घिमिरे, दुर्गालाल श्रेष्ठ क्षेत्रप्रताप अधिकारी , धर्मराज थापा, आदि निकै नामले विशेष स्थान पाएका छन् । यिनै वरिष्ठ गीतकारहरूले डोर्याएको बाटोमा डोरिदै आज युवा गीतकार विमल गिरी देखा पारेका छन् । विदेशी भूमिमा देशको माटोलाई सम्झदै हृदयका भावहरूलाई शब्दमा परिणत गर्न खप्पिस गीतकार गिरीका 'सम्झनाका तरेली' नेपाली गीति क्षेत्रको लागि अमूल्य उपहार भएको छ । केही समयअघि देखि विभिन्न पत्रपत्रिकामा र बेव पत्रिकामा देखा परेका विमल गिरीका गीतहरूका आफ्नै विशेषता छन् । विमल गिरी अन्यलेखनमा भन्दा विशेषगरी गीतिलेखनमा सक्रिय छन् । मनको भावलाई शब्दमा उनेर लय र अनुप्रास मिलाउँदै छोटा तथा मीठा वाक्यमा परिणत गर्न सक्नु, उनको गीति लेखनको विशेषता हो । उनका गीतहरू प्राय जिवनोन्मुखी छन् । जीवनलाई उनी सकरात्मकरूपले हेर्छन अनि सम्झौता गर्न सिकाउँछन् ।उनका गीतले जीवनका दर्शनलाइ माझेर शब्द र शील्पमा टल्काइएको पाइन्छन् । सरल वाक्यमा जीवनका दुख सुखका भावलाइ शव्दमा उन्न सक्नु उनको गीति लेखनको विशेषता मान्नु पर्छ ।साथै उनका गीतहरूमा कतै विद्रोह तथा क्रान्तिका झिल्काहरू पाइदैनन् । त्यसैले पनि होला भूमिकामा वरिष्ठ साहित्यकार जगदीश घिमिरेज्यू भन्नुहुन्छ - श्री विमल गिरीका यी गीतहरूले उनको देशप्रेमको भावनालाई अभिव्यक्ति गरेका छन् । प्रस्तुत गीतहरूमा भवनाका विविध आरोह अवरोह तथा सरल र सरस अभिव्यक्ति भेटिन्छन् भने कतिपय गीतहरू कर्ण शाक्यको सोच जस्तो पुस्तकबाट प्रभावित देखिन्छन् ।

यसरी विभिन्न कोण प्रतिकोणबाट उनको गीतहरूको व्याख्या गर्न सकिन्छ । उनका गीतहरूका अर्को पक्ष वियोगात्मक भाव पनि हो उनका धेरै जसो गीतमा हृदयका वियोगहरू उम्लिएर आएको देखिन्छ भने केही गीतहरूमा हर्ष खुसी, प्रेम र राष्ट्रियताको भाव झल्किएका हुन्छन् । अर्को भूमिका लेखक वरिष्ठ साहित्यकार कृष्ण धरावासी भन्नुहुन्छ - अधिकांश गीतहरूका प्रेम र भावुक अनुभूतिले भरिएका छन् । धेरै जसोमा विछोडको पीडा समेटिएको छ । यहाँ देश छाडे पछि मनमा उत्पन्न हुने आत्मीयताको गन्ध पनि छ । प्रेमिकासँगको तीता मीठा क्षणका अनूभूतिहरू पनि छन् । मिलन र विछोडका आरोप र प्रत्यारोपहरू पनि छन् एक अर्को प्रतिका तीव्र वेगमा आकर्षाहरू पनि छन् । धेरैजसो गीतहरूमा भावुकताले प्रधानता पाएको छ । प्रेमले दरो गरी समातेको मनलाई सम्झाउन , दर्शनिकताको उदार र निस्सार संसारतिर पनि प्रविष्ट छन् कतिपय गीतहरू धन, सम्पक्ति , माया, प्रेम, आदि कुराहरूमा रुखो अनुभूति पनि भेटिन्छ कतिमा । जेहोस, यो गीतहरूको पुस्तकले कवितात्मका शैलीमा पढ्दा पनि आनन्द दिन सक्छन् ।
अझ गाउन र सँगीतवद्ध गर्न सके केही गीतहरू निकै राम्रो र लोकप्रिय हुन सक्ने देखिन्छ । उनका वियोगात्मक भावलाई प्रतिनिधि गर्ने एउटा गीतको यो पहिलो अन्तराललाई हेरौँ -
कहिले हिमाल कहिले तर्राई बगिरहन्छ आँसु
ओइलिएर झरिजाने फलहरूलाई कति साँचु
सम्झीसम्झी माया किन परेलीको डिलमा सधैँ
सजाएर राख्न खोज्छु र्झन खोज्छ व्यर्थै रुँदै
यस्ता वियोगात्मक भावहरू कतिपय ठाउँमा प्रेमिकाको लागि पोखिएका छन भने कतिपय ठाउँ आफनै जीवन दर्शनका लागि । हुन पनि उनीभित्र ठूलो पीडा हुनुपर्छ । देश छोड्नुको पीडा , आफन्त साथीभाइ , इष्टमित्रको सँगको विछोडको पीडा पनि उनका गीतमा पाइन्छन् । पूर्व झापाको बासिन्दा विदेशी भूमि बेल्जियममा उनी आफनो जीवनको दर्शनलाई समयको भारी बोकाएर कुदाइ रहेका छन् । जीवनले भोग्नुपर्ने कठिन यात्रामा उनी हताश वा निराश हुदैनन् बरु जीवनलाई सम्झौता गर्न सिकाउँछन् । उनी प्रेमले जीवनलाई यसरी सुखमय बनाउन खोन्छन् र प्रेमिकालाई भन्न पुग्छन--
खुला आकाश तिमी मेरी जेजे माग्छौ दिन्छु बरु
घुम्टो खोली देखाइ देउन सुकोमल ति बिम्बहरू
गीतकार गिरीका प्रत्येक गीतमा रत्यात्मक र लयात्मकता पाइन्छन् उनी प्राय गीतमा एक स्थाई र दुइ अन्तरा पाइन्छन् । उनी राष्ट्रियताले पिरोलिएको हामी यी शब्दहरूबाट थाहा पाउन सक्छौ -
देशलाई र्स्वर्ग बनाई हिमाल झै पारौं शिर
विकासको नदी बगाउ मेचीकाली चारै तिर
जीवनका भावहरू पोखिएका गीतहरूले पाठकलाई तानिरहन्छ । उनका केही गीतहरूले स्वर र संगीत पाइसकेका छन् । उनका कुनै गीतले प्रणयमिश्रित भावहरू पनि देखिएका छन् । जस्तै ः-
चुप्पचुप्पम्वाइ खान्थ्यौ एक अर्काले पालो गरि
सल्बलाउँथे हातहरू स्वचालित ती मेशिन सरी
नेपाल बाहिर बसेर नेपाली भाषा साहित्यलाई माया गर्दै नेपाली भाषामा यसरी पुस्तक आउनु ठूलो कुरा हो । जहाँ हरपल विदेशी भाषा र साहित्यको सहारामा बाँच्नु पर्छ । भावनाहरूलाई जीवनको व्यस्तताले चुटेर फेरि नर्फकने गरी डाँडा कटाइएका हुन्छन् । त्यस्ता ठाउँमा बसेर नेपाली भाषा साहित्यमा रमाउँदै सिर्जन गर्न सक्नु कुनै पनि र्सजकको महानतम कार्य हो । देशको राजनैतिक अवस्थाले अधिकांश नेपाली विदेशीन पर्ने वाध्यताले अतिक्रमण गरिरहेको छ । यस अवस्थामा अर्को नेपाल विदेशमा तयार हुदैछ भनेर डायस्पेरिक लेखनका व्याख्याता वरिष्ठ समालोचक डा. गोविन्द राज भट्टर्राई बताउनुहुन्छ । अहिले नेपाली साहित्यमा डास्पोरिक लेखनलाई एउटा बेग्लै स्थान दिइनुपर्ने समय आएको छ । यस अवस्थामा गीतकार विमल गिरीको गीति सङ्ग्रहलाई एउटा उपलब्धीमूलक कार्य मान्नुपर्छ ।

'सलिजो' लाई सजिलो गरी बुझ्न खोज्दा

आफ्नो रहनसहन , पहिरन, र सस्कृतिभन्दा बेग्लै किसिमको रहनसहन, पहिरन र सस्कृतिलाई मानिस भिन्नै दृष्टिकोणले हेर्ने गर्दछ । त्यसलाई मानिसको सोचाइले सहजै स्वीकार गर्दैन । तदअनुरुप त्यस परम्परालाई मानिस विभिन्न दृष्टिकोण राख्छ र शंका र उपशंकाका झटारो हान्न थाल्दछ । कुनै नौलो परम्परालाई विश्वास गर्नु भनेको पुरानो परम्परालाई तोड्नु हो । कुनै पनि पुरानो विश्वास वा मान्यतालाई भत्काएर नयाँ विश्वास वा मान्यतालाई प्रतिस्थापन गर्दा मानिसहरुलाई एक प्रकारको स्ट्रेश वा तनाव पर्छ भन्ने कुरा दार्शनिकहरु भन्दछन् । यसरी तनाव सिर्जना गरेर नयाँ परम्परालाई साहित्यमार्फत समाजमा पदार्पण गर्ने उपन्यासकार हुन् - मोहनराज शर्मा । 'सलिजो' मार्फत एउटा नयाँ मान्यतालाई साहित्यमा भावनात्मकरुपले र कलात्मकरुपले उनले साहित्यमा प्रवेश गराएका छन् । यो एउटा साहसिक कदम भएको कुरा डा. गोविन्दराज भट्टर्राई पुस्तकको भूमिकामा बताउँछन् । उनी बताउँछन् --समलिङ्गीको बारेमा लेख्एिको उपन्यास 'सलिजो' मार्फत नेपाली समालोचनाक्षेत्रमा क्वीअर सिद्धान्त (सन्दिग्ध सिद्धान्त)ले अवतरण गरेको छ । समलिङ्गीयतासम्बन्धी अध्ययन र अनुसन्धान अहिले अवश्यक भएको छ । समलिङ्गीहरुको बारेमा धेरै अध्ययन गरी लेखिएको डा.गोविन्दराज भट्टर्राईको भूमिकाले समलिङ्गीयताको बारेमा अन्तराष्टिय व्याख्या, विश्लेषण, घटनाहरुलाई र्छलङ्ग बनाउँछ जसले पाठकलाई उपन्यास पढ्दा वास्तविकताकेा किनारामा धकेल्न मद्दत गर्छ र विश्वासको जरो पक्रन मदत गर्दछ । 

हाम्रो देशमा समलिङ्गीहरुको बारेमा पढ्ने र सुन्ने मौका हामीले भर्खरै पाउँदैछौँ । के हो समलिङ्गी भनेको - यसबारे र्सवप्रथम हामी प्रष्ट हुन जरुरी छ । किनभने हिजोसम्म हामीले नसुनेको शब्द, नदेखेको सस्कृति, नभोगेको परम्परा आज हामी देख्न र भोग्न थालेका छौँ । अहिलेको परिवर्तनशील समाजमा हामीले जे पनि भोग्न सक्ने र जे कुरालाई पनि आत्मसात गर्ने शक्ति पैदा गर्नुपर्ने हुन्छ । विश्वमा बढ्दै गएको प्रविधिले हाम्रो दैनिक कार्य र रहनसहन र परम्परालाई पनि असर पार्दै लगेको छ । हामी भित्र प्रत्येक क्षण परिवर्तनशील मस्तिष्कको विकास गर्दै लगेको छ ।
समलिङ्गी र तेस्रो लिङ्गीको अस्तित्व हाम्रो समाजमा परापूर्वकालमा रहेको कुरा विभिन्न धर्मग्रन्थहरुमा हामी पढ्न पाउँछौ । तर यसको विषयमा खुलारुपमा कुरा गर्ने परिपाटी र छलफल गर्ने र यस सम्बन्धी हक अधिकारका कुराहरु भर्खर मात्र हुन थालेका हुन् । साँच्चै यस विषयमा खोतलेर हेर्ने हो भने र समलिङ्गीको बारेमा संवेदनशील हुने हो भने यो ईश्वरले दिएको अप्राकतिक प्रक्रिया हो यसमा कसैले रहरले वा कर वा इच्छाले गर्दा हुने कुरा होइन ।

'सलिजो' अर्थात स भनेको सम लि भनेको लिङ्गी र जो भनेको जोडी हो । 'सलिजो ले समलिङ्गीहरुको बाँच्ने हक अधिकारको कुरा उठाएको छ । समलिङ्गीहरुलाई हामीले नजिकबाट बुझ्ने र उनीहरुको भावनाप्रति संवेदनशील हुनुपर्ने कुरा उपन्यासकार मोहनराज शर्माले उठाएका छन् । 'सलिजो' मा स्त्री समलिङ्गीको पीडा, भोगाइ र यथार्थलाई उत्खनन गरेर देखाइएको छ । पाठक यो उपन्यास पढुञ्जेल अलमल्ल परिरहन्छ अनि आफैलाई प्रश्नप्रश्नैको खातले थिचेको महसुस गर्दछ । पाठक आफैले आफैलाई प्रश्न गर्छ 'यस्तो पनि हुन्छ - उस्तो पनि हुन्छ र -' किनभने विषयवस्तु र घटनाक्रमहरु नितान्त नौलो र अस्वभाविक लाग्दछन् । यो एउटा साहसिक कार्यको क्रमभङ्गताको लागि पाठकलाई असहज र अवास्तविकताको धरातलमा पुर्याएर परम्परालाई चुनौति दिनु चानचुने कुरा होइन । यो विषयमा यो लेखन आफैमा एउटा चुनौतिपूर्ण हो । तर जहाँबाट उठेर मानवीयता बोल्छ त्यहा सबैले र्समर्थन र विश्वास गर्नैपर्छ ।

उपन्यासकार मोहनराज शर्मा आफू समलिङ्गी र तेस्रोलिङ्गीसँग नजिक भएको र उनीहरुको भावनालाई आफूले नजिकबाट बुझेको कुरा भूमिकामा बताउँछन् । शायद यसैबाट उनलाई 'सलिजो लेख्न सजिलो भएको पनि हुन सक्छ । उनले आफूले बनारसमा छँदा समलिङ्गीहरुलाई समाजले गरेको घृणा र तिरस्कार आफैले देखेको कुरा लेख्छन् । स्त्री समलिङ्गीलाई समाजले विभिन्न लाञ्छाना र पीडा दिएर त्यतिले नपुगेर गुण्डा लगाई बलात्कार गराएर अन्त्यमा ती जोडीले आत्महत्या गरको कुरा बताउँछन् । यो पढ्दा लाग्छ समाज किन यति क्रुर भएको होला समलिङ्गीका लागि । समलिङ्गीका सम्बन्धी यस्तै रोचक कथा, दर्दनाक घटना र हृदयस्पर्शी पीडाले उपन्यास पढुञ्जेल पाठकलाई तानिरहन्छ ।

जब दुर्इ स्त्री एकआपसमा भावानात्मक रुपले एक हुन जान्छन् र उनीहरु पुरुषको अस्तित्व स्वीकार गर्दैनन् तब उनीहरु स्त्री समलिङ्गी अर्थात् लेज्बियन हुन पुग्छन् । त्यस्तै जब दुइ पुरुष स्त्रीको अस्तित्व स्वीकार नगरी भावनात्मक रुपले एक हुन्छन् उनीहरु पुरुष समलिङ्गी अथवा गे हुन पुग्छन् । स्त्रीहरु पुरुषबाट बिकर्षण भइ समलिङ्गीयतामा जानुको पछाडि धेरै कारण हुन सक्छन् । पहिलो त उनीहरुको शरीरमा पैदा हुने हर्मोनले स्त्रीत्वलाई छाडेर पुरुषत्वको विकास हुनु हो दोस्रो कारणमा स्त्रीको परिस्थिति, परिवेश, अवस्था र रहनसहनले असर पार्नु हो । यदि स्त्रीले सानैदेखि पुरुषदारा प्रताडित भइरही वा बलात्कार भई वा सानैदेखि पुरुषप्रति धृणा वा वितृष्णा हुने कुनै कार्य बारम्बार भइरहेर उसमा कट्टर नारीवादी भावना धारणा पैदा भएमा स्त्री समलिङ्गी हुने सम्भावना रहन्छ । यदि यस्तो भएको अवस्थामा स्त्रीले आफ्नो साथी स्त्री नै रोज्छे र भावानात्मक रुपले एक भई आत्मीक प्रेम गर्न थाल्दछे । यस्तो अवस्थामा ऊ यौन सुखलाई तुच्छ ठान्छे र आत्मीय प्रेमलाई र शारीरिक र्स्पर्शलाई नै यौनको सुख मान्न पुग्छे । उपन्यास 'सलिजो'मा यस्तै कुरालाई घटनाक्रम मिलाएर बर्णन गरिएको छ । दुइ स्त्री ज्वाला र रुपा स्त्री भएर पनि समाजमा बिवाह बन्धन बाधिएर बस्छन् । विषमलिङ्गीको विवाहलाई मात्र मान्यता दिइएको हाम्रो समाजमा उनीहरुप्रति समाज घृणा र तिरस्कार उब्जाइरहन्छ । विषमलिङ्गीमा हुने आकर्षणबाट जैविक प्रक्रिया पुरा भई सन्तानोत्पतिको परम्परालाई मात्र मान्यता दिइएको हाम्रो समाजलाई यो उपन्यासले एउटा चुनौति दिएको देखिन्छ । त्यसैले पाठकहरुलाई उपन्यास पढुञ्जेल वैचारिक विचलनले छोपिरहन्छ । उपन्यास पढुञ्जेल पाठक विचलित भइरहन्छ । यौनको आर्कषणलाई मात्र यथार्थता मानेको हाम्रो समाजले ज्वाला र रुपा दुइ स्त्रीको आत्मीय प्रेमको आर्कषणले पाठकलाई एक पल्ट अयथार्थको धरातलमा लगेर पछारिदिन्छ । तर उनीहरुले विवाह गरी बाँच्नका लागि गर्नु परेको सङ्धर्षल़े मानवीय भावनालाई जुरमुराइदिन्छ । हृदयमा कतैबाट मानवीय भावना उम्लेर आउँछ र 'कठै' भन्ने उच्छ्रवास मुखबाट निस्कन्छ । यो विश्वमा सबै प्राणीलाई बाँच्ने उत्तिकै हक, अधिकार छ उसले स्वतन्त्ररुपले बाँच्न पाउनुपर्दछ । फेरि समलिङ्गीका लागि समाज किन यति धेरै निर्दयी बनेको होला - साँगुरिएको यो मस्तिष्कलाई मानिसहरु फराकिलो संसारमा किन पुयाउदैनन् - पीडा र वेदना सबैको एउटै हो भनेर किन संवेदित बन्दैनन् -

प्रो. शर्मा मार्फत समलिङ्गीसम्बन्धि नयाँ धारणा र बिचारहरु उपन्यासमा व्यक्त गरिएको छ । उनी समलिङ्गीहरुको र्समर्थन गर्दछ र सहनुभुति राख्छन् जसले गर्दा ज्वाला र रुपालाई बाँच्नका लागि प्रेरणा मिल्दछ । डा. चकोरदारा पनि समलिङ्गीको बारेमा प्रश्स्त आवाजहरु उठाइएको छ । उपन्यासको अन्त्यमा समलिङ्गीहरु बीच भावनात्मक सम्बन्धले समाजलाई नयाँ सन्देश दिइएको छ । अब यो एउटा अनौठो परम्परा होइन यो परम्परा यही समाजबाट उठेर यही समाजमा अस्तित्व कायम राख्ने नयाँ परम्परा हो जर्सलई हामी सबैले आत्मसात गर्नैपर्छ । 

'सलिजो'लाई अझ, सजिलो गरी बुझ्नका लागि ब्यु डायमण्ड सोसाइटीका अध्यक्ष तथा बिधायक सुनीलबाबु पन्तको भूमिकामा रहका यी शब्दहरुले र्सार्थक पार्न सक्छ - 'सलिजो'ले यस विधामा पुरानो चलनको क्रमभङ्ग गर्दै नयाँ चलनको सुरुआत गरेको छ । लेखक मोहनराजशर्माले समलिङ्गी र तेस्रो लिङ्गीको वास्तविकता र हामीहरुले भोग्नुपरको समस्याको सही पहिचान गरी समाजमा रहेको भ्रम र अन्धविश्वासलाई चिर्ने प्रयत्न गर्नु भएको छ । उपन्यासका पात्र र घटनाक्रम काल्पनिक भए पनि धेरै समलिङ्गी र तेस्रोलिङ्गी व्यक्तिलाई आफ्नै जीवनका वास्तविकता लाग्नेछन् र अन्य पाठकलाई यस उपन्यासले यौनिक तथा लैङ्गकि अल्पसङ्ख्यको जीवन, भोगाइ र समस्याहरुका बारेमा एकपटक अर्को ढङ्गले सोच्न बाध्य अवश्य बनाउनेछ । उपन्यास आफैमा रोचक छ , यसमा दुइ मत छैन, तर यो ऐतिहासिक कृति पनि हो नेपाली साहित्यमा । खुसी यस कारण पनि लागेको छ कि साहित्यबिधाको यस सहयोगले हाम्रो अधिकारको सङ्घर्षलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने छ ।



March 13, 2010

साझा पुरस्कारदारा पुरस्कृत उपन्यास 'समानान्तर आकाश' बाट


वि स २०६२ सालको साझा पुरस्कार पद्मावती सिंहको उपन्यास 'समानान्तर आकाश'ले प्राप्त गरेको छ । यो समाचार सम्पूर्ण नारी साहित्यकारको लागि खुसी र गर्वको कुरो रह्यो । पुरस्कृत व्यक्तित्व पद्मावती सिह स्वयंलाई पनि यो अत्यन्त गौरवको क्षण हो । जीवनको उत्तर्रार्द्धमा उमेरको छेकाबन्दीलाई पार गर्दै सिर्जनशीलतामा लागेर उपन्यास लेख्नु मात्र होइन साझा पुरस्कार जस्तो सम्मानजनक पुरस्कार प्राप्त गर्नु एउटा आँटिलो र गर्विलो कार्य हो । जसलाई सम्पूर्ण नारी साहित्यसाधकले प्रेरणा र उदाहरणको रूपमा लिनु पर्दछ । नेपालको परिपे्रक्ष्यमा साहित्यिक क्षेत्रलाई उपेच्छा र अपहेलनाको भावले हेरिन्छ । यहाँ पुरुषलाई त साहित्यकारको रूपमा उभिएको परिवार र समाजले हेर्न चाहँदैनन् भने नारी साहित्यकारले यसरी साधनामा लागेर पुरस्कार हात पार्नु साहित्यिक क्षेत्रका लागि नै गौरवको विषय हो । यहाँ साहित्यिक क्षेत्रलाई उपेच्छा र अपहेलनाको भावले हेर्नुको पछाडि धेरै कारणहरू छन् । साहित्यकार भएर आफ्ना जीवनमा आइपर्ने विभिन्न अप्ठ्यारा क्षणहरूलाई भौतिकरूपले तह लाउँदै एउटा सुविधा सम्पन्न जीवन बाँच्न नसक्नु नै यसको प्रमुख कारण हुन् । त्यसपछि साहित्यकार स्वयंले झेल्नुपर्ने मानसिक विचलन, आर्थिक अभाव, समाज र राष्ट्रले गरेको असहयोग गुटबन्दी, नातावाद, कृपावाद, आदि हुन् । जसले गर्दा साहित्यकारहरू सम्मानित जीवन बाँच्न सकिरहेका हुँदैनन् । पुरुषको वाहुल्य रहेको हाम्रो समाजमा पुरुषसाहित्यकारको यो हविगत छ भने नारी साहित्यकारको स्थिति कस्तो होला - यो अत्यन्त सोचनीय कुरा छ । काठमाडौँको सुविधासम्पन्न र अनुकूल वातावरण भएको, हजारौ शिक्षित नारी भएको ठाउँमा त नाम चलेका नारी साहित्यकारहरूको नाम औँलामा भाच्दा पनि नपुग्ने अवस्था छ भने मोफसलको के हालत होला - जहाँ प्रत्येक पाइला नारीले सङ्र्घर्षका साथ अघि बढ्नुपर्छ । जहाँ बाँच्नको लागि कति सङ्र्घर्ष गर्नुपर्छ भन्ने कुरा उपन्यासकार पद्मावती को उपन्यास 'समानान्तर आकाश'मा पनि देखाइएको छ । जहाँ चेतनाको अभाव छ, भौतिक असुविधा छ , आर्थिक अभाव, प्रतिकुल वातावरण छ । यो अवास्थामा काठमाण्डौ बाहिरको नाम चलेका नारी साहित्यकारको नाम शीला खोज्दाझैँ खोजे पनि भेटिन गाह्रो हुन्छ । यस्तो अवास्थामा सम्पूर्ण नारीहरुले साहित्यमार्फत आफ्नो आस्तित्व कायम राख्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण आदरणीय पद्मावतीदिदीले दिनुभएको छ । लामो समयदेखि साहित्यसेवामा अनवरतरूप रही गुञ्जन साहित्यिक समूहको अध्यक्षको हैसियतले साहित्यिकसेवामा लाग्नु भएको पद्मावतीदिदीको सफलतालाई हामीले हृदयदेखि नै प्रशंसा गर्नुपर्छ ।
प्रत्येक वर्षसाझाबाट प्रकाशित पुस्तकमध्ये एउटा उत्कृष्ट पुस्तकलाई दिइने यो पुरस्कारको राशी एकाउन्न हजार रहेको छ । यो पुरस्कारको राशी गत वर्षेखि बढाइएको हो । हुन त साझाबाट प्रकाशित अन्य पुस्तक पनि कम स्तरका थिएनन् । जसलाई हामी अनुमान लगाउन सक्छौ । वास्तवमा पुरस्कारको घोषणा गर्न निकै गाह्रो परेको हुन सक्छ । तर आधा आकाश ओगटेको नारीहरूको दयनीयस्थितिको उजगार हुनुपर्दछ , नारीवादी धारणाले नारी स्वयंले आफैलाई सक्षम पार्न सक्नुपर्दछ यो आजको नारा हो । पुरस्कार प्राप्त भएपछि मात्र सबैको आँखा त्यो पुस्तकमाथि पर्नु हाम्रो समाजको परम्परागत रोग छ । वास्तवमा हाम्रो देशमा पाठकले पुस्तक पढ्नलाई कि त पुस्तकले पुरस्कार प्राप्त गर्नुपर्छ कि त बढी विज्ञापन भएको हुनुपर्दछ कि त समसामायिक विषयवस्तुले पाठकको मन छुनुपर्दछ । यो कुराको पुष्टि अधिक ब्रिक्री भएका पुस्तकहरूले देखाएका छन् । हुन त म पनि पद्मावतीदिदीको उपन्यास धेरैअघि पढ्न चाहान्थेँ । तर मेरो बाध्यता र विवशताले पढ्न सकेकी थिइन् । जब पुरस्कारको घोषणा भयो म धरानको साझाको बिक्रीकक्ष गईकन पुस्तक किनेर ल्याई अद्योपान्त पढी सिध्याएँ । यो कुराको तीतो अनुभव म स्वयंले पनि भोगेकी छु । पद्मावतीदिदीको उपन्यासले साझा पुरस्कार पाए जस्तै मैले पनि मेरो पहिलो प्रकाशित बालउपन्यास 'सानी'ले साझा बालसाहित्य पुरस्कार प्राप्त गरेको थियो । पुरस्कार धोषणा भएपछि मेरी आफ्नै बहिनीले 'पुरस्कार पाएपछि मात्र दिदीको पुस्तक पढे' भनेर तीतो यथार्थ पोखेकी थिई । हाम्रो समाजमा साहित्यलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने कुराको पुष्टि यो अभिव्यक्तिले गर्दछ । पुरस्कार घोषणा भएपछि मजस्तै धेरै नारी साहित्यसाधक र पाठकहरूले यो पुस्तक खोजीखोजी किनेर पढ्ने छन् भन्ने कुरामा दुइ मत हुन सक्दैन ।
समालोचक सुधा त्रिपाठीको विवेचनात्मक अभिव्यक्ति भएको यो उपन्यास पूर्णरूपले नारीवादी उपन्यास हो । सुधा त्रिपाठीको शब्दमा 'मानिसजम्मा दुर्इ जात छन् - महिला र पुरुष । सामाजिक संरचनाले यी दुर्इ जातका भागमा दुर्इ छुट्टाछुट्टै कुरा पस्किएको छ । महिलाको भागमा रित्तो परेको छ भने पुरुषको भागमा पूर्णता । महिलाको आफ्नो भन्नु न त आकाश नै छ न त धर्ती नै । पुरुष एक्लै सिङ्गो आकाश ओढेर सिङ्गो धर्तीमाथि डङ्ग्रङ्ङ पल्टिएको छ । बिनाआकाशकी महिला अन्तरिक्षमा र्तुलुङ्ङ झुन्डिएकी छ । आकाश र धर्ती माथिको यो एकाधिकार समाप्त नभएसम्म जीवन कसैको पनि सुखी हन सक्दैन भन्ने कुरा बुझ्दै आएकी छ । यसैले आजका महिला यी दुर्इ कुरामाथि को अधिकार खोजिरहेको छ अन्तरिक्षमा झुण्डिएर भए उसले आकाश भनेर आकाशलाई पुरै ढाकेर बसेको बादललाई बुझेकी छ र त्यो बादल हो पितृसत्ता । उसले धर्ती भनेर धर्तीलाई पुरै ढाकेर बसेको तुवा“लो लाई बुझेकी छ र त्यो तुवाँलो हो पितृसत्ता । समालोचक सुधा त्रिपाठी को शब्दमा कति गहनता छ । अनि त्यो गहनतालाई जन्माएको छ पद्मावतीदिदीको उपन्यास- समानान्तर आकाशले । वास्तवमा नै नेपाली समाजमा नारीको स्थिति कस्तो छ भन्ने कुरा देखाइएको छ यस उपन्यासमा । पितृसत्तात्मक समाजमा हुर्केको अविनाश सुस्मितालाई भोग्या र विलासिताको रूपमा प्रयोग गर्नु नै उपन्यासमा उद्घाटन भएका विषयवस्तु हुन् । नारीलाई मानिसको दर्जा राख्न नचाहने र देख्न नचाहने धेरै पात्रहरू उदाएका छन् । ती पात्रहरूलाई नारी स्वयं स्वाभीमानी र स्वावलम्बी भई उनीहरूका विचारलाई धोईपखाली गरिएका छन- यस उपन्यासमा ।  

वर्षौदेखि हाम्रो समाज पुरुषको हैकमवादी संस्कारमा हुर्कदै आएको छ । नारी पुरुष समान भनिएता पनि घरभित्रदेखि नारीपुरुषबीच असमानता खाडल सुरु हुन्छ । आधा आकाश ओगटेको नारी शिक्षित भए मात्र समाज र राष्ट्र विकसित हुन्छ भन्ने कुरा कागतमामात्र सीमित देखिन्छ । नारीले आफ्नो विद्रोहको आवाज उर्ठाई भनी सामान्तीसोच भएका पुरुषहरू कसरी पूर्वाग्रही भएर नारी खेदो गर्छन भन्ने कुराको राम्रो चित्रण गरिएको छ यस उपन्यास । पूर्णरूपले नारीवादी धारणा व्यक्त गरिएको यस उपन्यासमा नारीपुरुष सनातनदेखि नै एकअर्काका लागि अपरिहार्य हुन भन्ने कुरा पनि देखाइएको छ । सुस्मिता र प्रभातबीचको सम्बन्धले यस कुरालाई साकार पारेको छ । वास्तवमा नारी एक्लै केही गर्न सक्दिन , उसलाई पुरुषको प्रेम, भावना र्समर्पणको आवश्यकता पर्दछ भन्ने कुरा पनि देखाइएको छ । अहिले युवापुस्ताहरूको विचार, चालचलन, चाहना आदिको राम्रो चित्रण गरिएको पाइन्छ यस उपन्यासमा ।
अन्तिममा भन्नुपर्दा एक्काइसौ शताब्दीमा गुज्रिरहेको समयमा हाम्रो समाजमा पनि नयाँ चेतना र धारहरूको लहर बग्न थालेका छन् । यस्तै एउटा बलियो लहर ल्याएर नारीलाई समाजमा आफ्नो मुल्य र मान्यताको प्रतिबिम्व देखाउन सफल भएको छ यो उपन्यास । उपन्यासकार पद्मावती दिदीलाई म मजस्तै धेरै कनिष्ट नारी साहित्यकारहरू हार्दिक बधाई दिन चाहन्छौँ। 

September 30, 2009

अतृप्त अनुभूतिहरु

साहित्यका विविध विधामध्ये लोकप्रिय र शक्तिशाली विधाका रुपमा आख्यानलाई लिन सकिन्छ । नेपाली साहित्यमा यस विधामा नयाँनयाँ कतिको प्रवेश जारी छ । यही मेसोमा मोफसल (इटहरी) मा सिर्जनारत शर्मिला खडका (दाहाल) का दुइ दर्जन कथाको सङ्ग्रह समयको क्यानभासमा सार्वजनिक भएको छ । पाँच वर्षयता लेखिएका र गरिमा मधुपर्क शारदा नेपाल समय लगायतका पत्रिकामा छापिएका यस सङ्गालोका कथाले वतर्मान समाजका आरोह अवरोहका साथै नारी मनका अतप्त अनुभूतिको उजागर गरेका छन् । वेवक्याम्पको आकतिविहिन पुरुष, समयको क्यानभासमा, ओ अपराजिता, सुकन्या उर्फ निलिमा, फूल अथार्त सुन्तली , लगायतका कथा अतप्त अनुभूतिका कथा हुन् ।
पुस्तकका सबै कथाले आघुनिक चेतनाको प्रतिनिधित्व गरेका छन् । धेरैजसो कथामा विषयवस्तु, घटना र चरित्रमा विविधता हुदाहुदै केहिमा कथाकार पात्र र अनुभूति दोहोरिएका छन् । कुनै कुनै कथा कथाकारका नितान्त निजी अनुभवका मनोवादजस्ता लाग्छन् । सलल बग्ने प्रवाह भने कथाहरुको सवल पक्षका रुपमा छ ।
मध्यम र निम्न मध्यम वर्गको सामाजिक समस्या, गरिबि र पीडा, प्रेम र यौनजीवन, घातप्रतिघात, सङ्घर्ष र सफलता शर्मिलाका कथाका केन्दिय विषयवस्तु हुन् । पिछडिएको र अपहेलितदेखि अत्याघुनिक सुविधासम्पन्न पात्रले नेपालीसमाजको विविधताको प्रतिनित्व गरेका छन् ।
सामाजिक परिवेशसँगै पात्रका जीवनमा जेलिएका फरकफरक समस्याले कथा सुस्वादु र रोमान्चक बनेका छन् ।
अन्नत,कान्तिपुर दैनिक 2066.2.16

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।