Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

October 23, 2009

मनको कुनामा

मनको कुनामा बाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ

हावा आउँदा सुभाष चल्छ तिम्रो अधरको
खोजी हिँड्छु आफूभित्र लुकी हिँड्ने को हो
छायाँ बनी पछ्याउछ यो मन तिम्रो समिपको
तिमी बिनाको यो मन औशीको रातझैँ भो

कहाँ दुख्छ के ले यो मन थाहा पाउनै सकिनँ
तिमी पराइ हौ भनेर भन्नै सकिनँ

मायाको सागर साह्रै नै गहिरो पौडन गाहो भो
पानी बिनाको माछा सरी यो जिन्दगी साह्रो भो
जहाँ जाऊ जे गरु याद आउँछ सधैँ तिम्रो
ढुकढुकीले बोल्छ तिमी नै मेरो आत्मा हौ

मनको कुनामाबाधेको माया फुकाउन सकिनँ
तिमी आफ्नो हौ भनी भन्नै सकिनँ

June 29, 2009

यति धेरै तिम्रो माया कहाँ राखू लुकाई

यति धेरै तिम्रो माया कहाँ राखू लुकाई
परेलीले बोलिरहेछ मुटुभित्र नअटाई

के मागु संसारमा त्रि्रो माया बाहेक
छैन कुनै पल बाकी तिम्रो सम्झना सिवाय
ज्ति दिए नसकिने तिम्रो माया सायद
झुटो माया देखाउने जल्ने छन सायद

अजम्बरी तिम्रो माया मर्ने छैन कहिल्यै
पोखिन्छ कि कतै भनी सम्हालु म जसै
पगपगमा तिम्रो माया ढुकढुकीमा तिमी
तिमी सिवाय संसारमा मेरो प्राप्ति छैन कुनै

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।