Showing posts with label बालकथा. Show all posts
Showing posts with label बालकथा. Show all posts

August 25, 2010

चुलबुले बादल

बादलहरूकी आमा समुन्द्र थिइन् । समुन्द्र विशाल थिइन् । माता समुन्द्रले धेरै बादलहरूलाई जन्म दिएकी थिइन् । तीमध्ये फिका नीलो रङ्गको बादल अलिक चकचके थियो । उनीहरूले उसको नाम चुलबुले राखिदिएका थिए । बादलहरूले जन्म लिएपछि उनीहरूको धर्म पानी बोकेर आकाशमा जानु र संसारको रमिता हर्दै हिँड्नु थियो । त्यसैले सब बादलले गुरु हावाको साथमा आकाशमा जानुपर्दथ्यो ।
तीमध्ये चुलबुले बादलचाहिँ हतारहतार हावा गुरुको बुइ चढेर अकाश जान तम्सियो । आमा समुन्द्रले उसलाई सम्झाउँदै भनिन् "बाबु चुलबुले तिमी धेरै चकचक गर्र्छौ, त्यसैले बाटो बिर्सन सक्छौ । दाजुभाइहरूको साथ नछोड्नू हैं ।" आमा समुन्द्रको कुरा उसले सुनिरह्यो । तर उसलाई भने कहिले आकाशमा पुगिएला र धर्तीको रमिता हेर्न पाइएला भन्ने लागिरहेको थियो । त्यसैले उसले आमाको कुरा ध्यान दिएर नै सुनेन । सबैजना आमासँग विदावारी मागेर गुरु हावाको पछि लागेर आकाशतिर हिँडे । आमा समुन्द्रलार्इृ भने चुलबुले बादलको निकै चिन्ता लागिरहेको थियो ।
चुलबुले बादल जे कुरा पनि नसोधी नसम्झी गरिहाल्दथ्यो । त्यसपछि ऊ आफै पछुताउँथ्यो । तर आकाशमा पुगेर गल्ती गरियो भने पछुताउने समय पनि नहुन सक्दथ्यो । त्यसैले पहिलाको भन्दा अलिक र्सतकचाहिँ भएकोथ्यो । उनीहरूलाई गुरु हावाले आकाशमा कसरी हिँड्नुपर्छ भन्ने कुरा सिकाउनुहुन्थ्यो । तर चुलबुले बादलचाहिँ आकाशबाट देखिने रमिताले अझ बढी चञ्चल भई रहेकोथ्यो । उसले कल्पना गर्यो -"अहो † धरतीमा भएका रूखहरू कति साना देखिएको मानिसहरू त कमिलाजस्ता कति होचा देखिएका † उसलाई अचम्म लाग्यो ।"
ऊ अरू दाजुभाइ, साथीहरू छाडेर एक्लैएक्लै माथिमाथि जान खोज्यो । धेरै माथि नजान हावा गुरुले भनेका कुरा उसले सम्झ्थ्यो । तर पनि धेरै माथिबाट तल हेर्दा झन् मजा आउँदो रहेछ त्यसैले ऊ माथिमाथि जान थाल्यो । माथि त उसलाई चिसोचिसो हुनथाल्यो । उसलाई जाडो लागेर आयो । जाडोले ऊ थर्रर काम्यो । उसले गुरु हावाले भनेको कुरा झल्याँस्स सम्झ्यो । त्यसपछि ऊ पछुताउँदै तल झर्यो । तल उसका दाजुभाइ, साथीहरू आकाशमा चीलहरूबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिक्दै थिए । तर उसले भने यो कुरा सिक्न पाएन । उनीहरू आकाशमा उडदाउडदै रात परिसकेको थियो । राति पनि उनीहरू मजाले घुमे । जून लागेको दिन थियो । जून लागेको हुनाले धर्तीको दृश्य अझ राम्रो देखिन्थ्यो । उनीहरूले जूनको प्रकाश छेकिदिँदा धर्तीमा अँध्यारो भएको रमाईरमाई हेरे । उज्यालो हुने बेलामा उनीहरूले केहीबेर विश्राम लिए ।
भोलिपल्ट फेरि उनीहरू गुरु हावाको साथमा घुम्दैघुम्दै हिँड्न थाले । चुलबुले बादल फेरि साथीहरूलाई छोडेर एक्लिन पुग्यो । आकाशमा चीलहरू पनि उडिरहेका थिए । अरू बादलहरूले चाहिँ चीलबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिकिसकेका थिए । तर चुलबुले बादलले चाहिँ सिकेको थिएन । ऊ चीलको नजिक पुग्यो र भन्न थाल्यो -"ए डरछेरुवा चरो हो बाटो छोड, मलाई घुम्न देओ ।" चीलहरू पनि ऊसँग डरायो । उनीहरूले उसलाई बाटो छोडिदियो । ऊ झन् हौसिदै रमाईरमाई उड्न थाल्यो । त्यसैबेला एउटा चीलभन्दा ठूलो डरलाग्दो चरो उसको छेउमा आयो । उसले त्यो चरोलाई पनि चीललाई जस्तो हकार्ने सोच्यो । तर उसले सोच्तासोच्तै त्यो ठूलो चील उसको नजिक आइपुगिसकेको थियो । ऊ डरायो । यो त ठूलो हवाइजहाज थियो । उसले कहिल्यै देखेको पनि थिएन । उसले गुरुबाट यसबारे शिक्षा लिएकै थिएन । त्यो ठूलो चील उसको धेरै नजिक आइसकेको थियो । उसले साथीभाइ खोज्यो । तर देखेन उनीहरू धेरै टाढा थिए । त्यो ठूलो चीलले उसलाई धक्का दियो । उ झन्डै-झन्डै भूइ“मा खसेको तर उसले आफुलाई सम्हाल्यो । त्यसपछि उसलाई डर लाग्यो । डरले आफ्ना साथीभाइ खोज्यो । साथीभाइहरू गुरु हावासँग धेरै कुरा सिक्दै थिंए । ऊ पनि गुरुसँग सिक्न गयो ।
गुरु हावाले अब आफूसँग भएको पानी सबै धर्तीमा पोखेर पहाडको बाटो हुँदै घर र्फकनु पर्ने कुरा बतायो । तर चुलबुले बादल भने यति चाँडै घर र्फकन चाहदैनथ्यो । ऊ त अझै धेरै समय आकाशमा बिताउन चाहन्थ्यो । त्यसैले अहिले भने उसले गुरुको कुरा पटक्कै सुनेन् । अरू साथीभाईहरू धर्तीमा पानी पोखेर पहाडको बाटो हुँदै घर फर्के । तर चुलबुले बादलचाहिँ आकाशमा एक्लै घुमिरहेको थियो । सबै साथीभाइ घर गइसकेपछि चुलबुले बादल एक्लै आकाशमा घुम्न थाल्यो ।
एकदिन उसले आकाशमा इन्द्रेणीलाई देख्यो । उसले मनमनै भन्यो - 'ओहो † इंन्द्रेणी रहिछिन् कति राम्री उसलाई इन्द्रेणीसँग बिहे गरूँगरूँ लाग्यो । उसले इन्द्रेणीलाई सोध्यो -"तिमी मसँग बिहे गर्र्छौ ?" इन्द्रेणीले चुलबुले बादललाइ भनि

न् -"मेरो बाआमासँग मलाई माग , दिनुभयो भने बिहे गर्छु । "
चुलबुले बादल इन्द्रेणीका वुवा इन्द्रराजासँग इन्द्रेणीको हात माग्न गए । इन्द्रराजाले चुलबुले बादल आकाशमा एक्लै उडिरहेको थाहा पाएका थिए त्यसैले उनले बिहे गरिदिनुको साटो उल्टै हकारेर भने -"तिम्रो बास बस्ने ठाउँ छैन , तिमी आकाशमा उडिहिँड्नेलाई मेरो छोरी कहाँ दिन्छु मेरो छोरी बिहे गरेर कहा राख्छौ ? जाउ भाग यहाँबाट ।"
चुलबुले बादललाई अहिले आएर चित्त दुख्यो । ऊ एक्लै भएको हुनाले दुखमनाउ गयो । ऊ रुँदैरुँदै हिँड्यो त्यहाँबाट । अहिले उसले साथीभाइ र गुरु सम्झ्यो । रुँदारुँदै उसँग भएको पानी पनि सकियो । कतिखेर ऊ पहाडमा ठोकिन पुग्यो त्यो कुरा पनि उसलले थाहा पाउन सकेन । पहाडमा ठोकिएपछि ऊ घर आइपुगिसकेको थियो ।

सुरिया र भकुल्ले

भकुल्ले सानो कुकुर थियो । ऊ भुकलुक्क परेको थियो । ऊ कालो र सेतो, टाटेपाङ्ग्रे थियो । उसकी आमा ऊ सानै हुँदा मरेकी थिइन् । त्यसैले उसकी मालिक्नीले उसलाई सानैदेखि राम्रो हेरचाह गरेर हुर्काइन् । उनकी मालिक्नी उसलाई खूब माया गर्दथिन् । ऊ घरभित्र र बाहिर गर्ने गर्दथ्यो । उसलाई जता जान पनि छुट थियो । ऊ कहिले सोफामा बस्दथ्यो । कहिले खाना खाने मेचमा बस्दथ्यो । मालिक्नी उसलाई असाध्यै माया गर्दथिन् । उसलाई दूध र भात खान दिन्थिन् । कहिलेकाहीँ आफूसँगै बजार पनि लिएर जाने गर्दथिन् । मालिक्नीको माया पाएर भकुल्ले पनि हलक्क बढेको थियो । ऊ खुसी भएर नाचिरहन्थ्यो । तर उसको खेल्ने साथी भने कोही थिएन ।
एकदिन भकुल्लेकी मालिक्नीले बिरालो किनेर ल्याइन् । घरमा मुसाको बिगबिगी बढेको देखेर उनले बिरालो किनेर ल्याएकी थिइन् । उनले बिरालोको नाम सुरिया राखिन् ।
सुरिया दयालु स्वभावकी थिइन् । उनी मुसा मार्दिनथिन् । बरु मुसाहरूलाई खराब काम नगर्नू भनेर सम्झाउँथिन् । मुसाहरू पनि सुरियाले भनेको मानेर खराब काम गर्दैनथे । तर उनीहरूको सङ्ख्या भने बढ्दै गएको थियो । सुरियाले मुसा नमारेको देखेर मालिक्नीलाई रिस उठ्ने गर्दथ्यो । त्यसैले उनले सुरियालाई खानेकुरा खान दिन छोडिन् । सुरिया भोकभोकै हुन थालिन् । सुरियाले खान नपाउँदा पनि मुसा मार्ने काम गरिनन् ।
उनी मालिक्नीले भकुल्लेलाई माया गरेको देखेर टुलुटुलु हेर्दथिन् । भकुल्ले पनि सुरियालाई मन पराउदैनथ्यो । ऊ सुरियालाई देख्नेबित्तिकै लखेटदथ्यो । सुरियालाई यो कुरा मन परेको थिएन । उनी कसरी भकुल्ले र मालिक्नीको माया पाउन सकिन्छ भन्ने कुरा सोच्न थालिन् ।
एकदिन भकुल्ले सोफामा बसेको थियो । ऊ मालिक्नीको स्वीटर बुन्ने धागो खेलाउन थाल्यो । ऊ बिस्तारै त्यो धागो भुइमा राखेर खुट्टाले खेलाउन थाल्यो । खेलाउँदाखेलाउँदै त्यो धागो धेरै परसम्म पुग्यो । धेरै पर पुगेपछि धागोको डल्लो हरायो । डल्लाको धागो सकिएर डल्ला हराएको थियो । यो कुरा भकुल्लेले थाहा पाउन सकेन । ऊ त डल्ला हरायो भनी खोज्न थाल्यो । मालिक्नीले डल्ला हरायो भनेर गाली गर्छिन भनेर ऊ रुन थाल्यो ।
सुरिया पनि त्यही आइपुगिन् । उनले भकुल्ले रोएको सुनिन् । भकुल्ले रोएको देखेर उनलाई माया लाग्यो । उनले भकुल्लेलाई सोधिन् - "भकुल्ले के भयो - किन रोएको - "
भकुल्लेले नरम भएर भन्यो - "मैले मालिक्नीको धागोको डल्ला हराइदिए त्यसैले रोएको । "
सुरियाले कुरा बुझी हालिन् । उनी चलाख थिइन् ।
उनले भकुल्लेलाई आफ्नो बशमा पार्ने राम्रो मौका पाएकी थिइन् । उनले भनिन्- " हेर भकुल्ले, मस“ग एउटा जादु छ । म तेरो डल्ला भेटाइदिन्छु । तर तैले मलाई सहयोग गर्नुपर्छ । "
भकुल्लेले भन्यो - "के सहयोग गर्नुपर्छ - भन न । "
"हेर , तेरो धागो म भेटाइदिन्छु । त्यसको बदलामा तैले मलाई तेरो दूध र भात खानदिनु पर्छ ।"- सुरियाले भनिन् । भकुल्लेले अरू उपाय देखेन अनि 'हुन्छ' भन्यो । सुरियाले भनिन् - "त्यसो भए त सोफाको पछाडि गएर बस म तेरो धागो भेटाइदिन्छु । "
भकुल्ले सोफा पछाडि गएर बस्यो । सुरियाले सबै धागो भेला पारेर डल्ला बनाइ दिइन् । एकछिन पछि भकुल्लेलाई सुरियाले बोलाएर त्यो धागोको डल्ला दिइन् । भकुल्ले छक्क पर्यो । उसलाई सुरियासँग साँच्चै जादु हुनुपर्छ भन्ने लाग्यो । त्यसपछि भकुल्लेले सुरियालाई माया गर्न थाल्यो ।
भकुल्ले र सुरिया साथीसाथी भएका थिए । उनीहरूसँगै खाने, सँगै खेल्ने गर्दथे । भकुल्ले मालिक्नीको आँखा छलेर सुरियालाई आफ्नो दूध, भात खान छोडिदिन्थ्यो । किनभने उनीहरूकी मालिक्नी सुरियालाई दूध भात खान दिएको मन पराउँदिन थिइन् । उनी सुरिया बिरालो भएर पनि मुसा नमारेको देखेर रिसाउने गर्दथिन् । सुरिया मुसाहरूलाई सम्झाउने गर्दथिन् । यदि नमानेको खण्डमा झपार्ने गर्दथिन् । मुसाहरू पनि सुरियासँग डराउने गर्दथे । त्यसैले उनीहरू खराब काम गर्दैनथे ।
एकदिन राति भकुल्ले घरको रखवाली गर्दै थियो । त्यसैसमयमा आकाशबाट तारा खस्यो । भकुल्लेलार्इं आकाशबाट खसेको तारा टिप्न मन लाग्यो । ऊ दौडदै चौरमा गयो । ऊ खसेको तारा टिप्न चाहन्थ्यो ।
उसले चौरमा तारा खोज्यो । तर तारा भेटिएन । त्यसै समयमा सुरिया त्यहाँ आइपुगिन् । उनले भकुल्लेलाई सोधिन् - "के खोजेको हँ ?"


भकुल्लेले भन्यो - "आकाशबाट तारा खसेको छ त्यही खोजेको ।"
सुरियाले भनिन् - "त्यसरी खसेको तारा कहाँ भेटिन्छ । हिँड , पोखरीमा म धेरै तारा खसेको देखाइदिन्छु ।"
भकुल्ले सुरियाको पछिपछि पोखरीतिर गयो । साँच्चै त्यहाँ त धेरै ताराहरू थिए । उसले कहिले यत्तिका तारा देखेको थिएन । ऊ छक्क पर्यो ।
उसले सुरियालाई भन्यो - "सुरिया म यो सबै तारा टिप्न चाहन्छु । "
सुरियाले भनिन् - "यो जादुबाट देखिने तारा हो यो टिप्न सक्दैनौ । त्यो तारा अहिले मात्र देखिन्छ । भोलि बिहान आफ्नै घर जान्छन् । भकुल्लेले सुरियाको कुरा पत्यायो ।"
भोलिपल्ट ऊ फेरि पोखरीमा गयो । ताराहरू बटुलेर ऊ राम्रो लुगा सिउन चाहन्थ्यो । त्यो लुगा लगाएर ऊ राम्रो देखिन चाहन्थ्यो । तर त्यहाँ ताराहरू एउटा पनि थिएनन् । ऊ सुरियालाई माया मात्र हैन आदर पनि गर्नर् थाल्थ्यो । भकुल्लेले आफूलाई माया गरेको देखेर सुरिया पनि औधी रमाएकी थिइन् । तर उनले मालिक्नीको माया पाउन सकेकी थिइनन् । त्यसैले अब कसरी मालिक्नीको माया पाउन सकिन्छ भनेर सोच्न थालिन् ।
सुरिया मालिक्नीको मन जित्ने उपाय सोचिरहेकी थिइन् । उनी प्राय यसैकुरामा लागिरहन्थिन । मालिक्नीलाई कुनै राम्रो काम गरेर मन जित्न पाए हुन्थ्यो भन्ने सोच्दथिन् ।
एकपल्ट राति ठूलो पानी पर्यो । मालिक्नी र भकुल्ले ओछ्यानमा निदाइरहेका थिए । मालिक्नीले झ्याल नलगाएकी हुनाले झ्यालबाट पानी सबै भित्र छिर्यो । त्यसैबेला सुरियाले थाहा पाइन् । उनी जोडजोडले कराउन थालिन् । उनी कराएको सुनेर मालिक्नी उठिन् । उनी हतारहतार गरेर झ्याल लगाउन थालिन् ।
सुरिया नकराएको भए उनको महङ्गो गलैचा सबै भिज्न सक्दथ्यो । उनी सुरियाले राम्रो काम गरेको देखेर खुसी भइन् । त्यसपछि उनी सुरियालाई पनि माया गर्न थालिन् । मुसाहरूले पनि खराब काम नगरेको हुनाले मालिक्नी सुरियासगँ खुसी हुन थालिन् । अब घरमा पाहुनाहरू आएको बेला भन्ने गर्न थाले कसरी कुकुर र बिरालो मिलेर बसेका होलान् । साँच्चै भकुल्ले र सुरिया मिलेर बस्न थाले । मालिक्नी पनि उनीहरू दुवैलाई उत्तिकै माया गर्न थालिन् ।

April 5, 2010

चुलबुले बादल

बादलहरूकी आमा समुन्द्र थिइन् । समुन्द्र विशाल थिइन् । माता समुन्द्रले धेरै बादलहरूलाई जन्म दिएकी थिइन् । तीमध्ये फिका नीलो रङ्गको बादल अलिक चकचके थियो । उनीहरूले उसको नाम चुलबुले राखिदिएका थिए । बादलहरूले जन्म लिएपछि उनीहरूको धर्म पानी बोकेर आकाशमा जानु र संसारको रमिता हर्दै हिँड्नु थियो । त्यसैले सब बादलले गुरु हावाको साथमा आकाशमा जानुपर्दथ्यो ।
तीमध्ये चुलबुले बादलचाहिँ हतारहतार हावा गुरुको बुइ चढेर अकाश जान तम्सियो । आमा समुन्द्रले उसलाई सम्झाउँदै भनिन् "बाबु चुलबुले तिमी धेरै चकचक गर्र्छौ, त्यसैले बाटो बिर्सन सक्छौ । दाजुभाइहरूको साथ नछोड्नू हैं ।" आमा समुन्द्रको कुरा उसले सुनिरह्यो । तर उसलाई भने कहिले आकाशमा पुगिएला र धर्तीको रमिता हेर्न पाइएला भन्ने लागिरहेको थियो । त्यसैले उसले आमाको कुरा ध्यान दिएर नै सुनेन । सबैजना आमासँग विदावारी मागेर गुरु हावाको पछि लागेर आकाशतिर हिँडे । आमा समुन्द्रलार्इृ भने चुलबुले बादलको निकै चिन्ता लागिरहेको थियो ।

चुलबुले बादल जे कुरा पनि नसोधी नसम्झी गरिहाल्दथ्यो । त्यसपछि ऊ आफै पछुताउँथ्यो । तर आकाशमा पुगेर गल्ती गरियो भने पछुताउने समय पनि नहुन सक्दथ्यो । त्यसैले पहिलाको भन्दा अलिक र्सतकचाहिँ भएकोथ्यो । उनीहरूलाई गुरु हावाले आकाशमा कसरी हिँड्नुपर्छ भन्ने कुरा सिकाउनुहुन्थ्यो । तर चुलबुले बादलचाहिँ आकाशबाट देखिने रमिताले अझ बढी चञ्चल भई रहेकोथ्यो । उसले कल्पना गर्यो -"अहो † धरतीमा भएका रूखहरू कति साना देखिएको मानिसहरू त कमिलाजस्ता कति होचा देखिएका † उसलाई अचम्म लाग्यो ।"
ऊ अरू दाजुभाइ, साथीहरू छाडेर एक्लैएक्लै माथिमाथि जान खोज्यो । धेरै माथि नजान हावा गुरुले भनेका कुरा उसले सम्झ्थ्यो । तर पनि धेरै माथिबाट तल हेर्दा झन् मजा आउँदो रहेछ त्यसैले ऊ माथिमाथि जान थाल्यो । माथि त उसलाई चिसोचिसो हुनथाल्यो । उसलाई जाडो लागेर आयो । जाडोले ऊ थर्रर काम्यो । उसले गुरु हावाले भनेको कुरा झल्याँस्स सम्झ्यो । त्यसपछि ऊ पछुताउँदै तल झर्यो । तल उसका दाजुभाइ, साथीहरू आकाशमा चीलहरूबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिक्दै थिए । तर उसले भने यो कुरा सिक्न पाएन । उनीहरू आकाशमा उडदाउडदै रात परिसकेको थियो । राति पनि उनीहरू मजाले घुमे । जून लागेको दिन थियो । जून लागेको हुनाले धर्तीको दृश्य अझ राम्रो देखिन्थ्यो । उनीहरूले जूनको प्रकाश छेकिदिँदा धर्तीमा अँध्यारो भएको रमाईरमाई हेरे । उज्यालो हुने बेलामा उनीहरूले केहीबेर विश्राम लिए ।

भोलिपल्ट फेरि उनीहरू गुरु हावाको साथमा घुम्दैघुम्दै हिँड्न थाले । चुलबुले बादल फेरि साथीहरूलाई छोडेर एक्लिन पुग्यो । आकाशमा चीलहरू पनि उडिरहेका थिए । अरू बादलहरूले चाहिँ चीलबाट कसरी जोगिनुपर्छ भन्ने कुरा सिकिसकेका थिए । तर चुलबुले बादलले चाहिँ सिकेको थिएन । ऊ चीलको नजिक पुग्यो र भन्न थाल्यो -"ए डरछेरुवा चरो हो बाटो छोड, मलाई घुम्न देओ । " चीलहरू पनि ऊसँग डरायो । उनीहरूले उसलाई बाटो छोडिदियो । ऊ झन् हौसिदै रमाईरमाई उड्न थाल्यो । त्यसैबेला एउटा चीलभन्दा ठूलो डरलाग्दो चरो उसको छेउमा आयो । उसले त्यो चरोलाई पनि चीललाई जस्तो हकार्ने सोच्यो । तर उसले सोच्तासोच्तै त्यो ठूलो चील उसको नजिक आइपुगिसकेको थियो । ऊ डरायो । यो त ठूलो हवाइजहाज थियो । उसले कहिल्यै देखेको पनि थिएन । उसले गुरुबाट यसबारे शिक्षा लिएकै थिएन । त्यो ठूलो चील उसको धेरै नजिक आइसकेको थियो । उसले साथीभाइ खोज्यो । तर देखेन उनीहरू धेरै टाढा थिए । त्यो ठूलो चीलले उसलाई धक्का दियो । उ झन्डै-झन्डै भूइँमा खसेको तर उसले आफुलाई सम्हाल्यो । त्यसपछि उसलाई डर लाग्यो । डरले आफ्ना साथीभाइ खोज्यो । साथीभाइहरू गुरु हावासँग धेरै कुरा सिक्दै थिंए । ऊ पनि गुरुसँग सिक्न गयो ।

गुरु हावाले अब आफूसँग भएको पानी सबै धर्तीमा पोखेर पहाडको बाटो हुँदै घर र्फकनु पर्ने कुरा बतायो । तर चुलबुले बादल भने यति चाँडै घर र्फकन चाहदैनथ्यो । ऊ त अझै धेरै समय आकाशमा बिताउन चाहन्थ्यो । त्यसैले अहिले भने उसले गुरुको कुरा पटक्कै सुनेन् । अरू साथीभाईहरू धर्तीमा पानी पोखेर पहाडको बाटो हुँदै घर फर्के । तर चुलबुले बादलचाहिँ आकाशमा एक्लै घुमिरहेको थियो । सबै साथीभाइ घर गइसकेपछि चुलबुले बादल एक्लै आकाशमा घुम्न थाल्यो ।
एकदिन उसले आकाशमा इन्द्रेणीलाई देख्यो । उसले मनमनै भन्यो - 'ओहो ! इंन्द्रेणी रहिछिन् कति राम्री उसलाई इन्द्रेणीसँग बिहे गरूँगरूँ लाग्यो । उसले इन्द्रेणीलाई सोध्यो -"तिमी मसँग बिहे गर्र्छौ ।" इन्द्रेणीले भनिन् -"मेरो बाआमासँग मलाई माग , दिनुभयो भने बिहे गर्छु "

चुलबुले बादल इन्द्रेणीका वुवा इन्द्रराजासँग इन्द्रेणीको हात माग्न गए । इन्द्रराजाले चुलबुले बादल आकाशमा एक्लै उडिरहेको थाहा पाएको थियो त्यसैले उसले बिहे गरिदिनुको साटो उल्टै हकारेर भन्यो -"तिम्रो बास बस्ने ठाउँ छैन , तिमी आकाशमा उडिहिँड्नेलाई मेरो छोरी कहाँ दिन्छु मेरो छोरी बिहे गरेर कहा राख्छौ । जाउ भाग यहाँबाट ।"

चुलबुले बादललाई अहिले आएर चित्त दुख्यो । ऊ एक्लै भएको हुनाले दुखमनाउ गयो । ऊ रुँदैरुँदै हिँड्यो त्यहाँबाट । अहिले उसले साथीभाइ र गुरु सम्झ्यो । रुँदारुँदै उसँग भएको पानी पनि सकियो । कतिखेर ऊ पहाडमा ठोकिन पुग्यो त्यो कुरा पनि उसलले थाहा पाउन सकेन । पहाडमा ठोकिएपछि ऊ घर आइपुगिसकेको थियो ।

April 3, 2010

शिवाको कथा

भाइबहिनी हो, म शिवा टायर हुँ । मलाई गाडीको पाङ्ग्रा पनि भन्छन् नि † मालिकले मलाई गाडीको खुट्टामा जोडिदिएका हुन्छन् । म गाडीलाई सजिलै कुद्ननमा मद्दत गर्दछु । मबिना गाडीलाई दौडन गारो हु्न्छ । तिमीहरूले सडकमा मेरा धेरै साथीहरू गुडिरहेका देखेका हौला हैन - उनीहरू पनि गाडीलाई सडकमा दौडन मद्दत गर्दछन् । 

अहिले म बूढो भइसकेको छु । पहिला म कति हृष्टपुष्ट र बलियो थिएँ । म आँटिलो पनि थिएँ । म पहाडको अग्लोभन्दा अग्लो डाँडामा सजिलै कुद्नन सक्थँा । खोलाको पानीभित्र पनि कुद्न सक्थेँ । चिसो हिउँ परेको ठाउँमा पनि सजिलै कुद्न सक्थे । मालिकले पनि मेरो राम्रो हेरविचार गर्ने गर्दथे । म चिल्ला र फराकिला बाटामा हास्दै रमाइरमाई दौडन्थेँ । मसँगै मेरा साथीहरू पनि रमाएर नै दौडन्थेँ । 

अहिले म बूढो र रोगी भएको छु । म काम गर्न नसक्ने भएको छु । त्यसैले मेरा मालिकले मलाई घरअगाडि राखेका छन् । मेरो छेऊमा एउटा रूख भाइ पनि छ । हामी दुवैजना गफ गर्दै बाटोमा हिँडेका मानिसहरूको रमिता हेर्ने गर्दछौ । धेरै गर्मी हुँदा र पानी पर्दा रुख भाइले मलाई छहारी दिन्छन् । म पनि धेरै हावा चलेको बेला रुख भाइको सहारा भइदिन्छु । यसरी हामी मिलेर बस्छौँ ।

हामी बाटामा धेरै किसिमका दृश्यहरू देख्छौ । सायद तिमीहरू पनि देख्ने गर्दछौँ । कहिलेकाहीँ मसिना केटाकेटी रमाईरमाई स्कुल गइरहेका हुन्छन् । कहिलेकाहीँ मानिसहरू बाजा बजाउँदै खुसी हुँदै हिँड्छन् । कहिले मानिसहरू हतारहतार गर्दै आ-आफ्ना काममा हिँडेका हुन्छन् । म र रुख भाइ यो सब कुरा खुसी मान्दै हेर्ने गर्दछौ ।

बिदाको दिन धेरै केटाकेटी मेरो छेउमा आउँछन् । सायद तिमीहरू पनि फुर्सदिला हुन्छौ होला हैन - र रमाइरमाइ खेल्छौ होला हैन - उनीहरू ममाथि चढ्दै उफ्रदै गर्दै खेल्छन् । कहिलेकाहीँ मलाई गुडाउँदै धेरै परसम्म लान्छन् । यसो गर्दा म पनि रमाइ रहेको हुन्छ । उनीहरू रमाउँदा म निकै खुसी हुन्छु । म बसेको घरको मालिकको छोराचाहिँ मलाई निकै माया गर्छ । उ प्राय मभए ठाउँमा खेल्न आउँछ । म पनि उसँग रमाईरमाई खेल्छु । 

तिमीहरूलाई थाहा छ एकदिन के भयो - लौ सुन, त्यो दिन बिहानदेखि बाटामा मानिसहरू हिँडेका नै थिएनन । मलाई पनि अचम्म लागिरहेको थियो । केही समयपछि अचानक परबाट मानिसहरूको भीड कराउँदै आउन थाल्यो । मलाई त डर लाग्न थाल्यो । धेरैजसोले हातमा लौरो बोकेका थिए भने केहीले ढुङ्गा र इँटा पनि बोकेका थिए । केहीले त बाँसको भाटामा आगो बालेर पनि बोकेका थिए । तिनीहरू जोडजोडले कराउँदै थिए । मलाई त औधी डर लाग्न थाल्यो । यस्तो कुरा मलाई पटक्क मन पर्दैनथ्यो । मैले पछि थाहा पाए यसो गर्नुलाई बन्द हडताल गर्नु भनिदो रहेछ ।

एकछिन पछि एकहुल मानिस म भए ठाउँतिर आए । अनि के गरे थाहा छ - केहीले मलाई उचाल्न थाले ।
'ए † ए † ए † के गर्छन् यिनीहरू -' म आत्तिएँ । यिनीहरूले त मलाई बीच सडकमा पो लगेर राखे । आगो बोकेकाले मेरो शरीरमा आगो सल्काए । म डरले रुन कराउन थालेँ । तर कसैले दया राखेनन् । म सल्कन थालेँ । मैले सम्झेँ म त्यसै मिल्काएको बस्तु जलेर के हुन्छ र - तर होइन म जले भने मेरो रूख भाइलाई असर पर्छ । उसलाई सास फेर्न गाह्रो हुन्छ । मबाट निस्केको धूवाँले धेरै मानिस बिमारी हुन्छन् । वरिपरिको हावा नै फोहोर हुन्छ । तिमीहरू जस्ता धेरै सानासाना मायालु नानीहरूको फोक्सोमा घाउ हुन सक्छ । उनीहरूले नगर्ने काम गरिहालेँ । म रुन कराउन थालेँ। म चिच्याउन थालेँ । उनीहरू कसैले मेरो बिन्तीभाउ सुनेनन । 

एकछिन पछि के भयो थाहा छ - आहो † एकछिन पछि मालिकको छोरा बाल्टिनमा पानी लिएर म भए ठाउँमा आयो । उसले मेरो बल्दै गरेको भागमा पानी हालिदियो । ओहो !! मलाई कति शीतल भयो । यो केटो कति बुद्धिमान र बहादुर रहेछ हँ † सबै केटाकेटी यस्तै भए पो त † अब त आगो पनि निभिसकेको थियो । उसले मलाई पहिलेको ठाउँमा नै लगेर राखिदियो । म कति खुसी भएँ । अघि गएको भीड फेरि नफर्के हुने नि † मेरो कथा यत्ति नै हो । भाइबहिनी हो † तिमीहरू त ठूला भएपछि यसरी मलाई आगो लगाउँदैनौ होला नि हैन - तिमीहरूले मेरो कथा पछिसम्म नभुल्नू है !!

बन्द कहिल्यै नभइदिए हुने नि !

'आज स्कुल बन्द छ स्कुल लाग्दैन !' - पल्लो घरको विकासले साकारलाई सुनायो । साकार खुसीले बुरुक्क उफ्रियो । 'ओहो ! आज स्कुल बन्द छ रे !' - ऊ मनमनै रमायो । 'के खोज्छेस् कानो आँखो' भनेजस्तो भयो उसलाई । उसले साथीको भिडियो गेमको सिडी ल्याएको थियो तर खेल्न पाएको थिएन । उसले सोच्यो ऊ आज दिनभरि कम्प्युटरमा भिडियो गेम खेल्नेछ ।
यसरी अचानक स्कुल बन्द हुँदा उसलाई सारै खुसी लाग्छ । कहिले के को बिरोधमा चक्काजाम हुने अनि कहिले के को विरोधमा स्कुल बन्द हुने । यस्ता बन्दको बेला ऊ प्राय आफूलाई मनपर्ने भिडियो गेम ल्याएर दिनभरि कम्प्युटरमा खेल्ने गर्दथ्यो । चक्काजाम भएको बेला चाहि दिनभरि सडकमा साथीको साइकल खेल्ने गर्दथ्यो । यसरी खेल्न पाउँदा उसलाई असाध्यै रमाइलो लाग्दथ्यो ।
'दिनभरि स्कुलमा कोठामा थुनिएर पढ्नुभन्दा त खेल्दा क्या मजा । ओहो ! आज स्कुल बन्द छ ।' -उसले सोच्यो । आज मजा आउनेछ । वल्लोघर पल्लोघर आज स्कुल बन्द भएको चर्चा चलिरहेको थियो । स्कुलको गृहकार्य पनि हिजै सकिएको हुनाले उसले पढ्नु पर्ने थिएन । फेरि बाबामम्मी अफिस गएपछि ऊ दिनभरि कम्प्युटरमा आफूलाई मनपर्ने भिडियो गेम खेल्न पाउने हुनाले खुसीले रमायो ।

अफिस जाने समय भएपछि बाबामम्मी घरबाट हिँड्नुभयो । ऊ दिनभरि कम्प्युटरमा खेल खेलेर बस्यो । घरमा पनि उसलाई खाजा बनाएर खुवाउने कुसुम दिदी हुनुहुन्थ्यो । कुसुमदिदीले उसलाई मीठो खाजा खुवाइन् । ऊ खुसी भयो । बेलुका हुँदै गएपछि भोलि फेरि स्कुल पढ्न जानुपर्ने कुराले उसलाई दिक्क लाग्यो । 'भोलि पनि स्कुल बन्द भए हुने नि !' उसले मनमनै कल्पना गयो । उसले आज रेस्लिङ्गको गेम खेल्न भ्याएकै थिएन । साथीसँग मागेर ल्याएको सिडी चाँडै साथीलाई फर्काउनुपर्ने थियो । तर उसले खेल्न पाएकै थिएन ।
बिहान ऊ चाँडै उठ्यो । यसो पत्रिका हेर्यो । कतै स्कुल बन्द भएको समाचार छ कि भनी खोज्यो । तर आज स्कुल बन्द भएको हल्ला कतै थिएन ।
ऊ साथी विकासको घर गएर सोध्यो - 'विकास आज स्कुल बन्द छ -'
बिकासले भन्यो - 'लाग्छ आज त कतै बन्दको हल्ला छैन ।' उसलाई आज पटक्कै स्कुल जान मन थिएन के गर्ने होला -
उसलाई मन नलागे पनि स्कुल त जानै पर्दथ्यो । उसले मन नलागी-नलागी लुगा लगायो । आफ्नो किताब कापी झोलामा मिलाएर राख्यो । स्कुल जान तयार भयो । आज ऊ विकाससँग गएन । बाटाभरि उसले आज स्कुल बन्द भइदिए पनि हुने नि भनेर मनमा कुरा खेलाइरह्यो । ऊ बाटामा अलमल गर्दै स्कुल गयो ।
स्कुल सुनसान थियो । सदा त गेटबाहिरबाट नै स्कुलमा हल्लाखल्ला भएको सुनिन्थ्यो । आज त स्कुलमा केही हल्लापनि छैन । ऊ गेटबाहिर निकै बेर बस्यो । उसलाई स्कुलभित्र छिर्न मन लागेन । उसले मनमा नयाँ जुक्ति निकाल्यो । आज स्कुल बन्द छ भनेर घर जानुपर्यो कसले थाहा पाउछ र - आखिर स्कुल बेलाबेलामा बन्द त भइरहन्छ नि । यति सोचेर ऊ घर फर्कियो । घरमा मम्मीबाबा अफिस गइसक्नु भएको हुनाले उसलाई गाली गर्ने कोही हुनेछैन भन्ने थाहा थियो । ऊ घर पुग्यो ।
घर पुग्नुबित्तिकै कुसुमदिदीले सोध्नुभयो - 'साकार तिमी किन फर्कियौ -'
आज स्कुल बन्द भयो दिदी ।' उसले घोसेमुन्टो
लगाएर भन्यो । उसले कुसुमदिदीलाई आँखा जुधाएर भन्न सकेन । कुसुमदिदीले पनि साँच्चै स्कुल बन्द भएको होला भन्ने ठानिन् । ऊ कम्प्युटरमा बसेर गेम खेल्न थाल्यो । गेम खेल्दाखेल्दै उसले मम्मीबाबा आउने समय भएको पनि थाहा पाएन । मम्मी आएर उसलाई भन्नुभयो -
'साकार कति भिडियो गेम खेलेको पढ्नुपर्दैन -'
मम्मीले यसो भन्नुहुँदा ऊ झसङ्ग भयो । ऊ हतारहतार गर्दै पढ्न बस्यो । मम्मीबाबाले आज स्कुल बन्द भयो भनेर फर्केको कुरा थाहा पाउनुहुन्छ कि भनी डरायो । तर मम्मीबाबाले स्कुलको कुरा नगर्नु भएकोले ढुक्क भयो । पढिसकेर ऊ मम्मीबाबासँगै खानाखाने मेचमा बस्यो । खाना खाँदै गरेको बेला साथी विकास आइपुग्यो ।
उसले भन्यो- 'साकार तँ आज स्कुल किन नआएको आज कस्तो राम्रो जादु हेर्यौ हामीले । साकार डरले खङरङ्ग भयो । उसलाई मम्मीबाबाले एकै चोटि हेर्नु भयो । डरले उसको मुटु ढुकढुक गर्न थाल्यो । बाबाले साकारलाई हेर्दै हकारेर भन्नुभयो -'आज साकार स्कुल गएन रे किन नगएको -'
साकारले डराउँदै भन्यो - 'बुबा स्कुलमा होहल्ला केही थिएन त्यसैले बन्द भएको रहेछ भनेर म फर्किए ।'
विकासले भन्यो- 'साकार बाटोमा खेल्दै गयो अङ्कल त्यसैले ऊ स्कुल पुग्दा स्कुल लागिसकेको थियो । त्यसैले स्कुलमा एसेम्ली भएको पनि थाहा पाएन ।'
साकार घोसेमुन्टो लगाएर खाना नखाइ बस्यो ।
मम्मीले बाबालाई सम्झाउँदै भन्नुभयो - 'भो खाना खाएको बेला केही नभन्नुहोस् । यो बन्दले गर्दा बच्चाहरु पनि पढ्न नपरे हुन्थ्यो भन्न थालिसके ।'
बाबाले केही नम्रस्वरमा भन्नुभयो- 'बच्चाहरुको स्कुल बन्द गरेर उनीहरुको भविष्य नै बिगार्ने भए -'

साकारलाई पनि अहिले स्कुल नगएकोमा खल्लो लाग्यो । त्यस्तो राम्रो जादुगरको जादुहेर्न नपाएकोमा पछुतो लाग्यो उसलाई ।
उसले भन्यो - 'मम्मी अब म यसरी स्कुल बन्द भयो भनेर ढाटेर फर्कन । आज स्कुल गएको भए मैले कस्तो राम्रो जादु हेर्न पाउँथे । साँच्चै यो बन्द नभइदिए हुने नि ।'

August 20, 2009

धूर्त स्याल र चतुर स्याल

एकादेशमा धूर्त नाम गरेको स्याल थियो । त्यो स्याल रानीवनको जङ्गलमा बस्थ्यो । त्यहाँ सिंह, हात्ती, बाघ, भालु बस्दथे । त्यो जङ्गलको राजा सिंह थियो भने महामन्त्री त्यही धूर्त स्याल थियो । महामन्त्री धूर्त स्यालको कपट र स्वार्थले सिंह राजा नाममात्रको राजा थियो । मौका परेको बेला जङ्गलका अरू जनावरहरू पनि र्सर्वेर्सवा हुन खोज्थे । धूर्त स्याल बाघ, भालु र हात्तीमा एकआपसमा कुरा लगाएर झगडा गराउँथ्यो । ऊ मौका हेरी चापलुसी र चुक्ली लगाउँदथ्यो । ऊ आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्दथ्यो । यसैले गर्दा राजा सिंह कमजोर हुँदै गएको थियो । बाघ, भालु, हात्ती राजा सिंहको कुरा मान्न तयार हुँदैनथे । उनीहरूको जङ्गल राम्रो थियो । तर एक-आपसको फुट र झैझगडाले गर्दा जङ्गलको अझ विकास गर्न सकेका थिएनन् ।
यसै जङ्गलको अलिक तल सिमसार नाम गरेको जङ्गल थियो । त्यहाँ चतुर नाम गरेको स्याल महामन्त्री थियो । त्यो जङ्गलमा पनि सिंह राजा थियो । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू पनि थिए । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू सिंहका कुरा मान्दथे । तिनीहरूको एक-आपसमा राम्रो मिलाप थियो । महामन्त्री चलुर स्यालको चातर्ुय र कुशलताले गर्दा राजा सिंहको कुरा सबै जनावर मान्दथे । ऊ बुद्धिमान् भएको हुनाले बेला-बेलामा सिंह राजालाई समेत अर्ती-उपदेश दिन्थ्यो । ऊ कसैप्रति नराम्रो भाव राख्दैनथ्यो । ऊ चापलुसी चुक्ली कहिल्यै गर्दैनथ्यो । ऊ सबैको भलो हुने कुरा अनि काम गर्दथ्यो । त्यो जङ्गलमा मेलमिलाप शान्ति भएको हुनाले धेरै राम्रो कामहरू हुन्थे । त्यस जङ्गलका जनावरहरू पनि असाध्यै खुसी हुन्थे ।
दुर्भाग्यवश त्यो जङ्गलमा ठूलो बाढी आयो । अलिक होचो ठाउँ परेको हुनाले पानीले जङ्गल पूरै ढाकिदियो । ती जनावरहरू बस्ने ठाउँ कतै भएन । तिनीहरूको बिचल्ली भयो । तिनीहरूले चतुर स्यालको शरण लिन पुगे । चतुर स्यालले पनि आफ्नो बुद्धि खियायो ।
उसलाई रानीवनमा जनावरहरूको मिलाप छैन भन्ने कुरा थाहा भयो । त्यसैले ऊ सरासर रानीवनतिर गयो । रानीवनमा गएर धूर्त स्यालसँग मेलमिलाप गर्‍यो । अनि उसले स्याललाई लोभ देखायो ।
'राजा सिंह र अरू ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा बाढीले धेरै माछा ल्याएको छ भन्ने कुरा बताऊ न ।' चतुर स्यालले धूर्त स्याललाई भन्यो । धूर्त स्यालले पनि लालचमा परेर आफ्ना जङ्गलका ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा पठायो । त्यही मौका छोपेर चतुर स्यालले आफ्नो राजा सिंह र अरू सबै जनावरलाई रानीवनको जङ्गलमा ल्याएर राख्यो ।
धूर्त स्यालका राजा सिंह जब सिमसार जङ्गल पुग्यो तब मात्र थाहा पायो कि महामन्त्री स्यालले आफूलाई छलेको । एकछिनपछि त्यहाँ अरू सबै जनावरहरू आइपुगे । सबै जनावरहरूले आफूहरू ठगिएको थाहा पाए । आफूहरूमा राम्रो मेलमिलाप नभएको हुनाले धूर्त स्यालको कुराले फसाएको थाहा पाए । तर समय ढिलो भइसकेको थियो । तिनीहरूको त्यति राम्रो जङ्गलमा सिमसार जङ्गलका जनावरहरूले राज्य गरिसकेका थिए । अब उनीहरूलाई बस्ने ठाउँसम्म थिएन । पानी नै पानी भएको सिमसार जङ्गलमा तिनीहरूको बिजोक भयो । आफू-आफूबीचको फूट र झैझगडाले यो दिन देख्नुपरेको हुनाले उनीहरूले अब कहिल्यै झैझगडा नगर्ने वाचा गरे । अनि सिंह राजाले धूर्त स्यालको कपट कुराले यो गति भएकोले उसलाई सम्झाउने विचार गर्‍यो । सिंह राजाको यस कुरामा सबै जनावरले सहमति जनाए ।
धूर्त स्यालले चतुर स्यालको जङ्गलमा आश्रय पाउन सकेन । अनि ऊ आफ्नो राजा भएठाउँ आयो । त्यहाँ उसलाई सबैले भने- तिम्रै स्वार्थीपनले गर्दा आज हामीले यस्तो बिजोक सहनुपरेको छ ।'
सिंह राजाले पनि उसलाई सम्झायो-
'हेर, तिमीले गल्ती गर्‍यौ । हामीलाई झुक्याएर तिमीले आफूलाई समेत नोक्सान पुग्ने काम गर्‍यौ ।'
धूर्त स्यालले भन्यो- 'मैले त सिकारको लोभमा परेर पो यस्तो कुरा भनेको त !' तर उसले पनि यो दिन देख्नुपर्ला भन्ने कहाँ सोचेको थियो र ! स्यालले सबैको अगाडि माफी माग्यो-
'आइन्दा म कहिले पनि कपट, झूट र स्वार्थ राख्ने छैन ।'
जङ्गलका सबै जनावरहरूले उसलाई सुध्रने मौका दिए । उसले पनि अबदेखि चतुर स्यालले जस्तै आफ्ना राजा र अरू जनावरको लागि दिलोज्यान दिने प्रतिज्ञा गर्‍यो ।

दूधको पोखरी

एकादेशमा एकजना राजा थिए । उनका दुईजना छोरा थिए । राजाका ती दुई छोराहरू अलग-अलग विचार र स्वाभाव भएका थिए । राजाले मर्ने बेलामा ती दुई छोराहरूलाई आधाआधा राज्य बाँडिदिने निर्णय गरे । निर्णयअनुसार उनले आधा-आधा राज्य बाँडी पनि दिए । जेठो छोरा दयानन्द राजाको राज्यको नाम दयापुर रह्यो भने कान्छो छोरा उदयानन्द राजाको राज्यको नाम उदयपुर रह्यो । राज्य फरक भए पनि ती दुई राजाहरू एकआपसमा मेल-मिलाप र सर-सल्लाह गरिरहन्थे ।राजा दयानन्द र उदयानन्दको विचार र स्वभावमा फरक भएकाले उनीहरूले राज्य गर्ने कार्यशैली पनि फरक-फरक थियो । राजा दयानन्द जनतालाई छोराछोरी सरह माया गर्नुपर्छ, उनीहरूलाई स्वतन्त्रपूर्वक बाँच्न दिनुपर्छ भन्दथे । उनीहरूले चोरी डकैतीजस्तो अपराध गर्दा पनि सुध्रने मौका दिनुपर्छ भन्थे किनभने उनीहरूले बाध्यतावश र विवशतावश त्यो अपराध गरेको हुनसक्छ भन्ने विचार राख्दथे ।
राजा उदयानन्द दयानन्दको ठीक विपरीत सोचाइ राख्दथे । उनी जनतालाई डर र त्रासमा राख्नर्ुपर्छ । अनि मात्र जनताहरू स्वाभिमानी भई काम गर्ने गर्दछन् । चोरी डकैतीजस्तो अपराध गर्दा कडाभन्दा कडा सजाय दिइए मात्रै जनताले अपराध गर्दैन भन्ने सोचाइ राख्दथे ।
ती दुईको आ-आफ्नो सोचाइमा कहिलेकाहीँ विवाद चल्दथ्यो । दुवैजना आफ्नो विचार अनि कार्यशैली सही र महान् हो भनी घमण्ड गर्थे । एक दिन संयोगवश उनीहरू भएठाउँ एकजना नाम चलेका महषिर् आइपुगे । महषिर्लाई देखेर दुवैजनाले दण्डवत् गरी आ-आफ्नो विवादको छिनोफानो गरिदिने अनुरोध गरे ।
महषिर्ले दुवैको कुरा राम्ररी सुने । अनि दयानन्दको कुरालाई सही र महान् हो भनी महषिर्ले सुनाए । यो कुरा राजा उदयानन्दलाई ठीक लागेन । किनभने उनी आफ्नो विचारलाई नै सही र महान् मान्दथे । उनले महषिर्को कुरामा विरोध गनाए । उनले यो कुरा प्रमाणित गर्न महषिर्लाई दबाव दिए । महषिर्ले केही छिन विचार गरेर एउटा जुक्ति निकाले ।
उनले भने- 'तिमीहरू आ-आफ्ना कुरा कुन ठीक हो र कुन गलत हो भन्ने कुरा हर्ेन चाहन्छौ भने ल सुन, दुवैजनाले आ-आफ्ना देशमा पोखरी खनाउन लगाउनू । अनि पोखरी खनिसकेपछि एकै दिन उर्दी लगाउनू 'राजालाई दूधको पोखरी बनाउने चाहना छ, त्यसैले बेलुकाको आ-आफ्ना घरको दुहुनाको दूध ल्याएर पोखरीमा खन्याउनू' भनेर । अनि यति भनेपछि त्रि्रा जनताले साँच्चिकै दूध खन्याए भने त्रि्रो कुरा सही हुनेछ तर पानी खन्याए भने गलत हुनेछ ।" महषिर्ले यति कुरा बताएर तपस्या गर्न जङ्गलतिर प्रस्थान गरे ।
ती दुवै राजाले महषिर्ले भनेअनुसार पोखरी खन्न लगाए । पोखरी खनाइसकेपछि एकै दिन उर्दी लगाए- 'राजालाई दूधपोखरी हर्ेने इच्छा छ । सबैजनाले बेलुकाको दुहुनाको दूध पोखरीमा खन्याउनू ।' राजा उदयानन्दलाई पर्ूण्ा विश्वास थियो । आफ्ना जनताले पोखरीमा दूध नै खन्याउनेछन् भनेर । किनभने उनका जनता ऊसँग डराउँछन् भन्ने थियो । तर उनका जनता उनीसँग खुसी थिएनन् । त्यसैले जनताहरूले आ-आफ्ना छोराछोरीलाई खुवाउने दूध पोखरीमा खन्याउन रुचाएनन् । सबैले सोचे 'म एकजनाले दूध नहाले के भयो र अरूले दूध हालिहाल्छन् ।' सबैले यस्तो सोचेको हुनाले पोखरीमा दूध ल्याएर खन्याउने कोही भएनन् ।
राती सबैजनाले पानी खन्याए । भोलिपल्ट बिहान उज्यालो हुनेबित्तिकै राजाले पोखरी हर्ेन पठाए । पोखरी त दूध नभएर पानी भएको थियो । यो कुरा मन्त्रीले लगेर राजालाई सुनाए । राजा यो कुरा सुनेर रिसले मर्ुमुरिए । आफ्नो विचार र कार्यशैली ठीक भनेर घमण्ड गरेकामा बेठीक साबित भएको देखेर क्रोधित भए । उनले जनतालाई दण्ड दिने विचार गरे ।
उता दयानन्दको राज्यमा पनि पोखरी खनाएर उर्दी लगाइएको थियो । उनको राज्यको जनतामा राजाप्रति स्नेह र श्रद्धा भएको हुनाले सबैले इमान्दारितापूर्वक पोखरीमा दूध खन्याए । भोलिपल्ट राजाले मन्त्रीलाई पोखरी हर्ेन पठाए । पोखरी दूधको बनेको सुनेर राजा खुसी भए । आफ्ना जनताले आफ्नो इच्छा पूरा गरेर आफ्नो विचारलाई ठीक साबित गरिदिएकोमा खुसी भए । अनि उनले आफ्ना जनतालाई प्रशस्त गाईबस्तु बाँडिदिए । उनको राज्यमा सबै जनता खुसी भए ।
उता राजा उदयानन्दले जनतालाई सजायस्वरूप प्रत्येक घरको घरमूलीलाई पचास-पचास कोर्रा हान्ने फैसला सुनाए । फैसलाअनुसार कोर्रा हानियो पनि । राजाको यो कार्यबाट जनताहरू रिसाए अनि आक्रोशित बने । त्यस राज्यमा गृहयुद्ध चर्कियो । गृहयुद्धले जताततै अशान्ति छायो । बिस्तारै जनता एकत्रित भएर राजालाई नै त्यस देशबाट लखेटे । राजा उदयानन्द शरण माग्न राजा दयानन्दकहाँ पुगे । राजा दयानन्दले पनि भाइलाई सम्झाईबुझाई शरण दिए ।
उदयपुर राज्य गृहकलहले गर्दा कमजोर भएको हुनाले राजा दयानन्दले आक्रमण गरे । उनले सजिलै विजय हासिल गरे पनि ।
राजा दयानन्दले त्यो राज्य फेरि आफ्नै भाइलाई फर्काए । उनले अब राज्य गर्दा जनताको इच्छानुसार गर्नू भनी जनतालाई धेरै अधिकार दिएर राजा उदयानन्दलाई राज्य फर्काइदिए । राजा उदयानन्द पनि दाजुको जस्तै विचार र कायैशैली अपनाएर राज्य गर्न थाले ।

August 15, 2009

बूढाबूढी र हीरा

धेरै वर्षगाडिको कुरो हो, पूर्वाञ्चलको एउटा हिमाली क्षेत्रमा सामदुङ नाम गरेको एउटा गाउँ थियो । त्यस गाउँका मानिसहरू असल थिएनन् । त्यस गाउँमा कोही परदेशी घुम्दै आए भने उसको सामान खोसिदिने, उसलाई दुःख दिने गर्दथे । धनसम्पत्ति धेरै ल्याएका परदेशी भए खूब चाकर गरी बस्नलाई वास दिन्थे । अनि भोलिपल्ट उसका मालसामान खोसेर, चुटेर त्यहाँबाट धपाउँथे । यसरी त्यस गाउँका मानिसहरूको गुजारा चल्दथ्यो ।
एक दिनको कुरा हो । भगवान् शिवजी हिमाली प्रदेशको यात्राको क्रममा त्यहाँ आइपुग्नुभयो । यसो गाउँतिर हर्नुभयो, उहाँलाई त्यो गाउँ रमाइलो नै होला भन्ने लाग्यो । उहाँ गाउँभित्र पस्नुभयो । शिवजी जोगीको भेषमा आउनुभएको हुनाले सबै गाउँलेहरूले नियालेर हेर्न थाले । शिवजीले प्रत्येक घरमा वास बस्न माग्नुभयो तर कसैले पनि वास बस्न दिएनन् ।
शिवजीको साथमा धनसम्पत्ति नभएको हुनाले ती गाउँलेहरू टक्टकिन थाले । शिवजीले त्यस गाउँका चालचलन थाहा पाइहाल्नुभयो । शिवजी गाउँबाट बाहिर निस्कनुभयो । यसो डाँडामाथि आँखा लगाउनुभयो । त्यहाँ एउटा झुपडी घर थियो । शिवजीले त्यतैतिर पाइला बढाउनुभयो ।
त्यस झुपडीमा बूढा र बूढी बस्दथे । ती बूढा-बूढी गाउँदेखि अलग्ग छुट्टएर बसेका थिए । किनभने ती बूढा-बूढीलाई गाउँलेहरूको खराब बानी मन पर्दैनथ्यो । ती गाउँलेहरू पापी र अधर्मी थिए भने बूढा-बूढी धर्मात्मा र दयालु थिए । साँझ परिसकेको थियो ।
शिवजीले दैलामा आएर भन्नुभयो "यहाँ वास पाइन्छ कि -" बूढाले नम्र भएर भने- "पाइन्छ नि, बस्नोस् न ।" बूढीले पनि थपिन्-"हामीसँग खानेकुरा केही छैन । हामी साह्रै गरिब छौँ । खाने भए अलिकति ढिँडो दिन्छौँ ।"
"भो पर्दैन, मेरो नखाने व्रत छ । यहीँ ओछ्यान लगाएर सुत्छु ।" यति भनेर शिवजी ओछ्यानमा पल्टनुभयो ।
बिहान उज्यालो भयो । बूढाबूढीले यसो गाउँतिर आँखा लगाए । गाउँ जम्मै बगाएर लगेको थियो । त्यहाँ घरहरूको नामनिसाना थिएन । मानिसहरू ज्यान जोगाउन पाखातिर बसेका थिए । बूढा-बूढी छक्क परे । तिनीहरूले आत्तिएर शिवजीलाई उठाए । शिवजीले पनि तिनीहरू अचम्ममा परेको थाहा पाइहाल्नुभयो र भन्नुभयो-
ती गाउँलेहरू असाध्यै पापी थिए । तिनीहरूको पापको घडा भरिएको थियो । त्यसैले राती हिमताल फुटेर तिनीहरूको धन-सम्पत्ति बगाएर लग्यो तर तिमीहरू धर्मात्मा रहेछौ । त्यसैले तिमीहरूलाई केही भएन ।" परदेशीको कुरा सुनेर उनीहरूलाई त्यो परदेशी कुनै दिव्य पुरुष हुनुपर्छ भन्ने लाग्यो । उनीहरू डराए । उनीहरूले आफूले केही गल्ती गरेका छौँ भने माफ गरिदिनोस् भने । शिवजीले उनीहरूलाई "नडराऊ" भन्नुभयो । अनि उनीहरूको दुःख देखेर झोलाबाट हीराको टुक्रा झिकेर दिनुभयो र त्यहाँबाट बाटो लाग्नुभयो ।
गाउँ पनि जम्मै बगाएर लगेको हुनाले ती बूढा-बूढीले केही खानेकुरा पनि खान पाएनन् । यसरी भोकभोकै मर्नुभन्दा हीरा बेच्ने अनि बसाइ पनि र्सर्ने उनीहरूले विचार गरे । हीरा बोकेर बूढाबूढी कोसी नदीको किनारैकिनार तर्राई र्झन थाले । बाटामा रात परेको हुनाले एउटा पाटीमा वास बसे । त्यस पाटीमा अरू बटुवाहरू पनि थिए । बूढाबूढीले कनिकाको खोले पकाई खाए । सुत्ने बेलामा बूढीले बूढालाई "हीरा कहाँ राखेका छौ -" भनी सोधिन् । बूढाले पनि ँपोकोमा राखेको छुँ भने । ती बूढाबूढी सोझा थिए । अरूले चोरिदेलान् भन्ने उनीहरूलाई लागेन । नजिकै बसेको एउटा छट्टू वाले यो कुरा सुनिरहेको थियो । उसले राती नै हीरा चोरिदियो । बूढाबूढीले बिहान उठेर पोको खोलेर हेरे । त्यहाँ हीरा नदेख्ता उनीहरूको होसहवास नै उड्यो । त्यसपछि कसले हीरा चोर्‍यो भनी हल्लाखल्ला गर्न थाले । सबै बटुवाले आफूले चोरेको छैन भनी पोको खोलेर देखाए । त्यो छट्टु बटुवाले चाहिँ आफूलाई चोरको बात लाग्ला भनी अघि चोरेको हीरा नदीतिर फ्याँकिदियो ।
हीरा नभटेपछि बूढाबूढी साह्रै दुःखी भए । लाखौँ रुपियाँको हीरा हराएपछि उनीहरू भोक न प्यास भएर त्यही पाटीमा बस्न थाले । त्यहाँ नजिकै एउटा गाउँ थियो । त्यस गाउँका मानिसहरू माछा मारेर जीविका चलाउँथे । बूढाबूढीले पनि त्यसै गर्ने विचार गरे । बूढा दिनभरि माछा मारेर ल्याउँथे । बूढी त्यो माछा सिकुटी बनाई बेच्दथी । यसरी उनीहरूको गुजारा हुनथाल्यो ।
एक दिन बूढाको जालमा अनौठो माछो पर्‍यो । त्यो माछो असाध्यै ठूलो थियो । बूढाले त्यो माछो घरमा ल्याए । त्यो माछाभित्र के रहेछ भनेर बूढाबूढीले चिरेर हेरे । त्यो माछाभित्र बूढाबूढीले आफ्नै हराएको हीरा भेट्टाए ।
हराएको हीरा भटेपछि बूढाबूढी दङदास परे । उनीहरूले आफ्ना दुःखका दिनहरू अब चाँडै सकिने कल्पना गर्न थाले । त्यसै समयमा त्यहाँ एउटा ठूलो व्यापारी आइपुग्यो । बूढाबूढीले पनि आफ्नो हराएको हीरा पुःन भेटिएको कथा त्यो व्यापारीलाई सुनाए । त्यो व्यापारी असाध्यै धनी थियो र दयालु पनि थियो । उसले त्यो हीरा किनिदियो र बूढाबूढीलाई प्रशस्त धनसम्पत्ति दियो । त्यो धनसम्पत्तिले बूढाबूढीले आफूलाई खान पुग्नेजति जग्गाजमिन किने । बाँकी रहेको सम्पत्तिले पाटी-पौवाहरू बनाइदिएर धर्म कमाए ।

July 24, 2009

चतुर स्यालको बुद्धि

एकादेशमा धूर्त नाम गरेको स्याल थियो । त्यो स्याल रानीवनको जङ्गलमा बस्थ्यो । त्यहाँ सिंह, हात्ती, बाघ, भालु बस्दथे । त्यो जङ्गलको राजा सिंह थियो भने महामन्त्री त्यही धूर्त स्याल थियो । महामन्त्री धूर्त स्यालको कपट र स्वार्थले सिंह राजा नाममात्रको राजा थियो । मौका परेको बेला जङ्गलका अरू जनावरहरू पनि र्सर्वेर्सवा हुन खोज्थे । धूर्त स्याल बाघ, भालु र हात्तीमा एकआपसमा कुरा लगाएर झगडा गराउँथ्यो । ऊ मौका हेरी चापलुसी र चुक्ली लगाउँदथ्यो । ऊ आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्दथ्यो । यसैले गर्दा राजा सिंह कमजोर हु“दै गएको थियो । बाघ, भालु, हात्ती राजा सिंहको कुरा मान्न तयार हु“दैनथे । उनीहरूको जङ्गल राम्रो थियो । तर एक-आपसको फुट र झैझगडाले गर्दा जङ्गलको अझ विकास गर्न सकेका थिएनन् ।
यसै जङ्गलको अलिक तल सिमसार नाम गरेको जङ्गल थियो । त्यहाँ चतुर नाम गरेको स्याल महामन्त्री थियो । त्यो जङ्गलमा पनि सिंह राजा थियो । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू पनि थिए । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू सिंहका कुरा मान्दथे । तिनीहरूको एक-आपसमा राम्रो मिलाप थियो । महामन्त्री चलुर स्यालको चातर्ुय र कुशलताले गर्दा राजा सिंहको कुरा सबै जनावर मान्दथे । ऊ बुद्धिमान् भएको हुनाले बेला-बेलामा सिंह राजालाई समेत अर्ती-उपदेश दिन्थ्यो । ऊ कसैप्रति नराम्रो भाव राख्दैनथ्यो । ऊ चापलुसी चुक्ली कहिल्यै गर्दैनथ्यो । ऊ सबैको भलो हुने कुरा अनि काम गर्दथ्यो । त्यो जङ्गलमा मेलमिलाप शान्ति भएको हुनाले धेरै राम्रो कामहरू हुन्थे । त्यस जङ्गलका जनावरहरू पनि असाध्यै खुसी हुन्थे ।
दर्ुभाग्यवश त्यो जङ्गलमा ठूलो बाढी आयो । अलिक होचो ठाउँ परेको हुनाले पानीले जङ्गल पूरै ढाकिदियो । ती जनावरहरू बस्ने ठाउँ कतै भएन । तिनीहरूको बिचल्ली भयो । तिनीहरूले चतुर स्यालको शरण लिन पुगे । चतुर स्यालले पनि आफ्नो बुद्धि खियायो ।
उसलाई रानीवनमा जनावरहरूको मिलाप छैन भन्ने कुरा थाहा भयो । त्यसैले ऊ सरासर रानीवनतिर गयो । रानीवनमा गएर धूर्त स्यालसँग मेलमिलाप गर्‍यो । अनि उसले स्याललाई लोभ देखायो ।
'राजा सिंह र अरू ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा बाढीले धेरै माछा ल्याएको छ भन्ने कुरा बताऊ न ।' चतुर स्यालले धूर्त स्याललाई भन्यो । धूर्त स्यालले पनि लालचमा परेर आफ्ना जङ्गलका ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा पठायो । त्यही मौका छोपेर चतुर स्यालले आफ्नो राजा सिंह र अरू सबै जनावरलाई रानीवनको जङ्गलमा ल्याएर राख्यो ।
धूर्त स्यालका राजा सिंह जब सिमसार जङ्गल पुग्यो तब मात्र थाहा पायो कि महामन्त्री स्यालले आफूलाई छलेको । एकछिनपछि त्यहाँ अरू सबै जनावरहरू आइपुगे । सबै जनावरहरूले आफूहरू ठगिएको थाहा पाए । आफूहरूमा राम्रो मेलमिलाप नभएको हुनाले धूर्त स्यालको कुराले फसाएको थाहा पाए । तर समय ढिलो भइसकेको थियो । तिनीहरूको त्यति राम्रो जङ्गलमा सिमसार जङ्गलका जनावरहरूले राज्य गरिसकेका थिए । अब उनीहरूलाई बस्ने ठाउँसम्म थिएन । पानी नै पानी भएको सिमसार जङ्गलमा तिनीहरूको बिजोक भयो । आफू-आफूबीचको फूट र झैझगडाले यो दिन देख्नुपरेको हुनाले उनीहरूले अब कहिल्यै झैझगडा नगर्ने वाचा गरे । अनि सिंह राजाले धूर्त स्यालको कपट कुराले यो गति भएकोले उसलाई सम्झाउने विचार गर्‍यो । सिंह राजाको यस कुरामा सबै जनावरले सहमति जनाए ।
धूर्त स्यालले चतुर स्यालको जङ्गलमा आश्रय पाउन सकेन । अनि ऊ आफ्नो राजा भएठाउँ आयो । त्यहाँ उसलाई सबैले भने- तिम्रै स्वार्थीपनले गर्दा आज हामीले यस्तो बिजोक सहनुपरेको छ ।'
सिंह राजाले पनि उसलाई सम्झायो-
'हेर, तिमीले गल्ती गर्‍यौ । हामीलाई झुक्याएर तिमीले आफूलाई समेत नोक्सान पुग्ने काम गर्‍यौ ।'
धूर्त स्यालले भन्यो- 'मैले त सिकारको लोभमा परेर पो यस्तो कुरा भनेको त !' तर उसले पनि यो दिन देख्नुपर्ला भन्ने कहाँ सोचेको थियो र ! स्यालले सबैको अगाडि माफी माग्यो-
'आइन्दा म कहिले पनि कपट, झूट र स्वार्थ राख्ने छैनँ ।'
जङ्गलका सबै जनावरहरूले उसलाई सुध्रने मौका दिए । उसले पनि अबदेखि चतुर स्यालले जस्तै आफ्ना राजा र अरू जनावरको लागि दिलोज्यान दिने प्रतिज्ञा गर्‍यो ।

बैगुनीलाई गुनले मार्नु

धरानको पूर्व दिशामा सेउतीखोलापारि एउटा रमाइलो गाउँ छ । त्यो गाउँको नाम पानमारा हो । त्यो गाउँ रमाइलो हुनाको साथै त्यहाँको जमिन मलिलो हुनाले प्रशस्त अन्नबाली पनि हुन्छ । धेरै समयअघिको कुरा हो, त्यहाँ कर्णबहादुर नाम गरेको किसान बस्दथ्यो । ऊ अत्यन्त मेहनती र इमान्दार थियो । उसको एउटा काली भैसी थिई । भैसी दूध प्रशस्त दिन्थी । भैसी गुनी पनि थिई । कर्णबहादुर त्यो दूध लिएर धरान बजारमा बेच्न जान्थ्यो । ऊ दूधसँगसँगै सागसब्जी पनि बेच्न लैजान्थ्यो । उसको सानो कोठेबारीमा सागसब्जी पनि प्रशस्त हुन्थ्यो । उसकी स्वास्नी पनि असाध्यै जाँगरिली र फुर्तिली थिई ।
उनीहरूको एउटा छोरो थियो । छोराको नाम साने थियो । साने पढ्नमा तेज थियो । सानेसँगै त्यो गाउको जमिन्दारको छोरो पनि पढ्थ्यो । साने विद्यालयमा सधैँ प्रथम हुन्थ्यो । आफ्नो छोरो दोस्रो हुने, सानेचाहिँ प्रथम हुने भएकाले जमिन्दारलाई सानेसँग रिस उठ्थ्यो । ऊ आफूमात्र धनी हूँ, आफूमात्र प्रथम हँु र आफ्नो छोरामात्र राम्रो होस् भन्ने चाहन्थ्यो । त्यसैले ऊ कर्णबहादुरको सुखी जीवन देखेर इष्र्या गर्दथ्यो । कर्णबहादुरको भैसी गाउँभरिमा दुधालु र गुनीमा गनिन्थ्यो । कर्णबहादुरको अलिकति खेत पनि थियो । खेतबाट ऊ धान र गहुँ प्राप्त गर्दथ्यो । खेतमा कुलो लगाउने विषयमा कर्णबहादुरको जमिन्दारसँग झगडा परिरहन्थ्यो ।
जमिन्दार कर्णबहादुरको उन्नति देखिसहदैनथ्यो । कर्णबहादुरले खान पाएन भने भैसी मकहाँ बेच्न ल्याउनेछ भनेर ऊ सोच्दथ्यो । ऊ गाउँका सबैजना उसकहाँ बिलौना र दुःख पोख्न आइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो । धेरैजसो गाउँलेहरू जमिन्दारलाई जीहजुरी गर्दथे । त्यसैले जमिन्दारमा घमन्ड बढेको थियो । तर कर्णबहादुर यो सब गर्न चाहँदैनथ्यो । ऊ परिश्रम गरेर इमान्दारीका साथ बाच्न चाहन्थ्यो । गाउँलेहरूका बीच ऊ इमानी र भलादमीमा गनिन्थ्यो ।
कर्णबहादुर जमिन्दारका कतिपय कामहरूको विरोध पनि गर्दथ्यो । जसले गर्दा उनीहरूमा शत्रुता बढ्दै गएको थियो । एक दिन कर्णबहादुरको धान काटेर थुपारेको कुन्युँमा जमिन्दारको नोकरले आगो लगाइदियो । हर्ेदाहेर्दै कर्णबहादुरको धान डढेर सब स्वाहा भयो । कर्णबहादुरले थाहा पाएर पनि केही भन्न सकेन । त्यसपछि उसले अप्ठ्यारा दिनहरू देख्नुपर्‍यो । जस्तोसुकै अप्ठ्यारा दिनहरू देख्न परे पनि ऊ जमिन्दारको अगाडि झुकेन । उसले आफ्नो पेसाबाट दुःख टार्दै लग्यो ।
कर्णबहादुर धरानबजार आउँदा सेरा खोल्सो र सेउतीखोला तरेर आउनर्ुपर्दथ्यो । वषर्ा याममा ती खोलाहरूमा बाढी आएको हुन्थ्यो । तर्नलाई असाध्यै गाह्रो हुन्थ्यो । फेरि जङ्गलमा चोरको पनि बिगबिगी हुन्थ्यो । र्फकदा बाटामा जहिले पनि बटुवाहरू पर्खेर एक हुल भएर जानुपथ्र्यो । एक्लैदुक्लै देख्यो भने चोरहरू पछि लागिहाल्थे । अनि बाटामा छुरी भाला देखाएर लुट्दथे ।
एक दिन जमिन्दार बजारमा सरसामान बेचेर केही नगद लिएर घर र्फकदै थियो । उसको साथमा रहेको उसको नोकरको चोरसँग साँठगाँठ थियो । यो कुरा कर्णबहादुरलाई थाहा थियो । बाटामा उसले चोरले जमिन्दारलाई मार्नलाई छुरी लिएर पीछा गरेको थाहा पायो । उसले यो कुरा जमिन्दारलाई सुनायो । तर जमिन्दारले उल्टै कर्णबहादुर माथि शङ्का गर्‍यो र दोष लगायो । नभन्दै जमिन्दारको जङ्गलमा जाँदाजाँदै चोरसँग जम्काभेट भयो । कर्णबहादुरले चोरलाई भाटाले हिर्काएर धपायो । यति गर्दा पनि जमिन्दारले कर्णबहादुरलाई धन्यवाद दिएन । उल्टै यो सब उसैको काम हो भन्ने ठान्यो । कर्णबहादुर आफूले जमिन्दारको ज्यान र धन दुवै बचाइदिएकामा प्रसन्न थियो ।
समय बित्दै गयो । एक दिन जमिन्दारको घरमा डाँका लाग्यो । जमिन्दारले खेत बेचेर पैसा घरैमा राखेको थियो । यो कुराको सुइँको उसको नोकरले पाएको थियो । त्यो नोकरले डाँकासँग मिलेमतो गरेर जमिन्दारको घरमा डकैती गराएको थियो । डाँकाले जमिन्दारको धेरै धनसम्पत्ति लग्यो । घरमा रहेको गरगहना, नगद र अन्य सामान डाँकाले लगेपछि जमिन्दार पागलजस्तो भयो । बिस्तारै ऊ बिरामी पर्दै गयो । बिमारी भएर ऊ उठ्नै नसक्ने स्थितिमा पुग्यो ।
यो देखेर कर्णबहादुरलाई माया लागेर आयो । उसले जमिन्दारलाई पहिला नै खबरदारी गराउन चाहन्थ्यो । तर जमिन्दार उसको कुरा सुन्न तयार थिएन । अब समय ढिलो भइसकेको थियो । तर पनि कर्णबहादुरले हरेस खाएन । बैगुनीलाई गनले मार्नुपर्छ भन्ने सोचेर ऊ जमिन्दारको घरमा गएर सबै कुरा बुझ्यो । जमिन्दारकहाँ बसेको नोकर केटाले छोडेर हिँडेछ । त्यो केटालाई कर्णबहादुर धरान बजारमा देख्ने गर्दथ्यो । पक्कै पनि त्यो केटोमार्फ जमिन्दारको धनसम्पत्ति पत्ता लाग्छ भन्ने सोचेर कर्णबहादुरले त्यो केटालाई प्रहरी लगाएर समात्यो । प्रहरीले समाएपछि त्यो केटाले साथीहरू मिलेर जमिन्दारकहाँ डाँका गरेको कुरा सकार्‍यो । त्यसपछि कर्णबहादुरले आफैँ गएर ती डाँका गर्नेहरूलाई समातेर पैसा असुल गरायो ।
त्यसपछि कर्णबहादुरले जमिन्दारको औषधि-उपचार पनि गरायो । आफ्नो धनसम्पत्ति वापस पाएपछि जमिन्दारको बिमार निको हुँदै गयो । जमिन्दार जाती भएपछि उसले कर्णबहादुरलाई धेरै-धेरै धन्यवाद थियो । त्यसपछि उसले कर्णबहादुरलाई आफ्नो परम मित्र ठान्यो । उसले आफ्नो जमिन्दारी हैकम पनि त्याग्यो । उसले अरूलाई पनि आफूसरह ठान्ने अनि अरूलाई खुसीसाथ बाँच्ने अधिकारको उपभोग गर्न दिने भयो ।
उसले आफ्नो छोरासँगै कर्णबहादुरको छोरालाई पनि काठमाडौँ लगेर पढायो । उसले सबै खर्च बेहोर्‍यो । उनीहरूका छोराहरू पनि असल मित्र बनेर बाबुहरूको मित्रताको गाँठो अझ बलियो बनाए ।

July 2, 2009

नङ टोक्ने केटी

एउटा राम्रो र शानदार घर थियो । त्यस घरमा परम्परागत सरसामानदेखि लिएर आधुनिक समयमका सरसामानहरू थिए । त्यस घरमा ढिकी जाँतोदेखि टिभी, भिसिडी, भिडियो गेम, कम्प्युटर सबै थिए । सबै सामानहरू आ-आफ्ना ठाउँमा मिलाएर राखिएका हुन्थे । ती सामान सफासुग्घर पनि हुन्थे । आउनेजाने मान्छेहरू त्यो घरको चाँजोपाँजो र सरसफाई देखेर प्रसन्न हुन्थे । त्यस घरका दुई घरमुली बूढाबूढी सरकारी कार्यालयमा काम गर्दथे । उनीहरूको जागिरबाट धेरे तलब नआए पनि घरमा सबै सामानहरू भरिपूर्ण थिए । त्यो देखेर अरू मानिसहरू त्यस घरको प्रशंसा नगरी बस्न सक्दैनथे । त्यस घरमा एउटा रहस्यमय कुरा यो थियो कि राती सधै त्यहाँ देवीमाता आउने गर्दथिन् । ती घरका बूढाबूढी भद्र इमान्दार, मिहिनेती भएका हुनाले देवी माताले राति सबै सामान मिलाई दिएर खानेकुरा भरिपूर्ण गरेर जाने गर्दथिन् । यो कुरा कसैलाई थाहा थिएन । भन्नेहरू चाहिँ भन्ने गर्दथे कि साँच्चै भगवान्ले सबै पुर्‍याइदिएका होलान् ।
त्यस घरमुलीकी एउटी असाध्यै राम्री र ज्ञानी छोरी थिइन् । तर तिनको नङ टोक्ने नराम्रो बानी थियो । उनी सात-आठ वर्षी थिइन् । उनको भर्खरै नङ टोक्ने बानी बसेको थियो । उनको नङ टोक्ने आदतले उनको आमाबुबा र गुरुगुरुमाहरू पनि दिक्क हुनुहुथ्यो । कतिभन्दा पनि उनले नङ टोक्न छाडेकी थिइनन् । झन उनको बानी बढ्दै गएको थियो । स्कुलमा फुर्सद हुने वित्तिकै आफै उनको नङ मुखमा पुगिहाल्थ्यो । झन गुरुगुरुमाले उनको कुनै गल्ती देखाएर गाली गर्नुभयो भने त झन् टोकेको टोक्यै गर्दथिन् । घरमा पनि टिभी हेरेको बेला नङ टोकिहाल्दथिन् । आज मिसले उनलाई गल्ती नगरिकन नै पिटेको हुनाले झन नङ टोक्न मन लाग्यो । यसरी चित्त दुखेको बेला उनी झन् नङ् टोक्ने गर्दथिन् । उनी टिभी हेरेको बेला पनि झन् धेरै नङ् टोक्ने गर्दथिन् । अहिले पनि उनी टिभी हेरिरहेकी थिइन् । टिभीमा टम एण्ड जेरीको कार्टुन दिइरहेको थियो । उनलाई आफू पनि जेरीजस्तै भएर टम भएकी मिसलाई झुक्याउन पाए हुने जस्तो लाग्यो । यस्तो बेलामा त उनलाई झन् बढी नङ टोक्न मन लाग्दथ्यो । त्यहीँ समयमा उनकी आमा आउनुभयो र कराउनुभयो- "कस्तो नङ मात्र टोकेकी ! यसको बानी कहिल्यै हराउने भएन ।" त्यसपछि उनी झसङग भइन् ।
वास्तवमा उनले नङ त टोक्न नहुने नि । केहीदिन उनले नङ टोकिनन् । फेरि उनको हात मुखमा गईहाल्थ्यो । उनले नङ टोक्ता कतिपय पेटमा पुग्दथ्यो भने कतिपय थुक्दा कोठाभरि हुन्थ्यो ।
केहि दिनपछि उनी विमारी भइन् । विमारी भएर उनी ओछ्यानमा परिन् । विमारी भएर ओछ्यानमा सुत्दा पनि उनी नङ टोकिरहन्थिन् । उनले टोकेर फ्याकेका नङहरू कोठाभरि हुन्थे । राती उनी मस्त निदाएकी थिइन् ।
उनी निन्द्रामा थिइन् । निन्द्रामा ओछ्यानका वरिपरि टोकेका नङहरू उफ्रीउफ्रीझगडा गर्दै थिए । पेटभित्रका नङ पनि बाहिरसम्म सुनिने गरी बाझिरहेका थिए । उनलाई अचम्म लाग्यो । उनले ती स-साना बाझिरहेका नङलाई भनिन् - "तिमेरू किन बाझेका हँ । तिनीहरूले एकै स्वरमा भने हामीहरू यो घरमा राज्य गर्न सैनिक अध्भास गर्दैछौं ।
उनी छक्क परिन् अनि भनिन्- "ओहो ! तिमेरूले राज्य गर्‍यौ भने के हुन्छ हँ -"
उनीहरूमध्ये एकले भन्यो - "हामीले राज्य गर्‍यौं भने घरको खानेकुरा हामी राति नै सबै खाईदिन्छौं अनि तिमेरु भोकै हुन्छौं ।"
उनले पेटभित्रको नङलाई पनि सोधिन्
उनीहरूले पेटको आन्द्राभुँडी नै खाइदिन्छौ भने । यो सुनेर उनी चिन्तित् भइन् । खानेकुरासम्म खाइदिँदा त किनेर फेरि ल्याऔला तर पेटको आन्द्राभुँडी नै खाइदिँदा कसरी बाँच्ने - उनलाई पिर लागेर आयो ।
उनी चिन्तित् भइन् त्यही समयमा सधैँ राती आउने माता आइन र उनलाई अब यसरी नङ नखानू भनेर सम्झाइन् । यसरी नङहरूले राज्य गरे भने उनी पनि त्यस घरमा आउन नसक्ने रहस्य बताइन् । अहिलेसम्म उनले नै राति आएर त्यस घरको सफासुग्घर चाँजोपाँजो मिलाइदिएको रहस्य पनि बताइन् । उनलाई देवीमाताले भनेका सबै कुरा साँचो लाग्यो । उनले अब नङ नटोक्ने संकल्प गरिन् ।
उनी कतिखेर निदाइन् , उनले पत्तै पाइनन् । बिहान उज्यालो हुँदा उनले बेलुका देखिएका सैनिक नङहरू देखिनन् । मसिना नङहरूचाहिँ ओछ्यान वरिपरि छरिएका देखिन् । उनले आमालाई डाकिन् र भनिन् - " आमा, यी छरिएका सबै नङ बढालेर म फ्याक्छु । अबदेखि म कहिल्यै नङ टोक्दिन हैं आमा" उनको कुरा सुनेर आमा खुशी हुनुभयो ।

सुरिया र भकुल्ले

भकुल्ले सानो कुकुर थियो । ऊ भुकलुक्क परेको थियो । ऊ कालो र सेतो, टाटेपाङ्ग्रे थियो । उसकी आमा ऊ सानै हुँदा मरेकी थिइन् । त्यसैले उसकी मालिक्नीले उसलाई सानैदेखि राम्रो हेरचाह गरेर हुर्काइन । उनकी मालिक्नी उसलाई खूब माया गर्दथिन् । ऊ घरभित्र र बाहिर गर्ने गर्दथ्यो । उसलाई जता जान पनि छुट थियो । ऊ कहिले सोफामा बस्दथ्यो । कहिले खाना खाने मेचमा बस्दथ्यो । मालिक्नी उसलाई असाध्यै माया गर्दथिन् । उसलाई दूध र भात खान दिन्थिन् । कहिलेकाहीँ आफूसँगै बजार पनि लिएर जाने गर्दथिन् । मालिक्नीको माया पाएर भकुल्ले पनि हलक्क बढेको थियो । ऊ खुसी भएर नाचिरहन्थ्यो । तर उसको खेल्ने साथी भने कोही थिएन ।
एकदिन भकुल्लेकी मालिक्नीले बिरालो किनेर ल्याइन् । घरमा मुसाको बिगबिगी बढेको देखेर उनले बिरालो किनेर ल्याएकी थिइन् । उनले बिरालोको नाम सुरिया राखिन् ।
सुरिया दयालु स्वभावकी थिइन् । उनी मुसा मार्दिनथिन् । बरु मुसाहरूलाई खराब काम नगर्नू भनेर सम्झाउँथिन् । मुसाहरू पनि सुरियाले भनेको मानेर खराब काम गर्दैनथे । तर उनीहरूको सङ्ख्या भने बढ्दै गएको थियो । सुरियाले मुसा नमारेको देखेर मालिक्नीलाई रिस उठ्ने गर्दथ्यो । त्यसैले उनले सुरियालाई खानेकुरा खान दिन छोडिन् । सुरिया भोकभोकै हुन थालिन् । सुरियाले खान नपाउँदा पनि मुसा मार्ने काम गरिनन् ।
उनी मालिक्नीले भकुल्लेलाई माया गरेको देखेर टुलुटुलु हेर्दिथिन । भकुल्ले पनि सुरियालाई मन पराउदैनथ्यो । ऊ सुरियालाई देख्नेबित्तिकै लखेटदथ्यो । सुरियालाई यो कुरा मन परेको थिएन । उनी कसरी भकुल्ले र मालिक्नीको माया पाउन सकिन्छ भन्ने कुरा सोच्न थालिन् ।
एकदिन भकुल्ले सोफामा बसेको थियो । ऊ मालिक्नीको स्वीटर बुन्ने धागो खेलाउन थाल्यो । ऊ बिस्तारै त्यो धागो भुइमा राखेर खुट्टाले खेेेेलाउन थाल्यो । खेलाउँदाखेलाउँदै त्यो धागो धेरै परसम्म पुग्यो । धेरै पर पुगेपछि धागोको डल्लो हरायो । डल्लाको धागो सकिएर डल्ला हराएको थियो । यो कुरा भकुल्लेले थाहा पाउन सकेन । ऊ त डल्ला हरायो भनी खोज्न थाल्यो । मालिक्नीले डल्ला हरायो भनेर गाली गर्छिन भनेर ऊ रुन थाल्यो ।
सुरिया पनि त्यही आइपुगिन् । उनले भकुल्ले रोएको सुनिन् । भकुल्ले रोएको देखेर उनलाई माया लाग्यो । उनले भकुल्लेलाई सोधिन् - "भकुल्ले के भयो - किन रोएको - "
भकुल्लेले नरम भएर भन्यो - "मैले मालिक्नीको धागोको डल्ला हराइदिए त्यसैले रोएको । "
सुरियाले कुरा बुझी हालिन् - "उनी चलाख थिइन् । "
उनले भकुल्लेलाई आफ्नो बशमा पार्ने राम्रो मौका पाएकी थिइन् । उनले भनिन्- " हेर भकुल्ले, मसँग एउटा जादु छ । म तेरो डल्ल्ाा भेटाइदिन्छु । तर तैले मलाई सहयोग गर्नुपर्छ । "
भकुल्लेले भन्यो - "के सहयोग गर्नुपर्छ - भन न । "
"हेर , तेरो धागो म भेटाइदिन्छु । त्यसको बदलामा तैले मलाई तेरो दूध र भात खानदिनु पर्छ ।"- सुरियाले भनिन् । भकुल्लेले अरू उपाय देखेन अनि 'हुन्छ' भन्यो । सुरियाले भनिन् - "त्यसो भए त सोफाको पछाडि गएर बस म तेरो धागो भेटाइदिन्छु । "
भकुल्ले सोफा पछाडि गएर बस्यो । सुरियाले सबै धागो भेला पारेर डल्ला बनाइ दिइन् । एकछिन पछि भकुल्लेलाई सुरियाले बोलाएर त्यो धागोको डल्ला दिइन् । भकुल्ले छक्क पर्‍यो । उसलाई सुरियासँग साँच्चै जादु हुनर्ुपर्छ भन्ने लाग्यो । त्यसपछि भकुल्लेले सुरियालाई माया गर्न थाल्यो ।
भकुल्ले र सुरिया साथीसाथी भएका थिए । उनीहरूसँगै खाने , सँगै खेल्ने गर्दथे । भकुल्ले मालिक्नीको आँखा छलेर सुरियालाई आफ्नो दूध, भात खान छोडिदिन्थ्यो । किनभने उनीहरूकी मालिक्नी सुरियालाई दूध भात खान दिएको मन पराउँदिन थिइन् । उनी सुरिया बिरालो भएर पनि मुसा नमारेको देखेर रिसाउने गर्दथिन् । सुरिया मुसाहरूलाई सम्झाउने गर्दथिन् । यदि नमानेको खण्डमा झपार्ने गर्दथिन् । मुसाहरू पनि सुरियासँग डराउने गर्दथे । त्यसैले उनीहरू खराब काम गर्दैनथे ।
एकदिन राति भकुल्ले घरको रखवाली गर्दै थियो । त्यसैसमयमा आकाशबाट तारा खस्यो । भकुल्लेलार्इं आकाशबाट खसेको तारा टिप्न मन लाग्यो । ऊ दौडदै चौरमा गयो । ऊ खसेको तारा टिप्न चाहन्थ्यो ।
उसले चौरमा तारा खोज्यो । तर तारा भेटिएन । त्यसै समयमा सुरिया त्यहाँ आइपुगिन् । उनले भकुल्लेलाई सोधिन् - "के खोजेको हँ -"
भकुल्लेले भन्यो - "आकाशबाट तारा खसेको छ त्यही खोजेको ।"
सुरियाले भनिन् - "त्यसरी खसेको तारा कहाँ भेटिन्छ । हिँड , पोखरीमा म धेरै तारा खसेको देखाइदिन्छु ।"
भकुल्ले सुरियाको पछिपछि पोखरीतिर गयो । साँच्चै त्यहाँ त धेरै ताराहरू थिए । उसले कहिले यत्तिका तारा देखेको थिएन । ऊ छक्क पर्‍यो ।
उसले सुरियालाई भन्यो - "सुरिया म यो सबै तारा टिप्न चाहन्छु । "
सुरियाले भनिन् - "यो जादुबाट देखिने तारा हो यो टिप्न सक्दैनौ । त्यो तारा अहिले मात्र देखिन्छ । भोलि बिहान आफ्नै घर जान्छन् । भकुल्लेले सुरियाको कुरा पत्यायो ।"
भोलिपल्ट ऊ फेरि पोखरीमा गयो । ताराहरू बटुलेर ऊ राम्रो लुगा सिउन चाहन्थ्यो । त्यो लुगा लगाएर ऊ राम्रो देखिन चाहन्थ्यो । तर त्यहाँ ताराहरू एउटा पनि थिएनन् । ऊ सुरियालाई माया मात्र हैन आदर पनि गर्नर् थाल्थ्यो । भकुल्लेले आफूलाई माया गरेको देखेर सुरिया पनि औधी रमाएकी थिइन् । तर उनले मालिक्नीको माया पाउन सकेकी थिइनन् । त्यसैले अब कसरी मालिक्नीको माया पाउन सकिन्छ भनेर सोच्न थालिन् ।
सुरिया मालिक्नीको मन जित्ने उपाय सोचिरहेकी थिइन् । उनी प्राय यसैकुरामा लागिरहन्थिन । मालिक्नीलाई कुनै राम्रो काम गरेर मन जित्न पाए हुन्थ्यो भन्ने सोच्दथिन् ।
एकपल्ट राति ठूलो पानी पर्‍यो । मालिक्नी र भकुल्ले ओछ्यानमा निदाइरहेका थिए । मालिक्नीले झ्याल नलगाएकी हुनाले झ्यालबाट पानी सबै भित्र छिर्‍यो । त्यसैबेला सुरियाले थाहा पाइन् । उनी जोडजोडले कराउन थालिन् । उनी कराएको सुनेर मालिक्नी उठिन् । उनी हतारहतार गरेर झ्याल लगाउन थालिन् ।
सुरिया नकराएको भए उनको महङ्गो गलैचा सबै भिज्न सक्दथ्यो । उनी सुरियाले राम्रो काम गरेको देखेर खुसी भइन् । त्यसपछि उनी सुरियालाई पनि माया गर्न थालिन् । मुसाहरूले पनि खराब काम नगरेको हुनाले मालिक्नी सुरियासँग खुसी हुन थालिन् । अब घरमा पाहुनाहरू आएको बेला भन्ने गर्न थाले कसरी कुकुर र बिरालो मिलेर बसेका होलान् । साँच्चै भकुल्ले र सुरिया मिलेर बस्न थाले । मालिक्नी पनि उनीहरू दुवैलाई उत्तिकै माया गर्न थालिन् ।

June 12, 2009

शिवाको कथा

म शिवा टायर हुँ । मलाई गाडीको पाङ्गा पनि भन्छन् नि ! मालिकले मलाई गाडीको खट्टामा जोडिदिएका हुन्छन् । म गाडीलाई सजिलै कुद्नमा मद्धत गर्दछु । म बिना गाडीलाई दौड्न गार्‍हो हुन्छ । तिमीहरुले सडकमा मेरो धेरै साथी गुडिरहेका देखेका हौला होइन - उनीहरु पनि गाडीलाई सडकमा दौड्न मद्धत गर्दछन् ।
अहिले म बूढौ भइसकेको छु । पहिला म कति हृष्टपुष्ट र बलियो थिएँ । म आँटिलो पनि थिए । म पहाडको अग्लोभन्दा अग्लो डाडामा सजिलै कुद्न सक्थें । खोलाको पानीभित्र पनि कुद्न सक्थें । चिसो हिउँ परेको ठाउँम पनि सजिलै कुद्न सक्थें । मालिकले पनि मेरो राम्रो हेरविचार गर्ने गर्दथें । म चिल्ला र फराकिला बाटा चाहिँ रमाईरमाई दौडन्थे । मसँगै मेरा साथीहरु पनि रमाएर नै दौडन्थे ।
अहिले म बूढो र रोगी भएको छु । म काम गर्न नसक्ने भएको छु । त्यसैले मेरा मालिकले मलाई घरअगाडि राखेका छन् । मेरो छेउमा एउटा रुख भाइ पनि छ । हामी दुवैजना गफ गर्दै बाटोमा हिँडेका मानिसको रमिता हेर्ने गछौं । धेरै गर्मी हुँदा र पानी पर्दा रुख भाइले मलाई छहारी दिन्छन् । म पनि धेरै हावा चलेको बेला रुख भाइको साहारा भइदिन्छु । यसरी हामी मिलेर बस्छौं । कहीँ त मजस्ता पुराना टायरमा बिरुवा रोपिएका छन् । कहीँ रुखका हाँगामा झुण्ड्याइएका छन् ।
हामी बाटामा धेरै किसिमका दृश्यहरु देख्छौं । सायद तिमीहरु पनि देख्ने गर्दछौं । कहिलेकाँही मसिना केटाकेटी रमाई-रमाई स्कुल गइरहेका हुन्छन् । कहिलेकाँही मानिसहरु बाजा बजाउँदै खुसी हुँदै हिँड्छन् । महिले मानिसहरु हतारहतार गदै आ-आफ्ना काममा हिडेका हुन्छन् । म र रुख भाई यो सब कुरा खुसी मान्दै हेर्ने गर्दछौं ।
विदाको दिन धेरै केटाकेटी मेरो छेऊमा आउँछन् । सायद तिमीहरु पनि फर्ुसदिला हुन्छौं होला होइन - र रमाईरमाई खेल्छौं होला होइन - उनीहरु ममाथि चढ्दै उपmदै खेल्छन् । कहिलेकाँही मलाई गुडाउँदै धेरै परसम्म लान्छन् । यसो गर्दा म पनि रमाइरहेको हुन्छु । उनीहरु रमाउँदा पनि पनि निकै खुसी हुन्छु । म बसेको घरको मालिकको छोराचाहिँ मलाई असाध्यै माया गर्छ । ऊ प्रायः म भए ठाउँमा खेल्न आउँछ म पनि उसँग रमाईरमाई खेल्छु । तिमीहरुलाई थाहा छ एकदिन के भयो - ल सुन, त्यो दिन बिहानदेखि बाटामा मानिसहरु हिँडेका नै थिएनन् । मलाई पनि अचम्म लागिरहेको थियो । केही समयपछि अचानक परबाट मानिसहरुको भीड कराउँदै आउन थाल्यो । मलाई त डर लाग्न थायो । धेरै जसोले हातमा लौरो बोकेका थिए भने केहीले ढुंगा इटाँ पनि बोकोका थिए । केहीले ढुँगा र इँटा पनि बोकेका थिए । केहीले त बाँसको भाटामा आगो बोलेर पनि बोकेका थिए । तिनीहरु जोडजोडले कराउँदै थिए । मलाई त औधी डर लाग्न थाल्यो । यस्तो कुरा मलाई पटक्कै मन पर्दैनथ्यो । मैलेपछि थाहा पाए यसो गर्नुलाई बन्द हड्ताल गर्नु भनिदो रहेछ । एकछिन पनि एक हूल मानिस म भए ठाउँतिर आए । अनि के गरे थाहा छ - केहीले मलाई उचाल्न थाले ।
'ए ! ए ! ए !' के गर्छन् यिनीहरु -' म आत्तिएँ । यिनीहरुले त मलाईबीच सडकमा पो लगेर राखे । आगोके बोकेकाले मेरो शरीर आगो सल्काए । म डरले रुन कराउन थालें । तर कसैले दया राखेनन् । म सल्कन थालें । मैले सम्झेँ म त्यसै मिल्काएको वस्तु जलेर के हुन्छ र - तर होइन म जले भने मेरो रुख भाइलाई असर पर्छ । उसलाई सास फर्ेन गाह्रो हुन्छ । मबाट निस्केको धूवाँले धेरै मानिस बिमारी हुन्छन् । वरिपरिको हावा नै फोहोर हुन्छ । तिमीहरु जस्ता धेरै साना-साना मायालु नानीहरुको फोक्सोमा घाउ हुनसक्छ । उनीहरुले नगर्ने काम गरिहाले । म रुन कराउन थाले । म चिच्याउन थालें । उनीहरु कसैले मेरो बिन्तीभाउ सुनेन् ।
एकछिन पनि के भयो थाहा छ - अहो ! एकछिनपछि मालिकको छोरो बाल्टिनमा पानी लिएर म भए ठाउँमा आयो । उसले मेरो बल्दै गरेको भागमा पानी हालिदियो । आहो ! मलाई कति शीतल भयो । यो केटो कति बुद्धिमान् र बहादुर रहेछ हँ ! सबै केटाकेटी यस्तै भए पो त !
अब त आगो पनि निभिसकेको थियो । उसले मलाई पहिलेको ठाउँमा नै लगेर राखिदियो । म कति खुसी भएँ । अघि गएको भीड फेरि नफर्के हुने नि ! मेरो कथा यति नै हो । तिमीहरु त ठूला भएपछि यसरी मलाई आगो लगाउँदैनौ होला नि होइन - तिमीहरुले मेरो कथा पछिसम्म नभुल्नू है !

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।