June 12, 2009

शिवाको कथा

म शिवा टायर हुँ । मलाई गाडीको पाङ्गा पनि भन्छन् नि ! मालिकले मलाई गाडीको खट्टामा जोडिदिएका हुन्छन् । म गाडीलाई सजिलै कुद्नमा मद्धत गर्दछु । म बिना गाडीलाई दौड्न गार्‍हो हुन्छ । तिमीहरुले सडकमा मेरो धेरै साथी गुडिरहेका देखेका हौला होइन - उनीहरु पनि गाडीलाई सडकमा दौड्न मद्धत गर्दछन् ।
अहिले म बूढौ भइसकेको छु । पहिला म कति हृष्टपुष्ट र बलियो थिएँ । म आँटिलो पनि थिए । म पहाडको अग्लोभन्दा अग्लो डाडामा सजिलै कुद्न सक्थें । खोलाको पानीभित्र पनि कुद्न सक्थें । चिसो हिउँ परेको ठाउँम पनि सजिलै कुद्न सक्थें । मालिकले पनि मेरो राम्रो हेरविचार गर्ने गर्दथें । म चिल्ला र फराकिला बाटा चाहिँ रमाईरमाई दौडन्थे । मसँगै मेरा साथीहरु पनि रमाएर नै दौडन्थे ।
अहिले म बूढो र रोगी भएको छु । म काम गर्न नसक्ने भएको छु । त्यसैले मेरा मालिकले मलाई घरअगाडि राखेका छन् । मेरो छेउमा एउटा रुख भाइ पनि छ । हामी दुवैजना गफ गर्दै बाटोमा हिँडेका मानिसको रमिता हेर्ने गछौं । धेरै गर्मी हुँदा र पानी पर्दा रुख भाइले मलाई छहारी दिन्छन् । म पनि धेरै हावा चलेको बेला रुख भाइको साहारा भइदिन्छु । यसरी हामी मिलेर बस्छौं । कहीँ त मजस्ता पुराना टायरमा बिरुवा रोपिएका छन् । कहीँ रुखका हाँगामा झुण्ड्याइएका छन् ।
हामी बाटामा धेरै किसिमका दृश्यहरु देख्छौं । सायद तिमीहरु पनि देख्ने गर्दछौं । कहिलेकाँही मसिना केटाकेटी रमाई-रमाई स्कुल गइरहेका हुन्छन् । कहिलेकाँही मानिसहरु बाजा बजाउँदै खुसी हुँदै हिँड्छन् । महिले मानिसहरु हतारहतार गदै आ-आफ्ना काममा हिडेका हुन्छन् । म र रुख भाई यो सब कुरा खुसी मान्दै हेर्ने गर्दछौं ।
विदाको दिन धेरै केटाकेटी मेरो छेऊमा आउँछन् । सायद तिमीहरु पनि फर्ुसदिला हुन्छौं होला होइन - र रमाईरमाई खेल्छौं होला होइन - उनीहरु ममाथि चढ्दै उपmदै खेल्छन् । कहिलेकाँही मलाई गुडाउँदै धेरै परसम्म लान्छन् । यसो गर्दा म पनि रमाइरहेको हुन्छु । उनीहरु रमाउँदा पनि पनि निकै खुसी हुन्छु । म बसेको घरको मालिकको छोराचाहिँ मलाई असाध्यै माया गर्छ । ऊ प्रायः म भए ठाउँमा खेल्न आउँछ म पनि उसँग रमाईरमाई खेल्छु । तिमीहरुलाई थाहा छ एकदिन के भयो - ल सुन, त्यो दिन बिहानदेखि बाटामा मानिसहरु हिँडेका नै थिएनन् । मलाई पनि अचम्म लागिरहेको थियो । केही समयपछि अचानक परबाट मानिसहरुको भीड कराउँदै आउन थाल्यो । मलाई त डर लाग्न थायो । धेरै जसोले हातमा लौरो बोकेका थिए भने केहीले ढुंगा इटाँ पनि बोकोका थिए । केहीले ढुँगा र इँटा पनि बोकेका थिए । केहीले त बाँसको भाटामा आगो बोलेर पनि बोकेका थिए । तिनीहरु जोडजोडले कराउँदै थिए । मलाई त औधी डर लाग्न थाल्यो । यस्तो कुरा मलाई पटक्कै मन पर्दैनथ्यो । मैलेपछि थाहा पाए यसो गर्नुलाई बन्द हड्ताल गर्नु भनिदो रहेछ । एकछिन पनि एक हूल मानिस म भए ठाउँतिर आए । अनि के गरे थाहा छ - केहीले मलाई उचाल्न थाले ।
'ए ! ए ! ए !' के गर्छन् यिनीहरु -' म आत्तिएँ । यिनीहरुले त मलाईबीच सडकमा पो लगेर राखे । आगोके बोकेकाले मेरो शरीर आगो सल्काए । म डरले रुन कराउन थालें । तर कसैले दया राखेनन् । म सल्कन थालें । मैले सम्झेँ म त्यसै मिल्काएको वस्तु जलेर के हुन्छ र - तर होइन म जले भने मेरो रुख भाइलाई असर पर्छ । उसलाई सास फर्ेन गाह्रो हुन्छ । मबाट निस्केको धूवाँले धेरै मानिस बिमारी हुन्छन् । वरिपरिको हावा नै फोहोर हुन्छ । तिमीहरु जस्ता धेरै साना-साना मायालु नानीहरुको फोक्सोमा घाउ हुनसक्छ । उनीहरुले नगर्ने काम गरिहाले । म रुन कराउन थाले । म चिच्याउन थालें । उनीहरु कसैले मेरो बिन्तीभाउ सुनेन् ।
एकछिन पनि के भयो थाहा छ - अहो ! एकछिनपछि मालिकको छोरो बाल्टिनमा पानी लिएर म भए ठाउँमा आयो । उसले मेरो बल्दै गरेको भागमा पानी हालिदियो । आहो ! मलाई कति शीतल भयो । यो केटो कति बुद्धिमान् र बहादुर रहेछ हँ ! सबै केटाकेटी यस्तै भए पो त !
अब त आगो पनि निभिसकेको थियो । उसले मलाई पहिलेको ठाउँमा नै लगेर राखिदियो । म कति खुसी भएँ । अघि गएको भीड फेरि नफर्के हुने नि ! मेरो कथा यति नै हो । तिमीहरु त ठूला भएपछि यसरी मलाई आगो लगाउँदैनौ होला नि होइन - तिमीहरुले मेरो कथा पछिसम्म नभुल्नू है !

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।