February 27, 2010

अतृप्तताको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू मानिसभित्र अतृप्त चाहनाको शृखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायकनायिका हामी दुवै हौँ तर तपाई यस घटनाको पहिलो चरणसम्म तपाई विज्ञ हुनुहुन्छ भने दोस्रो चरणप्रति पुरै अनभिज्ञ । आज यो कथाको माध्यमबाट त्यस घटनालाई मेरो कथालयको स्क्रीनमा लग इन गर्न गइरहेको छु ।
कथाको प्रारम्भको घटनाप्रति त तपाई पनि विज्ञ हुनुहुन्छ । जब तपाईले मसँग भेट गर्ने मनसाय मेल मार्फ व्यक्त गर्नु भयो तब म काठमाडौ आउने प्रयोजन मिलाउन थालेँ । तपाईसँग भेट गर्नका लागि नै भनेर मलाई काठमाडौँ आउन घरबाट अनुमति नमिल्न सक्थ्यो । त्यसैले अफिसियल काम देखाउने बहाना गर्न थाले । नभन्दै क्याम्पसमा पुस्तकालयका लागि समालोचना, साहित्य, राजनीतिशास्त्र, अर्थशास्त्रसम्बन्धी पुस्तकहरु चाहिने भयो । यसको लागि म नै काठमाडौँ आउने तारतम्य मिलाउन थालेँ । नभन्दै मलाई अफिस र घरबाट जाने अनुमति मिल्यो । काठमाडौँ आउने भएपछि तपाईसँग बारम्बार मोबाइलमा सर्म्पर्क भइरहेको थियो । मेरो फ्याइट बिहानको थियो । मलाई भेट्नका लागि तीनकुनेमा कान्तिपुर पब्लिकेशनको अगाडि कुरा भएको थियो । शायद तपाईँको त्यहाँ कुनै काम हुनसक्थ्यो ।
तपाईसँग भेट हुने कुराले म रोमाञ्चित थिएँ । तपाईको मप्रतिको अनुग्रहिताले म नत मस्तक थिए । मलाई लाग्थ्यो मैले ठूलो नदी पार गर्नुछ र मलाई पारि पुर्याउन मत्स्यगन्धाले राजा शन्तनुलाई नदीको किनारमा उभिएर पर्खिएझैँ मलाई पनि आत्मीयता र हार्दिकताको वासना बोकेर कोही पर्खिबसेको छ ।
हाम्रो मोबाइलमा बारम्बार सर्म्पर्क भइरहेकोथ्यो तर दुभाग्यबश त्यो दिनको फ्याइट डिले हुँदै गयो । अन्तिममा त्यो दिनको फ्याइट नै नहुने सूचना एयरलाइन्सले दियो । आकाशमा हुस्सु वा बादल बढी भएको कारणले यस्तो भएको हो भन्ने जानकारी एयरलाइन्सले दिएको थियो । त्यो दिन हाम्रो भेट हुन सकेन मन खिन्न भयो । भोलिपल्ट पनि निकै ढिला मेरो फ्याइटको पालो आयो । काठमाडौँ आउँदा झमक्कै साँझ परिसकेको थियो । हाम्रो भेट हुने सम्भावना नै भएन । त्यसपछि म ट्याक्सी लिएर सिधै बहिनीजुवाइको घर कोटेश्वर गएँ । बहिनीको घरमा बहिनीजुवाइसँग भलाकुसारी भयो । उनीहरु दुवै कानुनव्यवसायी हुनाले खासै साहित्यिक गफ हुनसकेन । त्यहीबेला तपार्इँले फोन गरेर भोलिपल्ट माइतीघर मण्डला छेउमा रहेको रत्नपुस्तक भण्डारमा २ बजे भेट गर्ने खबर गर्नुभयो । मैले हुन्छ भने ।
कथाकार दिवाकर नेपालीज्यू यहाँसम्मको घटनाप्रति तपाईपनि बिज्ञ हुनुहुन्छ किनभने हाम्रो दुरभाषबाट सर्म्पर्क भइरहेको थियो । यसपछि को घटना अत्यन्त नाटकीय जस्तो छ । तर यो यथार्थ हो । किनभने यसको प्रमुख पात्र तपाईँ नै हुनुहुन्छ । त्यसैले अविश्वास गर्ने कुरै भएन ।
भोलिपल्ट माइतीघरमा भेट्ने कुराले म सारै पुलकित र हषिर्त भएकी थिएँ । यति ठूलो साहित्यकारसँग जीवनमा पहिलो पल्ट भेट्दै थिएँ । कसरी बोल्ने होला भनी मनमा अनेकौ भावनाका तरङ्गहरु तरङ्गति भइरहेका थिए । सदाझैँ विहान उठेँ । तर आजको विहान किन हो अर्कै लागिहेकोथ्यो । काठमाडौँको उत्तर दिशामा कुन हिमाल हो मुसुक्क हाँसिरहेको जस्तो लाग्यो । हावाको चिसो र्स्पर्शले मनलाई उमङ्गति बनाइरहेको थियो । तराइको वातावरणभन्दा यहाँको बेग्लै थियो । चारैतिर घरैघर यत्रा मानिस को भीडमा म कसैलाई भेट्न जाँदैछु । मन रोमाञ्चित भयो । कोटेश्वरबाट माइतीघर आउन खासै अलमलिनु परेन । म नयाँ मान्छे भएपनि सजिलै आइपुगेँ । समयको अडकल राम्ररी गर्न नसकेर म एक घण्टा अगाडि नै आइपुगेछु । तर रत्नपुस्तक भण्डारमा प्रशस्त पुस्तक हुने हुनाले समय बिताउन मलाई खासै गारो भएन । घडीमा दुर्इ बजिसकेको थियो । अब त पक्कै आउनुभयो होला भन्ने ठानेर यताउता हेरे तर कतै देखिनँ ।तपाईले चिन्नु नभए पनि म चिनिहाल्छु नि भनेर कल पनि गरिन् । दुर्इबाट घडीको र्सुइ अर्ढाईमा पुग्यो । तर पनि तपाईँ आउनु भएन । त्यसपछि मन बेचैनजस्तो भयो ।
यसरी समय दिएर पनि समयमा नआउने मान्छेको के सगत गर्नुजस्तो लाग्यो । मनमा अनेकौँ शंका उपशंकाको आँधिबेरी चल्न थाल्यो । काठमाडौँको मान्छे कस्तो खालका हुन् । लाग्नेमान्छेको जात नारीलाई खेलौनाजस्ता ठान्छन् उनीहरुको भावनामाथि खेलवाड गर्छन । अनि आफ्नो स्वार्थ पूरा भएपछि छोडिदिन्छन् । प्राय लोग्ने मान्छेको बारेमा मैले यस्तै पढेकी र सुनेकी छु । मनका कुभावनालाई नियन्त्रण गर्न धेरै कोशिश गरे तर सकिनँ । त्यसपछि मोबाइल डायल गरे सर्म्पर्क भएन । यसो पसलबाट बाहिर हेरेको त्रिपुरेश्वरबाट र वानेश्वरबाट दुइवटा जलुस आउँदै गरेको देखेँ । राष्ट्रपतिले सेनापति प्रकरणमा हस्तक्षेप गरेको भन्दै माओवादीले विशाल जुलुस निकालेको रहेछ । पसलले आत्तिदै भन्यो "मैडम तपाईँ घर जानुहोस् । हामी पसल बन्द गर्र्छौ ।" म आत्तिदै कता जाऊ कता भयो । अब ट्याक्सी लिएर घरै र्फकनुपयो भनेर बाहिर निस्के र सिहदरवारतिर लागेँ । बाटो क्रस गर्न मात्र लागेको थिए परबाट स्पिडमा आएको मोटरसाइकलले मलाई हान्यो । त्यसपछि के भयो मैले थाहा पाउन सकिनँ । मलाई होश आउँदा म हस्पिटलमा थिएँ । छेउमा बाहिनीजुवाइ बसेका थिए ।
मलाई मोटरसाइकलले हानेपछि कुनै भद्रपुरुषले मलाई हस्पिटल ल्याइदिएछन् । हस्पिटलमा मेरो बहिनीको जेठाजु डाक्टर हुनुभएकोले मलाई चिन्नुभएछ र टि्रटमेन्ट चलाउनुभएछ । मलाई होश नआएकोले दुइदिनसम्म आइसियू मा राखिएछ । दुइृ दिनसम्म तिनै भद्रपुरुष मलाई हर्ेन आएछन् । त्यसपछि मलाई होश आएछ र वार्डमा सारिएछ । त्यसपछि ती भद्रपुरुष पनि आउन छाडेछन् । मेरो मोबाइलसहितको ब्याग त्यही भीडमा कसैले गायब गरिदिएछ । यी कुरा मेरी बहिनीका जेठाजु तिनै डाक्टर जुवाइले सुनाएका थिए । जो त्यहाँका डाक्टर थिए । ती भद्रपुरुष को थिए जसले मेरो ज्यान बचाएका थिए तिनलाई भेटेर धन्यवाद दिने औधी इच्छा थियो । तर ती डाक्टरले ती भद्रपुरुषको नामसोधीखोजी नगरेको हुनाले मेरो इच्छालाई बाध्यताको डोरीले नराम्ररी बाधिदियो ।
मेरो अवस्था अझै पनि त्यति राम्रो थिएन । बिस्तारै चक्कर लाग्न कम हुँदै गएको थियो र सबै पुर्वस्मृतिहरुको झल्का मस्तिष्कमा आउन थालेका थिए । मलाई तपाईँप्रति वितृष्णा जाग्यो । तपाईँले मलाई ठूलो धोका दिनुभएको भनी मन सारै कुण्ठित भयो । तपाईँ मलाई समयमा भेट गर्न आउनुभएको भए म एक्सिडेन्टमा पर्ने थिइन्ँ भन्ने लाग्यो । मेरो शरीर र सम्पत्तिमा ठूलो क्षति भएको थियो । बहिनीजुवाइँ पनि काठमाडौँको व्यस्तताले चुटेका मान्छेलाई धेरै गारो भएको थियो । तपाईको व्यवहारबाट कुण्ठित भएको मनमा अनेकौँ भावानाले उथुलपुथुल मचाउन थाल्यो । मेरो व्यथा कसैलाई सुनाउन सक्दिनथेँ । व्यथाले हृदयलाई विनायोले रेटेझै रेट्न थालेपछि भावानाहरु सारगीका धुन बनेर यसरी शब्द पग्लन थाले ।

यो मन, मन नै हो

यो मन मन नै हो, त्यसैत्यसै चर्किएर फुट्न खोज्छ
विश्वासमाथि विश्वासघात गर्नेहरु देखि
कुडिएर यो मन त्यसै टुट्न खोज्छ

जताजतै रुखो जमिन छ, फल नलाग्दै बोट मर्न खोज्छ
रसायनिक मलले थेग्न सक्दैन यो मनलाई
कुहिएर फल नपाक्तै र्झन खोज्छ

वारिपारि जोड्ने केवुलकार, तार हुँदाहुँदै अलग्गिन खोज्छ
लोडसेडिगको मारमा विरक्तिएको यो मन
विजुली आउँदा पनि चिम निभ्न खोज्छ

सपना रोप्ने यो मन, विना सहारा लडखडाउन खोज्छ
हजारौ आकांक्षाको विपना फुलाउने यो मनलाई
किन हो आकाशले पनि थिच्न खोज्छ


सुनामीमा भौतारिएको यो मन, हावा आउँदा पनि बतासिन खोज्छ
मनले मनसँग व्यापार गर्ने व्यापारीदेखि
यो मन आर्थिकमन्दीको अभावमा तडपन खोज्छ

यो मन मन नै हो त्यसैत्यसै टुक्रिएर र्झन खोज्छ
मनको परिभाषालाई कुण्ठित पार्नेहरुदेखि
नबल्दै आस्थाको दियो निभ्न खोज्छ ।

यो एउटा राम्रो कविता तयार भएपछि व्यथित मनमा केही मात्रामा भएपनि शीतलताको लेपन लाग्यो । अब म निकै जाती भइसकेको थिए । मेरो डिस्चार्ज हुनेदिन थियो । बिहान उही बहिनीकी जेठाजु डाक्टर डेली भिजिटिङ्गमा म भए ठाउँमा आए । म नागरिक पत्रिका पढेर बसेको थिएँ । त्यहाँ तपाईँको फोटो सहित कथा छापिएको थियो । कथा विनिमार्णवादको उत्कृष्ट नमूना थियो ।
म पढदै थिएँ । नागरिकको तपार्इँको रंगिन फोटो देखाउँदै उही डाक्टर जुवाइले भने "हेर्नोस् दिदी तपार्इँलाई हस्पिटल ल्याउने मान्छे यिनै हुन् अहिले फोटो देखेपछि मलाई सम्झना आयो ।"
यो सुनेपछि म छागोबाट खसेजस्तै भए । कथाकार दिवाकर नेपालीज्यू हस्पिटलमा मलाई ल्याएर मेरो प्राण बचाउने महान पुरुष तपाईँ नै हुनुहुँदो रहेछ । तपाईप्रति मैले कति नकरात्मक धराणा राखेकी थिएँ । अहिले ती सबै सलिदै जान थाले । तपाईको मानवताप्रतिको महान भावना देखेर मन त्यसै प्रफुल्लित भएर आयो । यसरी कोहो कोहो नचिनेको मान्छेको उदार गर्नु कति ठूलो उदार हृदयको परिचय थियो । मानवताविहीन मानिसका भीडमा तपाईको मानवीय भावना देखेर म अत्यन्त प्रभावित भएँ । अहिले यो कुरा थाहा पाएर तपाईँ पनि अचम्मित हुनुभयो होला ।
त्यसपछि म घरमा ल्याइए । तपाईँसँग मोबाइलबाट सर्म्पर्क गर्न खोज्दा मेरो मोबाइल नै हराइसकेको थियो । म घरमा ल्याइए पनि बेडरेस्टमा थिएँ । मन र मस्तिष्कमा तपाईँकै विषयमा अनेकौँ कुरा खेलिरहेका थिए । तपाईँसँग कसरी सर्म्पर्क गर्ने होला भनी मनमा अनेकौँ उपायहरु पत्ता लगाउन थाले । सायद तपाईले पनि मलाई सर्म्पर्क गर्न खोज्नुभयो होला ।
एकान्तिक समयमा मनको भावनासँग खेल्ने र कल्पना गर्ने उपर्युक्त हुँदोरहेछ । यही समय तपाइको विषयमा मनमा अनेकौँ जिज्ञासा, उत्कण्ठा र धारणाहरु जन्मिए । तपाईको पारिवारिक सम्बन्ध कस्तो होला - घर कस्तो होला - छोराछोरी कति होलान् - आदि विषयमा मनमा अनेकौँ जिज्ञासाहरु उम्रे । तपाईभित्र भएको मानवताको उच्चताको परिचय तपाईले दिइसक्नु भएको थियो । त्यसले तपाईको व्यक्तित्व, आचरण र व्यवहारको आधा भिल्को प्रकाशित भइसकेको थियो । अरु धेरै व्यक्तिगत कुराप्रति म अनभिज्ञ थिएँ । मनमा तिनै तपार्इँका व्यक्तिगत कुरासँग तपाईसँग भेट भएको समयसँग लुकामारी खेल्दै दिन बिताउन थालेँ । म यति ठूलो एक्सिडेन्टमा पर्दा पनि मेरा श्रीमानले खासै चासो देखाएका थिएनन् । मन त्यसै रित्तोजस्तो भएको थियो । यसरी मृत्युको मुखमा पुगर फर्केकेा मान्छेको मन कोमल हुँदो रहेछ अनि रित्तो पनि । त्यसमा माया, स्नेह र सान्त्वानाले भरिदिनु पर्दो रहेछ । तर यी कुराबाट म बञ्चित थिएँ । मन त्यसै भौतारिन थाल्यो । तपाईले यो कुरा थाहा पाउनुभएको भए के गर्नुहुन्थ्यो होला मनमा यिनै कल्पनाका लहराहरु बेरिए । छेउमा तपाईको कथा छापिएको उही नागरिक पत्रिका थियो । उठाएर तपाईको फोटो हेरे । तपाईको रगिन फोटोले मलाई नै हेरेर हाँसेजस्तो लाग्यो । कथा नयाँ प्रयोगको अत्यन्त सुन्दर भाव र शैलीमा थियो । अनासय मेरो रित्तो मन केके ले भरिदै आयो । कसैको मीठो र्स्पर्श, आत्मीयभावको तरगित ध्वनि मेरो कानमा प्रतिध्वनित भयो । मन त्यसै हर्षर खुसीले छचल्किन थाल्यो । कतै पोखिएलाकि पोखिएला भएर उकुसमुकुस हुन थाल्यो । तपाईँको फोटो हेरिरहन सकिनँ । आँखा चिम्म गरे । सबै भावहरु ओठबाट तपार्इँको तस्बिरमा पोखिइ रहेका थिएँ ।
म वेहोश हुँला जस्ती भएँ । तन्द्राजस्तै एकछिन पछि तस्वीरबाट तपार्इँको शरीर बाहिर निस्केर मसँग बेडमा टास्सिएर बसेको थियो । मलाई अचम्म लाग्यो हेरेँ उही तपाईँको प्रतिरुप थियो त्यो । तपार्इँले बिस्तारै मेरो हात सुमसुमाउनु थाल्नुभयो र चुम्नुभयो । मेरो आँखामा अविरल प्रेमको प्रवाह फैलाउँदै भन्नुभयो "मैले गर्दा तपाईँले यति ठूलो दुख भोग्नुपर्यो अनामिकाजी -" अहिले तपाईँ मलाई बहिनीबाट अनामिकाजी भनेर सम्बोधन गर्दैहुनुहुन्थ्यो ।
म अकमक्क परे यो भ्रम होकि यथार्थ हो - म केही बोल्न सकिरहेको थिइनँ । तपाईँका सुन्दर आँखामा असिमित प्रेमका छालहरु सलबलाइ रहेको मैले पाइरहेको थिए । तपाईँले मेरो अर्न्तमन बुझेझै गरि भन्नुभयो "यो भ्रम होइन अनामिकाजी यथार्थ हो । तर कुनै पनि यथार्थ अन्तिम हुँदैन तपाईँले यो अवस्था भोग्नुभरेकोमा म अत्यन्त दुखी छु । तपाईँले आत्मीय भावले पोखिएको शब्दशब्दमा म स्वयम पोखिइरहेको थिएँ । मनको खुसीले भ्रमका सबै सिमानाहरु भत्काउँदै थिए । मेरो मन त्यसै उमङ्गति र हषिर्त भयो । मनको हर्ष नशानशामा घोलिएर शरीरभरि छरियो । कस्तो मिठास थियो त्यो मिलनमा । मेरो मन रोमाञ्चित भयो । मेरो मनले भन्यो यो अन्तिम सत्य भैदिए हुने नि । तपाईँले फेरि मेरो मनको पाठ बुझेझै गरेर भन्नुभयो "होइन यो अन्तिम सत्य होइन अनामिकाजी । हामी फेरि विनिर्मित भएर भेटिनेछौ ।"
यति भनेर तपाईँले मेरो ओठमा गहिरो चुम्बन गरेर बिलाउनुभयो । मेरा आँखा चिम्म नै थिए । सबै खुसीहरु आँखाभित्र नै लुकाएर राख्न चाहन्थे कतै खोलेपछि पोखिएर वा उडेर हराउने पो होकि - म त्यो खुसी हृदयभरि सँगालेर बाँच्न चाहन्थे । त्यसैले मैले आँखा खोल्ने इच्छा नै गरिन् ।
बाहिर कसैले ढोका ढकढक गरिरहेको थियो । म झस्केँ । आँखा खोले । अघिको तन्द्रा सपना होकि विपनाजस्तो लाग्यो । अझै पनि तपार्इँको फोटो मेरोओठमा टास्सिरहेको थियो । निकाल्न थोरै बल गर्नु पर्यो । फोटो चिसो ओठले भिजेर सुकिसकेको थियो ।
ढोका निकैबेर ढकढक गरेपछि खोल्न पुगेँ । बाहिर बहिनी जुवाइ रहेछन् । उनीहरुले मैले क्याम्पसमा लानुपर्ने किताब ल्याइदिएका थिए । बहिनीले सोधी "दिदी के गरेर बस्नुभएको थियो - निकैबेर पछि ढोका खोल्नुभयो । "
म अकमकिए " ए ˜.... अ ˜ ।
जुवाइँले जिस्काउँदै भन्नुभयो "दिदी रोमान्टिक मुडमा हुनुहुन्थ्यो होला । अब त चाडै घर पुगिहालिन्छ अनि दाजुसँग भेट भइहाल्छ भनेर ।"
जुवाइँले यसो भन्नुहुँदा कताकता भित्र दुखेर आयो । श्रीमानको मप्रतिको कुण्ठितमनको तिक्तता जुवाइँलाई अप्रत्यक्षरुपमा पोख्तै भने "हैन अस्ति म मरेको भएपनि आज दसौँदिन भइसक्थ्यो । आज त कोराको ढिकुरो पनि फुटाइसक्थे होलान् भनेर सम्झेको ।"
बहिनीले र्झकदै भनी "आ ˜ दिदी पनि कस्तो नराम्रो कुरा सोच्नुभएको । राम्रोराम्रो कुरा सोच्नुपर्छ नि । आखिर तपाईँलाई जाति भइहाल्यो नि ।"
अघिको खुसीलाई मनमा जतनसाथ सँगाल्दै भने "तिमीहरुलाई कस्तो दुख भयो । के गर्नु -"
बहिनीजुवाईँसँग केही समय यस्तै कुराको दोहरी चल्यो । उनीहरु आफ्नो कोठामा गए । म भने तपाईँसँग बिताएको अघिको तन्द्रामा अल्झन पुगेँ । वरिपरि तपाइको छायाले पछ्याएझै लाग्यो । त्यो मीठो अनुभुति कतै हराउला वा फुत्केर जाला भनेर फेरि ओछ्यानमा पल्टेर आँखा चिम्ले तर अहिले सबै यथार्थ थियो । दिनभरि उही तपाईँको सम्झनामा र मीठो र्स्पर्शमा डुबेको क्षणमा आफूलाई डुबाइरहे । उही सम्झनामा अल्भिरहेँ अनि ठोक्किरहेँ ।कोठा भरि जता हेरे पनि म उही दृस्यमा ठोक्किन पुक्थे । बाहिनीजुवाईले ल्याएका कितावमा तपार्इँको बाल्यकालको सस्मरण भएको पुस्तक रहेछ । त्यो पढे मन आनन्दित भयो । तपार्इँले आफूलाई कति पनि नढाटी नछली सत्यकुरा र्छलग पोख्नुभएको रहेछ । तपाईँको पारदर्शी बिचारधारा देखेर मन अझ प्रफुल्लित भयो । साँझ दसबजे सम्म तपाईँको किताव पढेँ । त्यसपछि निन्द्रादेवीको निमन्त्रणा आँखा चिम्लन पुगेँ ।
मध्यरातमा अचानक मेरो आँखा उघ्रियो । मैले अनौठो सपना देखेको रहेछु । व्युझदा आफैलाई अचम्म लाग्यो कस्तो सपना देखे भनेर सपना यस प्रकारको थियो ।
कुनै अग्लो पहाडमा तपाईँ मलाई हात समाउँदै लाँदै हुनुहुन्थ्यो । मलाई चढ्न मुश्किल परिरहेको थियो । तर तपाईँले मलाई तान्दै लाँदै हुनुहुन्थ्यो । पहाडको चुचुरोमा पुगेपछि यसो बेशीतिर हेर्यौँ हामीहरुले गाउँबेशीका मनमोहक दृश्यले हामी रोमाञ्चित थियौँ । धेरैपर क्षितिजले मनमोहक मधुर प्रकाश छरिरहेको थियो । यति सुन्दर प्राकृतिक दृश्य देखेर म भावविभोर भएकी थिएँ । त्यहाँबाट तल सबै घरहरु साना देखिन्थे । मानिसहरु पनि मसिना देखिन्थे । हामी दुवै खुवै रमाउँदै दृश्यावलोकन गरिरहेका थियौ ।
एकछिन पछि तेस्रो गोरेटो हुँदै अलिक पर पुग्यौँ त्यहा एउटा अति सुन्दर मूर्ति थियो । मूर्तिको छेउमा एउटा सूचना पार्टी यस्तो लेखिएको थियो "यो मूर्तिमा जसले आफ्नो मुटु र मस्तिष्क दिन्छ र यदि दिइएको त्यो मुटु र मस्तिष्कबाट यो मूर्ति चलायमान भयो भने यसले संसारलाई नयाँ प्रकाश दिनेछ र मानवहितको कल्याण गर्नेछ । मूर्ति छेउमा यस्तो लेखिएको देखेर तपाईँ टक्क अडिनुभयो र मलाई भन्नुभयो "अनामिकाजी तपाईँ यो पढनुस त !"
मैले भने "मलाई किन तपाईँ भन्नुभएको मलाई तिमी भन्दा पनि हुन्छ तपाईँ विराट व्यक्तिवको धनी मकहा सूक्ष्म जीव "
"हैन अनामिकाजी सबैको आत्माको सम्मान गर्नुपर्छ । मेरो बसमा भए त म निर्जीववस्तुलाई तपार्इँ भनेर सम्बोधन गर्दथे किनभने त्यो पनि चलायमान बस्तुहो त्यस्का् प्रत्येक परमाणु अस्थिर हुन्छन् त्यसैले सृष्टिको सबैबस्तुलाई म सम्मान गर्न चाहन्छु ।" तपाईँको यो दर्शनबाट म अनुत्तरित भएँ । तपाईँले फेरि भन्नुभयो "आउनुहोस् अनामिकाजी मानवकल्याणको लागि यो नश्वर शरीर उर्त्र्सग गरौँ। तपाईँ र म भएर यो अदीप्यमान मुर्तिलाई जीवित बनाऔँ तपाईँ आफ्नो मुटु दिनुहोस् र म आफ्नो मस्तिष्क दिन्छु ।"
तपाईँले यसो भन्नुहुँदा म अकमकाएँ र भनेँ "मैले मेरो मुटु दिएमा भने म मरिहाल्छु नि कथाकारज्यु अनि मेरो छोराछोरी, सम्पत्ति, मेरो यो सौर्न्दर्य -"
तपाईँले फेरि भन्नुभयो "यी सब बित्था हुन्, क्षणिक हुन, भ्रम हुन अनामिकाज्यु । हामी भ्रममा धेरै नबाचौँ । यदि यो मूर्तिले हाम्रो मुटु र मस्तिष्क लिन मानेर चलायमान भएमाहामी अमर हुन्छौ हामी कहिल्यै मर्ने छैनौँ हामी तब सम्म अन्तिम सत्य हुन्छौँ जब सम्म कुनै पनि सत्यको प्रारम्भ हुँदैन । फेरि मूर्तिले मानवसमाजको कल्याणको लागि नया प्रकाश र्छर्नेछ।"
यतिञ्जेलसम्म हामी भावनात्मकरुपले , सैद्धान्तिकरुपले र प्रायोगिक रुपले एक भएका थियौ । म भित्र तपार्इँको वैचारिक सिद्धान्तले विजेताको झन्डा गाडिसकेको थियो । त्यसैले मैले अस्वीकार गरिन् । तपाईँले भन्नुभयो ‘अनामिकाज्यु म मेरो मस्तिष्क यो मुर्तिमलाइ प्रत्यारोपण गर्छु यसपछि यो मूर्ति चलायमान भयो भने तपाईँ आफ्नो मुटु प्रत्यारोपण गर्नुहोला ।‘
स्वयम ज्ञान र विवेकको पुजारीको आराधानामा म पनि स्वीकृतिको आरती उतार्न पुग्छ ।
एकछिनपछि तपाईँले आफ्नो मस्तिष्क प्रत्यारोपण गर्नुभयो । तपाईँको मस्तिष्क प्रत्यारोपण भएपछि तपाईँको निर्जीव शरीर भुइमा लडिरहेको थियो । म तपाईँको निर्जीव शरीर र मूर्तिलाई पालैपालो हेरिरहेकी थिएँ । एकछिन पछि मूर्तिका आँखाहरु पिलपिल गरेर चल्न थाले । मलाई अचम्म लाग्यो तर डर भने पटक्क लागेको थिएन । ती आँखामा तपाईका आँखाका प्रतिविम्व देखिन्थे । मलाई लाग्थ्यो मूर्तिमा तपाईँका आँखा नै राखिएका हुन् । त्यसपछि मलाई ठूलो साहस आयो र सूचनापार्टी लेखिएको कुरा सत्य रहेछ भन्ने कुरामा विश्वास लाग्यो । मैले पनि निर्धक्क आँखा चिम्म गरेर आफ्नो मुटु त्यो मूर्तिमा प्रत्यारोपण गरे । मेरो मुटु त्यसमूर्तिमा प्रत्यारोपण गरेपछि साँच्चै नै त्यो मूर्ति चलायमान हुन थाल्यो । छेउमा मेरो सुन्दर भौतिक शरीर लडिरहेको थियो । हामी मूर्तिभित्र नै संवाद गरिरहेका थियौँ ।
"अनामिकाज्यु यो मूर्ति समाजको लागि प्रज्जल्यमान दीपक हुनेछ । अमेरिकाको स्टाच्यु अफ लिवरटीजस्तै यसले धेरैटाढाटाढा परादेशीय दाजुभाइ दिदीबहिनीको उद्धार गर्नेछ ।"
म भन्दैथिए "हो कथाकारज्यु हामी यो मूर्तिसँगै युगौयुग बाँच्नेछौँ । अहिले मलाई आफू जन्मेको र मरेकोमा गर्व अनुभव भइरहेछ । तपाईँको समिप्यताले मलाई सौभाग्यको उच्चविन्दुमा पुयाएको छ । "
साच्चै हामीदूइ यस मूर्तिबाट जीवित भएका थियौँ । हेर्दाहेर्दै धेरै मानिसहरु आए हाम्रो दर्शन गर्न । तिनीहरुले हाम्रो भौतिक शरीर कहाँ लगे के गरे हामीले थाहा पाएनौँ । तिनीहरु र मूर्तिबाट निस्केको अलौकिक प्रकाश अलिकति बोकेर जान्थे । यसरी आउन नसक्नेलाई तपाईँ मस्तिष्कबाट हात र खुट्टाहरुलाई अहाउनुहुन्थ्यो । त्यो अदभूत मूर्तिका हात र खुट्टाहरु जहाँ पनि पुग्न सक्थे र आफ्ना प्रकाश र्छन सक्थे । हेर्दाहेर्दै त्यो मूर्तिको विरोध गर्ने मान्छेहरु पनि निस्किएँ । यसरी विरोध हुँदा त्यो मूर्ति आफै रुप फेर्ने गर्दथ्यो । त्यो मूर्ति कहिले गौतम बुद्धको रुप धारणा गर्दथ्यो , कहिले प्रमिथस कहिले जिजस क्राइष्ट त कहिले गौतम वुध्द आदिको विभिन्न महापुरुषहरुको रुप धारणा गर्दथ्यो । यसरी मायावी शक्तिले रुप धाराणा गर्न थालेपछि विरोधी मान्छेहरु पनि विरोध गर्न छाडे । उनीहरु साँच्चै त्यो मायावी मूर्तिको शक्तिमा विश्वास गर्न थाले । त्यस मूर्तिबाट प्रेमको नयाँ किरण फैलिएको थियो । जसलाई मानिसहरुले मायाकी देवी अर्थात स्टायाच्यु अफ लव को नामले पूजा गर्न थाले । नयाँ युग, नयाँ चेतना र नयाँ धारणा बोकेर प्रज्ज्वलित भएको त्यो मूर्तिले प्रेमको सन्देश दिइरहेको थियो ।
कथाकार दिवाकर नेपालीज्यु त्यो सपना यसप्रकारको थियो मलाई अचम्म लागिरहेको थियो मैले कस्तो सपना देखे भनेर । त्यसपछि म निदाउन सकिन । नयाँ बिहानीको पर्खाइमा समय बिताएँ । उज्यालोले घुम्टो खोलेपछि पुन तपाईँको सम्झनाको पर्खालमा ठोक्किन पुगेँ । मनमा छटपटी बढ्न थाल्यो । छटपटीको बिछ्यौनामा पल्टदापल्टदै एउटा उपाय पगार्न पुगेँ । त्यसपछि एकजना भाइ पर्ने जो साहित्यमा रुची राख्थे र केही साहित्यिक व्यक्तिसँगै उसको सर्म्पर्क पनि थियो, उसलाई तपाईको मोबाइल नम्बर पत्ता लगाउन पठाए । उसले पनि कसरी हो पत्ता लगाएर लिएर आयो । मैले सर्म्पर्क गरे तर ‘स्वीच अफ गरिएको छ’ भन्ने प्रतिउत्तर आयो । मैले बारम्बार सर्म्पर्क गरे तर यस्तै भनीरहयो । झर्को लागेर सर्म्पर्क गर्न छाडे ।
के भएछ यस्तो भनेर उही भाइपर्नेलाई सोधीखोजी गर्न पठाए । उसले पनि साहित्यिक माहौलमा तपाई अन्तर्राष्टय सम्मेलनमा भाग लिन जानुभएको सामाचार लिएर आयो । त्यसपछि भने मन केही शान्त भयो । तपाईलाई भेट गर्ने मनको तृष्णाले मलाई खाइरह्यो । अझ भेट्नेभन्दा पनि यो घटनाको जानकारी दिने कुतुहलताले मलाई छोपिरह्यो । तपाईसँग सर्म्पर्क गर्ने अर्को उपाय मेल थियो । तर घरबाट बाहिर जान नसक्ने अवस्थाले मेल गर्न पनि पाइनँ । केही दिन यस्तै अतृप्त चाहनाको बादलमा मडारिदै दिन बिताएँ ।
राम्ररी निको भएपछि घर जाने अघिल्लो दिन साइवरको मेलमा बसेँ । इनबक्समा तपाईको मेल आएको रहेछ जुन यस प्रकारको थियो -

प्रिय बहिनी अनामिका
तपाईलाई भेट्न म आउदै थिएँ । बाटोमा जुलुसले गाडी जाममा पर्यो मोबाइलमा सर्म्पर्क गरे सर्म्पर्क हुन सकेनँ । तपाईलाई यसरी पर्खाएर राख्नुपर्दा म सारै लज्जित भएको छु । म आउँदा तपाई त्यहाँ हुनुहुन्थ्यो । छेउमा चोकमा एउटा लेडिजलाई मोटरसाइकलले हानेर तनाव थियो । म त्यतै लागे । ती लेडिजलाई अस्पातल पुर्याए ।
तिनी बेहाश थिइन अहिले कस्ति भइन् कोनी - तपाईलाई धेरै सर्म्पर्क गरे हुन सकेन । म अहिले बाहिर छु । फर्केपछि सर्म्पर्क गर्नेछु ।

दिवाकर नेपाली

दिवाकर नेपालीज्यू, तपाईको मेल पढ्नु अघि नै मैले यो कथा लेखिसकेको थियो । अब मेलबाट जानकारी दिनुभन्दा कथा छापिएपछि थाहा पाउनु अर्कै रोमाञ्चकता हुन्छ भन्ने ठानी यो कथा काठमाडौँको एउटा पत्रिकामा छोडेर घर फर्किए ।

February 19, 2010

विरहको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो पोष्टबक्समा अपरिचित पत्र आएको रहेछ । सायद यो कर्मचारीको लापरवाहीले हुनसक्छ । नेपालमा यस्ता प्रशासनिक गल्ती हुनु स्वभाविक हो । यदि भएन भनेचाहिँ अचम्म मान्नुपर्ने हुन्छ । यो पत्र कुनै आमाले आफ्नो विदेशमा बस्ने छोरालाई लेखेकी रहिछिन् । त्यो पत्र यसप्रकारको थियो -

प्रिय छोरा
शुभाषिर्वाद

पत्र कहाबाँट सुरु गरूँ, अल्मलिएकी छु । शब्दहरू दुब्लाएका छन् । भावहरू साँगुरिएका छन् । भौतिकरूपले तिमीलाई नदेखेको पूरा तीनवर्षचार महिना भयो । तर तिम्रो अभौतिक आत्मा सधैँ मेरो साथमा हुन्छ । तिम्रो उमेरका पुरुषहरू देखेँ भने तिनमा म तिम्रै रूप र लक्षण खोजिरहेकी हुन्छु । अनि विगतमा पुग्छु । कतै तिम्रो रूपसँग मिल्ने बालक देखेँ भने म नचाहँदानचाहँदै पनि अतीतमा तानिन्छु । तिमी कति पिलन्धरे थियौ - ठ्याक्कै मैले देखेको बालकजस्तै । तिमी सानामा धेरै वर्षपेटको विमारले सताइयौ । पेटमा खानेकुरा नपच्ने अनौठो रोग थियो तिम्रो । कति डाक्टर, धामी, झाक्री गरेता पनि रोग निको भएन । अन्त्यमा गाउँकै अहेव जसलाई सबै डाक्टर भन्थे उसैले निको पार्यो । कैयौँ पटक तिमी कट्टुमा नै आपत बिसाएर आउथ्यौ । बूढो दिसाको कपडा धुदाँधुदाँ मेरो पेट नै फर्केलाझैँ हुन्थ्यो । तर पनि मातृत्व वात्सल्यताले त्यो गन्ध पनि पाचन गर्दथ्यो । लाग्थ्यो त्यो गन्धमा प्रेमको मीठो वासना मगमगाइरहेछ । म आफ्नो आत्मीय भावना तिम्रो यस्तै क्रियाकलापमा पोखिरहेकी हुन्थेँ । अनि त्यसबाट आत्मसन्तुष्टिको परम आनन्द प्राप्त गर्दथे । तिमी सेलरोटीको सारै सौखिन थियौ । गाउँमा कतै पूजा हुँदा तिम्रा लागि सेलरोटी म लुकाएर ल्याउने गर्दथे र तिमीले खाएको त्यो सेलरोटी म आफूले खाएकोभन्दा बढी आनन्द मानेर हेरिरहन्थे । लाग्थ्यो तिमीलाई मनपर्ने सारा खानेकुरा ल्याएर दिऊ । तर आर्थिक अभावले मे्रा सारा चाहनाहरू मुसलीले चामललाई पीठो पारेझैँ चुठदथे । तिमी हुर्कदै गयौ । तिमी हुर्कदै गएको मलाई थाहा थियो । तर मलाई मेरो वैश रित्तिदै गएको पटक्कै होश भएन । जुनबेला तिमी बिहे गर्ने बेलाको भइसकेका थियौ, त्यसबेला मेरो वैश रित्तिसकेको थियो ।
गोरखा रेजिमेन्टको आर्मीको जागिर तिम्रो बुबाले माग्नेबित्तिकै मेरा बुबाआमाले दिएका थिए । तिम्रो बुबासँग जागिरमा म काश्मिर गएकी थिएँ । मेरो भाग्यमा ठूलो दुर्घटना हुनु लेखिएको रहेछ । तिमी मात्र दुइवर्षा थियौ । राति अचानक तिम्रो बुबाको प्राणपखेरु सुतेको ठाउँमा नै गयो । तिम्रो बुबालाई उच्चरक्तचाप थियो । त्यो दिन निकै पिएर आउनुभएछ । मलाई त थाहा पनि भएन । बिहान अचानक सोफामा सुतेको अवस्थामा मृत शरीर लडेको पाएँ । विभिन्न कानूनी प्रावधान पूरा गरी दईवर्ष बालक तिमीलाई च्यापेर कसरी नेपाल आइपुगे, मलाई थाहा भएन । तिम्रो बुबा लर्डाईमा मारिएका भए वीरगति प्राप्त गरेको भनी सरकारबाट नै धेरै सुबिधाहरू पाउन सक्थे । तर त्यसो नभएको स्थितिमा तिम्रो लालनपालन गर्नचाहिँ भारतीय सरकारबाट किस्ताबन्दीको रूपमा पैसा पाउन थालेँ । जसले गर्दा तिमीलाई सामान्य तवरले पालनपोषण गर्न सकेँ । नत्रभने मैले कुनै पनि पेशा अपनाएर तिम्रो पालनपोषण गर्नुपथ्र्यो । त्यसको लागि मैले आफ्नो सतीत्व गुमाउन पनि तयार हुनु पर्दथ्यो ।
प्रिय छोरा, म विगतमा मात्र अल्झिरहेँ मैले तिमीलाई वर्तमानको तीतो यथार्थ पोख्नुअगाडि विगतको पृष्ठभूमि पहिल्याउन उचित ठानेर यो सब भन्दै छु । तिम्रो बिहेपश्चात घरमा खर्चको महामारी चल्न थाल्यो । जसलाई निमूल पार्न तिमीले विदेश गई कमाएर पत्नी र आमालाई सुखसाथ पाल्ने विचार पोख्न थाल्यौ । तिमी विदेश जाने कुराले मेरो मन भक्कानिएर आउँदथ्यो । म आफूलाई शून्य र एकान्तिक महसुस गर्न थालेँ । तिम्रो र बुहारीको जोडी कति सारो सुहाएको थियो । देख्नेहरू भन्थे 'तपाईँको छोराबुहारीको जोडी त दैवले नै जुराएको होला । कस्तो ढुकुरको जस्तो जोडी † तिमीहरूको जोडी देख्दा आफूले एकल जीवन काट्नुपरेको सबै पीडा बिर्सन्थेँ । कैयौँ रात जागै बसेको पीडा तिमीहरूको खुसीसँग साट्ने गर्दथे । जब तिमी विदेश जाने कुरा गर्दथ्यौ मेरो मुटुगाँठो परेर आउँदथ्यो । सानोमा मुनामदनको कथा पढेर बुबाले सुनाउनुभएको दृश्य आँखामा झल्झली आउँदथ्यो । तिम्रो बिछोड के गरी बुहारी र मैले सहने होला - कल्पना गर्दा पनि म त्यसै वेहोश होला जस्तो हुन्थेँ । समय उड्दै गयो । सुखका समय पङ्ख लगाएर उड्दा रहेछन् तर दुखका समय पलपल घिस्रिदै हिँडदो रहेछ । तिमी जानेकुरा गर्दा बुहारी दोजियाकी थिई । तिम्रो भिसा र जागिर मिलिसक्दा बुहारीले रहरलाग्दो छोरा पनि पाइसकेकी थिई । तिमी जानेबेलामा बुहारी सुत्केरी नै थिई । बिदाइको क्षण तिम्रो पनि मुहारमा उदासीका हजारौ लहरहरू झल्किरहेका थिए । देशले भोगको जनयुद्ध अनि सङ्क्रमणकालले खाएको देशको दुरावस्थाको प्रत्यक्ष प्रमाण तिमी विदेसिनुले दिईरहको थियो । धेरै युवाहरू विदेशिनु पर्ने बाध्यताको प्रतिनिधित्व गर्दै तिमी विदेशिएका थियौ- खाडीदेशको तातो हावा खान । त्यसपछि प्रत्येक दिन, साँझ, बिहान तिम्रो समाचार , फोनको प्रतिक्षामा हामी हुन्थ्यौँ । बुहारी त त्यसै मणि हराएको नागझैँ भएकी थिई । मैले पढेकी मुनामदनको कथा अहिले झल्झली चलचित्र भएर मेरो आँखामा सचित्र उत्रिएको थियो । बुहारीको मस्त यौवनमॉ तिम्रो अभावले मलाई सारै पीडा दिन्थ्यो किनभने त्यो पीडालाई मैले भोगकी थिए । लक्ष्मीप्रसाद देवकोटा कति दुरदर्शी रहेछन् । झण्डै साठी वर्षअगाडिको नेपालको सामाजिक चित्रण गरिसकेका रहेछन् ।
प्रिय छोरा, मानिसका सबै पीडा मुखले व्यक्त गर्ने हुँदा रहेनछन् । कतिपय पीडा अव्यक्त हुन्छ र त्यसले भित्रभित्रै खाइरहदो रहेछ । हो तिम्री श्रीमतीलाई पनि भित्रभित्रै अव्यक्त रोगले खाइरह्यो । त्यो कुरा पहिले त मलाई थाहा भएन तर पछि जब एकदिन अचानक बिमारी भएर वेहोश भई तब मलाई करेन्टको झट्का लागेझैँ भयो । तुरुन्त नजिकको हेल्थपोष्टबाट अहेब बोलाएर चेकअप गराएँ । उसले केही औषधि दिएर गयो । बुहारी होशमा आएर फेरि सदाझैँ काम गर्न थाली । तर उसलार्इृ अहेबले बेलाबेलामा हेल्थपोष्टमा औषधि लिन आउनुपर्छ भन्यो । बुहारी प्राय हप्ताहप्ता दिनमा हेल्थपोष्ट जाने गर्दथी । त्यसपछि बुहारीलाई बिमारले भेटेन । हेल्थपोष्ट जाने दिन ऊ असाध्यै खुसी हुन्थी । सानो छोरा मेरो जिम्मा लगाएर जान्थी । सुरुसुरुमा साथी लिएर जान्थी तर पछि एक्लै जान थाली आज यो उमेरमा आफ्नो बुहारीको चरित्रहिनताको कथा आफ्नै छोरालाई सुनाउनुपर्दा मलाई मृत्य किन नआएको होला भनी भगवानसँग प्ररार्थना गरिरहेछु । अब तिम्री मुनाजस्ती श्रीमती मुना रहिन । समयको वेगले उडाएर उसलाइृ धेरै टाढा पुर्याइसकेको छ । यसमा उसको पनि म केही दोष देख्दिनँ । त्यैपनि केही सम्झाउन खोज्यो भने झर्कोफर्को गर्छे तिम्रो पनि खास कमाइ हुनसकेन । एकदिन काकाको छोराले ल्याइदिएको भनी मलाई मोबाइल देखाई । हुन पनि हो अहिलको समयमा खुट्टामा जुत्ता नहुनेसँग मोबाइल हुन्छ भने उसँग हुनु कुन अचम्म हो र - तर अब ऊ हरदम मोबाइलमा हराउन थाली यो चाहिँ असामान्य भएको छ । त्यसरी मोहनी लगाउने चीज त्यो मोबाइलमा के हुँदोरहेछ । हुन त एसएमएस हो कि के हो मा केके लेखेर पठाउने गर्छन् रे । तर मलाई त चलाउन पनि आउँदैन बाबु । लुगा कपडा पनि फेरिफेरि लगाउन थालकी छे । यति हुँदाहुँदै एकदिन उसका कोठामा पानामा एउटा कविता देखेँ । त्यो कविता पढेपछि मलाई कस्तो-कस्तो लाग्यो । त्यसपछि मैले सोचेँ तिमीलाई यताको सत्यताको जानकारी दिनै पछै । नत्र समय धेरै ढिला हुन्छ । त्यो पानामा कविता लेखिएको थियो र त्यो यस प्रकारको थियो-

प्रिये आज एसएमएस गरिन्
प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको उपवासमा बसेकी छु ।
उपवासको भोक मेटाउन कविताको फलाहार लिइरहेकी छु ।
हामी धेरै हरायौ
एसएमएसमा, फोनमा, च्याटमा र पत्रहरूमा
हामी कहिले आकृतिविहीन भएर हरायौ
हामी कहिले रङ्गविहीन भएर हरायौ
हामी कहिले संवादविहीन भएर हरायौ
हामीले आफूले आफूलाई चिन्न नसकिने
गरेर हरायौ
त्यसैले प्रिये आज एसएमएस गरिन्

प्रिये आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झना उत्तरआधुनिककालको
गुफामा गुप्तवास बसेको छ ।
विज्ञानको युग, साइवरको युग
एक्काइसौँ शताब्दीको युग
तर पनि भावनाहरू
किन यसरी मुक्तवास खोज्छन्
फोनले तिर्सना किन मेट्दैन ।
कम्प्युटरले सपना किन देख्दैन ।
उत्तरआधुनिकताले भविष्यवाणि किन गर्दैन ।
विज्ञानले अविश्वासलाई किन मार्दैन ।
तिम्रो विश्वासको सफल आरोहरण गर्न पनि
मैले आज एसएमएस गरिन् ।

प्रिये,मैले आज एसएमएस गरिन्
किनभने तिम्रो सम्झनाको धरातलीय
क्षेत्रफल नाप्न बसेकी छु ।
कलम र कापीले सम्झनाका
लम्बाइ र चौडाइ नापीरहेकी छु ।
हामी असीमित लम्बाई चौडाइमा फैलियौ ।
फैलनुको कुनै सीमा रहेन ।
कुनै रेखा रहेन ।
कुनै कोण रहेन ।
तर पनि हामी स्वयम् शून्यमा हराइरहेका छौ ।
सायद शून्यको अगाडि एक अङ्क थप्न सके
हामी पूर्ण हुन्थ्यौ होला ।
तर त्यो हाम्रो जीवनको
गणितीय सिद्धान्तको विपरीत छ ।
हाम्रो जीवन शून्यमा हराइरहेको हुनाले पनि
प्रिये आज एसएमएस गरिन्
मलाई माफ गर प्रिये
आज मैले एसएमएस गरिन्

यो कविता पढेपछि मैले थाहा पाएँ बुहारीको चरित्रमा दाग लाग्दैछ र यो कुरा तिमीलाई खबर गर्नैपर्छ भनेर । सायद तिम्रो पनि हालत खाडीको तातो हावामा सम्हाली नसक्नुभएको होला । हाम्रो सुखी परिवारलाई अभावको अगुल्टोले जलाएर खरानी पार्दै छ । यो हाम्रो मात्र होइन धेरै नेपालीको यथार्थ हो । विदेश गई नकमाई नेपालीको जीविका नचल्ने नेपालीको कस्तो विडम्बना - अब यो विडम्बना तिमीहरू जस्ता धेरै युवाले तोड्नैपर्छ । तिमी चाँडोभन्दा चाँडो घर फर्केर आफ्नो सुखी परिवारमा लागेको आगो समयमा नै निभाउने छौ भन्ने आशा राखेकी छु ।

उही तिमीलाई धेरैभन्दाधेरै माया गर्ने आमा

कथाकार दिवाकर नेपालीज्यू, यो एउटी आमाको विरह र वेदनाले भरिएको पत्र पढेपछि म निकै भावुक भएँ। वास्तवमा आज हजारौँ आमाहरू यसरी नै छोराको अभावको पीडा र बुहारीको अव्यक्त पीडाबाट पीडित छन् । यस्ता आमाका पीडालाई तपाईँको कलमले कसरी व्यक्त गर्छ म भन्न सक्दिनं । तर मसँग यस्ता आमाहरूप्रति सहनुभूतिका हजारौं शब्दहरू समर्पित छन् ।

छोरीको फर्माइस

छोरीले आमालाई भन्दै छे - 'मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने - मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि ? अहिलेको जमाना कहा पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौँभनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने ? यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि ?
आमा भन्छे - 'छोरी काठमाडौ“को महङ्गीमा खान पनि धौधौ छ । यति धेरै फर्माइस पूरा गर्न कि भष्ट्राचार गर्नुपर्‍यो कि त दुइ नम्बरी धन्धा ? तिम्रो बुवाको सोझो कमाइले कहाँ पुर्‍याउन सकिन्छ र ?

छोरी फेरि पडकन्छे - 'महङ्गो ठाउँमा जन्माएपछि छोरी पनि महङ्गी हुन्छे भन्ने थाहा छैन । हुम्लाजुम्लामा जन्माएको भए भइहाल्थ्यो  नि ?'

आमा नबोली बजार जान्छे । बजारबाट र्फकदा मोटरसाइकलले हान्छ । आमा बाटोमा पछारिन्छे बेहोश हुन्छे । उसको हातमा छोरीको वर्थडेको लागि अर्डर गरेको बिल हुन्छ र साथमा छोरीको लागि एउटा पेन्ट र भेष्ट हुन्छ ।

आमा अस्पतालबाट व्लड बेचेर र्फकदै गरेकी हुन्छे ।

February 12, 2010

समयको माग

पूर्णरूपले आस्तिक थियो । एक दिन उसको भेट ठूलो नाम चलेका सन्तसँग भयो । सन्तसँगको सत्सङ्गले उसले धेरै अर्ती-उपदेश पायो । उसले सन्तबाट कहिल्यै पनि अरूकोर् इष्र्या, डाहा नगर्नू, असन्तुष्टि नलिनू, अरूको भलाइ छाडी क्षणिक आनन्दमा नरमाउनू, अरू कुमार्गमा लागेका छन् भने सुमार्ग देखाउनु, अरूलाई अर्ती-उपदेश दिनू, अरूका खुट्टा नतान्नू र अरूलाई सत्य कुराको अवगत गराउनू आदि शिक्षा पायो । ऊ पनि सन्तजस्तै भएर सन्तको आदेश पालना गर्न थाल्यो ।

त्यसउप्रान्त उसले कार्यालयमा कसैको हानिनोक्सानी नहोस् भनी अर्तीउपदेश दिन थाल्यो । अरूको भलाइ होस् भनी सत्य कुराको अवगत गराउन थाल्यो । उसले सबैलाई समान व्यवहार गर्न थाल्यो । आफूभन्दा मुनिका कारिन्दाको सम्मान गर्न थाल्यो । यसो गर्दै जाँदा आफूमुनिका कारिन्दासमेतले उसलाई हेप्न थाले । आफू चापलुसी, चुक्ली नगरी त्यसो गर्ने अरूहरूलाई पनि अर्तीउपदेश दिँदा ऊ छुच्चो कहलियो । असत्य कुरामा होमा हो नमिलाउँदा ऊ असामाजिक मानिसमा गनिन पुग्यो । यसरी ऊ कार्यालयमा हाकिमको समेत आँखाको कसिङ्गर बन्न पुग्यो । उसको सरुवा दुर्गम ठाउँमा भयो ।
उसलाई दिक्क लाग्यो । सन्तले देखाएको जीवनमार्गमा हिँड्दा सुखशान्ति मिल्ला भनेको झन् ठूलो आपत्ति आइपर्यो । उसले राजीनामा दियो । अनि ऊ व्यापार गर्न थाल्यो । व्यापारमा पनि उसले उदारवादी नीति र सत्यवादी नीति अपनाएको हुनाले ठूलो घाटा बेहोर्नुपर्यो । ऊ धेरै गरिब हुँदै गयो । घरमा खानलाई एक गेडो अन्नसमेत रहेन । एक दिन उसको घरमा चोर आयो । चोरले चोर्ने सामान केही नदेखेपछि उसलाई गाली गर्यो । उसलाई चोरले यसरी गाली गरेकामा साह्रै चित्त दुख्यो ।

उसले चोरलाई आफ्ना विगतका कुरा सबै बतायो । चोरले उसलाई सन्तको होइन आफ्नो सत्सङ्ग गर्ने सल्लाह दियो । चोरले उसलाई आफूजस्तै बन्ने र समयको प्रवाहअनुसार आफूलाई पनि बहाउने सल्लाह दियो । चोरले यी सबै सिक्न उसैसँग जानुपर्छ भनी सल्लाह दियो । उसले पनि चोरसँग जानुसिवाय अरू विकल्प केही देखेन । किनभने घरमा समेत ऊ स्वास्नी-छोराछोरीबाट दिक्क भइसकेको थियो ।

ऊ चोरसँग केही वर्ष बिदेसियो । केही सम्पत्ति लिएर पुनः घर फर्कियो । अब उसले समाजमा बाँच्ने सबै तरिका सिकेर आएको थियो । उसले समयको माग बुझेको थियो । अब उसले मागबमोजिमकै व्यवहार गर्न थाल्यो । ऊ सबैको अगाडि आस्तिक देखिन्थ्यो । तर भित्रभित्रै समाजलाई हानि हुने जुनसुकै काम पनि गथ्र्यो । 'मुखमा रामराम पेटमा छुरा' हुने काम गथ्र्यो । उसले व्यापार सुरु गर्यो । व्यापारबाट उसलाई ठूलो फाइदा भयो । ऊ केही वर्षभत्रमा नै करोडपछि व्यापारी मात्र भएन प्रतिष्ठित समाजसेवी र ठूलो धर्मात्मा कहलियो । घरमा सम्पन्नताले गर्दा होला सबै खुसी र सन्तुष्ट थिए । तर जब ऊ सन्तका कुरा सम्झन्थ्यो उसको मन कु“डिन्थ्यो अनि आत्मा तड्पिन्थ्यो ।

सिर्जना र सन्त्रास

बिहान सखारै उठेर केहीछिन किताब पढिन“ वा केही लेख्ने काम गरिन“ भने मलाई दिनभरि बोहनी ब्रि्रेको व्यापारीको मानसिकताजस्तै हुन्छ । त्यसैले सबेरै उठेर कलम र कापीको सङ्गतमा म जुट्न पुगेँ । छोरीको हिजोको अभिव्यक्तिले मेरो आत्मा जुमुराएको थियो अनि भावनाहरू शब्दमा पोख्न थाले“ ।
फेरि केको लागि युद्ध -
'मम्मी मलाई सारै डर लागिरहेछ , आज तपाई“स“गै सुत्छु है -'- मेरी चौध वर्षी छोरीले भनेकी थिई । मैले भनेकी थिए“- 'के को डर छोरी -' उसले पुनः भनेकी थिई- 'हिजो पल्ःलोपटि््ट एउटा मान्छे हातमा बम पड्केर कस्तो गरी मरेको देख्नु भएन - त्यसैले अनि त्यसको हात खुट्टा कसरी छरिएको अनि डर लाग्दैन त -'
त्यसो त हिजो नै मेरो टाउको माथिबाट एउटा सिपाहीको हातको बन्दुकबाट अचानक छुटेको गोली र्ससराउ“दै गएको थियो । म पनि त्यही मान्छेजस्तै क्षतविक्षत भएर भित्ताभरि मासुका टुक्रा छरिएर मर्न सक्थे“ । मैले परिवेशको जानकारी दिई भनेकी थिए“ " हेर, छोरी अब हामी डराएर हु“दैन हामीले यस्ता बम, गोली त साधारण मान्नर्ुपर्दछ । बिमारी ह“ुदा खाइने गोली अब बिमारी नह“ुदा पनि खानर्ुपर्छ । "
मैले छोरीलाई त सम्झाए“ तर आफूलाई कसरी सम्झाउने - मान्छेले मृत्युलाई स्वीकारी सकेपछि डर भन्ने शब्द नै रह“दैन तर मृत्यु आउनुभन्दा अगाडि जुन डर र त्रास हुन्छ त्यो मृत्यभन्दा खतरनाक हुन्छ । म पनि छोरीको उमेरमा विशेषगरी राती असाध्यै डराउ“थे । सपनामा मान्छे मरेको, मरेको मान्छे बोलेको , सिनो भएको आदि, देख्ने गर्दथे । अझ हाम्रो समयमा अहिलेको जस्तो त्रासदिपर्ूण्ा वातावरण थिएन ।
मेरो टोल खसी, बोका र कुखुरा काट्ने टोल भनेर चिनिन्छ । आजसम्म मैले खसी बोकाको मासु भित्ताभरि टा“सिएको कहिले देखेकी छैन । उनीहरू खसी, बोका र कुखुराका खुट्टा, आन्द्रा भुडीधरि राम्रो मूल्यमा बेच्छन् । तर आज एउटा मान्छे भित्ताभरि मासुको टुक्रा छरिएर मर्यो । खोई मानवीयता , खोई अस्मिता अनि खोई सभ्यता - आज मान्छेले मान्छेलाई किनिरहेछ मूल्यबिना अनि मान्छेले मान्छेलाई बेचिरहेछ मुल्यबिना ।
आजको समय यो छ भोलि के हुन्छ - मान्छेले सबै प्राणीमाथि विजय पायो । ऊ र्सवश्रेष्ठ प्राणी कहलियो । तर आफूले आफैमाथि कसरी पराजित भयो । ऊ अन्य प्राणीभन्दा तल्लोस्तरमा कसरी पुग्यो । बम र गोलीमा साटिएको हाम्रो विवेक, ज्ञान, सभ्यता हामी किन खोज्दैनौ - वैज्ञानिकहरूले जीवनलाई विकासको चरमचुलीमा पुर्याइदिए भने हामी भित्रको सानो तुसलाई किन पत्ता लगाउन सक्दैनौ । जीवन भनेको मृत्यु नै हो भने सबैजना मृत्युलाई किन अगाल्दैनौ“ - किन बा“च्नका लागि रातदिन सङ्धर्षगर्र्छौ -
फेरि छोरीको अभिव्यक्तिले मेरो लेखकीय मानसिकतालाई यसरी तिखार्यो । अनि राष्ट्रिय चिन्तनलाई यसरी माझ्यो - सानो सुन्दर र शान्त देश नेपाल आज किन आगोको होली खेलिरहेछ । विश्वमा वीर भनेर चिनिएको नेपाली आज किन प्रत्येक पल मृत्युको सन्त्रासले का“पिरहेको छ । जीवन बा“च्नुभन्दा भोग्नु गारो भइरहेछ । बा“च्न त कुकुर बिरालो पनि बा“च्छन् । तर भोगाइको अर्थ खोई - निजी स्वार्थ र विवेकभन्दा माथि हामी किन उठ्न खोज्दैनौ“ - विदेशी गोली र बमले किन स्वदेशी आत्मा ध्वस्त पारिरहेछौ“ । हामी विदेशी गोली र बम को बदलामा विदेशी ज्ञान, सीप र विवेक भित्र्याउन किन सक्दैनौ“ । मेरी छोरीजस्तै यहा“ बम र गोली भित्रयाउनेहरूको छोरा वा छोरी हुन सक्छन् । आफ्नो सन्तानको ममतामा किन बोल्दैनन् बम पड्काउनेहरू । भोलिका हाम्रा सन्तानलाई के उपहार छोड्ने भनेर किन सोच्दैनन् । वर्तमानका नायकहरू -
यसरी नै बग्दै जाने हो भने भोलिको हाम्रो इतिहास कसले पढ्छ अनि सन्तति नै नरहे इतिहास नै नरहे केको लागि झगडा अनि केको लागि युद्ध -
यति लेखकीय अभिव्यक्ति सकेर म सदाझै दैनिक कार्यमा व्यस्त हुन्छु । बाह्र वर्षेखि चल्दै आएको घटनाक्रममा स्वचलित मेसिनझ“ै अभ्यस्त हुन्छु । हतारहतार गर्दै आफ्ना लालाबाला लिएर गाडीमा चढ्छु । स्कुल पुगेपछि थाहा पाउ“छु, प्रिन्सिपल सरको घरबाट दुखद समाचार आएकोले कसैस“ग भेट्न नपाई घर गइसक्नुभएको रहेछ । हुन त प्रिन्सिपल सर नहु“दा पनि विद्यालय सुचारूपले चल्छ तर पनि कुनै कुनामा भनौ“ या कतै न कतै अभाव खट्किरहेको हुन्छ ।
म बिल पेश गर्न एकाउन्ट सेक्सनमा पुग्छु । एकाउन्टेट मीस रिमला 'एकछिन पर्खनोस् है' भन्दै आफ्नो पहिलादेखि चालिआएको काम गर्न व्यस्त हुनुहन्छ । त्यसैबेला मेरो आ“खा भित्तामा टा“स्सिएको अति भावपर्ूण्ा तस्विर पिता हर्मन माइनर र उहा“को धर्मपुत्र हेल्मुट कुटिनमा पुग्दछ । मेरो मस्तिष्क मोडिएर पिता हर्मन माईनरको बालबालिकाप्रति समर्पित जीवनको प्रसंसा गर्न पुग्दछ । अनि बिहान भर्खर सकिएको मेरो लेख 'फेरि केको लागि युद्ध' मा जोड्न पुग्दछु । पिता हर्मन माइनर जसलाई म आत्मादेखि नै श्रद्धा र सम्मानका पुष्परूपी शब्दहरू अर्पित गर्न चाहन्छु । जसले विश्वका १२०वटा देशभन्दा बढी देशहरूमा एसओएस जस्तो पवित्र संस्था चलाएर लाखौ“ अनाथहरूलाई मातापिताको अभाव महसुस नगर्राई अति व्यवस्थितरूपमा संरक्षण दिई, कुनै किसिमको अभाव हुन नदिई समाजलाई र देशलाई एउटा असल नागरिक सिर्जना गराइरहेको छ । एउटा विदेशी अनि विदेशी संस्थ्ााले हाम्रा यत्तिका बालबालिकाको भावना वुझेको छ , चाहना बुझेको छ अनि भविष्य बनाइदिएको छ । तर हामीले आफै आफ्ना बालबालिकाको भावना बुझेका छैना“ै । उनीहरूलाई त्रासदिपर्ूण्ा जीवन बा“च्न बाध्य गराइरहेका छा“ै । सयौ बालबालिकालाई अनाथ अनि अपाङ्ग बनाइरहेको छौ । अनि सडकमा फ्याकिरहेका छा“ै । हामी आप\mनै छोराछोरीको भविष्यको चिन्ता गरिरहेका छैनौ“ । पिता हर्मन माइनरबाट हामीले धेरै कुरा सिक्नर्ुपर्दछ । सिर्जना गर्न र व्यवस्थित गर्न धेरै गाह्रो हुन्छ । तर त्यही कुरा बिगार्न र भन्काउन सजिलो हुन्छ ।
हामी जहिले पनि सजिलो नै खोज्छा“ै । आज मलाई गर्व लागेको छ । म पिता हर्मन माइनर को संस्थामा काम गरिरहेकी छु । जसले 'ससारका बालबालिका हाम्रा हुन्' भनेर भन्नुभएको छ । आजको हाम्रो राष्ट्रिय परिवेशमा हामीले हाम्रा बालबालिका हाम्रा होइनन् भन्ने व्यवहार गरिरहेको समयमा म पिता हर्मन माइनरको अमृतमय वाणीमा हृदयदेखि नै द्रविभूत हु“दै उहा“प्रति नतमस्तक हुन पुग्दछु । उहा“ले आफ्नो जीवनको अति बहुमूल्य समय बालबालिकाप्रति समर्पित गरेर जन्मौजन्म अमर बन्नु भएको छ भने हामी उहाको सिद्धान्तको ठीक उल्टो व्यवहार गरिरहेका छौ“ ।
त्यसपछि मैले आफ्नो एकाउन्टको काम सकेर पिता हर्मन माइनर र हाल एसओएस का अध्यक्ष हेल्मुट कुटिनले हामीलाई सिकाएको पाठको चिन्तन र मनन गर्दै त्यहा“बाट बाटो लाग्छु ।

February 5, 2010

तीन गमला

सुन्दर घरकोअगाडि बरन्डाको डिलमा पुराना तीनओटा गमला थिए । ती गमलामा तीतेपाती, तुलसी र घोडताप्रेका बोटहरू रोपिएका थिए । यस्तो राम्रो घरको बरन्डामा त्यो पनि डिलमा यस्ता फुल्दै नफुल्ने फूलका गमला राख्नुपर्दा बुहारीपात्र चिढचिढिएकी थिई । सासूपात्रलाई उक्त गमला त्यहाँ नराखी नहुने भएकाले दुइ पात्रबीच वाक्युद्ध पर्दथ्यो । अनि त्यस युद्धको बीचमा तटस्थता अपनाउन छोरा भनौँ श्रीमान्पात्रले आफ्नो सम्पूर्ण कला र प्रतिभा खर्च गर्नुपर्दथ्यो । ऊ कहिले श्रीमतीले हानेको बाणले निशाना हुनपुग्दथ्यो भने कहिले आमाले हानेको बाणको । ती बाणहरूले ऊ मर्माहत हुन पुग्दथ्यो । तर पनि उसले कुनै ठोस निर्णय लिन सकेको थिएन ।
श्रीमतीपक्षको वकालत पनि ठीकै थियो । यति सुन्दर घरको अगाडि यस्ता नफुल्ने फूल राखेर घरको शोभा नै घटाउन नहुने नि π अन्त अघिपछि राख्दा पनि हुने नि π आफ्नो अभिमानको प्रदर्शन हो यो ।
अनि ऊ आमापक्षको वकालत सुन्थ्यो । घरको अगाडि यस्ता औषधिका बोट राख्दा के बित्यो - साँझबिहान बिमारी परिन्छ । अनि यी पातहरूको आवश्यकता पर्दछ । तिमीहरूलाई के थाहा π यसले खान मागेको छ र -
दुवै पक्षको वकालती तर्क ठीक थियो । ऊ मात्र बेठीक थियो । त्यसैले ऊ बेला-बेलामा जोइजिङग्रे अनि नामर्दको उपाधि पनि पाउँदथ्यो ।
एक दिनको कुरो, राती ठूलो आवाज आयो । घरका सबै उठे, होहल्ला भयो । चोरले घरमा पस्न खोज्दा तिनै गमला झरेको थियो । अनि मानिसहरू उठेको हुनाले चोर भागेको अड्कल सबैले त्यहा“ गरे ।
सासूपात्रलाई आफ्नो औषधिको गमला फुटेकोमा ठूलो अफसोस भयो । बुहारीपात्रलाई ती पुराना गमला त्यहा“बाट सधैँको लागि हटेकामा सन्तुष्टि भयो । श्रीमान्पात्रलाई ती गमलाहरूले आफ्नो घरमा हुन लागेको ठूलो अनिष्ट टरेकोमा खुसी लाग्यो ।
केही समयपछि बुहारीपात्रको छोरो बिमारी भयो । राती तीतेपाती र तुलसीको पात चाहिने भयो । घरमा अन्य कोही नभएकाले छोरालाई एक्लै छोडेर बुहारीपात्र घरमुनि औषधिका पात लिन जान सकिन । उसले बरन्डामा औषधिका पातहरू झल्झली सम्झी ।
भोलिपल्ट उसले राम्रा तीनवटा गमला किनेर ल्याई र उक्त औषधिका बोटहरू रोपेर बरन्डामा सजाई । त्यस गमलामा औषधिका बोटमात्र नभई तीनै जनाका शान्ति, खुसी र आत्मसन्तुष्टिहरू पनि मौलाए ।

ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

दशैं तिहार त्यसैपनि विदाको दिन । फुर्सदै-फुर्सद अनि बेफुर्दी पनि । यस अवसरमा कुनै खास पोष्ट लेखौं भन्ने लागेको थियो । नजानिदो पाराको व्यस्तताले गर्दा लेख्न पाइनँ । इटहरीकी साहित्यिकार तथा ब्लगर शर्मिला खड्का(दाहाल) आफ्नो गृहथलो आउने इमेल खबरले भेट्ने इच्छा जगायो मलाई । आफ्नो घर इटहरी नै भएपनि उहाँसँग औपचारिक यसरी भेट भएको थिएन । विदाको दिन, कामको बोझ थिएन, ब्लगर र साहित्यकारको भेट ऐतिहासिक नै बन्न पुग्यो हाम्रो लागि ।
वि.सं. २०२३ साल भोटेपुल धरानमा जन्मनु भएकी शर्मिला खड्का(दाहाल) हाल एम.ए अध्ययनरत हुनुहुन्छ । कथा, कविता, लेख र बालसाहित्य विधामा कलम चलाउनुहुने खड्का उत्खनन नारी साहित्य प्रतिष्ठान इटहरी संरक्षक, साहित्य सञ्चार समुह संस्थापक सदस्य, नेपाल बाल साहित्य समाज काठमाण्डौं आजीवन सदस्य, वाणी प्रकाशन विराटनगर साधारण सदस्य, अच्छा राइ रसिक प्रतिष्ठान इटहरी आजीवन सदस्य लगायतका पदमा रहि जिम्मेबारी सम्हाल्दै आउनुभएको छ । साझा बालसाहित्य पुरस्कार २०६०, अनेसासको सवोत्कृष्ट नारी हस्ताक्षार, स्व डिल्लीराम तिम्सिना स्मृति पुरस्कार २००७ बाट पुरस्कृत भै सक्नुभएकी खड्का नेपाल बाल साहित्य समाजको राष्ट्रिय सम्मेलन, धरान बालसाहित्य समाज, मनोक्रान्ति बालविकास केन्द्र इटहरी, पाटन लेडी जेसिज, जेसी महिला सम्मान कार्यक्रम २०६३, एभरेष्ट फाउण्डेशन काठमाण्डौं, नेपाल सम्मान २०६४ लगायतबाट सम्मानित हुनुभएको छ । बालमनोवैज्ञानिक उपन्यास 'सानी', धारावाहिक बाल उपन्यास 'सानीको साहस', 'मित्रताको महत्व', लद्युकथा संग्रह 'संवत्-अफिस', बालउपन्यास 'सिन्केको सफलता' बाल एकाङ्की संग्रह 'उज्यालो बाटो शिक्षाको' कथासंग्रह 'समयको क्यानभासमा' लगायतका कृतिहरु प्रकाशित गरिसक्नुभएकी खड्का हाल काठमाण्डौं नयाँ बानेश्वरमा अस्थायी बसोबास गर्नुहुन्छ । यस टाँसोमा उहाँसँग गरिएको अनौपचारिक गफगाफ पस्कदैछु ।
● हाल के लेख्तै हुनुहुन्छ ?
-हाल कथोपन्यास क्यानभासमा कथाहरु लेख्तै छु । जुन श्रृखलाको रुपमा विभिन्न साहित्यिक पत्रिकाहरुमा आइरहेका छन् ।

किन उपन्यास लेख्न थाल्नुभयो ?
-समयको क्यानभासमा धेरैजनाले रुचाउनुभयो । यो वेवपत्रिकामा पनि छापिएको थियो । धेरै टाढाबाट राम्राराम्रा प्रतिक्रिया आए । त्यसैसमय परशुप्रधानले सीताहरु लेखेर प्रकाशित गर्नुभएको थियो । मलाई पनि नयाँ प्रयोग गरेर केही लेखौँ लागेको थियो । त्यसैले त्यसको दोस्रो श्रृखला कल्पनाको क्यानभासमा लेखे त्यो अमुर्तकथा पनि धेरैजनाले मन पराइदिनु भयो । त्यसपछि व्रिद्रोहको क्यानभासमा र मायाको क्यानभासमा लेखे । त्यसको पनि राम्रो प्रतिक्रिया पाएँ । त्यसपछि यसलाई कथोपन्यास नै बनाउँछु भनी धारावाहिक रुपमा लेख्न थालेँ । यो नौलो प्रयोग हो । यो पुस्तकको रुपमा आएपछि अझ रोचक हुनेछ भन्ने मेरो विश्वास छ ।

तपाईको समग्र लेखनको लक्ष्य वा उद्वेश्य के हो ?
-सुरुमा म बालसाहित्य लेख्थे किनभने मैले नेपाली बालसाहित्य क्षेत्रमा बालसाहित्यको ठूलो अभाव देखेँ । बालसाहित्य लेख्दा पहिलो पुस्तक ‘सानी’ले साझा बालसाहित्य पुरस्कार २०६० प्राप्त गयो । यसबाट मैले निकै चर्चा र माया पाएँ । वास्तवमा म बाल्यकालमा अतृप्त प्रेमले पिडीत थिए । हाम्रो परिवार ठूलो भएको हुनाले बुवाआमाबाट मैले पाउनुपर्ने प्रेम पाउन सकेको थिइनँ । त्यो अतृप्तताले मलाई खाइरहन्थ्यो । जब साहित्यक्षेत्रमा एउटा पुस्तक लेख्ने बित्तिकै वरिष्ठ साहित्यकार रमेश विकल, माधव घिमिरे आदिबाट अत्यन्त हार्दिकता र प्रेम पाएँ त्यस्तै धेरै पाठकहरुको माया पाएँ तव मैले यो संकल्प गरेकी म साहित्य लेखेर मैले नपाएको अतृप्त प्रेम पुरा गर्नेछु । म बच्चा देखि वृद्धसम्मको हृदयबाट साहित्यको माध्यमले प्रेम प्राप्त गर्नेछु अर्थात सबैको स्पन्दनमा राज गर्ने प्रयास गर्नेछु । त्यसपछि निरन्तर म साहित्यमा समर्पित भएँ ।

कथा किन लेख्नुहुन्छ नि ? कुनै खास उद्वेश्य भएर वा मन बहलाउन मात्र ?
-वास्तवमा म साहित्य नै किन लेख्छु भन्नेकुरा मैले माथि नै भनिसकेको छु । त्यही उद्देश्य पूरा गर्न त्यसमा कटिवद्ध भएर लागि परेको छु । यसरी लाग्दा किन हो मैले गद्य विधा नै रोजे मलाई यही विधा नै रुचीकर र सजिलो लाग्यो । जब मेरा प्रत्येक कथाले प्रशंसा पाउँदै गए, ममा हौसला थपिदै गयो । बिस्तारै चुनौति पनि । मलाई लाग्छ मलाई पाठकले एउटा स्थान दिइसक्नुभएको छ र त्यो स्थानलाई सुरक्षित राख्न मैले अझै साधाना र परिश्रम गर्नैपर्छ ।

तपाईका कथाहरु प्रेम, वासना र यौन मनोविज्ञानले लत्पोतिएका छन् नी ?
-मेरा कथाहरु प्रेम, वासना र यौनमनोविज्ञानले लतपतिएका हुन्छन् । यो सही पनि हो । प्रेम शाश्वत हो । प्रेम सर्वव्यापी हो । वास्तवमा भन्ने हो भने यो संसार प्रेममा अडिएको छ । प्रेमका अनेकौ रुप हुन्छन् तर हामीले प्रेमलाई वासनाका रुपमा मात्र हेरेका छौ । त्यसैले मैले मेरा कथाहरुमा प्रेमका अन्य रुपलाई पनि देखाउने प्रयास गरेकी छु । मैले वासनारहित प्रेमलाई पनि देखाउने प्रयास गरेको छु भने यौनमिश्रति प्रेमलाई पनि । यौनमा मैले ठूलो रहस्य देखेकी छु । त्यसलाई खोतलेर बाहिर निकाल्ने सानो प्रयास मात्र गरेकी हुँ । फायडले यौनमनोविज्ञानको व्याख्यामा व्यक्तिको सम्पूर्ण कार्यलाई यौनले असर पारेको हुन्छ भनेका छन् । उनको सिद्धान्तबाट प्रभावित भएर धेरै यौनमनोविज्ञान सम्बन्धि साहित्यिक पुस्तकहरु लेखिएका छन् । मैले नेपाली साहित्यमा विपी कोइराला र परशु प्रधानको कथामा त्यस किसिमको यौनमनोज्ञिानको अध्ययन गरेकी छु र प्रभावित भएको छु । एकातिर खुला युरोपिय यौन सँस्कृतिले असर पारेको हाम्रो समाज छ भने अर्कोतिर प्रतिबन्धित हाम्रो समाज छ । यस अवस्थामा हाम्रो समजमा यौनसम्बन्धि धेरै विसँगति र विकृति हुनु स्वभाविक हो । यसबाट समाजमा धेरै घटनाहरु घटेका हुन्छन् जसलाई साहित्यकारहरुले कथा बनाएर जीवन्त बनाएका हुन्छन् । मैले पनि त्यही गर्ने प्रयास गरेकी हुँ ।

आफ्नो कथा सिर्जना प्रक्रिया बताइदिनुस् न ?
-म कथा यो समयमा यसरी लेख्छु भन्न सक्दिन । जुनसुकै बेला पनि कथा फुर्नसक्छ तर मलाई पर्याप्त अनुकुल समय भएको हुनुपर्दछ । त्यस्तो पर्याप्त समय नभएको अवस्थामा कतिपय मेरा कथाहरु हराएर गएका छन् । मेरा अघिका कथाहरु लेख्दा म जागिरे अवस्थामा थिए । त्यससमयमा बन्द हड्ताल नभएको भए मलाई कथा लेख्न धेरै मुश्किल हुन्थ्यो । कुनै घटना, विषयवस्तु, दृश्यले जब मेरो हृदयमा छुन्छ म त्यसमा डुब्छु र एउटा कथाको अस्थिपञ्जरमात्र तयार गर्छु, अस्थिपञ्जर तयार भएपछि त्यसलाई बुनोट र रुपरगमा ढाल्छु । भाषाशैलीले श्रृगार गरेपछि त्यो सुन्दर छ छैन भन्ने कुरामा मनन गर्छु, त्यसलाई म खेस्राको रुपमा नै निकै चोटि सारेर तयार गर्छु । आफू सन्तुष्ट नहोउञ्जेल परिमार्जन गरिरहन्छु । परिमार्जन गर्ने क्रममा कुनै मेरा कथा एकदुई वर्षसम्म अल्झेका पनि छन् । म विशेषगरी मौलिकतामा, प्रस्तुतिमा र शैलीमा विशेष ध्यान दिन्छु । मलाई कुनै पनि कार्य अरुले भन्दा पृथकपाराले गरौ भन्ने लाग्छ । जहाँ आफ्नो उपस्थिति देखियोस् । यही पृथक धाराणले नै मलाई साहित्यमा आफ्नो परिचय बनाउन सफल बनायो ।

बाल साहित्य लगायतको विधामध्ये आफू कुन विधामा सफल छु भन्ने लाग्छ ? अथवा पाठकीय दृष्टिले कुन विधा बढी लोकप्रिय छ ?
- म आफू कुन विधामा सफल छु भनेर भन्न सक्दिनँ यो पाठकले मुल्याकंन गर्ने कुरा हो । म सबै बिधामा कलम चलाइरहेकी छु । मेरा सस्मरणात्मक निबन्धलाई पनि पाठकहरुले रुचाइदिनुभएको छ । जुन सिर्जना र सन्त्रास भन्ने पुस्तकको रुपमा आउँदैछ । हाल पाठकीय दृष्टिले गद्यबिधा नै लोकप्रिय छ । विगतको समयमा कविताको वर्चस्व थियो भने अहिले कथा, उपन्यास, स‌स्मरण, र आत्मवृतान्तले लोकप्रियता पाउँदै गएका छन् ।

वर्तमान नेपाली कथा, उपन्यास कुन दिशातर्फ उन्मुख भएको पाउनुभएको छ ? कथ्य र शैलीमा भैरहेको प्रयोगलाई कुन रुपमा लिनुभएको छ ?
-अहिले नेपालीसाहित्यमा कथा, उपन्यासहरु निकै लेखिएका छन् । विशेष गरी देशले जनयुद्ध र जातीय हिंसा र आन्दोलन बेर्होनुपयो । यस हिसाबमा त्यससम्बन्धि साहित्य लेखिए । ती साहित्य ऐतिहासिक दस्तावेज हुन र घटनाका साक्षीहरु पनि । तर वास्तविक साहित्य लेखनचाहिँ ओझेलमा परेको जस्तो लाग्यो । जताततै हिंसा, आन्दोलन, त्रासमा जनता बाँच्नुपर्ने अवस्थामा स्वच्छन्दरुपले लेखकले लेख्न पाएनन् । जसले गर्दा साहित्यिक कलात्मकताले उचाइ लिन नसकेको जस्तो लाग्छ । साहित्यिक लेखनलाइ देशको राजनीति र सामाजिक अवस्थाले ठूलो असर पारेको हुन्छ ।

लीलालेखन र उत्तरआधुनिकवाद बारेमा तपाईको धारणा छ ?
-उत्तरआधुनिकतावाद पश्चिमेली समालोचनाक्षेत्रमा सन् १९६० सालमा चलेको वाद हो । दोस्रो विश्वयुद्धपछि विश्वमा भएको मानव मूल्यमान्यताको विखण्डनपछि विश्वमा एउटा नयाँ धारणाको जन्म भयो । आधुनिकताले जन्माएको सम्पूर्ण विज्ञानको उपलब्धि र मानव सभ्यतामाथि प्रश्न चिन्ह खडा भयो । यसको विरोधमा नयाँ धारणाको जन्म भयो । जसलाई उत्तरआधुनिक धारणा भनियो । यसले समाजको कला, सँस्कृति, नृत्य, संगीत आदि क्षेत्रमा प्रभाव पार्दै लग्यो । उत्तरआधुनिकतावादले अत्यन्त ठूलो क्षेत्र ओगेटेको छ । यसले अन्तिम सत्य केही हुँदैन भनेको छ । यो नयाँ चेतना, मूल्य र मान्यता बोकेर आएको वाद हो । यसका प्रमुख मान्यताहरु वहुलतावाद, बहुकेन्द्रितयतावाद, नवअग्रसरतावाद, प्राविधिक सँस्कृति, नारीवाद, समलैगिकवाद, आदि हुन । यसको परिभाषा विशाल छ । नेपाली भाषसाहित्य र समालोचना क्षेत्रमा डा. गोविन्दराज भट्टराई यसको प्रमुख व्याख्याता मान्न सकिन्छ । उत्तरआधुनिकवादका चिन्तक ज्याक डेरिडाले सन् १९६६ मा विनिनिर्माणवादको एउटा तरग ल्याए । जसले भाषासाहित्यमा ठूलो हलचल ल्यायो । यता दार्जिलिंगका इन्द्रबहादुर राईले तेस्रो आयाम पनि लीलालेखनको आन्दोलन धोषणा गरे । उनले लीलालेखनलाई विनिनिर्माणवाद भनी व्याख्या गरेका छन् । लीलालेखनलाई विनिनिर्माणवाद भनी व्याख्या गरेपनि यो भ्रान्ति मात्र भएको कुरा समालोचक डा. गोविन्दराज भट्टराई बताउँछन् । मेरो विचारमा लीलालेखन पूर्वीय साहित्यमा हाम्रा पाखापखेरामा फुलेका वा फलेका जडीबुटी हुन् जसको पहिचान, प्रशोधन र परिमार्जन हुन सकेको छैन भने उत्तरआधुनिकवाद पाश्चात्य साहित्यमा फस्टाएको आधुनिक प्रशोधनयुक्र र सम्पूर्ण व्याख्या र सूत्रबाट निर्मित एलोपेथिक औषधि हो ।

आफ्नो सिर्जनाको आत्ममूल्याकंन कसरी गर्नुभएको छ ?
-आफ्नो सिर्जनाको पहिलो समिक्षक लेखक आफै हुन्छ अरे । त्यसैले लेखिसकेपछि मैले आफूले मेरो सिर्जनालाई कतिको न्याय गरे भन्ने कुराको मूल्याकंन चाहिँ म गर्ने गर्छु तर कुनै सिर्जना आफूलाई स्तरीय लागेको हुन्छ तर पाठकले सामान्य ठानीदिनुहुन्छ । कुनै सामान्य लागेको लाई स्तरीय ठानीदिनुहुन्छ । पाठकहरुमा पनि धेरै किसिमको फरकफरक विचारहरु पाएको छु ।

समय र उमेरअनुसार साहित्यिक सिर्जनालाई के कसरी असर पारेको हुन्छ ?
-साहित्यलाई समय र उमेरले पुरै असर पारेको हुन्छ । म साहित्यमा आउनु पनि समयको परिवन्द थियो । समयले मेरो जीवनमा यस्तो उतारचढाव ल्यायो जो सबैले आफ्नो जीवनमा भोग्न पाएका हुँदैनन । तर त्यो भोगाइ अति कठिन र पीडादायी थियो । जीवन र मृत्युको एउटा ठूलो संधर्ष । तर समयले मेरो पक्षमा फैसला गरिदियो जसले म बाँचे त्यो पनि एउटा साहित्यकार भएर । यसमा मलाई गर्व लागेको छ । म मेरो विगतको जीवनको बारेमा आत्मवृतान्तमा लेख्नेछु । त्यो कहिले लेख्छु भन्ने अहिले निक्यौल गरेकी छैन शायद समयले लेखाउला त्यसैले पाठकहरुले प्रतिक्षा गरिदिनु हुन अनुरोध गर्दछु । त्यस्तै उमेर बढ्दै जाँदा साहित्यमा परिपक्वता, अनुभव बढ्दै जान्छ जसले साहित्य लेख्नमा अझ मद्धत गर्दछ ।

सबैका आ-आफ्ना विधागत अनुशासन, मर्यादा र सीमा हुन्छन्, तपाई आफ्ना अनुभूतिलाई कुनचाहिँ विधामार्फत सजिलै व्यक्त गर्न सक्नुहुन्छ ?
-मैले अघि भनिसकेँ म आफ्नो अनुभुतिलाई गद्यविधामा पोख्न नै सजिलो मान्छु तर गीत कविताहरुमा पोख्नेचाहि गरेको छु । तर त्यो सामान्य क्षणिक आवेग आउँदा मात्र पोख्ने गर्दछु मेरो कथोपन्यास क्यानभासका कथाहरुमा मैले गीत, कविता, निबन्ध, समालोचना आदिको संयोजन गरेर कृति तयार गर्दैछु यो नेपालीसाहित्यमा नौलो प्रयोगद्वारा तयार गरिएको पहिलो कृति हुनेछ ।

साहित्यमा प्रगतिवादी चेतना जरुरी हुन्छ भनिन्छ किन होला ?
-साहित्य एउटा रस हो । सामान्य अर्थमा हामी कुनै कुराको स्वाद लिदा तीतो, पिरो, टर्र्रो नुनिलो, गुलियो सबैको स्वाद लिन्छौ । साहित्यमा पनि त्यस्तै हो प्रगतिवादी चेतना मात्र जरुरी छ भन्न सकिन्न । चेतना र धारणा सबै प्रकारको लिन जरुरी छ । एउटा धारणाले मान्छेलाई एकोहोरो आँखामा पट्टी बाँधेको घोडाजस्तो बनाउँछ । यो संसार विशाल छ । यो विशालतामा धेरैकुरा अटाउँछ । एउटै कुरामा सीमित रहँदा अरु धेरै कुरा हातबाट फुस्कन सक्छ । समाजलाई प्रगतितर्फ लान यो वाद आवश्यक होला तर समाजले प्रगतिमात्र खोज्दैन । यहाँ मान्छेका मूल्य, मान्यता, विसंगति, असंगति धेरै छरिएर रहेका हुन्छन् जसलाई साहित्यले समेटदै लैजानुपर्छ । साहित्य सीमित घेराभित्र बाधिनुहुँदैन ।

हालका साहित्यिक सिर्जनाको स्तर, माहोल कसरी हेर्नुभएको छ ?
-हाल साहित्यिक सिर्जनाको स्तर र माहौललाई नजिकबाट हेर्ने गरेको छु । किनभने जागिरबाट अवकाश लिएपछि सम्पूर्ण समय यसैमा समर्पित गरेको छु । साहित्यिक सिर्जना पहिलेको अनुपातमा धेरै हुन्छन् तर कमले मात्र उत्कृष्टता पाएका छन् । यसमध्ये नारी हस्ताक्षर अत्यन्त कम भएको महसुस गरेकी छु ।

लेखक समाजमा आदर्श व्यक्तित्व हो कि स्वच्छन्द ? तपाई आफूलाई कुन विन्दुमा पाउनुहुन्छ ?
-वास्तवमा लेखक समाजको स्वच्छन्द व्यक्तित्व भएर बाँच्न पाउनुपर्दछ । किनभने लेखनप्रक्रियाको क्षणमा ऊ धेरै असामान्य मानसिकताबाट गज्रनुपर्दछ । त्यसैले ऊ स्वच्छन्दरुपमा बाँच्न सकेमात्र जीवन उसको लागि सहज बन्छ नत्र असहज र असामान्य बन्दछ । तर स्वच्छन्दताको पनि एउटा सीमा हुन्छ । समाजले कुन हदसम्म स्वीकार गर्दछ । किनभने हाम्रो लेखन हाम्रो समाज भन्दा बाहिर जान सकेको छैन । पश्चिमी साहित्यको इतिहासमा धेरै पुरानो छ र धेरै साहित्यकार जन्माइसकेको छ । तर हाम्रो साहित्य भर्खर बामे सरेर पाइला टेक्ने अवस्थामा छ । त्यसैले हाम्रो समाजले त्यस्तो धेरै साहित्यकार जन्माइसकेको छ्र्रैन । विभिन्न प्रकृतिको साहित्यकारहरु भोगिसकेको छैन । त्यसैले यो समाजले साहित्यकारको आचरण र व्यवहार कुन हदसम्म पचाउँछ भन्नेकुरा भोगेका नै छैनौ । तर मलाई लाग्छ व्यक्तिको आचरण र व्यवहारभन्दा उसले समाजलाई केकति योगदान दिएको छ त्यसको चाहिँ मूल्याकन हुनुपर्दछ । मेरो विषयमा कुरा गर्ने हो भने म एउटा सामान्य लेखक मात्र हुँ समाजको सामान्य नागरिक सरह तसर्थ मैले समाजमा रहने आम नागरिक सरह आचरण र व्यवहार गरेको छु । म आफू स्वच्छन्दताको पक्षमा रहेता पनि आफू सामान्य सामाजिक नागरिक सरह जीवन बिताउन चाहन्छु ।

सिर्जना वा अनुभूतिको कलात्मक अभिव्यक्तिबाट सर्जकलाई कस्तो प्रकारको आनन्दको अनुभव हुन्छ ? त्यसको मूल्य के हो ?
-सिर्जना वा अनुभूतिको कलात्मक अभिव्यक्तिबाट सर्जकलाई ठूलो आनन्दको अनुभुति हुन्छ । जसरी एउटी गर्भिणी आमाले एउटा सन्तान जन्माउँछे । त्यसरी नै सर्जकले पनि एउटा सिर्जना जन्माउँदा धेरै कष्ट भोगको हुन्छ । जब सिर्जना जन्मिसक्छ उ अत्यन्त खुसी हुन्छ । साँच्चै भनौ भने उसको मनोभावना सुत्केरी महिलाको जस्तो कोमल र नाजुक हुन्छ । त्यसअवस्थामा उसलाई प्रेरणा, हौसला, मनोबलको आवश्यकता पर्दछ । मेरो स्थितिमा भन्नुपर्दा मैले सानीको साहस लेखिसकेपछि त्यस्तै अवस्था भयो । मैले ६ महिनासम्म केही लेख्न सकिन, एक प्रकारको थकानजस्तो भइरह्यो । त्यो थकानमा मैले अलौकिक आनन्दको अनुभुति गरेँ ।

लेखनबाट बाँच्न नसकिने हाम्रोजस्तो देशमा साहित्यकार भएर प्राप्त गरेको सबैभन्दा ठूलो कूरा र गुमाउनु परेको कुरा केही जस्तो लाग्छ ?
-लेखनबाट हाम्रो देशमा बाँच्न सक्ने अवस्था पटक्कै छैन तर म रहरले साहित्यकार भएको होइन । मलाई समयले साहित्यकार बनायो । मलाई वर्षौसम्म थाहा थिएन मभित्र के छ भनेर तर अब समय केही ढीला भएपनि आफूलाई चिनेकी छु । मभित्र केही रहेछ जो सबैसँग हुदैन त्यसैले मभित्र भएको कुरा मैले समाजलाई दिनुपर्छ भन्ने कुरा मैले सोचेँ । चाहे जुनसुकै आर्थिक अवस्थाबाट गुज्रनुपरे पनि मैले साहित्यको सेवा गर्नैपर्छ भन्ने मैले सोचेँ । तसर्थ १६ वर्षदेखि खाँदै आएको जागिर छोडेर यसैमा समर्पित भए । यो मेरो जीवनको चुनौतिपूर्ण कार्य थियो । यसमा लागेर मैले गुमाएको मेरो आर्थिक आम्दानी हो भने पाएको धेरैभन्दा धेरै पाठकको माया, हौसला, प्रेरणा र शुभकामना त्यस्तै वरिष्ठ साहित्यकारहरुको आत्मीयता, हार्दिकता पनि हो ।

विश्वसाहित्यको सन्दर्भमा नेपाली साहित्यको स्थिति के छ तपाईका विचारमा ?
-विश्व साहित्यको सन्दर्भमा नेपाली साहित्यको स्थिति धेरै कमजोर छ । विश्व साहित्यमा पचास वर्षअघि लेखिएका उत्कृष्ट साहित्यिक कृति अझै नेपाली भाषामा लेखिएका छैनन । छिमेकी राष्ट भारतकै तुलनामा पनि धेरै पछाडि छ । किनभने वीसवर्षघि म भारतीय कथाहरु धेरै पढथे । त्यसमध्ये भारतीय भाषामा उल्था भएको लोलिता रसियन राइटरको पुस्तक पढेर म अति प्रभावित भएकी थिएँ । अझै पनि त्यसका वाक्यहरुले मलाई उदेलित बनाउँछ । यस अवस्थामा भर्खर हाम्रो भाषामा केही राम्रा कृति जन्मन थालेका छन् ।

व्यक्तिगत प्रश्न सोधेँ, तुलनात्मक रुपमा कम महिला साहित्यकारहरुको चिनारी भएको अवस्थामा तपाईलाई परिवारको समर्थन कस्तो छ ?
-नेपालको परिवेशमा नारीलाई अति कठिनक्षेत्र भनेको राजनीमिा र साहित्य हो । तै पनि राजनीति अनिवार्य कोटा राखिएको छ तर साहित्यिकक्षेत्रमा छैन । योअवस्थामा भएका नारी साहित्यकारहरु पनि पलायन हुने अवस्थामा छ । नारीलाई अत्यन्त गारो हुन्छ । यदि कुनै नारीले मैले जति सिजैना गर]की छ भने बुझ्नुपर्छ उसले धेरै संधर्षगरेकी हुन्छे । मेरो अनुभवमा नारीले पहिला घरको सदस्यहरुसँग संघर्ष गर्नुपर्छ, त्यसपछि नारी साहित्यकारहरुसँग संघर्ष गर्नुपर्छ, त्यसपछि पुरुष साहित्यकारहरुसँग संघर्ष गर्नुपर्छ, त्यसपछि समाजसँग संघर्ष गर्नुपर्छ । यति धेरै संघर्ष गर्दागर्दै ऊ थाकेर बीचबाटोमा नै हराइसक्छे । त्यसैले नेपाली साहित्यक्षेत्रमा नारीको उपस्थिति एकदमै कम छ । मेरो विषयमा भन्नुपर्दा मैले यी माथिका सबै संघर्ष गरिसकेकी छु । अब बाटो केही सहज भएको छ । पहिलो पुस्तक सानीले साझा बालसाहित्य पुरस्कार पाउनु ठूलो सौभाग्य थियो जसले मलाई मेरो साहित्यलेखनलाई साजिलो बनायो ।

साइबर सँस्कृति, प्रविधिको बढ्दो संजाल, भौतिकतापट्टी अत्याधिक झुकाव आदिले गर्दा नेपाली भाषा र साहित्यका पाठकको संख्या दिनानुदिन घट्तो छ भन्छन् नी ?
-साइबर सँस्कृति र प्रविधिको बढ्दो संजालले साहित्यका पाठकलाई घटाएको छैन किनभने यस प्रविधिले टाढा रहेकालाई र पुस्तक पढ्न नपाउनेलाई पढ्न सजिलो बनाएको छ । तर भौतिकतापट्टी झुकावले चाहिँ पाठकको संख्या घटाएको जस्तो लाग्छ । किनभने आजको व्यस्त समयमा मानिसहरुले मनोरञ्जनको अनेकौँ साधनको सदुपयोग गरिरहेका हुन्छन् । त्यसैले साहित्यलाई कम समय दिइरहेका हुन्छन् ।

आफ्नै ब्लग संचालन गर्दै हुनुहुदोँ रहेछ, प्रसिद्धि पाउनकै लागि हो ?
-राजेश भाइ,व्लग संचालन गर्दैमा प्रसिद्धि पाइन्छ जस्तो लाग्दैन । फेरि साहित्य लेखेर खासै प्रसिद्धि पाइन्छ जस्तो पनि लाग्दैन । फेरि मेरो व्लग कति पाठकलाई पो थाहा होला र ? मैले व्लग लेख्नुको अर्थ मेरा प्रिय पाठकहरुसँग नजिक हुनु हो । पहिला मेरा कथाहरु पत्रिकामा छापिन्थे । ती छापिएका कथाको प्रतिक्रिया पाठकबाट भेट हुँदा मात्र पाउँथे । पछि कथाहरु वेवपत्रिकामा छापिन थाले । त्यसपछि चाहिँ प्रतिक्रियाहरु वेवमा कि त मेल मार्फत पाउन थाले । पाठकहरुले निकै रुचाएको प्रतिक्रिया पाएपछि मैले पाठकसँग नजिक हुन ब्लग चलाउने निर्णय गरे । यसरी ब्लगबाट पाठकसँग नजिक हुन सजिलो हुन्छ फेरि देशविदेशका सबै पाठकले पढ्न/हेर्न पनि पाउँछन् । अहिले यो ब्लगबाट म औधी खुसी छु किनभने म मेरो लक्ष्यको नजिक पुग्दैछु भन्नुको अर्थ धेरैभन्दा धेरै पाठकको हृदयमा पुग्न सकेको छु र राम्राराम्रा प्रतिक्रियाहरु पाएको छु ।
साभार : अनलाइन खसखस दैनिकी डटकम

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।