July 24, 2009

परिवर्तित मन

मेरो पाणिग्रहण आजभन्दा दुई वर्षगाडि भएको थियो । नयाँ वर्षँगै मैले मेरो जीवनको नयाँ उमङ्ग र आकर्षा प्राप्त गरेकी थिएँ । सामाजिक परम्परागत रितिथितिको र्समर्थन गर्दै मेरो विवाह सागरसँग भएको थियो । शिक्षित, सुन्दर र दाइजोले सजिएकी बुहारीपात्र भेट्टाउँदा सागरका सबै सदस्य रमाएका थिए । अझ मैले नब्बे ड्रि्रीबाट घोप्टिएर खुट्टामा ढोगिदिँदा त झन् 'सौभाग्यवती भएस्' 'चाँडै छोराको आमा भएस्' भन्ने आशावादीले टन्न अघाइसकेकी थिएँ । कुनै विदेशी संस्थामा तलबस्केल पनि राम्रै भएको बाबुआमाको प्रिय कान्छो छोरालाई पतिको रूपमा भेट्टाउँदा म पनि खुसी नै थिएँ । त्यसमाथि उसका दिदीहरूले र भाउज्यूले नाता जोड्दै प्रशंसाको बाढी बगाइदिँदा त झन् म चुर्लुम्म डुबेकी थिएँ । एउटा आदर्श पत्नी र बुहारीमा हुनुपर्ने गुणलाई सबैतिरबाट मलजल गरिदिएर सिँचिदिएका थिए । यसै मौलाएको वृक्षमा घरपरिवारले सियाँल लिएका थिए । बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म आनन्दले सुस्ताउने गर्दथे । विवाह गरेको पहिलो रातमै सागरले भनेको थियो-'आमाको खुट्टामा तेल लगाइदियौ, सायद गोडा लगाउनु भन्छन् होला हैन -' म यन्त्रवत् कम्प्युटरचालित मेसिनझैँ सासू अनि आमाजूको खुट्टामा तेल लगाउन गएकी थिएँ । म जाँदा मेरो कोठामा सजिएका मसँगै आएका विदेशी हजारौँ रूपैँया पर्ने सामानहरू हाँसिरहेका थिए ।
केही दिनपछि दुल्हन फर्काइयो । त्यसको पन्ध्र दिनपछि सम्धी-सम्धिनी भेटघाट गर्न भनेर मेरा माइतका पाँच, छजना बाआमासहित अन्य व्यक्तिहरू आउनुभयो । भेटघाटको कार्यक्रममा मेरा माइतका आइमाई-खलकले मेरो सासूको खुट्टा र लोग्ने मान्छे-खलकले मेरो ससुराको खुट्टामा ढोग्नुपर्ने थियो । यो सागरहरूको परिवारमा चलिआएको रीत हो भनियो । यो रीतलाई अस्वीकार गर्ने कसैले हिम्मत गरेनन् । यो अनौठो रीतले मेरा माइतकाहरूको मस्तिष्कमा करेन्टको झट्का परेझैँ झन्झनाएको थियो । तर छोरीले दुःख पाउली भनेर सबैजनाले त्यो रीतलाई हाँसीहाँसी स्वीकारेका थिए । यसै संस्कारमा हुर्केको सागरलाई कुनै असर परेको थिएन । तर मेरो अन्तरआत्मामा असन्तुष्टको ज्वारभाटा क्षणमा नै उठेर क्षणभरमा नै शान्त भएको थियो ।
चाँडै नै बुहारीपात्रको भूमिका बीचैमा रोकिने भयो । किनभने म सागरसँगै काठमाडौँ जानुपर्ने भयो । उसको एक महिनाको बिदा सकिइसकेको थियो । सुरुमा म काठमाडौँ जान पाउने हुँदा खुसी नै थिएँ । तर काठमाडौँ आएपछि यहाँको कोलाहलपूर्ण जीवन, व्यस्तता र दूषित वातावरणसँग म दिक्क भएँ । डेराको एक्लोपना र आफन्तदेखि धेरै टाढा भएकाले म आफैँभित्र हराइसकेकी थिएँ । सागरको ड्युटी असाध्यै व्यस्त थियो । बिहान ८ बजेदेखि बेलुकासम्म अफिसमा नै बित्दथ्यो । बिदाको दिनमा पनि उसको आफ्नै अफिसको हिसाबकिताब मिलाउनुपथ्र्यो । उसको बाबजुद पनि ऊ घरमा कुनै कुराको कमी हुन दिँदैनथ्यो । एउटा आज्ञाकारी पति भएर ऊ मेरा लागि जे पनि गर्न तयार रहन्थ्यो ।
मैले एकाकीपनलाई मिल्काउन जागिरको तलास गर्न थालेँ । तर मात्र आइए पास गरेकोले यो समयमा जागिर पाउनु असम्भवप्रायः नै थियो । त्यसपछि मैले क्याम्पस पढ्ने विचार गरेँ । जसमा सागरको पनि र्समर्थन थियो । नेपाली विषय लिएर त्रि-चन्द्रमा बीए पढ्न थालेँ । क्याम्पसऴ जाँदाजाँदै मेरो कृष्णसँग परिचय भयो । ऊ पनि त्रि-चन्द्रमा बी.ए.को दोस्रो वर्षा पढ्दै थियो । क्याम्पस जाँदा भेट नभए पनि फर्किँदा भेट हुन्थ्यो । एउटा विवाहित स्त्रीसँग गर्नुपर्ने आदरभाव उसले मसँग राख्थ्यो । कृष्ण हाम्रो डेरामा पनि आउने गर्दथ्यो । मैले सागरसँग उसको परिचय गराइदिएकी थिएँ । कृष्णको व्यक्तित्व साह्रै प्रसंशा गर्न लायक थियो । एकपल्ट भेट भएपछि उससँग नरिझिने सायद कोही थियो होला । कृष्णसँग मेरो काम परिरहन्थ्यो । एउटै क्याम्पस र एउटै विषय परेको हुनाले उसँग नोटकापी र प्रश्नपत्रहरू माग्नु पर्दथ्यो । जहिले पनि उसको हँसिलो अनुहारले मलाई सहयोग गर्न स्वागत गर्दथ्यो । उसको हँसाइ र बोलाइमा मैले अर्कै अनुभूति प्राप्त गरेकी थिएँ । उससँग मेरो साहित्यसम्बन्धी वादविवाद पनि चल्थ्यो । ऊ आफ्नो तर्क राम्ररी केलाएर दिन्थ्यो । जसमा मैले हार मान्नुपथ्र्यो । ऊ नारीसम्बन्धी धारणा यसरी पोख्दथ्यो मानौँ ऊ नारी मुक्तिको प्रमुख योद्धा नै हो । उसको कुरा सुनेर म यति प्रफुल्लित हुन्थे कि म अज्ञानताको ठूलो खाडलबाट धेरै माथि आइसकेको छु जस्तो आभास हुन्थ्यो मलाई । ऊ मेरो विचारधारालाई यसरी परिवर्तन गर्दैथ्यो कि मानौ बषौं अगाडिको रुढिवादी विचारधारामा रुमल्लिएकी म र मेरो परिवेशलाई नयाँ बाटो देखाउदैथ्यो । ऊ भन्थ्यो- 'नारी समाज हो र समाज नै नारी हो, नारी विना समाज हुनसक्दैन । पुरुषहरू ठूल-ठूला सिर्जनात्मक कार्य गर्दछन् , पुरस्कार प्राप्त गर्दछन् । तर के नारीले जस्तो एउटा सजीव सिर्जना गर्न सक्दछन् - ऊ त मात्र निर्जीव वस्तुलाई सजीव देखाउन खोज्दछ । अनि उसका सिर्जना गर्ने हातहरू नारीको रगतबाट नै बनेका हुन्छन् ।' उसको कुराबाट म धेरै प्रभावित भइसकेकी थिएँ । हुन पनि हो नारीको समाजमा कुनै महत्व र अस्तित्व नै छैन । समाजमा रहेको नारी पुरुष बीचको असमानताको खाडललाई मैले देखेकी नै रहेनछु । पुरुषप्रधान समाजमा हुर्केकी म अवलाले यस्ता धेरै चोटहरू मैले हाँसि-हाँसि स्वीकारी सकेकी मैले सम्झना गर्न थालेँ । मलाई सागर र कृष्णमा तुलना गर्न मन लाग्छ । मैले दुईजनाको बीचमा धेरै लामो दुरी भेट्टाए र त्यो दुरी बीचमा रुमल्लिएकी म एउटा निरूपराय अवला भौतारिरहेकी थिएँ ।
यस्तैमा सागरलाई शहर बाहिर फिल्ड जानुपर्ने भयो हप्तादिनको लागि । ऊ गएपछि मैले आफूलाई साह्रै एक्लो महसुस गर्न थालेँ । तर दिनहरू काट्नुपर्ने नै हुन्छ र समयहरू बिताउनका लागि नै हुन्छन् । एक्लो समय कष्टपूर्ण र त्रासदियुक्त हुँदो रहेछ । यसै एक्लोपनाले मलाई बिरामी बनायो । म बिरामी भएको कसरी हो कृष्णले थाहा पाएछ । उसको आगमनले मलाई केही हलुको महसुस हुन्छ । उसले मलाई ज्वरोको औषधि किनेर ल्याइदियो । ज्वरो केही कम भयो । राती फेरि ज्वरो आएमा बोलाउनु भन्ने सल्लाह दिएर ऊ गयो । राती ज्वरो आयो तर मैले बोलाउन उचित ठानिनँ किनभने म एउटा परस्त्री भएर आफ्नो मर्यादाको सिमारेखा आफै कोर्नुपर्दथ्यो । कतै कथा उपन्यासमा भए जस्तै मेरो जीवन भयो भने । तर्सथ मैले सागरको अनुपस्थितिमा कृष्णसँग बढी हेलमेल नगर्ने विचार गरेँ । म आफ्नो दाम्पत्य जीवनमा कुनै खोट लगाउन चाहन्नथेँ । किनभने सागरमा पनि खासै त्यस्तो कमी केही थिएन, मात्रै उसँग पितृसत्तात्मक समाजले हस्तान्तर गर्दै आएको नारीप्रतिको रुढिवादी धारण।ले भरिएको विचारधारा थियो । तर यसले परिवर्तन हुनै पर्दछ । तर परिवर्तन भन्ने कुरा कसैले जबरजस्ती गरेर हुँदैन । यो त आफैँ अन्तरआत्मादेखि प्रेरित भएर आउनुपर्दछ ।
भोलिपल्ट कृष्ण फेरि आयो । मलाई ज्वरो आउन नछोडेकोले क्लिनिक जाने सल्लाह दियो उसले । मैले उसको सुझाव नकार्न सकिनँ । उसको सहयोगमा म चेकअप गराएर फर्केँ । कोठामा हामी दुई मात्र थियौँ । ऊ धेरै बेर सम्म बोलेन । किनभने डाक्टरले 'तपाईँ वहाँको 'को -' भन्ने प्रश्नमा कृष्णले जवाफ दिन सकेको थिएन । आफ्नो विद्धत्व कुराले सबैलाई लठ्याउने कृष्णले डाक्टरको सानो प्रश्नमा जाडोले कक्रेको भेडाजस्तो भएको थियो र मैले नै जवाफ दिएकी थिएँ 'छिमेकी' भनेर ।
कृष्ण धेरैबेरसम्म मेरो कोठामा बस्यो । ऊ किताब पढिरह्यो र म सुतिरहेँ ।
मैले नै मौनता भंग गर्दै भनेँ- 'कृष्णजी तपाईले मलाई यति धेरै सहयोग गर्नु भएको छ । यसको बदलामा म तपाईँलाई के दिऊ, तपाईँको ऋणको भारले म थिचिएकी छु । कृपया मलाई मौका दिनोस् ।'
'यो त मात्र संयोग हो । कसैले सहयोग गर्छु भन्दैमा गर्न सकिन्न । यो जीवनयात्राको किताबमा सायद तपाईँलाई सहयोग गर्नु पर्छ भनेर कुनै पानामा लेखिएको रहेछ । यसैले होला तर तपाईँ ऋण नसम्झनोस् ।' मैले उसको अन्तरआत्माको भाव बुझ्न पुनः प्रश्न गरे 'मानिस स्वार्थी हुन्छन् भन्छन् नि तर तपाईँ त मलाई कुनै स्वार्थविना नै सहयोग गरिरहनु भएको छ ।'
उसले उत्तर दियो- 'सबै व्यक्ति स्वार्थी हुन्छन् नै भन्न सकिन्न । मेरो पनि कुनै स्वार्थ छैन । तर एउटा कुरोचाँहि अवश्य लुकेको छ ।'
उसको यही लुकेको यथार्थ मलाई थाहा पाउने इच्छा थियो । 'कृपया के कुरा लुकेको छ भनिदिनु होला म कृतज्ञ हुने थिएँ ।'
उसले गम्भीर भएर भन्यो 'सायद तपाईँ अविवाहिता हुनुहुन्थ्यो भने ।'
उसको उत्तरले मलाई रिगंटा लाग्यो, म आत्तिएँ । किनभने मनस्थितिलाई परिस्थितिले साथ दिएमा नसोचेको कुरा पनि हुन सक्दछ । मेरो हडबर्डाई देखेर कृष्णले पनि अप्ठ्यारो महसुस गर्‍यो र जाने अनुमति माग्यो । मैले पनि टाउको हल्लाएँ मात्र ।
पर्सिपल्ट सागर फिल्डबाट फर्कियो । म निकै ठीक भईसकेकी थिएँ । मैले आफू विमारी भएको र कृष्णले सहयोग गरेको कुरा गरेँ । सागरले आफूसँग सरुवाको पत्र पनि लिएर आएको रहेछ । सागरसँगै मेरो पनि सरुवा भयो । मैले जानेबेलामा कृष्णलाई भेटे 'हामी जाने' भन्दा उसले कुनै प्रतिक्रिया जनाएन । मैले कृतज्ञता प्रकट गरेँ । उसले औपचारिकता पूरा गर्‍यो मात्रै । तर म भने उसको विचारधाराले परिवर्तित मन लिएर केही गर्ने अठोट लिएर अघि बढेँ ।

सानो प्रेमपत्र प्रेमीलाई

प्रियतम,
मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू

जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म तिम्रो प्र्रेमको छहारीमा सुस्ताउन चाहन्छु । म तिम्रो प्रेमको स्वप्निल संसारमा डुब्न चाहन्छु । आऊ, तिमी र म भएर प्रेमको एउटा नयाँ परिभाषा दिऔँ अनि यो संसारले हाम्रो उदाहरणीय प्रेमलाई लिएर फेसनझैँ फेरिने प्रेमको घृणा गरून् अनि क्षणिक आसक्तिमा रमाउन तिरस्कार गरून् ।
हाम्रो प्रेममा विभिन्न बाधा अवरोधले तगारो हाल्न आउलान् र यो समाजले पनि सजिलै स्वीकार नगर्ला तर आऊ, अजर अमर हाम्रो अप्रमेयलाई युगौँयुग अनुकरणीय बनाउने प्रण गरौँ । म तिम्रो प्रेममा जीवन्त बाँच्न चाहन्छु । प्रत्येक श्वासमा तिम्रो प्रेमको आभासमा लिप्त हुन चाहन्छु ।
प्रेमको जति नौ भाव फैलाए पनि जति नै शैली लम्ब्याए पनि अनि जति नै शब्दले भराए पनि तिमीप्रतिको मेरो प्रेमाशक्ति भाव कमै हुन जान्छ । शाहजहाँ ले मुमताजका लागि मजनूले लैलाका लागि हिरले राझाका लागि अनि मदनले मुनाका लागि आफ्ना प्रेमिकाका लागि प्रेम जीवन्त बनाएजस्तै आऊ, हामी पनि एकआपसमा डुबौँ अनि रमाऔँ क्षितिजपारिको प्रेमिल संसारमा ।
तिम्रो र मेरो प्रेम आज हैन , बीस वर्षगाडि नै सुरु भएको थियो । त्यस बेला म भर्खर यौवनको खुड्किलामा चढ्दै थिएँ । त्यस समयमा मलाई कुनै अदृश्य शक्तिले तानिरहेको र म कतै हराइरहेको भान हुन्थ्यो । मलाई थाहा थियो त्यो आकर्षाको बिन्दु तिमी नै थियौँ भनेर । अचेतन मेरो मन कतै डोरिरहन्थ्यो । मलाई तिम्रो प्रेमको केही मात्रामा भए पनि आभास त थियो तर त्यसलाई आब्रति दिन सक्ने मेरो सामर्थ्य थिएन । तिम्रो र मेरो प्रेम फस्टाउन , फुलाउन हामी कतै एकान्तमा घुम्न जानुपथ्र्यो अनि हराउनुपथ्र्यो एकआपसमा । तर त्यो समय, त्यो समाजमा घर छोडेर छोरी मान्छेले एक्लै बाहिर कतै जानु भनेको अपराध गर्नु बराबर थियो । प्रेमको उजागर गर्नु भनेको आफ्नो हत्या आफैँले गर्नु बराबर थियो । यस्तै विवशता र बाध्यताले तिम्रो मेरो प्रेमको बीजारोपण हुन नपाउँदै कतै शून्यमा हराएर गयो ।
त्यसपछि मैले परिवेशको दास भई कतै एउटा सम्झौता गर्नुपर्‍यो । त्यो जीवनको अति महत्वपूर्ण निर्णयपनि थियो । त्यो निर्णय मलाई दाम्पत्य जीवनमा बाधिन बाध्य तुल्यायो । त्यसपछि म, तिमी र तिम्रो भावानाबाट धेरै टाढा पुगेँ । म आफ्नो वैवाहिक जीवनमा यसरी रुमल्लिएँ कि तिम्रो र मेरो आकर्षाको सूक्ष्म आभाससम्म मलाई भएन ।
वैवाहिक जीवनको गाडी चलि नै रह्यो । त्यसपछि मैले दुई छोरीका आमा हुने सौभाग्य पाएँ । म सानैदेखि आत्मास्वाभिमानी र स्वावलम्बी प्रवृतिको मान्छे थिएँ । यसै प्रवृतिले मलाई जागिर खुवायो अनि म स्वावलम्बी भई बाँच्न सक्ने बनायो । तर मान्छेले आफ्नो चाहना सत्यलाई पन्छाएर पनि बाँच्नुपर्दो रहेछ । जीवनका वास्तविक कतिपय यथार्थबाट म अनभिज्ञ रहेछु । म सामाजिक विसङ्गति विब्रतिबाट पीडित भएँ । म नारीहुनुको पीडाले थिचिएँ । म राष्ट्रियताको पीडाले निचोरिएँ र रुढीग्रस्त समाजदेखि विरक्तिएँ । हो, यस्तै पीडाले म तडपिएँ । म जीवनको सत्यको खोजीमा भौतारिएँ । मैले आफूले आफूलाई प्रत्रि्रश्न गर्न थालेँ, जीवन के हो अनि सत्य के हो - अनि आस्तित्वबोध के हो - मैले आपत्तिको यो अवस्थामा तिमीलाई सम्झन पुगेँ । तिमीबाहेक अरू कसैबाट सहारा पाउन सक्दिनथेँ । तिमी नै मेरो अस्तित्व जीवन्त राख्न सक्थ्यौ, सत्यलाई बोध गराउन सक्थ्यौ ।
म आफ्ना विगतका पानाहरू पल्टाउन थालेँ । संस्मरणका बहावमा म बग्न थालेँ अनि तिम्रो हृदयमा शरण लिन पुगेँ तर यो समाज, यो व्यवहारले तिम्रो र मेरो प्रेमलाई सजिलै स्वीकार गर्लान् त - स्वीकार गरे पनि कुन रूपले र कसरी गर्लान्, मलाई डर लागिरहेछ । मैले झण्डै छ सात वर्षघि छद्मनाम 'नीहारिका' प्रयोग गरी तिमीप्रतिको प्रेमासक्तिलाई उजगार गरेको थिएँ । तिम्रो गहिरो प्रेममा डुबेर मैले मेरो तिमीप्रतिको भावनालाई यसरी आकार दिएको थिएँ । त्यसको सबुत सप्रमाण म तिमीलाई यहाँ यसरी उपकथाबाट पेश गर्न चाहन्छु ।
असफल सङ्र्घर्ष
आज उसलाई हेर्न आउने भएका छन् केटापक्षहरू । अब उसलाई कुनै नौलोपना लाग्न छोडिसकेको छ । हेर्न र हेराउने कार्यक्रमबीच ऊ अभ्यस्त भइसकेकी छे । उसका अगाडि नाच्छन् लमतन्न परेको बैठक कोठामा कुँदेको सोफामाथि बेहुलो हुने केटो र छेउछाउमा एकदुइजना साथीहरू अथवा आमा, दाजु, भाउजू आदि । पाँच वर्षेखि उसको जीवनमा शृङ्खलाबद्ध रूपमा सम्पन्न हुँदै आएको कार्यक्रम हो यो । सुरुमा त ऊ डराएझैँ हुन्थी । ऊ सोच्थी अब विवाह भइहाल्नेछ र उसले माइतीघर सदाका लागि त्याग्नुपर्नेछ तर होइन रहेछ, यहाँ त दाइजो, रूप, घर रहनसहन आदिको मोलतोल भएर मात्रै जीवन गाँसिने रहेछ । त्यसैले अब उसको मस्तिष्कमा कुनै प्रतिक्रिया हुँदैन । मानौँ ऊ परिचित व्यक्तिसँग भेटघाट गरिरहेकी छ, साँच्चै हेर्न आउने प्रत्येक कालो, गोरो, मोटो, पुड्को कुनै पनि मानिससँग ऊ परिचित छे । किनभने हेरेर गइसकेपछि उनीहरू आफ्नो नकारात्मक धारणालाई विभिन्न फूलबुट्टा भरेर तेर्स्याइदिन्थे । ऊ यसलाई सहर्षस्वीकार गर्थी । त्यसैले आज फेरि हेर्न आउने पात्रको उत्तरप्रति ऊ ज्ञात छे ।
सोफामा सबै बसेका छन् । ट्रेमा चिया तयार छ तर बाहिरबाट 'ल्याउनूँ' भन्ने आदेश आएको छैन । चियाको बाफसँग उसको कल्पना उडेर निराशाको बादलमा ठोकिएर छताछुल्ल हुन्छ । त्यसै बेला बाहिरबाट 'चिया ल्याउनू' भन्ने हुकुम हुन्छ । नीता चिया लिएर जान्छे । परिचयको औपचारिकतापछि नीता भित्र पस्छे । केटो राम्रो, बोलक्कड र बान्की परेको थियो । उसको व्यक्तित्वलाई सुन्दरताले अझ उजिल्याइदिएको थियो ।
बैठक कोठाको छेउमा बाहिरको वार्तालाप सुन्ने गरी बसी, नीता । केटो स्वतन्त्र विचारको उच्च आदर्श र मर्यादाको पालना गर्ने खालको लाग्यो नीतालाई । केटो उसकै सहपाठी स्वरूपाको अफिसमा काम गर्ने रहेछ । ऊ स्वरूपाको भेटघाटको समयमा हराउन पुगी ।
स्वरूपा आफ्नो अफिसको दृश्य यसरी प्रतिविम्बित गर्दथी उसलाई । मिलेको नाकनक्सा, छरितो जीउ भएकी स्वरूपामाथि धेरै पुरुष सहकर्मीहरूका आँखा गाडिन्थे । चञ्चले स्वभाव र यौवनले उन्मत्त भएको जवानीमा ख्यालठट्टा र हँसीमजाकले थप सुन्दरता थपिदिन्थ्यो । अफिसको काम जिम्मेवारीपर्ूवक ननिभाए पनि उसलाई कुनै प्रतिक्रिया हुँदैनथ्यो । आफ्नो लापरबाहीलाई हाँसेर नै सबैको सामु मादकताको रसपान गराउँदथी । कतिले विवाहबन्धनमा बाँधिने प्रस्ताव पनि राखेका थिए । जति उसको सौर्न्दर्यमा निखार थियो भविष्यप्रति ऊ त्यति नै सजग थिई । विवाह भइसकेपछि अविवाहिताको जस्तो स्वतन्त्रपना नहुने र वैवाहिक बन्धनले आफ्नो चाहनालाई बाँध्ने हुनाले तुरुन्त यस कुरामा निर्णयगर्न सकेकी थिइन तर प्रब्रतिमाथि पुरुषको विजय भएजस्तै उसको जीवनमा पनि प्रेमको बीजारोपण भयो । कुनै एउटा सहकर्मीसँग होटल, पार्क, सिनेमाघर आदि घुम्न थाली स्वरूपा । सम्पूर्ण रमणीय स्थलहरूमा मगमगायो उनीहरूको प्रेमगाथा । प्रेमको थुँगा मालामा परिणत भइसकेको थियो । मात्र अब पहिरिन बाँकी थियो तर स्वरूपाले सो व्यक्तिको विवाह पहिले भएर पारपाचुके भइसकेको कुरा अन्त कतैबाट थाहा पाई । आफूसँग जीवनको यति गहिरो सत्यबाट टाढा राखेको हुनाले सो व्यक्तिप्रति स्वरूपालाई अविश्वास जागेर आयो । सोही अविश्वासले उनीहरूलाई धेरै टाढा पुर्‍याइदियो । त्यसपछि स्वरूपाले अर्कै अफिसको आफूभन्दा माथिको हाकिमसँग विवाह बन्धनमा बाधिई । स्वरूपाको कुरा उसलाई फिल्मको कथाजस्तै लाग्दथ्यो । छाती चरक्क चिरिन्थ्यो । कहाँ ऊ सोकेसमा सजिएर बिक्री हुन बसेकी गुडियाजस्ती, जसलाई ग्राहकहरू मोलतोल गरेर छोड्छन् भने कहाँ स्वरूपा जो आफ्नो जीवनसाथी बनाउन पुरुषहरूको मूल्याङ्कन गर्दथी । आफ्नो अभिशप्त जिन्दगीदेखि भागेर अन्तै जान मन लाग्छ नीतालाई, तर परिवार, समाज र संस्कार पहाड बनी छेकिदिन्छ । उसका अपहृत चाहनाहरू संस्कारको वेदीमा बलि दिइसकेका छन् । उसका उत्कण्ठा र भावनाहरू शून्यमा हराइसकेका छन् ।
नीतालाई फेरि बाहिर कोठामा बोलाइन्छ । केटा र नीताबाहेक अरू सबै हिँड्छन् । केटाले आफ्नो विगतका घटनाहरू भन्छ र व्यक्तिगत कुराहरू पनि भन्छ र नीताको बारेमा थोरै सोध्छ । छोरी मान्छेले थोरै बोल्नुपर्ने र लजालु स्वभावमा हर्ुर्किनुपर्ने संस्कारको अनुशासनलाई राम्ररी पालना गरेकी छे नीताले, अन्तिममा उसले आफ्नो पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भएको कुरा गर्छ । र यसै कारणले एउटी प्रेमिकाले धोका दिइसकेको हुनाले यसपटक उसले पहिले खुलस्त पारेको कुरा पनि भन्छ । नीता छाँगाबाट खस्छे । उसलाई असमञ्जसताको झोलुङ्गे पुलमा हल्लिएझैँ लाग्छ, रिंगटा लाग्छ । स्वरूपाको जीवनसँग भएको अपूर्ण कथा ऊसँग आएर पूरा हुन्छ भन्ने उसले सपनामा पनि सोचेकी थिइन । उसलाई लाग्छ स्वरूपाझैँ अस्वीकार गरिदिऊँ तर उसका इच्छाहरू बन्धकमा राखिएका छन् । स्वरूपाझैँ स्वतन्त्र विचारमा उड्न उसका पखेटाहरू काटिएका छन् । उसले विरोध गर्न ठूलो सङ्र्घर्ष गर्नुपर्नेछ र त्यो सङ्र्घर्षमा उसको पराजय निश्चित थियो । ऊ सङ्र्घर्षका लागि पाइला चाल्छे र बिस्तारै भित्र जान्छे । भित्र सबैजना आशा र निराशाका नजरले हेरिरहेका हुन्छन् । बढ्दै गएको आफ्नो उमेरसँग घट्दै गएको आमाको मायाले थकाइ मार्न चाहेको देखिन्छ । दाजु, भाउजू यसपाला त आफू दायित्वबाट मुक्त हुने सपना देखिरहेका हुन्छन् । सबैका आँखाले नीतासँग प्रश्न गरिरहेका हुन्छन् । सबैको चाहना र इच्छाले नीताको भावनालाई थिचिदिन्छ, किचिदिन्छ ।
नीहारिका
मैले यसरी छदमनामप्रयोग गरेको हुनाले कसैले पनि तिमीप्रतिको मेरो प्रेमोभावलाई थाहा पाउन सकेनन । तर होइन रहेछ समाज बन्धन अनि व्यवहारसँग डराएर कसैसँग प्रेमगर्न सकिँदैन रहेछ । एउटा निष्कपट विशुद्ध र स्वच्छ प्रेमलाई र्सार्वजानिक रूपले स्वीकार गर्नु पर्दोरहेछ नत्रभने त्यो प्रेमको भ्रुणहत्या हुन्छ भन्ने अवश्यभावी छ । त्यसैले मैले केही समयअघि नै हाम्रो प्रेमको शङ्खघोष गरिसकेको छु । जुन शङ्खघोष शुभमङ्गलका साथ प्रारम्भ भएको छ । म तिमी विनाको कुनै पनि क्षणको कल्पना गर्न सक्दिनँ । आऊ, एउटा दह्रो प्रतिज्ञा गरौ अविस्मरणीय मिलनको । तिमी मलाई तिम्रो विशाल हृदयमा राखेर शिवशक्तिझैँ एकीकार हुन देऊ अनि बाँच्न देऊ मेरो अस्तित्व, व्यक्तित्व र आफ्नोत्वलाई युगयुगान्तरसम्म ।
अन्तमा यस उपकथाकी नीता म स्वयम हूँ भन्दा मलाई यौटा फरक अनुभूति हुन्छ । त्यो तिमीले बुझ्यौ होला बुझ्नु पर्छ । हो, यस्तै धेरै उपकथाकी नीता हुँ म, जसले समाजका धेरै विकृति, विसङ्गति र वितृष्णाहरूसँग जुधेकी छे । पछारिइएकी छे र सङ्र्घर्ष गरिरहेककी छे । समाजमा रहेका यस्ता विब्रतिलाई म तिमी मार्फ देखाउन चाहन्छु । त्यसैले म तिमीलाई आफूभित्र साक्षात्कार बनाउन चाहन्छु । अनि तिमीभित्र आफूलाई समेटन चाहन्छु । म अवश्य यस कुरामा विश्वस्त छु कि हाम्रो मिलन अजर, अमर र अप्रमेय हुनेछ ।
तिम्रो हृदयमा समाहित हुन चाहने
उही तिम्रो पुरानी प्रेमिका नीहारिका

मीठो बोल सधैँ हाँस

मीठो बोल सधैँ हाँस , जिन्दगीमा रमाई बाँच
के छ र यो जोवनको भर , मरी के लानु पो छ र

फूलैफूल हो जिन्दगी हाम्रो काँडा बनाई बिउँझाउने नगर
हिलोमा नै फुल्छ कमल , दुखमा पनि हाँस्ने गर
लाग्छ घाउ मुटुभित्र , बल्झाइबल्झाइ दुखाउने नगर
दुखी सधैँ दुखी भइरहन्छ , खुसीले आनन्द पाइन्छ

मीठो बोल सधैँ हाँस , जिन्दगीमा रमाई बाँच
के छ र यो जोवनको भर , मरी के लानु पो छ र

झै झगडा अशान्तिले , जिन्दगी नै बोझिलो हुन्छ
आफू बाँच बाँच्न देऊ , यो नै ठूलो धर्म हुन्छ
आउँछ समय पर्खदैन , भोलिलाई सोच्ने गर
असल बन प्रिय बन , सबको यही कामना हुन्छ

कुहिरोभित्रको काग

जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर ।नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आँखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर 'पत्रकार' लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभ्रि्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवय्रि्री कवितापाठ गर्छिन् । राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझ्दनँ । म केही र्सतर्क हुदैचारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोरआँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारीहरू उत्तेजित हुदैनाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन र्समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म र्सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको पाउँछु । म आफूलाई लुकाउँछु र चोर नजरले हेर्ने गर्छु फेरि पनि ममाथि आँखाहरू बिछ्याएको नै पाउँछु । कतै चिरपरिचित हो कि म ध्यान बङग््याउँछु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिर्सट लगाउनुपर्ने, म एक्लिँदै कार्यक्रमतिर ध्यान बटार्छु ठेलामा काँक्रा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउँछन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हूलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हर्ेछन् - हुन त पुरुषलाई हेर्न नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकषिर्त गर्न सकूँ ! ऊ मेरो छेउमा आउँछ ।
"मलाई चिन्नुभएन ?" अप्रत्याशित शब्दहरूले मलाई आक्रमण गर्छन् । म झस्कन्छु ।
"अहँ "
"ल, अब भन्नोस् !" उसले चस्मा फुकाल्छ ।
"त्ापाई श्रीकान्त नेपाल '" मेरो मुखबाट अनायास निस्कन्छ ।
"हो ।" बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परेँ ।
"त्ापाई किन त्यस झुन्डमा र ?"
"म्ा पत्रकार हुँ ।"
श्रीकान्तले 'कार' उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपाठी थियौ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनीनसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्ष देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हेर्ने गर्छु किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रौ दिनदेखिको जनआन्दोलन चरम उत्कर्षा पुगेको छ । कतिचोटि कतिपय ठाउँमा पत्रकारहरू स्वयम्ले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको बज्रपातपनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्रप्रतिको आस्था मरेर तेह्रौ दिनको काम कपाल समेत खौरेर गरेका थिए ।
''म पत्रकारलाई इज्जत गर्छु'' मैले छोटकरीमा भनेँ ।
करिब दस वर्षछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घाँटीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकुल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपथ्र्यो भने ऊ अरूको बचाउका लागि कुदनुपर्ने अवस्था थियो । त्यसैले परिवेशप्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिएँ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आक्रोशित थियो ।
ऊ कसरी, किन यो सहरमा देखा पर्‍यो, कौतुहलको आँधीले घेर्‍यो मलाई ।
"तपाई पत्रकार, तर तपाईको नाम कतै पत्रिकामा देख्दिनँ नि -" हुर्लिदो मानसिकताले उत्सुुकता मेटाउने प्रयास गरेँ ।
"म छद्मनामले लेखहरू लेख्छु ।"
म असाम्ाज्स्यको लिङ्गे पिङमा मच्चिन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउँछु । उसलाई म मेलमार्फ धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चतताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फ आफ्ना मनका धेरै कुराहरू गर्छु । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा-
'जीवन गहिरो छ, जति बहँदै गयो उति नै गहिरिँदै जाँ दो रहेछ । किन हो तपाईको लेखहरूले मलाई नयाँ ऊर्जा दिन्छ । नयाँ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधैँ तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरूँ-हेरूँ र चुमूँ-चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपार्इँका शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कू जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।'
मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउँछ । म धकाउँछु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आँट आउँदैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार ! भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउँछ र -
एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छु म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु -
"प्ा्रत्येक दिन म तपाईको रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिनँ ।"
ऊ प्रायजसो छोटा मेल पठाउने गर्छ ।
'तपाईहरूजस्ता पाठकले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।'
"त्ापाई अहिले के गर्दै हुनुहुन्छ -" उसको वाक्यले म यथार्थमा पछारिन्छु ।
"त्ापाईसँग गफ गर्दै छु ।" म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको वरा फुस्कन्छ कि - म अझ र्सतर्क हुन्छु ।
भ्ााषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरुकबुरुक दै ताली मार्छन् । भाषणले भन्दै छ -
'राजाले गोलीगट्ठा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौँ । तर तेह्रौँ दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फेर्छ र अत्याचारको भात खाइरहेको छ ।'
भाषणले सबैलाई तताउँछ । हामी पनि उत्तेजित हुँदै ताली बजाउँछौँ ।
"तपार्इँ कतिको लेखहरू पढ्नुहुन्छ -" उसले मेरो ध्यान मोड्दै सोध्छ ।
"पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेखहरू खूब चाख दिएर पढ्छु ।" उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।
"म भोलि नै काठमाडौँ र्फकदै छु ।" ऊ सानो जानकारी दिन्छ ।
"ए ! किन यति चाँडै -"
"हिजो यहाँ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि काठमाडौँबाट मानवअधिकार अनुगमनटोलीमा आएको थिएँ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नर्ुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउँदो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकारवादी भइसकेको छ । जे भए पनि आफूसँगै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउँदा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई 'सन्देशजी' भनेर बोलाएर लिएर जान्छ ।
सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आँखाले हेर्ने गर्छु वातावरण रमाइलो लाग्छ । र्सर्ूयका किरणहरूलाई लुकाउँदै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तर्राईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आँखाको पालो आउँछ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तो लाग्छ । ऊ केही पर साथीहरूसँग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउँदा म हषिर्त हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्भिmन्छु- 'कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौँ होला हैन - सायद तपाईको वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपाईलाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बाँच्न चाहन्छु । हामी आँखामा मात्र विश्वास गर्र्छौँ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौ । जसले हाम्रो सम्बन्धलाई टुक््रयाइदिन्छ । अनि म मीठो अनुभूतिबाट सधैँ टाढा हुन विवश हुन्छु ।' एक्कासि पुलिसको लाठी मेरो टाउकामा बजारिँदा म ब्यूझन्छु । म भाग्न असफल प्रयासमा छु । पुलिसको लाठी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले लाठी समाउँछ । म बेहोस हुन्छु ।
होस आउँदा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउँछन । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आँखा दौडाउँछु । निराश हुन्छु ।
केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु' कुमुदिनी, स्वास्थ्य कस्तो छ - भगवानका कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।'
शब्दले म सन्तुष्ट हुन्छु । झ्यालबाट बाहिर हेर्ने गर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझैँ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।

चतुर स्यालको बुद्धि

एकादेशमा धूर्त नाम गरेको स्याल थियो । त्यो स्याल रानीवनको जङ्गलमा बस्थ्यो । त्यहाँ सिंह, हात्ती, बाघ, भालु बस्दथे । त्यो जङ्गलको राजा सिंह थियो भने महामन्त्री त्यही धूर्त स्याल थियो । महामन्त्री धूर्त स्यालको कपट र स्वार्थले सिंह राजा नाममात्रको राजा थियो । मौका परेको बेला जङ्गलका अरू जनावरहरू पनि र्सर्वेर्सवा हुन खोज्थे । धूर्त स्याल बाघ, भालु र हात्तीमा एकआपसमा कुरा लगाएर झगडा गराउँथ्यो । ऊ मौका हेरी चापलुसी र चुक्ली लगाउँदथ्यो । ऊ आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्दथ्यो । यसैले गर्दा राजा सिंह कमजोर हु“दै गएको थियो । बाघ, भालु, हात्ती राजा सिंहको कुरा मान्न तयार हु“दैनथे । उनीहरूको जङ्गल राम्रो थियो । तर एक-आपसको फुट र झैझगडाले गर्दा जङ्गलको अझ विकास गर्न सकेका थिएनन् ।
यसै जङ्गलको अलिक तल सिमसार नाम गरेको जङ्गल थियो । त्यहाँ चतुर नाम गरेको स्याल महामन्त्री थियो । त्यो जङ्गलमा पनि सिंह राजा थियो । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू पनि थिए । त्यस जङ्गलमा बाघ, भालु, हात्तीहरू सिंहका कुरा मान्दथे । तिनीहरूको एक-आपसमा राम्रो मिलाप थियो । महामन्त्री चलुर स्यालको चातर्ुय र कुशलताले गर्दा राजा सिंहको कुरा सबै जनावर मान्दथे । ऊ बुद्धिमान् भएको हुनाले बेला-बेलामा सिंह राजालाई समेत अर्ती-उपदेश दिन्थ्यो । ऊ कसैप्रति नराम्रो भाव राख्दैनथ्यो । ऊ चापलुसी चुक्ली कहिल्यै गर्दैनथ्यो । ऊ सबैको भलो हुने कुरा अनि काम गर्दथ्यो । त्यो जङ्गलमा मेलमिलाप शान्ति भएको हुनाले धेरै राम्रो कामहरू हुन्थे । त्यस जङ्गलका जनावरहरू पनि असाध्यै खुसी हुन्थे ।
दर्ुभाग्यवश त्यो जङ्गलमा ठूलो बाढी आयो । अलिक होचो ठाउँ परेको हुनाले पानीले जङ्गल पूरै ढाकिदियो । ती जनावरहरू बस्ने ठाउँ कतै भएन । तिनीहरूको बिचल्ली भयो । तिनीहरूले चतुर स्यालको शरण लिन पुगे । चतुर स्यालले पनि आफ्नो बुद्धि खियायो ।
उसलाई रानीवनमा जनावरहरूको मिलाप छैन भन्ने कुरा थाहा भयो । त्यसैले ऊ सरासर रानीवनतिर गयो । रानीवनमा गएर धूर्त स्यालसँग मेलमिलाप गर्‍यो । अनि उसले स्याललाई लोभ देखायो ।
'राजा सिंह र अरू ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा बाढीले धेरै माछा ल्याएको छ भन्ने कुरा बताऊ न ।' चतुर स्यालले धूर्त स्याललाई भन्यो । धूर्त स्यालले पनि लालचमा परेर आफ्ना जङ्गलका ठूला-ठूला जनावरलाई सिमसार जङ्गलमा पठायो । त्यही मौका छोपेर चतुर स्यालले आफ्नो राजा सिंह र अरू सबै जनावरलाई रानीवनको जङ्गलमा ल्याएर राख्यो ।
धूर्त स्यालका राजा सिंह जब सिमसार जङ्गल पुग्यो तब मात्र थाहा पायो कि महामन्त्री स्यालले आफूलाई छलेको । एकछिनपछि त्यहाँ अरू सबै जनावरहरू आइपुगे । सबै जनावरहरूले आफूहरू ठगिएको थाहा पाए । आफूहरूमा राम्रो मेलमिलाप नभएको हुनाले धूर्त स्यालको कुराले फसाएको थाहा पाए । तर समय ढिलो भइसकेको थियो । तिनीहरूको त्यति राम्रो जङ्गलमा सिमसार जङ्गलका जनावरहरूले राज्य गरिसकेका थिए । अब उनीहरूलाई बस्ने ठाउँसम्म थिएन । पानी नै पानी भएको सिमसार जङ्गलमा तिनीहरूको बिजोक भयो । आफू-आफूबीचको फूट र झैझगडाले यो दिन देख्नुपरेको हुनाले उनीहरूले अब कहिल्यै झैझगडा नगर्ने वाचा गरे । अनि सिंह राजाले धूर्त स्यालको कपट कुराले यो गति भएकोले उसलाई सम्झाउने विचार गर्‍यो । सिंह राजाको यस कुरामा सबै जनावरले सहमति जनाए ।
धूर्त स्यालले चतुर स्यालको जङ्गलमा आश्रय पाउन सकेन । अनि ऊ आफ्नो राजा भएठाउँ आयो । त्यहाँ उसलाई सबैले भने- तिम्रै स्वार्थीपनले गर्दा आज हामीले यस्तो बिजोक सहनुपरेको छ ।'
सिंह राजाले पनि उसलाई सम्झायो-
'हेर, तिमीले गल्ती गर्‍यौ । हामीलाई झुक्याएर तिमीले आफूलाई समेत नोक्सान पुग्ने काम गर्‍यौ ।'
धूर्त स्यालले भन्यो- 'मैले त सिकारको लोभमा परेर पो यस्तो कुरा भनेको त !' तर उसले पनि यो दिन देख्नुपर्ला भन्ने कहाँ सोचेको थियो र ! स्यालले सबैको अगाडि माफी माग्यो-
'आइन्दा म कहिले पनि कपट, झूट र स्वार्थ राख्ने छैनँ ।'
जङ्गलका सबै जनावरहरूले उसलाई सुध्रने मौका दिए । उसले पनि अबदेखि चतुर स्यालले जस्तै आफ्ना राजा र अरू जनावरको लागि दिलोज्यान दिने प्रतिज्ञा गर्‍यो ।

बैगुनीलाई गुनले मार्नु

धरानको पूर्व दिशामा सेउतीखोलापारि एउटा रमाइलो गाउँ छ । त्यो गाउँको नाम पानमारा हो । त्यो गाउँ रमाइलो हुनाको साथै त्यहाँको जमिन मलिलो हुनाले प्रशस्त अन्नबाली पनि हुन्छ । धेरै समयअघिको कुरा हो, त्यहाँ कर्णबहादुर नाम गरेको किसान बस्दथ्यो । ऊ अत्यन्त मेहनती र इमान्दार थियो । उसको एउटा काली भैसी थिई । भैसी दूध प्रशस्त दिन्थी । भैसी गुनी पनि थिई । कर्णबहादुर त्यो दूध लिएर धरान बजारमा बेच्न जान्थ्यो । ऊ दूधसँगसँगै सागसब्जी पनि बेच्न लैजान्थ्यो । उसको सानो कोठेबारीमा सागसब्जी पनि प्रशस्त हुन्थ्यो । उसकी स्वास्नी पनि असाध्यै जाँगरिली र फुर्तिली थिई ।
उनीहरूको एउटा छोरो थियो । छोराको नाम साने थियो । साने पढ्नमा तेज थियो । सानेसँगै त्यो गाउको जमिन्दारको छोरो पनि पढ्थ्यो । साने विद्यालयमा सधैँ प्रथम हुन्थ्यो । आफ्नो छोरो दोस्रो हुने, सानेचाहिँ प्रथम हुने भएकाले जमिन्दारलाई सानेसँग रिस उठ्थ्यो । ऊ आफूमात्र धनी हूँ, आफूमात्र प्रथम हँु र आफ्नो छोरामात्र राम्रो होस् भन्ने चाहन्थ्यो । त्यसैले ऊ कर्णबहादुरको सुखी जीवन देखेर इष्र्या गर्दथ्यो । कर्णबहादुरको भैसी गाउँभरिमा दुधालु र गुनीमा गनिन्थ्यो । कर्णबहादुरको अलिकति खेत पनि थियो । खेतबाट ऊ धान र गहुँ प्राप्त गर्दथ्यो । खेतमा कुलो लगाउने विषयमा कर्णबहादुरको जमिन्दारसँग झगडा परिरहन्थ्यो ।
जमिन्दार कर्णबहादुरको उन्नति देखिसहदैनथ्यो । कर्णबहादुरले खान पाएन भने भैसी मकहाँ बेच्न ल्याउनेछ भनेर ऊ सोच्दथ्यो । ऊ गाउँका सबैजना उसकहाँ बिलौना र दुःख पोख्न आइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो । धेरैजसो गाउँलेहरू जमिन्दारलाई जीहजुरी गर्दथे । त्यसैले जमिन्दारमा घमन्ड बढेको थियो । तर कर्णबहादुर यो सब गर्न चाहँदैनथ्यो । ऊ परिश्रम गरेर इमान्दारीका साथ बाच्न चाहन्थ्यो । गाउँलेहरूका बीच ऊ इमानी र भलादमीमा गनिन्थ्यो ।
कर्णबहादुर जमिन्दारका कतिपय कामहरूको विरोध पनि गर्दथ्यो । जसले गर्दा उनीहरूमा शत्रुता बढ्दै गएको थियो । एक दिन कर्णबहादुरको धान काटेर थुपारेको कुन्युँमा जमिन्दारको नोकरले आगो लगाइदियो । हर्ेदाहेर्दै कर्णबहादुरको धान डढेर सब स्वाहा भयो । कर्णबहादुरले थाहा पाएर पनि केही भन्न सकेन । त्यसपछि उसले अप्ठ्यारा दिनहरू देख्नुपर्‍यो । जस्तोसुकै अप्ठ्यारा दिनहरू देख्न परे पनि ऊ जमिन्दारको अगाडि झुकेन । उसले आफ्नो पेसाबाट दुःख टार्दै लग्यो ।
कर्णबहादुर धरानबजार आउँदा सेरा खोल्सो र सेउतीखोला तरेर आउनर्ुपर्दथ्यो । वषर्ा याममा ती खोलाहरूमा बाढी आएको हुन्थ्यो । तर्नलाई असाध्यै गाह्रो हुन्थ्यो । फेरि जङ्गलमा चोरको पनि बिगबिगी हुन्थ्यो । र्फकदा बाटामा जहिले पनि बटुवाहरू पर्खेर एक हुल भएर जानुपथ्र्यो । एक्लैदुक्लै देख्यो भने चोरहरू पछि लागिहाल्थे । अनि बाटामा छुरी भाला देखाएर लुट्दथे ।
एक दिन जमिन्दार बजारमा सरसामान बेचेर केही नगद लिएर घर र्फकदै थियो । उसको साथमा रहेको उसको नोकरको चोरसँग साँठगाँठ थियो । यो कुरा कर्णबहादुरलाई थाहा थियो । बाटामा उसले चोरले जमिन्दारलाई मार्नलाई छुरी लिएर पीछा गरेको थाहा पायो । उसले यो कुरा जमिन्दारलाई सुनायो । तर जमिन्दारले उल्टै कर्णबहादुर माथि शङ्का गर्‍यो र दोष लगायो । नभन्दै जमिन्दारको जङ्गलमा जाँदाजाँदै चोरसँग जम्काभेट भयो । कर्णबहादुरले चोरलाई भाटाले हिर्काएर धपायो । यति गर्दा पनि जमिन्दारले कर्णबहादुरलाई धन्यवाद दिएन । उल्टै यो सब उसैको काम हो भन्ने ठान्यो । कर्णबहादुर आफूले जमिन्दारको ज्यान र धन दुवै बचाइदिएकामा प्रसन्न थियो ।
समय बित्दै गयो । एक दिन जमिन्दारको घरमा डाँका लाग्यो । जमिन्दारले खेत बेचेर पैसा घरैमा राखेको थियो । यो कुराको सुइँको उसको नोकरले पाएको थियो । त्यो नोकरले डाँकासँग मिलेमतो गरेर जमिन्दारको घरमा डकैती गराएको थियो । डाँकाले जमिन्दारको धेरै धनसम्पत्ति लग्यो । घरमा रहेको गरगहना, नगद र अन्य सामान डाँकाले लगेपछि जमिन्दार पागलजस्तो भयो । बिस्तारै ऊ बिरामी पर्दै गयो । बिमारी भएर ऊ उठ्नै नसक्ने स्थितिमा पुग्यो ।
यो देखेर कर्णबहादुरलाई माया लागेर आयो । उसले जमिन्दारलाई पहिला नै खबरदारी गराउन चाहन्थ्यो । तर जमिन्दार उसको कुरा सुन्न तयार थिएन । अब समय ढिलो भइसकेको थियो । तर पनि कर्णबहादुरले हरेस खाएन । बैगुनीलाई गनले मार्नुपर्छ भन्ने सोचेर ऊ जमिन्दारको घरमा गएर सबै कुरा बुझ्यो । जमिन्दारकहाँ बसेको नोकर केटाले छोडेर हिँडेछ । त्यो केटालाई कर्णबहादुर धरान बजारमा देख्ने गर्दथ्यो । पक्कै पनि त्यो केटोमार्फ जमिन्दारको धनसम्पत्ति पत्ता लाग्छ भन्ने सोचेर कर्णबहादुरले त्यो केटालाई प्रहरी लगाएर समात्यो । प्रहरीले समाएपछि त्यो केटाले साथीहरू मिलेर जमिन्दारकहाँ डाँका गरेको कुरा सकार्‍यो । त्यसपछि कर्णबहादुरले आफैँ गएर ती डाँका गर्नेहरूलाई समातेर पैसा असुल गरायो ।
त्यसपछि कर्णबहादुरले जमिन्दारको औषधि-उपचार पनि गरायो । आफ्नो धनसम्पत्ति वापस पाएपछि जमिन्दारको बिमार निको हुँदै गयो । जमिन्दार जाती भएपछि उसले कर्णबहादुरलाई धेरै-धेरै धन्यवाद थियो । त्यसपछि उसले कर्णबहादुरलाई आफ्नो परम मित्र ठान्यो । उसले आफ्नो जमिन्दारी हैकम पनि त्याग्यो । उसले अरूलाई पनि आफूसरह ठान्ने अनि अरूलाई खुसीसाथ बाँच्ने अधिकारको उपभोग गर्न दिने भयो ।
उसले आफ्नो छोरासँगै कर्णबहादुरको छोरालाई पनि काठमाडौँ लगेर पढायो । उसले सबै खर्च बेहोर्‍यो । उनीहरूका छोराहरू पनि असल मित्र बनेर बाबुहरूको मित्रताको गाँठो अझ बलियो बनाए ।

July 13, 2009

मूल्यहीन मृत्यु

मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ गाली गर्दा पनि केही नलागेर एकदुईपल्ट हिर्काउँछ हिर्काउँदा पनि कुकुर एकनासले रोइरहन्छ उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ रिसको झोँकमा एक लात्ती बजाउँछ उसमाथि बन्जो कुइँकुइँ गर्दै खाटमुनि गएर लड्छ
भोलिपल्ट खाटमुनिबाट मरनासन्न अवस्थामा रहेको आफ्नो प्यारो कुकुरलाई मालिकले बाहिर निकाल्छ माया गर्छ आफूले रिसको आवेग थाम्न नसकेर हिर्काएकामा आत्माग्लानि गर्छ बन्जो, असक्त भएको खबरले घरमा खैलाबैला मच्चिन्छ डाक्टर बोलाइन्छ, देवी देवतालाई पुकारिन्छ तर कुनै पनि उपाय शेष नरहेकाले केही फाइदा हुँदैन प्यारो कुकुर बन्जो मर्छ मालिकलाई ठूलो आघात पर्छ आफ्नो सबैभन्दा प्रिय वस्तुको अन्त आफैँद्वारा हुँदा उसलाई सहीनसक्नु पीडा हुन्छ घरमा चारैतिर शोक छाउँछ शोकाकुल परिवारलाई सान्त्वना दिन मानिसहरूको भीड लाग्छ आगन्तुक सबै परिवारको अनुहार मलीन देखिन्छ बन्जो कुकुर नभएर, मानिसझैँ बुद्धिमान् संवेदनशील प्राणी भएको ठहर सबैले गर्छन् आधुनिक पाराले दाहसंस्कार हुन्छ छाक छोड्ने कार्यक्रम पनि हुन्छ
त्यसै दिन नजिकैको घरमा हर्केकी आमाको मृत्यु भएको हुन्छ तर कसैलाई यो कुराको पत्तोसमेत हुँदैन बिदेसिएको लोग्ने जेलमा परेकी छोरीकी आमा चन्द्रमाया, एक घुट्को पानीसम्म पिउन नपाई नाबालक छोरालाई एक्लो अलपत्र पारेर मरेकी हुन्छे कसैलाई उसको अवस्था मृत्युबारे चासो हुँदैन तर उसको अवस्थाप्रति साङ्केतिक अपसगुनको रुवाइ व्यक्त गर्ने त्यो कुकुर अनाहकमा आफ्नै मालिकको रिसको कारण मृत्युको भागीदार बन्न पुग्छ बिचरा मृत्युको काखमा पुगेको बन्जोलाई यो कुराको के थाहा कि मानिसको मरण यति तुच्छ हुन्छ मूल्यहीन हुन्छ भन्ने कुरा ? उसलाई थाहा हुँदो हो गिर्दो मानवता कर्तव्यबोधबाट च्युत मानिसको भीडमा पशु भएर पनि आफ्नो इमान्दारिता जन्मजात पाएको नैतिक दायित्व बिर्सेर उसले रुने गल्ती कहिल्यै गर्दैनथ्यो होला

समयको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू ? त्यो अभागी महिला म नै थिएँ । जसले कृतज्ञताका स्वरोच्चारित शब्दहरूले अभिषेचित हुन नपाई बिछोडिनुपरेको थियो । सायद तपाईँले भुलिसक्नुभयो होला ? त्यो समय र त्यो दिन, तर म कसरी भुल्न सक्छु र त्यो समय र त्यो दिन ! सम्भव भए त्यो समय सूर्यको किरण भैदेओस् जसलाई म प्रत्येक बिहान ग्रहण गर्न सकूँ ! त्यो समय एउटा न्यानो सिरक भैदिओस् जुन प्रत्येक चिसा दिनहरूमा म ओढ्न सकूँ । त्यो समय एउटा शीतल वासना बनिदेओस् जुन प्रत्येक गर्मीमा म श्वास लिन सकूँ ! सम्भव भए त्यो समय एउटा क्यानभास भैदेओस् जसमा हाम्रो कथा कोरिएको होस्, तर त्यो सम्भव छैन ।
विराटनगरबाट जोगबनी जाने बस ? सदाझैँ त्यो दिन पनि म जोगबनी जाँदै थिएँ । म बीच बाटाबाट चढेकी हुनाले सिट पाउने सम्भावना नै थिएन । बरु चाउचाउ खाँदा कतै उपहार परिहाल्छ कि भन्ने सम्भावना होला तर जोगबनीको बसमा बीच बाटोमा चढेर सिट पाउनु करौडौँ रूपैयाँको चिठ्ठा पर्नु बराबर हुन्छ । त्यसैसमय म भुन्डिएको छेउको सिटको मानिस अकस्मात् उठेर झरिदियो । मलाई साँच्चिकै चिट्ठा पर्‍यो । त्यहाँअर्को एकजना पनि मानिस थियो । उसलाई मैले त्यति ख्याल गरेकी थिइनँ । फेन्च स्टाइलको टोपी लगाएको ऊ करिब पचास?पचपन्न वर्षो थियो । म बस्न के खोज्दै थिएँ, उसले "य बस्नोस् न" भन्यो । उसको बोलीमा मैले आफ्नोपन भेट्टाएँ । त्यसपछि उसलाई मैले नियालेर हेरेँ । मैले उसलाई कतै देखेको हुनुपर्छ, सुनेको हुनुपर्छ अथवा पढेको हुनुपर्छ ।
"तपाइँ कहाँ जाँदै हुनुहुन्छ ?"
म उसलाई विश्लेषण गर्दै जवाफ दिन्छु ।
"जोगबनी ।"
"ए ! म पनि जोगबनी हिँडेको, काठमाडौँबाट आएको, बाटो राम्रो थाहा छैन । तपाइले सहयोग गरिदिनुभए राम्रो हुने थियो ।"
यो चिनेकोनजानेको मान्छे सहयोग माग्दै छ । म के भनूँ अहिलेको समय, कस्तो मानिस हो । म सोच्दासोच्दै 'हवस्' भन्न पुग्दछु ।
? "तपाई ! यहाँ कहाँ बस्नुहुन्छ ?"
"तीनटोलिया"? काठमाडौको मान्छे, तीनटोलिया भनेको के थाहा होला ।
"कहाँ काम गर्नुहुन्छ ?"
"एउटा क्याम्पसमा लाइब्रेरियन छु ।"
"म दिवाकर नेपाली हुँ ! काठमाडौंबाट आएको, केही सामान किन्नुछ । बैनीले सहयोग गरिदिनुहुन्थ्यो कि ?"
दिवाकर नेपाली भन्ने शब्द सुन्नेबित्तिकै म रोमाञ्चित हुन्छु । अहो ! मलाई मनपर्ने कथाकारसँग म यति नजिकबाट बोलिरहेछु । मैले आफ्नो जिन्दगीमा कहिल्यै कल्पनासम्म गरेकी थिइनँ । बिहानको समय, बाहिर सूर्यको किरण छरिन हुस्सुका कणसँग संघर्ष गरिरहेको थियो । गाडी ठाउँ?बेठाउँ रोक्दै अगाडि बढिरहेको थियो । मेरो मन भने थामिनसक्नुको खुसीको पङ्खा लगाएर उडिरहेको थियो । मलाई मनपर्ने कथाकारको बोली आज म सुन्न पाइरहेकी छु । मेरो ढुकढुकी बढ्छ । म असंयमित र विचलित हुन पुग्दछु । मर् इश्वरको सम्झना गर्न पुग्दछु । यस्तो अवस्थामा म प्राय इश्वरलाई सम्झने गर्छु म आफूलाई केही असजिलोपन महसुस गर्दछु । सायद उसले ममा केही हडबडाहट भएको महसुस गर्‍यो होला ।
? "तपाईलाई अप्ठयारो पर्छ भने भैगो । म आफैँ किनेर फर्कुँला । "
म आत्तिदै भन्न पुग्छु ? "हैन.. हैन.. म सहयोग गरिहाल्छु नि । काठमाडौंबाट आउनुभएको मान्छे, यहाँ नयाँ मान्छे देख्नेबित्तिकै ठग्छन् ।" वास्तविक कुरा म उसलाई भन्न सक्दिनँ, म उससँग धेरैभन्दा धेरै समय बिताउन चाहन्थेँ । ऊ मेरो प्रिय कथाकार हो भनेर भन्न सकिरहेकी थिइनँ । यसो भनेमा उसले मलाई सामान्य व्यवहार नगर्न सक्थ्यो । म उसको सामान्य व्यवहार हेर्न चाहन्थेँ । म उसलाई खोलेर पढ्न चाहन्थेँ । उसलाई शब्दशब्दमा छरिएको हेर्न चाहन्थेँ । उसको असामान्य व्यवहारको प्रतिविम्ब त म उसको प्रत्येक कथामा पढिरहेकी नै थिएँ नि । तर अहिले म उसलाई भौतिक रूपमा पढ्न खोजिरहकी थिएँ । त्यसैले मैले उसलाई अपरिचितताको परिचय दिइरहेकी थिएँ ।
म अन्तरिम योजना बनाउन थाल्छु । जोगबनीमा किनमेल सकिएपछि म उसलाई रिक्सामा लिएर आउनेछु । बाटामा झन्डै आधा घण्टा ऊ मसँगै हुनेछ । त्यस समय म उसलाई आफ्ना विषयमा सबै भन्नेछु । अनि उसको मोबाइल नम्बर र मेल ठेगाना पनि लिनेछु ।
मेरो साहित्यमा कसरी रुचि बढ्यो ? त्यसको आफ्नै कथा छ । मेरो घरछेउमा हिन्दी पत्रपत्रिका बेच्ने थोक बिक्रेताको डेरा थियो । बिहे हुनुअघि मसँग प्रशस्त समय हुन्थ्यो । त्यस समयमा म गृहशोभा, मनोरमा, कादम्बिनी, सरिता आदि खूब पढ्थेँ । त्यस समयमा नेपाली पत्रपत्रिका उति साह्रो निस्कदैन्थे । ती पत्रपत्रिकामा भएका कथाले मलाई कथाप्रति निकै रुचि जगाउन थाल्यो । म हिन्दी कथाकार प्रेमचन्द, रवीन्द्रनाथ टैगोर,सत्यजीत रे आदिका कथाहरू खूब पढ्थेँ । उक्त थोक बिक्रेता पनि मलाई चाहेजति किताब पढ्न दिन्थ्यो । मेरो विवाह विराटनगरमै भयो । बिहेपछि एउटा क्याम्पसमा लाइब्रेरियनको काम पाएँ । लाइब्रेरीमा धेरैजसो फुर्सद हुने र किताबसम्बन्धी चर्चा?परिचर्चा हुने हुनाले मेरो आख्यानसाहित्यमा चासो बढ्दै गर्‍यो । विभिन्न नेपाली तथा विदेशी आख्यानकार र कथाकारका किताबहरू पढ्न थालेँ । पढ्ने क्रममा नेपाली कथाकार दिवाकारको कथाले मलाई अत्यन्त आकषिर्त गर्‍यो । त्यसपछि उसका प्रत्येक कथाहरू पढ्न थालेँ । उसका कथामा नारी?पुरुषबीचको सम्बन्धलाई कसरी विश्लेषण गरेको हुन्छ भने प्रत्येक पाठकले आफू नारी हुँ कि पुरुष हुँ भन्ने कुरारा नै भुल्थ्यो । उसको कथाशिल्पमा पाठक वर्तमानमा छु कि विगतमा छु वा भविष्यमा छु भन्ने कुरा नै भुल्थ्यो । उसको कथाका यिनै विशेषताले म उसको कथाप्रति मोहित भएकी थिएँ । उसका नयाँनयाँ कथाहरू प्राय वेभसाइटमा आउने गर्दथे । त्यो म हर्ेर्ने गर्दथेँ । त्यसपछि पत्रिकामा छापिन्थ्यो । पत्रिकामा छापिएको मलाई बासी लाग्दथ्यो ।
उसका कथाको विषयमा लाइब्रेरीमा पनि चर्चा हुने गर्दथ्यो । लाइब्रेरीमा प्रायः पुस्तकसम्बन्धी चर्चा नै हुने गर्दथ्यो । पुस्तकसम्बन्धी चर्चा हुँदा आफू केही नजानेको जस्तो हुनुभन्दा केही पढेर दर्ुइ?चारजना नेपाली तथा विदेशी लेखकको नाम भन्न सके आफैँलाई गौरव पनि लाग्दथ्यो । अझ भनौँ अङ्ग्रेजीको कति नै धेरै ज्ञाताझैँ विदेशी लेखकहरू मोपासाँ, काफ्का, लियो टाल्सटाय, नट ह्यामसुन, अर्नेस्ट हेमिङवे, नसलिमा तसरिन, समरसेट मम आदि लेखकका नाम भन्न सक्दा आफैँ गमक्क परेको हुन्थेँ । त्यसैले धेरैजसो महिला सिरियल हेरेर बिताउँदा म भने पुस्तक पढेर समय बिताउँदथेँ । कहिलेकाहीँ आफैँलाई कथा लेखूँ लेखूँ नलागेको कहाँ हो र ? एकपल्ट कथा लेख्ने भनेर लहड चलेको थियो । धेरै दिनदेखि एउटा कथावस्तुलाई जन्म दिएको पनि थिएँ । छुट्टीको समय थियो? म कथा लेख्न बसेँ । कथा लेख्न मात्र के बसेको थिएँ छोरी ँभोक लाग्योँ भन्दै आई । छोरीलाई दूध तताएर खुवाउनुपर्‍यो भनेर दूध बसाएको मात्र थिएँ, छोरो 'चुङ्गी ?रबरको खेलौना) किन्न पैसा दिनोस्' भन्दै आयो । ब्यागमा खुद्रा पैसा थिएन । एकसयको नोट दिएर पठाए? 'फिर्ता ल्याऊ' भन्दै छोरी, छोरोसँगै 'म पनि जाने' भनेर गई दुवैजनाले सय रूपैयाको टन्न सामान किनेर ल्याएँ । म सामान हेर्दाहेर्दै गाली गर्न थालेँ । दूध उम्लेर चौपट्ट । केही समयपछि दुवैजनालाई थामथुम पारेर कथा लेख्न बसेँ, छिमेकी दिदी आइन्, सिमेन्ट माग्न, छैन कसरी भन्नु, भएको कुरा । उनलाई पाँच किलोमात्र चाहिएको रे, खुल्ला सिमेन्ट कतै पाइएन रे । म फेरि तानिएँ पसलतिर सिमेन्ट जोख्न । बल्ल फुर्सद मिलाएर कथा लेख्न बसेँ, फेरि साथीको फोन आयो । "तपाइँसँग डिजिटल क्यामेरा छ, दिनोस् न आजलाई । मैले 'नाइँ' भन्न सकिनँ । चार्जर भए चार्ज पनि गरिदिनोस् है ? ओहो ! कसरी माग्न अनि काम लगाउन सकेको होला सजिलै, यसलाई पनि कला नै मान्नुपर्छ । म डिजिटल क्यामेरा खोजेर ठिक्क पारिदिन्छु अनि ब्याट्री पनि चार्ज गरिदिन्छु । मुस्किलले छोराछोरी हेर्दै कथा लेखिसक्छु । त्यो कथा क्याम्पसको स्मारिकामा छापियो । कसैले त राम्रो भनिदेला भनेर म स्वयम् कथाको चर्चा गर्न थालेँ तर कसैले राम्रो भनिदिएनन् । त्यसपछि मेरो कथा लेख्ने जाँगर त्यसै मरेर गएको थियो । तर कथाकार दिवाकर कसरी प्रत्येक पाठकको मन छुने कथा लेख्न सक्छन् । उनको कथामा लाग्छ सिङ्गो समाजको चित्र प्रतिबिम्बित गरिएको छ । उसका कथा देशप्रेम र म हुनुको पीडाले न्रि्रुक्क भिजेको हुन्छ । नारीका यौनसम्बन्धी पीडालाई कसरी नङ्ग्याइदिएको हुन्छ भने त्यहाँ सम्पूर्ण समाज चित्रित भएझैँ लाग्दछ । नारीका यौनसम्बन्धी पीडा जुन पीडालाई समाजले अहिलेसम्म बेवास्ता गरिरहेको छ, अझ भनौं बेवास्ता मात्र हैन आरोप र लाञ्छनाका नुनचुक छरिरहेको छ घाउमाथि? त्यस्तो पीडा बुझेर पनि समाज बेखबर भएको नाटक गरिरहेको छ तर उसले डाक्टरलेझै्ँ चिरफर गरेर देखाइदिएको छ ।
?"जोगबनी, जोगबनी" चर्को स्वरले एउटा ठिटो चिच्यायो । मेरो प्रिय कथाकार छेवैमा थियो । ऊ पनि आफ्नै धुनमा थियो । यतिन्जेल हामीबीच कुरानै संवाद भएको थिएन ।
?"दाइ... रिक्सामा चढौ, अलिक चाँडो पुगिन्छ ।"
?'हुन्छ' उसले स्वीकृति जनायो ।
हामी एउटै रिक्सामा चढ्यौँ । ओहो ! मेरो प्रिय कथाकार मसँग टाँस्सिएर बसेको छ । उ कति महान् छ उसले आफ्नो थर नेपाली राखेको रे, नत्र उसको थर उपाध्याय थियो रे । मैले उसको अन्तर्वार्ता पढेकी थिएँ । हामी सबै नेपाली हौं । नेपालीको जात एउटै नेपाली हो । हुन पनि हो अहिलेको समाज साम्प्रदायिकताको हुस्सुले ढाकेको समयमा यस्तो भावनाले उज्यालो किरण र्छन सक्थ्यो । अझ उसले बिजातको केटी बिहे गरेर समाजमा थप उदारणीय काम पनि गरेको थियो । उसले सोचेको नै छैन होला म उसलाई कति नजिकबाट चिन्छु भनेर । ऊ र मेरा बीच कुनै दूरी थिएन । हावाको सानो झोका पनि पास नहुने गरी हामी बसेका थियौ । सूर्यको किरणले हुस्सुमाथि आंशिक रूपमा विजय पाइसकेको थियो । यो समय रोकिए हुन्थ्यो भन्ने म चाहन्थेँ किनभने केही समयपछि हामीबीच कुनै अनभिज्ञता रहनेछैन । चाँडै नै म उसको कथाको कतिको प्रशंसक हुँ भन्न हतारिइरहेकी थिएँ । ऊ पनि सायद खुसी नै हुनेछ होला यति टाढा आफूलाई यति मन पराउने प्रशंसक रहेछ भनेर म उसको त्यो बेलाको मुखकृति कस्तो हुन्छ होला भनेर हेर्न उत्सुक थिएँ ।
?"यहाँ पनि निकै जाडो हुँदो रहेछ हैन बैनी... ! "
उसको बोलीमा कति आत्मीयता छ, कति मिठास छ ।
? "हो दाइ... शीतलहर चलेको बेला यस्तै हुन्छ ।"
मलाई उसको हात चुमुचुमूँ झैँ लाग्छ । ती कथामा पोखिएका शब्दहरू कति मीठा थिएः रसवरीभन्दा मीठा ती संवाद कति रोमान्टिक थिए, पढ्दा आफैँलाई लाज लागेर आउने । भावहरू कति रसिला थिए यौनसन्तुष्टिभन्दा कता हो कता माथि ।
मेरो कपालका रेसाहरूले उसको गाला छुन पुग्दथे । सायद म कपाल भइदिएको भएँ । उसले मेरो मनोदशा पढ्न चाहेको थिएन क्यारे । नत्रभने मजस्तो साधारण महिलाको मनोदशा उसले बुझिसक्नुपर्ने हो । लाखौँ पाठकलाई आफ्नो कलमले नचाउने मान्छेलाई यो सामान्य कुरारो थियो । उसले पनि आफूलाई सामान्य राख्न चाहिराखेको थियो क्यारे, नत्र ऊ मलाई छोडाउन सक्थ्यो केलाउन सक्थ्यो र उघारेर हेर्न सक्थ्यो । तर उसले यो चाहेको थिएन । त्यसको कारण यो नयाँ परिवेश हुन सक्थ्यो अर्को कुरारा लेखकहरू मुडी पनि हुन्छन् रे ।
मैले रिक्सालाई निकै तल रोक्न लगाएँ किनभने मैले चिनेको कुरार्तासुरुवालको होलसेल पसल निकै तल थियो । ऊ आफ्नो पत्नीलाई निकै माया गर्छ क्यारे तर पत्नीले उसलाई माया नगरेकी हुन सक्छ किनभने साहित्यकारका आ?आफ्ना पति वा पत्नीलाई सन्तुष्टि दिन सक्दैनन् भन्ने कुरारा मैले पढेकी छु । त्यसैले ऊ पत्नीको लागि कुरार्तासुरुवाल किन्दै छ ।
"भाउजूलाई कस्तो रङ मनपर्छ दाइ "
"उसलाई गुलाबी मन पर्छ तर मलाई निलो रङ मन पर्छ बैनी, हेर्नोस न्... सबै गहिरा चीज कति नीला हुन्छन् । आकाशको रङ हेर्नोस् कति नीलो छ सागरको रङ हेर्नोस् कति नीलो छ ।" ऊ अलिकति पोखियो र मैले अजुलीले उघाएर पिइदिएँ । उसभित्रको कथाकार थियो यो ? हुन पनि हो आफूभित्रको अथाह भण्डारलाई मानिस कतिञ्जेल रोकेर वा छेकेर राख्न सक्छ र ! तर उसले आफूलाई सम्हालिहाल्यो । त्यसैले त ऊ महान् र चर्चित कथाकार बन्न पुगेको थियो । म भने त्यस समयको प्रतीक्षामा थिएँ जुनसमय हामी किनमेल सकेर जोगवनीबाट रिक्सामा बिराटनगर र्फकनेछौँ । उसले दुईवटा कुरार्तासुरुवाल किन्यो ।
"अरू के सामान सस्तो र राम्रो हुन्छ बैनी.. ?"
मैले भनेँ ?"बिस्कुराटहरू, कपडाहरू अनि भाँडाकुराडाहरू पनि सस्तैमा पाइन्छ दाइ ।"
"भैगो.. धेरै बोक्न गाह्रो हुन्छ अलिकति बिस्कुराट किनौं.. भइहाल्छ "
मैलेचाँहि आफू केही नकिन्ने सोच बनाएँ । किनभने जोगबनी त म फेरिफेरि आइरहन सक्छु तर कथाकार दिवाकरलाई कहिले भेट्न सक्छु र ? एउटा कुरारो मैले पेन्टी र ब्राचाहिँ अवश्य किन्नुपर्ने थियो ? कसरी किनूँ ? उसलाई लिएर जाँदा उसले के भन्न ठान्ला ? नकिनी पनि भएको थिएन ।
?"दाइ,.. तपाई यतै बस्तै गर्नुहुन्छ कि ! म केही सामान लिएर आइहाल्छु अनि सँगै फर्कौला ।"
?"हुन्छ,.. तपाइँ आफ्नो सामान पनि लिनोस् न । कतै ... मैले डिर्स्र्टब गरिरहेको त छुइनँ ?
उसले कति चाँडो मनको कुरारा बुझेको होला । हुन पनि हो यति धेरै पात्रको मनोदशा बुझ्नेले म साधारण महिलाको मनोदशा किन नबुझ्नु र ?
?"छैन,... यस्तो डिर्स्र्टब केही भएको छैन । यो त मेरो अहोभाग्य तपाईजस्तो.. द्र ....! झन्डै मेरो मुखबाट वास्तविक कुरारा फुस्केको ! हुन पनि हो मानिस आफू आफैँमा केही होइन । उसले आफूलाई जतिसुकै नियन्त्रणमा राख्न खोजे पनि उसलाई डोर्‍याउने अरू कोही हुन्छ । म चाँडै नै रिक्सामा बसेर उसलाई मेरो मनको भावना पोख्ने कल्पनामा डुबिरहेकी थिएँ । त्यसैले चाँडै पेन्टी र ब्रा किन्न अर्को पसलमा पसेँ । तर ब्राको नम्बर नमिलेर मलाई केही समय ढिला हुन गयो । म हतारहतार गर्दै फर्के तर अचम्म ! कथाकार दिवाकर त्यहाँ थिएनन् ? म आत्तिएँ । मन शून्य भयो । नयाँ मान्छे कता छलिए होलान्, नयाँ ठाउँ हराउने पो हुन् कि अथवा व्यापारीहरूले जबरजस्ती सामान भिडाउने पो हुन् कि वा ठग्ने पो हुन् कि ? मेरो प्रिय कथाकारलाई । कतै मैले नै उसको आत्मामा ठेस पुग्ने केही कुरारा भनेँ कि ! 'लेखकहरू साह्रै संवेदनशील हुन्छन्' भन्छन् ।
मैले उसको मोबाइल नम्बर नमागेकोमा अहिले आएर मलाई पछुतो लाग्यो । रिक्सामा सँगै बसेर विराटनगर जाने अनि राम्रो रेस्टुरेन्टमा बसेर गफ गर्दै खाजा खाने मेरो सपना सब चकनाचुर भयो । म बिलखबन्दमा परेँ । कहाँ खोजूँ कथाकार दिवाकरलाई यत्रो मानिसको भीडमा, के भनेर खोजूँ ? निकै समयसम्म म अन्योलमा परेँ । त्यसपछि केही सामान किनेँ र जोगबनीको बसस्टेन्डमा निकै बेर उसलाई भेट्नका लागि पर्खे । तर भेट हुन सकेन । अघि जाँदाको भरिएको गाडी अहिले रित्तो लाग्यो । केही हराएझैँ लाग्यो । आफ्नो छाया कतै छोडिएझैँ लाग्यो । मन ऊसँगै रिक्सामा बसेको अनि किनमेल गरेको समयमा अल्झीरहृयो । म कति अभागी रहिछु । आफ्नो मनपर्ने कथाकारलाई यति नजिकैबाट छाम्ने मौका पाउँदा मैले आफैँले गुमाएँ । मैले पेन्टी र ब्रा नकिनेको भए पनि हुने । उसँग बिताएका समयलाई म साथीहरूमाझ कसरी गफको गाडी हाँक्न सक्थेँ त्यो पनि नब्बे किलोमिटर प्रतिघण्टाको रफ्तारमा । तर सबै कुरारामा ब्रेक लाग्यो । म रित्तो र एक्ली भएकी थिएँ ।
कथाकार दिवाकारज्यू ? त्यो अभागी महिला म नै हुँ जसलाई तपाईले जानेर वा अनजानमा जोगबनीमा छोडनुभएको थियो । मैले तपाइँलाई आफ्नो परिचय पनि दिने मौका पाएकी थिइनँ । अब त दिएर पनि के फाइदा होला ? भाउजूलाई कुरार्तासुरुवाल मन पर्‍यो कि परेन ? मैले यतिबिध्न मन पराएकी रहेछु भनेर रिसाउनुहुन्न होला ! म त एउटा नमुनामात्र हुँ? उहाँका देशभरि हजारौँ प्रशंसक हुन्छन् यसरी मन पराउने । हिमालले सौर्न्दर्य नर्छर्ने हो भने कोही पनि मन्त्रमुग्ध हुने थिएनन् होला ? त्यस्तै फूलले आफ्ना सुन्दरता र वासना नर्छर्ने हो भने कसैले महत्व दिँदैनथे होला ? भगवान्लाई मानिसले नपुजेको भए भगवान्को अस्तित्व धेरै अघि हराइसक्थ्यो । कृष्णका पछाडि हजारौँ गोपिनी त्यसै पछ्याउने थिएनन् ? मनपर्ने गायकगायिकाको लागि हजारौं मानिस अटोग्राफ लिन त्यसै तँछाडमछाड गर्दैनथे होलान् । पानी परेपछि मात्र इन्द्रणी लाग्छ तर पानी पर्दैपिच्छे इन्द्रणी लाग्छ भन्न सकिन्न, भाउजू । जीवन इन्द्रणीझैँ सप्तरङ्गी छ । जीवनको क्यानभासमा कहिले, कहाँ खुसी कोरिन्छ कसलाई थाहा हुन्छ र ?

यो कुन लीला हो ?

'सर आज अलिक चाँडो घर जानुपर्‍यो, छोरा बिमारी छ ।' रामबहादुर पिताको दायित्व पोख्दछ । 'हेर्नोस्, रामबहादुरजी ! हामीले अफिसको दायित्व पनि बुझ्नुपर्‍यो । मैले देखिरहेको छु, धेरै दिनदेखि तपाई छोरा बिमारी भएर डिर्स्र्टब भइरहनुभएको छ । हामीले हाम्रो ठाउँबाट अफिसको जिम्मेवार काम बोकेका हुन्छौँ । यसरी डिर्स्र्टब भएर कहाँ हुन्छ र ? '- हाकिम हाकिमी दायित्व पोख्दछ ।
'होइन सर, मैले छोरा बिमारी भएर अफिसको काममा कुनै लापरबाही गरेको छैनँ । उत्तिकै इमान्दारीका साथ गरिरहेको छु । मात्रै यो हो कि अलिक छोराको बिमारी बारे अफिसमा चर्चा गर्छु के गर्नु, बिमार पत्ता लागेन, धेरै दिन भइसक्यो, कसैले 'यो बिमार हो' भनेर भनिदिन्छ कि भनेर सोधीखोजी गरेको हो । छोरा बिमारी भएर मैले कहिल्यै बिदामा पनि बसेको छैन सर उ'
'त्यसो भनेर कहाँ हुन्छ ? मेन्टली डिर्स्र्टब होइन्छ नि, यहाँ उपचार भएन भने बाहिर लानुहोस्' ? हाकिम मानवीयता जताउँछ ।
'के गर्नु सर, कहिले अफिसमा क्लोजिङको समय पर्छ, कहिले हातमा पैसा हुँदैन । कहिले बिमारी नै निको भएजस्तो भैदिन्छ, त्यसैले लान ढिलो भएको हो सर ।'- रामबहादुर रुन्चे स्वरमा व्यक्त गर्छ ।
'आज अफिसको जरुरी मिटिङ छ । त्यसैले घर जान मिल्दैन रामबहादुरजी ! म हाकिम, तपाई कारिन्दा, सबैको आ-आरुनो ठाउँमा कामको महत्व उत्ति नै हुन्छ । होइन र ?'
रामबहादुर सहमतिको टाउको हल्लाउँदै बाहिर निस्कन्छ । केही समयपछि मिटिङ सुरु हुन्छ ।
र्सवप्रथम हाकिमको भाषण सुरु हुन्छ- 'हेर्नोस् आजको यो मिटिङ असाध्यै महत्वपुर्ण छ । हामीले मुख्यमुख्य बुदाँमा डिस्कस गर्नु छ । हामीले हाम्रो अफिस कसरी राम्रो बनाउने र यसलाई कसरी घुसखोरी र कमिसनखोरीबाट मुक्त बनाउने ती उपायहरू सोच्नुपर्‍यो र फेरि हामीले हाम्रो घरको व्यावहारिक कठिनाइहरू छोडेर अफिसको काममा एकचित्त भई काम गर्नुपर्‍यो । हामीले हाम्रो दस बजेदेखि पाँच बजेको समयमात्र अफिसलाई दिएका छैनौँ, हामीले हाम्रो सम्पुर्ण मानसिकता अफिसको प्रगतिको लागि खर्चनुपर्‍यो । होइन र ?.......।'
यत्तिकैमा मोबाइलको घन्टी बज्छ । मिटिङको सम्पुर्ण शक्ति फोनमा एकीकृत हुन्छ । 'हेलो, हो ! ए, ! हो, - भमिट - ए. ल- हुन्छ त ।' फोनमा बोलिसकेपछि हाकिमको अनुहार एक छिन अँध्यारो हुन्छ । सबैजना हाकिमप्रति उत्सुकताका नजरले साथ हेर्छन ।
'हेर्नोस्, साथी हो ! अहिले मेरो छोरा भोमिट गरेकोगर्‍यै भएछ मैले घर नगई भएन, के गर्नु, यस्तो महत्वपुर्ण मिटिङ पोस्टपोन्ड गर्नुपर्‍यो । मलाई यसप्रति ठूलो खेद छ । हामी फेरि कुनै दिन समय अनुकूल मिलाएर बस्नेछौँ । हुन्न र -' - सबैजना अनुत्तरित मुखामुख गर्छन् ।
भोलिपल्ट, सबैजना हाकिमको छोराको स्वास्थ्यलाभको कामना गर्दै अफिसमा बसेका हुन्छन् । हाकिमको आगमन हुन्छ । सबैजना अभिवादनपश्चात् चूप लाग्छन् । एकजना हाकिमसँग अलिक बढी नजिक हुने कारिन्दा छोराको स्वास्थ्यबारे सोध्छ । हाकिम गम्भीर भएर भन्छ्- 'ए, मेरो छोराको स्वास्थ्य - ठीकै छ । हिजो त्यो आमाचाहिँ बजार जाँदा रुँदा-रुँदागरेछ अनि भोमिट गरेछ, ठूलो घटना त केही भएको रहेनछ । म पनि सुरुमा आत्तिएँ तर सामान्य रहेछ । के गर्नु, सबैभन्दा पहिला आरुनो परिवारप्रतिको दायित्व र भावनालाई मान्यता दिनुपर्दो रहेछ । होइन त रामबहादुरजी -'
रामबहादुर तीनछक्क पर्छ । रामबहादुरले त्रेतायुगमा रामलीला द्वापरयुगमा कृष्णलीला सुनेको, पढेको त थियो तर कलियुगमा आएर यो कुन लीलासँग उसले साक्षात्कार गर्नु परिरहेछ, उसले थाहा पाउनै सकेन । नत्र भने उसले आफ्नो छोराको नाम कृष्ण नराखेर त्यो लीलासँग मिल्ने नाम राख्थ्यो होला ।

कल्पनाको क्यानभास

प्रिय बहिनी, अनामिका, तिम्रो 'समयको क्यानभास'मा पढेँ । थाहा पाएँ तिमी उही प्रिया?साहित्य)को अर्को रूप रहिछ्यौ । वास्तवमा तिमीले परिचयको ढोका नखोलेर अपरिचयतामा नै परिचयको हजारौँ ढोका खोल्न बाध्य बनायौ मलाई । तिमीले मलाई छोडेर गएपछि म निकैबेर तिमीलाई पर्खिरहेँ । तर तिमी आइनौ । मैले यसबीचमा तिमीभित्र अनुमानका धेरै बिस्कुन फिजाएँ । तिमी एउटी तल्लोस्तरकी नारी हौ, जो स्वार्थपूर्तिका कुनै आधार नहुँदा बिना धार जोसुकैलाई जहाँ पनि छोड्न सक्छौ अथवा तिमी सीमाछेउका सामानहरू ओसारपसार गर्ने क्यारियर हौ, जसलाई मेरो उपस्थितिले बाधा पुर्‍याइरहेको हुनसक्छ , अथवा तिमी कुनै सभ्यनारी हौ जसलाई परपुरुषसँग हिँडेको कसैले देख्छ कि भन्ने त्रास हुन्छ । तिमी धेरै बेर नआउँदा मैले यस्तै अड्कलको डोरीमा तिमीलाई अडकाइ राखेँ । त्यसपछि म त्यहाँबाट डोरिएँ । व्यक्तिले आफूलाई नकरात्मक सोचमा मात्र हिँडायो भने ऊ गलत बाटो हिँड्न सक्छ । त्यसैले मैले तिमीप्रति सकारात्मक सोच राख्न थालेँ । तिमीले मलाई त्यसबेलासम्म साथ दिएकी थियौ । तिम्रो सहयोग कम महत्वपूर्ण थिएन । तिमीभित्र मैले अलिकति प्रेम र अलिकति विश्वास रोपेको थिएँ । नत्रभने अहिले स्वार्थीपनले निलेको समयमा तिमीजस्तो सहयोगी भेट्टाउन मुस्किल पर्न सक्थ्यो । तिमीले मेरो शिरमा विश्वासको एउटा श्रीपेच पहिराएकी थियौ ,जसलाई मैले सजिलो फ्याक्न हुँदैनथ्यो । तिम्रा आँखाहरूमा मैले समस्या र बाध्यता पढेको थिएँ । त्यसैले राहतका केही आहट लिन तिमी जोगबनी गएकी हुन सक्थ्यौ । तिम्रा ओठहरू बोल्न नसकेका धेरै शब्दहरूले सुकेका देखिन्थे । मैले तिमीलाई आफूभित्र प्रवेश गराएको थिएँ । तिमी मेरो कथाकी एउटा पात्र हुनसक्थ्यौ । त्यैसैले तिमीसँग बिताएका प्रत्येक पललाई सजीव बनाउँदै लगेको थिएँ । तिमी मेरो कथाको प्रतिबिम्ब थियौ । तिम्रा आँखामा मेरा कथाका घटनाहरू सल्बलाइरहेको पाएँ । तिम्रा ओठमा मेरा कथाका शैली र प्रस्तुति मुस्कुराइरहेका थिए । तिम्रा शरीरका प्रत्येक अङ्गले बिम्ब र प्रतिक झल्काइरहेका थिए । तिम्रा हिँडाइ र चालमा, मैले मेरा कथाका शब्द र अलङकार सल्बलाइरहेका पाएँ । तिमीसँग बिताएका प्रत्येक समय मेरा कथाका विषयबस्तु थिए । कतै तिमीले मलाई चिनेकी हैनौ ? भन्ने आशङ्का ममा पलाएको थियो । तिमीले अव्यक्तरूपमा नै यी कुराहरू व्यक्त गरिरहेकी थियौ । म पनि तिमीले देखाएको अज्ञानतामा रमाइरहेको थिएँ । जसरी एउटा बालक अनभिज्ञतामा नै क्षणिक खुसीको लागि रमाइरहेको हुन्छ । त्यसैले तिमीभित्र मैले अलिकति माया रोपेको थिएँ । तर तिमीले अचानक मलाई छोड्दा म अन्योलमा परेको थिएँ । तर तिमीलाई पनि कुनै समस्या परेको हुनसक्थ्यो जुन मेरो उपस्थितिमा गर्न वा भन्न अप्ठ्यारो भएको हुनसक्थ्यो मैले यति चाँडै तिम्रो आस्थाको दियो निभाउन हुँदैनथ्यो । त्यसैले तिमीप्रति सकरात्मक सोच राख्दै तिमीभित्र रोपेको मायालाई हुर्काउँदै लगेँ । तिम्रो बिदाइलाई मैले हाँसीहाँसी स्वीकारे । म तिम्रै विषयमा नानाथरीका कल्पना, परिकल्पना डुब्दै, उत्रदै हिडेँ । कल्पनाको क्यानभासमा अनेकौँ चित्र कोरिदै गए, मेटिदै गए । तर म थाकिनँ, कोर्दै गएँ, कोर्दै गएँ । अन्तिममा गएर तिम्रो छायालाई कल्पनाको यस्तो बिन्दुमा पुर्याए । जुन बिन्दुलाई व्यक्तिले जुनरूपमा हेर्छ त्यही रूपमा पाउँछ । त्यहाँ उसले प्रेमको जुन आकार कोर्न खोज्छ त्यही आकार पाउँछ । त्यो कलाकारिताको एउटा उत्कृष्ट नमूना थियो । प्रेमको उत्कृष्ट कलाकारिता जसले जुन प्रतिमूर्ती स्थापना गर्न चाहन्छ त्यही राख्न सक्छ । मैले आफ्नो साहित्यसाधनामा तिम्रो सन्निध्यमा यो अर्मूत कला रच्न सकेँ । यसको लागि तिमीलाईँ धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो कथा तिमीजस्तै हजारौँ मेरा प्रिय आत्मालाई समर्पित गर्न चाहन्छु । सायद यसको शिर्षक मैले 'तिम्रो सम्झना'मा राख्न रुचाएँ ।
तिम्रो सम्झनामा
तिमीसँग जब बिहान ब्युँझन्छ, एउटा अन्धकार निलेर तब उषाको लालीले धर्तीमा सजीवता छरेझंैँ छरिन्छन्, तिम्रा सजीव पाइलाहरू । तिमीसँग बग्छन् वर्तमानहरू अनि समयको लहरसँगै खुसीहरू तरङ्गित हुन्छन् । जब तिम्रो हाँसो फुल्छ लालीगुराँसझेँ अनि असीमित आनन्दहरू आफै फैलन्छ , हावामा सुगन्ध फैलिएझैंँ । तिमी जहाँ जहाँ फैलन्छौ , सम्पूर्ण आयतन ओगटन सफल हुन्छ्यौ, तिमी जीवन्त भएर । तिम्रो अज्ञानताले भरिएको क्रीडाले समयलाई रोकिदिन्छ । जसरी शहरको घन्टीसँगै नागरिकहरू समयको पछि दौडिरहेका हुन्छन, हो त्यसरी नै तिम्रा प्रत्येक क्रीडाका पछि समय दौडिरहेको हुन्छ । तिम्रा मधुर पदचाप मन्दिरको कठ्य घन्टीझँ झङ्कृत भइरहन्छ ।
तिमीले अज्ञानतावश गरेका गल्तीहरू पनि सहज भइदिन्छ । तिमीसँग एउटा कालजयी समय छ जोसँग तिमी बाँचिरहेकी छ्यौ । तर कुनैबेला तिमीलाई गाह्रो भइदिन्छ, आफ्नो समयसँग बाँच्न । तिमीलाई हिँड्न कठिन भइदिन्छ, तिमीलाई भोग्न कठिन भइदिन्छ, अनि प्रत्येक पाइलामा झारिदिन्छ्यौ मोतीरूपी आँसुहरू, म पनि बग्छु ( तिम्रो बैँसालु खहरेसँगै । केहीसमयपछि बैँस सकिएको खहरे जब सुक्छ, तिमी पनि सुकिदिन्छौ केही नभएजस्तो गरी । तिम्रा प्रत्येक क्रियाकलापहरू सहज भइदिन्छ । सायद तिमीले सहजताका दुबेमाला पहिरेकीछ्यौ । जुन जुनसुकै परिस्थितिमा पनि हरियो नै भइरहन्छ ।
म सोच्छु तिमी नै संसार हौ , तिमी नै सृष्टि हौ , तिमी नै सागर हौ । तिमीभित्र म आफ्ना धेरै पीडाहरू लुकाउन चाहन्छु । एउटा समुन्द्र अथाह पीडा बोकेर पनि शान्त र सुरम्य हुनु पर्ने बाध्यताले थिचिएझैँ , म आफ्ना पीडाहरू तिमीभित्र गर्भित गर्न चाहन्छु । तिमी समुद्र हौ, तिमीभित्र अथाह सुन्दर वस्तुहरू छन् । जसलाई प्राप्त गर्न म लालयित भइरहेको हुन्छु , म आफ्ना फुलाउन नसकेका आलाकाचाँ चाहनाहरू तिमीसँग साट्न चाहन्छु । तिमी चौतारी हौ । जहाँ म सुस्ताउन चाहन्छु अनि आफ्नो थकान मेटाउन चाहन्छु । तिमी मेरो सृष्टि हौ । तिमीलाई मैले सिर्जना गरे । तिमीले एउटा सिंगो संसार बोकेकी छ्यौ । तिमीमा म संसार देख्छु । गीतामा अर्जुनले कृष्णमा अलौकिक शक्ति समाहित भएको देखेझैँ म पनि तिमीमा त्यो र्सार्वभौम संसार देख्छु । तिमीमा भूत, वर्तमान र भविष्य देख्छु । म प्रत्येक पल यसैमा बाँचेको हुन्छु । तिमीलाई कुनै कालले , दोष, आक्षेप, कष्ट नदिऊन् म यसैमा हराइरहेको हुन्छु । तिमीले बाँच्नुपर्छ काललाई हराएर मृत्युलाई जितेर । तिमीले हराइ दिनुपर्छ ती सम्भावनाहरूलाई जसले मृत्युलाई विजयी बनाउँदछ । जसरी कालो रातलाई निलेर दिनले निर्जिव बनाउँदछ , हो त्यसरी नै तिमीले निलिदिनु पर्छ मृत्युलाई । तिमी समय हौ त्यसैले समय आफैदेखि भागेर टाढा जान सक्दैन पलपल बाँचिरहेकी छ्यौ । तिमी मेरो मुटुमा , मेरो मानसपटलमा कहीँ कतै । कुनै बेला तिम्रा अबोध चाहनाहरूसँग म रोकिन्छु , ठोकिन्छु , अनि टुक्रिन्छु । तर म असीमित आनन्दसँग तिम्रा चाहनाहरू साटिरहेको हुन्छु । कहिलेकाहीँ म तिमीभित्र सुन्दर कलाकृति देख्छु । एउटा उत्कृष्ट कालिगढको कला हौ तिमी जसमा धेरै कुराहरू झल्किरहेको हुन्छ । तिमी शुक्लपक्षको चन्द्र हौ जो दिन पर दिन आफ्नो उज्ज्वलता बढाइरहेको हुन्छ । जसको मधुर प्रकाशले अदभूत आनन्द दिइरहेको हुन्छ ।
तिम्रा अवोध आँखाले धेरै कुरा बोध गराइरहेको हुन्छ । जहाँ इच्छा छ , चाहना छ , जिज्ञासा छ, उत्सुकता छ । तिमी कहिलेकाहीँ असीमित चाहनाहरू ब्यक्त गर्दछौ । जुन चाहना मेरा लागि महाभारत बनेर अगाडि तर्ेर्सिदिन्छ । तिमी कहिले जिज्ञासाको ब्रद्मस्त्र प्रहार गछ्यौ । म मर्माहत हुन पुग्दछु , तिम्रो अस्त्रदेखि कहिलेकाहीँ तिमी उत्सुकताको बिस्कुन छरिदिन्छ्यौ , आकाशमा हजारौ तारा छरिएझैँ । म आफू अर्समर्थ हुन्छु ती उत्सुकता बटुल्न । तिम्रा हरेक क्रियाप्रतिक्रियाबाट म एउटा समीकरण तयार गर्छु जसलाई समाधान गर्न मलाई केही समय लाग्न पनि सक्छ, अथवा वषौँ लाग्न पनि सक्छ । तिमीले देखाएका साधारण क्रियाकलाप पनि कहिलेकाहीँ मेरालागि अदभूत हुन पुग्दछ । तिम्रा अलौकिक क्रियाकलापहरू आफूमा एउटा सुन्दर उदाहरण हुन , तिमी उत्कृष्ट हुनुको । तिम्रा पछाडि हजारौ इष्यार्लु र्सपहरू पछ्याई रहेका पनि हुन सक्छन् । तर तिमी निदोर्षछौ । तिम्रो निदोर्षना नै मेरो कमजोरी भइदिन्छ । मेरो कमजोरीले तिमीलाई बिगार्न पनि सक्छ , त्यसैले म र्सतर्क भइदिन्छु बेलाबखत । आफूलाई नियन्त्रित पार्न जतिसुकै कठिन भएपनि म प्रयासरत रहन्छु । नत्रभने मेरो कमजोरीपनाले तिमीमा विकृति देखापर्न पनि सक्छ । जसले तिमीलाइ जीवनपर्यन्त असफल बनाइदिन सक्छ । किनभने तिमी मेरो सुन्दर भविष्य हौ । तिमीभित्र मेरा धेरै सपनाहरू छन् । ती सपनाहरू तिम्रो भविष्यको प्रतीक्षामा छन् । तिमीले आप
जीवन्त हुनुपर्छ अनि मेरा सपनाहरू जीवन्त पार्न सक्नुपर्छ । तिमी भोलिको सुन्दर आशा हौ जसले धेरै निराशाहरूलाई आकृतिविहीन बनाउन सक्नुपर्छ । लाग्छ यो समय रोकियोस् । सधै स्थीर भइरहोस् , कहिल्यै नबगोस्, तर प्रकृति आफ्नो नियममा चलिरहन्छ । जसलाई कसैले नियन्त्रणमा लिन सक्दैन । त्यसैले म बगिदिन्छु तिमीसँग , प्रकृतिसँग , थाहा छैन मलाई समयले कहाँ पुर्‍याउँछ , कहाँ डोर्‍याउँछ । हृदयमा एउटा मीठो अतीत भएर तिमी बाँचिरहन्छौ । हाम्रो मिलन, त्यो एउटा समय थियो ,त्यो एउटा संयोग थियो, त्यो एउटा आवश्यक थियो । मैले तिमीभित्र आत्माविश्वासको एउटा दरिलो मन्दिर तयार गर्राई दिए । जहाँ प्रेम, आस्था,र विश्वासका त्रिमुर्तिहरू सजिए । तिमी पूजा गर्न थाल्यौ । त्यसबेला त तिमी प्रत्येक पाइलामा सफलताको खुडकिलो चढ्दै गयौ । तिमीभित्र सत्य थियो जुन सत्य यथार्थमा परिणत भएको थियो । प्रेमको परिभाषा आआफ्नै हुन्छ । प्रेम नै इश्वर हो । प्रेम नै पूजा हो । प्रेम नै संसार हो । तिमीप्रतिको मेरो प्रेमको परिभाषा धेरै छन् । जसरी आकाशमा सप्तरङ्गी इन्द्रणीले रङ्गको हजारौँ किरण फैलाउँछ । हो त्यसरी नै तिमी प्रतिका मेरो प्रेमको परिभाषा खुल्न आउँछ । जीवन अमूल्य छ । यहीँ अमूल्यतले जन्माउँछ प्रेमको परिभाषालाई, तर तिमी कसरी स्वीकार गर्र्छौ ? खै मेरो प्रेमलाई ।
मैले तिम्रो सम्झनामा यी शब्दहरू कोरिदिएको थिएँ । समयले यति चाँडै हामीसँग इष्र्या गर्छ होला भनेर मैले सोचेको थिइनँ । त्यो वर्तमान त्यति चाँडै अतीत बन्ला भन्ने पनि सोचेको थिइनँ । तर भयो , व्यक्तिले आफूले सोचेकै कुरा मात्र हुन सक्छ भन्न सकिन्न रहेछ । तिम्रो कथा पढेपछि थाहा पाएँ, वास्तवमा तिमी त्यससमय पेन्टी र ब्रा किन्न गएकी रहिछ्यौ । त्यसपछि तिमीप्रतिको मेरो भ्रमलाई तिम्रो सम्झनाले धोईपखाली गरिदिए । वास्तवमा नै तिमीसँगको मेरो भेट एउटा संयोग, एउटा आवश्यक र एउटा समय थियो । जसको क्यानभासमा मैले आफ्नै अर्मूत रचना कोर्न सकेँ । तिम्रो र मेरा बिछोड पनि एउटा समय, थियो । दिन पछि रात अपरिहार्य भएझैं यो पनि काट्य थियो । जसको क्यानभासमा तिमीले आफ्नो प्रेमको परिभाषा देखाउन सक्यौ । त्यससमयलाई यति जीवन्त र मार्मिक बनाउन सफल भयौ । वास्तवमा शाश्वत प्रेम भनेको यहीँ हो । तिमीले बुझेको प्रेमको परिभाषा र मैले ब्याख्या गरेको प्रेमको परिभाषा एउटै रहेछ । तिमी स्वयं एउटा सफल कथाकार रहिछ्यौ । तिमी पनि यो कथा पढेर आफ्नो कथाकारितालाई वा मलाई नै प्रतिमूर्ती बनाएर 'तिमो सम्झनामा' स्थापित गर्न सक्छौ । जसरी मैले तिमीलाई स्थापित गरेँ ।
उही तिम्रो प्रिय कथाकार
दिवाकर नेपाली ।

July 2, 2009

नङ टोक्ने केटी

एउटा राम्रो र शानदार घर थियो । त्यस घरमा परम्परागत सरसामानदेखि लिएर आधुनिक समयमका सरसामानहरू थिए । त्यस घरमा ढिकी जाँतोदेखि टिभी, भिसिडी, भिडियो गेम, कम्प्युटर सबै थिए । सबै सामानहरू आ-आफ्ना ठाउँमा मिलाएर राखिएका हुन्थे । ती सामान सफासुग्घर पनि हुन्थे । आउनेजाने मान्छेहरू त्यो घरको चाँजोपाँजो र सरसफाई देखेर प्रसन्न हुन्थे । त्यस घरका दुई घरमुली बूढाबूढी सरकारी कार्यालयमा काम गर्दथे । उनीहरूको जागिरबाट धेरे तलब नआए पनि घरमा सबै सामानहरू भरिपूर्ण थिए । त्यो देखेर अरू मानिसहरू त्यस घरको प्रशंसा नगरी बस्न सक्दैनथे । त्यस घरमा एउटा रहस्यमय कुरा यो थियो कि राती सधै त्यहाँ देवीमाता आउने गर्दथिन् । ती घरका बूढाबूढी भद्र इमान्दार, मिहिनेती भएका हुनाले देवी माताले राति सबै सामान मिलाई दिएर खानेकुरा भरिपूर्ण गरेर जाने गर्दथिन् । यो कुरा कसैलाई थाहा थिएन । भन्नेहरू चाहिँ भन्ने गर्दथे कि साँच्चै भगवान्ले सबै पुर्‍याइदिएका होलान् ।
त्यस घरमुलीकी एउटी असाध्यै राम्री र ज्ञानी छोरी थिइन् । तर तिनको नङ टोक्ने नराम्रो बानी थियो । उनी सात-आठ वर्षी थिइन् । उनको भर्खरै नङ टोक्ने बानी बसेको थियो । उनको नङ टोक्ने आदतले उनको आमाबुबा र गुरुगुरुमाहरू पनि दिक्क हुनुहुथ्यो । कतिभन्दा पनि उनले नङ टोक्न छाडेकी थिइनन् । झन उनको बानी बढ्दै गएको थियो । स्कुलमा फुर्सद हुने वित्तिकै आफै उनको नङ मुखमा पुगिहाल्थ्यो । झन गुरुगुरुमाले उनको कुनै गल्ती देखाएर गाली गर्नुभयो भने त झन् टोकेको टोक्यै गर्दथिन् । घरमा पनि टिभी हेरेको बेला नङ टोकिहाल्दथिन् । आज मिसले उनलाई गल्ती नगरिकन नै पिटेको हुनाले झन नङ टोक्न मन लाग्यो । यसरी चित्त दुखेको बेला उनी झन् नङ् टोक्ने गर्दथिन् । उनी टिभी हेरेको बेला पनि झन् धेरै नङ् टोक्ने गर्दथिन् । अहिले पनि उनी टिभी हेरिरहेकी थिइन् । टिभीमा टम एण्ड जेरीको कार्टुन दिइरहेको थियो । उनलाई आफू पनि जेरीजस्तै भएर टम भएकी मिसलाई झुक्याउन पाए हुने जस्तो लाग्यो । यस्तो बेलामा त उनलाई झन् बढी नङ टोक्न मन लाग्दथ्यो । त्यहीँ समयमा उनकी आमा आउनुभयो र कराउनुभयो- "कस्तो नङ मात्र टोकेकी ! यसको बानी कहिल्यै हराउने भएन ।" त्यसपछि उनी झसङग भइन् ।
वास्तवमा उनले नङ त टोक्न नहुने नि । केहीदिन उनले नङ टोकिनन् । फेरि उनको हात मुखमा गईहाल्थ्यो । उनले नङ टोक्ता कतिपय पेटमा पुग्दथ्यो भने कतिपय थुक्दा कोठाभरि हुन्थ्यो ।
केहि दिनपछि उनी विमारी भइन् । विमारी भएर उनी ओछ्यानमा परिन् । विमारी भएर ओछ्यानमा सुत्दा पनि उनी नङ टोकिरहन्थिन् । उनले टोकेर फ्याकेका नङहरू कोठाभरि हुन्थे । राती उनी मस्त निदाएकी थिइन् ।
उनी निन्द्रामा थिइन् । निन्द्रामा ओछ्यानका वरिपरि टोकेका नङहरू उफ्रीउफ्रीझगडा गर्दै थिए । पेटभित्रका नङ पनि बाहिरसम्म सुनिने गरी बाझिरहेका थिए । उनलाई अचम्म लाग्यो । उनले ती स-साना बाझिरहेका नङलाई भनिन् - "तिमेरू किन बाझेका हँ । तिनीहरूले एकै स्वरमा भने हामीहरू यो घरमा राज्य गर्न सैनिक अध्भास गर्दैछौं ।
उनी छक्क परिन् अनि भनिन्- "ओहो ! तिमेरूले राज्य गर्‍यौ भने के हुन्छ हँ -"
उनीहरूमध्ये एकले भन्यो - "हामीले राज्य गर्‍यौं भने घरको खानेकुरा हामी राति नै सबै खाईदिन्छौं अनि तिमेरु भोकै हुन्छौं ।"
उनले पेटभित्रको नङलाई पनि सोधिन्
उनीहरूले पेटको आन्द्राभुँडी नै खाइदिन्छौ भने । यो सुनेर उनी चिन्तित् भइन् । खानेकुरासम्म खाइदिँदा त किनेर फेरि ल्याऔला तर पेटको आन्द्राभुँडी नै खाइदिँदा कसरी बाँच्ने - उनलाई पिर लागेर आयो ।
उनी चिन्तित् भइन् त्यही समयमा सधैँ राती आउने माता आइन र उनलाई अब यसरी नङ नखानू भनेर सम्झाइन् । यसरी नङहरूले राज्य गरे भने उनी पनि त्यस घरमा आउन नसक्ने रहस्य बताइन् । अहिलेसम्म उनले नै राति आएर त्यस घरको सफासुग्घर चाँजोपाँजो मिलाइदिएको रहस्य पनि बताइन् । उनलाई देवीमाताले भनेका सबै कुरा साँचो लाग्यो । उनले अब नङ नटोक्ने संकल्प गरिन् ।
उनी कतिखेर निदाइन् , उनले पत्तै पाइनन् । बिहान उज्यालो हुँदा उनले बेलुका देखिएका सैनिक नङहरू देखिनन् । मसिना नङहरूचाहिँ ओछ्यान वरिपरि छरिएका देखिन् । उनले आमालाई डाकिन् र भनिन् - " आमा, यी छरिएका सबै नङ बढालेर म फ्याक्छु । अबदेखि म कहिल्यै नङ टोक्दिन हैं आमा" उनको कुरा सुनेर आमा खुशी हुनुभयो ।

सुरिया र भकुल्ले

भकुल्ले सानो कुकुर थियो । ऊ भुकलुक्क परेको थियो । ऊ कालो र सेतो, टाटेपाङ्ग्रे थियो । उसकी आमा ऊ सानै हुँदा मरेकी थिइन् । त्यसैले उसकी मालिक्नीले उसलाई सानैदेखि राम्रो हेरचाह गरेर हुर्काइन । उनकी मालिक्नी उसलाई खूब माया गर्दथिन् । ऊ घरभित्र र बाहिर गर्ने गर्दथ्यो । उसलाई जता जान पनि छुट थियो । ऊ कहिले सोफामा बस्दथ्यो । कहिले खाना खाने मेचमा बस्दथ्यो । मालिक्नी उसलाई असाध्यै माया गर्दथिन् । उसलाई दूध र भात खान दिन्थिन् । कहिलेकाहीँ आफूसँगै बजार पनि लिएर जाने गर्दथिन् । मालिक्नीको माया पाएर भकुल्ले पनि हलक्क बढेको थियो । ऊ खुसी भएर नाचिरहन्थ्यो । तर उसको खेल्ने साथी भने कोही थिएन ।
एकदिन भकुल्लेकी मालिक्नीले बिरालो किनेर ल्याइन् । घरमा मुसाको बिगबिगी बढेको देखेर उनले बिरालो किनेर ल्याएकी थिइन् । उनले बिरालोको नाम सुरिया राखिन् ।
सुरिया दयालु स्वभावकी थिइन् । उनी मुसा मार्दिनथिन् । बरु मुसाहरूलाई खराब काम नगर्नू भनेर सम्झाउँथिन् । मुसाहरू पनि सुरियाले भनेको मानेर खराब काम गर्दैनथे । तर उनीहरूको सङ्ख्या भने बढ्दै गएको थियो । सुरियाले मुसा नमारेको देखेर मालिक्नीलाई रिस उठ्ने गर्दथ्यो । त्यसैले उनले सुरियालाई खानेकुरा खान दिन छोडिन् । सुरिया भोकभोकै हुन थालिन् । सुरियाले खान नपाउँदा पनि मुसा मार्ने काम गरिनन् ।
उनी मालिक्नीले भकुल्लेलाई माया गरेको देखेर टुलुटुलु हेर्दिथिन । भकुल्ले पनि सुरियालाई मन पराउदैनथ्यो । ऊ सुरियालाई देख्नेबित्तिकै लखेटदथ्यो । सुरियालाई यो कुरा मन परेको थिएन । उनी कसरी भकुल्ले र मालिक्नीको माया पाउन सकिन्छ भन्ने कुरा सोच्न थालिन् ।
एकदिन भकुल्ले सोफामा बसेको थियो । ऊ मालिक्नीको स्वीटर बुन्ने धागो खेलाउन थाल्यो । ऊ बिस्तारै त्यो धागो भुइमा राखेर खुट्टाले खेेेेलाउन थाल्यो । खेलाउँदाखेलाउँदै त्यो धागो धेरै परसम्म पुग्यो । धेरै पर पुगेपछि धागोको डल्लो हरायो । डल्लाको धागो सकिएर डल्ला हराएको थियो । यो कुरा भकुल्लेले थाहा पाउन सकेन । ऊ त डल्ला हरायो भनी खोज्न थाल्यो । मालिक्नीले डल्ला हरायो भनेर गाली गर्छिन भनेर ऊ रुन थाल्यो ।
सुरिया पनि त्यही आइपुगिन् । उनले भकुल्ले रोएको सुनिन् । भकुल्ले रोएको देखेर उनलाई माया लाग्यो । उनले भकुल्लेलाई सोधिन् - "भकुल्ले के भयो - किन रोएको - "
भकुल्लेले नरम भएर भन्यो - "मैले मालिक्नीको धागोको डल्ला हराइदिए त्यसैले रोएको । "
सुरियाले कुरा बुझी हालिन् - "उनी चलाख थिइन् । "
उनले भकुल्लेलाई आफ्नो बशमा पार्ने राम्रो मौका पाएकी थिइन् । उनले भनिन्- " हेर भकुल्ले, मसँग एउटा जादु छ । म तेरो डल्ल्ाा भेटाइदिन्छु । तर तैले मलाई सहयोग गर्नुपर्छ । "
भकुल्लेले भन्यो - "के सहयोग गर्नुपर्छ - भन न । "
"हेर , तेरो धागो म भेटाइदिन्छु । त्यसको बदलामा तैले मलाई तेरो दूध र भात खानदिनु पर्छ ।"- सुरियाले भनिन् । भकुल्लेले अरू उपाय देखेन अनि 'हुन्छ' भन्यो । सुरियाले भनिन् - "त्यसो भए त सोफाको पछाडि गएर बस म तेरो धागो भेटाइदिन्छु । "
भकुल्ले सोफा पछाडि गएर बस्यो । सुरियाले सबै धागो भेला पारेर डल्ला बनाइ दिइन् । एकछिन पछि भकुल्लेलाई सुरियाले बोलाएर त्यो धागोको डल्ला दिइन् । भकुल्ले छक्क पर्‍यो । उसलाई सुरियासँग साँच्चै जादु हुनर्ुपर्छ भन्ने लाग्यो । त्यसपछि भकुल्लेले सुरियालाई माया गर्न थाल्यो ।
भकुल्ले र सुरिया साथीसाथी भएका थिए । उनीहरूसँगै खाने , सँगै खेल्ने गर्दथे । भकुल्ले मालिक्नीको आँखा छलेर सुरियालाई आफ्नो दूध, भात खान छोडिदिन्थ्यो । किनभने उनीहरूकी मालिक्नी सुरियालाई दूध भात खान दिएको मन पराउँदिन थिइन् । उनी सुरिया बिरालो भएर पनि मुसा नमारेको देखेर रिसाउने गर्दथिन् । सुरिया मुसाहरूलाई सम्झाउने गर्दथिन् । यदि नमानेको खण्डमा झपार्ने गर्दथिन् । मुसाहरू पनि सुरियासँग डराउने गर्दथे । त्यसैले उनीहरू खराब काम गर्दैनथे ।
एकदिन राति भकुल्ले घरको रखवाली गर्दै थियो । त्यसैसमयमा आकाशबाट तारा खस्यो । भकुल्लेलार्इं आकाशबाट खसेको तारा टिप्न मन लाग्यो । ऊ दौडदै चौरमा गयो । ऊ खसेको तारा टिप्न चाहन्थ्यो ।
उसले चौरमा तारा खोज्यो । तर तारा भेटिएन । त्यसै समयमा सुरिया त्यहाँ आइपुगिन् । उनले भकुल्लेलाई सोधिन् - "के खोजेको हँ -"
भकुल्लेले भन्यो - "आकाशबाट तारा खसेको छ त्यही खोजेको ।"
सुरियाले भनिन् - "त्यसरी खसेको तारा कहाँ भेटिन्छ । हिँड , पोखरीमा म धेरै तारा खसेको देखाइदिन्छु ।"
भकुल्ले सुरियाको पछिपछि पोखरीतिर गयो । साँच्चै त्यहाँ त धेरै ताराहरू थिए । उसले कहिले यत्तिका तारा देखेको थिएन । ऊ छक्क पर्‍यो ।
उसले सुरियालाई भन्यो - "सुरिया म यो सबै तारा टिप्न चाहन्छु । "
सुरियाले भनिन् - "यो जादुबाट देखिने तारा हो यो टिप्न सक्दैनौ । त्यो तारा अहिले मात्र देखिन्छ । भोलि बिहान आफ्नै घर जान्छन् । भकुल्लेले सुरियाको कुरा पत्यायो ।"
भोलिपल्ट ऊ फेरि पोखरीमा गयो । ताराहरू बटुलेर ऊ राम्रो लुगा सिउन चाहन्थ्यो । त्यो लुगा लगाएर ऊ राम्रो देखिन चाहन्थ्यो । तर त्यहाँ ताराहरू एउटा पनि थिएनन् । ऊ सुरियालाई माया मात्र हैन आदर पनि गर्नर् थाल्थ्यो । भकुल्लेले आफूलाई माया गरेको देखेर सुरिया पनि औधी रमाएकी थिइन् । तर उनले मालिक्नीको माया पाउन सकेकी थिइनन् । त्यसैले अब कसरी मालिक्नीको माया पाउन सकिन्छ भनेर सोच्न थालिन् ।
सुरिया मालिक्नीको मन जित्ने उपाय सोचिरहेकी थिइन् । उनी प्राय यसैकुरामा लागिरहन्थिन । मालिक्नीलाई कुनै राम्रो काम गरेर मन जित्न पाए हुन्थ्यो भन्ने सोच्दथिन् ।
एकपल्ट राति ठूलो पानी पर्‍यो । मालिक्नी र भकुल्ले ओछ्यानमा निदाइरहेका थिए । मालिक्नीले झ्याल नलगाएकी हुनाले झ्यालबाट पानी सबै भित्र छिर्‍यो । त्यसैबेला सुरियाले थाहा पाइन् । उनी जोडजोडले कराउन थालिन् । उनी कराएको सुनेर मालिक्नी उठिन् । उनी हतारहतार गरेर झ्याल लगाउन थालिन् ।
सुरिया नकराएको भए उनको महङ्गो गलैचा सबै भिज्न सक्दथ्यो । उनी सुरियाले राम्रो काम गरेको देखेर खुसी भइन् । त्यसपछि उनी सुरियालाई पनि माया गर्न थालिन् । मुसाहरूले पनि खराब काम नगरेको हुनाले मालिक्नी सुरियासँग खुसी हुन थालिन् । अब घरमा पाहुनाहरू आएको बेला भन्ने गर्न थाले कसरी कुकुर र बिरालो मिलेर बसेका होलान् । साँच्चै भकुल्ले र सुरिया मिलेर बस्न थाले । मालिक्नी पनि उनीहरू दुवैलाई उत्तिकै माया गर्न थालिन् ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।