January 9, 2010

म हराएको समयकथा


जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गईरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौंको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधँवैशे महिला, एक जना ड्राइभर, म र चारजना वयस्क केटाहरू छौ - झण्डै बाइस वर्षदेखि पच्चीस वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समय सम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बालिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मङ्गोलियन जस्तो लाग्दछ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्दछ । त्यस्तै अरु दुई जो सुनिमात्र रहन्छन् केही बोल्दैनन् ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्दछ । म आफ्नो सिटमा बसेर मन नलागी मन नलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु ।

ऊ भन्छ - 'यार˜...˜ , त्यो सहायक मन्त्री छ नि के के हो याँ..˜ त्यो त क्रिमिनल मान्छे हो नि ।'
दोस्रो चाहिँ भन्छ - 'हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।'
उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।
उही पहिलो केटो बोल्छ- 'याँ.˜..˜. नगरकोट जाने हो याँ..˜ केटी लिएर जाने भा पो यार -'
दोस्रो बोल्छ- ' मलाइ भन न म मिलाई हाल्छु नि ।'
पहिलो बोल्छ - 'छोड यार. याँ...˜ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ..˜ त्यो केटीलाई गुहेश्वरीमा बोलाएको याँ ..˜ आइ क्या ।'

अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घर परिवारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुइघण्टा फेसबुकमा हराउने गर्दछु । फेसबुकको च्याटमा मान्छे चिनेने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउदिनँ र जहिले पनि इन्डिभिजिएवल अर्थात अदृश्यमा बसेर काम गर्छुँ । तर एकदिन के भएर हो क भिजिएवलमा अर्थात दृश्यमा रहेछु । कसैले च्याटको लागि आमन्त्रण गर्‍यो । मैले एसेप्ट गरिदिएँ । एक दुइ चोटिको गफमा नै उसले 'आइ लभ यु' भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधे 'मलाई चिन्नु हुन्छ म को हो -' यसले भन्यो 'अहँ ' 'त्यसो हो भने यो आइ लव यु शब्दलाई किन यति सस्तो बनाउनु हुन्छ ।'
उसले अन्तिममा 'सरी' भन्यो । मलाई लाग्यो यो केटो पनि उही मलाई 'आइ लभ यु भन्ने केटोको डयाङ्गको रहेछ । ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझै गरी बोल्दै थियो -
'यार ˜..˜ मेरो त हेर याँ..˜ के भाको याँ..˜ केटीहरू त् याँ..˜ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ˜ गुहेश्वरी बोलाएको याँ..˜.. ऊ आइ अनि क्या घर जान्छु भन्दै थिई ..........याँ ..˜ मैले काँ..˜ ....घर जाने भनेर बोलाएको हु र .........याँ..˜ ........गेष्ट हाउस जाने नि याँ..˜ उसलाई लिएर म गेस्टहाउस गएँ । क्याबोर याँ..˜ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..˜ ........ उसलाई पैसा दिएर पन्छाए याँ ..˜ अनि क्या मज्जा यार ।'

उसले यसरी बोल्न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिए । किनभने मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्न केटो कुनै लाज, धीन, शरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परिवारमा हुर्केको होला किनभने व्यक्ति चरित्र आचरणमा उसको जन्मेको हुर्केको परिवेशले पुरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरित्रहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोडछन् भन्ने कुरा मलाई थाहा थियो । तर यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीको अगाडि यस्तो घृणितकार्यको बारे ब्याख्या गर्दा केही शरम लाज त मान्नु पर्ने हो नि मैले त्यो केटो अनुहार पुलुक्क हेरेँ । अहँ उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।
त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपे । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिए । गाडी अझ जाममा थियो ।
'यार ˜.. छ चोटी याँ..˜ क्या मज्जा या..˜ च्वाक । '
त्यसपछिको वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाइ पचाउन उसका साथीहरूलाई पनि शायद मुश्किल परिरहेको थियो । किनभने उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

मलाई टेम्पोबाट ओर्लू-ओर्लू लाग्यो । तर ओर्लने अनुकुलता थिएन । बाटो पुरै जाममा थियो । एक मनले लाग्यो त्यो केटोलाई भनू - 'भाइ हेर्नोस्, तपाईको अगाडि आमा दिदी बहिनीहरू छन् यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाईमा अलिकति सरम लाज छैन । तपाईँका आमा, दिदीबहिनीहरू छैनन् ।' तर मेरो वाक्य घाँटीको कण्ठमा नै अङकिएर रह्यो । यस्ता सोमतहीन अव्यवहारिक केटोहरूलाई यसो भन्दा आफै माथि जाइलाग्ने हो कि । कुनै ठोस् नियमकानून नभएको देशमा जिल्लाको सुरक्षाको लागि खटिएको सिडियो त कुटिन पर्छ भने हामी सामान्य नागरिकको के मूल्य होस् र । फेरि उनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूको बारेमा कुरो गरिरहेका थिए ।

हे भगवान यो देशको हालत के हुने हो - भोलि यो समाजको हविगत के होला नि - म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरू भन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।'
म त्यो अनलाइनकी केटीको बारेमा सोच्न थालेँ कस्ती केटी हो कस्तो घर खानदानकी होली केटोले बोलाउन बित्तिकै जाने । हुन त अहिले धेरै जसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढे, लेखेका केटाहरू देखेपछि केटीहरू मरिहत्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला योन सँस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको माया जालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन् केटीहरूले त्यसको कम उपभोग गरेका हुनसक्छन् । म सोच्छु पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजको जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरुलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।

त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊ, हराइजाउ- जस्तो लाग्यो । तर त्यो सम्भव थिएन । एक छिन पछि उनीहरू शहिदगेटमा झरेँ मैले राहतको सास फेरेँ ।
दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमति कुराहरू मस्तिष्कमा घुमिरह्यो । जति बिर्सू भन्छु बिर्सन सकिन् । त्यसपछि काम सकेर म घर फर्के ।

घरको नित्यकाम सकेर म सदाझैँ कम्प्यूटरमा बसेँ । कम्प्यूटरमा छोरीले आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्न बित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुइवटा मेल आएका रहेछ । त्यो के रहेछ हेर्नुपर्‍यो भनेर हेरेँ । पहिलोमा हेरेँ -अङग्रेजीको रोमनमा मुश्किलले बुभ्न सकिने गरी लेखिएको थियो ।
' मैया .....याँ....क्या त्यो दिन त गेष्टहाउस गएको दिन क्या विक भए नि । दिनभर घरमा रेष्ट गरेर सुते । अनि तिम्रो के खबर छ । या फेरि भेट्ने होइन-'

यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पस्ट भएको के हो–के हो बुझिन् । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरिएको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पुरै खुल्यो तब मलाई म मुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटो र छोरीको फोटो थिए । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रिगँटा लाग्दै गयो । मैले दुइदिन अगाडि छोरीले साथीको घरमा पूजा छ म उही बस्न जान्छु भनेको कुरा सम्झेँ ।

मेरो अगाडिको सबै दृश्य घुम्न थाल्यो । थामि नसक्नुको पीडाको भारी पलङ्गमा बिसाउन सिरक उचाले । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफैलाई फूलको थुगाँजस्तो लाग्यो । यो के भयो म छक्क परेँ । आफूले आफैलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिबिम्ब पटक्कै देखिएन यो के भएको म छक्क परेँ । म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टिका र पोते देखेँ । मलाई लाग्यो यो ठाउँमा हराइसकेको रहेछु । यहाँ त मेरो आकृति मात्र नाँचिरहेको रहेछ ।
मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर ।

33 comments:

Smriti Bista said...

Sharmila ji, Kasto ramro katha lekhu bhayeko tapaiko katama jadhu rai6 jasto lagyo kathalai kya mazzale ghumaou bhayeko rai6....Very-Very Nice story....ajhai lekhnu hola mero subhakamana 6 tapailai...

राजेश बुढाथोकी 'नताम्स' said...

दिदी, कथाले मन छोयो मेरो पनि । बद्लिदो प्रविधि, त्यसमा लिप्त युवाहरु र आशक्त अभिभावकबीचको मार्मिक टक्राव समेट्नुभएको रहेछ । एकदमै घत लाग्यो । यति राम्रो कथा पढ्न मैले किन ढिलो गरे जस्तो लाग्यो अहिले आएर । प्रविधिको गलत प्रयोगले यस्तै पीडाहरु भोग्न बाध्य छन् अझै पनि हाम्रा अभिभावकहरु । दिदीलाई सफलताको शुभकामना, सम्पूर्ण यूवाहरु स्पन्दन बन्नुहोस् ।

शखदा said...

धन्यवाद, स्मृतिजी अनि राजेसजी म विसेष गरेर कथा विधामा नै केही राम्रा काम गरु भन्ने लागेको छ , तपाइहरु सवैले मन पराइदिनु हुन्छ तर म चाहि मेरो लेखनमा सन्तुष्ट हुन सेकेको छैन हेरौ समयले कस्तो गराउछ मेरो प्रयास रहिरहनेछ ।

Mukta said...

dherai ramro lagyo katha...

Anonymous said...

Sharmila ji kya ramro lagyo story... yestai katharu leknu hola... subhakamana hai

Bikash said...

पाश्चात्य समाजको जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरुलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।
mathiko kura man paryo

shakhada said...

Thank you MUKTAJEE, BIKASH JEE, ANONYMOUSJEE Iam doing my best. your suggestion and comment givs me energy.

Bimal Giri said...

शर्मिलाजी,नमस्कार
तपाईंको "म हराएको समयकथा"पढे तर कता कता नमज्जा लाग्यो। जस्ताको तस्तै ति फटाहा केटाको सम्बाद पढ्दा। जे होस् जती पढ्यो उती पढौ पढौ लाग्ने यो कथा समग्रमा भन्नुपर्दा राम्रोछ। तपाईंलाई धन्यवाद।

सम्मर खड्का said...

मैले केहि भन्नु छैन जति कथाले भनेको छ...कथा एकदम राम्रो छ तर पात्र छनौटमा अन्तिम हरफमा मैले मेरो छोरीको मेल बक्स खोले........ पछाडिको हरफमा जुन बर्णन छ त्यसमा हेरफेर गरि पब्लिस गर्न पाएको भए अति सुन्दर हुन्त्यो कि भने मेरो सोचाई हो दिदज्यू | यसले कथालाई सत्य तथ्य बनाएको भए पनि पारिवारिक वितिष्णा जगाउलाकि भन्ने कुरामा मेरो सानो विश्लेषण मात्रै हो....तर लेखन शैलीलाई हेर्ने हो भने कुनै कमजोरी छैन र भेटिन पनि....(आफ्नो छोरीको पात्र छनौट बाहेक)....
सम्मर खड्का

शखदा said...

सम्मर भाइ यो किसिमको टिप्पणी आएको थियो, मैले छोरीहरुलाइ पढ्न दिए उनीहरुसग स्विकृत मागे उनीहरुले राम्रो छ छाप्न दिए हुन्छ भने,यो कथामा रियलिटि बढीभएको ले त्यस्तो भएको हो हुन त मेरो प्राय कथालाइ ..तपाइको वास्तविक कथा हो भनेर पाठकहरु भन्नुहुन्छ । पात्र छनौटमा छोरी राख्दा जस्तो शक्तिशाली कथा अरु राख्दा नभएकोले ङो । कमेन्टको लागि धेरैधेरै धन्यवाद है ।

rajendra nyaupane said...

सर्मिला दिदी तपाइको सखदा साहित्य पढे सबै राम्रो लग्यो र मन पर्यो ! भावनात्मक लेख छ , धन्यवाद ल दिदीलाई "

शखदा said...

प्रिय भाइ राजेन्द धेरै खुसी लाग्यो, तपाइहरुको मायाले मलाइ प्रेरणा मिलेको छ । नत्र नारीलाइ धेरै गारो छ, अहिले साहित्यिक माहौलमा मेरो व्लगको निकै चर्चा छ यो चर्चा तपाइहरु को कमेन्टले गर्दा हो । हामी नेपालीमा एउचा खराव कुरा के छ भने हामी कसैको प्रससा सुन्न र गर्न सक्दैनौ भन्ने मेरो सोचाइ थियो तर तपाइहरुले यति खुलेर प्रससा गर्नु भएको छ म त्यो कृतज्ञता शव्दमा वयान गर्न सक्दिन ।

केदार श्रेष्ट'गगन' said...

दिदी यति भन्न चाहान्छु-बास्तविक चित्रण । उत्कृष्ट लाग्यो ।

dilip said...

dherarai ramro lagyo katha padhera ka - kasta khale keta pani hudarachhan ni bhanne bhayo klalpanik bhayepani bastabikta sanga nikai mel kahayeko chha hajur lai pasupati nath le ajhai subuddi deun yehe prarthana chha *****8bhai dilip rawal qatar bata

Anonymous said...

Sharmilaji, kathako banot patra haru ko chhanot ra kathakram nirantar bageko chha - pathakko dhyan khichna khappis hunuhudo rahechha - Badhai chha tapailai! Maile padheka (10 yrs aghi) nepali katha haru dherai jaso shabda haru ko thupro tara bhavharu ko anikal lage jasto hunthyo.

Yeuta prasna - K yo yaun katha ho?

Dhanyad sahit,

Chandra Dhungel, c_dhungel@hotmail.com

शखदा said...

चन्दजी धन्यवाद प्राय मेरो कथामा तपाइले दिनु भएको जस्तो कमेन्ट आउछन् तर तपाइ दस वर्सदेखि पढनु हुन्थ्यो भन्दा धेरै खुसी लागेको छ । यो कथा य़ौन कथा होइन माफ गर्नु होला प्राविधिक गल्ति भएको छ । हाल मेरो www.khasskhass.com ma इन्टर भ्यु छ त्यहा मैले मेरो कथाको वारेमा धेरै कुरा भनेको छु ।

Guru Prasad Dhakal said...

वास्तविकतालाई छुन खोजेको छ । एक प्रकारको सन्देश त दिन खोजेकै छ । मानिसलाई अति आवश्यक प्रेम अनि सेक्सलाई वर्तमान युवाहरुले misuse गरेको कुरा सत्य हो । त्यसलाई व्यवस्थित बनाउनका लागि यस्ता खालको कथाहरुले मद्दत पुर्याउने छन् । तर जिम्मेवार अभिभावकबाट समाधानको उपायहरुलाई त्यति ध्यान दिएको छैन जस्तो लाग्यो ।

GAUTAM RIJAL ( Doha , Qatar.) said...

I HAVE NO WORDS TO SAY. I CAN ONLY SALUTE YOU FROM THE CORNER OF MY HEARTS. ALL THE BEST DI.

शखदा said...

धन्यवाद गुरु भाइ, गौतम भाइ तपाइंरुको मायाले मलाइ धेरै प्रेरणा प्राप्त भएको छ । गौतम भाइ तपाइ टाढा भएर पनि नेपाली भाषालाइ माया गर्नु भएको देखेर धेरै खुसी लाग्यो ।

इटहरी न्युज said...

तपाईंको "म हराएको समयकथा" पढे । कथामा सत्यता र मार्मिकता बढी भएपनि धेरै राम्रो लाग्यो । कथाले धेरै सन्देश दिन खोजेको छ । मेरो पहिलो कमेन्टको लागी माफ गर्नु होला । यस कथावाट मलाइ धेरै प्रेरणा प्राप्त भएको छ । त्यसको लागी धेरै-धेरै धन्यवाद दिन चाहान्छु ।

तपाईंको प्रिय भान्जा (लोचन)
इटहरी न्युज ।

kapil said...

प्रेम अनि सेक्सलाई वर्तमान युवाहरुले miss use गरेको कुरा सत्य हो

Sahadev said...

तपाइको कथा म हराएको समय पद्धा म पनि हराए र भावुक भए । मानिशहरउ महिला र केटी हेर्दा आफ्नो आमा, दिदी र बहिनी किन बिर्सन्छन ह । यो मार्मिक कथा यौन कथा हैन यौन लिप्सा हरुको कथा हो

सहदेव

शखदा said...

धन्यवाद सहदेवजी वास्तवमा यो कथा यौन कथा होइऩ यौन विकृतिलाइ देखाइको मात्र हो । कमेन्टको लागि धन्यवाद ।

purushottam bhandari said...

haina yo story ta maile NEPAL MAGAZINE ma padheko thiyen.
have u written it yourself?
congratulation !
its a very good story. its very realistic story.
best of luck !

Damanta khadka said...

DD darsan,katha sarai ramro ani bastabik pani.....dherai dherai dhanyabad hajurlai....

शखदा said...

पुरुषोत्तमजी यो मैले नै लेखेको कथा हो मेरो अरु कथा पढ्नु भयो भने थाहा हुन्छ । यो नेपलामा प्रकासित भए पछि मैले व्लगमा राखेको हु । कमेन्टको लागि धन्यवाद ।
दमन्ता बहिनी तिम्रो ूसाहित्यमा ऱूचि देखेर खुसी लागेको छ ।

Anonymous said...

यथार्थ यरक कथा , सारै रामो लायो ।।।।।।।

Laxmi Prasad Acharay said...

Yo katha ma bastabikata lai jasta ko tastoi chharlanga pari dinu bahyeko rahechha, harek ama buba haru ka ankha khlna ra sathi ko m ajane ra bas basne ani school ra collage bata dhilo farkane hamra bhai bahini haru ko character lai study garna ekdam sajilo banayeko chha. Tapailai muri muri dhanyebad kina ki tapai ekloi le sasa andhkar maya samaj lai ujyalo dine koshis gari rahanu bahyeko mahasus maile gare.

mira prasai sharma said...

dherai time pachi didiko katha aaja feri pade.... sabai katha utikai sasakta 6n.. plz aba aru upload garnus na hai...

शखदा said...

धन्यवाद छ प्रिय मित्रहरु , मिरा बहिनी म एउटा साहित्यिक वेवसाइट तुऱन्त सचालन गर्दैछु। त्यसैले यो व्लगमा खासै रचना पोस्ट गेरको छैन।

कृष्ण भान्जा said...

माइजु ! मलाई तपाइको "जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ ।" यो वाक्य आशाध्यै मन पर्यो
अनि अर्को कुरा हजुरको एउटा कथा मैले आफ्नो फस्बूक्मा सेर गरेको छु है
त्यो कथा मेरो धेरै साथीहरुले मन पराएका छन्

Anonymous said...

barnan garne sabda ma sanga 6aina nikkkai ramro

Anonymous said...

सामाजिक बिकृति को पराकाष्ठा नाघेको कथा मन छुने खालको छ....

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।