
आदरणीय रोचक घिमिरेज्यू साहित्यिक अभिवादन सम्बन्धहरू प्रायः सम्बन्धका लािग नै बनेका हुन्छन् । कुनै कुनै सम्बन्ध टुटनका लागि बनेका हुदाँरहेछन् भने कुनै जुटनका लागि बनेका हुदाँ रहेछन् । जीवनको यो कालखण्डमा आएर कतिपय सम्बन्धहरू नबन्दै भत्कदै गए भने कतिपय सम्बन्ध नटुटने सोचका पनि टुटदै गए । तर हजुरसँगको मेरो सम्बन्ध सधैँ हरियाली बसन्त जस्तो एकनाशले फुलिरह्यो । कहिले खहरेको उर्लदो भेलजस्तो भएन । कहिले सुख्खा मरुभूमिजस्तो भएन । एउटा...