October 11, 2010

फेसबुक वास्तविकता-२

'हाइ डियर !'
'हाइ !'
'तिमीसँग च्याट नगर्नु नै ठीक होला ।'
'किन ?'
'एकाएक हराउँछौ ।'
'हेर न अफिसको कामले रिपोटिङ्ग गर्न दुर्गम जिल्लामा आउनु पर्यो । तिमीसँग च्याट गर्न नै पाइन ।'
'फोन गर्न सक्थ्यौ नि !'
'मोबाइलको नेर्टवर्क नै थिएन ।'
'भैगो भैगो बहाना बनाउँदै छौ ।'
'प्रमिस यार !'
'तिमीले प्रेमको सानो मर्यादा नै बुझेका रहेनछौ ।'
'कस्तो मर्यादा ?'
'प्रेमीले त प्रेमिकालाई प्रत्येक दिन फोन गरेर प्रिये तिम्रो दिलको धडकन हाजिर छ पो भन्नुपर्छ ।'
'सरी यार नरिसाउन मेरो माया गछ्यौ हैन ?'
'तिमीलाई कति माया गर्छु गर्छु तिमी कल्पना पनि गर्न सक्दैनौ ।'
'थैङ्गस गड !'
'तिमी जस्तो हैन्डसम, छट्टुलाई कसले माया गर्दैन ?'
'तर.....!'
'तर के ?'
'तिम्रो विस्वास चाहिँ अझै गर्दिन । तिमीले पूरा अक ल्याएका नै छैनौ ।'
'हैन यार, डेटिङ्गको कथा पनि पूरा भइसकेको छ । अब त विस्वास गर न यार ।'
'भो भो ।'
'हेर न मेरो शरीर पुरै दुखेको छ पहाडको उकालो चढदाचढदा मेरो माया लाग्दैन । तिमी भए मेरो जीउ मिचिदिन्थ्यौ होला हैन ?'
'अहिले नै हुकुम चलाउन थाल्यौ ?'
'सरी बाबा सरी हामी हनिमून कहाँ जाने ?'
'हनिमुन रे ?'
'तिमीले मलाई पक्कै नोकरानी बनाएर राख्न बेर छैन । बरु भनन लिभिङ्ग टुगेदर गर्ने नयाँ फैसन, नयाँ जमाना, सबै कुरा नयाँ ।'
'अनि बच्चा बच्ची नि त ?'
'ए बिहे हुनु कहिले कहिले बच्चा चाहिने अहिले ?'
'हेर न यार हामीले एउटा पुरै फुटबल टीम जन्माउनु पर्छ है । 'मलाई थोरैले पुग्दैन भन्दिया छु ।'
'वाफ रे ! भन अरू के के छ तिम्रो फरमाइस ?'
'वर्ल्डकपमा विजेता बनाउन नत्र भने नेपालको राजनीतिमा नया पार्टीपर्छ सबै मन्त्री हाम्रा छोराहरू ।'
'तिमीजस्तो पुरातनवादीसँग को बिहे गर्छ , अहिले जमानामा पनि छोरा भनेर रटन लगाइरहन्छौ । भो तिमीसँग त लब नगर्नु नै वेश ।'
'ए ! यार नरिसाउन साँच्चै तिमीलाई भगवानले औँसीको रातमा बनाएछन् कि क्या हो ।'
'तिमीलाई चाहिँ नेपाल बन्दमा - कहिले तिम्रो फोन बन्द कहिले च्याट बन्द...। अँ...हेर न अहिले एउटा फ्रैन्डस रिक्वेस्ट आएछ । एसेप्ट गरेको त कस्तो छाडा फोटोहरू रहेछन् ।'
'के भो हेरिराख न पछिलाई काम लाग्छ ।'
'यु छट्टु भो मलाई हेर्नु छैन ।'
'व्याभिचार बदमाश फटाहा !'
'कसलाई गालि गरेको ?'
'यो फोटोको प्रोफाइल बनाउनेलाई । तिमी हेर्यौ भने छक्क पर्र्छौ कस्तो हेर्न नसकिने अश्लील फोटाहरू ?'
'गारो भो , म आऊ ?'
'यु सिल्ली । तिमीलाई नभन्दै ठीक, केटाहरू सबै एउटै हुन् ।'
'कस्तो एउटै ?
'सेक्सको बारेमा ।'
'तिमीलाई थाहा छ ?'
'किन सोधेको ?'
'तिमी साँचो बोल्छौ कि झुटो भनेर !
'यु सिल्ली ....भो तिमीसँग च्याट गर्नु छैन ! म गएँ ।
'सुन सुन !'
'अँ भन -'
'हेर न तिम्रो सम्झनाले भुतुक्क भा छु यार !'
'भो भो नाटक होला ।'
'अहिले च्याटबाट उडेर आउने भए आउने थिएँ । अहिले तिमीलाई भेटे भने कागती निचोरेको जस्तो निचोरेर खाने थिएँ ।'
'तिमीले कागती निचोरेजस्तो निचोर्दा म चाहिँ हेरिरहन्छु जस्तो लाग्छ कि क्या हो ?'
'ल भन के गर्र्छौ नि ?'
'तिमीलाई केराजस्तै बोक्रा ताछेर खाइदिन्छु ।'
'वाउ क्या स्ल्याङ्ग वर्ड आइ मिन पाल्सी कुरा आइ लाइक इट !'
'हामीलाई चाहिँ के कुरामा कम ठानेका छौ -?
'माइ ग्रेट दीडु....।'
'ल ल अब म जान्छु है । धेरैबेर च्याटमा बसिरहे मम्मी रिसाउनु हुन्छ -'
'मम्मीलाई नचाइदेऊ न Û'
'कसरी ?'
'कुराले ।'
'तिमीजस्तो म हो र Û तिमी त मलाई कसरी नचाइरहेका छौ Û'
'हो साँच्चै ? औलामा नचाउ ? हातमा नचाउ ? पाखुरामा नचाऊ ? कि काखमा नचाऊ ?'
'छाडा जति खेर पनि उही कुरा ......।'
'कस्तो उही ....?'
'खाने, नचाउने, निचार्ने..'
'हेर यत्रो बेर फेसवुकमा तिमीले नचाइरहेकी छ्यौ यार , त्यसो नभन न आफ्नो लभरसँग यति कुरा गर्न नपाए के च्याट गर्नु - आखिर परीक्षामा पास भएर प्रमाणपत्र त पाइसकेको छु नि । कति मेहेनत गर्नु पर्यो तिम्रो परीक्षा पास गर्न । झन्डै झन्डै फेल भएको -'
'तर तिम्रो अझै मलाई विश्वास लाग्दैन ।'
'हेर म यहाँ कति छटपटिएको छु तिमीलाई के थाहा - यो पनि नेर्टवर्कले पनि बल्लबल्ल काम गरेको छ ।'
'ठीक पार्र्छौ ?'
'सत्य ।'
'अझै एक हप्ता छ यार यहाँ बस्न यार ।'
'बस न बस । के भो र त्यहाँ छेउछाउमा जङ्गल होला । तिम्रो रुख चढने साथी भेटिहालिन्छ नि Û पसुपतिको जगलमा जस्तै।'
'यार बवाल नगर न ।'
' तिम्रो बानी नि त ।'
'भो भो ल भन, मलाई कतिको सम्झन्छौ ?'
'तिमीलाई ? आफैलाई सोध्नुपर्छ ।'
'सोधि हाल न ।'
'भो भन्दिनँ ।'
'किन ?'
'बाँदरलाई लिस्नो नलगाउनु भन्छन् नि त !'
'ओ माइ स्वीट ..।'
'के स्वीट ?'
'स्वीट खान मन लाग्यो भनेको नि ।'
'छट्टु अब चाहिँ अलि अलि ठाउँमा आउन थाल्यौ ।'
'कस्तो ठाउँमा ?'
'प्रेमको कुरा गर्न थाल्यौ भनेको नि... कि फेरि...... अर्को कथाको प्लट सोच्दैछौ ?'
'हुन सक्छ Û'
'ए....! तिमी फेरि कथा......?' ..
'होइन बाबा होइन ।'
'एउटा कुरा भनु ?
'के कुरा ?'
'अस्तिको डेटिङ्गको कथा क्या बबाल भयो नि यार ।'
'साच्चै हो ?'
'हो नि ।'
'केटीहरूले यति धेरै मेल गरे ,तिमीले देखेको भए इष्र्याले जल्थ्यौ ।'
'भो भो मेरो अगाडि अरू केटीको गफ नगर मलाई मन पर्दैन ।'
'बोर नगर न यार के हुन्छ कुरा गर्दा , एउटी त झन हुरुक्क भएकी ।'
'के रे हुरुक्क ? म जान्छु तिमीसँग च्याट गर्नु छैन ।'
'पख पख ल गएर त हेर ?'
'साँच्चै -'
'हो नि यार प्याक प्याक पर्र्छौ अनि थाहा पाउँछौ । यो रोग नै यस्तो हो यार ।'
'दीपु भो तिमी मलाई कति तडपाउछौँ -'
'यो तडपनुमा त मजा छ यार ।'
'तर तिमी कति ठट्टा गर्र्छौ । वी सिरियस ओ के ।'
'ओ के बाबा ओके ।'
'हेर न जम्मा सातदिन मात्र छ तिमीसँग च्याट हुन त्यसपछि मम्मीलाई लिएर दिल्ली जानुछ, चेकअपको लागि ।'
'ओ माइ गड, म आउन सातदिन अनि तिमी जान सातदिन, यो हिसाब मिलेन । तिमी हिसाब कमजोर रहेछौ । म सँग सिक यार ।'
'होइन टिकट फिक्स भइसक्यो ।'
'अनि तिमी च्याटमा आउँदैनौ ?'
'इमपोसिवल ।'
'यार अनि के गर्ने ?'
'म भन्न सक्दिनँ ।'
'तिमीसँग दिनमा एक पल्ट च्याट भएन भने त म मरिहाल्छु नि यार ।'
'नमर न यति चाडै । बरु म फोन गरौला ।'
'ल बाबा ल ।'
'दीपु हेर न तिमी खाली ठट्टा गर्र्छौ मलाई पिर लाग्छ पछि लव गरेको हैन तिमीसँग ठट्टा पो गरेको भन्छौ कि ।'
'जे भएपनि गरेको त हो नि ।'
'फेरि....... मम्मीसँग तिम्रो कुरा गरौ भनेको ।'
'मम्मीसँग मेरो ?'
'होइन क्या तिम्रो र मेरो कुरा ।'
'ओ स्योर ।'
'मलाई अझै तिम्रो विस्वास लागेको छैन । केटाहरू केटीको भावनासँग खेल्छन् फेरि नयाँ नयाँ टेस्ट फेर्दै हिँड्छन् ।
'केटीहरूले पनि धोका दिन्छन् नि ।'
'तर केटाहरूले जस्तो होइन ।'
-नेर्टवर्क टुट्छ )

धेरै दिन पछि
'हाइ दीडु !'
'हाइ !'
'यार तिमी कहाँ हरायौ -'
'म हराए कि तिमी ?'
'हो दुवै !'
'मलाई माफ गर यार !'
'धेरै ढिला भयो दीपु, मैले तिमीलाई विश्वास गरेर ठूलो भूल गरेँ !'
'आइ एम सो सरी यार !'
'तिमीले सुरुमा भनेका थियौ नि टेस्ट फेर्न मन लाग्छ । हो तिमी नयाँनयाँ टेस्ट फेर्न रुचाउँदो रहेछौँ । मैले तिमीलाई चिन्न सकिनँ ।'
'फेरि पनि मलाई माफ गर । म अहिले पछुताइ रहेको छु । तिमीलाई धोखा दिएर । वास्तवमा सुरुका दिनमा म तिमीलाई प्रेम गर्दिनथे । मात्र कुनै कथाको प्लट जन्मन्छ कि भनेर च्याट गर्थै र टाइम पास्ट गर्थे । तर अहिले रियली म तिमीलाई प्रेम गर्न थालेको छु ।'
'अँ.. भन्दै जाऊ आफ्ना कुरा म सुन्छु । अनि पत्रिका निस्केको तिम्रो सेक्स हेरेसमेन्टको इस्यु के भयो नि !'
'हो दीपा, म दुखी छु तिमी दिल्ली भएपछि कन्ट्याक्ट हुन सकेन । एउटीले मलाई मरिहत्ते हालेर च्याटमा बोलाएको बोलाइ गरी...।'
'अनि.......?'
'अनि ऊसँग ठट्टा गर्दै यस्तै च्याट गर्न थाले । पछि थाहा भयो ऊ त मेरै अफिस कि रहिछ र मलाई फसाउन यो सब गरेकी रहिछ अहिले मेरो केस अदालत गएको छ । आइ एम सो स्याड दीपा...!'
'भैगो तिमीले मेरो भावानामा यति ठूलो खेलवाड गर्यौ म सोच्थेँ तिमी मलाई यति धेरै माया गछ्यौ र यति धेरै प्रणय संवादहरू गर्दैछौ, म तिम्रै शब्दहरूमा हराउने गर्दथे । तर .....!'
'तर के..?'
'तर जब तिम्रो सेक्स हेरेसमेन्टको इस्यु पत्रिकामा छापियो । म टुक्रिए । तिमीप्रतिको मेरो प्रेम जलेर खरानी भयो ।'
'आइएम सो सरी यार !'
'साँच्चै भनू तिमीसँगको संगतले मैले धेरै कुरा सिकेको छु । पहिलो कुरा त म डिजिटल प्रेमलाई कहिले विश्वास गर्दिन जुन तिमीसँग कायम भएको थियो । '
' तिम्रो पनि त गल्ती छ नि यार । दिल्ली गएर फोन गर्छु भन्यौ तर गरेनौ । '
'त्यो त मेरो बाध्यता थियो मैले चाहेर नगरेको होइन ।'
'तर पनि दीपा मलाई अन्तिम पटक माफ गरिदेउ । मलाई जे सजाय दिन्छौ दिनसक्छौ ।
'धेरै ढीला भयो दीपु, अब म रिर्जभ भइसकेँ । मलाई माफ गर । कुनै नयाँ टेस्ट लिन सक्छौ मेरो बदला ।'
'दि....पा..!'
सर्म्पर्क टुट्छ ।

साहित्य समाजको प्रतिबिम्ब हो । साहित्यमा सिद्धान्त, धार र विचार हुनु स्वाभाविक हो ।


तपाईँको साहित्यलेखनको थालनी कसरी भयो ?


म साहित्यलेखन क्षेत्रमा आउन केही ढिला भएको हो । जब जीवनलाई नजिकबाट चिनेर धेरै कुरा बुझँदै गए अनि साहित्यमा आकषिर्त हुन थालेँ । समाजमा भएका रुढीगत अन्धविश्वास, विसंगति र विकृतिले मलाई सत्यको खोजीमा डोर्यायो । यस्तै सहाराको खोजीमा साहित्यतिर आकृष्ट भएँ । जहाँ म आफू पोखिन पाउँछु र आत्मसन्तुष्टि मिल्छ मलाई ।

साहित्य-सिर्जना गर्ने भावना र प्रेरणा कसरी कोबाट पाउनुभयो ?

साहित्य-सिर्जना गर्ने भावना विशेषरूपले यहीबाट पाए भन्ने छ्रैन । म सानैदेखि अलिक बेग्लै स्वभावकी थिएँ । घरमा छोरा र छोरीप्रति गरिने भेदभाव र महिलाको अवस्था देखेर म विरक्त हुन्थे् । म सम्पन्न परिवारमा जन्मे पनि हाम्रो घरमा शैक्षिक वातावरण थिएन । बुबाका गाडीहरू थिए र ठेक्कापट्टा गर्नुहुन्थ्यो । पैसा प्रशस्त कमाउनु भएको थियो ।उहाँलाई शिक्षामा रुची थिएन । हाम्रो ठूलो परिवार थियो । हामी दुइ आमाका दस जना सन्तान एउटै परिवारमा हुर्केका थियौँ । मेरी आमा कान्छी हुनुहुन्थ्यो । म सानो छदा काकाकाकी सबै एकै ठाउमा थियौँ । त्यससमयमा बालबालिका र महिलाको अवस्था अत्यन्तै दयनीय थियो । बालअधिकार र बालमनोविज्ञान कुन चरोको नाम हो भन्ने थियो । म यी कुराले भित्रभित्रै आन्दोलित हुन्थेँ । मेरी आमा केही पढ्नुभएको हुनाले छोरीमान्छेले पढ्नु पर्छ आफ्नो खुट्टामा उभिनु पर्छ भनिरहनुहुन्थ्यो । त्यसैले म भेटेजति पुस्तक पढीरहन्थेँ । तर उचित मार्गदर्शन र प्रेरणा पाउन सकिनँ । मन कुण्ठित हुन्थ्यो । त्यसैपनि छोरीमान्छे पढ्ने वातावरण थिएन । म सामान बेरिएका पत्रिका पढ्ने गर्दथे । पढ्ने पुस्तकको अभाव खटकीरहन्थ्यो । बिहे भएर गएपछि पनि म निरन्तर पढिरहन्थेँ । बिहेपश्चात मैले आइए र बिए प्राइवेट पास गरेकी थिएँ। एसओएसमा जागिर खान थालेपछि पढ्ने वातावरण अझ बढ्यो र साहित्यिक वातावरण पनि । म केही लेख्दै फ्याक्दै गर्थे । पछि मेरो जीवनमा यस्तो मोड आयो म अस्तित्त्वबोधको पीडाले मर्माहत भएँ । अफिसमा, घरमा, समाजमा नारीको अवस्था र उसले भोग्नुपरेको नियतिले विक्षिप्त भएँ । त्यसपछि अस्तित्त्वको खोजी गर्दै साहित्यको सहारा लिन पुगेँ । सहारालिने क्रममा धेरै समयअघि लेखेको 'सानी' बालमनोवैज्ञानिक उपन्यास प्रकाशित गरेँ । जसले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्यो । मेरो पहिलो पुस्तकले राष्ट्रिय पुरस्कार प्राप्त गरेपछि म लेखनमा तन्मयका साथ लागी परेँ। त्यसपछि सानीको भाग दुइ 'सानीको साहस' लेखेँ त्यसले पनि अन्तर्रष्ट्रय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गर्यो । ममा चुनौति र दायित्त्व थपिँदै गयो । राष्ट्रियस्तरका पत्रिकामा पनि मेरा कथा र लेखहरू छापिन थालेका थिएँ। त्यसपछि एसओएसको राम्रो जागिर छोडेर सम्पूर्ण रूपले साहित्यमा समर्पित भएँ ।

साहित्य सेवामा निरन्तर लागिपर्नु भएकी तपाईँ यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ।


हुन त म साहित्यको अध्ययन धेरै अघिदेखि गर्थे तर वि. स. २०६० देखि पुस्तक प्रकाशन गर्ने रचनाहरू छापिने गरेको हुनाले मलाई भर्खर साहित्यमा लागेको ठान्नेहरू पनि हुनुहुन्छ । तर यसरी भर्खर लागेको भए पाठकको मनलाई छुने साहित्यसिर्जना गरेर पुरस्कार र सम्मानहरू प्राप्त गर्न सक्ने थिइनँ हुँला यसको लागि मैले नेपथ्यमा बसेर साहित्यको धेरै साधना गरेकी छु । तर झट्ट हेर्दा भर्खर लागेकी हो भन्ने भ्रमचाहिँ हुन्छ नै । म मैले गरेको साहित्यसेवाबाट पटक्कै सन्तुष्ट छै्रन । मलाई लाग्छ मैले अझै धेरै लेख्नुछ । समयले राष्ट्रले मसँग धेरै आशा गरेको छ । मेरो साहित्यलेखनको अभीष्ट भनेको नै बच्चादेखि वृद्धासम्मको ढुकढुकीमा बास बस्नु हो । त्यसैले त्यो अहिले पूरा भएको छैन । र्सवप्रथम बालसाहित्यमा राम्राभन्दा राम्रा पुस्तक लेखू भन्ने लागेको छ । जुन अभाव पनि छ । म थोरै लेखू राम्रो लेखू भन्ने मान्यता राख्छु । फेरि दुइ प्रकाशित पुस्तकले लगातार राम्रो पुरस्कार पाएको हुनाले आफूभित्र केही छ भन्ने पनि ठानेकी छु । तर नेपाली बालसाहित्यले गर्व गर्ने पुस्तक 'सानी' र 'सानीको साहस' जति चर्चित हुनुपथ्र्यो त्यति हुन सकेन । त्यसमा चाहिँ दुख लागेको छ । यति धेरै साधना, लगानी गरेर निकालेको पुस्तकलाई भनेजस्तो गरी बालबालिकाको हातमा पुर्याउन सकिनँ । यो कुरा धेरै ठाउँमा उठाए तर सुनिएन । दुवै पुस्तकले गरिमामय पुरस्कार प्राप्त गरेर धेरैजनाले मन पराउँदा पनि सञ्चार माध्यमबाट सहयोग नहुँदा उपेक्षितजस्तो भयो । यसले दुखी बनाएको छ । अब सानीको धारावाहिकको भाग ३ लेख्ने ठूलो चुनौति छ । अघिका पुस्तकभन्दा नराम्रो लेख्नु भएन । सानीलाई अङ्गे्रजीमा अनुवाद गरी विश्व बालसाहित्यमा पुर्याउने प्रयास गर्दै छु । तर प्रकाशनका अप्ठ्यारापक्षले गारो बनाएको छ । प्रौढ साहित्यमा एउटा राम्रो कथासङ्ग्रह तयारी अवस्थामा छ । चाडै नै प्रकाशित गर्ने जमर्को गर्दै छु ।

नेपालीसाहित्यमा महिला लेखिकाको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईँ कस्तो धारणा राख्नुहुन्छ ?

नेपालीसाहित्यमा महिलाको भूमिका अत्यन्तै न्युन अवास्थामा छ । हुन त पुरुषलाई पनि सहज नभएको ठाउ“मा नारीलाई नहुनु स्वभाविकै हो । यो क्षेत्रमा नारीलाई धेरै गारो छ । समाजमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने महिलाले साहित्यमा थोरै्र लेख्नुलाई पनि महत्त्वपूर्ण मान्नुपर्दछ । तर यसो भनेर स्तरीयतामा नजानू भनेको चाहिँ होइन । पुरुषको प्रतिस्पर्धामा नगई आफ्रनो परिचय बन्न सक्दैन । त्यसको लागि महिलाले ठूलो लगानी, त्याग, साधना गर्नुपर्छ । जुनकुरा गर्न धेरै कम महिलालाई मात्र सौभाग्य प्राप्त हुन्छ । यी कुरा प्राप्त गरेर मात्र पनि हुँदैन स्वयम्मा प्रतिभा पनि हुनुपर्दछ । यी सबैकुरा भाग्यबश कुनै नारीले पाइ भने मात्र ऊ पुरुषको प्रतिस्पर्धामा आउन सक्छे । नत्र उसमा प्रतिभा भए पनि त्यो त्यसै ओइलाएर जान्छ र कतिपय प्रतिभा गइरहेका छन् । यही पर्रि्रच्छेमा नारीलाई साहित्यमा अग्रसर गराउन हामीले इटहरीमा उत्खनन् नारी साहित्य प्रतिष्ठान स्थापना गरेका छौँ ।
अहिले बिस्तारै बामेर्सर्दै आएको नारी साहित्यलेखन केही फस्टाएको महसुस गर्न सकिन्छ । तर अझै पनि नारीलाई साहित्यलेखनका लागि उपर्युक्त वातावरण प्राप्त भइसकेको छैन । सरकारी र गैर सरकारी क्षेत्रबाट नारी साहित्यलेखनलाई प्रशस्त हौसला, प्रेरणा र सुबिधा प्राप्त हुनुपर्छ ।

साहित्यकारहरू आ-आफ्नो विचार वा दृष्टिकोणलाई कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रुपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौर्न्दर्यसाथ प्रस्तुत गरिन्छ , यो भनाइप्रति तपाईँको के धारणा छ ?

साहित्य समाजको प्रतिबिम्ब हो । साहित्यमा सिद्धान्त, धार र विचार हुनु स्वभाविकै हो । तर सबै साहित्यकारले प्रस्तुत गरेका छैनन् । पाश्चात्य साहित्य विभिन्न धार र सिद्धान्तमा फैलिँदै यहाँसम्म आएको छ । यसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ । मेरो विचारमा साहित्यको कुनै सिद्धान्त र विचारमा खुम्चेर लेखिनु हुँदैन । स्वतन्त्ररूपले समाजका हरेक पाटोलाई कलात्मकरुपले प्रस्तुत गरिनुपर्दछ । साहित्यमा समाजको ढुकढुकी बोलेको हुनुपर्छ अनि मात्र त्यो साहित्य उत्कृष्ट हुनपुग्दछ । साहित्यमा राष्ट्रियता र मानवतालाई पहिलो प्राथमिकता दिएर समाजको यथार्थ चित्रणलाई कलात्मकताले सजाएर प्रस्तुत गरिनुपर्छ ।

हाल विभिन्न साहित्यिक प्रतिष्ठानका गतिविधि र साहित्यिक धारा को सम्बन्धमा तपाई कस्तो धारणा राख्नुहुन्छ ?


हाल धेरै साहित्यिक सङ्घसस्था र प्रतिष्ठान स्थापना भएका छन् । वास्तवमा यो खुसीको कुरो हो किनभने यस्ता सङघसस्थाले साहित्यमा ठूलो टेवा दिन सक्छन् र कतिपय नाम चलेका सङ्घसस्थाले दिइ पनि राखेका छन् । विशाल देशको साहित्यिक क्षेत्रको मूल्याङ्कन र प्रवर्द्धन साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानले मात्र थाम्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा नीजिक्षेत्रबाट खोलिएको साहित्यिक सङ्घसस्था र प्रतिष्ठानबाट मदत मिले साहित्यलाई ठूलो टेवा प्राप्त हुन्छ । तर कतिपय सङ्घसस्था राजनैतिक आस्था र गुटबन्दीले ग्रस्त छन् । नातावाद , कृपावाद र आर्शीवादको आधारमा पुरस्कार दिने र पुस्तक छपाउने जस्ता क्रियाकलापले विकृति पैदा भइरहेको छ । यस्ता सङ्घसस्था आलोचनाबाट मुक्त छैनन् ।

तपाईँलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरूको को हुनुहुन्छ - कृपया बताइदिनुहुन्छ कि ?


मलाई यही लेखक मनपर्छ र यही कृति मन पर्छ भन्ने छैन । राम्रा लेखकका प्राय राम्रा कृति सबै मनपर्छ । विदेशी लेखकको पुस्तकहरू पढ्ने चाहना हुँदाहुँदै पनि मौका भनौँ वा समय नपाउँदा दुख लाग्छ । तर पनि गोर्कीको 'आमा' गोल्डिङ्गको 'द लर्ड अफ द फ्याइज' त्यस्तै टैगोरको काबुलीवाला ,अन्य नाम चलेका लेखक मोपासा समरसेट मम आदिका पुस्तक राम्रो लाग्छ । नेपाली नाम चलेका लेखकका नाम चलेका पुस्तकहरू प्राय पढेकी छु । नेपाली भाषा साहित्यलाई फलाउने फुलाउन योगदान दिनुहुने विशिष्ट साहित्यकारहरूको आ-आफ्नो ठाउमा महत्त्वपूर्ण योगदान रहेको छ । जुन पृष्टभूभिमा आज नेपाली साहित्य मौलाउँदै गएको छ । नाम नचलेका लेखकका पनि कतिपय रचनाहरू राम्रा लाग्छन् । प्रायजसो म समकालीन साहित्य पढ्न रुचाउँछु । र लेखनमा पनि नयाँ शैलीको प्रयोग गर्न रुचाउ“छु ।

7) तपाईँलाई सधैँ सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानीकन उल्लेख गरिदिनु होला ।

मेरो जीवनको ठूलो साहित्यिक रोचक घटना भनेको मेरो पुस्तक 'सानी' छापेर विमोचन गरेको एक हप्तापछि कथाकार परशु प्रधानले एउटा साहित्यिक माहौलमा यसो भन्नुभएको थियो - 'तपाईँको यो पुस्तक उत्कृष्ट छ । यसले राष्ट्रिय पुरस्कार पाउनुपर्छ । तपार्इँको यो छोरा हो यसले तपाईँलाई पाल्छ ।' उहाँले यसो भन्नुहुँदा मैले पत्याएकी थिइनँ । तर त्यसो भन्नुभएको ठीक एकवर्षपछि त्यो पुस्तकले साझा बालसाहित्य पुरस्कार -२०६० प्राप्त गर्यो । मलाई अचम्म लाग्यो कस्तो भविष्यवाणि मिलेको भनेर । पुरस्कार पाउँदा म धेरै खुसी भएँ । पहिलो पुस्तकले राष्ट्रिय पुरस्कार पाउँदा मेरो खुसीको सीमा थिएन । यो पुरस्कार सत्यको जीत पनि थियो । पुरस्कारको घोषणापछि म रोएकी थिएँ । हुन त यो पुस्तकलाई धे्रै जनाले राम्रो भनेर प्रशंसा गरिसक्नुभएको थियो ।

तपाईँको पहिलो प्रकाशित रचना कुन हो र तपाईँका प्रकाशित लेख रचनाहरू मध्ये सबभन्दा मनपर्ने कुन रचना हो -?
मेरो पहिलो लेख विस २०५५ सालमा समष्टिमा छापिएको कथा 'असफल सङ्धर्ष हो । योभन्दा अघि पनि कविता र लेख छापिएका थिए तर ती आधिकारीक छैनन् । त्यसैले यसैलाई प्रथम मानेकी छु । स्रष्टालाई आफ्ना सबै रचनाको उत्तिकै माया लाग्दो रहेछ तर कसैलाई अलिक बढी मिहिनेत र कसैलाई अलि कम परेको हुन्छ । हालसम्म मेरा चारवटा बालकृति आफ्नै प्रकाशनबाट भइसकेका छन् भने साझाबाट एउटा भएको छ । यी मध्ये मलाई सानीको धारावाहिक र 'स्वणिर्मा' बालउपन्यास धेरै प्यारो लाग्छ । त्यस्तै प्रौढ कथाहरूमा 'सुकन्या उर्फनिलिमा' द्वन्द्वकथालाई सबैले मेरो साहित्यिक यात्राको कोसेढुङ्गा मान्नुभएको छ । म कथालाई धेरैचोटि परिमार्जन गरेर मात्र पाठक साम ल्याउँछु । कुनै कथा परिमार्जन गर्न मलाई तीन वर्षम्म पनि लागेको छ । एउटा कथासङ्ग्रह 'समयको क्यानभासमा' छापिने प्रक्रियामा छ । त्यो कथासङ्ग्रहलाई धेरैले मन पराइदिनुभएको छ । त्यस्तै एउटा कथोपन्यास पनि तयार हुँदैछ । अहिले कथाकार दिवाकर नेपालीज्यू सम्बोधनमा त्यो कथोपन्यासका केही भागहरू प्रकाशित भइसकेका छन् । उत्कृष्ट विषयवस्तु नवीन लेखन शैली र कलात्मक प्रस्तुतिमा सन्तुष्ट नभई म कथा लेख्दिनँ त्यसैले मेरो कथालेखनलाई पातलो मान्नुपर्दछ । कविता र गजल विधालाई चाहँदाचाहँदै पनि स्तरीयतामा लान सकेकी छैन । एउटा निबन्धसङग्ह 'सिर्जना र सन्त्रास' छापिने तयारीमा छ ।

यसबाहेक तपार्इँको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ?

हाम्रो देशको साहित्यिक क्षेत्र अत्यन्त उपेक्षित अवस्थामा छ । बालबालिकादेखि नै साहित्यको लगाव बढाउनुपर्छ । यहाँ अभिभावकहरू शौखका लागि फैशनका लागि हजारौँ रुपैया खर्च गर्न तयार हुनुहुन्छ तर बच्चालाई एउटा पुस्तक किन्न गारो मान्नुहुन्छ । मेरो लामो शिक्षण पेशाले यस्ता धेरैकुराको अनुभव बटुल्ने मौका पाएकी छु । सबै अभिभावकले पाठ्यपुस्तक बाहेक बच्चाहरुलाई बाहिरी पुस्तक पढाउने बानी पनि बसाल्नुपर्छ । सरकारी तथा नीजि क्षेत्र दुवैतर्फाट साहित्यलाई उचित स्थान दिइनुपर्छ । यहा धेरै लेखकहरु प्रकाशकबाट ठगिएका छन् । प्रकाशनको उचित व्यवस्था हुनुपर्छ र अन्य साहित्यिक गतिविधिलाई महत्व दिइनुपर्छ । साहित्यिक क्षेत्रमा भएको अस्वस्थ्य प्रतिस्पर्धा , खुट्टा तान्ने प्रविधि, आफू मात्र सबैपदमा बसू, आफू मात्र सुविधा भोग गरुँ, आफ्नो मात्र हालीमुहाली होस भन्ने प्रवृत्तिले साहित्यिकार स्वयम्ले पनि त्याग्नु पर्दछ । एउटा विदेशी हिरोले राम्रो कार किनेर आफ्नो भाइलाई उपहार दिएको समाचार बन्छ तर एउटा साहित्यकारले राम्रो पुस्तक लेखेर विदेशी पुरस्कार पाएको समाचार बन्दैन । प्रत्येक कुरालाई नाफनोक्सानमा तौलेर हेरिने हाम्रो समाजमा अनुत्पादक क्षेत्र साहित्य सधै उपेक्षित रहिरहेको छ । साहित्यक्षेत्र मौलाउन र्सवप्रथम देशको राजनैतिक अवस्था र सामाजिक अवस्था सुदृढ हुनुपर्दछ । त्यसैले देशले राजनैतिक निकाशा पाउन हामी सबैले नीजि स्वार्थ त्यागेर राष्ट्रको र जनताको हितमा अघि बढौँ ।

'स्मृतिमा भीभू' एक उत्कृष्ट पीडा विरेचक प्रकाशन

परिचय-
प्रवासमा बसेर नेपाली साहित्य फाँटमा सक्रियरूपमा लाग्नु भएकी नारी स्रष्टाहरू मध्ये भारती गौतम एउटा उज्यालो तारा भएर चिनिएको नाम हो । पूर्वाञ्चलको धनकुटामा जन्मनु भएकी गौतमले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् । विवाहपश्चात अमेरिकामा प्रवास जीवन बिताईरहेकी गौतमले अमेरिकाको केन्ट स्टेट युनिभासिटीबाट सोसियोलोजीमा ब्याचलर्स र 6]g];L :6]6 o'lgel;{टीबाट विजिनेसमा ब्याचलर्स गरेकी छन् । उनी गोरखापत्र संस्थानको नेपालको पहिलो नारी उपसम्पादक भएर विशेष परिचय बनाइसकेकी छन् । नेपाली साहित्यक्षेत्रमा विभिन्न कार्यमा संलग्न रही विशेष योगदान दिइसकेकी गौतमको 'आकाश माथिको शहर' कवितासङ्ग्रह प्रकाशित छ । देशभित्रमात्र नभई विदेशमा पनि विभिन्न पत्रपत्रिकाको सम्पादन कार्यगरी अन्तराषिट्रय नेपाली साहित्य समाजजस्तो स्थापित र प्रतिष्ठित सस्थामा रही आफ्नो विशेष प्रतिभाको परिचय मात्र नदिई मनग्गे योगदान पनि दिइसकेकी छन् । नारीका विभिन्न दायित्वलाई पूरा गर्दै प्रवासमा बसेर साहित्यिक तथा सामाजिक कार्यमा लागि पर्नु विशिष्ट कार्य मान्नु पर्छ । प्रवासमा हुने विभिन्न समस्यालाई झेल्दै आफ्नो लेखन प्रतिभालाई जीवितै राख्नु कुनै चानचुने कुरा होइन । विशेषगरी उनीभित्र रहेको प्रतिभालाई श्रीमान र छोराछेारीको भविष्य उज्ज्वल बनाउँदै जीवितै राख्नु मात्र नभई त्यसलाई अझ प्रज्वलित बनाएर धेरै पाठकको हृदयमा स्थान पाउनु अति सह्रानीय कार्य मान्नुपर्छ । हाल उनी 'स्मृतिमा भीमू' नामक दुई आत्मीय मित्रताको वियोगान्त कथाले भरिएको शोककृतिबाट अमर बनेकी छन् ।
विषयप्रवेश-
ग्रीक सभ्यताका प्रणेता दार्शनिक अरस्तुले आज भन्दा झन्डै २ हजार ३ सय वर्षगाडि विरेचन सिद्धान्त प्रतिपादन गरेका थिए । मानव सभ्यताको आरम्भका अवस्थामा गुरु प्लेटोबाट उनले धेरै ज्ञानविज्ञानका कुराहरू सिक्ने अवसर पाएका थिए । उनले आफ्ना बुवा चिकित्सकको संगतबाट मानवको पेटमा हुने विकारलाई विरेचन गरी निकोपारे जस्तै मन र मस्तिष्कमा हुने विभिन्न किसिमको भावनालाई त्रास र करुणा जगाई विरेचन गर्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे । अहिले मानव विकासको तीव्र हकाइमा लगातार समाज परिवर्तन हुने प्रक्रियामा मानिसको मनमस्तिष्क, व्यवहारमा तीव्र परिवर्तन आइरहेको छ । जसरी अहिले विश्वमा नै उत्तरआधुनिक सिद्धान्तले राजनैतिक, कला, साहित्य, संगीतलाई प्रभाव पारेको छ । त्यसरी त्यो समयमा पनि ग्रीक सभ्यतामा विरेचन सिद्धान्तले निकै असर पारेको थियो । त्यसबेला विरेचन सिद्धान्तले विभिन्न कला, संगीत, साहित्यमा प्रभाव पारेको देखिन्छ । मानिसभित्र रहेको त्रास र करुणलाई विभिन्न कला, संगीत -साहित्यका माध्यमबाट उद्वीपन गराइ त्यसलाई बाहिर ल्याईब्यक्त गरिएमा मानिसको मस्तिष्क स्वच्छ रहन्छ भन्ने यस सिद्धान्तको मान्यता पाइन्छ । यसका धार्मिक मान्यतामा इ.पू. ३६१ तिर रोममा हाल नामक देवी प्रकोपको महामारी फैलिएको थियो यसलाई मानिसहरूको त्रास र करुणालाई उदिप्त पारिन्थ्यो जसबाट मानिसहरू आनन्द र शान्ति, शुद्धि महसुस गर्दथे । यसरी ग्रीक सभ्यताको प्रारम्भिक कालमा शोककाव्य, शोकधूनहरू जन्म भएको थियो । यसले विशेषगरी नाटक र काव्यमा मुख्य स्थान पायो । यसलाई दुःखान्तक अवस्था पनि मानिन्छ । यसले धेरै लामो समयसम्म स्थान पाएको देखिन्छ । आज पनि यस सिद्धान्तलाई उत्तिकै प्रभावकारी मान्न सकिन्छ । नेपाली साहित्यमा शोककाव्य गाइएको पाइन्छ । लोकगाथामा बालाचन्द्र, चेली, कलस सरुमै रानी, मनोकोइली रानी छन् । त्यस्तै लोकगाथाबाट आधुनिक गाथामा शोकगाथाको विकास भएको पाइन्छ । विरेचन सिद्धान्तबाट प्रभावित 'स्मृतिमा भीभू' एक उत्कृष्ट पीडा विरेचक प्रकाशन हो । 'स्मृतिमा भीमू'मा गौतमले दुःखान्तकको अवस्था सिर्जना गरी भावकलाई विरेचित बनाएकी छन् । आफ्नी प्रिय साथी जसलाई उनले आफ्नो हृदयमा एउटा विशिष्ट स्थान दिएर राखेकी हुन्छिन्- तीनै साथीको मृत्यु हुदा आफू कसरी विचलित भइन भन्ने कुरालाई उपन्यासमा कलात्मक रूपले भरेकी छन् । साथी भीमूको स्मृतिसँगसँगै आफ्नो विगतका जीवनका तीतामीठा घटना -फलेशवैक) उजगार गर्दै जानु, पढ्दै जाँदा पाठकलाई अब के हुन्छ भन्ने जिज्ञासाको भुमरीले घेरिराख्नु उनको यो लेखनको ठूलो क्षमता मान्नुपर्छ । पढ्दै जादा कत्तिखेर मनमा नमिठो विरहको धून बज्दछ भन्ने कुरा पाठकलाई थाहा नै हुँदैन । लेखकको आफ्नो पीडासँगसँगै भावकलाई वेदनाको बाढीले बगाएर लानु उनको ठूलो प्रतिभा मान्नुपर्छ । उनले पुस्तक 'स्मृतिमा भीमू’ लाई तेह्र खण्डमा विभाजन गरी घटनालाई शीर्षक अनुरूप राखेकी छन् । त्यसै पनि तेह्र अङ्क अग्रेजीमा अशुभ मानिन्छ भने उनको वियोगान्त कथाले भरिएको यो पुस्तक एउटा दुखान्तक परिणतिको अशुभ संकेत मान्न सकिन्छ । पुस्तक पढदै जादा लाग्छ लेखिकाले पाठकलाई साहित्यको एउटा कुदिरहेको मेट्रो ट्रेनमा चढाएकी छन् हातमा प्रिय मित्र भीमू तस्वीर बोकेर प्रत्येक तेह्र वटा अध्यायमा स्टेशन झै अडिदै आफ्ना विगतका नोस्टाल्जिया देखाउँदै लादै छिन् । प्रत्येक अध्यायलाई उनको कुदिरहेको ट्रेनको स्टेशन मान्न सकिन्छ । किनभने प्रत्येक अध्यायमा विश्रामका साथ आफ्नो बेग्लै विषयवस्तु लिएर आएकी छन् । त्यसैले उनी आफ्ना जीवनका दुःखसुख सबै कलात्मक रूपले पाठकलाई चलचित्रझै परिदृश्य गराउन सफल भएकी छन् । नेपाली साहित्यमा यस खाले मित्रको वियोगमा लेखिएको कृति नलेखिएको अवस्थामा गौतमको यस शोकगाथालाई विशिष्ट प्राप्ति मान्नुपर्छ । यहाँ विरेचनको दुखान्तक अवस्थाको साथसाथै एउटा साँस्कृतिक, परम्परा, जीवनका भोगाइहरू छन् । नेपालीले विदेशिनु पर्ने अप्ठेरो पक्षहरू र एउटा नारीले स्वदेशमा तथा विदेशमा गर्नुपर्ने सम्पूर्ण भूमिकाहरू कसरी निर्वाह गरिएका हुन्छन्, ती कुराहरूलाई चलचित्रझैँ भावकको आँखामा स्पष्ट पारिदिएकी छन् । आजभन्दा तीस वर्षअगाडिको नेपालीको राजनीति, सामाजिक अवस्थाको बारेमा धेरै कुराहरू र्छलङ्ग भएका छन् । आजका नयाँ सोच विचारले आक्रान्त पारेको नेपाली समाजमा एउटी छोरी मान्छेले कति आदर्श बोकेर बाँचेको हुन्छ भन्ने कुरा उनले यहाँ आफ्नो जीवनी साहित र्छलङ्ग पारेकी छन् । बुवाआमाको आर्दश छोरीभई बाँच्ने इच्छाको अगाडि आफूलाई अति मन पराउने पुरुषको प्रेमप्रस्तावलाई पनि उपेक्षा गरिदिने कुरा आजको पुस्तालाई प्रेरणादायी कथा हुनसक्छ । त्यस्तै गरी आदर्श बुहारीको भूमिका त्यसपछि पत्नीको भूमिका अनि सफल आमाको भूमिका निर्वाह गर्दै एउटा प्रतिभावान जीवन कसरी सङ्र्घर्ष गर्दै, हुर्कदै, मौलाउदै गएको हुन्छ भन्ने कुरा यहा साथी भीमूको स्मृति सँगसँगै कलात्मक रूपले उजागर हुन्छन् । पाठकलाई पढ्दै जादा एउटा कुराले अचम्मसाथ घेरिरहन्छ त्यो के हो भने लेखिकाद्वारा भीमूको सस्मरण लेखिनु पर्ने भएर नै होला उनको जीवनमा भीभूसँग यति धेरै घटनाहरूको सयोजन मिलेको हो कि भन्ने लाग्छ । लेखिका भारती गौतममा लेखकीय मानासिकता अथवा कलात्मक अभिव्यक्ति हुनु, उनको धेरै जसो ऐतिहासिक सँस्मरण भीमूसँगै जोडिनु, भीमूमा उच्चकोटिको व्यक्तित्व हुनु अनि भीमूको रोगग्रस्त भई असामयिक निधन हुनु । यी सबकुराको संयोजनलाई एउटा अद्भूत संयोजन मान्नुपर्छ । जुन संयोजनले नै आज शोकगाथामा धेरै कम लेखिने पुस्तक मध्ये उत्कृष्ट पुस्तक जन्मेको छ । लेखिका भारती गौतमले नेपाली वाङ्मयमा एउटा अमर कृति उपहार चढाएकी छन् । नेपाली नारी लेखन क्षेत्रमा सस्मरण अथवा आत्मकथा लेखन कम भएको अवस्थामा यसरी एउटा नारीको आत्मकथासहित मित्रको विछोडको पीडामा आफूभित्र रहेको त्रास र करुणालाई भाषाद्धारा विरेचित गराइ, भावकलाई पनि विरेचित गराइ मनलाई शान्त र शुद्ध पार्नसक्नु लेखिका गौतमको ठूलो प्रतिभा मान्छु म । त्यसैले मैले विरेचन सिद्धान्तलाई विषयप्रवेशमा छोटो परिचय सहित राखेकी छु । लेखिकाका प्रत्येक अध्यायहरूलाई मैले यहाँ छोटकरीमा यसरी व्याख्या गरेकी छु ।
पहिलो अध्याय - त्यो तिज
यो पहिलो अध्यायको शीर्षक हो । यसमा लेखिकाले आफू प्रवासमा रहदा धेरै समयसम्म तिज मनाउन नपाएको गुनासो गरेकी छन् । जब उनी तिज मनाउन पहिलो पटक बोस्टेनबाट न्युयोर्क जाने तयारीमा हुन्छिन् त्यही समयमा एकै पटक उनलाई दुइटा दुःखको समाचारले लखेटछन् । कत्रो हर्ष उमङ्गका साथ तिज मनाउन गइरहेको अवस्थामा एकतिर अभिन्न मित्र भीमूलाई क्यान्सर लागेको समाचारले शिथिल हुन्छिन भने अर्कोतिर छोरीको साथीले आत्महत्या गरेको समाचारले पीडित बन्छिन । नेपाली नारीहरूको महान पर्व तिज जस्तो पर्वमा यस्तो दुखद समाचारलाई आत्मसात गरी उनी साथीहरूसँग तीजको रमाइलोमा सामिल हुन्छिन यसरी दुखद घटनाबाट सुरु भएको उनको यो शोक गाथाका अन्य कथाहरू फ्लैशवैकजस्तै बिस्तारै सुरु हुँदै जान्छन् । त्यसपछि अन्य अध्यायमा सबै भीमू सम्बन्धीका स्मृतिका घटनाहरू एकएक गर्दै उघ्रदै जान्छन् । यही पहिलो अध्यायलाई म लेखकको मेट्रो ट्रेन मान्छु । जुन अध्यायमा उनी पाठकहरूलाई राखेर भीमूसम्बन्धी सस्मरणका परिदृश्य देखाउँदै जान्छिन् ।

दोस्रो अध्याय- भीमूसँग सुरु भएको मेरो जीवन
अब लेखिकाले भीमू मेरी को हुन भन्ने कुरा बिस्तारै बताउँदै जान्छिन् । हुन त भूमिकामा नै उनले भनेकी छन् - 'भीमू मेरो कोही नभएर पनि सबै थोक थिई मेरो सबैथोकभन्दा पनि अझ झन्डै तीन दसकसम्मको मेरो जीवनको महत्वपूर्ण अंश थिई ।' यस अभिव्यक्तिबाट थाहा हुन्छ उनी भीमूको कति नजिक थिइन् भन्ने कुरा उनको भीमूसँगको निकटतालाई यसरी यो अध्यायबाट सुरु गरेकी छिन् । यस अध्यायबाट अपरिचित भीमूसँग उनको भेटेर इश्वरी कन्या छात्रावास पहिलो पटक भेट भएको थियो । यहाँ लेखिकाले आफू काठमाडौ पढ्न आउदाको साथसाथै भीमूसँग भेट भएको कुरालाई रोमाञ्चकता साथ प्रस्तुत गरेकी छन् । हुन त भीमूको प्रभावशाली व्यक्तित्वबाट उनी पहिलो भेटमा नै प्रभावित हुन्छिन् । अत्यन्त मायालु मिलनसार स्वभावकी भीमूले पहिलो भेटमा नै लेखिकाको हृदयमा स्नेह छाप छोडिसकेकी हुन्छिन् । छात्रावासमा अर्कै साथीलाई खोज्दै पुगेकी लेखिकालाई पहिलो भेटमा भीमूले आत्मीयता साथ चिया बिस्कुट खुवाउँछिन । यसरी अपरिचित अवस्थादेखि लेखिकाभन्दा छ-सात वर्षकान्छी बहिनीसमान भीमूले उनको हृदयमा एउटा आत्मीयताको जरो गाड्न सफल हुन्छिन् ।
तेस्रो अध्याय- अर्थ्याउनै नसकिने त्यो संयोग
यस अध्यायमा लेखिकाले छात्रावासमा बस्न जाँदा कसरी भीमूसँगै एउटै कोठामा बस्न पुगिन भन्ने कुरा यसरी व्यक्त गरेकी छन्- 'भित्र गएर त्यहाँ काम गर्ने अनुराधा दिदीलाई मेरो नाम बताएपछि उहाँले बहिनीको कोठा नम्बर १६हो भन्नुभयो । मैले त्यो कोठा नम्बर 16 लाई अरू कुनै तरिकाले त्यसबेला सम्झिन सकिनँ, सबै सामान बाहिर राखेर, टयाक्सीलाई विदा गरेर, एउटा पोको लिएर माथि चढेपछि मात्र त्यो कोठा नम्बर १६ मा केही दिन अघि बिन्दु र म आएर इन्दिरा मास्केलाई खोजेको सम्झना भयो । कोठाभित्र पस्नेबित्तिकै छेउको खाटमा बसेर केही लेखिरहेकी तीनै अस्ति हामी सारै नै मोहित भएकी भीमू देखेर मलाई आर्श्चर्य लाग्यो, तर त्यसको अर्थ अहिले यत्ति पछि सोच्दा पनि लाग्न सकेको छैन । गन्तव्य भनौ या नियति भनौ या आफूभन्दा माथिकाको शक्ति भनौ या पूर्वजन्मको कमाइ भनौ या त सामान्य संयोग भनौ त्यत्रो छात्रावासमा मलाई खटाइको कोठा भीमू बसिराखेको परेछ ।'
"दिदी ल कस्तो राम्रो भयो, तपाई यही कोठामा पर्नु भयो, जाऊ म पनि सामान ल्याउन मद्दत गर्छु Ú यति भनेर भीमू म सँगै भर्याङ्ग ओलिएर सघाउन लागि त्यसरी बाहिर सम्म जाँदा भेटिने सबैले भीमूसँग बोलेको र उ पनि सबैसँग भीमूसँग बोलेको र उ पनि सबै सगै नजिकिएर बोलेको देख्दा छात्रावासमा भीमू सबै सँग राम्ररी घुलमिल भएको जस्तो लाग्थ्यो ।
त्यो १६ नम्बरको कोठामा म पसेका दिन सुरु भएको भीमू र मेरो निकटता आगामी तिन दशकसम्म एउटा सहेदर दिदी बहिनी र मिल्ने साथीको रूपमा फस्टाइ रह्यो, गहिरिइरह्यो । परिचयको पनि आवश्यकता परेन हामीलाई, किनभने म त एक हप्ता अगाडि नै कहिल्यै बिर्सिननसक्ने गरी भीमूसँग परिचित र प्रभावित भइसकेकी थिएँ, पछि भीमूलाई पनि म आफ्नो लाग्न थालिरकेको रहेछ । यो एउटा ठूलो संयोजन मान्नूपर्छ कि यत्रो ठूलो छात्रावासमा लेखिका भीमूको नै कोठामा पुग्नुलाई यसरी एउटै कोठामा परेपछि उनीहरूको मित्रता दिन पर प्रगाढ हुदै गयो । यही घटनालाई भीमूसँगको निकटताको प्रवेसद्धार मान्न सकिन्छ । त्यसपछिका समयहरूलाई लेखिकाले विश्वविद्यालयमासँगै विताएका ताजा सस्मरणसँगसँगै कलात्मक पाराले पस्केकी छन् । दसैमा घर जानुपर्दाको त्यस समयका यातायातको असुविधा सँगसँगै आफ्नो घर धनकुटाका वाल्यकालीन सस्मरणलाई यहाँ उतारेकी छन्-

चौथो अध्याय- काठमाडौमा विधार्थीहरूमा राजीतिक लहर
देशमा पंचायती शासनको विरुद्ध राजनीतिले विश्वविद्यालयमा कसरी घरजुवाइ भएर प्रवेश पायो भन्ने कुरालाई लेखिकाले यहाँ आफ्नै भोगाइबाट स्पष्ट पारेकी छन् । वि.स. २०४६ मा आएको बहुदल व्यवस्थाको पूर्वसन्ध्याको झलकको रूपमा वि.स. २०३६ सालमा भएको विधार्थी आन्दोलनको चित्रण गरेकी छन् । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री जुटिफकर अलि भुट्टोलाई तत्कालीन सैनिक शासकले फँासीको सजायदिई हत्या गरेको विरोधमा विधार्थीहरूमा आन्दोलन भडकिएको थियो । त्यसपछि देशभरि आन्दोलन भई वि.स. २०४६ सालमा पंचायत शासन खतम भई बहुदल व्यवस्था आएको थियो । बहुदल व्यवस्था आएपछि विधार्थीहरू माझ राजनैतिक छाप लाग्न थाल्यो । विधार्थीहरू दुइ राजनैतिक धारमा गएपछि कसरी पानी बराबर भयो भन्ने कुराको व्याख्या लेखिकाले यहाँ गरेकी छन् । यस समय भीमू राजनीतिमा त्यो पनि अखिलमा लागेर निकै ठूलो नेता भइसकेकी हुन्छिन् । भीमूको व्यक्तित्व निकै राम्रो भएको हुनाले उनले धेरैलाई रिझाइसकेकी हुन्छिन् । राजनीतिले विश्वविद्यालयको पठनपाठनका साथै कतिपय क्रियाकलाप पनि असर पारेको कुरा यहाँ उल्लेख गरिएको छ ।

पाँचौँ अध्याय- मेरो जीवनको सबैभन्दा प्रमुख निर्णय भीमूको भूमिका
भीमूले लेखिकाको जीवनको महत्वपूर्ण समयमा साथ दिएकी थिइन् । यसलाई पनि एउटा ठूलो संयोजन मान्नुपर्छ । कीर्तिपुर पढ्न आउनुभन्दा अघिदेखि चिनजानभई आफूले मन पराएको केटा र केटाले पनि आफूलाई मरिहत्ते हालेको तर गतिलो निर्णय लिन नसकेको बेलामा भीमूले लेखिकाका विचारमा आत्मविश्वास थपाउँदै लानु एउटा महत्त्वपूर्ण मान्नुपर्छ लेखिका आफ्ना कुरा यसरी राख्छिन् -
'दिदी, त्यसरी आफूलाई चाहने मान्छे हो भने त्यो कोढी भए पनि अनि झयालखानामा परेको अपराधी भए पनि म स्वीकार गर्ने थिएँ । तपाईले मेरो लागि कसैलाई मारेर लिएर आइज भने पनि मान्ने गरी दाईले तपाईँलाई चाहनु हुन्छ । भीमूले शिव गौतमका बारेमा यी कुरा धेरै पटक भनेकी थिई । मलाई उसले यसो भनेको सारै निको लागेको थियो किनभने शिव गौतम र मेरो जीवनबारे मैले भित्र भित्र बनाउँदै गएको आँटले पर्खालको लागि सबैभन्दा अन्तिम इटाँहरू भीमूका यस्ता बलियो विचारहरू नै थिए ।'
यसरी भीमूले नै लेखिकाको भावी पतिसंग जीवन जोड्ने निर्णयमा आफ्ना बलिया विचारहरूले आड भरोसा थपिदिएकी थिइन् ।

छैठौ- निर्णायक दिन र भीमू
लेखिकाको जीवनमा ठूलो घटना घटनु थियो त्यो घटनाको साक्षात्कार, टिप्पणीकार र निर्णायक हुनलाई भीमू नै आइपुगेकी छिन् । यी सबै हुनुलाई भविष्यमा स्मृतिमा भीभू लेखिनुको पृष्ठभूमि मान्नुपर्छ । लेखिका एक आर्दश छोरी भएर बस्ने अनि बुवाआमाको इच्छा विपरित आफूलाई मन पराउने शिव गौतम भन्ने व्यक्तिसँग विवाह नगर्ने भन्ने विचारमा बसेकी हुन्छिन् । तर यहाँ यस्तो एउटा घटना अचानक लेखिकाको जविनमा अकल्पनीयरूपले घट्छ जुन घटनाले एउटा निर्णायक मोड लिन्छ र उनको लामो समयसम्म भूमिगत रहेको प्रेमले र्सार्वजनिक हुने मौका पाउँछ र त्यो लगनगाँठोमा गएर जोडिन्छ । यहाँ पनि भीमूले लेखिकाको जीवन भावी पतिसँग मिलन गराइदिन एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । आफ्नो सफल वैवाहिक जीवनको लागि पृष्ठभूमि तयार गरी दिने मात्र नभई त्यसलाई उर्वर बनाइ हराभरा गराई दिने पनि भीमू नै भएकी छन् । यो जीवनको महत्वपूर्ण निर्णायक भीमूले नै धेरैजसो भूमिका खेलेकी हुनाले पनि भीमू लेखिकाको स्मरणमा एउटा सधै ताजा नहराउने बिम्ब भएर बसेकी छन् । यो अध्यायमा लेखिकाले आफूसँग घटेको अकल्पनीय घटनालाई रोचक पाराले प्रस्तुत गरेकी छन् ।

सातौ अध्याय- म धानकुटा फर्किए ।
यस अध्यायमा भीमू लेखिकासँग अलिक टाढा भएकी छन् । शिव गौतमसँग हुने विवाहको टुङ्गो पछि उनी विवाह वन्धनमा गाँसिन्छिन् । यसै समयमा भीमू र लेखिकाले छात्रावासीय जीवनबाट अलग हुन्छन् । लेखिकाले आफ्नो वैवाहिक जीवनपछि भोगेका नयाँ नौला अनुभवहरू यहाँ व्यक्त गरेकी छन् । उनी घर विराटनगरमा जाँदा र त्यहाँ भोगिएका कुराहरू त्यस समयको नेपाली समाजको यहाँ केही मैलिक चित्रण गरेकी छन् । गैातमसँग जोडिएको लामो जीवनयात्रामा प्रारम्भिक क्षणमा कस्ताकस्ता अप्ठेरा अवस्था आए र ती अप्ठेरा क्षणहरूलाई एउटा अपरिपक्क र व्यवहार सिक्तै गएको नवदुलहीले कसरी साक्षात्कार गरिने भन्ने कुरा उनले यहाँ सबिस्तार व्याख्या गरेकी छन् । यस समय भीमू लेखिकाले सस्मरणमा मात्र रहेकी हुन्छिन् साक्षत्कार हुन पाएकी थिइनन् । लेखिका काठमाडौ आएर बस्न थालेर गोरखापत्रमा उपसम्पादक भएर काम गर्न थालेपछि भीमूसम्बन्धी केही जानकारीहरू मात्र प्राप्त भएको उल्लेख गरेकी छन् । व्यवहारिक कठिनाइ यहाँ यसरी खोलेकी छन् ।

आठौ अध्याय- भीमू फेरि सर्म्पर्कमा
त्यससमय अहिलेको जस्तो मोबाइलको सुबिधा नभएको र फोनको सुविधा पनि प्रचुर मात्रामा नभएकोले काठमाडौ भित्र पनि मानिसहरू वर्षौ दिन पछि भेट हुदो रहेछ भन्ने कुरा यो अध्यायबाट थाहा हुन्छ । यहाँ लेखिकाको भीमूसँग केही समयको लागि भेट हुन्छ लेखिकाको जीवन यात्रा पनि कष्टमय साथमा बितिरहेको हुन्छ । लेखिकाको प्रवासमा जानु अघिका केही सस्मरण यहाँ यसरी खोलेकी छन् -
'समय बित्यो, शिवजी त्यसको अर्को साता अमेरिका तर्फलाग्नु भयो । तीन वर्षो छोरो, दुइ महिनापछि जन्मिने छोरी र मलाई हजारौ माइल टाढा छोडेर आफ्नो सपना साकार पार्न कल्पनाको खाली झोला लिएर त्यो अगस्टको बिहान त्रिभुवन विमानस्थलको तुवाँलामा थाई विमानसँगै माथि माथि हुँदै आखिर शिवजी बादल भित्र हराउनु भयो । त्यसको दुइ हप्तापछि जन्मिएकी छोरीको स्याहारसुसार, धनकुटा आमासँग गएको छोरो र कता हो कता पातालमा रहनु भएको श्रीमान् आदिले ओगटेको मनले भीमूलाई फेरि केही महिनासम्म सर्म्पर्क गर्न पाएन बीचमा लेखिकाको भीमूसँग भेट भएको र केही आत्मीयता बढेको उल्लेख गरेकी छन् । त्यसको केही समय लेखिका श्रीमान् सँगै अमेरिका गएको र दसवर्षपछि काठमाडौ आउँदा भीमूसँग भेट भएको हुन्छ ।

नवौँ अध्याय- अर्को संयेाग
यस अध्यायमा लेखिकाको काठमाडौमा आएको बेला बाटोमा हिँडदाहिँड्दै भीमूसँग भेट भएको प्रसङ्गबाट सुरु गरिएको छ । अकस्मात् दुइ अभिन्न मित्रको धेरै समयपछि भेट हुदा दुवैका विगतका आत्मीय सम्बन्धहरू सस्मरणको भकारीमा भरिन हाल्छन् । दुवै आत्मीय मित्रहरू फेरि एकपल्ट पुराना दिनहरू सम्झेर रमाउन थाल्छन् । आफ्ना रुची, विगतका जीवनका उतारचढावहरू, सफलता असफलता दुःख, पीडाहरू साटासाट गर्दै आत्मीयताको गहिरो बन्धनमा बाधिन पुग्छन् । अमेरिका आएर काठमाडौ बसेको थोरै दिनमा दुइ आत्मीय मित्रहरू धेरैभन्दा धेरै माया पूनजर्ीर्वित गर्दै मायाको गहिरो बन्धनमा बाँधिन पुग्छन् । आफूभन्दा सानी भएपछि भीमूको कुराले र व्यवहारले लेखिका प्रभावित भएकी हुन्छिन् । उनैले सरसल्लाह र सुझावहरू दिएकी हुन्छिन् सायद उनीहरूको यसरी भेटघाट नभएको भए स्मृतिमा भीमू जन्मदैन्थ्यो कि भन्ने कल्पना गर्न सकिन्छ ।

दसौँ अध्याय- हाम्रो निकटताको निरन्तरता
स्मृतिमा भीमूको लेखनलाई प्रभाव पार्ने अर्को महत्वपुर्ण तत्वमा डिजिटल कल्चरलाई पनि मान्न सकिन्छ । डिजिटल कल्चर दुइमित्रलाई एउटै कोठामा भेट गराएपछि मित्रताको रङ्ग अझै गाढा हुन गएको प्रसङ्ग यस अध्यायमा छ । डिजिटल कल्चर मार्फ नै एकअर्को सम्पूर्ण स-साना घरायसी कुराहरू सुख दुख साटासाट भएपछि दुइ मित्रहरू मित्रताको उच्च उडानमा उडेको पाइन्छ । छोराछोरी श्रीमान र घरव्यवहारका कुराहरू आदान प्रदान गर्न सजिलो भएपछि कहिले नटुट्ने मायाको बन्धन गाँसिसकेको हुन्छ ।
लेखिकाको बहिनीको असामायिक निधन अनि बुबाआमाको देहान्तले भीभूसँग अझ आत्मीयता गासिएको छ । यसै अध्यायमा लेखिएकाले आफ्ना सम्पूर्ण फ्लैशर्वैकलाई छोडेर पाठकलाई वर्तमानमा व्युँझाउँछिन् । उनी यसबेला आफ्ना शब्दमा यसरी व्यक्त हुन्छिन् - 'भारती अब उठनु पर्दैन नुहाएर मन्दिर जानुपर्छ आज त्यो नियमित ट्रेन नजाने भएकाले बसहरू बदल्दै जानुपर्छ ।' मेरी साथी शारदाको अलिक चर्को स्वरले म ब्युँझिएँ। न्युयोर्कको त्यो सानो एपार्टमेन्टको पाँचतला माथिको झ्यालको छेउमा रहेको त्यो सानो ओध्यानमा पल्टिएकी मैले तीस वर्षपुरानो अतीतको यात्रा गरेछु । म साँच्चै नै कीर्तिपुरको कन्या छात्रावास १६ नम्बरको कोठामा थिए, भीमूसँगै थिए । मेरो त्यो लामो अतीतको यात्रा सकिएछ र वर्तमान मेरो आँखामा तिजको बिहान भएर ब्युझिसकेछ । नढाँटी भन्दा त मलाई त्यही अतीतमा हराउन मन थियो, वर्तमानसँग जतिसक्यो लामो समयसम्म छलिन मन लागेको थियो । यो वाक्य लेख्नुभन्दा केही समय अघि लेखिकाले भीमूलाई क्यान्सर भएको थाहा पाएकी थिइन् ।
समय आफ्नै वेगमा चलिरहेको थियो । भीमूले क्यान्सर निको पार्न कीमो लिदै गरेको जानकारी बेला बेला दिदै थिइन् र निको हुने आशामा थिइन् । लेखिका यस कुराले ढुक्क भएपनि मन केही खिन्नता रहेको व्यक्त गरेकी छन् । आफ्ना नीजि सस्मरणसँगै भीमूसँग बारम्बार भएको डिजिटल भेटले मित्रतालाई जीवन्त बनेको छ । उनी अध्यायका अन्तिममा छोरीलाई लिएर नेपाल आएको प्रसङ्गलाई कलात्मकता साथ ब्यक्त गरेकी छन् - अब केही घण्टा मात्र बाँकी रह्यो हाम्रो हवाइजहाजले नेपालको भूमि टेक्न । नेपाल र हामी रहेको दूरीको निकटताले मलाई म हुनुको प्रमाण दिएको थियो, मेरो हराउनै लागेको अतीतको वास्तविकताको पुष्टि दिएको थियो । मेरो जीवनको धमिराले खाइसकेको केही पानाहरू टड्कारिन लागेका थिए । निश्चितताको निर्मल आकाश मेरो मानस पटल भरि पोखिएको थियो भने उता मेरी छोरीको मानसपटल भरि अनिश्चितता, भय, र तरहतरहको उत्सुकता देखिन्थ्यो । बाहिर देख्ता त ऊ स्वभाविक भावमा देखिन्थी, तर उसको मनमा पक्का पनि भुइँचालो गएको हुनुपर्छ । दुइ दसक पहिले त्यही छोरीलाई दश महिने बालकका रूपमा लिएर यता अमेरिकाको आकाशमा छिर्दा मलाई भएको हुनुपर्छ । उनले यहाँ अमेरिकामा हुर्केको मानिसहरूलाई नेपालमा आउँदा शान्तिसुरक्षा र अन्य कुराले कति असुरक्षित महसुस गर्छन् । भन्ने कुरालाई लाक्षणिक अर्थमा देखाएकी छन् ।

एघारौ अध्याय- भीमूसँगको साक्षात्कार
यस अध्यायमा लेखिका छोरी लिएर काठमाडौ आइपुग्छिन् । काठमाडौ भाइवुहारी हुँदाहुदै पनि उनी आफ्नी प्रिय साथी भीमूको घरमा नै बस्न रुचाउछिन् । किमो दिँदादिँदै गरेर शिथिल भएको साथीको अनिश्चित भविष्य भोलि के होला भन्दै साथी सँगै केही समय बिताउँछिन् । उनी थोरै जिन्दगी बाँची रहेकी भीमूको विमारी अवस्थामा पनि देखिएको आत्मविश्वास खुलेर प्रशंसा गर्छिन । त्यस्तै उनको श्रीमान पन्ना र छोरीलाई परको भावानात्मक दुःखका कुराहरू कतै नहडबडाइकन सविस्तार गरेकी छन् । मानिसको जीवन पनि कति कमजोर हुदो रहेछ । कसैको हातमा अडिरहेको चङ्गा जस्तै कति आकाङ्क्षा लिएर उडिरहेको चङ्गालाई विधाताले कुन बेला धागो चुडाइदिन्छन् थाहा हुदैन रहेछ । यसबेला लेखिकाले भीमूसँगै बसुन्जेल बारम्बार आफ्ना मनका यिनै कुराहरूलाई कलात्मकरुपले व्यक्त गरेकी छन् । अमेरिकामा हुर्केको छेारीले नेपालमा आएर के कस्ता अप्ठेरो पक्षहरूलाई जुध्नुपर्यो भन्ने कुरालाई पनि सविस्तार ब्याख्या गरेकी छन् ।

बाह्रौ अध्याय- भीमूसँग बिताएका दुइ हप्ता
यो अध्याय निकै कारुणिकताले भरिएको लामो अध्याय हो । दसैको बेला भएकोले भीमूलाई टीका लगाउन गएको र भीमूले आफ्नो गम्भीर अवस्थामा पनि सबैसँग सामान्यरूपले बोलचाल गर्ने व्यवहार गरेको देखेर अचम्म लागेका घटनाहरू व्यक्त गरेकी छन् । मित्रताको डोरी सानो कुराबाट प्रष्ट पारेको कुरा यहा उल्लेख गरिएको छ । जस्तै त्यो संवाद पढौँ-
यो मेरो चिनु, तिमीले सधैँ लगाइराख है, अस्पतालमा जाँदा पनि न छोडनू । मलाई ती सामान मार्फत भीमूको साथैमा रहिरहन मन लागेको थियो ।
"दर्शन दिदी, म हजुरले भने बमोजिम गर्छु""थ्याङ्कु यु दिदी मेरा दुवै हात आफ्नो हातमा लिएर आफ्नो टाउकोमा लगी भीमूले । मैले अमेरिकाबाट कपडा ल्याएर उसको लागि सिलाउन लगाएको कुर्ता सुरुवाल पनि हातमा दिएँ । "मेरो नाप कसरी लिनु भो दिदी" उसले वाक्य पुरा नगरी मैले अस्ति लाउँदै गर्नु भनेर दिएको कुर्ता सुरुवालबाट नाप लिएको भनेर जवाफ दिएँ । "ए उमा, त्यो दराजबाट अस्तिको साडी लिएर आइज त ।"
उमाले भित्र गएर ल्याएको साडी देखेर मेरा आखा भरिएर आए, जिउ पनि कसो कसो कामेको जस्तो भयो दुइ हप्ता लेखिका भीमूसगै जीवनभरको मित्रता साट्न चाहन्छिन् किनभने अब लेखिकाको मनमा परिसकेको थियो दुइ हप्ता उनले आफ्ना समयलाई भीमूको साथमा बिताएकी छन् । यी वाक्य पढौ- बाहिर अँध्यारो छिपिँदै गयो । म भीमूको आछ्यानमा उसको नजिकै ढल्किए । उसका हात र खुट्टा सुमसुम्याइ रहे । हामीले थुप्रै कुरा गर्र्यौ । छात्रावासका कुरा गर्र्यौ, कीर्तिपुरका कुरा गर्र्यौ, मैले अमेरिकामा पाएका सुखदुखका कुरा गरेँ ।' यी वाक्यहरूबाट थाहा हुन्छ । लेखिका र भीमू बीच कति गहिरो आत्मीय सम्बन्ध रहेछ भन्ने कुरा । दसैपछि लगत्तै तिहार आएको समय हुनाले लेखिकाले तिहारका केही रमाइला क्षणहरू भीमूसँगै बिताएकी उल्लेख गरेकी छन् । भीमूलाई रोगले झनै गलाउँदै लाँदा लेखिकालाई भीमूको मायाले अत्यन्तै संवेदनशील बनाएको कुरा व्यक्त भएका छन् । त्यसपछि लेखिका अमेरिका र्फकन्छिन् । अमेरिका आएर पनि बारम्बार भीमूकै चिन्तामा हुन्छिन् ।

तेहौ अध्याय- निर्दयी बिहान
यो अन्तिम अध्याय हो यसमा लेखिकाले ठूलो पीडा सहेको मार्मिक उदगारहरू छन् ।नेपाल सरकारको उच्च पदमा काम गरेकी, विभिन्न राष्टिय तथा अन्तराष्टिय सम्मेलनमा भाग लिएकी भीभू अव कतै थिइनन् । आफ्नो प्रिय मानिस यो संसारमा छैन भन्ने समाचार पाउनु र त्यस दुखद समाचारलाई आत्मीय साथीभाइको अगाडि पोख्न नपाउनु यो उनको ठूलो दुर्भाग्य भएको देखिन्छ । मनभित्रको पीडा उदीप्त हुन नसकी भित्रै गुम्सियो भने मानिसलाई कस्तो हुन्छ भन्ने कुरा उनले वाक्यवाक्यमा व्यक्त गरेकी छिन् । यो क्षण वास्तवमा नै लेखिकाको अत्यन्त मार्मिक क्षण भएर गुज्रेको छ ।यो बेलाको विरेचन हुन नसकेको क्षणले नै आत्मा अतृप्त भएर नै भाषा सिर्जनामा प्रस्फुटित भएर यो पीडा विरेचकको उत्कृष्ट कृति जन्मेको होकी भन्ने अनुमान लगाउऩ सकिन्छ । यस बेलाको प्रत्येक वाक्यहरू अत्यन्त पीडा मिश्रित छन् —आफ्नो साथीका सम्झनामा ।उनीभित्रको पीडामिश्रित भाव उदिप्त हुन नसक्दा उनले यसरी आफ्नो विरह व्यक्त गरेकी छन् — Ú भीभूलाई गुमाउनु पर्दाको मेरो पीडाको गहिराइ नाप्न मलाई भीभूको नै आवश्यकता थियो । यसबेला मात्र नभएर जीवनमा नजाने अरु कति उतार चढाव आउने हुन् जसलाई मैले भीभूसँग बाडेर मात्र सन्तुष्टि प्राप्त गर्न सक्नेछु । पछिको त कुरै भएन अहिले भीभू नै को दुख पोख्न यो चोट बाड्न मलाई भीभू नै चाहिएको छ । भीभू बाहेकको यो ससार त हैन भीभू बिनाको मेरो जीवन मेरा लागि अहिले सोच्दा त असम्भव जस्तै छ । एक छिन भएको छैन, मैले उसलाई सुनाउने कति कुरा जम्मा भैसकेको छ ।‘ यी वाक्यहरूले बुझाउँछन् कि लेखिकाको भीभूप्रति कति आत्मीयता रहेछ भन्ने कुरा ।

हो साँच्चै भीमू अब कतै छ्रैन्, भीमू अब नेपालमा थिइन् , भीमू अब कुलेश्वरको सुन्दर घरमा थिइनन् साँच्चै अब भीमू कतै थिइनन् तर लेखिकाको जताततै भीभू नै भीभू देखिन् । उनको जीवनभरि भीमू नै भीमू भएर बाँचिन् । उनको अस्तित्व अब भीमूसँग गएर जोडिएको थियो । उनी अन्तिममा भन्छिन्-
'कसरी खायो आगोले दिदी कमलको शरीर
कसरी खायो निदूरी भई कमलको शरीर
मदनले भने जस्तै मलाई पनि भन्न मन लाग्यो । कसरी मेरी बहिनी भीमूलाई आगाले पनि निगाह गरेन, कसरी त्यस्तो मुलायम र केामल शरीर प्रति आगाले आफ्नो धर्मको अपवाद बनाउन सकेन ।'
साँच्चै लेखिकाले भनेझै अलिकति म भीमूसँग मरेकी छु भने अलिकति भीमू म सँग बाचेकी पनि छु । सायद् यो शोकागाथा पढेपछि सबैले यही निष्कर्ष निकाल्ने छन् ।



निष्कर्ष-
'स्मृतिमा भीमू' नेपाली साहित्यमा एउटा उत्कृष्ट वियोगान्तक कथा भएर बाँचेको छ । दुई मित्रको आत्मीय प्रेमकथा जीवन्त भएर बाँचेको छ । कतै लेखिकाको व्यक्तित्वलाई भीमूको व्यक्तित्वले थिचेको हो कि भन्ने महसुस पाठकलाई लाग्छ भने कतै भीभूको व्यक्तित्वलाई लेखिकाको व्यक्तित्वले थिचेको हो कि जस्तो लाग्छ र पढ्दै जादा लाग्छ, भीमू भनेकी नै लेखिका हुन् र लेखिका भनेकी नै भीमू हुन भन्ने बिम्बात्मक चित्र पाठकको मस्तिष्कमा कोरिन पुग्छ । यसरी बहिनी, साथी जे भने पनि एउटा गहिरो आत्मीय प्रेम नातामा लेखिका यति धेरै डुब्छिन् कि भीमूको व्यक्तित्वको अगाडि लेखिका सामान्य लाग्न पुग्छिन् । तर पनि लेखिकाले वियोग, वेदना र अति दुखको क्षणलाई कथामा यसरी बुनेकी छन् कि भीमू अब कतै छैन तर पनि अमेरिका, नेपाल, उनको घर र धेरैभन्दा धेरै पाठकको हृदयमा जीवित भएर बाँचेकी छन् भीभू र भीभूसँगै लेखिका पनि । त्यस्तै नेपाली बाङ्मयमा पनि माधव घिमिरेको …गौरी’ जस्तै Úस्मृतिमा भीभू एक उत्कृष्ट पीडा विरेचककृति भएर बाँचेको छ ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।