तपाईँको साहित्यलेखनको थालनी कसरी भयो ?
म साहित्यलेखन क्षेत्रमा आउन केही ढिला भएको हो । जब जीवनलाई नजिकबाट चिनेर धेरै कुरा बुझँदै गए अनि साहित्यमा आकषिर्त हुन थालेँ । समाजमा भएका रुढीगत अन्धविश्वास, विसंगति र विकृतिले मलाई सत्यको खोजीमा डोर्यायो । यस्तै सहाराको खोजीमा साहित्यतिर आकृष्ट भएँ । जहाँ म आफू पोखिन पाउँछु र आत्मसन्तुष्टि मिल्छ मलाई ।
साहित्य-सिर्जना गर्ने भावना र प्रेरणा कसरी कोबाट पाउनुभयो ?
साहित्य-सिर्जना गर्ने भावना विशेषरूपले यहीबाट पाए भन्ने छ्रैन । म सानैदेखि अलिक बेग्लै स्वभावकी थिएँ । घरमा छोरा र छोरीप्रति गरिने भेदभाव र महिलाको अवस्था देखेर म विरक्त हुन्थे् । म सम्पन्न परिवारमा जन्मे पनि हाम्रो घरमा शैक्षिक वातावरण थिएन । बुबाका गाडीहरू थिए र ठेक्कापट्टा गर्नुहुन्थ्यो । पैसा प्रशस्त कमाउनु भएको थियो ।उहाँलाई शिक्षामा रुची थिएन । हाम्रो ठूलो परिवार थियो । हामी दुइ आमाका दस जना सन्तान एउटै परिवारमा हुर्केका थियौँ । मेरी आमा कान्छी हुनुहुन्थ्यो । म सानो छदा काकाकाकी सबै एकै ठाउमा थियौँ । त्यससमयमा बालबालिका र महिलाको अवस्था अत्यन्तै दयनीय थियो । बालअधिकार र बालमनोविज्ञान कुन चरोको नाम हो भन्ने थियो । म यी कुराले भित्रभित्रै आन्दोलित हुन्थेँ । मेरी आमा केही पढ्नुभएको हुनाले छोरीमान्छेले पढ्नु पर्छ आफ्नो खुट्टामा उभिनु पर्छ भनिरहनुहुन्थ्यो । त्यसैले म भेटेजति पुस्तक पढीरहन्थेँ । तर उचित मार्गदर्शन र प्रेरणा पाउन सकिनँ । मन कुण्ठित हुन्थ्यो । त्यसैपनि छोरीमान्छे पढ्ने वातावरण थिएन । म सामान बेरिएका पत्रिका पढ्ने गर्दथे । पढ्ने पुस्तकको अभाव खटकीरहन्थ्यो । बिहे भएर गएपछि पनि म निरन्तर पढिरहन्थेँ । बिहेपश्चात मैले आइए र बिए प्राइवेट पास गरेकी थिएँ। एसओएसमा जागिर खान थालेपछि पढ्ने वातावरण अझ बढ्यो र साहित्यिक वातावरण पनि । म केही लेख्दै फ्याक्दै गर्थे । पछि मेरो जीवनमा यस्तो मोड आयो म अस्तित्त्वबोधको पीडाले मर्माहत भएँ । अफिसमा, घरमा, समाजमा नारीको अवस्था र उसले भोग्नुपरेको नियतिले विक्षिप्त भएँ । त्यसपछि अस्तित्त्वको खोजी गर्दै साहित्यको सहारा लिन पुगेँ । सहारालिने क्रममा धेरै समयअघि लेखेको 'सानी' बालमनोवैज्ञानिक उपन्यास प्रकाशित गरेँ । जसले साझा बालसाहित्य पुरस्कार प्राप्त गर्यो । मेरो पहिलो पुस्तकले राष्ट्रिय पुरस्कार प्राप्त गरेपछि म लेखनमा तन्मयका साथ लागी परेँ। त्यसपछि सानीको भाग दुइ 'सानीको साहस' लेखेँ त्यसले पनि अन्तर्रष्ट्रय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गर्यो । ममा चुनौति र दायित्त्व थपिँदै गयो । राष्ट्रियस्तरका पत्रिकामा पनि मेरा कथा र लेखहरू छापिन थालेका थिएँ। त्यसपछि एसओएसको राम्रो जागिर छोडेर सम्पूर्ण रूपले साहित्यमा समर्पित भएँ ।
साहित्य सेवामा निरन्तर लागिपर्नु भएकी तपाईँ यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ।
हुन त म साहित्यको अध्ययन धेरै अघिदेखि गर्थे तर वि. स. २०६० देखि पुस्तक प्रकाशन गर्ने रचनाहरू छापिने गरेको हुनाले मलाई भर्खर साहित्यमा लागेको ठान्नेहरू पनि हुनुहुन्छ । तर यसरी भर्खर लागेको भए पाठकको मनलाई छुने साहित्यसिर्जना गरेर पुरस्कार र सम्मानहरू प्राप्त गर्न सक्ने थिइनँ हुँला यसको लागि मैले नेपथ्यमा बसेर साहित्यको धेरै साधना गरेकी छु । तर झट्ट हेर्दा भर्खर लागेकी हो भन्ने भ्रमचाहिँ हुन्छ नै । म मैले गरेको साहित्यसेवाबाट पटक्कै सन्तुष्ट छै्रन । मलाई लाग्छ मैले अझै धेरै लेख्नुछ । समयले राष्ट्रले मसँग धेरै आशा गरेको छ । मेरो साहित्यलेखनको अभीष्ट भनेको नै बच्चादेखि वृद्धासम्मको ढुकढुकीमा बास बस्नु हो । त्यसैले त्यो अहिले पूरा भएको छैन । र्सवप्रथम बालसाहित्यमा राम्राभन्दा राम्रा पुस्तक लेखू भन्ने लागेको छ । जुन अभाव पनि छ । म थोरै लेखू राम्रो लेखू भन्ने मान्यता राख्छु । फेरि दुइ प्रकाशित पुस्तकले लगातार राम्रो पुरस्कार पाएको हुनाले आफूभित्र केही छ भन्ने पनि ठानेकी छु । तर नेपाली बालसाहित्यले गर्व गर्ने पुस्तक 'सानी' र 'सानीको साहस' जति चर्चित हुनुपथ्र्यो त्यति हुन सकेन । त्यसमा चाहिँ दुख लागेको छ । यति धेरै साधना, लगानी गरेर निकालेको पुस्तकलाई भनेजस्तो गरी बालबालिकाको हातमा पुर्याउन सकिनँ । यो कुरा धेरै ठाउँमा उठाए तर सुनिएन । दुवै पुस्तकले गरिमामय पुरस्कार प्राप्त गरेर धेरैजनाले मन पराउँदा पनि सञ्चार माध्यमबाट सहयोग नहुँदा उपेक्षितजस्तो भयो । यसले दुखी बनाएको छ । अब सानीको धारावाहिकको भाग ३ लेख्ने ठूलो चुनौति छ । अघिका पुस्तकभन्दा नराम्रो लेख्नु भएन । सानीलाई अङ्गे्रजीमा अनुवाद गरी विश्व बालसाहित्यमा पुर्याउने प्रयास गर्दै छु । तर प्रकाशनका अप्ठ्यारापक्षले गारो बनाएको छ । प्रौढ साहित्यमा एउटा राम्रो कथासङ्ग्रह तयारी अवस्थामा छ । चाडै नै प्रकाशित गर्ने जमर्को गर्दै छु ।
नेपालीसाहित्यमा महिला लेखिकाको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईँ कस्तो धारणा राख्नुहुन्छ ?
नेपालीसाहित्यमा महिलाको भूमिका अत्यन्तै न्युन अवास्थामा छ । हुन त पुरुषलाई पनि सहज नभएको ठाउ“मा नारीलाई नहुनु स्वभाविकै हो । यो क्षेत्रमा नारीलाई धेरै गारो छ । समाजमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने महिलाले साहित्यमा थोरै्र लेख्नुलाई पनि महत्त्वपूर्ण मान्नुपर्दछ । तर यसो भनेर स्तरीयतामा नजानू भनेको चाहिँ होइन । पुरुषको प्रतिस्पर्धामा नगई आफ्रनो परिचय बन्न सक्दैन । त्यसको लागि महिलाले ठूलो लगानी, त्याग, साधना गर्नुपर्छ । जुनकुरा गर्न धेरै कम महिलालाई मात्र सौभाग्य प्राप्त हुन्छ । यी कुरा प्राप्त गरेर मात्र पनि हुँदैन स्वयम्मा प्रतिभा पनि हुनुपर्दछ । यी सबैकुरा भाग्यबश कुनै नारीले पाइ भने मात्र ऊ पुरुषको प्रतिस्पर्धामा आउन सक्छे । नत्र उसमा प्रतिभा भए पनि त्यो त्यसै ओइलाएर जान्छ र कतिपय प्रतिभा गइरहेका छन् । यही पर्रि्रच्छेमा नारीलाई साहित्यमा अग्रसर गराउन हामीले इटहरीमा उत्खनन् नारी साहित्य प्रतिष्ठान स्थापना गरेका छौँ ।
अहिले बिस्तारै बामेर्सर्दै आएको नारी साहित्यलेखन केही फस्टाएको महसुस गर्न सकिन्छ । तर अझै पनि नारीलाई साहित्यलेखनका लागि उपर्युक्त वातावरण प्राप्त भइसकेको छैन । सरकारी र गैर सरकारी क्षेत्रबाट नारी साहित्यलेखनलाई प्रशस्त हौसला, प्रेरणा र सुबिधा प्राप्त हुनुपर्छ ।
साहित्यकारहरू आ-आफ्नो विचार वा दृष्टिकोणलाई कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रुपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौर्न्दर्यसाथ प्रस्तुत गरिन्छ , यो भनाइप्रति तपाईँको के धारणा छ ?
साहित्य समाजको प्रतिबिम्ब हो । साहित्यमा सिद्धान्त, धार र विचार हुनु स्वभाविकै हो । तर सबै साहित्यकारले प्रस्तुत गरेका छैनन् । पाश्चात्य साहित्य विभिन्न धार र सिद्धान्तमा फैलिँदै यहाँसम्म आएको छ । यसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ । मेरो विचारमा साहित्यको कुनै सिद्धान्त र विचारमा खुम्चेर लेखिनु हुँदैन । स्वतन्त्ररूपले समाजका हरेक पाटोलाई कलात्मकरुपले प्रस्तुत गरिनुपर्दछ । साहित्यमा समाजको ढुकढुकी बोलेको हुनुपर्छ अनि मात्र त्यो साहित्य उत्कृष्ट हुनपुग्दछ । साहित्यमा राष्ट्रियता र मानवतालाई पहिलो प्राथमिकता दिएर समाजको यथार्थ चित्रणलाई कलात्मकताले सजाएर प्रस्तुत गरिनुपर्छ ।
हाल विभिन्न साहित्यिक प्रतिष्ठानका गतिविधि र साहित्यिक धारा को सम्बन्धमा तपाई कस्तो धारणा राख्नुहुन्छ ?
हाल धेरै साहित्यिक सङ्घसस्था र प्रतिष्ठान स्थापना भएका छन् । वास्तवमा यो खुसीको कुरो हो किनभने यस्ता सङघसस्थाले साहित्यमा ठूलो टेवा दिन सक्छन् र कतिपय नाम चलेका सङ्घसस्थाले दिइ पनि राखेका छन् । विशाल देशको साहित्यिक क्षेत्रको मूल्याङ्कन र प्रवर्द्धन साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानले मात्र थाम्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा नीजिक्षेत्रबाट खोलिएको साहित्यिक सङ्घसस्था र प्रतिष्ठानबाट मदत मिले साहित्यलाई ठूलो टेवा प्राप्त हुन्छ । तर कतिपय सङ्घसस्था राजनैतिक आस्था र गुटबन्दीले ग्रस्त छन् । नातावाद , कृपावाद र आर्शीवादको आधारमा पुरस्कार दिने र पुस्तक छपाउने जस्ता क्रियाकलापले विकृति पैदा भइरहेको छ । यस्ता सङ्घसस्था आलोचनाबाट मुक्त छैनन् ।
तपाईँलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरूको को हुनुहुन्छ - कृपया बताइदिनुहुन्छ कि ?
मलाई यही लेखक मनपर्छ र यही कृति मन पर्छ भन्ने छैन । राम्रा लेखकका प्राय राम्रा कृति सबै मनपर्छ । विदेशी लेखकको पुस्तकहरू पढ्ने चाहना हुँदाहुँदै पनि मौका भनौँ वा समय नपाउँदा दुख लाग्छ । तर पनि गोर्कीको 'आमा' गोल्डिङ्गको 'द लर्ड अफ द फ्याइज' त्यस्तै टैगोरको काबुलीवाला ,अन्य नाम चलेका लेखक मोपासा समरसेट मम आदिका पुस्तक राम्रो लाग्छ । नेपाली नाम चलेका लेखकका नाम चलेका पुस्तकहरू प्राय पढेकी छु । नेपाली भाषा साहित्यलाई फलाउने फुलाउन योगदान दिनुहुने विशिष्ट साहित्यकारहरूको आ-आफ्नो ठाउमा महत्त्वपूर्ण योगदान रहेको छ । जुन पृष्टभूभिमा आज नेपाली साहित्य मौलाउँदै गएको छ । नाम नचलेका लेखकका पनि कतिपय रचनाहरू राम्रा लाग्छन् । प्रायजसो म समकालीन साहित्य पढ्न रुचाउँछु । र लेखनमा पनि नयाँ शैलीको प्रयोग गर्न रुचाउ“छु ।
7) तपाईँलाई सधैँ सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानीकन उल्लेख गरिदिनु होला ।
मेरो जीवनको ठूलो साहित्यिक रोचक घटना भनेको मेरो पुस्तक 'सानी' छापेर विमोचन गरेको एक हप्तापछि कथाकार परशु प्रधानले एउटा साहित्यिक माहौलमा यसो भन्नुभएको थियो - 'तपाईँको यो पुस्तक उत्कृष्ट छ । यसले राष्ट्रिय पुरस्कार पाउनुपर्छ । तपार्इँको यो छोरा हो यसले तपाईँलाई पाल्छ ।' उहाँले यसो भन्नुहुँदा मैले पत्याएकी थिइनँ । तर त्यसो भन्नुभएको ठीक एकवर्षपछि त्यो पुस्तकले साझा बालसाहित्य पुरस्कार -२०६० प्राप्त गर्यो । मलाई अचम्म लाग्यो कस्तो भविष्यवाणि मिलेको भनेर । पुरस्कार पाउँदा म धेरै खुसी भएँ । पहिलो पुस्तकले राष्ट्रिय पुरस्कार पाउँदा मेरो खुसीको सीमा थिएन । यो पुरस्कार सत्यको जीत पनि थियो । पुरस्कारको घोषणापछि म रोएकी थिएँ । हुन त यो पुस्तकलाई धे्रै जनाले राम्रो भनेर प्रशंसा गरिसक्नुभएको थियो ।
तपाईँको पहिलो प्रकाशित रचना कुन हो र तपाईँका प्रकाशित लेख रचनाहरू मध्ये सबभन्दा मनपर्ने कुन रचना हो -?
मेरो पहिलो लेख विस २०५५ सालमा समष्टिमा छापिएको कथा 'असफल सङ्धर्ष हो । योभन्दा अघि पनि कविता र लेख छापिएका थिए तर ती आधिकारीक छैनन् । त्यसैले यसैलाई प्रथम मानेकी छु । स्रष्टालाई आफ्ना सबै रचनाको उत्तिकै माया लाग्दो रहेछ तर कसैलाई अलिक बढी मिहिनेत र कसैलाई अलि कम परेको हुन्छ । हालसम्म मेरा चारवटा बालकृति आफ्नै प्रकाशनबाट भइसकेका छन् भने साझाबाट एउटा भएको छ । यी मध्ये मलाई सानीको धारावाहिक र 'स्वणिर्मा' बालउपन्यास धेरै प्यारो लाग्छ । त्यस्तै प्रौढ कथाहरूमा 'सुकन्या उर्फनिलिमा' द्वन्द्वकथालाई सबैले मेरो साहित्यिक यात्राको कोसेढुङ्गा मान्नुभएको छ । म कथालाई धेरैचोटि परिमार्जन गरेर मात्र पाठक साम ल्याउँछु । कुनै कथा परिमार्जन गर्न मलाई तीन वर्षम्म पनि लागेको छ । एउटा कथासङ्ग्रह 'समयको क्यानभासमा' छापिने प्रक्रियामा छ । त्यो कथासङ्ग्रहलाई धेरैले मन पराइदिनुभएको छ । त्यस्तै एउटा कथोपन्यास पनि तयार हुँदैछ । अहिले कथाकार दिवाकर नेपालीज्यू सम्बोधनमा त्यो कथोपन्यासका केही भागहरू प्रकाशित भइसकेका छन् । उत्कृष्ट विषयवस्तु नवीन लेखन शैली र कलात्मक प्रस्तुतिमा सन्तुष्ट नभई म कथा लेख्दिनँ त्यसैले मेरो कथालेखनलाई पातलो मान्नुपर्दछ । कविता र गजल विधालाई चाहँदाचाहँदै पनि स्तरीयतामा लान सकेकी छैन । एउटा निबन्धसङग्ह 'सिर्जना र सन्त्रास' छापिने तयारीमा छ ।
यसबाहेक तपार्इँको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ?
हाम्रो देशको साहित्यिक क्षेत्र अत्यन्त उपेक्षित अवस्थामा छ । बालबालिकादेखि नै साहित्यको लगाव बढाउनुपर्छ । यहाँ अभिभावकहरू शौखका लागि फैशनका लागि हजारौँ रुपैया खर्च गर्न तयार हुनुहुन्छ तर बच्चालाई एउटा पुस्तक किन्न गारो मान्नुहुन्छ । मेरो लामो शिक्षण पेशाले यस्ता धेरैकुराको अनुभव बटुल्ने मौका पाएकी छु । सबै अभिभावकले पाठ्यपुस्तक बाहेक बच्चाहरुलाई बाहिरी पुस्तक पढाउने बानी पनि बसाल्नुपर्छ । सरकारी तथा नीजि क्षेत्र दुवैतर्फाट साहित्यलाई उचित स्थान दिइनुपर्छ । यहा धेरै लेखकहरु प्रकाशकबाट ठगिएका छन् । प्रकाशनको उचित व्यवस्था हुनुपर्छ र अन्य साहित्यिक गतिविधिलाई महत्व दिइनुपर्छ । साहित्यिक क्षेत्रमा भएको अस्वस्थ्य प्रतिस्पर्धा , खुट्टा तान्ने प्रविधि, आफू मात्र सबैपदमा बसू, आफू मात्र सुविधा भोग गरुँ, आफ्नो मात्र हालीमुहाली होस भन्ने प्रवृत्तिले साहित्यिकार स्वयम्ले पनि त्याग्नु पर्दछ । एउटा विदेशी हिरोले राम्रो कार किनेर आफ्नो भाइलाई उपहार दिएको समाचार बन्छ तर एउटा साहित्यकारले राम्रो पुस्तक लेखेर विदेशी पुरस्कार पाएको समाचार बन्दैन । प्रत्येक कुरालाई नाफनोक्सानमा तौलेर हेरिने हाम्रो समाजमा अनुत्पादक क्षेत्र साहित्य सधै उपेक्षित रहिरहेको छ । साहित्यक्षेत्र मौलाउन र्सवप्रथम देशको राजनैतिक अवस्था र सामाजिक अवस्था सुदृढ हुनुपर्दछ । त्यसैले देशले राजनैतिक निकाशा पाउन हामी सबैले नीजि स्वार्थ त्यागेर राष्ट्रको र जनताको हितमा अघि बढौँ ।
October 11, 2010
0
साहित्य समाजको प्रतिबिम्ब हो । साहित्यमा सिद्धान्त, धार र विचार हुनु स्वाभाविक हो ।
5:45 PM
अन्तरवार्ता
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
0 comments:
Post a Comment