June 30, 2010

‘पाइला छोडेर अस्ताएको घाम’ले छोडेका घामका रापिला किरणहरू

पृष्ठभूमि–

अहिले विश्वसाहित्य लेखन नै विधाभञ्जनको अवस्थामा छ ।
विदेशी साहित्यको हजारवर्षको पृष्ठभूमिमा हाम्रो साहित्यको शतवार्षिकीलाई वामे सरेको अवस्था मान्न सकिन्छ । विश्वसाहित्यमा देखिएको नयाँ चेतना किनाराचेत वा मार्जिनलता हो जसले धेरै किसिमले छेलिएका, पीडित अवस्थामा रहेका, किनारिएका बारेमा लेखिने नयाँ दृष्टिकोण हो । एक्काइसौं शताब्दीको ग्लोबलाइजेसनले विश्वलाई एउटा गाउँमा परिणत गरेको अवस्थामा नेपाली साहित्यमा यसको प्रभाव पर्छ । विशेषगरी निबन्ध विधा अन्तर्गत पर्ने जीवनी, संस्मरण, नियात्रा आदि गैरेआख्यानका विधाले आख्यानतत्त्वलाई आत्मसात् गरेर नयाँ विधाको रूपमा विकास गर्दै आएको छ । त्यसरी लिने क्रममा आत्मजीवनी साहित्य पर्दछ । विश्वसाहित्यमा आत्मजीवनी लेख्ने परम्परा धेरै अघिको हो । केही आख्यानका तत्त्व मिलेर बन्ने आत्मजीवनी ठुलठुला अन्तर्राष्ट्रिय छवि बनाएका ब्यक्तिहरूको पढ्न पाइन्छ । कतिपय यस्ता आत्मजीवनीहरू विशिष्ट व्यक्तिहरूको मृत्युपश्चात् प्रकाशित भएका छन् भने कतिपयले आफै लेख्ने वा लेख्ने लगाउने पनि गरेका छन् । यसरी लेख्ने र लेखाउनेहरूमा खेलाडी, नेता, राजनेता, कलाकार, संगीतकार र गीतकार र साहित्यकारहरू छन् । हाल सालै भरत भुर्तेलद्घारा लेखिएको राष्ट्रपति रामवरण यादवको आत्मजीवनी पनि प्रकाशनमा आएको छ । हाल नेपाली साहित्यमा आत्मसंस्मरणका पुस्तकहरू निकै आएका छन् । तीमध्ये वीपी कोइरालाको जेलजर्नल लाई प्रमुख मान्न सकिन्छ । किनभने राजनितिज्ञ र साहित्यकारको रूपमा आफूलाई सफल व्यक्तित्वका रूपमा चिनाएका विशिष्ट व्यक्तित्वका धनी वीपी कोइरालाको आत्मलेखन वा डायरीलाई निकै महत्वपूर्ण मानिन्छ, नेपाली साहित्यिक क्षेत्रमा । त्यसपछिका कृतिमा कृष्णचन्द सिंह प्रधानका जिन्दगीका टिपोटहरू, डा. दयानन्द बज्राचार्यको वैज्ञानिकको गोरेटोमा, गणेश रसिकको दसगजामा उभिएर, अम्बर गुरुङ्गको कहाँ गए ती दिनहरू, गोविन्दराज भट्टराईको गोधूलिमा दसपाइला, तुलसी भट्टराईको फडके तर्दातर्दै हुन् । साहित्यिक माहौलमा निकै चर्चा बटुल्न यी पुस्तकहरू सम्पूर्णरूपले आत्मजीवनी भनि हाल्न नमिले पनि यसमा लेखकले आफ्नो जीवनमा भोगेका सुखदुख, सफलता, असफलता, सङ्घर्षका कथाहरू कलात्मकरूपले प्रस्तुत गरेका छन् । मृत्युवोधको चिन्तनमा लेखिएको साहित्यकार जगदीश घिमिरेको आत्मलाप भनिएको अन्र्तमनको यात्रा नेपाली साहित्य उत्कृष्ट पुस्तक मानिन्छ । नेपाली साहित्यमा अधिक चर्चामा मात्र नरही मदन पुरस्कार जस्तो गरिमामय पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त गरेको छ यस कृतिले । त्यस्तै कृष्ण धरावासीले आत्मजीवनीलाई आधाबाटो शीर्षकमा अनुभवोन्यास भनी प्रस्तुत गरेका छन् । यिनै आत्मसंस्मरण पुस्तकको माझमा अहिले चर्चा गर्न खोजिएको छ राजनीति तथा साहित्य क्षेत्रमा समानान्तर सफलता हासिल गरी राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित सक्रिय साहित्यकार प्रदीप नेपालको ‘पाइला छोडेर अस्ताएको घाम’मा ।


विषयप्रवेश–

झन्डै तीन दशक साहित्य र राजनीतिमा आफ्नो जीवनलाई समर्पित गर्ने प्रखर व्यक्तित्व हुन–प्रदीप नेपाल । स्पष्ट वक्ता, चिन्तनशील, सक्रिय र जुझारु व्यक्तित्वको रूपमा उनलाई जति राजनीति क्षेत्रमा पनि चर्चित मानिन्छ त्यति नै साहित्यिक क्षेत्रमा पनि मानिन्छ । नेपाली इतिहासमा राजनीति र साहित्य दुवैलाई अँगालेर विशिष्ट स्थान बनाउनु हुने बहुआयामिक व्यक्तित्वका धनी वीपी कोइराला पश्चात प्रदीप नेपाललाई मान्न सकिन्छ । हुन त यसअघि मोदनाथ प्रश्रितज्यू पनि नेपाली राजनीति र साहित्यिक क्षेत्रमा उत्तिकै सफलता हासिल गरिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ । साहित्यकारहरूले राजनीतिको भाषा कमले बुझेका हुन्छन् भने राजनीतिज्ञले साहित्यको रस कमले लिन सकेका हुन्छन् । दुवै विधालाई लिएर अघि बढनु र सफलता पनि हासिल गर्नु यो प्रदीप नेपालको व्यक्तित्वको वैशिष्यटता मान्नु पर्दछ । यसरी धेरै राजनीतिज्ञले साहित्यको मर्म बुझिदिने हो भने नेपाली साहित्यले निकै लामो विकासको फड्को मारिसक्थ्यो होला । सायद अहिले महाकवि लक्ष्मीप्रसाद देवकोटा र वीपी कोइरालाको सङ्ग्रालय बनिसक्यो होला । वीपी कोइरालाको नाममा अनेकौँ विद्यालय, अस्पताल, बाटो बने तर उनले डायरी जेलजर्नल लेखिएको सुन्दरीजलको स्थान सङ्ग्रालय बन्न सकेको छैन अझ पुस्तकका संयोजक श्री गणेश शर्मा ज्युले वीपीको पुस्तक छाप्ने बेलामा परिवारले देखाउनु भएको उदासीनताले यो देखाउँछ की नेपालमा साहित्य प्रवुद्धवर्गको हृदयमा नै स्थान पाउन सकेको छैन भने सर्वसाधारणको कसरी पाउँला ? जेलजर्नलमा लेखिएको यो वाक्यांश पदौँ– “शैलजा बाहेक वीपी कोइरालाको जीवनी लेख्ने विषयमा मैले उहाँहरू कसैसँग कुनै सामाग्रीको सहयोग आजसम्म पाएको छैन । त्यस विषयमा कुनै खोजखबर पनि आजसम्म कसैले लिएको छैन । परिवारका अतिरिक्त उहाँको पार्टीको नेताहरू प्नि कसैले कहिले पनि यस विषयमा सहयोग गर्ने आसय पनि व्यक्त गरेनन् ।” हाम्रो देशमा साहित्यको अवस्था यति कमजोर भएको स्थितिमा राजनितिज्ञले साहित्यलाई माया गरेर आफ्नो जीवनलाई डो¥याउँदै लानु नेपाली साहित्यको सौभाग्य मान्नुपर्दछ । यो सौभाग्य प्रदान गर्ने व्यक्ति हुन साहित्यकार प्रदीप नेपाल । वि.स. २०१० साल भोजपुरेको पोखरेमा जन्मेका प्रदीप नेपाल निरकुश राजतन्त्र समाप्त गर्न कटिवद्ध भई लाग्ने महान योद्धा हुन । उनी चिन्तनशील, स्रष्टा, स्पष्टवक्ता, आत्मस्वाभिमानी, सङ्घषर््ाशील व्यक्ति तथा कुशल र अनुभवी राजनीतिज्ञका रूपमा नेपाली जनताबीच आफ्नो मौलिक परिचय बनाइसकेका व्यक्तित्व हुन । उनले वि.स. २०२६ साल देखि सगरमाथा स्वतन्त्र विधार्थी युनियनबाट औपचारिक राजनितिक यात्रा प्रारम्भ गरेका हुन् । राजनितिको प्रारम्भिक चरणमा २०२६ सालमा माक्र्सवाद अध्ययन केन्द्र (काठमाडौँ) को स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो । वि.स. २०३२ सालदेखि कम्युनिष्ट पार्टीको पूर्णकालीन राजनितिक कार्यकर्ताका रूपमा रहेर नेपालका विभिन्न जिल्ला र अञ्चलहरूको जिम्मेवारी सम्हाल्दै वि.स. २०३५ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय संस्थापकसदस्यका रूपमा सक्रिय रहेका थिए । निरङ्कुश पञ्चायती कालमा पटक—पटक जेलजीवन भोग्दै वि.स. २०३३ सालको नख्लु जेलविद्रोहमा पनि निकै चर्चित रहेको उनको राजनितीक जीवन त्याग र सङ्घर्षका कथाले भरिएको छ । उनले आफ्नो लामो र निरन्तर अविश्रान्त राजनीतिक जीवनमा तत्कालीन नेकपा (माले) र पछि नेकपा (एमाले) को केन्द्रीय नेतृत्वमा रही देश र जनताको मुक्ति र आत्म सम्मानका लागि जिम्मेवारीपूर्ण दायित्व वहन गर्दै आएका छन् । बि.स. २०४२ साल देखि काठमाडौं उपत्यकाको राजनीतिमा केन्द्रित प्रदीप नेपालले उपत्यका विशेष प्रमुख पिपुल्स भोलेन्टियर्सका महानिर्देशक, प्रचार विभाग प्रमुख, स्थानीय निकाय विभाग प्रमुख जस्ता पार्टीगत जिम्मेवारीका अतिरिक्त वि.स. २०४८ साल देखि वि.स. २०५८ सालसम्म दुइ पटक राष्ट्रि«य सभा सदस्य तथा संसदीय दलको सचिवका रूपमा विशेष भूमिका निर्वाह गरेका छन् । त्यस्तै उनी वि.स. २०५१ देखि वि.स. २०५२ सम्म सूचना तथा सञ्चार र जलस्रोत मन्त्री बनेका छन् भने वि.स. २०५५ देखि वि.स. २०५६ सम्म जलस्रोत र स्वास्थ्य अनि वि.स. २०६३ देखि वि.स. २०६५ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री भई राष्ट्रको राजनितीमा सक्रिय भई सेवा गरेका छन् ।

राजनीति क्षेत्रमा आफ्नो विशेषस्थान बनाउनु हुने प्रदीप नेपालको नेपाली साहित्यलाई झण्डै डेढ दर्जन कृति समर्पित गरेका छन् । उनका आख्यान विधा अन्तर्गत खुइते कडेरिया (२०४), मुक्ति(२०४७) पार्टीको आमा (२०४२), देउमाईको किनारमा (२०४७), नओइलाउने फूल (२०४५), पूर्वतिर (सन.१९८७), बुङ्ग्लाका साँझहरू (२०४६) आकाशगंगाको तीरैतीर (२०५६), नन्दीता (२०५६) एक्काइसौं शताब्दीकी सुम्निमा (२०५८) दुर्गा हजुरआमाको भूत –बालउपन्यास–२०६१) स्वप्तिल सहर (२०६३), अनौठो प्रेमकथा (२०६३) उपन्यास छन् । त्यस्तै कथासङ्ग्रहमा सूर्यमानको कथा शृङ्खला (२०४९) कथाभित्रका नारी अनुहारहरू ( २०४७ ) परोपकार यात्रा (२०५०), बेचिएका चेलीहरू (२०४८), धरहराको सहर (२०६२) बाधमारेको लालसलाम (२०६४) छन् । सस्मरण सङ्ग्रहमा इलामको तारा (सन १९८६) मुक्त आकाशको खोजी (चारभागमा) छन भने नियात्रा सङ्ग्रहमा अमेरिका बास मातृभूमिको सम्झना (२०६१), बाल्यकालीन सस्मरण (२०६२), नेपालको जङ्गल (२०६२) छन् ।

अन्य फुटकर रचनाहरू र पत्रपत्रिकाको सम्पादनबाट उनको साहित्यप्रतिको लगनशीलता देख्न सकिन्छ । आफ्नै ओजस्वी व्यक्तित्व बोकेका प्रदीप नेपालले पाइला छोडेर अस्ताएको घाम मा नितान्त निजात्मक भावव्यक्तिलाई विभिन्न घटनाहरूमा जोडेर संस्मरणको रूपमा प्रस्तुत गरेका छन् । यो कृति पढदै जा“दा बामपन्थी आन्दोलनताका गरिएका विभिन्न घट्नाहरू यथार्थबोध र तिनीहरूको संगति र विसंंगतिलाई नजिकबाट हेर्न, छाम्न र बुभ्mन सकिन्छ । ती घटेका सत्य घटनालाई उनले साहित्यिक जलप लगाई दिएर अझ जाज्ल्यमान बनाइदिएका छन् । सत्यका ती रापिला रापले कतिपय ठाउँमा पाठकको अन्र्तचक्षु नै घरमराउन पुग्छन् । यसलाई लेखकको विशेष साहित्यिक प्रतिभा मान्न सकिन्छ । राजनीतिसँग मिसिएका ती सत्य घटनाहरू लेखक निर्भीक भई पाठकलाई चलचित्रझँै आँखा अगाडि नचाउन सफल भएका छन् । कतै पनि आफूलाई नढाँटी आफ्नो स्वभाव अनुसार निर्भीक भई अझ साहित्यिक हृदय खोलेर राम्रालाई प्रशंसा गरेका छन् भने नराम्रा कामप्रति निराशा व्यक्त गरेका छन् । प्रत्येक पाठ पढ्दा घन्द्रुक बजारबाट अन्नपूर्ण हिमाल छर्लङ्ग देखिएझैँ देखाएका छन् ।

राजनीति विसंगतिबाट ग्रस्त भई कतिपय छोपिएका सत्य घटनाहरूको लेखकले यहाँ उद्घाटन गरेका छन् । जुन किनारिएका सत्य कथाहरू यहाँ उद्घाटन गरिएको छ त्यसलाई विश्वसाहित्यमा चलेको मार्जिनलता हो भन्न सकिन्छ । सानो घटनाबाट कम्युनिष्ट राजनीतिको इतिहास खोतल्न सक्नु अथवा सानो दृश्यबाट विराट राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्न सक्नु लेखकको ठूलो वैयक्तिक प्रतिभा मान्नु पर्छ । केही सामान्य घटनाका शीर्षकबाहेक प्रायजसो शीर्षकका लेखले पाठकलाई चुम्बकीय शक्तीले तानेझै तानिरहन्छ । वाल्यकालदेखि वयस्क हुँदै अहिलेसम्म जीवनले भोगेका महत्वपूर्ण पक्षलाई उनले अत्यन्त साहित्यिक गीतिमयता, कलात्मकता र हार्दिकताका साथ प्रस्तुत गरेका छन् ।
भूमिकामा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई भन्छन् – ‘यो आत्मजीवनीका अनेक अंशले, आत्मस्वीकृतिका कोलाजहरूले निर्मित सुन्दर सङ्ग्रह हो । राजनीतिक चेतनाले निर्मित दर्शन गहिरो छ, तर यसलाई साहित्यिकताले डोमिनेट गरेको छ, तर परिष्कृत लेखन शक्तिले, साथै विचारले पनि थिचिरहन्छ । राजनितिक विचारले सञ्चालित धेरै मानिसमा कट्टरता अधिक हुन्छ र ती अन्यप्रति असहिष्णु हुन्छन्, वैचारिक मान्यताप्रति आहिष्णु हुन्छन् । तिनीहरूको साहित्यप्रति एक थरीको लागि मात्र पठनीय लाग्छ, तर प्रदीप नेपालको उदारतामा त्यो सीमा छ्रैन, त्यसैले यो सबैको निम्ति एक उदाहरणीय पाठ हो । यसमा इमान्दारिता छ– आफ्ना भुल, त्रुटि र ग्लानिबोध छन् , भाँचिएका आकाङ्क्षा र अपसोच यथावत छन्, आफूले भोगेका बञ्चना र दुःख सास्तीहरू यथावत छन् , आफ्नो धरातललाई कुनै आडम्बरले नछोपी राखिएको छ । भित्रभित्रै लेखकको मन एक परिपक्क जीवन जगतका अनेक रहस्यतिर फर्केर हेर्ने भएको छ ।’

उनी सर्वत्र जडताको विरुद्धमा छन्, निरन्तरता गतिमयता र उदारताको पक्षमा छन् । उनी अहिंसाका पुजारी छन् त्यसैले माओवादीका कतिपय विचारप्रति असहमति जनाउँदै उनले आफ्ना विचार पोखेका छन् । विशेषगरी उनी राजनीतिक विचारमा स्पष्ट वत्ताको रूपमा प्रस्तुत भएका छन् । आफ्नो जीवनको महत्वपूर्ण समय राजनीतिमा होमेका उनी स्पष्ट वत्ताको रूपमा ठाउँठाउँमा अब आउने नयाँ राजनीतिक युवा पुस्तालाई नौला र चाखलाग्दा घटनाका साथै विचारहरू पस्केका छन् । साहित्यिक स्वादसँगै उत्खनन् गरिएका सत्यका तीता कथाहरू धेरैको लागि प्रेरणादायी, वोधगम्य हृदयस्पर्शी र मार्मिक हुन पुग्छ । वि.स. २००७ सालमा ल्याएको प्रजातन्त्रको घाँटी वि.स. २०१७ सालमा राजा महेन्द्रले निमोठे पछि गाउँगाउँबाट जनचेतनाको लहर बग्न थालेको थियो । त्यस लहरमा कम्युनिष्ट विचारधारा बोकी उनी पूर्वी पहाडी इलाकामा देश र जनताको लागि आफ्नो ज्यानको माया नगरी होमिएका थिए । त्यसबेलाको भूमिगत लडाईमा उनले गरेका साहासिक कार्यको र आफूले गर्न नसकेको कार्यहरूको पनि स्पष्ट वत्ताको रूपमा कथाकारले कथा भनेझै वर्णन गरेका छन् । उनी भन्छन् – त्यसबेला कुनै पद लिनु भनेको ठूलो जिम्मेवारी वहन गर्नु थियो तर अहिलेका कामरेडहरूले पद लिनु भनेको आइडीकार्ड बनाउनु हो । भनेर अहिलेको विसँगति र विदु्रपताग्रस्त राजनीतिलाई झटारो हान्न पुग्छन् । उनका यस्ता झटाराहरू अस्ताउन लागेको घामले छोडेका रापिला किरणझँै लाग्छन् । यस पुस्तकका यस्तै रापिला किरणहरूको विशेषता केलाउदै मैले चारवटा विचारखण्डमा राखेको छु । जसरी सूर्यको प्रकाशले सन्ध्या, मध्यान्ह, साँझ र रात्रिको यात्रा गर्छ त्यस्तै उनका यी सस्मरणहरूले यात्रा गरेका छन् । तिनलाई निम्नानुसार मैले राखेको छु –



१) नितान्त वैयक्तिक भावव्यक्तिले भरिएको निजात्मक सस्मरणले भरिएका स्तम्भहरू – यस स्तम्भमा निम्नानुसारको शीर्षक छन् – मेरो बदरीनाथ यात्रा, अब नेपाली आमासँग भेट हुदैन, कस्तो थाहा नपाइदो रहेछ, लेखक र नेतामा रुमाल्लिएको परिचय, उदास यात्राको रमाइलो समाप्ति, खाटा उक्किएको मनको घाउ, माल्दिप्समा पानीको अनिकाल, नमिल्दो हवाइयात्राको कष्ट, बाइसवर्षपछि सयपत्री फक्रिदा, भुटानी शरणार्थी होइनन् दशैको शुभकामना, होलीको दुखद सम्झना, आफ्नो खासै परिचय नदिनु है । यस स्तम्भमा नितान्त वैयक्तिक विचारधाराहरू कतिपय ठाउँमा यात्रासँगसँगै र कतिपय ठाउँमा विना यात्रा नै प्रस्तुत गरिएका छन् । पुस्तकको पहिलो शीर्षकमा रहेको बदरीनाथ यात्रामा रोमाञ्चकारी यात्रा सँगसँगै लेखकले आफ्नो बाल्यजीवनको संस्मरण कलात्मक पाराले व्यक्त गरेका छन् । यो शीर्षकमा पाठकलाई बदरीनाथको यात्रासँगै आफ्नी सानीमा भेटाउन पुग्छन् । नेपालको बराह भगवानको महत्व कति रहेछ भन्ने कुरा उनले बदरीनाथ पुगेर विभिन्न तीर्थयात्रीहरूसँग भेट हुँदा थाहा पाउँछन् । जब पाठकले यो कुरा थाहा पाउँछ उनको अभिव्यक्ति कलाले पाठक स्वयम् झस्कन पुग्छ । नजिकको तीर्थ हेला भन्ने उखान चरितार्थ हुनपुग्छ । त्यस्तै उनले बदरीनाथमा आफ्नी सानीमा जसलाई उनको आमाले जन्मबित्तिकै छोरो मर्छ भन्ने त्रासले काखमा सुम्पेकी हुन्छिन् उनीसँग एकतीस वर्षमा भेट हुनु एउटा रोमाञ्चकारी क्षण हुन पुग्छ । यो स्तम्भ कतै कथा, कतै नियात्रा र कतै संस्मरण जस्तो लाग्छ । भाषिक कलात्मकताले भरिएको उत्कृष्ट नियात्रा मान्छु म यसलाई । त्यस्तै अब नेपाली मातासँग भेट हुँदैन मा तिनै सानीमा बदरीनाथमा नेपाली माताको नामले निकै ख्याति आर्जन गरेको र उनको मृत्युहुँदा भारतीय समाचारपत्रमा छापिएको तर नेपाली पत्रपत्रिकाले कुनै टिप्पणी नगरेको दुखेसो लेखकले पोखेका छन् । यहाँ लेखक अलिकति राष्ट्रियता, अलिकति आत्मीयताले दुखेको पाइन्छ । त्यस्तै नास्तिक विचारधारा अँगालेका उनी आफू ईश्वरको अस्तित्व नस्वीकार्ने विचार प्रष्टसँग राखेका छन् । भुटानी शरणार्थी होइनन् शीर्षकमा उनले भुटानीहरू नेपालबाट ससम्मान झिकाएर लगिएको र अहिले मानवीय दुव्र्यवहार गर्दै लखेटन नहुने विचार प्रष्टसँग राखेका छन् । इतिहासको मितिसम्म उल्लेख गरिएको यो लेखमा लेखिका शुशीला मानन्धर फिसरले भुटानी शरणार्थीको बारेमा लेखेको पुस्तकको चर्चा गरेका छन् । त्यस्तै भेषबहादुर थापाले भुटानी शरणार्थी समस्याको नेतृत्व लिई थिम्पु गएको प्रसङ्गलाई राष्ट्रियतामाथि लागेको अपमानको प्रश्न चिन्ह खडा गरेका छन् । बाइसवर्ष पछि सयपत्री फक्रिदामा दिल्लीमा उपचारको क्रममा नेपाली कलाकारले दिल्लीको कमानी अडिटोरियममा प्रस्तुत गरेको कलाकारिताबारे प्रशंसा गरेका छन् । एउटा साहित्यकारको हृदयलाई कलाको भाव र अनुभुतिले कसरी ढाक्दछ र राष्ट्रियताका भावानुभुतिका छालहरू कति हृदयस्पर्शी हुन्छन् भन्ने कुरा हृदय खोलेर देखाएका छन् । राष्ट्रियताले पोलेको हृदयले बोलेका छुरा जस्ता कुराले पाठकको हृदय घोचिरहन्छ । दसैको शुभकामनाको नयाँ अनुरोध शीर्षकमा माओवादीले आफूलाई जनयुद्धमा होमेकोे र त्यसबाट समाजमा घटेको विभिन्न हृदयविदारक दृश्यहरू उपस्थित गराएका छन् । त्यसबेलाको शाही घोषणाले देशको राजनीतिमा प्रतिकुल असर पारेको कुरा र जनताहरूको पीडा आफ्नो कलमले उजगार गरेको कुरा व्यक्त गरेका छन् । कठै ती दिन गैगएमा उनले आफ्ना पुराना रमाइला दिनहरूको संस्मरण गरेका छन् । त्यो बेलाको गाउँघरको रहनसहन आत्मीय भावहरू कसरी प्रकट हुन्थे भन्ने देखाएका छन् । बढ्दो शहरीकरण र समाजमा देखिएको विसँगतिपूर्ण व्यवहारले उनी फतक्क गलेका देखिन्छन् । ती दिनका कष्टपूर्ण क्षणहरूपनि कति रमाइला र रोमाञ्चक थिए भन्ने कुरा आफ्नो स्मृतिको क्यानभासमा कलात्मक पाराले भरेका छन् ।

उदासयात्राको रमाइलो समाप्तिमा राजनीति जोडघटाउले एउटा स्वामिमानी लेखक विरक्तिएर लामो यात्रामा हिडेको यथार्थ छ । यसमा काठमाडौदेखि कुतिको यात्रामा भएका घटना र ठाउँविशेषको विशेषताहरू व्याख्या गरिएका छन् । यात्रा सस्मरणझँै सलल बग्ने यो लेखमा ठाउठाउँमा राष्ट्रियताले लेखकलाई पछ्याइरहेको पाइन्छ । कुती खासाको यात्रा सँगसँगै ठाउँठाउँमा भेटिने यात्राका साथी र घटनाहरूको वृतान्त सलल खोला बगेझैँ बगेका छन् । कस्तो थाहै नपाइँदो रहेछ मा लेखकले आफ्नै गाउँठाउँमा माओवादीले जनवादी रेडियो कार्यक्रम संचालन गरेको कुरा थाहा पाउँदा अचम्म मानेका छन् । लेखक र नेतामा रुमाल्लिएको परिचयमा लेखकले देशको पूर्वीक्षेत्रमा यात्रा गर्दा आफ्नो परिचय लेखक र नेतामा दुवैमा भएको प्रसङ्ग सस्मरणको रूपमा व्यक्त गरेका छन् । जलवायु परिवर्तनले मालदिप्स र नेपाललाई धेरै असर पारेको छ । मालदिप्सको सानो टापुमा अवस्थित देशको धेरैजसो भाग पानीमा डुबिसकेको छ भने नेपालको हिउँ नै हिउँले ढाकेको हिमाल नाङगै भइसकेको छ । लेखकले यस लेखमा आफू खेलकुद मन्त्री भएको बखत मालदिप्समा खेलाडीहरू लिएर गएको प्रसङ्ग राखेका छन् । देशको प्रतिनिधित्वरूपमा गएको भएपनि आफूले नजानेका कुरा र नसकेका कुरा सस्मरणको रूपमा जस्ताका तस्तै राखेका छन् । उनी एकठाउमा भन्छन् – शिक्षा मन्त्रालयमा नै अङ्ग्रेजी शब्दको सङ्क्षेपीकरणले मेरो सातो लिएको थियो । ओलम्पियालीले त मेरो मनमा भुइचालै ल्याइदिए । नढाँटी भन्नु पर्छ मैले व्यान्डोज पुग्नुअघि मैले त्यस्ता शब्द कतै सुनेकै थिइनँ । एकछिन मेरै अङ्ग्रेजी ज्ञानप्रति अविश्वास जाग्यो मभित्र, सोधौ खेलकूद मन्त्री नसोधौ लाटाले पापा हेरे जस्तो हुने । यस लेखमा मालदिप्सबारे धेरै कुरा थाहा पाउन सकिन्छ । पढ्दा रोचकलाग्ने यो लेखमा यात्रा संस्मरणसँगै रोचक जानकारीहरू छन् ।

खाटा उक्किएको मनको घाउ यो पुस्तकको. अन्तिम लेख हो । यो लेखमा लेखकले आफ्नो हृदयमा लागेका घाउ सविस्तार व्याख्या गरी यसका पीडाहरूलाई पत्रैपत्र गरी उक्काएका छन् । यो लेख पढ्दा एउटा स्वाभिमानी देशभक्तको हृदयपनि लेखकसँगै दुखिरहन्छ । जसले आफ्नो जीवन राष्ट्र«, पार्टी र जनतामा सुम्पिएर आफू रित्तो भएको छ उसलाई सरकारले गरेको सहयोगको केही रकमलाई भष्ट्राचार गरेको भनी अपब्याख्या गर्नुलाई मार्मिक पाराले आफ्नो वेदना पोखेका छन् । यहाँ लाखौ करोडौको भ्रष्टाचार हुन्छ । जुन कुराप्रति सरकार उदासिन हुन्छ तर एउटा राष्ट्रसेवकले केही रकम उपचारको लागि सुविधा लिदा विभिन्न प्रपोगण्डा मच्चाइन्छ । यस लेखमा लेखकले यिनै कुरा राखेका छन् । लेखकलाई ब्रेन ट्युमर जस्तो खर्चालु र खतरनाक विमार लागेपछिका घटनाहरू यहाँ सविस्तार व्याख्या गरिएका छन् । रोगको निदानका लागि गरिएका प्रयास र तनावका घटानाहरूलाई लेखकले एकएक वटा पीडाको पत्रबनाई उप्काउँछन् । लेखकले आफूसँग पाठकलाई पिडीत बनाउन पुग्छन् । यति ठूलो रोग लागेको बेला सरकारले उपचार खर्चको रूपमा दिएको छ लाख साठी हजार रूपैयालाई भष्ट्राचारको रूपमा प्रयोगण्डा मच्याउदा लेखक विमारले भन्दा नेपाली अव्यवस्थित र गैर जिम्मेवारी सस्कारले अझ बढी विमार भएको मामिर्क लेखनले पाठकलाई नै विमारी बनाउन पुग्छन् । यो लेखमा नेपाली सरकारी प्रवृत्ति र उपचारका विभिन्न घटनासँग पाठक साक्षात्कार हुन पाउँदा रोमाञ्चक र मार्मिक भावका कुहिराले पाठकलाई ढाकिरहन्छ ।

२) राजनैतिक विचारधाराबाट अभिप्रेरित भावव्यक्ति र कम्युनिष्ट आन्दोलनको इतिहास बोकेका सस्मरणहरू –लेखक प्रदीप नेपाल जीवनको महत्वपूर्ण समय कम्युनिष्ट आन्दोलनमा होमेका छन् । त्यसैले पनि यस पुस्तकका धेरै जसो स्तम्भहरूमा उनले माक्र्सवादी चिन्तनलाई कसरी चिने अनि पार्टी, देश र जनताप्रति गरिएको निष्ठा, त्याग, बलिदानका प्रसङ्गहरूको चर्चा गरेका छन् । धेरैजसो स्तम्भहरू विस्मृतको गर्तमा भासिएका कम्युनिष्ट आन्दोलनका ऐतिहासिक प्रसङ्गहरू उल्लेख गरिएका छन् । राणाकालीन शासनले पोषित सामन्ती संस्कारका विरुद्ध उठेका आवाज र तिनलाई दबाउन गरिएका निर्मम अपराधिक घटनाहरू यहाँ उत्खनन गरिएका छन् । यस्तै तीतो सत्यका घटनाहरू जुन इतिहासमा नकोरिएका तथ्यहरू उल्लेख गरेका छन् । कम्युनिष्ट, आन्दोलनको इतिहासले लेख्न नसकेकोमा लेखक यहाँ आफ्नो पार्टीको कमीकमजोरीहरू सर्जन डाक्टरले चिरफार गरेर देखाएझै देखाएका छन् । कम्युनिष्ट पार्टीभित्र भएको विसँगति र विकृतिले माओवादी विचारधारालाई सहयोग गरेको कुरा गरेका छन् । कम्युनिसट आन्दोलनताका आफ्नो हृदयमा अविस्मरणीय बनाई कारेका तीतो सत्य हो – माओवादी युद्धमा थैले खत्रीको सम्झना । थैलो खत्री पंचायतीकालमा सामन्त विरुद्ध आवाज र हतियार उठाउने वीर योद्धाको नाम हो । ऊ आफू कम्युनिस्ट भएको र सामन्त विरुद्ध हतियार उठाएको कुरा गर्दथ्यो । जसले गर्दा ऊ प्रशासनको आँखाको कसिगर भयो । निर्मम यातना दिइ उसलाई मारिएको थियो । यस्ता कतिपय वीर योद्धाको जीवन गाथा इतिहासमा नकोरिई भेटिएका होलान् । यदि लेखकले जेलमा एकजना भोजपुरको कैदीबाट यी सबकुरा थाहा नपाएको भए थैले खत्रीको इतिहास भोजपुरको पिखुवा खोलामा पानी सँगै बगेर जान्थ्यो होला । तर लेखकले बाल्यकालमा थैले खत्रीलाई देखेको र बुवाआमाबाट चर्चा सुनेको र कैदीबाट पनि थाहा पाएपछि वीर सहिद थैले खत्रीलाई जसलाई नरबहादुर खत्री पनि भनिन्थ्यो उनको जीवनीलाई अमर बनाएका छन् । आज थैले खत्री जस्तै धेरै वीर सपूतले आफ्नो ज्यानको बाजी लगाएर सामान्तीको विरुद्ध आवाज उठाएको हुनाले नै देशमा लोकतन्त्र आएको छ । थैले खत्री शारीरिक रूपले मात्र वीर नभई बौद्धिक रूपले पनि उनका विचारहरू महान थिए । भन्ने कुरा लेखकले लेखेका यी गद्यासबाट थाहा पाउन सकिन्छ –

मेरो पिताजी भन्नुहुन्थ्यो– “ज्याद्रो थियो थैले गाउँबाट जिम्दार जति सबैलाई उठी बास लायो । राजै गरेको थियो तेवारी भन्ज्याङउता पुलिसलाई त ढिमिकनै दिदैनथ्यो । सेनाले पनि लडाई जित्न सकेन । आखिरमा सरकारले उसकै सासूलाई किनेर झुक्याएर पक्राउ ग¥यो । साह्रै सज्जन थियो त्यो । कम्युनिस्ट पार्टीको मान्छे हुँ बाजे म, सजिलै ढल्दिनँ भन्थ्यो । जेलको हल्दारले दुइटा ढुङ्गा टाँड पार्न लाएर, पाखुरामा बुटले हानेर हात ठनक्कै भाचिदिदा पनि त्यसले ऐया भन्न मानेन । हामीले मलमपट्टी गरायौ । हवल्दारलाई कारवाही गर्ने कुरो पनि चलेको थियो , तर थैलेले प्रतिशोधको झिल्को पनि देखाएन । फराकिलो छाती भएको मान्छे थियो त्यो । आफूलाई पक्राउनेलाई पनि सराप्न मान्दैनथ्यो । गरिब मान्छेले कुरा बुझेन भने यस्तै हुन्छ, ठालुहरूले हाम्रो समाजलाई चुसेर जर्जर बनाएको छन् भन्थ्यो । मेरो लडाई सामन्तसँग हो, तिनको बहकाउमा परेका गरिबसँग होइन भन्थ्यो ।”

यस स्तम्भमा लेखक थैले खत्रीको वीरगाथा सँगै माओवादीको जनयुद्धप्रति असहमति प्रकट गर्छन् । उनी माओवादीले माक्र्सवादको चर्को भाषण गरेर अमाक्र्सवादी भएको चर्चा गर्छन् । मान्छे मारेर विचार मर्दैन भन्ने उनको भनाई रहेको छ । उनी अन्त्यमा आफ्नो विचार यसरी राख्छन्– “अहिलेका माओवादी पार्टीका महान नेता भन्दा हाम्रो गाउँको थैले खत्री मै विचारको शुद्धता थियो, क्षमाको फराकिलो छाती थियो । आफ्नो हात ठनक्कै भाँिचिदिने हल्दालाई धनीकन छोरा रहेछौ भने रमाउला, गरिबको छोरा रहेछौ भने पछुताउला भन्दै प्रतिशोधको सानो सङ्केतसम्म नदेखाउने थैले खत्रीका अघिल्तिर अहिलेको सिङ्गो माओवादी जनयुद्धको कमान्डरहरू जनताका सन्दर्भमा अर्थहीन एवम् प्रयोजनहीन देखिन पुग्छन् ।” त्यस्तै वीरगाथाले भरिएको शक्तिशाली स्तम्भ रहेको छ– नबिर्सने सम्झनाहरू । यस स्तम्भमा लेखकले आफू कम्युनिस्ट आन्दोलनताका पूर्वमा गरेका गतिविधिहरूलाई कलात्मक ढङ्गले उनेका छन् । प्रत्येक घटनालाई विचारसहित क्रमबद्ध रूपमा फूललाई उनेर माला बनाएझँै बनाएका छन् । अन्त्य त्यो पवित्र संस्मरणात्मकरूपी मालालाई निरकुश सत्ताबाट निर्ममतापूर्वक हत्या गरिएका कम्युनिस्ट आन्दोलनका महान योद्धा इलामका सहिद रत्नकुमार वान्तवाप्रति सहृदय श्रद्धाले समर्पित गरेका छन् । थैले खत्री झै देशभक्त रत्नकुमार कम्युनिस्ट आन्दोलनताका प्रशासनबाट मारिएका थिए । जसको मृत्युलाई पार्टीले नै धेरै गम्भीरतापूर्वक लिएको थियो । साँच्चै भाषा र सँस्कृतिका नै दरिलो खम्बा थिए रत्नकुमार वान्तवा । त्यस्तै उनको मातृभाषप्रति प्रेम, समाजप्रति स्नेह र महान् जीवन दर्शन बोकेका व्यक्ति थिए । अन्त्यमा उनी रत्नकुमार वान्तवाप्रति यी श्रद्धासुमन चढाउछन्– “रत्नकुमार वान्तवाले इमाङमा आफ्नो शरीर त्याग्नुप¥यो । देउमाईको शिरले उहाँकोे जन्म देख्यो, देउमाईकै पुछारले उहाँको निधन भोग्यो । निरङ्कुशतन्त्रका गोलीहरूले उहाँलाई त्यहीँ लडाए । वान्तवाको अपमान होस् भनी पञ्चायती शासकहरूले स्यालले खोस्रिएर उहाँको लासलाई छताछुल्ल पार्न सकोस् भनेर सिहंबाहिनीमा लगेर गाडेजस्तो गरेका थिए । त्यतिबेला इलाम बजारमा सङ्गठित नौजवान स्याहारेको थियो र राता फूलका गुच्छाहरूले श्रद्धाञ्जली दिएको थियो । त्यतिबेला शासक वर्गका लागि श्रद्धाञ्जली पनि वर्जित भैदियो । दमन भयो, तर सङ्घर्षशील चेतनामा उनिएका युवाहरूले त्यो दमनलाई चिरे । दमन र प्रतिशोध सँगसँगै राष्ट्रव्यापी आन्दोलन चर्कियो । क्षणलाई क्रमबद्ध रूपमा रोमाञ्चक ढङ्गले प्रस्तुत गरेका छन् । राजनैतिक इतिहासमा झापाको कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण रूपमा हेरिन्छ । कम्युनिस्ट आन्दोलनताका झापामा भएका हत्या पक्राउ र कठोर यातनाले आन्दोलनलाई अझ चर्को बनाएको थियो । लेखकले झापाको आन्दोलनमा एउटा कर्तव्यनिस्ट जुझारु र अनुशासित भएर आन्दोलनको भूमिका गहनरूपमा पूरा गरेको सस्मरण पञ्चघाटको श्रद्धाञ्जली स्तम्भमा पोखरेका छन् । त्यसताका निरकुश पंचायती शासनले सुखानी जङ्जगमा वीर सहिदहरू सोमनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई निर्ममतापूर्वक हत्या गरेको प्रसङ्ग उठाएका छन् । सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै लेखकले आफू अत्यन्त भावुक भएको भावहरू पोखेका छन् । पुस्तकका अधिकांश स्तम्भमा लेखकका राजनैतिक संस्मरणहरू यत्रतत्र छरिएको पाउँछौ । राजनीतिमा भूमिगत भएर गरिएका साहसिला कामहरू, अविस्मरणीय क्षणहरू ऐतिहासिक दस्तावेज भएर लेखकको हृदयमा मात्र बाँचेका छैनन् पाठकको मस्तिकभरि छाउन सफल भएका छन् लेखक । त्यस्तै राजनीतिमा लाग्दा भूमिगत रूपमा काम गर्दा आफूसँग अत्यन्त निकट भएका मित्र वासु शाक्यको जीवनकथालाई उनले दुःखैदुःख को उपन्यास–वासुशाक्यमा जीवित बनाएका छन् । जीवन युद्ध हो । यहाँ हार र जीत भइरहन्छ । जीवन जीत्नेको मात्र होइन हार्नेको पनि हो भनेर कुनै दार्शनिकले भनेका छन् । त्यस्तै जीवनको युद्ध हार्ने व्यक्तिको नाम हो –वासु शाक्य । कम्युनिष्ट आन्दोलनमा लागेर लामो समयसम्म भूमिगत भएका मित्र वासु शाक्यलाई उनको स्वाभाव अनुसार भूमिगत राख्न नसक्दा विभिन्न उपाय गरेर बचाए पछि पार्टी छाडेर माओवादीमा लागेपछि जीवनप्रति निराशभई मृत्युको मुखमा पुग्ने मित्रको कथालाई सविस्तर व्याख्या गरेका छन् लेखकले यस स्तम्भमा । आर्यघाटमा पु¥याएको मित्र वासु शाक्यको संस्मरणबाट शुरु भएको यस स्तम्भमा लेखक चालीस वर्ष अघिको संस्मरणलाई कलात्मक ढङ्गले उघार्न सफल भएका छन् । त्यस्तै अर्को सहिदप्रति समर्पित स्तम्भ छ — हरि नेपाललाई सम्झिदा । पार्टीले खटाएको काम गर्न संखुवासमा जाँदा निरकुश प्रशासनले हत्या गरेको क्रान्तिकारी योद्धा हरि नेपालको सहादतलाई उल्लेख गरेका छन् । यस स्तम्भमा निरकुश निर्दलीय विरुद्ध कसरी युवाहरू आक्रोसित भए र कसरी पंचायत ढल्यो भन्ने कुरा पनि लेखकले निर्धक्क आफ्नो अनुभव र विचारसहित यसरी पस्केका छन्– हामीलाई क्रान्तिमा होम्ने विषयहरूमा माक्र्सवादी चेतनाको गहिराइभन्दा पनि परिस्थिति जन्य कारणहरू नै बढी हुन्थे । सानो कुरामा प्रशासनको मारमा पर्नु, पुलिसले लगातार दुःख दिइरहनुजस्ता कारणहरूले हामीलाई विद्यमान सत्ताप्रति कठोर बनाउँदै जान्थे । पञ्चायतमा अलिकति मात्रै लचिलोपना, उदारता र जनतालाई सम्मान गर्ने गुण भएको भए सायद पञ्चायत त्यति चाँडै र त्यति अपमानजनक ढङ्गले घरायसी हुने थिएन होला । पञ्चायती व्यवस्था समाप्त हुनुमा पञ्चायती सत्ताभित्रका भुरेटाकुरे राजाहरूको सामन्ती राजनितिक उत्पीडन र उनीहरूबाट खुलैरूपमा हुने भष्टाचार, भ्रष्ट कर्मचारीहरूको अयोग्य प्रशासन तथा मानवीयताबाटै च्युत भएको प्रहरी चेतनापूर्ण रूपले जिम्मेवार थियो । लेखक अन्त्यमा सहिद हरि नेपाल प्रति यसरी श्रद्धाञ्जली अर्पण गर्दछन्– सहित्यमा सहिद भएर बाँचिरहन भएका कमरेड हरि नेपाललाई आउने पिँढीले पढोस् र उहाँको सादा जीवन उच्च विचारको जीवनवादी मान्यतालाई आफूमा लागु गरोस् । जसले राजनीतिको प्रतिदान मागेन— तीत्तो सत्यको यथार्थ उद्वोधन हो । नेपाली कम्युनिस्ट पार्टीलाई लागेको धमिरामात्र नभई काङ्ग्रेस पार्टीमा भएका विसँगतिहरूलाई यिनले यहाँ उदाहरणसहित स्पष्ट पारेका छन् । काङ्ग्रेस पार्टीकै एकजना निष्ठावान, कर्मठ र जुझारु कार्यकर्ता अझ भनू ठूलै नेता प्रजातन्त्र आएपछि आफ्नै पार्टीबाट वेवास्ता गरी लत्याइएको मार्मिक कथा छ । कृष्णप्रसाद भट्टराईले समेत ठूलै नेता भनी सम्मान गरिएका हरिप्रसाद नेपाललाई काङ्ग्रेस सरकारमा हुँदा कुनै सम्मानीय पद नदिनु कुनेै सुविधा नदिनुलाई लेखकले यहाँ घटनाक्रम मिलाएर व्याख्या गरेका छन् । त्यस्तै अर्को शक्तिशाली संस्मरणको स्तम्भ छ– मित्रको नाममा दुइ थोपा आँसु । यो स्तम्भ राजनीति आन्दोलनमा नभएँ जीवनको आन्दोलनमा विजयी हुने योद्धाको जीवनकथा । विस. २०४६ सालमा देशमा बहुदलसँग आएको कर्मचारीतन्त्रको कथा हो यो । कर्मचारी कुन पार्टीको भन्ने लालमोहर लाग्न थाल्यो बहुदल व्यवस्थामा । यस्तै विसँगतिग्रस्त राजनीतिले एउटा कुशल कर्मचारीलाई मृत्युको मुखमा पु¥याएको मार्मिक कथाको उद्वोधन हो यो स्तम्भ । धेरैअघि सचिव पदमा बढुवा हुनुपर्ने व्यक्ति प्रशासनिक विकृति र विसगतिले हुनसक्दा जीवन मृत्युको मुखमा पुग्दासम्म इच्छाको घिटघिटो लिएर बाँचेका लेखकका मित्र नारायण भट्टराईको कारुणीक कथा हो यो । लेखकले धरै प्रयास गर्दा पनि सचिव पदमा वढुवा गराउन नसक्दा आत्माग्लानीले गलेको कुरा लेखक यहाँ कलात्मकरूपले प्रस्तुत गर्दछन् । जीवनको धिपधिपे चाडै निम्दैछ भन्ने थाहा पाउँदापाउँदै पनि विधावारिधि गरेपछि सचिव पदमा वढुवा हुन सकिन्छ भन्ने झिनो आशाले बाँचेका नारायण भट्टराईलाई सरकारले अन्तिम अवस्थासम्म बढुवा नगर्दाको क्षणलाई मार्मिक ढङ्गले व्याख्या गरेका छन् ।


३) विशिष्ट साहित्यिक व्यक्तित्वहरू द्धारा प्रभावित भावव्यत्तिहरूः–
लेखकको जीवनको आधा पाटो राजनैतिक दिनचर्या, घटना, प्रसङ्ग र साहसिक कार्यले छोपिएको छ भने आधा पाटो साहित्यिक कार्य, उत्पेरणा, भेटघाट प्रसङ्ग, भाव र चेतनाबाट प्रभावित छ । सानैदेखि लेखकको साहित्यप्रति प्रगाढ आत्मीयता रहेको हुनाले उनी विशिष्ट साहित्यकारहरूको व्यक्तित्वबाट पनि उत्तिकै प्रभावित भएको कुरा उल्लेख गरेका छन् । उनले आफ्नो जीवनमा निकै निकटता पाएका साहित्यिक व्यक्तित्वहरूमा रमेश वकिल, बालकृष्ण पोखरेल धनुषचन्द्र गौतम, अम्वर गुरुङ आदि छन् । नेपाली साहित्यको इतिहासमा रमेश विकलको योगदान अवर्णनीय छ । राष्ट्र«कै गौरव, प्रसिद्ध साहित्यकारको कृतिको चर्चा गर्दै लेखकले युगजीवी कथाकारको नाम रमेश विकल हो भनेका छन् । उनले तिनै रमेश विकलसँगको भेटघाट र सत्सङलाई स–सम्मान स्वरूप शब्दमा उनेका छन् । त्यस्तै उनी पारिजात दिदी, शंकरलामिछाने भूपी शेरचनसँग पनि साक्षात्कार भएको कुरा उल्लेख गरेका छन्— युगजीवी कथाकारको नाम– रमेश विकलमा । त्यस्तै अर्का महान् भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेलको नेपाली भाषाप्रतिको त्याग र उपलब्धिको चर्चा गरेका छन्– बालकृष्ण पोखरेल भौतिकवादी पुराणवाचकमा भाषाशास्त्री बालकृष्ण पोखरेल नेपाली भाषाका गहन अध्येता मात्र नभई प्रणेता पनि हुन् भन्ने द्रष्टान्त राखेका छन् । उनले लामो समयसम्म गुप्तवास बसी गहन अध्ययन गरी तयार गरेका कृति पाच सय वर्ष र खस जातिको इतिहासलाई नेपाली भाषा इतिहासमा ठूलो उपलब्धि मान्नु पर्छ । नेपाली भाषाका भाषिकालाई विभिन्न भाषाशास्त्री विद्धानले आ–आफ्नो तार्तिक तथ्य प्रस्तुत गरे पनि भाषाशास्त्री बालकृष्ण पोखरेलको वर्गीकरणलाई विश्वविद्यालयले मान्यता दिनुलाई नै उहाँले नेपाली भाषामा दिएको योगदानको मूल्याकन हो भन्न सकिन्छ । लेखकले भाषाशास्त्री बालकृष्ण पोखरेलको केके मनुच्यको नामले साहित्य पढेको भएता पनि भाषाविद्को व्यक्तित्वले थिचेको अनुभव व्यक्त गरेका छन् । पाइला छोडेर अस्ताएको घाम मा लेखकले साहित्यकार धनुषचन्द गौतमबाट आफू प्रभावित भएको कुरा उल्लेख गरेका छन् । साहित्यकार धनुषचन्द गौतमको घामका पाइलाहरू र यहाँ देखि त्यहाँसम्मको सस्मरणले लेखिकलाई तानेर उनलाई भेटने तीव्र इच्छा भएको भावव्यक्त गरेका छन् । कलात्मकता र घटनाक्रम निकै कम भएको यो स्तम्भ पाठकलाई सामान्य लाग्न सक्छ । नेपाली कलासाहित्य र सगीत क्षेत्रमा दाजिलिङ्गका प्रवासी नेपालीहरूको पुनरागमनले विशिष्ट स्थान आंगटेको छ । त्यस्तै संगीतकार अम्बर गुरुङ नेपाली सांगितीक क्षेत्रमा एउटा सम्माजनक नाम हो । तीनै संगीतकारले साहित्य लेखनमा पनि आफूलाई अव्वल दर्जामा दर्ता गराउन सफल भएका छन् पुस्तक– कहाँ गए ती दिनहरूमा । लेखक वरिष्ठ संगीतकार र साहित्यकारबाट आफू अत्यन्त प्रभावित भएर उहाँप्रति स–सम्मान केही शब्द सुमन पोखेका छन् ।


४ं)जीवन दर्शन र नास्तिक विचारधाराले जीवनमा पारेका प्रभावका केही उल्लेखनीय प्रसङ्गहरू– पाइला छोडेर अस्ताएको घामको अन्तिम पदक्रम भनौ चौथो पदक्रममा घामले पाइला छोडिसकेको सन्ध्याकालीन अवस्था छ । जति दिनको महत्व हुन्छ । उति रातको पनि महत्व हुन्छ । तर त्यो अँध्यारो पक्षको महत्व जहिले पनि ओझलमा परेको हुन्छ । रात नभई दिन कहिले हुदैन । त्यस्तै जीवनदर्शन बोकेर बाँचेको छ यो स्तम्भ । लेखकले सत्यलाई आफ्नो जीवनको संस्मरणसँगै सर्वे भवन्तु खिन मा प्रस्टाएका छन् । भने नास्तिकवादी धारणालाई आस्तिकवादी घटनाहरूले कसरी प्रभाव पार्छन् भन्ने कुरा देखाइएको छ— ज्योतिष ज्ञानको वैज्ञानिक खोजमा वाल्यकालीन संस्मरणसगै ज्योतिष विज्ञानले आफ्नो भविष्यवाणि गरेका केही कुरा सावित भएको र केही कुरा असावित भएको तथ्यसहित प्रसङ्ग व्यक्त गरेका छन् । कुनै वैज्ञानिक आधार नभए पनि हाम्रो समाजले ज्योतिष विज्ञानलाई नकार्न सकेको छैन । हामी यिनै नास्तिकतावाद र अस्तिकतावादकोे वरिपरि पृथ्वीले दिन र रात बनाएर घुमेझै घुमिरहेको छौँ । लेखकले यसरी आफ्नो जीवनको महत्वपूर्ण घटना सँगै जीवनदर्शन व्यक्त गरेका छन् ।

निष्कर्षः–
पाइला छोडेर अस्ताएको घाम अस्ताउन लागेको घामले छोडेका रापिला किरणझैँ लाग्छन् । राजनैतिक चेतनाले भरिएको, जीवनको भोगाइले खरिएको, हृदयको गहिराइदेखि लेखिएको यो कृति नेपाली साहित्यिक क्षेत्रमा मात्र नभई राजनैतिक क्षेत्रको लागि पनि उत्कृष्ट पुस्तक ठहरिएको छ । छोटा तर धारिला वाक्य लेखकको आफ्नै लेखन शैलीले पाठकलाई तानिरहन्छ । त्यस्तै उत्कृष्ट र कलात्मक अभिव्यक्तिले साहित्यिक रस्वास्दनमा पाठकलाई डुबुल्किलगाइ रहन सक्नु यस कृतिको वैशिष्टता मान्नुपर्दछ । वाक्यपिच्छे आत्मस्वीकृति प्रकट गर्दै विश्वासको अग्लो पहाडमा लगेर पाठकलाई उभ्याएर सत्य र तथ्य घटनालाई साक्षात्कार गराउन सक्नु निबन्धकार प्रदीप नेपालको प्रमुख विशेषता मान्नुपर्दछ । राष्ट्रियस्तरमा एउटा विशिष्ट स्थान बनाइसकेको राजनैतिक क्षेत्रको व्यक्तिले कसरी जीवन र जगतसँग सङ्घर्ष गर्दै सफलता हासिल गर्दछ भन्ने कुराको ऐतिहासिक दस्तावेज हो यो कृति । साहित्यिक लेखनले पनि उच्चता हासिल गरेको यो कृति नेपाली साहित्य क्षेत्रमा मानक कृति ठहरिएको छ । उत्तमशान्ति पुरस्कारद्धारा पुरस्कृत यो कृति नेपाली साहित्यमा अत्यन्त पठनीय र सग्रहणीय छ ।
सन्दर्भ सामाग्री
डा. गोविन्दराज भट्टराइ – कार्यपत्र एक्काइसौँ शताब्दीको विश्वसाहित्यका परिप्रेक्ष्यमा नेपाली साहित्यको गन्तव्य – एक सिंहावलोकन
प्रदीप नेपालका प्रकाशित सम्पूर्ण कृतिहरु
कोइराला वीपी – जेल जर्नल

June 12, 2010

उत्तरआधुनिकताको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू– देशमा ठूलो जनक्रान्ति भयो । सामन्तीसंस्कारको ठूलो पर्खाल ढल्यो । समयले खोजेको कुरा भयो । राणाकालीन निरंकुश शासनले पालनपोषण गरेको सामन्तीसंस्कार पंचायती व्यवस्थामा अझ हलहल बढ्दै गएको थियो । बहुदल व्यवस्था आएपनि निरंकुश राजतन्त्रले यस संस्कारलाई अझ बुई चढाएर हिँड्यो । देशमा दलित, नारी, जनजाति पिडीत र शोषित अवस्थामा नै रहे । माओवादीले युद्धक्रान्तिद्वारा सामन्तीसंस्कारको विरुद्ध नारा लगायो । नारा ठीक थियो तर तरीका गलत थियो । किनभने हतियारले हतियार जन्माउँछ । विचारले विचार जन्माउँछ । यहाँ विचारको क्रान्ति हुनुपर्दथ्यो जसले स्थायित्व र युगीन चेतनाको प्रवाह गर्न सक्थ्यो । यद्धपि युद्धक्रान्तिद्वारा माओवादीले देशमा चाँडै नै ठूलो राजनैतिक र सामाजिक परिवर्तन गर्न सफल भयो । तर विचारको क्रान्ति अपरिहार्य छ । देशमा आएको यत्रो राजनैतिक क्रान्तिको असर सम्पूर्ण तह र तप्काका मस्तिष्कमा पसिसकेको छ । आज चारैतिर अन्याय र अत्याचारको विरुद्ध आवाज उठिरहेको छ । यो समयको माग हो । समयको चेतना हो । समयको सङ्क्रमण हो । सत्य सधै छोपिरहन सकिँदैन । ब्राद्माणवाद, सामन्तवादको आवाज देशभित्रबाट मात्र हैन देशबाहिरबाट नै बारम्बार उठेका प्रश्नहरू हुन् । आज कतिपय प्रश्नहरू अनुत्तरित छन् । यस्तै प्रश्नका ठेलीमा छोपिएको एउटा पात्रको सत्य कथा मस“ग छ ।

उक्त पात्रको कथा यसरी उद्बोधन हुन्छ–एक्काइसौँ शताब्दीमा गुज्रिरहेको युग, उत्तरआधुनिक कालको युग, विश्वले अनेकौँ प्रगतिको फड्को मारेको युग हामी अनुभूतिका ठेली बोक्नेहरू नै खाली हात हिँड्छौँ भने नबोक्नेहरूबाट के आशा गर्नु ? त्यसैले कथाकार अनामिकाज्यू मैले मेरो सत्यलाई मभित्र मात्र सीमित नराखी सबैको अगाडि परावर्तित गर्ने आँट गरेँ। किनभने यो समयको माग पनि हो । अहिले त्यहीँ सत्यका बीउ मेरो स्मृति बिम्बबाट एकाकार भई साहित्यका खेतीमा हलहल हुर्दै हुर्कदै गएका छन् । कृपया यो मेरो कथा सार्वजनिक गरिदिनु होला ।
मैले काम गर्ने एनजीओ जहाँ अनाथ बालबच्चाहरूलाई हुर्काइन्छ र पढाइन्छ तर अनाथ मानसिकता बोकेकाहरूले हाँकेको समुदैी जहाज । सामन्तीसोचमा हुर्केको मेरो संस्थामा मैले एउटा अपराधिक कार्य गर्न पुगेँ । त्यो थियो बालपुस्तकको विमोचन कार्यक्रम । उनीहरूको कार्यक्रमको रासायनिक पदार्थसग घुममिल हुनसक्ने कार्यक्रम कसरी अपराधिक भयो भन्ने कुराको निक्योलपछि मात्र मलाई भयो । आफ्नो डम्फुमात्र सर्वेसर्वा, उत्कृष्ट र अलौकिक ठान्ने त्यस संस्थाका डम्फुवाललाई मेरो डम्फुले धेरै परसम्म हुत्याइदिन्छ भन्ने डर थियो क्यारे । तर मेरो स्वच्छ र निष्पक्ष दृष्टिले यो सब देख्न सकेन । त्यसैले मैले मेरो यो कार्यलाई जीवनमा गरिएको सबैभन्दा ठूलो अपराधिक कार्य हुन पुग्यो ।

उनीहरूको कार्यक्रमा मेरो बालपुस्तक विमोचन गोरुको मुखमा लगाइएको मखुण्डोसरह भयो । मेरो पुस्तक विमोचन कार्यक्रम सङ्मणकालमा शाही सरकारले निर्दोष जनतालाई गोली, नेली, र जेली ठोकेर दमनयुक्त जाँतोमा पिल्साएर अधमरो पारेझैँ भयो । मेरो लेखकीयता अस्तिŒववोधको पीडाले इराकमा नेपाली जनतालाई अपहरणकारीले विभत्स हत्या गरि तडपाईतडपाई मारेझैँ भयो । तर मेरो लेखकीय अन्यायमा न कुनै जुलुस भयो न कुनै नारा न कुनै समर्थन भयो । मेरो लेखकीय भावाना मभित्र आक्रोश, पश्चाताप र प्रतिसोधका नारा जुलुस लिएर उफ्रियो म आफूसँगै । त्यसले मलाई ठूलो व्यक्तिगत क्षति ग¥यो । महिनौ दिनसम्म आगोमा अधमरो भएर पिल्सिएझैँ पिल्सिरह्यो मेरो आत्मा । मेरो लेखकीय आत्मा सामन्ती सोचको सुत्केरी वायूले महिनौँ दिनसम्म सास फेर्न पनि गारो हुनेगरी अठ्याइरर्यो, अहरो पारिरह¥यो । पछि पत्रपत्रिकामा विमोचित पुस्तकसम्बन्धी चचा परिचर्चाले झारफुकेको काम गरेछ क्यार त्यसपछि चाहिँ सास फेर्न सजिलो भयो ।

तर कथाकार अनामिकाज्यू, लेखकीय मनोरोगले वर्षौ मलाई सताईरह्यो । सामन्तीसोचमा हुर्किएको हाम्रो समाजमा स्वाभिमानका हिमायतीहरूले सजिलै चौतारी कहाँ भेट्छन् र ? यसअघि नै मैले संस्थामा विभिन्न प्रकारको प्रशासनिक सङ्कट र अप्ठेरापक्ष झैल्दै आएकी थिएँ । कुरो थियो बहुदल व्यवस्था आइसकेको बेलाको । तर मेरो संस्थालाई पञ्चायतकालीन राजसी टाठबाठको आवरणले ढकमक्क पातलाई पूmलले ढाकेझैँ ढाकेको थियो । पञ्चायतकालीन दम्भको शिकार मेरो संस्थाका हाकिमहरू संस्थाका सर्वेसर्वा भनौँ महाराज नै हुन्थे । त्यहाँ कुनै नियमकानून थिएन । थियो त हाकिमका ब्रद्मस्त्रझैँ प्रहार हुने वचन । जसलाई काट्न कुनै अर्को हतियार बनेको हुँदैनथ्यो । नियमकानून उनको मुखमा नै हुन्थ्यो जसलाई काट्ने चराचुरुङ्गी, पशुपन्छी, रूखविरुवा कसैले हुर्मत हुदैनथ्यो । हाकिमका दुई चारवटा चमचाहरू खटिएका हुन्थे । जसका काम हाकिमका बत्तिस लक्षणको बखान गर्नु परमपिता परमेश्वर र अन्नदाताका स्तुतिगान गर्नु र त्यो स्तुतिगान अन्य कर्मचारीलाई कण्ठस्थ गराउनु हुन्थ्यो । अन्य निमुखा, लाचार, अनभिज्ञ जनताहरू तिनै तेलधसुवाहरूको षडयन्त्रभित्र चिम्लेर ज्ञानता, वास्तविकता र स्वाभिमानको सँधारमा पुग्नै सक्दैनथे । पुग्नखोज्नलाई पनि जबरजस्ती हुत्ताएर, लत्याएर, घचेट्याएर साम, दण्ड भेद, निति अपनाएर यता न उताको पारिन्थ्यो । वास्तविक नियमको अनभिज्ञतामा ती लाचार र अधमराहरू बेरोजगारको धारिलो तरवारले छिन्ला कि छिन्ला की भनी तेलधसुवाहरूको तेल धसुवायीमा मजबुर हुन्थे ।

कुरो थियो देशमा जनयुद्ध सुरु हुनुअघिको–त्यससमय मेरो गौरवशाली संस्थामा महिनौपिच्छे जस्तो भव्य पार्टी हुन्थ्यो । राजसी व्यञ्जनले भरिपूर्ण उक्त पार्टीमा जिल्लाका वरिष्ठ सरकारी गैरसरकारी कर्मचारीहरू र धेरैजसो आप्रावासी भारतीय व्यापारीहरूको ठूलै खातिरदारी हुन्थ्यो । डलरहरू मध्यरातसम्म ब्याकलेवल, र चिकनचिलीमा गीत र चुटकिला भएर बगिरहन्थे । जब देशमा जनयुद्ध छेडियो सामन्तीको खुट्टासँगै मेरो संस्थाका हाकिमहरूको खुट्टा काम्न थाल्यो । अब पार्टीहरू इतिहासका पानामा मात्रै सीमित रहे तर सामन्ती सोचको घोडा अर्कै बाटो भएर बुर्कुसी मार्न थाल्यो । अब अदृश्य भएर मेरा संस्थाका ढोगीहरू भेष बदलेर जोगी भएर योगी देखिन थाले । संस्कार उही थियो , उद्देश्य उही थियो, काम उही थियो तौर तरिका मात्र फरक थियो किनभने सामन्तीसंस्कार विरुद्धको गन्ध मेरो संस्थामा फैलिइसकेको थियो । मैले सोचेँ सायद ईश्वरको अस्तिŒव संसारमा छ । उनैले सहयोग गर्नेछन् । हजारौँ जनताको रगत खेर जाने छैन भने मेरो आत्माको शुद्धताप्रति पनि ईश्वर अनभिज्ञ छैनन् । त्यसैले विमोचित पुस्तकले राष्ट्रिय पुरस्कार प्रा मैले ईश्वरलाई प्रार्थना गरेकी थिएँ । सायद ईश्वरको आस्तिŒव यो संसारमा छ सहिदले रगत बगाएसरि आत्मास्वाभिमानको पीडाले निचोरिएर बगाएको मेरो पुस्तकको रगत पनि खेर जानेछैन त्यसैले मेरो पुस्तकले राष्ट्रिय पुरस्कार पाउनुपर्छ , होइन भने ईश्वरको अस्तिŒव संसारमा मित्था हो । मेरो इहब्रद्माको इजलासले यही फैसला ग¥यो । वास्तवमा ईश्वरको अस्तित्व संसारमा रहेछ । सहिदको रगत खेर जाँदैन भन्ने कुरा इतिहासले पनि देखाएको छ । सत्य सधैँ अमर हुन्छ । सत्यको इजलासले मेरो पुस्तकलाई न्याय ग¥यो । अनि सो पुस्तकले राष्ट्रिय पुरस्कार प्राप्त ग¥यो । पुस्तक र लेखनको महत्व नबुझेको मेरो सस्थामा ईश्वरले उज्यालो प्रकाश छर्नु भएको थियो ।

रसियामा क्रान्ति नभएको भए म्याक्सिम गार्कीले आमा लेख्दैनथे होलान् । दोस्रो विश्वयुद्धमा धेरै बालबालिका अनाथटुहुरा नभएको भए हर्मन माइनर जन्मदैनथे होलान् । तारानाथ शर्मालाई अङ्ग्रेजी पढ्न नआउदा कसैले गाली नगरेको भए उनी अङ्ग्रेजी ज्ञाता हुदैनथे होलान् । सायद मैले पनि मेरो संस्थामा लेखकीयता विरक्तता, उपेक्षा, अपमान र अपहेलना नपाएको भए साहित्यमा यति रप्तारका साथ सगरमाथाको उकालो लाग्ने थिइन् हु“ला । तल हेर्दा कहालीलाग्दो भीर उभो हेर्दा नाक ठोक्किने पहरा कति अत्यासियो होला यो जीवन कति निस्सासिए हुँला † सहाराविहीन यात्रा, हिमालको भोटे छोराझैँ अक्सिजन विनाको हिमाली यात्रा–चुचुरोमा पुगेर सफलताको झण्डा गाड्नुपर्ने चुनौतिले कति सास्ती फेरे हुँला † जीवनलाई दाउमा राखेर कति सङ्धर्षमा लागिपरे हुलाँ । तर ईश्वरको पयार्यवाची नाम भनेको सायद साधाना, सहनशीलता, र लगनशीलता रहेछ । सगरमाथा नै नभनौँ कुनै सानो चुचुरामा पुगेर मेरो सफतलाले अर्को अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरको झण्डा फरफराउन सफल भयो ।

कथाकार अनामिकाज्यू, सत्यवादितालाई असत्यवादिताले पोलेजस्तै असत्यवादितालाई सत्यवादिताले पोल्दोरहेछ । वास्तवमा साहित्यिक सफलताको जाज्वल्यमान ताज असत्यका ती सत्यवादी धर्मभीरुहरूलाई देखाउन ईश्वरले मलाई पहिराउनु भएको थियो । तर त्यो ताजको प्राज्वलीय प्रकाशले ती सत्यवादी धर्मभीरुका आँखा तिरमिराए । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको सो पुस्तकको ज्योति, जसको प्रकटले मात्र उनीहरू अन्धो हुने प्रवल सम्भावाना भएकोले होला कठै ती अनाथ बालबालिका त्यो ज्यातिको सूक्ष्म प्रकाशको आभाष पाउन पनि अभागी ठहरिए । जहाँ नारीको सम्मान हुन्छ , त्यहाँ ईश्वरको बास हुन्छ । त्यसैले नारीको सम्मान गर्ने मानसिकता नभएको मेरो संस्थामा ईश्वरको बास नभएकोले यो ज्ञान पाएनन् होलान् म भन्छु ।

देशको एउटा सानो संस्थामा सत्य यसरी निमोठिन्छ, निचोरिन्छ भने देशको विशाल भूमिमा कति यस्ता सत्य सहिद हुँदा हुन थाहा नपाई । शासनका ठेक्का लिएका, प्रशासनका ठेक्का लिएका, धर्मका ठेक्का लिएकाहरूको पदचापमुनि कति यस्ता निमुखा सत्यहरू किचिएर सार्वजनिक हुन नपाई मर्दा हुन् । त्यसैले म भन्छु देशमा अझै ठूलो क्रान्ति हुन बाँकी नै छ । धेरै उथुलपुथुल हुन बाँकी नै छ । अबका दिन कोही चूप लागेर बस्ने छैनन् । विचारको क्रान्तिको माग समयले गरिरहेछ । आत्मस्वाभिमानको पाठ सबैले पढ्नुपर्छ ।
परापूर्वकालको सतीप्रथा निर्मूल भए पनि एक्काइसौँ शताब्दीको उत्तरआधुनिक सतीप्रथा नाम दिएकी छु मैले यस प्रथालाई । सायद यो प्रथामा नारीले धेरै बोल्न हुँदैन, धेरै प्रशंसा र पुरस्कार प्राप्त गर्न हुँदैन यदि गरेमा यो किसिमको दण्ड दिइन्छ भन्ने नियम होला । मेरो ब्रद्मज्ञानले यही ठहर ग¥यो । किनभने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा संस्थाले बधाईसम्म नदिने कहाँसम्म को विडम्वना थियो ? असत्यको धमिलो वातावरणमा सत्यको दियो जतिसुकै बाल्न खोजे पनि त्यो बल्न धेरै मुश्किल पर्दोरहेछ त्यसैले म त्यहाबाट धेरै टाढा हुन रुचाएँ । आज त्यही दूरीले मलाई यो सत्यको दियो आफूले आफैलाई सात्वाना दिएकी छु किनभने सती प्रथा निर्मूल गर्ने पनि पुरुष नै थिए भनेर र यो उत्तरआधुनिक सतीप्रथा समाप्त गर्ने पनि पुरुष नै हुनेछ भनेर ।

जीवनका यस्तै घात प्रतिघातले मान्छेबाल्न सक्षम पनि बनायो । सतीप्रथाझैँ चितामा नजल्दा घोचीघोची बासले हिर्काएर मारेझैँ संस्था छोडिसकेपछि पनि पाउने सुबिधाहरू कटौति गरेर अपमानजनक पाराले स्वाभिमानको हत्या गरेर आधुनिक सतीप्रथाको संस्कारलाई सुसस्कृत र सुव्यवस्थित पार्न सफल पुरातनवादी धर्मभीरुलाई लाखौँलाखौँ धन्यवाद छ मेरो तर्फबाट । अनिलाई मान्छे बनाउँदो रहेछ । विदाइको समयमा धन्यवाद दिँदै मैले केही उपहार त दिन सकिनँ तर एउटा सानो लेख लेखेर आफूमा भएको असीमित पीडालाई थोरै शब्दमा अटाएर यसरी व्यक्तगर्न मात्र सकेँ –

भोलि म यहाँ नहुन सक्छु ।

भोलि म यहाँ नहुन सक्छु । मेरो उपस्थिति एउटा शुन्यमा बिलाउन पुग्छ । तेह्र वर्ष सात महिना क्यालेन्डरका पाना फेरेका छन् मेरो जीवनले – यस ठाउँमा । महिनाको पहिलो तरिखदेखि नै अभावका सर्पहरू फना फिँजाएर मेरो विवशतालाई डस्न खोजिरहन्थे । धेरै समय बग्यो, थाम्न नसक्ने गरी यस ठाउँमा । जीवन कहिले शरदको हिउँ भएर कठ्याङ्ग्रियो, कहिले प्रकाण्ड गर्मीले पोलेर तडपियो, कहिले सुनामीको छालले तहसनहस भयो । प्रकृतिले झैँ जीवनले सधै सबै सुखदुखलाई आत्मसात गरिर¥यो । यो बाटोमा तेह्रै वर्षसम्म धानका बाला छुपुछुपु गर्दे रोपिए ।। तेहै पटकसम्म लहलह भएर पाकेका धानका बाला काटिए । म फगत एउटा प्रत्येक दिन चक्र खिइएझैँ, प्रत्येक पल प्रत्येक कोठामा खिइँदै गए, घिस्रँदै गए । जीवनले अनेकौं मोड लियो । अनेकौं घटना घटे । अनेकौं दुर्घटना घटे । बाँच्नुको विकल्प अरूनभएपछि
सम्झौताको रजिस्टारम प्रत्येक दिन सम्झौताको रजिष्टारमा हस्ताछर हस्ताछर गर्दै जीव्न
गर्दै जीवनको उपस्थिति जनाइरहेँ ।

फेरि त्यो समय नआउन सक्छ । सफलता र असफलताको केन्द्र बिन्दु बनाएर जीवनले अनेकौं बृतचित्र को¥यो । कैयौं पटक आशा र निराशाहरू छरपस्ट भएर छरिए वृतचित्रभरि । फेरि त्यो दिन नआउन सक्छ । दिनभर प्राण धान्न केही खान नपाउँदा आफूले आफूलाई धिक्कारको, त्यो दिन सायद इयोपियाको अकालमा आफू तडपिएको अनुभूति फेरि म नपाउन सक्छु । धेरै अनुभूतिहरू ओथारो बसेको छन् – यो समय र यो दिनहरूमा । कुनै दिन कोरल्न सकेका ती अनुभूति म आफू कति भाग्यमानी ठान्ने थिएँ हुलाँ । कहिले म हुनुको पिडाले बर्षे झरी बनेर रुझ्दै त्यो बाटो काटेकी छु । कहिले अस्तित्वबोधको पीडा र बेदनाले उकुसमुकुस हुँदा ज्यालामुखी भएर फुटेको छु । कहिले हाँसो र खुसीहरू कतै बन्धक राखी आफूले आफैलाई चिनाएकी छु । कहिले आत्मीयता र हार्दिकताको नाम्लो बाटेर जीवनको भारी बोकेकी छु । म आफू आफू हुँ अरू कोही होइन भन्ने सिद्धान्तमा आफूलाई पगारेकी छु । म स्वयं सम्पूर्ण हुँ त्यसैले कहिले खुसीका सानो किरणलाई जीवनको उज्यालो गोरटो सम्झेर जीवनलाई डो¥याएकी छु । कहिले दुखका विस्कुन फिजाएर सहनुभूतिको रापले सुकाँउदै जीवनलाई लम्बाएकी छु । बाँच्नुको सार्थकता खोज्दै पीडा र संघर्षमा जीवनलाई होमिदिएकी छु । भोलि म यहाँ नहुन सक्छ मेरा स्मृतिबिम्बहरू विस्तारै हराउदै जानेछ । जीवन कतै हराएर कतै उदाउनेछ । मेरो जीवन कहिले शान्त नदी भएर बग्यो । कहिले खहरे भेल भएर बग्यो । समय पहाड भएर सबै दृश्यहरू मुक दर्शक भएर हेरिरह्यो । म एउटा कठिन यात्रामा लागिरहे । यस ठाँउमा मेरो समयले उत्सुकताको बिउ छरेको छ । कहिले इष्र्या र डाहका काँडेझार उलेख्दै प्रशंसा र हार्दिकताको बाली झुलाएको छ । कहिले थकित र गलित जिन्दगीलाई सान्त्वनाको लेपन लगाउदै गतिशील बनाएकी छु । भोलि म यहाँ नहुन सक्छ । मेरा स्मृति पाइलाहरू हराउने छन् । म एउटा इतिहास बन्न सक्छु । तर मेरो जीवनले एउटा लछ्य लिएको छ । म एउटा अस्तित्वविहीन प्राणी भएर हराउन पनि सक्छु अथवा पासाङ ल्हामुझै जीवनलाई चिनाएर मेटिन पनि सक्छु वा पारिजात झैं मगमगाउन पनि सक्छु । भोलि म यहाँ नहुन सक्छ तर म बाँचेको समय यहाँ बाँचिरहन पनि सक्छ ।
कथाकार दिवाकर नेपालीज्यू मेरो पात्रको आत्मकथा यही हो । वास्तवमा नारीलाई सफलता प्राप्त गर्न कति गारो हुन्छ भन्ने कुरा पाठकले थाहा पाउनै पर्छ । आज देशमा जनजाति, दलित, नारीहरूको यस्ता कथाहरू जीवन्त भएर बाचेका छन् । ती कथाहरुलाई हामीले उद्बोधन गर्नै पर्छ । अनि मात्र हामी पूर्ण कथाकार हुन सक्छौँ ।

तिम्रो क्रेजी फ्यान....

मेरो भाग्य मसँग किन यति धेरै इष्र्या गर्छ ? मलाई थाहा छैन । जब मेरा पोल्टामा खुसीहरू बर्सन थाल्छन् तब ती आफ से आफ असिना बिलाएझैँ बिलाउन थाल्छन् । हो, साँच्चै सुप्रिया मेरो भाग्यमा खुसीको वर्षा भएर आएकी थिई । हेर्दाहेर्दै ती खुसी बिलाउँदै, पग्लदै जान थाले हिमालमा हिउँ पग्लेझै । मैले ती खुसीहरू कति समेट्न खोजे , अहँ पटक्क सकिनँ । कसरी भयो यो सब, किन भयो, म भन्न सक्दिनँ । मेरो भाग्यले मेरो मातृत्व सुखलाई शैशवकालमा नै अपहरण गरेर लग्यो अहिले सम्म मैले फिरौति बुझाउन सकिको छुइनँ । आमा विनाको टुहुरो केटो भएर यो अवस्थामा आइ पुगेको हुँ । हण्डर, सङ्घर्ष र अभाव मसँग खेल्ने मेरा दौतरी भए । यिनै साथीहरूको साथ र गाथमा हुर्कदै जाँदा मैले जीवनमा सफलता पाउँदै गएँ । त्यसपछि सुप्रिया जो मेरी प्रशंसक, प्रेमिका र अन्त्यमा श्रीमती भई, हजारौं खुसीका बसन्त बोकेर आएकी थिई । अनगिन्ती खुसीका फूलहरू मेरा जीवनमा फुलेका थिए । लाग्थ्यो यो कतै सपना हो कि ? जीवनमा यति धेरै खुसीहरू बोनसको रूपमा पाइन्छ भन्ने मैले कहिले कल्पना पनि गरेको थिइनँ । सायद मेरो संसार भनेको सुप्रिया नै थिई । उसको मायामा पौडदा असीम आनन्दको आभाष हुन्थ्यो मलाई । उसका नरम हातले कपाल सुमसुमाउँदै मिठामिठा गफमा तल्लिन हुन पाउँदा स्वर्गको सानो टुक्रा आँखाअगाडि खसेझैँ लाग्दथ्यो । आंत्मीय प्रेमको अभावमा तडपेको यो आत्मा सुप्रियाको निश्छल मायाको छहारी पाउँदा जीवनले संजिवनी प्राप्त गरेझैँ लाग्दथ्यो । विवाह गरेको केही समय हामी आफू आफूभित्र हराएका थियौं । लाग्थ्यो यो संसारमा हामी दुईको बाहेक अरू कसैको उपस्थिति छैन । दिनभरी अफिस टाइम अवधिभर छुटिनु पर्दा पनि एक वर्ष बिताएझैँ लाग्दथ्यो । प्रोग्राम रेकडिङ्गको रिहर्सल गर्दा म पांचौ पटक फोन गरिसकेको हुन्थे । रेकडिङ्ग गर्ने अरू साथीहरू झर्को मान्दै मुखामुख गरेर हाँस्न थालेपछि लाजले म फोन गर्न छाड्थे । के सम्मोहन शक्ति थियो सुप्रियामा ? के जादु थियो उनको समीप्यतामा ? म भन्न सक्दिनथेँ ।

एक दिन अचानक मेरो हातमा एउटा अपरिचित चिठी आएको थियो ।

सुमनजी नमस्कार
मलाई यसरी पत्र पठाउनु पर्दा अप्ठेरो महसुस भइरहेछ । तर मेरो मजबुरी बुझिदिनु होला । म तपाईँको लोकप्रिय कार्यक्रम मनको झङ्कारकी प्रिय स्रोता हुँ । मलाई तपाईँको कार्यक्रम अत्यन्त राम्रो लाग्छ । अझ त्यसमा तपाईको भ्वाइस सुट भएकोले सुनी रहूझैँ लाग्छ । मैले तपाईको स्रोतासंगको प्रतिक्रियामा बोलेकी छु । तपाईँको स्वर सुन्दा सुरुमा त म निकै नर्भस भएकी थिएँ । एक दुई पटक बोल्दै जाँदा बानी पर्न थाल्यो । तपाईँ अरूको मनको कुरा कति सजिलै बुझन सक्नुहुन्छ । तपाईँको यो खुबी मलाई निकै मनपर्छ । तपाईँको कार्यक्रम हप्तामा एक पटक आउँछ । त्यो एक हप्ता बिताउन मलाई कैयौ दिन कुर्न, परेझैँ लाग्छ । तपाईँका प्रेमका कविता, गजलले कार्यक्रमलाई यति रोचक बनाएको छ कि हामी टिनएजर्सहरू तपाईँका क्रेजी फ्यान भएका छौ । कलेजमा पनि तपाईको कार्यक्रमको निकै चर्चा हुन्छ । किन हो अरूले तपाईको प्रशंसा गरेको मलाई पटक्कै मन पर्दैन । म जति क्रेजी फ्यान अरू छैन होला जस्तो लाग्छ । हुन त हुन पनि सक्छन् । किनभने तपाईँको स्वरमा मोहनी छ जसले धेरै गल्र्सहरूलाई मोहित पार्न सक्छ । कृष्णको बाँसुरीको धुन जस्तै तपाईको बोलीको सम्मोहनले हामी तानिएका छौ । मलाई अन्यथा नसम्झनु होला । यो पत्र मैले बाध्यातावंश मेरो दिलको आवाजलाई शब्दमा पोखेकी हुँ । के तपाई मसँग फ्रेण्डसीप राख्न चाहनुहुन्छ ? आज फ्रेण्डसीप डे हो । म तपाईँको इमेलको प्रतिक्षामा हुनेछु । यदि तपाई मलाई रिप्लाइ दिन चाहनु हुन्छ भने तलको मेरो इमेलमा गर्न सक्नु हुन्छ । यदि चाहनु हुन्न भने कुनै रेस्पोन्स नगर्नु भए पनि हुन्छ ।

फ्रेण्डसीप डे को दिन अचानक आएको यो पत्रले म झस्केको थिएँ । हुन त एफएम अफिसमा यस्ता केही प्रशंसकहरूको पत्र आउने गर्दथे । तर उसको पत्रमा पत्रसँगै आएको उसको फोटोले मलाई निकै आकर्षित गरेको थियो । यो पत्र उही मैले अघि भनेको सुप्रिया भन्ने केटीको थियो । फोटो हेर्दा लाग्दथ्यो, उसको आँखाले केही बोलिरहेको छ । मलाई प्रेमको भिख मागिरहेकी छे । उसका अहिले बोलुलाझैँ गर्ने आँखामा हेर्दाहेर्दै मभित्र ठूलो विश्वास पलाएर आयो । उसका आखाले प्रेमको याचना गरेको पाए । स्टुडियोबाट घर फर्केर खाना बनाइवरी खाएर खाटमा सुत्ने बेलामा टेबलमा राखेको सुप्रियाको फोटोले बोलाएझैँ लाग्यो मलाई । उठेर फोटो हेरेँ ।
फोटोबाट सुप्रियाका अन्र्तमनका भावनाहरू मेरा आँखामा संम्प्रेषित हुँदै थिए –

सुमन तिमीले यति धेरै प्रतिभा कसरी पायौ ? यति धेरै प्रेमको बिउ मेरो हृदयमा छर्न कसरी सफल भयौ ? हुन त मेरो रूपलाई हेरेर लट्ठ पर्ने लाठेहरूको कुनै कमी छैन । बाटोमा हिंड्दा जिस्काउने , सिटी मार्ने, पछाडिबाट कोट्याउने लबस्तराहरूको कुनै कमी छैन । लुकी लुकी प्रेमपत्र पठाउनेको कुनै रेकर्ड छैन । तर मैले कहिले नदेखेको, नभेटेको व्यक्तिसंग मुटु साट्न गइरहेको छु । तिमी को हौ ? तिमी कस्ता छौ ? तिमी कसरी खान्छौ ? मेरो मनमा यिनै कुराले कौतुहलता जगाइरहन्छ । म हरदम यिनै मनका कुरामा डुबिरहन्छु । तिम्रो बारेमा मलाई केही थाहा छैन । तिमी अपाङ्ह पनि हुन सक्छौ । अथवा कुनै कमी कमजोरी पनि हुन सक्छ । तर किन हो मैले तिमीमा आफनो सम्पूर्ण विश्वासलाई विश्राम दिएको छु । तिम्रो कला, प्रतिभामा आफनो प्रेम रोपेकी छु । त्यो मेरो प्रेम भनौँ वा विश्वास भनौँ दिन पर दिन मेरो हृदयमा मौलाउँदै गएको छ । कुनै दिन ठूलो वृक्ष बनेर मलाई किचाउन सक्छ । त्यसैले मैले तिम्रो सहारा लिन खोजिरहेकी छु । जुन वृक्ष तिम्रो अगाडि उभ्याएकी छु ।

सुप्रियाको फोटो धेरै बेर हेरिरहेँ । मैले पनि उसका आँखाहरूमा संवाद गरेँ । “हो, सुप्रिया, मलाई पनि एउटा गहिरो प्रेमको आवश्यकता छ । जहाँ म डुबिरहुँ, कहिले यथार्थको धरातलमा उत्रन नपरोस् । सके त्यो काल्पनिक किन नहोस् । किनभने यथार्थ तीतो पनि हुन सक्छ । तर कल्पना कहिल्यै नमिठो हुँदैन । यो त सुन्दर फूलझैँ शिशिरमा पनि हाँसिरहेको हुन्छ । सौन्दर्यको उपभोक्ता को छैन र ? हो म तिमीलाई त्यही फूलझैँ मेरो जीवनमा फुलिरहेको हेर्न चाहन्छु । यो एक्लो जीवन, यो डेराको एक्लो बसाई अनि दिनभर साथीहरूसँग कार्यक्रमको लागि छलफल । यो मनले के मागेझैँ, कतै केही खोजेझैँ कतै बाटो हराएको यात्रीझैँ भौतारिरहन्छ । यसले कतै स्थीरता खोजेको छ । लाग्छ त्यो स्थीरता यी मृगनयनी आँखाहरूमा छन् । यी आँखाहरू मेरा जीवनका गहिरा ताल हुन् । जसले मेरा उन्मुक्त खुसीहरू आफूभित्र डुबाएर मलाई स्थीर बनाउनेछ ।
मौन संवाद सकिएपछि उसको मुहारको सम्पूर्ण बनावट विश्लेषण गर्न पुगेँ । उसका आँखापछि नाकमा मेरो ध्यान गयो । लामो सलक्क परेको नाकमा सानो फुली थियो । खानेमुख त्यस्तै मिलेको थियो । मोटो ठिक्कको ओठ हेर्दै चुमुचुमुझैँ लाग्दथ्यो । अनि कुमबाट तल लत्रेको कपालले साँच्चै झरी पर्न लागेको बादललाई चुनौति दिए जस्तो लाग्दथ्यो । सम्पूर्ण अनुहारमा अनाकर्षण र भद्दापनको कुनै लेशसम्म थिएन । सायद ईश्वरले बन्दको बेला फुर्सद लिएर बनाएझैँ लाग्दथ्यो । हृदयमा एउटा प्रेमको संगीतमय धुन बज्न थाल्यो । धेरै बेर त्यो फोटो हेरे र त्यो साँझ निन्द्रादेवीको शरण परेको थिएँ ।
मेलबाट फोन हुँदै हाम्रो प्रेम प्रसङ्ग स्वचालित मेसिनझैँ चल्न थाल्यो । भेटघाट र घुमघामले हाम्रो हृदयमा प्रेमको झण्डा गाडिसकेको थियो । सुप्रिया आफूले सोचेजस्तो पुरुष पाएको भनी मेरो प्रशंसा गर्दथी । म भने उसको रूपको पहिले नै प्रशंसक बनिसकेको थिएँ। उसका अरू कुरा सामान्य थिए । हाम्रा प्रणय उत्सवहरू दिनपर दिन मौलाउँदै जान थाल्यो । एकदिन विवाह बन्धनमा गाँसिएर हाम्रो प्रेमिल दिनहरूले औपचारिकता प्राप्त ग¥यो । प्रणय उत्सवलाई सामाजिक मान्यता दिन विवाह बन्धनले लालमोहर लगाइदिएको थियो ।
सुप्रियाले घुम्टो ओढेर मेरो खुट्टामा पत्नीधर्म निर्वाह गर्दै ढोगिदिदा , मैले उनलाई तिम्रो स्थान यहाँ होइन हृदयमा हो भनी छातीमा टाँसेको थिएँ । सुप्रिया पनि जीवनको दह्रो हाँगा भेटिएझै मलाई अँगालेर बेरिएकी थिई । दुई मुटृ एक धडकन बनेका थिए । हामीले साथसाथै बाँच्ने र साथसाथै मर्ने बचन खाएका थियौँ । म शरीर थिए ऊ आत्मा थिई । ऊ हावा थिई म सुगन्ध थिएँ । ऊ घाम थिई म छाया थिएँ । हरेक पल हामी साथसाथै हुन्थ्यौँ । दिन कहिले रात नभई दिए हुन्थ्यो जस्तो लाग्थ्यो फेरि रात कहिले दिन नभई दिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर समय चिप्लदै गएको थियो, रेलको लिगमा रेलगाडी कुदेझैँ ।
सुप्रियाले मसँग विवाह गर्नका लागि परिवारमा सानोतिनो विद्रोह नै गर्नु परेको थियो । सम्पन्न परिवारकी छोरीलाई कुनै पनि बुवाआमाले रित्तो र एक्लो केटोलाई छोरी दिन चाहँदैनन् । भोलि आफ्नी छोरीलाई अभावको सर्पले डस्ला अनि समाजमा दुइचार जनाको अगाडि छोरी जुवाई भन्न लाज होला भन्ने डरको सिर्कनाले सबै बुबाआमालाई लखेटिरहेको हुन्छ । तर सुप्रियाले ठूलो साहस गरी बुवाआमाको यी भावनामा परेड खेल्दै विजयी भएर मसम्म आइपुगेकी थिई । मप्रतिको यो समर्पणले सुप्रियाप्रति मेरो हृदय अझ विशाल बनेको थियो । त्यस विशाल महासागरले सुप्रियाप्रति जति नै माया पोखे पनि नसकिएलाझैँ लाग्दथ्यो तर आज सुप्रिया मसँग छैन । ऊ साँच्चै मेरो जीवनबाट असिना बिलाएझैँ बिलाएकी छे । तर म पुन सुप्रियालाई समेट्न चाहन्छु । खै कसरी हो हाम्रो दुइ बीच अविश्वासले जरो गाडेको म भन्न सक्दिनँ । सायद हामी बीचको सुखमय जीवनमा खलनायकको भूमिका खेल्ने अभाव नै थियो क्यार । सुप्रियालाई विवाह गरे पश्चात मेरो खर्च बढेको थियो तर आम्दानी बढ्न सकेन । अभावहरू जुरमुराएर हामी विरुद्ध नारा जुलुस गर्दथे । त्यसलाई हामीले थुमथुमाएर राख्दथ्यौँ । तर सुप्रियालाई अभावभन्दा ठूलो शत्रु मेरो ग्लेमर्स जीवन लाग्न थाल्यो । मेरा प्रशंसकहरू पहिलाको भन्दा धेरै बढेका थिए थिए । बारम्बार आउने फोन, एसएमएस र मेलहरूले हाम्रो सुखीजीवनमा अविश्वासको घन ठोक्न थाल्यो । हुदाँहुदाँ त्यो यति खतरानाक भयो कि यस कुरालाई सुप्रियाले सामान्य मान्न सकिनँ । ऊ निकै विचलित भई । मैले कैयौँ प्रयास गरे यी सब ग्लैमर्स जीवनमा सबैलाई हुने कुरा हो भनी तर उनी यस्लाई कुनै हालतमा मान्न तयार थिइनन् । उनको अन्तिम इच्छा मैले ग्लैमर्स जीवन त्याग्नु थियो । जो म चाहन्न थिएँ । चाहेर पनि ममा अन्य विकल्प थिएन ।
हामी दुईमा अब अलग रहनुको विकल्प थिएन । उनी माइत गएर बस्न थालिन्, म आफ्नै डेरामा उनको सम्झनामा डोरिएर । तर म धेरै दिन सुप्रियाबाट टाढा रहन सक्दिनँ । मैले विचार गरेको हु । म उनलाई भन्ने छु ‘सुप्रिया तिम्रो लोकप्रिय कार्यक्रम छोडेर म तिमीलाई भेट्न आउँदैछु । म जागिरको अर्को विकल्प खोज्दैछु । तिमीविना यो संसारको कुनै पनि कुरा मलाई प्रिय हुने छैन अनि सायद त्यो बेला तिमीले भन्ने छौ । सुमन तिमी तिम्रो कला, प्रतिभामा सँगै बाँच । म तिम्रो कलाको मिठो धुन बनेर आउँदैछु उही तिम्रो क्रेजी फ्यान ....। ’

June 2, 2010

जीवनका सबै कथा अतृप्त प्रेम र वासनाले बुनिएका छन् ।

डा. गोविन्दराज भट्टराई

शर्मिला खड्का – दाहालको नाम सुन्न थालेको थिएँ । उनलाई पहिलोपल्ट पार्क भिलेज रिसोर्टमा देखेँ । बूढानिलकण्ठ नजिकको सुरम्य परिवेशमा त्यहाँ साझा प्रकाशनको वार्षिकोत्सव थियो । पुरस्कार र सम्मानका कार्यक्रम थिए । त्यस अवसरमा शर्मिला बालसाहित्यको पुरस्कार ग्रहण गर्न काठमाडौ आएकी थिइन् । उनको बालउपन्यास सानी पुरस्कृत भएको थियो । त्यो अवसरमा हामी भेट भयौ, चिनारी ग¥यौं, त्यसबेला उनी मलाई अल्पभाषी लाग्यो । त्यसपछि यदाकदा औपचारिक सम्पर्कहरू हुन थालेका थिए ।
तीन वर्षपश्चात् शर्मिलाले मलाई एउटा पाण्डुलिपि बुझइन् समयको क्यानभासमा । यो २४ वटा कथाको सङ्ग्रह । विगत पाँचवर्षमा (२०६१–६४ भित्र) लेखिएका कथा, अधिकांश प्रकाशित पनि । गरिमा, समय, शारदा जस्ता पत्रिकामा छापिएका सिर्जना त पढ्ने अवसर पनि प्राप्त भएको थियो ।

नारीलेखनले विश्वसाहित्यमा ठूलो मान प्रतिष्ठा कमाइरहेको दशकमा डोरिस लेसिङको फिक्थ चाइल्ड पढेँ, टोनी मरिसनको बिलभेड, अल्फ्रेड जेलेनिकको द पियानो टिचर, झुम्पा लाहिरीको नेमसेक, गर्दागर्दै नेपालीमा पस्नू– पद्यावती सिंहको मौन स्वीकृति, भागीरथीको रातो गुलाफ, झमक घिमिरेको आत्मकथा । जुनभित्र पसे पनि एउटा भिन्न जगत्, अनुभूति, चेतना र शक्ति उठेर आएको देख्न सकिन्छ ।

नारीलेखनको धार बेग्लै पनि हुन्छ, किनभने त्यो शरीर फरक छ, सामाजिक भूमिका फरक छ, भोगाइ फरक यद्यपि एउटै परिवारमा उही समाजमा नरनारी सँगसँगै हुर्किरहेछन् । व्यक्तिगत जविनमा प्रवेश गर्नासाथ एउटा ठूलो खाडल देखापर्छ–फरकको, वञ्चनाको, निजी दुःखको ।

शर्मिलाको समयको क्यानभासमा लिएर निकै दिन डुलेँ तर यात्रामा त्यो एकाग्रता हुँदैन, पठन र ध्यान खण्डित पनि हुन्छ । त्यसैले दसै लाग्ने समयमा सबै पन्छाएर समयको क्यानभासमा भित्र पसेको छु । आज म यसको भूमिका पूरा गर्छु ।
समयको क्यानभासमा पसेर निस्कँदा मलाई एउटा भिन्न अनुभूतिले पक्रियो । मलाई कथाले तानिरहेकै छ, घटनाले, शैलीले र नारीपात्रको खुला अन्तर्मनले । यद्यपि यसरी बोल्ने नारीले –तिनीहरूका पात्रले) व्यक्त गरेको कुराहरूमा एउटा साम्य पाइन्छ ।

अधिकांश कथामा नारीपात्रकै प्रबलता छ, तिनकै भूमिका छ । त्यहाँ केही पारिवारिक र सामाजिक परिवेशमा, नयाँ र पुरानो समयको दोसाँधमा हुर्केकी नारीको कथा छ । त्यहाँ सचेत बाल्यजीवन, संरक्षित तारुण्य, युवाकालदेखि विवाहोत्तर जीवन भोगिरहेका नारीको अनुभूति छ । प्रायः सबै कथाको विषयवस्तु प्रेम–यसको शाश्वतता, यसको सर्वव्यापिता, यसको खोजीमा भएका प्रार्थना र पुकार चाहना, उत्काण्ठा, कौतूहल र अप्राप्तिहरू, त्यसपछि ह्दयमा उत्पन्न हुने क्षोम, निराशा र ग्लानिका मुस्लाहरू छन् ।
खोजेको प्राप्य छैन कतै । यो जगात्को रीत हो– ह्दयले त्यही अप्राप्यको आराधना गर्छु, पुकारा गर्छ र ह्दय आगो सल्काएर खोजिरहन्छ । धेरै कथाको मूल मर्म यही छ ।

समयको क्यानभासमा एक शीर्षकथा हो कृतिको शीर्षक पनि । वास्तवमा प्रत्येकले भोग्ने जन्म र मृत्युबीचको समय एउटा क्यानभास हो । त्यसभरि मात्रै हाम्रा मायाप्रेमका, ईष्र्या र द्धेषका, घृणा र लोभका, इच्छा, आकाङ्क्षा र चाहनाका रङ्गहरू पोतिएका छन्, जन्मनुअघि ती थिएनन्, मृत्युपछि पनि त्यो क्यानभासले ढाकेको स्पेस रिक्त हुनेछ । यो अत्यन्तै शक्तिशाली र गहिरो प्रतीकार्थ बोकेको कथा हो । यहाँ सन्तानकी आमा बनिसकेपछिकी सर्जकलाई कति कठिन छ, छोराछोरी, लोग्ने, परिवार र समाज– यी साराले छोपेपछि सर्जकमनलाई कसरी बादलले ढाक्तछ– त्यो अनुभूति पाइन्छ । वास्तवमा द सेकेन्ड सेक्स पढौं या द पियानो टिचर अथवा मन भए तिमीसित – नारीले तीनै कष्टका पर्वत नाघ्न खोजेको दृश्य मात्र आउँछ ।
यस कथामा आफूलाई मन परेको कलाकारसित भेट हुनु, जोगवनी पुगेर त्यो छुटनु जीवनको यात्रामा भेटिने र निराश पारेर हटाउने मायालुको प्रतीक हो । भित्रभित्रै त्यो पुरुष (दिवाकर नेपाली) प्रति प्रेम छ, लेखनमा रत्यात्मकतातिर सङ्केत छ– किन हिँडेकी प्यान्टी र व्रा किन्न ?
यो पत्रात्मक मनोवाद जस्तो छ । यसैको प्रतयुत्तर लाग्ने कथा छ कल्पनाको क्यानभासमा । एउटा साम्य र दुवैमा गहिरो, आत्मिक प्रेमको अनुगुञ्जन छ– नारीको, प्रतयुत्तरमा पुरुषको ।

अघि भने– सबैजुसो प्रेमका कथा हुनु, कुनै वासनासँग जोडिएका, कुनै दैहिक, अधिकांश आत्मिक । शर्मिलाको हदयले बारम्बार उन्मुक्ति र स्वतन्त्रता खोज्दछ– परम्पराले निर्देशित गरेका पथबाट । नारी र पुरुषलाई जन्मैदेखि समाजले गरेको विभेदले, प्रकृतिले गरेको विभेदले नारीलाई सीमित गरेको छ । त्यसलाई उनी भत्काउन चाहन्छिन् । धेरै पात्रपात्राबीचको पवित्र सम्बन्धमा वैवाहिक सम्बन्धबारिको प्रेम शुर्किन्छ । विवाह एक नेसेसरि इभिल जस्तो । त्यो संस्था भत्काउँदा पनि सन्च छैन । वर्तमान पाश्चात्य जगत् छाना भत्केको घर जस्तो भएको छ, त्यो संस्था बलियो पार्दा पनि सन्च छैन, पूर्वीय जगत् चारखाल अड्डाभित्र जकडिएको छ । स्वतन्त्रता अहितकार छ, बन्धन पनि अहितकार । मानिस दुवै अव्याख्यामा पीडित छ । अपरिभाषित, अघोषित, अतृप्त, भित्रैभित्रै उम्लिरहेको अप्रकट ।

असम्बद्र्धित शान्ति पनि नारीकै सङ्घर्षको कथा हो । पढदै बढ्दै उठेर एक पात्र शान्तिमायाबाट सृष्टिमा परिणत भई र तर नारी असुरक्षित छन्– रिपोर्टिङ्ग गर्ने स्थालमा पुग्दा एक अबोध महिलाको बलात्कार भएको छ । सृष्टिलाई लाग्छ–यदि उसको ठाउँमा म भएको भए । प्रकृतिले पनि महिलालाई मात्रै किन यसरी ठग्छन् ? के उसले भोग्नुपरेको मानसिक र शारीरिक पीडा त्यति सजिलै हराउन सक्छ ? उसले पाएको दष्कालङ्क त्यति सजिलै मेटिन सक्छ ? मानवीय मूल्य खोइ? बाच्ने अधिकार खोइ ? अहिलेको सुविधासम्पन्न आधुनिक युगभन्दा त पाषायुग नैठीक थियो, किनभने त्यसबेला यस्तो घृणित कार्य हुँदैनथ्यो ।
निश्चय अनिश्चयमा पनि जया राईको डम्बरीमा जस्तै अनेक छोरी पाइरहने आमा छे, जन्माइरहने बाबु । उसलाई न्याय छैन । एकदिन हुर्केका छोरीले थाहा पाउँछन्– बुबा त पण्डित बाजेसँग पात्रो हेराइरहनु भएको छ । यो पुनर्विवाहको तयारी थियो ।
त्यो रात अनि त्यसपछि सावित्रीले अनुभव गरेको पीडा, आत्महत्या गर्ने मन र भयावहता– कति सफलतापूर्वक चित्रित छ । छोरी पाउने नारीको दैहिक र सामाजिक परिभाषाभित्र लुकेको नियतिलाई कुनै शिक्षाले पनि उज्यालो पार्न सकेन । पुरुषले नै त्यो अन्धकारलाई गोडमेल गरिरहेको छ ।

ओ अपराजिता ! मा पुरुषमा रहेको दम्भ, अभिमान र श्रेष्ठता मनोग्रन्थि प्रकट हुन्छ । यो नर–नारीबीचको मनोवैज्ञानिक द्धन्द्धको कथा हो । यसमा दृढ मनोबल, ज्ञान, सीप र शक्ति भएकी नारीलाई आफ्ना सारा शक्ति खर्चेर हराउन चाहन्छ, आरोपित गर्न चाहन्छ । यो मनोवैज्ञानिक युद्ध हो । डायरीको रुपमा लेखिएको यो मनोवादले के देखाउँछ भने पुरुष निकृष्ट र अपाङ्ग भए पनि नारीभन्दा माथि हुन दृष्प्रयत्न गरिरहन्छ । कसरी उठ्ने ती नारीले ?

सरिता मलाई माफ गर ! मा पुरुषपात्रको सिर्जना भएको छ । प्रतिष्ठा कमाइरहेकी सरिता अघि बढ्छे, विनोद उसँग निकट सम्बन्धमा छ, उसकी पत्नी उसमाथि शङ्का गर्छे, यो पनि वैवाहिक जीवनको असन्तुष्टि र नारी प्रतिको कर्तव्यबाट भाग्न सक्ने पुरुष छ, भित्रभित्रै अर्की नयाँलाई प्रेम गर्न पो थालेको हो कि ? यो पनि एक मनोवैज्ञानिक कथा हो । दुवै नारीको जीवन असुरक्षित छ ।

अर्को कथा छ यो उसको कथा हो । यहाँ शर्मिलाले लेखनको टेक्निकमा केही प्रयोग गरेकी छन् । पूर्ववर्तीका कथाबाट केही पात्र लिएर आफ्नासँग मिसाएकी छन्, यसले जनयुद्धताका भोगिएका कष्टहरूको झल्का प्रस्तुत गर्दछ ।

पुननिर्णयमा एक थारु कन्या मनसरा केन्द्रीय पात्र रहेकी छ । यो गरिबी, अभाव, अशिक्षाबीच हुर्केका पात्रको यौवन शरीरको कथा हो । अबोध मनसराको बुधरामले शोषण गर्दछ र ऊ रेस्टुरेन्टमा पुग्दछे । उसको विवाह हुन सक्तैन, अभाव र अशिक्षाले एक अन्धकारमा जकड्छ । यो पढ्दा सनत रेग्मीको लछमनियाको गौनाको झल्को आउँछ ।
अर्को प्रेमको असफलता र असफल विवाहको परिणामले दुखहरू निम्त्याएको कथा हो एउटा आयाम जीवनको । यसमा द्धेष, ईष्र्या, बदला भावना छ ।

अनिर्णयको बन्दी जस्ता कथामा नारीले आफैं पनि भ्रान्तिले, रुप र यौवनको अभिामानले कसरी भूल गर्न सक्तछन्, कसरी असल व्यक्ति रोज्न नसक्ता, परिवारको निर्णय पविर्तन गर्न नसक्ता कत्रो धोका र पश्चाताप हुन्छ भन्ने देखाइएको छ । म पात्रले धेरै समय गुज्रेपछि अनेक सम्बन्ध बिग्रेपछि बाबुआमाको च्वाइस स्वीकार्छे । तर मनमा धेरै ग्लानी छ ।

वेबक्यामको आकृतिविहीन पुरुष– नरनारीको, यौन र वासनाको, तृप्ति र आनन्दको प्रतीकात्मक बिम्ब बोकेको कथा हो । यहाँ प्रकृतिले पात्रको स्वरुप लिन्छ । एक नारी सधै प्यासी र तिर्खालु छ प्रकृति झैं ।
अर्को मनोवादात्मक कथा छ, निबन्ध र संस्मरणको दोसाँधमा रहेको । एक नारीपात्रले ‘सर’ लाई सम्बोधन गर्दै, आह्वान गर्दै सम्झना गर्छे र आफ्नो जीवनमा साहित्यपथतिर डो¥याएमा समर्पण र पं्रेमका अर्चनाहरू लेख्तछे, दुईबीच आत्मिक सम्बन्धको निरन्तरताको कामना गर्दछे ।

फ्रेमभित्रको फोटो आदित्य, सुरेखा र धनसरीको हो । सुरेखा फिल्डमा गएका बेला धनसरीको नजिक पुग्छ आदित्य । सम्पर्क बढाउँछ – सायद शारीरिक । यसरी बाध्यतावश, युवती विवश छन् । यौनशोषण हुन्छ । वासनाको सामुन्ने अरु बन्धनहरू भत्काउनेमा पुरुषै छ । यो पनि एक मनोवैज्ञानिक कथा हो ।
नरनारी सम्बन्धका र प्रेमका कथा धेरै छन्– असफल प्रेमका, सम्झनाका, अतृप्तिका । बाँसुरीको धुन त्यस्तै एक मनोवैज्ञानिक कथा हो । पुरानो प्रेमको सम्झना बल्झेर आउँछ एक युवकमा तर युवती अर्काकी भएकी छ । यो वियोगान्तको राग उत्पन्न गर्ने गहिरो कथा हो ।

फूल अर्थात सुन्तली एक असफल जोडीको कथा हो सोझो जङगबहादुरले सुन्तलीलाई प्रेम, स्नेह, सुख र वासनाको तृप्ति दिन सकेन । सहरी तडकभडकले उम्लिएकी सुन्तली जीवनको अन्धकारमा समाप्त भई ।
सानो प्रेमपत्र प्रेमीलाई पनि प्रेमले भिजेको कथा हो । यहाँ नारी पात्रले आफूभित्रका कुण्ठा र पीडा प्रकट गर्दछे । एक युवती अतीततिर फर्केर बोल्छे – म नारी हुनुका पीडाले थिचिएँ । म राष्ट्रियताको पीडाले निचोरिएँ र रुढिग्रस्त समाजदेखि विरक्तिएँ ।

विवाहले बन्धनमा पा¥यो, आत्मनिर्णयविरुद्ध, यौवनकालमै, गुडिया भएर ऊ बेचिई । कसैलाई प्रेम गर्थी, तर रोज्न सकिन । हजार बन्धनबीच, बाध्यताबीच, एक निर्णयले जीवनभरि चल्नु पर्ने–के हुन्छ के हुदैन अन्धकारमा हाम्फाल्नु पर्ने । तर विकल्प छ त ? विवाहरूपी संस्था भत्काउँदा पनि व्यक्ति अराजक छ, राख्ता पनि समाज अराजक । कहाँ छ कम्प्रोमाइज? पूर्व हेरौँ, पश्चिम हेरौ । यो नातीको, निहारिकाको कथा ।
शर्मिलाका दुईवटा कथाले युद्ध र द्धन्द्धको भयावहतालाई सम्झाउँछन् । ती हु सुकन्या उर्फ नीलिमा र कुहिरो भित्रको काग ।
पहिलो कथामा जनयुद्धमा समर्पित एक युवती र एक भीषण सङ्घर्षको कथा र आफू समाप्त भएर पनि अरुको प्राण बचाउन गरेको प्रयत्न छ भने दोस्रामा सडक आन्दोलन मुठभेडको अन्तिम क्षणको चित्र छ जसमा पत्रकारले अनेक भूमिका खेलेको हुन्छ ।


शर्मिलाका कथामा प्रस्तुतिको नवीनता छ । यहाँ एउटा भिन्नै आर्ट र क्राफ्ट भेटिन्छ । यी कथाको केन्द्रीय थिममा नारी चेतना छ, उनले भोगे हेरेको नेपाली समाज, त्यहाँबाट उठ्न खोज्दाका सङ्घर्ष र उपलब्धि छन् । शर्मिलाका कथाको मनोवैज्ञानिक धरातलले अनेक व्याख्या र विश्लेषणलाई आह्वान गर्दछन् ।
यी कथाले व्यक्त गरेको विद्रोह र नयाँ मूल्यचेतनाले समकालीन समाजलाई सामयिक सन्देश दिएको छ, किनारिएकालाई, छेलिएकालाई झक्झक्याएको छ, नारीलाई पृथक् परिचय प्रति सचेत हुन आग्रह गरेको छ ।
शर्मिलाका कथा मन र मष्तिस्कका, भावना र चेतनाका, नयाँ समय र प्रवृत्तिका कलापूर्ण निष्पादन हुन् । कथाको यथार्थता र जीवन्तताले प्रत्येक पाठकलाई गहिरो गरी छोएर जान्छ । अधिकांश कथाले अन्तर्तहमा प्रेम र वसना छचल्किन्छ । मलाई लाग्छ जविनका सबै कथा अतृप्त प्रेम र वासनाले बुनेका छन्– तिनीहरूकै प्राप्ति र विलयनले । यति सुन्दर गद्य सिर्जनामा आएकी यी शक्तिशाली नारी सर्जनको म हार्दिक स्वागत गर्दछु, उनीबाट अरु यस्तै सिर्जनाको अपेक्षा गर्दछु ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।