July 10, 2013

सुकन्या उर्फ नीलिमा


तातो जनाना शरीरको निश्वासले स्पर्श गर्छ । म ब्युझन्छु । म अचेतमा छु । आखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्क्रिय छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफुलाई असमर्थ पाउछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर जनना शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपट्टिको छातीमा आफ्ना ह्ष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फुली छ भन्ने थाहा पाउछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, फ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझै घुम्न थाल्छन् । 
 
            म कहा छु ? कोसग सुतिरहेको छु ? कतै धेरै पिएर यस जनानाको भविष्य त खराब गरिन् ? अह,“ मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिन । त्यसो भए मसग सुत्ने यी महिला को हुन त ?
            म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउछु ।
            म अहिले यहा छु । हिजो कहा थिए ? अनि के गर्दै थिए ? म मस्तिष्कलाई अझ बढी क्रियाशील बनाउछु । अचेतन अवस्थाका सारा बिम्बहरू बिस्तारै चेतका किरणले बिलाउदै लान्छ । मेरो स्मृतिपटलमा स्मरणका हजारौ आवाजहरू पड्कन थाल्दछन् ।
            खबरदार ऽ ऽ.... फायर.....  ठोक.....  आत्मसमर्पण गर.....   हामीले सदरमुकाम कब्जा गरिसक्यौ“..... पब्लिकको घर जोगा......  आधारऽ ऽ...  प्रतीकऽ ऽ.... अघि बढ....  मोर्चा लिई.....  घड्याम्म ऽ ऽ..  ड्याम्म ऽ ऽ... फायर...  ड्याम्म.ऽ ऽ....
            चारैतिर बन्दुक पड्किरहेछ । केही मिनेटको अन्तरालमा बम पड्किरहेछ घरै हल्लने गरी । हजारौ बन्दुकहरू  भीमकाय आवाज लिएर पड्कदै छन् । वातावरण कोलाहलमय छ । जताजतै क्रन्दन छ, रोदन छ , चिच्याहट छ, गोलीहरू छानामा असिना बर्सेझै बर्सिरहेका छन् । केहीछिनअघि एउटा  व्यक्ति ‘.बत्ती निभा ..भन्दै थियो । त्यसको केहीछिनमा बत्ती गयो । सायद विद्युत् प्राधिकरणको ट्रान्समिटर बमले उडाइदिए होलान् । बम पड्केर जमिन नै हल्लिएझैँ भएको छ । कालो अजिंगरले आहारा निलेझ अध्यारोले सम्पूर्ण भूवनावट निलेको छ । बिजुली चम्केर चट्याङ् परेझैँ बेलाबेलामा आवाज र उज्यालो एकैसाथ आइरहेको छ ।
            म सिडिओक्वार्टरमा छु । म भरखर सुत्ने तरखर गर्दै थिए । तर यो भीषण युद्ध जीवनमा मृत्युलाई यति नजिकैबाट मैले कहिल्यै देखेको थिइन । हुन त सिडिओ भएर यो ठाउमा आउने बेलामा नै मैले आफ्नो मृत्युलाई शुभकामना दिएर आएको थिए । तर पनि काल्पनिकता र वास्तविकतामा धेरै फरक  पर्दो रहेछ ।
            म अत्यन्त नर्भस भइसकेको थिए। फोन गर्न टेलिफोन तान्छु । नजिकै झ्यालनिर गोली ठोकिन्छ । म तर्सिन्छु । म खाटमुनि पस्छु । एकछिनमा फोन बज्छ । मुस्किलले फोन उठाउछु । उताबाट डिएसपी बोल्दै थिए
            सर के गरौ ? आत्मसमर्पण गर भन्दै छ ?”  , म थरथर कापेको शरीरले बोल्दै छु ।
सुरक्षा गर्ने तपाईहरूको काम हो, जे गर्नुहुन्छ गर्नोस् । अब बचिदैन ।  म आक्रोश मिसिएको
अभिव्यक्ति दिन्छु ।
 आत्मसमर्पण नगरौँ  । सेना मुभ हुँदै छ रे ।
तपाईहरूको जो विचार ।
यति बोलिसकेर म माथिल्लो  तलाबाट तल्लो तलामा झर्छु । मुनितलामा पिउन र अर्को स्टाफका परिवार खाटमुनि पसेका छन् । बाहिर एकनासले आवाज आइरहेको छ । म छटपटाउछु । भुइमा पल्टन्छु । सबजना रुवावासी गरिरहेछन् । घरको कम्पाउन्डको गेटमा कसैले गेट फुटाउन खोज्दै छ । म अझ त्रसित हुन्छु । मुख सुकेर आउछ ।
म क्वाटर्रपछाडिको ढोकाबाट बाहिर निस्कन्छु । क्वाटर्रपछाडि ठूलो भीर छ । तल सुनसान छ । न आवाज छ न त उज्यालो छ । म झट्ट दिमागलाई कम्म्युटरझै परिचालित गर्छु अनि डोरीको खोजीमा भित्र पस्छु । कतै डोरी देख्दिन । छेउमा पिउनकी श्रीमतीको फरिया देख्छु । त्यही टिपेर बाहिर निस्कन्छु । बाहिर गेटमा जोडजोडले हिर्काउदै छन् ।
म अत्यन्त चाडो फरियालाई एउटा रुखमा बाधेर आफू तल झर्छु । केही तलपुगेपछि फरिया रूखबाट फुस्कन्छ । म फरियासगै लटपटिएर निकै तल पछारिन्छु । एउटा सानो गोरेटोमाथि बजारिन्छु । जीउभरि चोटैचोट छ । डर र त्रासले शरीरको पीडा महसुस हुँदैन । कतै घर देख्दिन। अझ तलतिर झर्छु । निकै तल पुगेपछि भीरमुनि एउटा सानो झुपडी देख्छु । मुस्किलले फेरि फरियालाई रूखमा बाधेर भीरबाट तल झर्छु । यसपाली झन् बढी काडाले मेरो शरीरभरि घावैघाव बनाउछ । शरीरको पीडालाई मानसिक पीडाले सजिलै निलिदिन्छ । बडो मुस्किलले त्यो झुपडीमा पुग्छु । घरमा ढोकामा ताला लगाइएको छ । म तालामा झुन्डिन्छु । म उभिने अवस्थामा छैन । ताला फुस्कन्छ । ताला त्यतै फ्याकिदिन्छु र कोठाभित्र पस्छु । घरभित्र कोही छैन भन्ने कुरामा म निश्चिन्त हुन्छु । भित्र पसेर ढोका लगाउन खोज्छु, न चुवmुल भेट्छु न त आग्लो । ढोका ढप्काएपछि म भुइमा पछारिन्छु । फेरि उठ्न निकै प्रयास गरेजस्तो लाग्छ । तर सक्दिन । त्यसपछि के भयो मलाई थाहा छैन ।
अब मलाई निकै होस आइसकेको छ । यो जनना शरीर मृत हो कि जीवित ? म छाम्छु । त्यहा कोही पनि छैन ? कतै यो भ्रम हो कि वा भुत , चुडैल  पो हो कि ? म सशङ्कित हुन्छु । म शङ्कास्पद दृष्टि दा्रैडाउछु परिवेशको वरिपरि । एक छिनपछि कतै कुनामा एउटा जनाना शरीर बत्ती बाल्दै गरेको देख्छु । ऊ कुपी लिएर मेरो नजिकै पिर्कामा बस्छे । ऊ आफ्नो अनुहार मेरो अनुहारको विपरीत दिशामा फर्काउछे । म राम्ररी चिन्दिन । म उसको ध्यानाकर्षण गर्न चटपटाउछु अनि मुखबाट फ्भन्दै उच्छवास निकाल्छु । ऊ मपट्टि मुखमण्डल फर्काउछे र मलाई हेर्छे । उसको अनुहारमा म केही लज्जा , केही आक्रोश , केही धैर्य पढ्छु ।
            बिस्तारै उक्त अनुहार मलाई परिचित लाग्छ । म अचम्मका विस्फारित आखा ओछ्याउछु ऊमाथि – ‘तिमीऽऽ † ’
हो सर.. म सुकन्या.।’.
उसको सौम्य अनुहार , स्निग्ध र निश्चल हेराइले मलाई मोहित पार्छ । म केही सम्झेजस्तो गर्छु । मैले चिनेका धेरै थोरै राम्रीमध्ये सुकन्या पनि पर्छे । ऊ कसरी यहा आइपुगी ? म मनमनै मनोवाद गर्छु ।
सरलाई म कसरी यहा आइपुगे भन्ने लागेको होला,  हामी राती यहा सदरमुकाम हान्न आएका थियौ  फर्कदा म आफू जन्मेको घरमा पनि पसेर आमालाई भेट गरूभनेर साथीहरूलाई छलेर पसेकी थिए । सरलाई भुइमा लडेको देख । शुरुमा त आमा लड्नु भएछ भन्ने सोचे तर पछि बत्ती बालेर हेर्दा सर हुनुहुँदो रहेछ । रगत धेरै बगेको थियो । मैले मसग भएको औषधि लगइदिएकी छु । सर , बेहोश हुनुहुन्थ्यो । सरलाई मैले उचाल्न सकिन । यही भुइमा ओछ्यान बनाएर सुताए । चिसो धेरै भएकोले सरलाई होश आउन गाह्रो होला भनेर मैले आफ्नो शरीरको तातो दिए ....।”.   उसले अन्तिम वाक्य मुस्किलले भनी । बत्तीको उज्यालोमा उसको लज्जावोधले ग्रस्त अनुहार राताम्मे देखिन्थ्यो ।
            एक वर्षअघि ऊ माओवादी भई रे भन्ने हल्ला चलेको थियो अफिसमा । ऊ मेरो अफिसमा नागरिकताको लागि आएकी थिई । हुन त त्यसभन्दा पहिला पनि आफ्नो अफिसको काम लिएर आउने गर्थी । तर नागरिकता लिने बेलामा उसको र मेरो राम्ररी चिनाजान भएको थियो ।  
ऊ भन्दै थिई  सर मेरो नागरिकता बनाउनुप¥यो । अहिले एउटा स्वास्थ्यसम्बन्धी एनजीओमा काम गर्दै छु । नागरिकता भएपछि स्थायी हुन्छ । नत्रभने दूई महिनापछाडि मैले जागिर छोड्नुपर्ने हुन्छ ।
म भन्दै थिएनागरिकता लिनलाई बुबाले सनाखत गर्नुपर्छ । तिम्रो बुबा छ कि छैन ?” एउटी कलकलाउदी उन्नाईस , बीस वर्षकी युवतीसग म संवाद गर्दै छु ।
            सर मेरो बुबा हामीसग हुनुहुन्न । त्यसैले नागरिकता लिन गाह्रो भयो । बरु सरले नै कुनै उपाय बताइदिनुहुन्थ्यो कि । त्यसको लागि म जे गर्न पनि तयार छु । सरले चाहनुभयो भने नागरिकता लिन गाह्रोन्न रे ।एउटी भर्खरकी गाउकी केटीले जे गरेर भएपनि भन्दा मेरो नैतिकता जुरमुराउछ  होइन तिमीले के भन्न खोज्दै छौ । कस्तो जे गरेर भएपनि भनेको । बाउबिना कही नागरिकता हुन्छ ?” मेरो आवाजमा शक्ति र सम्पन्नताको गन्ध आइरहेको हुन्छ ।
ऊ नम्र हुदै भन्छे  हैन सर ? मेरो मतलब त्यो होइन । पहिलाका सिडिओसाबले जस्तोसुकै गाह्रो काम पनि मिलाउनुहुन्थ्यो रे भनेको सुनेर मात्र भनेकी हु । सर, मैले यो नागरिकता पाइन भने जागिरबाट निकालिन्छु । मेरो भविष्य अन्धकार हुन्छ । काठमाडौतिर आमाको नागरिकताले पनि पाउनुपर्छ भन्ने हल्ला छ रे त्यसैले भनेकी हुँ
यो केटी निकै बाठी र निडर रहिछ । पहिलाको सिडिओको बारेमा पनि थाहा रहेछ । योसग धेरै विवाद गर्नु ठीक हुँदैन । फेरि मजस्तो कुनै हाकिमले यौनवासनाले अन्धो भएर यसकी आमाकी हरहराउदो वैसमा चैतको डढेलो सल्काएर कतै हराएको हुनसक्छ । त्यसको रापले आज यो अवोध केटीको भविष्य पिल्सिरहेको छ ।
ऊ मेरो सकारात्मक प्रतिउत्तरको प्रतीक्षामा छे । म भन्छु तिमीलाई थाहा हुनुपर्ने हो आमाको नागरिकताबाट नागरिकता दिने कानून हाम्रो देशमा बनिसकेको छैन बनेको भए दिनलाई मलाई कुनै गाह्रो पर्ने थिएन ।
अहिले ऊ घुकघुक गर्दै रुदै छे । म किंकर्तव्यविमूढ हुन्छु । 
 ऊ केहीछिनपछि शान्त भएर भन्छे सर मेरो बुबा पनि तपाईजस्तो अफिसको हाकिम हुनुहुन्थ्यो रे ।
ओहो कसरी कल्पना गरेको कुरा ठ्याक्क मिलेछ ।
सर तपाईनै बुबा भएर मलाई नागरिकता मिलाइदिनोस् न ।
हैन यो केटी कतिसम्मकी निडर रहिछे । एउटा सिडिओको अगाडियस्तो कुरा गर्नक्ने । फेरि म यसको बुबासमान कहा छु र हुन त देख्ने जो कोहीले मलाई उमेरभन्दा दसवर्ष जेठोको अनुमान लगाउछन् । सायद यो खुइलेको तालुको करामत हो । यसलाई पनि यो सम्भाव्यताको सङकेतले  मजाले नै खाएछ    म अब स्थिर हुन्छु ।
यो कसरी सम्भव छ । सिडिओ भएर आफ गलत बाटो रोज्न मिल्छ ल भन त ।  म मध्यस्थता कायम गर्न खोज्छु उसको विचार र मेरो भनाइबीच ।
त्यसपछि दुईचार चोटी ऊ मेरो अफिसमा धाई । असम्भावानाका हिमचुली चुलिदै गएपछि ऊ अफिस धाउन छोडी । ऊ माओवादी भई रे । उसग सतर्क हुनुपर्नेे कुरा अफिसका स्टाफबाट सुनेको थिए
सर के सोच्नु भएको अब मलाई राम्ररी चिन्नु भयो होइन ।उसको मलिन स्वरले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । म वर्तमानमा तानिन्छु । 
अहिले त झन यो केटी अझ बढी निडर , स्वाभिमानी र तर्कशील देखिन्छे । ऊ मृत्युको भयलाई पचाएर आएकी छे तसर्थ उसको अनुहारमा कुनै भय छैन त्रास छैन । क्रान्तिको दनदनी आगोमा आफ्नो अमूल्य जीवन होमेकी छे । यस्ती कलकलाउदी सुकोमल शरीर भएकी मान्छेले आफुलाई किन होमेकी होला यसरी आगोमा ।
सरले सोच्तै हुनुहुन्छ  म किन र कसरी माओवादी भए भनेर होइन सर ? सर म रहरले माओवादी भएको होइन । मेरो नागरिकता बनेको भए किमार्थ म माओवादी हुने थिइन । मेरो जागिर स्थायी हुन्थ्यो अनि आमालाई  म राम्रोसग पालेर बस्न सक्थे । तर मेरो जागिर तत्कालै छुट्यो । म घर बस्न बाध्य भए। त्यसपछि चिनेका साथीभाइले माओवादीमामा जाऔ देशलाई क्रान्तिकारी योद्धाको खाचो छ भन्न थाले । त्यसपछि म माओवादी भए सर ।
तिमीलाई गोलीबारुदसग डर लाग्दैन ?” म प्रश्नको झटारो हान्छु ।
ऊ निर्भिक भएर भन्छे केको डर सर ?”
हाम्रो देशलाई हामीजस्तो युवाको बलिदान चाहिएको छ । देशको भ्रष्ट र दुष्ट सामन्तहरूलाई नाश गर्नु छ । हामी रातदिन दुख गरेर एक छाक खान पाउदैनौ । उनीहरू मोज गरेर बसेका छन् । हामीले नया नेपाल बनाउनुछ । त्यसैको लागि हामीले क्रान्ति गर्नु परेको छ । माओको सिदान्त अनुरूप शोषित वर्गलाई उठाउनु छ सर ।यति भनेर ऊ केही सम्झेजस्तो गर्न थाली ।
मलाई उनीहरूको पार्टीका धेरै कमी कमजोरीहरू भन्न मन थियो । तर आफ्नो शरीरको असमर्थता र प्रतिकूल परिस्थितिले गर्दा मैले केही बोलिन । ऊ पार्टीको सिदान्तबाट अत्यन्त प्रभावित देखिन्थी ।
सारा शरीर दुखिरहेको छ । म पीडाले उच्छवास लिन्छु – ‘ऊफ
ऊ भन्छे सरलाई साह्रै दुखिरहेको होला म पेनकिलर दिन्छु ।
ऊ कतै कुनाबाट औषधि र पानी झिकेर मलाई दिन्छे । मेरो एउटा खुट्टा चलाउनु सकेको छुइन्।। शरीरमा धेरै ठाउमा घाव भएको रहेछ । अहिले मजाले दुख्दै छ । उसले सफासुग्धर गरेर औषधि लगाइदिएकी रहिछ । अहिले थाहा पाउदै छु ।
मेरो ध्यान उसको साडी चोलोमा पर्छ । मेरो उत्सुकतालाई अभिब्यक्तिमा पगार्छु तिमी सखर मुकाम हान्न आएकी मान्छे , यो साडीचोलो.. ?”
यी त मेरी आमाका हुन । कम्ब्याक्ट ड्रसमा बसे खतरा हुन्छ भनेर लुकाएर राखेकी छु । सारै बाठी भइछ । फेरि मनको कुरा पनि कति चाडो बुझ्दिरहिछ । यो केटी किन यसरी मेरो लागि आफ्नो ज्यान खतरामा पार्दै छे । यो मेरो को हो ? मलाई किन यसरी उदारता देखाउदै छे ।
सर, मैले पार्टीमा नै मनोविज्ञानबारे केही कुरा पढेकी छु र म केही पढेकी हुनाले काउन्सिलिङ्सम्बन्धी तालीम पनि लिएकी छु । त्यसैले यो समयमा सरले केकस्ता वmुरा सोच्न सक्नुहुन्छ म सजिलै अनुमान लगाउन सक्छु । सरले सोच्नुभएको होला मैले यो खतरा किन उठाइरहेकी छु भनेर सर, हामी जतिसुकै कठोर र निर्दयी भएपनि हामीभित्र पनि मानवीयता छ , संवेदना छ । सरको हालत देखेर मलाई छोडेर जान मन लागेन । हुन त सरको अगाडि हामी भुसुनासरह हौहाम्रो जीवनको कुनै मूल्य छैन तर मैले सरको जीवन बहुमूल्य ठानेको छु । सरका पछाडि धेरै आशाका गोरेटाहरू छन् । जसले सरलाई पछ्याइ रहन्छन् । मेरो जीवनको कुनै भर छैन । कुनै मूल्य छैन । मेरो न आशा छ न भविष्य । मेरी आमाले पनि मलाई छोडेर हिड्नुभएछ ।
यति भनेर ऊ धेरै गम्भीर भई ।
यति राम्री केटीले यस्तो भनेको सुनेर मेरो आत्मा छटपटायो । यति सुन्दर शरीर , यति उचाइको वौद्धिकता भएकी केटीले ठाउपाउने हो भने संसारलाई आफ्नो वशमा पार्न सक्थी तर यो नेपालीहरूको विडम्बना भनौँ यति सुन्दर हातहरूले बम र गोला खेलाइरहेका छन् यहासुकन्या जस्तो धेरै कन्याहरू छन् जसले आफ्नो उज्ज्वल भविष्यको सपनालाई बलिदान दिदै क्रान्तिको यज्ञमा होमिएका छन् । उनीहरूले आफ्ना खुसी, चाहना र भविष्यलाई ह्दयमा नै दाहसंस्कार गरेका छन् ।
हामी गफ गर्दा राम्ररी उज्यालो भइसकेको थिएन । उसले गाग्रीमा कतैबाट पानी लिएर आई । उसले कोठाको कुनामा रहेको ओदानमा आगो बालेर पानी तताई । कतैबाट मकै खोजेर ल्याई र भुट्न थाली । अब बाहिर राम्रोसग उज्यालो भइसकेको थियो । हाडीमा मकैका फुल उठ्तै थिए । मेरो मनमा पनि अनेकौतर्कवितर्कका ज्वारभाटाहरू उठ्तै बस्दै गर्दै थिए । हाडीको मकैजस्तै मेरा भावनाहरू कहिले  फुल बन्दै कहिले ठेट्ना बन्दै उचालिदै पछारिदै गर्दै थिए ।
उसको सन्निध्यताले मैले जीवनसम्बन्धी धेरै कुरा सिकिसकेको थिए । हामी दुईधारमा बगेका विपरित लिङ्गी मानव थियौ। म सरकारको पक्षमा राज्यमा शान्तिसुरक्षा गर्न खटिएको एउटा मर्दाना कर्मचारी थिएभने  ऊ राज्यमा क्रान्तिगरी सरकारी प्याकेजहरूलाई असफल पार्न खटिएकी जनना छापामार थिई । ऊ मृत्युलाई हाक दिन सक्थी भने मृत्युदेखि भाग्ने डरछेरुवा थिए। मसग धेरै आशा विश्वास, चाहनाका फुलहरू थिए जुन सुन्दर संसारबाट टिपिरहेको थिएभने ऊ उदेश्यहीन आशाहीन जीवन लिएर फूलको सट्टामा बारुद र गोलामा , फ्नो भविश्य साटिरहेकी थिई । यस क्षण र यस घट्नाले मलाई उद्धेलित र भावुक दुवै बनाउछ । सुषुुप्त अवस्थामा रहेको मभित्रको लेखकीयता जुरमुराउछ । मानवीयता छटपटाउछ ।  म अत्यन्त गम्भीर र संवेदनशील बन्छु । यस अकल्पनिय घट्नालाई कुनै समय भाषिक अभिव्यक्ति दिनेछु भनेर  संकल्प गर्दछु ।
    सर. उसले मेरो एकाग्रतालाई पुन भंङग गर्छे सरलाई म खबर पठाएर मान्छे लिन पठाईदिन्छु । हुन त रात परे पछि मैले हिंड्दा ठीक हुन्थ्यो तर सांझपरुन्जेल सम्म सरको स्वास्थ्य स्थिति बिग्रिन सक्छ ।  त्यसैले अहिले खबर दिएर म बाटो लाग्छु सर । ’’
    ऊ मकै खांदै मालसामान मिलाउन लागी । मैले पनि अलिकति खाए। उसले हतारहतार एउटा सानो कागजमा केही लेखी र पुलुक्क मेरो मुख हेरी । उ गम्भीर र संवेदनशील हुंदै भन्न थाली सर कतै भेट भयो भने नबिर्सनुहोला, कतै निलिमा नाम पढ्नुभयो वा सुन्नुभयो भने सम्झनुहोला । सरको स्वथ्य चांडै राम्रो होस् । म बाटो लाग्दै छु । केही समयपछि  माथिबाट  मानिसहरू सरलाई लिन आउनेछन् । मेरो विषयमा कसैलाई केही  नभन्नुहोला ।
 उसको कुराले म अत्यन्त चिन्तित र गम्भीर भए। एकातिर उसको ज्यानको खतरा थियो भने अर्को तर्फ मेरो स्वस्थ्यस्तिथि बिग्रंदै गएको थियो । म मुस्किलले भन्छु
सुकन्या तिमी नजाऊ आत्मसमर्पण गर तिम्रोलागि म बोल्नेछु ।
ऊ अत्यन्त धीर बन्दै भन्छे सर अब धेरै ढिलो भइसक्यो । अब मैले फर्कने सारा बाटाहरू बन्द भइसके । मैले आत्मसमर्पण गरे पनि मेरो आत्माले शान्ति पाउने छैन । यो हाम्रो पार्टीको सिदान्त विपरीत छ । त्यसैले म जान्छु । मलाई मृत्युको कुनै चिन्ता छैन । त्यसपछि उ सानो पोको सायद कम्ब्याक्ट ड्रेस  थियो क्यार,बोकेर बाहिर लागी । उ बाहिरिएको मैले सुतेर नै  टुलुटुलु हेरिरहे
 ऊ गएको करिब दुई घण्टापछि मानिसहरू स्टे«चर लिएर म भए ठाउमा आए । मलाई अस्पताल पु¥याइयो । अस्पताल बिमारीले खचाखच भरिएको थियो । पहाडको अस्पताल भने जस्तो सामान औषधि केही थिएन । त्यहासैनिक, कर्मचारी तथा साधारण जनता धेरै घाइते थिए ।
    दिउसो म निकै बेर निदाएछु । आंखा खोल्दा बाहिर धेरै हल्लाखल्ला सुनेर मसग बसेको स्टाप्mलाई सोध्छु । बाहिर के को हल्ला हो ?”
सर , बाहिर फेरि एउटा नया छापामार घाइते भएर ल्याएको रहेछ, उसको नाम निलिमा रहेछ ।
निलिमा भन्ने बित्तिकै मेरो कान चनाखा हुन्छन् । मेरो हात खुट्टा गलेर आउछ । ओठ तालु सुकेर आउछ । म छांगाबाट खस्छु । उफ   निलिमा तिमीले यो के गयौ । म आफ्नो पीडा कसैलाई सुनाउन सक्दिन। म वरिपरि मानिसहरू ऊसम्बन्धी गफ गरको कुरा सुन्दै मनमनै गम्छु ।
त्यो अघि आएकी छापामार कति राम्री रहिछ ।
यस्तो लाउलाउ“ , खाउखाउ भएकाहरूले किन यसरी ज्यान फ्याकेका होलान् ।
सायद बाच्दिन होला ।
ऊ सम्बन्धी प्रत्येक वाक्यले मेरो मुटु घोचिरह्यो । साच्चै तिमी  महान छौ निलिमा । म मेरो यो जीवन तिम्रै नाममा अर्पित गर्दछु । मेरो जीवन सधै तिम्रो ऋणी भइरहनेछु । निलिमाको सम्भाव्य मृत्युले मलाई धेरै दुखाउछ । संसार अध्यारो देख्छु । सुकन्या उर्फ निलिमाको अस्तित्व त्यसै अन्धकारमा हराएको देख्छु । म ऊ सम्बन्धी बढी जानकारी लिने कोसिस गरिरहेकी हुन्छु तर असमर्थ हुन्छु ।
मेरो उपचार त्यहा हुन नसकी म काठमाडौ ल्याइन्छु । म करीब डेढमहिनाको बेडरेस्टमा छु खुट्टा भाचिएको हुनाले । यो समयभरि सुकन्या उर्फ निलिमा मभित्र झागिरही । मेरो ढुकढुकीमा बाचिरही । मैले उसलाई भुल्न सकिन। मेरो सम्झनाको आकाशमा कहिल्यै नअस्ताउने जून बनेर उदाइरही । उसको उपस्थितिले मेरो सुषुप्त अवास्थामा रहेको लेखकीय भावाना, भाषा र कथासिल्पको पखेटा लगाई कथ्य आकाशमा उड्न थाले – ‘मेरी सुकन्या उर्फ निलिमाभन्दै ।  

2 comments:

Anonymous said...

तपाईं कुनै पनि वित्तीय कठिनाइ हुनुहुन्छ? तपाईं आफ्नो ऋण खाली गर्न एक ऋण चाहिन्छ? तपाईं आफ्नो आर्थिक वृद्धि गर्न जाँदै हुनुहुन्छ? तपाईं आफ्नो / उनको कम्पनी विस्तार गर्न चाहने एक व्यापार व्यक्ति हुन्। एतद्द्वारा तिमी एक असली नायक, भरोसा र प्रभावकारी उधारो कम्पनी क्रेडिट ऋण सम्पर्क गर्नुपर्छ। म सिकेका कसरी हाम्रो उच्च दक्षता लागि व्यक्तिगत र सरकार।

सेवा समावेश:
* व्यक्तिगत ऋण (सुरक्षित र असुरक्षित)
* व्यापार ऋण (सुरक्षित र असुरक्षित)
* घर सुधार
* आविष्कारक ऋण
* स्वतः ऋण
आदि ..

कृपया हामीलाई constantloanfirm@gmail.com मार्फत, तपाईं इच्छुक हुनुहुन्छ भने प्राप्त अथवा मार्फत यो नम्बर मलाई WhatsApp: +2348162022629

Anonymous said...

तपाईं कुनै पनि वित्तीय कठिनाइ हुनुहुन्छ? तपाईं आफ्नो ऋण खाली गर्न एक ऋण चाहिन्छ? तपाईं आफ्नो आर्थिक वृद्धि गर्न जाँदै हुनुहुन्छ? तपाईं आफ्नो / उनको कम्पनी विस्तार गर्न चाहने एक व्यापार व्यक्ति हुन्। एतद्द्वारा तिमी एक असली नायक, भरोसा र प्रभावकारी उधारो कम्पनी क्रेडिट ऋण सम्पर्क गर्नुपर्छ। म सिकेका कसरी हाम्रो उच्च दक्षता लागि व्यक्तिगत र सरकार।

सेवा समावेश:
* व्यक्तिगत ऋण (सुरक्षित र असुरक्षित)
* व्यापार ऋण (सुरक्षित र असुरक्षित)
* घर सुधार
* आविष्कारक ऋण
* स्वतः ऋण
आदि ..

कृपया हामीलाई constantloanfirm@gmail.com मार्फत, तपाईं इच्छुक हुनुहुन्छ भने प्राप्त अथवा मार्फत यो नम्बर मलाई WhatsApp: +2348162022629।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।