मेरो पाणिग्रहण आजभन्दा दुई वर्षगाडि भएको थियो । नयाँ वर्षँगै मैले मेरो जीवनको नयाँ उमङ्ग र आकर्षा प्राप्त गरेकी थिएँ । सामाजिक परम्परागत रितिथितिको र्समर्थन गर्दै मेरो विवाह सागरसँग भएको थियो । शिक्षित, सुन्दर र दाइजोले सजिएकी बुहारीपात्र भेट्टाउँदा सागरका सबै सदस्य रमाएका थिए । अझ मैले नब्बे ड्रि्रीबाट घोप्टिएर खुट्टामा ढोगिदिँदा त झन् 'सौभाग्यवती भएस्' 'चाँडै छोराको आमा भएस्' भन्ने आशावादीले टन्न अघाइसकेकी थिएँ । कुनै विदेशी संस्थामा तलबस्केल पनि राम्रै भएको बाबुआमाको प्रिय कान्छो छोरालाई पतिको रूपमा भेट्टाउँदा म पनि खुसी नै थिएँ । त्यसमाथि उसका दिदीहरूले र भाउज्यूले नाता जोड्दै प्रशंसाको बाढी बगाइदिँदा त झन् म चुर्लुम्म डुबेकी थिएँ । एउटा आदर्श पत्नी र बुहारीमा हुनुपर्ने गुणलाई सबैतिरबाट मलजल गरिदिएर सिँचिदिएका थिए । यसै मौलाएको वृक्षमा घरपरिवारले सियाँल लिएका थिए । बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म आनन्दले सुस्ताउने गर्दथे । विवाह गरेको पहिलो रातमै सागरले भनेको थियो-'आमाको खुट्टामा तेल लगाइदियौ, सायद गोडा लगाउनु भन्छन् होला हैन -' म यन्त्रवत् कम्प्युटरचालित मेसिनझैँ सासू अनि आमाजूको खुट्टामा तेल लगाउन गएकी थिएँ । म जाँदा मेरो कोठामा सजिएका मसँगै आएका विदेशी हजारौँ रूपैँया पर्ने सामानहरू हाँसिरहेका थिए ।
केही दिनपछि दुल्हन फर्काइयो । त्यसको पन्ध्र दिनपछि सम्धी-सम्धिनी भेटघाट गर्न भनेर मेरा माइतका पाँच, छजना बाआमासहित अन्य व्यक्तिहरू आउनुभयो । भेटघाटको कार्यक्रममा मेरा माइतका आइमाई-खलकले मेरो सासूको खुट्टा र लोग्ने मान्छे-खलकले मेरो ससुराको खुट्टामा ढोग्नुपर्ने थियो । यो सागरहरूको परिवारमा चलिआएको रीत हो भनियो । यो रीतलाई अस्वीकार गर्ने कसैले हिम्मत गरेनन् । यो अनौठो रीतले मेरा माइतकाहरूको मस्तिष्कमा करेन्टको झट्का परेझैँ झन्झनाएको थियो । तर छोरीले दुःख पाउली भनेर सबैजनाले त्यो रीतलाई हाँसीहाँसी स्वीकारेका थिए । यसै संस्कारमा हुर्केको सागरलाई कुनै असर परेको थिएन । तर मेरो अन्तरआत्मामा असन्तुष्टको ज्वारभाटा क्षणमा नै उठेर क्षणभरमा नै शान्त भएको थियो ।
चाँडै नै बुहारीपात्रको भूमिका बीचैमा रोकिने भयो । किनभने म सागरसँगै काठमाडौँ जानुपर्ने भयो । उसको एक महिनाको बिदा सकिइसकेको थियो । सुरुमा म काठमाडौँ जान पाउने हुँदा खुसी नै थिएँ । तर काठमाडौँ आएपछि यहाँको कोलाहलपूर्ण जीवन, व्यस्तता र दूषित वातावरणसँग म दिक्क भएँ । डेराको एक्लोपना र आफन्तदेखि धेरै टाढा भएकाले म आफैँभित्र हराइसकेकी थिएँ । सागरको ड्युटी असाध्यै व्यस्त थियो । बिहान ८ बजेदेखि बेलुकासम्म अफिसमा नै बित्दथ्यो । बिदाको दिनमा पनि उसको आफ्नै अफिसको हिसाबकिताब मिलाउनुपथ्र्यो । उसको बाबजुद पनि ऊ घरमा कुनै कुराको कमी हुन दिँदैनथ्यो । एउटा आज्ञाकारी पति भएर ऊ मेरा लागि जे पनि गर्न तयार रहन्थ्यो ।
मैले एकाकीपनलाई मिल्काउन जागिरको तलास गर्न थालेँ । तर मात्र आइए पास गरेकोले यो समयमा जागिर पाउनु असम्भवप्रायः नै थियो । त्यसपछि मैले क्याम्पस पढ्ने विचार गरेँ । जसमा सागरको पनि र्समर्थन थियो । नेपाली विषय लिएर त्रि-चन्द्रमा बीए पढ्न थालेँ । क्याम्पसऴ जाँदाजाँदै मेरो कृष्णसँग परिचय भयो । ऊ पनि त्रि-चन्द्रमा बी.ए.को दोस्रो वर्षा पढ्दै थियो । क्याम्पस जाँदा भेट नभए पनि फर्किँदा भेट हुन्थ्यो । एउटा विवाहित स्त्रीसँग गर्नुपर्ने आदरभाव उसले मसँग राख्थ्यो । कृष्ण हाम्रो डेरामा पनि आउने गर्दथ्यो । मैले सागरसँग उसको परिचय गराइदिएकी थिएँ । कृष्णको व्यक्तित्व साह्रै प्रसंशा गर्न लायक थियो । एकपल्ट भेट भएपछि उससँग नरिझिने सायद कोही थियो होला । कृष्णसँग मेरो काम परिरहन्थ्यो । एउटै क्याम्पस र एउटै विषय परेको हुनाले उसँग नोटकापी र प्रश्नपत्रहरू माग्नु पर्दथ्यो । जहिले पनि उसको हँसिलो अनुहारले मलाई सहयोग गर्न स्वागत गर्दथ्यो । उसको हँसाइ र बोलाइमा मैले अर्कै अनुभूति प्राप्त गरेकी थिएँ । उससँग मेरो साहित्यसम्बन्धी वादविवाद पनि चल्थ्यो । ऊ आफ्नो तर्क राम्ररी केलाएर दिन्थ्यो । जसमा मैले हार मान्नुपथ्र्यो । ऊ नारीसम्बन्धी धारणा यसरी पोख्दथ्यो मानौँ ऊ नारी मुक्तिको प्रमुख योद्धा नै हो । उसको कुरा सुनेर म यति प्रफुल्लित हुन्थे कि म अज्ञानताको ठूलो खाडलबाट धेरै माथि आइसकेको छु जस्तो आभास हुन्थ्यो मलाई । ऊ मेरो विचारधारालाई यसरी परिवर्तन गर्दैथ्यो कि मानौ बषौं अगाडिको रुढिवादी विचारधारामा रुमल्लिएकी म र मेरो परिवेशलाई नयाँ बाटो देखाउदैथ्यो । ऊ भन्थ्यो- 'नारी समाज हो र समाज नै नारी हो, नारी विना समाज हुनसक्दैन । पुरुषहरू ठूल-ठूला सिर्जनात्मक कार्य गर्दछन् , पुरस्कार प्राप्त गर्दछन् । तर के नारीले जस्तो एउटा सजीव सिर्जना गर्न सक्दछन् - ऊ त मात्र निर्जीव वस्तुलाई सजीव देखाउन खोज्दछ । अनि उसका सिर्जना गर्ने हातहरू नारीको रगतबाट नै बनेका हुन्छन् ।' उसको कुराबाट म धेरै प्रभावित भइसकेकी थिएँ । हुन पनि हो नारीको समाजमा कुनै महत्व र अस्तित्व नै छैन । समाजमा रहेको नारी पुरुष बीचको असमानताको खाडललाई मैले देखेकी नै रहेनछु । पुरुषप्रधान समाजमा हुर्केकी म अवलाले यस्ता धेरै चोटहरू मैले हाँसि-हाँसि स्वीकारी सकेकी मैले सम्झना गर्न थालेँ । मलाई सागर र कृष्णमा तुलना गर्न मन लाग्छ । मैले दुईजनाको बीचमा धेरै लामो दुरी भेट्टाए र त्यो दुरी बीचमा रुमल्लिएकी म एउटा निरूपराय अवला भौतारिरहेकी थिएँ ।
यस्तैमा सागरलाई शहर बाहिर फिल्ड जानुपर्ने भयो हप्तादिनको लागि । ऊ गएपछि मैले आफूलाई साह्रै एक्लो महसुस गर्न थालेँ । तर दिनहरू काट्नुपर्ने नै हुन्छ र समयहरू बिताउनका लागि नै हुन्छन् । एक्लो समय कष्टपूर्ण र त्रासदियुक्त हुँदो रहेछ । यसै एक्लोपनाले मलाई बिरामी बनायो । म बिरामी भएको कसरी हो कृष्णले थाहा पाएछ । उसको आगमनले मलाई केही हलुको महसुस हुन्छ । उसले मलाई ज्वरोको औषधि किनेर ल्याइदियो । ज्वरो केही कम भयो । राती फेरि ज्वरो आएमा बोलाउनु भन्ने सल्लाह दिएर ऊ गयो । राती ज्वरो आयो तर मैले बोलाउन उचित ठानिनँ किनभने म एउटा परस्त्री भएर आफ्नो मर्यादाको सिमारेखा आफै कोर्नुपर्दथ्यो । कतै कथा उपन्यासमा भए जस्तै मेरो जीवन भयो भने । तर्सथ मैले सागरको अनुपस्थितिमा कृष्णसँग बढी हेलमेल नगर्ने विचार गरेँ । म आफ्नो दाम्पत्य जीवनमा कुनै खोट लगाउन चाहन्नथेँ । किनभने सागरमा पनि खासै त्यस्तो कमी केही थिएन, मात्रै उसँग पितृसत्तात्मक समाजले हस्तान्तर गर्दै आएको नारीप्रतिको रुढिवादी धारण।ले भरिएको विचारधारा थियो । तर यसले परिवर्तन हुनै पर्दछ । तर परिवर्तन भन्ने कुरा कसैले जबरजस्ती गरेर हुँदैन । यो त आफैँ अन्तरआत्मादेखि प्रेरित भएर आउनुपर्दछ ।
भोलिपल्ट कृष्ण फेरि आयो । मलाई ज्वरो आउन नछोडेकोले क्लिनिक जाने सल्लाह दियो उसले । मैले उसको सुझाव नकार्न सकिनँ । उसको सहयोगमा म चेकअप गराएर फर्केँ । कोठामा हामी दुई मात्र थियौँ । ऊ धेरै बेर सम्म बोलेन । किनभने डाक्टरले 'तपाईँ वहाँको 'को -' भन्ने प्रश्नमा कृष्णले जवाफ दिन सकेको थिएन । आफ्नो विद्धत्व कुराले सबैलाई लठ्याउने कृष्णले डाक्टरको सानो प्रश्नमा जाडोले कक्रेको भेडाजस्तो भएको थियो र मैले नै जवाफ दिएकी थिएँ 'छिमेकी' भनेर ।
कृष्ण धेरैबेरसम्म मेरो कोठामा बस्यो । ऊ किताब पढिरह्यो र म सुतिरहेँ ।
मैले नै मौनता भंग गर्दै भनेँ- 'कृष्णजी तपाईले मलाई यति धेरै सहयोग गर्नु भएको छ । यसको बदलामा म तपाईँलाई के दिऊ, तपाईँको ऋणको भारले म थिचिएकी छु । कृपया मलाई मौका दिनोस् ।'
'यो त मात्र संयोग हो । कसैले सहयोग गर्छु भन्दैमा गर्न सकिन्न । यो जीवनयात्राको किताबमा सायद तपाईँलाई सहयोग गर्नु पर्छ भनेर कुनै पानामा लेखिएको रहेछ । यसैले होला तर तपाईँ ऋण नसम्झनोस् ।' मैले उसको अन्तरआत्माको भाव बुझ्न पुनः प्रश्न गरे 'मानिस स्वार्थी हुन्छन् भन्छन् नि तर तपाईँ त मलाई कुनै स्वार्थविना नै सहयोग गरिरहनु भएको छ ।'
उसले उत्तर दियो- 'सबै व्यक्ति स्वार्थी हुन्छन् नै भन्न सकिन्न । मेरो पनि कुनै स्वार्थ छैन । तर एउटा कुरोचाँहि अवश्य लुकेको छ ।'
उसको यही लुकेको यथार्थ मलाई थाहा पाउने इच्छा थियो । 'कृपया के कुरा लुकेको छ भनिदिनु होला म कृतज्ञ हुने थिएँ ।'
उसले गम्भीर भएर भन्यो 'सायद तपाईँ अविवाहिता हुनुहुन्थ्यो भने ।'
उसको उत्तरले मलाई रिगंटा लाग्यो, म आत्तिएँ । किनभने मनस्थितिलाई परिस्थितिले साथ दिएमा नसोचेको कुरा पनि हुन सक्दछ । मेरो हडबर्डाई देखेर कृष्णले पनि अप्ठ्यारो महसुस गर्यो र जाने अनुमति माग्यो । मैले पनि टाउको हल्लाएँ मात्र ।
पर्सिपल्ट सागर फिल्डबाट फर्कियो । म निकै ठीक भईसकेकी थिएँ । मैले आफू विमारी भएको र कृष्णले सहयोग गरेको कुरा गरेँ । सागरले आफूसँग सरुवाको पत्र पनि लिएर आएको रहेछ । सागरसँगै मेरो पनि सरुवा भयो । मैले जानेबेलामा कृष्णलाई भेटे 'हामी जाने' भन्दा उसले कुनै प्रतिक्रिया जनाएन । मैले कृतज्ञता प्रकट गरेँ । उसले औपचारिकता पूरा गर्यो मात्रै । तर म भने उसको विचारधाराले परिवर्तित मन लिएर केही गर्ने अठोट लिएर अघि बढेँ ।
July 24, 2009
1 comment
परिवर्तित मन
11:43 AM
कथा
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
शर्मिला जी धेरै गहकिलो प्रसंग समेटिएको लेख उतार्नु भयो, हो हाम्रो देश पुरुष प्रधान देश भएको कारणले होला अहिले सम्म दिदीबहिनीहरुले ईच्छा र आकंक्षा भित्र कहिल्यै रमाउन पाउँदैनन माईतीमा हुञ्जेल दाईभाई र बुबाको डर बिबाहित भए पछि श्रीमान र सासुससुराको मान ईज्जत अनि डर के गर्ने तपाईको लेख वा कथा जे भनौ कुनै शन्देस दि रहेछ लेख्दै जानुस यस्ता कुराहरु धेरै नै आबश्याक् छन हाम्रो समाजमा।
धन्यबाद।
Post a Comment