सुन्दर घरकोअगाडि बरन्डाको डिलमा पुराना तीनओटा गमला थिए । ती गमलामा तीतेपाती, तुलसी र घोडताप्रेका बोटहरू रोपिएका थिए । यस्तो राम्रो घरको बरन्डामा त्यो पनि डिलमा यस्ता फुल्दै नफुल्ने फूलका गमला राख्नुपर्दा बुहारीपात्र चिढचिढिएकी थिई । सासूपात्रलाई उक्त गमला त्यहाँ नराखी नहुने भएकाले दुइ पात्रबीच वाक्युद्ध पर्दथ्यो । अनि त्यस युद्धको बीचमा तटस्थता अपनाउन छोरा भनौँ श्रीमान्पात्रले आफ्नो सम्पूर्ण कला र प्रतिभा खर्च गर्नुपर्दथ्यो । ऊ कहिले श्रीमतीले हानेको बाणले निशाना हुनपुग्दथ्यो भने कहिले आमाले हानेको बाणको । ती बाणहरूले ऊ मर्माहत हुन पुग्दथ्यो । तर पनि उसले कुनै ठोस निर्णय लिन सकेको थिएन ।
श्रीमतीपक्षको वकालत पनि ठीकै थियो । यति सुन्दर घरको अगाडि यस्ता नफुल्ने फूल राखेर घरको शोभा नै घटाउन नहुने नि π अन्त अघिपछि राख्दा पनि हुने नि π आफ्नो अभिमानको प्रदर्शन हो यो ।
अनि ऊ आमापक्षको वकालत सुन्थ्यो । घरको अगाडि यस्ता औषधिका बोट राख्दा के बित्यो - साँझबिहान बिमारी परिन्छ । अनि यी पातहरूको आवश्यकता पर्दछ । तिमीहरूलाई के थाहा π यसले खान मागेको छ र -
दुवै पक्षको वकालती तर्क ठीक थियो । ऊ मात्र बेठीक थियो । त्यसैले ऊ बेला-बेलामा जोइजिङग्रे अनि नामर्दको उपाधि पनि पाउँदथ्यो ।
एक दिनको कुरो, राती ठूलो आवाज आयो । घरका सबै उठे, होहल्ला भयो । चोरले घरमा पस्न खोज्दा तिनै गमला झरेको थियो । अनि मानिसहरू उठेको हुनाले चोर भागेको अड्कल सबैले त्यहा“ गरे ।
सासूपात्रलाई आफ्नो औषधिको गमला फुटेकोमा ठूलो अफसोस भयो । बुहारीपात्रलाई ती पुराना गमला त्यहा“बाट सधैँको लागि हटेकामा सन्तुष्टि भयो । श्रीमान्पात्रलाई ती गमलाहरूले आफ्नो घरमा हुन लागेको ठूलो अनिष्ट टरेकोमा खुसी लाग्यो ।
केही समयपछि बुहारीपात्रको छोरो बिमारी भयो । राती तीतेपाती र तुलसीको पात चाहिने भयो । घरमा अन्य कोही नभएकाले छोरालाई एक्लै छोडेर बुहारीपात्र घरमुनि औषधिका पात लिन जान सकिन । उसले बरन्डामा औषधिका पातहरू झल्झली सम्झी ।
भोलिपल्ट उसले राम्रा तीनवटा गमला किनेर ल्याई र उक्त औषधिका बोटहरू रोपेर बरन्डामा सजाई । त्यस गमलामा औषधिका बोटमात्र नभई तीनै जनाका शान्ति, खुसी र आत्मसन्तुष्टिहरू पनि मौलाए ।
10 comments:
सखदाजी तपाइका कथाहरू मलार्इ राम्रै लाग्छ । शिक्षामुलक पनि छ । येा कथाचांहि अलि हतार हतारमा राख्नु भएकेा हेा की जस्तेा मलार्इ लाग्येा । म पनि नया व्लगर हुं । फुर्सत पाउंदा यसेा हेरीदिनु हेला । म त अचेल यसैमा रमाउन थालेकेा छु ।
मेरेा व्लग gckarki.wordpress.com
शर्मिलाजीका प्रतेक श्रीजनाहरुमा प्रेम र प्रेमजनित,मानबबादी जीबन दर्शन बोकेकाछन। उहाको कथाहरुले आजको स्थितीमा नयाँ मुल्य स्थापनाका लागि जुन तरखर देखाएकोछ,त्यो मननिय छ। तिगेलाजी को "देश बोक्नुको पिडा"को बिभिन्न कोणबाट हेर्दा लेखिका को बिभिन्न स्वतन्त्र चिन्तन र अभिब्यन्जन स्पष्टिएकोछ। जीबनलाई नयाँ दृष्टिकोणले हेर्ने यथार्थको नयाँ व्याख्या प्रस्तुत गर्न असाध्य सिपालु शर्मिलाजी उतरोत्तर प्रगतिको कामना गर्दछु।
छोटो मिठो
लघुकथा खुबै जमेको छ है शर्मीला जी ।
जी कार्कीजी धन्यवाद, यो लधुकथा भएकोले केही छोटो छ लधुकथाका आफ्नै नियम छन् हतारमा लेखिएको होइन, तपाइको व्लग हेरे राम्रो छ प्रयास गर्दै गर्नु होला अझ राम्रो हुनेछ । मेरो शुभकामना छ ।
धन्यवाद विमलजी, म निकै परिश्रम गरेर लागिरहेको छु, विसेस डायपोरिक लेखनलाइ वढी प्राथमिकता दिने अथार्त पुस्तक समिक्षा गर्ने सोचाइमा छु, तपाइहरुको शुभकामनाले मलाइ नया उर्जा मिलेको छ, पुन धन्यवाद ।
Thank you Anonymous jee and Mukta jee.
शखदा जी लघुकथाले मन छोयो । राम्रो परिवेशलाई क्यानभासमा उतार्नुभएको रहेछ । ब्लग निकै राम्रो छ शुभकामना तपाईलाई । तपाईका नयाँ रचनाहरु डाइरेक्ट ब्लगमा पढ्न पाएँ सुनमा सुगन्ध हुने थियो कि ? कथाहरु मैले पहिले नै तपईक पुस्तकहरुमा पढिसकेको छु । नयाँ कथाहरु पनि प्रकाशित गर्नुहोला ।
भोलिपल्ट उसले राम्रा तीनवटा गमला किनेर ल्याई र उक्त औषधिका बोटहरू रोपेर बरन्डामा सजाई । त्यस गमलामा औषधिका बोटमात्र नभई तीनै जनाका शान्ति, खुसी र आत्मसन्तुष्टिहरू पनि मौलाए ।
कथाको वहाव सानो कुराबाट भए पनि अन्तमा तपाईले दिन खोज्नुभएको संन्देश समय सान्दर्भिक छ । तपाईले घरमा हुने विभिन्न कष्ट र समस्याहरुलाई यो कथामा केन्दित गर्नुभएको छ । हप्तामा एकचोटी भए पनि तपाईको ब्लग हेर्ने गर्छु है शर्मीला जी । फेसबुकमा तपाईको ब्लग देखेर ब्राउज गरेको मलाई त लतै लाग्यो हप्तामा एकचोटी तपाईको ब्लगमा छिर्ने । तपाईको अन्तवार्ता पनि सुने धेरै संघर्षहरु गर्नुभएको रहेछ तपाईले नेपाली साहित्यमा । Thanky You!!!
धन्यवाद मुक्ताजी , दीक्षाजी र विवसजी.. धेरै खुसी लागेको छ । व्लग हेर्दै गर्नु होला अझै धेरै रचना आउन वाकी छ । रचनाहरु सुरुमा व्लगमा राख्दा पत्रिकाहरुले छाप्न गारो मान्छन त्यसले गर्दा हो । पत्रिकामा आउन वितिकै म अपलोड गर्छु । प्राय हप्तामा एउटा वा दुइटा रचना राख्नै सोचाइमा छु । तपाइहरुले यति माया गरेर मन पराएर हेर्नु हुदा साहै खुसी लागेको छ ।
Post a Comment