छोरीले आमालाई भन्दै छे - 'मेरो लागि केही नगरी दिने खै वर्थ डे नमनाइदिने - मेरा साथीहरू क्या स्मार्ट भएर हिँडछन् । न भनेजस्तो ड्रेस छ । नभनेजस्तो सेन्डिल छ । यस्तो टिनयजर्स छोरीको चाहना पनि बुझिदिनुपर्छ नि ? अहिलेको जमाना कहा पुगिसक्यो थ्रेडिङ्ग गर्न पैसा पनि एक हप्तादेखि माग्नुपर्छ । कपाल कलर गर्नुछ फेरि लेजर गरौँभनेको सपना जस्तो भइसक्यो । कलेजमा फेसेज छ । नयाँ ड्रेस लाउनुपर्ने ? यस्तो पैसाको अभाव हुनेले किन छोराछोरी पाउनु नि ?
आमा भन्छे - 'छोरी काठमाडौ“को महङ्गीमा खान पनि धौधौ छ । यति धेरै फर्माइस पूरा गर्न कि भष्ट्राचार गर्नुपर्यो कि त दुइ नम्बरी धन्धा ? तिम्रो बुवाको सोझो कमाइले कहाँ पुर्याउन सकिन्छ र ?
छोरी फेरि पडकन्छे - 'महङ्गो ठाउँमा जन्माएपछि छोरी पनि महङ्गी हुन्छे भन्ने थाहा छैन । हुम्लाजुम्लामा जन्माएको भए भइहाल्थ्यो नि ?'
आमा नबोली बजार जान्छे । बजारबाट र्फकदा मोटरसाइकलले हान्छ । आमा बाटोमा पछारिन्छे बेहोश हुन्छे । उसको हातमा छोरीको वर्थडेको लागि अर्डर गरेको बिल हुन्छ र साथमा छोरीको लागि एउटा पेन्ट र भेष्ट हुन्छ ।
आमा अस्पतालबाट व्लड बेचेर र्फकदै गरेकी हुन्छे ।
3 comments:
आफूलाई मँहगी छोरी भनेर आफ्नो मोल तोक्ने छोरीहरु नजन्मीनु नै वेस । कथा छोटो तर सन्देश ठूलो ! लेखहरु पस्किदै जानु दिदी ।
अतिनै चोटीलो प्रहार २२औं सताब्दिका शहरीया भनाउँदा यौवनाहरूलाई !
मेरो छोरा र छोरीको बर्थडेमा एक अर्कोले झगडा गरे जस्तो लाग्यो /
Post a Comment