शिथिल मानसिकता र विचलित भावना बोकेर आदित्य कोठाभित्र पस्छ । पलङ्गमाथि फोटोसहितको फ्रेम छ । फोटोमा ताजमहलअगाडि दुइँजनाको चित्र हाँसिरहेको छ - आदित्य र सुरेखाको । कोठामा पस्नुबित्तिकै आदित्यका जोर आँखा फ्रेमभित्रको फोटोमा आकषिर्त हुन्छन् । यो फोटो उसको र उसकी पत्नी सुरेखाको हो । क्याम्पसबाट भारत भ्रमणमा जाँदा दुवैजनाले कसरी साथीहरूको आँखा छलेर आफूहरूलाई क्यामेरामा कैद गर्न सफल भएका थिए । ती दिनका गहिरो प्रेमको वासना यो फोटोमा अझै पनि मगमगाइरहेको भान हुन्छ आदित्यलाई । साथीहरू कसैलाई थाहै नदिई तीनवर्षम्म क्याम्पसमा उनीहरूले भूमिगत रूपमा गहिरो प्रेम गरेका थिए । त्यससमय उसलाई सुरेखाको अगाडि समुन्द्रको विशालता, पृथ्वीको धरातलीय सिमाना, ब्राम्हण्डको असीमितता सबै सूक्ष्म लाग्दथ्यो ।
आज उसले साथीको लहैलहैमा लागेर रेस्टुरेन्टमा अलिक बढी पिएको थियो ।
उसको साथी भन्दै थियो "हेर् यार, तँ, त साह्रै भाग्यमानी रहिछस् । सुरेखाजस्तो साथीलाई जीवनसाथी बनाउन पाइस् । आफ्नो त के गर्नु वाइफ पनि हाउस वाइफ छे । घर्रखर्च धान्न पनि धौ धौ छ ।"
उसले सम्झेको थियो 'हो, साँच्चै उसले सुरेखाजस्तो स्मार्ट, वोल्ड, र एजुकेटेड वाइफ पाएको छ । उसले भगवान्लाई धन्यवाद दिनै पर्छ । तर सुरेखालाई पाएर उसले जीवनको महत्वपूर्ण कुरा गुमाएको छ जुन कुरा
ऊ साथीलाई भन्न सक्दैनथ्यो ।' त्यसैले ऊ घोरिएकोथ्यो निकै बेर ।
"हैन, तलाई गर्व लाग्दैन सुरेखालाई पाएर ?"
शान्त तलाउमा शङ्काको तङ्रग फैलाईदिएकोथ्यो साथीको वाक्यले ।
"लाग्छ " उसले मलिन स्वरमा भनेकोथ्यो ।
"हेर् मेरी स्वास्नी हाउसवाइफ भए पनि सेक्समा सम्पुर्ण सन्तुष्टि दिन्छे । दिनभरि घरमा काम हुँदैन, साथीसाथी मिल्छन् । अनि त्यस्तै किसिमको फिल्म हेर्छन् । उसलाई पनि सन्तुष्टि मलाई पनि । तर तेरो त सुरेखा फिल्ड गइरहन्छिन् रे फेरि टेनिङ्गका लागि दिल्ली गएकी छिन् रे हो "?
साथीको सेक्ससम्बन्धी कुराले ले उसका भावाना स्खलित भएका थिए । उसको मनमा वेचैन र असन्तुष्टिका ज्वारभाटा उठ्न थालेका थिए । तर ऊ यथार्थ भन्न सक्ने अवास्थामा थिएन । किनभने उनीहरूको सफल प्रेमविवाहलाई इष्र्यालु नजरले हेर्ने साथीहरू नभएका होइनन् । यदि उनीहरूले यो यथार्थ कुरा थाहा पाएमा उसले सुरेखालाई पाएर गर्व गरेको कुरालाई धज्जी उडाउनेथे । त्यसैले उसले आफ्नो कामोद्विपन
को ज्वालालाई निस्पृह रूपमा राख्नुपरेको यथार्थ ओकल्न सकेको थिएन ।
उसलाई लागेकोथ्यो ऊ आफैलाई छलेर बाँचिरहेछ । सुरेखालाइ पाएर गर्व गरेको ढोङ्ग ऊ कति दिन पाल्न सक्छ । कुनै पनि समय यथार्थताले निर्वासित गराउनेछ त्यो ढोङ्गलाई अनि ऊ नाङ्गिनेछ यो समाजमा । उसलाई पोखिन मन लागेकोथ्यो छताछुल्ल भएर । उसका कामेच्छा खुडाखुकुरी लिएर जागेको आभाष भएकोथ्यो उसलाई । आज सुरेखा घरमा भएकी भए ऊ पूरा भोग गर्नेथ्यो भोको गोरुले हरियो घाँसमा रजाइ गरेझैँ । तर अफसोच सुरेखा घरमा थिइनन् ।
ऊ कतिखेर रेस्टुरेन्टबाट घर आइपुग्यो, उसले थाहा पाउन सकेन । डेरामा आएर उसले कलबेल बजाएकोथ्यो । अठार उन्नाईस वर्षी काम गर्ने केटी धनसरीले उसलाई ढोका खोलिदिएकी हुन्छे । आज उसलाई घनसरी सुरेखा जस्तै लागेकोथ्यो किनभने उसले सुरेखाको नै लुगा लगाएकी थिई । उसलाई घनसरीलाई हेरीरहुँ जस्तो लागेकोथ्यो । घनसरी लजाएर आफ्नो कोठामा गएकी थिई । ऊ आफ्नो कोठामा पस्दा छोरा ओछ्यानमा सुतिरहेकोथ्यो । त्यसपछि उसको ध्यान फ्रेमभित्रको फोटोमा कैद भएकोथ्यो ।
अचानक छोराको रुवाईले ऊ मुक्ति पाउँछ फोटोबाट । ऊ वर्तमान परिस्थितिसँग सम्झौता गर्न पुग्छ । त्यसपछि छोरालाई 'सू' गराउन बाथरुम लैजान्छ । 'सू' गरेर छोरा फेरि सुत्छ । उसका खाना धनसरीले कोठामा राखिदिएकी छे । उसलाई भोक लागेको छ । तर त्यो कुन खालको भोक हो उसले थाहा पाउन सकेन ।
"धनसरी˜ ˜" ऊ चिच्याउँछ । धनसरी धक मान्दै आउँछे ।
"पानी ले" आदेश दिन्छ ।
टिभीमा कुनै फिल्म दिइरहेको छ । सायद धनसरी टिभी हेरेर बसेकी थिई । टिभीमा रोमान्टिक दृश्य दिइरहेको छ । यी गाउँका मानिस कति फिल्म हेरेर अघाउँदैनन् रहेछन् - ऊ सोच्छ ।
धनसरी पानी लिएर ठिङ्ग उभिन्छे ।
"यहाँ पानी राखेर बस् । आज तँ र म गफ गर्यौ है, तँलाई तेरो गौना -बेहुला)को याद आउँछ कि आउँदैन भन त ।" ऊ खाना खान सुरु गर्दै सोध्छ । धनसरी लाजले बोल्न सक्दिन ।
धनसरीलाई सुरेखाले माइतबाट छोरा हेर्न ल्याएकी हो । उसको बिहे गाउँमा भइसकेकोथ्यो । बिहेपछि दाइजोपात भनेजति दिन नसेको हुनाले उसको लोग्ने र सासू मिलेर उसलाई कुटेर खेदाएका थिए । त्यसैले सुरेखाले नै उसलाई आश्रय दिएकी थिई । ऊ निकै माया गर्दथी धनसरीलाई ।
"तँलाई तेरी दिदी सुरेखाको माया लाग्छ कि तेरो गौनाको भन त -" ऊ खाना खाँदै सोध्छ ।
"दिदी सुरेखाको" उसले छोटो उत्तर दिई । ऊ पनि सुरेखादिदीलाई असाध्यै माया गर्दथी । किनभने अहिले उसले जुन गाँस, बास, कपास पाएकी थिई त्यो सुरेखाको उदारताको प्र्रतिफल थियो । नत्रभने यतिबेलासम्म उसले आत्महत्या गरिसकेकी हुन्थी ।
"म पनि तेरी दिदीलाई असाध्यै माया गर्छु उसलाई दुख दिन मन लाग्दैन । तँ पनि राम्रो काम गर मलाई खुसी पार अनि तेरी दिदी खुसी हुन्छे ।"
ऊ टिभी को दृश्यमा आफूलाई भुलाईरहेकी थिई । उसले आदित्यको कुरा केही बुझी केही बुझिन् । ऊ आफूभित्र अल्भिmरहेकी थिई ।
एक वर्षेखि धनसरी उनीहरूको घरमा काम गर्दै आएकी थिई । हुन त सुरेखालाई तरुनी केटी घरमा काम गर्न राख्न मन थिएन । तर के गर्नु छोराको हेरविचार गर्ने मान्छे नभई भएन । फेरि उसको एनजीओको जागिर फुर्सद नै नहुने । उसको लोग्ने अरूजस्तो कहाँ हो र काम वासनामा लिप्त हुने - उसलाई पूरा विश्वास थियो आफ्नो लोग्नेप्रति । धनसरी आएपछि उसलाई धेरै सजिलो भएकोथ्यो । घरभित्र र घरबाहिर को कतिपय काम धनसरी नै गर्दथी । घनसरीलाई सुरेखा नभएको समयमा आदित्यसँग मात्र बस्नु पर्दा अप्ठ्यारो लाग्दथ्यो । एकपल्ट बाथरुमबाट तौलिया मात्र बेरेर बाहिर निस्केको आदित्यलाई देखेर ऊ लट्ठ परेकी थिई । कहिलेकाहीँ आदित्यले बोलेको , काम गरेको, हाँसेको हेरिरहँू जस्तो लाग्दथ्यो उसलाई, तर डर र लाजले सामुन्ने पर्न सक्दिनथी ऊ । अहिले पनि ऊ आदित्यको सामुन्ने एक्लै बस्दा डराइरहेकी थिई । कुनैबेला आदित्यसँग शरीर ठोक्किदा करेन्ट लागेझैँ हुन्थ्यो । उसलाई यस्तो किन भइरहेछ भन्ने उसले थाहा पाउन सकेकी थिइन । टिभीमा देखाएको कतिपय दृश्यले ऊ पानीपानी हुन्थी । काठमाडौको चिसोमा पनि तातिएर बाफिएको महसुस गर्दथी ।
"यी भाँडा लैजा धनसरी" , आदित्यको स्वरले ऊ झस्कन्छे । अब उसले तुरुन्त आफ्नो कोठामा जानुपर्दछ । सुरेखादिदीले घरीघरी गरेको खबरदारीले ऊ र्सतक हुन्छे ।
उसका हात भाँडामा पुग्नुअघि नै अदित्यको हात धनसरीको हात समाउन पुग्छ । ऊ तर्सिन्छे । उसलाई ठूलो भुकम्प आएजस्तो लाग्छ । सारा घर हल्लिएझैँ लाग्छ । ऊ कसोकसो हात फुत्काएर भाग्न सफल हुन्छे । ऊ आफ्नो कोठामा चुकुल लगाएर बस्छे । उसको मुटु ढुकढुक गरिरहेको हुन्छ । ऊ डर र त्रासले पानीपानी भएर भिज्छे । उसलाई टिभीमा देखाएको सुनामी आएझैँ लाग्दछ । ऊ भागेर कतैरुखमा चढेर ज्यान जोगाउन सफल भई । तर कतिञ्जेल ? कुनैबेला सुनामीले उसको रुख ढाल्न के बेर ? केहीसमयपछि उसले आफूलाई सुरक्षित भएको महसुस गरी ।
भोलिपल्ट आदित्य अफिस जान सकेन । उसले दिनभरि कोठामा नै सुतेर टिभी हेरेर बितायो । धनसरी घरधन्दा सबै गर्छे आदित्यलाई सुरेखासँग फेानमा बोल्न मन लाग्छ । ऊ सुरेखासँग बोल्छ । धनसरीले आफूले भनेको नमानेको गुनासो गर्दछ । सुरेखा फोनमा धनसरीसँग बोल्न खोज्छे । उसले धनसरीलाई फोनमा के भनी कोनी - धनसरीले मुख अध्याँरो पारी ।
"तेरी दिदीले के भनी देखिस् -" आदित्यले पूर्वाग्राही भएर प्रश्न तर्ेसायो । धनसरी केही बोलिन् ।
"ल मेरो टाउको थिच । मलाई असाध्यै टाउको दुखेको छ ।" धनसरी विवश छे । ऊ टाउको मिच्न थाल्छे । उसलाई लागेको छ अब फेरि कुनै पनि समय सुनामी आउन सक्छ ।
"हेर् , तैँले मलाई माया गरेकी होइन । तेरी दिदीलाई माया गरेकी हो । तैँले मैले भनेको मानिस् भने तेरी दिदीलाई म दुख नै दिन्न । तेरी दिदीलाई म कतिधेरै माया गर्छु"
केही समयपछि ऊ टिभीमा कुनै अश्लिल फिल्म लगाउँछ । कोठामा दुइँ जीवित प्राणी बाहेक अरू सबै निर्जीव छन् । छोरा स्कुल गएको छ । त्यो फिल्म हेर्न धनसरीलाई अत्यन्त गाह्रो हुन्छ । ऊ हेर्न सक्दिन, बिस्तारै आदित्यको हात धनसरीको हात हुँदै शरीरभरि सलबलाउन थाल्छन् । उसका हात धनसरीका अङ्गका धरातलीय आकार नाप्न थाल्दछन् । ऊ सम्झन्छे ऊ सुरेखादिदीलाई माया गर्छे यसैले यो सब गर्न ऊ मंजुर भएकी छे ।
साँच्चै धनसरीलाई अहिले सुनामी आएझैँ भयो । उसले कतै चढ्ने रुख भेटिन, भाग्ने ठाउँ भेटिन । जताततैबाट छालहरूले उसलाई किच्तै लग्यो, मिच्तै लग्यो । नैतिकताका पर्खालहरू भत्कदै गए । खबरदारीका डोबहरू मेटिदै गए । ऊ वेहोश होला जस्ती भई । ठूलठूला भैरव, राक्षसहरू खुडाखुकुरी लिएर उसलाई छोपेजस्तो लाग्यो । उसलाई पहाडले थिचेजस्तो लाग्यो । यो उसको नौलो अनुभूति थियो । बिस्तारै उसको डर हराउँदै गयो । उसले परिस्थितिसँग सम्झौता गर्नुको विकल्प थिएन । कतै मीठो संगीतको धुन बजेजस्तो लाग्यो । एकप्रकारको रोमाञ्कता आनन्दको मीठो लहरमा पौडन थाली ऊ । त्यो मार्धुयतामा ऊ हर्राई । धेरै दिनदेखिको डर र त्रास छालसँगै बिलाएर पानीपानी भयो ।
केही समयअघिको सुनामी ताण्डव नृत्य देखाएर शान्त भइसकेको थियो । आदित्यलाई साँच्चै बाँच्नुको साथर्कता भेट्टाएझै लाग्यो । उसको उजाड मरभूभिमा घनघोर वर्षा भएको महसुस गयो । दुवैजनालाई त्यो सुनामीले संजीवनी दिएको आभाष भयो । अब फेरि त्यही सुनामीमा बाँच्न दुवैजना अभ्यस्त भए ।
समय बित्दै गयो । जतिजति सुरेखा घर आउने समय नजिक आउथ्यो । उतिउति आदित्य हीनताबोध र आत्माग्लानिले लिप्त हुन थाल्यो । ऊ सुरेखालाई माया गर्छ । तर उसले गरेको मायाको परिभाषा यो थिएन । सुरेखालाई सुखी बनाउने बहानामा ऊ दुखी बनोस् । ऊ भित्रभित्रै पिल्सियो । यदि सुरेखाले मायाको यो परिभाषा थाहा पाई भने अनर्थ हुन सक्दथ्यो । अनि आदित्यले गर्ने गरेको गर्वरूपी भ्रुण जुन समाजमा झाँगिदै थियो त्यो सधैको लागि तुहिन सक्दथ्यो । जुन ऊ कदापि चाहदैनथ्यो ।

0 comments:
Post a Comment