September 17, 2009

आकस्मिकताको क्यानभासमा

(यो कथा कथोपन्यास 'क्यानभासमा कथाहरू'को एउटा श्रृङ्खला हो । कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग 'समयको क्यानभासमा' कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी । त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ । -लेखिका )
'कथाकार अनामिकाज्यू हुनुहुन्छ ?'
'बोल्दै छु, तपाईको बोल्दै हुनुहुन्छ ? '
'म तिम्रो नजिकको मान्छे हुँ । चिन्ने प्रयास गर '
'कृपया आफ्नो छोटो परिचय दिनुहोला । '
'चिन्ने प्रयास गर न । पन्ध्र वर्षघि हामी क्याम्पसमा सँगै पढ्थ्यौ नि ! '
'ओहो ! क्याम्पसमा त कतिसँग पढियो पढियो । महाशयको नाम भन्ने कष्ट गरिदिनुहोला । नत्र म फोन राखिदिन्छु ! '
'लौ यसरी किन रिसाएकी ! तिमीले रिसाउन पनि जानेछ्यौ हैन ? धेरै खुसी लाग्यो । तिम्रा कथाहरूको एउटा फ्यान हुँ म ।
'फ्यान त धेरै हुन्छन् । तर यसरी दिमाग चाटिरहनुको अर्थ बेग्लै हुन्छ । '
'तिम्रोसफल जीवनका लागि मेरो हार्दिक बधाई मलाई भेट्न चाहन्नौ ? '
'पहिला यो त भन्नुहोस् महाशय तपाईँ को बोल्दै हुनुहुन्छ ? नत्र म फोन राखिदिऊ ? '
'भैगो... भैगो फोन राख्नु पर्दैन । मेरो नाम सुनेर नतर्सनु नि ! म सुधांसु हुँ ।'
'ओहो ! सुधासु तिमी कहाँ छ्यौ ? के गर्दै छौ ? अचानक यो खैखवरी कहाँबाट आयो ? '
'यति धेरै प्रश्नको लागि त भेट्नै पर्छ ।'
'तर म भेट्न सक्दिनँ । मेरो आफ्नै संसार छ । फेरि मैले तिम्रोर मेरो प्रेमको कथा स्मृतिको क्यानभासमा र्सार्वजनिक गरिसकेँ । कतै तिम्रोमन फर्केर मेरो र्स्वर्गजस्तो संसार भताभु भयो भने । '
'मलाई अझै विश्वास गर्दिनौ ? '
'विश्वास गर्न बलियो आधार चाहिन्छ । त्यो आधार तिमीले भत्कायौ ।' 'तिमीले मलाई फोन गर्छभनेर फोन नगरी किन लाछीपन देखायौ ?'
'मैले लाछीपन नदेखाएको भए अहिले तिमी चर्चित साहित्यकार हुन्थ्यौ र ? '
'भैगो तिमीले एकपल्ट पनि फर्केर मलाई के गर्दै छौ भनेनौ तर मेरो भाग्यले मलाई भनेजस्तो श्रीमान र घर दियो । '
'तिमी सुखी छौ हैन ? '
'दुखी छु भनेर तिमीलाई सुनाएर मलाई के फाइदा हुन्छ ? '
'तिमी मलाई भेट दिन्नौ, केही समयको लागि मात्र तिम्रोसौर्न्दर्य कस्तो छ ? '' पहिलाको जस्तो छ कि बिगार्यौ ? '
'अब हाम्रो बाटो फरकफरक भइसक्यो । तिमी आफ्नो संसारमा छौ म आफ्नो संसारमा छु । भेटेर के फाइदा ? '
'तिमी त खाली फाइदा र घाटाको मात्र कुरा गछ्र्यौ । जे होश बिजनेशमेनको श्रीमती नै पर्यौ ! '
'तिमीचाहिँ के गर्दै छौ ? भाल्टाङ्गभुल्टुङ्ग कति भए ? '
'बेगारी छु त्यसैले अहिलेसम्म एउटीले पनि पत्याएनन् ।
'म पत्याएकीलाई फेरि किन फोन गरेनौ ? भागेर कलकत्ता जाने भनी सल्लाह गर्यौ अनि फोन गर्छुभनेर नगरी हाम्रो प्रेमकथा टुङ्ग्याइदियौ हैन ।'
'मैले फोन गरको थिएँ । तर तिम्री काकीआमाले मलाई के भनिन थाहा छ ? तिम्रोबिहेको कुरा छिनिसकेको छ । र तिमी मसँग बोल्न पनि चाहँदैनौ भनेर ।
'तिमीले कसरी विश्वास गर्यौ यो कुरालाई ? '
'त्रि्री काकीकी छोरीले मलाई तिम्रोनामको पत्र ल्याएर दिएकी थिई । मैले सोचे वास्तवमा नै तिमी मसगँ बिहे गर्न तयार छैनौ । किनकी हाम्रो जात पनि मिल्दैन । '
'मैले तिम्रोबाटो हेरेर दिन बिताएँ । तिमी घोखेवाज रहेछौ भनेर तिमीप्रति धृणा उब्जाएर बाचेँ । '
'त्यसैले त तिम्रोदाम्पत्य जीवन सफल भयो । तर तिमीले कथामा त आफैले मलाई छोडको, मैले धोका दिएको कुरा त लेखेकी थिएनौ नि त
'ए ! त्यो त मैले आफूलाई महानता देखाउन त्यसो भनेकी थिएँ । म नेपाली समाजको नारी हुँ मैले आफ्नो सामाजिक बचाव पनि त गर्नैपर्छ । जे भयो भयौ अब बितेका कुराले किन चिन्तित बन्नु तिमीले बिहे गर्यौ त ? '
'अघि नै भनिसके नि तिमीजस्ती सुन्दरी कतै भेटिनँ । भेटिएकाले पनि पत्याएनन् । '
'त्यसो भए तिमीसँग नभेट्नु नै उचित हुन्छ । किनभने मेरो श्रीमान शंकालु हुनुहुन्छ फेरि तिमीसँगको प्रेमप्रसङ्ग मैले मेरो कथा 'स्मृतिको क्यानभासमा' मा सार्वजनिक गरिसकेकी छु । '
'फेरि कथा सच्याएर बनाऊ न । तिमी कथाकारहरू पात्रलाई वास्तविक बनाउन पनि सक्छौ र यो बनावटी हो भन्न पनि सक्छौ । एउटा वाक्यले सारा कथा नै बदलिदिन सक्छौ । '
'यो कसरी सम्भव हुनसक्छ ? मैले वास्वविक हो भनेर र्सार्वजनिक गरिसक़ेँ । यो असम्भव छ । '
'अब मसँग अहिले भेट भएको कथाचाहिँ र्सार्वजनिक नगर्नु अनि कसले थाहा पाउँछ । '
'होइन तिमीलाई चिन्ने कोहीले सुनाइदियो भने नि त । '
'कसरी चिन्छन् म जम्मा चारपटक मात्र यो ठाउँमा आएको छु । '
'भैगो आज मेरो वर्कशप छ । काठमाडौबाट प्रशिक्षक आउँदै छन् । उसलाई स्वागत गर्नछु मलाई हतारो छ । फोन राखू है । '
'एकचाटि भेट दिन्नौ ? '
'अहिले मलाई हतार छ । '
'अनि छोराछोरी कत्रा छ नि ? '
'छोरी सात कक्षामा पढ्छे र छोरा चारमा । '
'कति सुखी परिवार रहेछ । '
'हो परिवार सुखी , म दुखी । '
'कसरी ? '
'तिमीजस्ती घरवारविहीन को साथी सुखी हुन्छे त ? '
'मेरो कारण किन दुखी बन्छौ भेट दिन नचाहनेले ? '
'मेरो बारेमा र फोन नम्बरचाहिँ कसरी थाहा पायौ ? '
'यत्रो चर्चित कथाकारको ठेगाना फोन नम्बर एउटा सिरियस फ्यानलाई थाहा हुँदैन र ? तिम्रोबारेमा मलाई सब थाहा छ । तिमीले साहित्य र परिवार दुर्इमा एउटा रोज्नुपरे कसलाई रोज्छ्यौ ? '
'त्यो अति कठिन प्रश्न छ । मलाई परीक्षा नलेऊ । म भर्खर लेख्न थालेकी मान्छे । त्यस्तो चर्चित कहाँ बनेकी छु र ? '
'तर पनि तिम्रा कथाहरू राष्ट्रियस्तरका पत्रिकामा आउँछन् नि त । '
'हो केही प्रयास अवश्य गर्दै छु । तर जिम्मेवारी धेरै छ । अफिसियल दायित्व, पारिवारिक कर्तव्यले लेख्न धेरै गारो हुन्छ ।'
'तर पनि लेख्दै छौ । तिम्रोबारेमा हाम्रो समूहमा चर्चा हुन्छ ।'
'कस्तो चर्चा ? कस्तो समूह ? '
'उही साहित्यिक समूह । '
'तिमी पनि साहित्यमा लागेका छौ ?मलाई त थाहा नै थिएन । '
'हो र होइन पनि म अनुवाद मात्र गर्छु'
'त्यसो हो भने तिमीसँग भेट्नै पर्छ ।'
'ओहो अहिलेचाहिँ आइशब्रेक भयो होइन ? '
'लौ भन, मेरो कथा अनुवाद गर्र्छौ होइन ?'
'त्यो त गर्छु तर भेट दिनुपर्यो नि त ।'
'भेट्ने कुरा नगर म तिमीलाई तिम्रोपोष्टबक्समा पठाइदिन्छु । '
'भैगो नभेटी राख्न गारो हुन्छ । हाम्रो यो विदेशी प्रोजेक्ट हो । '
'कहिले भेट्ने ? '
'आज ? '
'आज मेरो वर्कशप छ नगई हुन्न । वर्कशपमा प्रशिक्षकलाई स्वागत गर्नुछ ।'
'त्यो वर्कशपको प्रशिक्षक को छ, थाहा छ ? '
'थाहा छैन काठमाडौबाट विशेषज्ञ आउने कुरा छ लाइब्रेरियन सम्बन्धी तालिम दिने । '
'त्यो प्रशिक्षक म नै हुँ । अब मलाई भेट्छौ कि भेट्दैनौ ? '
'अहो कस्तो धर्मसंकट अघि नै तिमीले यो कुरा भनेका भए हुने नि अब म के गरु ? '
'तिम्रोविचार । '
'सुधांसु तिमी नै भन अब म के गरुँ तिमीलाई भेटुँ कि नभेटँु ? '
'यो कथालाई म कसरी र्सार्वजनिक गरुँ ? कथाकारहरू आफ्नै कथामा कसरी जेलिदा रहेछन् । तिमी सल्लाह देऊ न । '
'यसो गर यहाँसम्मको कथा लेख । त्यसपछि भेट भयो भएन त्यो चाहिँ नलेख । '
'तिम्रोसल्लाह पनि ठीकै हो तर यहाँसम्मको कुराले भेट भएकै ठानिनेछ । म के गरुँ सुधांसु तिमी नै भनन । '
'तिम्रोवरिष्ठ कथाकार हुनुहुन्छ नि उहाँसँगै सल्लाह मागेर त्यही अनुसार गर ।'
'ओके तिमीले राम्रो सुझाव दियौ ।'
कथाकार दिवाकर नेपालीज्यू, एकदिन अचानक सुधांसुले फोन गरेपछि यो कथा जन्मेको हो । म कस्तो धर्मसंकटमा परे । मैले सुधासुलाई नभेटी पनि भएन किनभने त्यो वर्कशपमा मैले भाग लिनैपथ्र्यो । फेरि उसँग भेटभएको कथा पनि र्सार्वजनिक गर्न सक्दिन“ । तपाईँ नै मलाई उचित सल्लाह दिनुहोस् म सुधासुसँग भेटेको कथा र्सार्वजनिक गरुँ कि नगरुँ ?

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।