September 30, 2009

नारीका प्रतिनिधिमुलक भोगाइहरु

  • डा. लक्ष्मणप्रसाद गौतम
विगत केही समयदेखि नेपाली साहित्यमा बाल-उपन्यास लेखन केही सशक्तताका साथ देखापरेको पाइन्छ । यसै शृङ्खलामा बालसहित्यकार एवम् कथाकार शर्मिला खड्का (दाहाल) बालउपन्यास लेखनका क्षेत्रमा केही नवीन प्रस्तुति र विषयका साथ देखापरेकी छिन् । प्रौढकथा लेखनमा समेत नवीन सचेतताका साथ देखापरेकी शर्मिलाका फुटकर रूपमा प्रकाशित प्रौढकथाहरूले उनको बेग्लै र पृथक पहिचानलाई सङ्केत गर्दै विशिष्ट कथाकारका रूपमा उभ्याउने आधार दिएका छन् । पुस्तककार रूपमा 'सानी' ( २०६० ) र 'सानी को सहास' (२०६२ ) एवम् 'मित्रताको महत्व' (२०६३ ),सिन्केको सफलता (२०६४) बाल उपन्यासले उनलाई विशिष्ट बालउपन्यासकारका रूपमा उभ्याएको देखिन्छ । साझा बालसाहित्य पुरस्कार ( २०६० ) र नेपाल बालसाहित्य समाजको राष्ट्रिय सम्मेलनमा सम्मानित शर्मिलाको 'सानीको साहस' उत्कृष्ट बालउपन्यास हो । 'सानी'ले साझा बालसाहित्य पुरस्कारजस्तो गरिमामय पुरस्कार प्राप्त गरेको छ भने 'सानीको साहस'ले अन्तर्राष्टिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट नारी हस्ताक्षर पुरस्कार प्राप्त गरेको छ ।
'सानीको साहस' पूर्णातया बालमनोरचना अनुरूप लेखिएको छ । यस कृतिका साथै अन्य उनका बालसाहित्यिक रचनाका केन्द्रीयतामा र शर्मिलाका बालसाहित्यिक रचना/बालउपन्यासका सेरोफेरोमा पाइने प्रमुख प्रवृत्तिगत विशेषता यसप्रकार देखिन्छन् :
बालमनोरचना र बालमनोविज्ञान अनुरूप रचना गर्ने प्रवृति ,
बालउपन्यासलाई रोचक र औत्सुक्यमय बनाउन लोक कथात्मक ढाचाँ र शैली को प्रयोग ,
खप्रतीकीकरण, सन्देशमूलक प्रवृत्ति र आदर्शोन्मुख यथार्थको प्रस्तुति ,
ख बालबालिकालाई साहसी, निडर आदर्श बनाउने दृष्टान्तहरूको प्रयोग,
ख बालबालिकाले देखेभोगेकै युगीन सामाजिक यथार्थ समेतको प्रस्तुति ,
ख बालबालिकाको स्तरअनुरूपको भाषा शैलीको प्रयोग र कुतूहलता, रोचकता र सरस एवम् सरल शैलीको प्रयोग आदि ।
साहित्यकार शर्मिलाको 'सानीको साहस' बालमनोरचना अनुरूप लेखिएको बालउपन्यास हो र यसलाई 'सानी' बालउन्यासकै दोस्रो भागका रूपमा रचना गरिएको छ । प्रमुख पात्र 'सानी'कै वृत्त वरिपरि यी दुवै उपन्यास अगाडि बढेकाले यो सानी कै निरन्तरता हो भन्ने स्पष्ट हुन्छ ।
'सानीको साहस' एउटै मुल बालउपन्यास भए पनि यो विभिन्न छब्बीस ओटा शीर्षकहरूमा विभाजित छ र यसबाट यो उपन्यास एकातिर सानासाना कथा लघुकथाहरूको सङ्ग्रहका रूपमा देखिन्छ भने अर्कातिर विभिन्न शीर्षकहरूमा विभाजित उपन्यासका रूपमा पनि देखापर्छ । ती शीर्षकभित्रका कथानक स्वंयमा पूर्णता भएर पनि ती परस्पर सम्बध्द छन् । असम्पृक्त छन् र सापेक्षित पनि छन् । त्यसकारण यस बालउपन्यासले बालबालिकाहरूलाई उपन्यास, कथा र लघुकथा सबैको स्वाद दिन्छ । विषयवस्तु वा अर्न्तर्वस्तुको संयोजनका दृष्टिले 'सानीको साहस' भित्र निम्नलिखित अर्न्तवस्तु देखिन्छ ः

  • सामाजिक पारिवारिक घटना सर्न्दर्भ ,
  • युगीन यथार्थ परिवेश र वर्तमानको भोगाई ,
  • वैयक्तिक बालमनोरचना र मानवीयशक्ति ,
  • संघर्षपूर्ण जीवनकथाको दन्त्यकथात्मक यथार्थ ,
  • शौर्य , साहस , पराक्रम र शक्तिजस्ता सकारात्मक भाव र चिन्तन ।
यी अर्न्तवस्तुका सर्न्दर्भमा 'सानीको साहस' बालउपन्यास भित्रका केन्द्रीय कथ्य र अर्न्तर्वस्तुलाई यसप्रकार देखाइन्छ :
क्र.स. शीर्षक केन्द्रींय कथ्य/ वस्तुसर्न्दर्भ
१  रात्रि बसको यात्रा बस रोकेर लुटपाट गर्ने युगीन यथार्थको प्रस्तुति ।
२ जूनको देशमा भ्रमण साहसी चरित्रको पूर्वाभास र अधिकल्पनाको प्रयोग ।
३ सानीको बिमारी सहरिया सडक बालबालिकाको विसङ्गत जीवन
४ विद्यालयमा भर्ना सहरियाभन्दा ग्रामीण विद्यालयमा बालबालिकाहरूले बढी माया पाएको प्रस्तुति ।
५ चिडिया खानाको भ्रमण पशुपङ्क्षीप्रतिको नैर्सर्गिक प्रेंम
६ चम्पासँग भेट सहरिया युवायुवतीका फेसन र बालश्रमशोषण
७ जन्मदिनको घटना सामान्य घटनाबाट पनि बालमनोविज्ञानमा पर्ने प्रभावको प्रस्तुति ।
८ मन्त्रको करामत बालमनोविज्ञानका सर्न्दर्भमा शान्ति र अशान्तिको प्रभावपूर्व प्रतीकात्मक प्रस्तुति ।
९ मम्मीको व्यवहार परिवारबाट अपमानित हुनुको बालपीडा बोध ।
१० सानी र नेपाली विषय नेपाली विषयप्रति अनुराग र लोकसाहित्यिक प्रभाव
११ दसैंको रमझमर् पर्वको उत्साहमा बालमनोविज्ञानको प्रभाव ।
१२ हजुरआमास“ग भेट ग्राम्य प्राकृतिक परिवेशमा आत्मीयताको अनुभुति ।
१३ रहस्यमय कुरा शान्तिमाता र अशान्तिमाताको प्रतीकविधाद्धारा अलौकिक दैवीशक्तिको मनोवैज्ञानिक रहस्योद्घाटन
१४ हजुरआमाको निधन सामान्य मनोवैज्ञानिक प्रभाव
१५ अभिभावक दिवस र् इष्यात्मक द्धन्द्ध र बालमनोवैज्ञानिक प्रभाव ।
१६ भाइको जन्म बालमनोविज्ञानको सघन प्रस्तुति
१७ बाबाको सरुवा आञ्चलिकता र ग्राम्य परिवेशको प्रस्तुति
१८ छाउपडी प्रथा आञ्चालिक र कुसंस्कारग्रस्त समाजको चित्रण
१९ अचम्मको घटना कुप्रथा र कसंस्कार हटाउनु पर्ने चेतनामुलक दृष्टिकोण
२० बाघमुखे बाबासँगको भेट लोककथात्मक शैलीमा पूर्वर्जन्म आदिको प्रसङ्ग र उपकारी चिन्तनका साथ अलौकिक शक्तिको पहिचान
२१ बूढीमान्छेको उध्दार उपकारी चरित्रकी सानीका रहस्यमय शक्ति र प्रच्छन्नताको अभिव्यक्ति ।
२२ गुरूपूणिर्माको मेला प्रतीकात्मक रूपमा ज्ञानविज्ञानको समन्वयको भाव, ब्रहृमाण्ड चित्रण र अद्भुत तन्त्रविद्याका माध्यमबाट अलैकिक शक्तिको प्रस्तुति
२३ बाबाको अपहरण नेपालको वर्तमान यथार्थको अभिव्यक्ति र अपहरण आदिको समसामयिक सर्न्दर्भ ।
२४ बाबाको खोजीमा माओवादी जनयुद्धको प्रभावजन्य सर्न्दर्भ र युगीन यथार्थको प्रस्तुति ।
२५ सानीको अपूर्व सफलता प्रतीकात्मक रूपमा माओवादी र सरकार मिल्नुपर्छ भन्ने मेलमिलापको सन्देश ।
२६ बाबाको आगमन संयोगान्त र सकारात्मक प्रभावमा बाल मनोविज्ञानको सकारात्मक सोच ।

शर्मिला बालमनोविज्ञान र बालमनोरचनालाई राम्ररी छामेर बालउपन्यास लेख्न सिपालु छिन् भन्ने कुरा उनको यस उपन्यासमा व्यवस्थापन गरिएको शीर्षकहरूको विधानले पनि स्पष्ट पार्छ । यस्तो शीर्षकविधानले उपन्यास पढ्ने लामो पट्यारलाग्दो समयलाई छोट्याइ दिन्छ र कथाको पठनमा उपन्यास पढ्ने कला सिकाउ“छ । बालउपन्यासमा यस्तो शीर्षकविधान आवश्यक पनि हुन्छ र यसले बालबालिकामा उत्सुकताको समेत सिर्जना गर्छ ।

बालसाहित्यिक रचनामा यथार्थ र कल्पनाको सन्तुलित संयोजन हुनर्पर्छ । यथार्थ मात्र रह“दा बालमस्तिष्कले त्यसलाई पचाउन सक्दैन भने कल्पनामात्र राख्दा त्यो अतिरञ्जनाप भई बालमस्तिष्कमा भ्रम र अवैज्ञानिकताको सिर्जना हुन्छ । त्यसैले यी दुईको सन्तुलित संयोजन गर्न शर्मिला सिपालु छिन् । त्यति मात्र होइन , रहस्यमयता ,तिलस्मी घटनाको संयोजन र अलैकिकताको प्रयोगले उपन्यास लाई रोचक बनाउँछ । बालसाहित्यिक रचनामा रोचकता अपरिहार्य तत्व हो । रोचकता भइदियो भने बालबालिकामा कल्पनाशक्तिको विकास हुन्छ । शर्मिलाले यस कुरालाई अत्यन्त राम्ररी ध्यान दिएकी छिन् ।

यस बालउपन्यासको अर्को सशक्त पक्ष के हो भने बालउपन्यासको शीर्षक'सानीको साहस'ले बालबालिकालाई साहसी , निर्भीक र परिस्थितिस“ग जुध्नसक्ने खालको बनाउन प्रशस्त मनोवैज्ञानिक आधारहरू दिएको छ । यहा“ प्रयोग गरिएका शान्तिमाता र अशान्तिमाता हाम्रो परिवेशका प्रतीक पात्र हुन् र हामीभित्रकै असल र खराब प्रवृत्ति पनि हुन् । यसबाट वर्तमानबोधको अभिव्यक्ति पनि हुन्छ । अझ 'रहस्यमय कुरा' शीर्षकभित्रको अर्न्तर्वस्तुको प्रभावपूर्ण संयोजन विशिष्ट र कलात्मक छ । यसबाट दन्त्यकथाको कुशल संयोजनले यस बालउपन्यासलाई तिलस्मी पनि बनाएको छ भने ठाउँ-ठाउँमा प्रयोग गरिएका आद्भुतिक बिम्ब ले यस कृतिलाई रहस्यमय र चिन्तनपरक बनाएका छन् । यस्तो संयोजनबाट बालबालिकामा बौध्दिकशक्तिको विकास हुन्छ । प्रतीक पात्रका रूपमा आएका शान्तिमाता र अशान्तिमाता दोहोरो प्रतीकात्मक अर्थ दिन पनि र्समर्थ छन् । यी पात्रएकातिर हाम्रो परिवेशकै र हामीभित्रका मनोवृत्तिकै प्रतीक पात्र हुन् भने अर्कातिर शान्तिमातालाई सानीकी स्वर्गीय आमाको प्रतीक पात्रका रूपमा र अशान्तिमातालाई केही रूपमा सानीकी हजुरआमाको प्रतीकका रूपमा पनि मान्न सकिन्छ ।

मनोविज्ञानको प्रयोग पनि यस बालउपन्यासको सशक्त पक्ष हो । 'सानी' र 'मित्रताको महत्व' का तुलनामा 'सानीको साहस' मा बालमनोविज्ञानको प्रयोग केही न्यून भए पनि त्यो प्रभावपर्ूण्ा छ । यस दृष्टिले 'जन्मदिनको घटना', 'मन्त्रको करामत', 'रहस्यमय कुरा', 'हजुरआमाको निधन', 'अभिभावक दिवस', 'भाईको जन्म' शर्ीष्ाकहरू बढी उल्लेखनीय देखिन्छन् । 'रहस्यमय कुरा' मा सानीलाई चिठी अझै नसकिए हुन्थ्यो जस्तो लाग्नुमा मनोविज्ञानको गुढ दृष्टिकोण छ । यस्ता मनोवैज्ञानिक सर्न्दर्भ उपन्यासभरि प्रशस्त देख्न सकिन्छ तर तिनलाई सामान्य रूपमा भेटाउन सकि“दैन । बालसाहित्यिक रचनामा आवश्यक पर्ने एउटा महत्वपर्ूण्ा अर्न्तर्वस्तु नैतिक आदर्शवादी चेतना हो र यसबाट उनीहरूको चरित्रनिर्माणमा थप बल पुग्दछ । यस दृष्टिले शर्मिलाको 'सानीको साहस' मा चरित्र निर्माणका लागि बालबालिकालाई प्रशस्त खुराक दिएको छ । आजका हाम्रा बालबालिकाले सानीको चरित्रलाई अनुकरण र अनुसरण गर्न सके वास्तवमा तिनले भविष्यमा जीवनको रहस्य बुझ्न सक्छन् ।

'सानीको साहस' बालउपन्यासकी केन्द्रीय पात्र वा नायिका सानी हो र यो सानीकै चरित्र वरपर घुमेको छ । एउटी सानी बालपात्र सानीमा देखापरेका चारित्रिक विशेषताहरू अत्यन्त प्रेरणास्पद छन् । यसबाट बालबालिकामा कठिन सङ्र्घष्ाका बीचमा पनि बा“च्न सिक्नुपर्छ भन्ने सन्देश जान्छ । त्यति मात्र होइन यहा“ शर्मिलाले कुनै बालक -पुरुष) पात्रलाई प्रमुख पात्र नबनाएर बालिका -नारी) पात्रलाई प्रमुख पात्रका रूपमा उभ्याइएकी छिन् । यसले हाम्रो समाजमा पुरुषले भन्दा नारीले सङघर्षपूर्ण जीवन बाँच्नु पर्छ भन्ने कुरा प्रस्तुत गरी नारीभित्र एउटा विशिष्ट शक्ति हुन्छ र त्यस शक्तिलाई उसले चिन्नसकेमा ऊ विशिष्ट हुन्छे भन्ने कुरा पनि यहाँ देखाइएको छ । यस बालउपन्यासका कतिपय घटनावलीहरू स्वयम् लेखिकाकै जीवनका प्रतिकृति हुन् कि जस्ता पनि देखिन्छिन र यसबाट नारीका प्रतिनिधिमुलक भोगाइको प्रस्तुति पनि अभिव्यञ्जित हुन्छ ।

समग्रमा भन्नुपर्दा शर्मिला खड्काको 'सानीको साहस' बालसाहित्यको एउटा उत्कृष्ट नमुना हो । विषयवस्तुको चयन र भाषाशैलीको प्रयोगमा बालमनोरचनालाई ख्याल गरेर लेखिएको हुदाँ उपन्यास बालमनोमस्तिष्कले सहजै ग्रंहण गर्न सक्ने बनेको छ । यस्ता बालउपन्यास लेखनमा शर्मिला अझै यथार्थको नजिक पुग्न सक्नु पर्छ । 'सानी' र 'सानीको साहस' हुँदै अब अरूअरू शृङ्खलाबध्द बालसाहित्य लेखनमा शर्मिलाले थालेको यो एककिसिमको नवआयाम पनि हो । उनको लेखनमा यस्तै नवआयामका झिल्काहरू यत्रतत्र प्राप्त गर्न सकिन्छ ।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।