November 6, 2009

नियतिले जन्माएको कुण्ठा

छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिन्छु । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै विमारी हेर्ने कुरा बताउँछ । उक्त ब्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्दछ । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक सस्कारलाई मपनि चाट्न पुग्दछु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हेर्यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षघिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई स्लाइन पानी दिनुपर्ने भयो दिइयो पनि ।
स्लाइनको पानीको थोपासँग म आफ्नो अतीत बगाउन पुग्दछु । मेरो जीवनले दश वर्षो साउने झरी बगाइसकेछ । प्रज्वल उही ब्यक्ति हो जसलाई म क्याम्पसमा मन पराउँदिनथेँ । ऊ आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर मलाई रिझाउन खोज्दथ्यो । तर म उसको छायासम्म मन पराउँदिन थिएँ । ऊ साधारण परिवारको साधारण ब्यक्तित्व भएको थियो भने म उभन्दा निक्कै सम्पन्न परिवारको र रूपवती थिएँ । उसँग मेरो तुलना नै हुन सक्दैनथ्यो । उसले कुनै उपाय नलागेर अर्को ब्यक्ति मार्फ बिहेको प्रस्ताव पनि पठाएको थियो । जुन म लगायत मेरो परिवारकले ठाडै अस्वीकार गरेका थियौँ । यसबाट उसलाई नराम्रो मानसिक असर परेको हुनुपर्दछ । नत्र भने साधारण पढाइ भएको प्रज्वलले कसरी डाक्टरी पढ्न सक्थ्यो होला र - अहिले उसको व्यत्तित्व पनि निकै लोभलाग्दो देखिन्थ्यो । पहिलेको प्रज्वल र अहिलेको प्रज्वलमा आकाश जमिन फरक थियो । ऊ एउटा राम्री युवती लिएर अर्को कोठामा पस्छ । अनि ढोका लगाउँछ । ती दुइजना त्यहाँ किन पसे, मेरो ध्यान त्यतैतिर जान्छ । त्यो केटीसँग आएकी आइमाई मान्छे मसँग बोल्न खोज्दछे । ऊ सोधपुछ गर्न खोज्दछे । म पनि उसको बारेमा सोध्छु । उसले छोरीलाई जचाउन ल्याएकी रहिछे पिलो आएर । उनीहरू एउटै गाउँका रहेछन् । एकछिनपछि उसकी छोरी र प्रज्वल हाँस्दै कोठाबाहिर निस्कन्छन् । म उनीहरूलाई शङ्का र कपटपूर्ण हेर्राईले हेर्छु मलाई कताकता रिस उठ्छ । म आफ्नो स्थानमा बसेर हेरिरहन्छु । फेरि उही सहायक आएर कराउँछ । त्यो ब्यक्ति मसँग निकै नजिक हुन चाहन्छ । सायद प्रज्ज्वलले भनेर होला वा मेरो नारी सौर्न्दर्यपान गर्न हो, यी दुइटा कुरामा एउटा चाहिँ पक्कै हो भन्ने निष्कर्षा म पुग्दछु । तर जे भए पनि नौलो ठाउँमा कसैले आत्मीयता देखाएको हुनाले म खुसी नै हुन्छु । प्रज्वल स्वयम् मसँग चासो राख्दैन । किन होला - सायद विगतमा बिझेको काँडाले वर्तमानमा पनि झस्काउँदो होला उसलाई । म यसो बाहिर चियाउन पुग्छु । ऊ अर्को राम्री लेडी डाक्टरसँग हाँस्दै गफ गरिरहेको देख्छु । ऊ सायद प्रतिसोधको भावानाले मलाई जलाउन खोजिरहेछ, भन्ने म अनुमान गर्दछु । तर होइन उसँग काम परेर गफ गरेको पनि त हुनसक्छ नि, भनेर मभित्रको कुण्ठालाई दबाउँछु । मलाई अब उसको जीवनसँग के सरोकार, ऊ जोसग हाँसे पनि मलाई किन चासो परिरहेछ, थाहा छैन । म आफूभित्रको आवश्यकताभन्दा बाहिरको चिन्तनलाई मेटाइदिन्छु ।
म वर्तमानमा आएर छटपटिन्छु । मलाई प्रज्वलले विगतमा पाएको नियति भोग्न बाध्य गराएको छ । म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु विखण्डित छु, कहिले नजोडिने गरी । व्यक्तिले गरेको निर्णय र सोचाइ कति गलत हुदोरहेछ भन्ने कुरा म आफैँले प्रमाणित गरेर देखाएको छु । म शून्यतामा मनोवाद गर्न पुग्दछु । सायद प्रज्वल मेरो वर्तमानबाट अनभिज्ञ छ । ऊ सोच्दो होला मैले राम्रो घरानामा बिहे गरेर खुसीसाथ बसेकी छु । जीवनमा पाउनु पर्ने खुसी सबै पाएको छु । तर उसलाई के थाहा म आ“सु पिएर बाँचेकी छु भन्ने । उसलाई म यो भन्न पनि चाहन्नँ किनभने उसले यो थाहा पायो भने मेरो स्थितिप्रति ऊ उपहास गर्नेछ अनि मलाई सहनुभूतिका अस्त्रहरू प्रयोग गरेर ऊ आफ्नो हृदयमा लागेको पीडामा मलहमपटी गर्नेछ । जुन म चाहन्नँ ।
केहीछिनपछि एउटी सिस्टर आउँछे । छोरीलाई अस्पतालमा भर्ना गर्नुपर्छ भनेर जान्छे । छोरीलाई वार्डमा लगिन्छ । म छोरीसँग हुन्छु । माइतमा फोन गरेर दाजुभाउजूलाई बोलाउँछु । घरमा फोन गर्नलाई कुनै औचित्य छैन । किनभने घर भन्नु मेरो चारपर्खालको गाह्रो मात्र छ । कान्छी छोरी माइतमा नै छ । घरमा को छ - उनीहरूका बुबा भनौँ मेरो लोग्ने, ऊ घरपरिवारको लागि निर्जिवसरह छ । उसको कुनै अवशेष बाँकी छ भने मात्र छोरीहरूको बाउ भन्ने एउटा पहिचान मात्र बाँकी छ । ओहो † यो पीडाले ठाउँ, बेठाउँ कतै पनि छोड्दैन । जुन बेला बढी दायित्व बोक्नु पर्ने ठाउँ पाउँछु पीडाले पोल्न थालिहाल्छ । यस्तो बेालमा बुबाको भूमिका प्रमुख रहन्छ बच्चाका लागि । तर...... त्यसैले त मुटु पोलिरहेछ । तर...... म पीडा पोख्न पनि सक्दिनँ। उकेल्न पनि सक्दिनँ । पीडाको आभाषसम्म दिन चाहन्नँ परिवेशलाई । त्यसैले त म बाँचिरहेको छु, एउटा शक्तिशाली नारी भएर । त्यहीँ शक्तिशाली नारी व्यक्तित्व दुर्गाको रूप लिएर ममाथि जाइलाग्छे ''किन सम्झन्छेस् उसलाई, तँलाई के दिएको छ उसले, पीडा, दुःख रोदन र एकाङ्की जीवन सिवाय, वास्तवमा उसले मलाई ठीक भनिरहेकी छे । किनभने ऊ अर्थात शेखरलाई म कति मन पराउँथे । ऊ मेरो हृदयको राजा थियो । उसको स्वर र सगीतप्रति मोहित भएर मैले मेरो माइतीको भावनालाई कुल्चाएर उसलाई अँगालेको थिए । ऊ मेरो सम्पूर्ण थियो, ऊ नै मेरो जिन्दगी थियो ऊ नै मेरो वर्तमान थियो, ऊ नै मेरो भविष्य थियो । ऊ विना एक छण पनि म कल्पना गर्न सक्दिनथेँ । उसको बोलीमा विश्वास गरेँ वाचालाई कबुल गरेँ। उसको सम्पूर्ण क्रियाकलापलाई विश्वास गरे अनि ऊप्रति सकारात्मक पाइलाहरू चाले“ ।
सुखद भविष्यको कल्पना गर्दै पाइलाहरू अघि बढ्न थालेँ । म ठान्दथेँ ऊ मेरो मात्रै हो अरू कसैको होइन । ऊ मेरो सिवाय अरू कसैको हुनै सक्दैन । मेरो अपरिपक्व सोचाईमा तब ठेस पुग्यो जब ऊ रातभर पनि घर आउँदैनथ्यो । उसलाई म र मेरो भावानाप्रति कुनै सरोकार थिएन । ऊ रातभर स्टुडियो, सुटिङ्ग, र रेकडिङ्गमा नै ब्यस्त रहन्थ्यो । बिस्तारै उसको गायन क्षेत्र मौलाउँदै गएको थियो ऊ राष्ट्रियस्तरको गायक तथा कलाकार बन्यो उसका फेनहरू धेरै भए । शुभचिन्तकहरू धेरै भए । ऊ मप्रति मात्र हैन छोरीहरूप्रति पनि उदासिन रहन थाल्यो । कान्छीछोरी जन्मँदा उसले मलाई आफ्नो वास्तविक चरित्र देखाएको थियो । ऊ एकपल्ट पनि अस्पतालमा मलाइ भेट्न आएन । ऊ धेरै माथि पुगिसकेको थियो । उसको लागि म साधारण महिलामात्र थिए । कतिले छोरी जन्म्यो भनेर नआएको होला पनि भने । सबैले आ-आफ्ना अडकलका बिस्कुन फिजाएका थिए । मैले त्यस्तो नाजुक अवस्थामा पनि आफूलाई सम्हालेँ । अनि छोरीहरूलाई पनि सम्हालेँ । त्यसपछि शेखर र मेरो असमझदारीको दूरी बढ्दै गयो । वास्तवमा ऊ, यही चाहन्थ्यो किनभने मसँग उसले खोजेको ग्लैमर्स, प्रतिभा, र सम्पत्ति केही थिएन । माइतीले दिएका केही सम्पत्ति पनि उसका एलबमहरूमा खर्च भइसकेका थिए । त्यसैले उसले मबाट पाउने कुरा केही थिएन । बरु उसको सफलतामा बाधा पर्ने तत्वहरू धेरै थिए मसँग । त्यसैले ऊ मदेखि धेरै टाढा हुँदै गयो । म भने मेरो कोमल नारी हृदयलाई विद्रोही अर्न्तभावले कठोर बनाउँदै लगेँ । अनि आफूलाई जस्तासुकै परिस्थितिमा पनि बाँच्न सक्ने शक्ति पैदा गर्दोरहेछ । जिन्दगीलाई सम्झौता र सङ्रघर्षका पयार्यकारूपमा लिएर पाइलाहरू अघि बढाउँदै लगे ।
पुन ः प्रज्वल र अरू दुइ डाक्टर आएर मेरो एकाग्रता भङ्ग गर्न आइपुग्छन । छोरीलाई एपेन्डिक्सको अपे्रशन गर्नुपर्छ भनेर जान्छन् । म गहिरो चिन्तामा डुब्छु । भोलिपल्ट दिउँसो छोरीको अप्रेसन छ । म रातभर छटपटिन्छु । छोरीको पीडासँगै आफूपनि बग्छु । प्रज्वल किन हो त्यति आएन । रातभर स्लाइन पानी दिइयो । मनमा अनेकौ तर्कनाका ज्वारभाटाहरू उठ्तै, बस्तै गए । आफूले आफैलाई सान्त्वना दिए । तोकिएको समयमा अप्रेसन भयो । अप्रेसन सफल हुन्छ । अप्रेसन सकिएपछि र्सजन डाक्टरले मलाई बोलाउँछ । उसले भन्छ ''तपार्इँको छोरीको वास्तवमा एपेन्डिक्स फूलेको रहेनछ । हामीसँग भिडियो एक्सरेको मेसिन बिग्रेको हुनाले राम्रो डायग्नोसिस नगरी अप्रेसन गरेछौँ तर पनि केही भएको छैन । यो साधारण कुरो हो ।'' म आक्रोसित बन्न पुग्दछु अनि क्रोधलाई शब्द शब्दका वाणमा परिवर्तन गर्न पुग्दछु । ''तपार्इ“हरूको लागि यो साधारण कुरो हो तर मेरो लागि होइन । तपाईँहरूले के ठान्नुभएको छ - मेरो छोरीलाई खसी काटेझैँ काट्दा साधारण भन्नु हुन्छ वा एउटा गोली खाएर निको हुने विमारलाई चिरफार गर्नुहुन्छ । मैले यतिका समयसम्म कति मानसिक वेथा सहे हु“ला । तपाईँहरूले यो कल्पना पनि गर्न सक्नु हुन्न । त्यसको क्षतिपूर्ति तिर्नसक्नु हुन्छ - यत्रो नाम चलेको अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन तयारी अवस्थामा राख्नु पर्दैन । विमारीको जिन्दगीसँग खेलवाड गर्नुहुन्छ -''
मेरो आवाजले अप्रेसनथियटरको बाहिरको कोठा थर्कन्छ । म आफूभित्रको कुण्ठा सबै पोख्दछु त्यो डाक्टरलाई । उसलाई झम्टन्छु । छुट्टयाउन प्रज्वल आइपुग्छ । मेरो आक्रोशित र व्रि्रोही हृदय पग्लेर आ“सुमा परिणत हुन पुग्दछ । म गल्छु, नियतिले भिज्छु, कुण्ठाले चुटिन्छ । प्रज्वल मूर्तिवत हुन पुग्दछ । यसमा उसको कुनै दोष थियो वा थिएन म भन्न सक्दिनँ । किनभने उसैले मेरो निकटता खोजेर मेरो छोरीको अप्रेसन गराएको पनि हुन सक्दछ । यसोगर्दा उसले मलाई उसको शान शौकत देखाएर मस“ग बदला लिन सक्थ्यो । म उसलाई शङ्कालु र दोषपूर्णहेर्राईले हेर्छु मलाई सबै पुरुषहरू देखि घृणा लागेर आउँछ । छोरीको अवस्था देख्दा मुटु फुटेर आउछ । सास थुनिएर आउँछ । मातृत्व वात्सल्यताले मुटु चिरिएर ज्वालामुखी निकाल्न खोज्दछ । म लामो सुस्केरा लिन पुग्छु । छोरीको नाजुक स्थितिले म छटपटिन्छु । त्यहाँ एक सेकेण्डपनि बस्न सक्दिन। त्यसपछि मेरा दाजुभाउजूलाई छोरीको हेरविचार जिम्मा लगाएर म हिड्छु कतै एकान्तमा जहाँ जाँदा पनि मेरो नियतिले भनिरहेको थियो - 'जसरी मैल प्रज्वलको प्रेमको एउटै गोली खाएको भएहुने ठाउँमा शेखरको प्रेमलाई राम्रा् डायग्नोसिस नगरी जीवनलाई नराम्ररी चिरफार गर्न पुगेँ त्यसरी नै यी डाक्टरहरूले मेरो छोरीले एउटा गोली खाँदा निको हुने विमारलाइ चिरफार गरेर मैले मेरो जिन्दगीमा भोग्नु परेको नियति भोग्न बाध्य गरायो । म जुन मानसिक पीडामा छटपटिरहेछु त्यहीँ पीडा भौतिकरूपले मेरी छोरीले भोग्न बाध्य भएकी छे । '

10 comments:

सृष्टि कार्की said...

शर्मिला जी, विगत एक महिनादेखि तपाईको ब्लग म निरन्तर पढीरहेछु । गुगलमा साथीको फोटो सर्च गर्दा तपाईको फोटो आउँदाका क्रममा यो ब्लग भित्र छिरेको थिएँ । विशेष गरी तपाईका कथाहरु नविर्सने प्रकार छन् । तपाईलाई हार्दिक बधाई छ है ।

रोस्मन राई दोहा said...

सोच्दै नसोचिएको र भएको अत्यन्तै सत्यकथा लाग्यो यो मलाई । जीवनका मोडहरुमा हामी मान्छेहरु एकअर्कालाई ख्याल गरिदैन बिभिन्न कारणले गर्दा र त्यसको नियति आफैं समय बदल्छ ।

शर्मिला जी यो कथाले ठूलो छाप पार्यो ममा । कथाको लागि म तपाईप्रति आभारी छु ।

Anonymous said...

Hi Sharmila!!

Nice Story!! Nice Blog!! and ur also Nice & Beautiful & smart women.
I like your blog. Keep it up. Happy Blogging, Keep Blogging!!

Anonymous said...

Hats off to you maam, really an eye opener! keep it up!

raju kc-doha said...

Hi sarmila didi tapaiko katha sarai ramro lagyo tara yo katha tapaiko jindagiko pata sanga mileko ho ki tesai kalpana garera lekhnu bhyako ho?

शखदा said...

धन्यवाद राजु भाइ , यो कथा काल्पनिेक हो । यसमा छोरीलाइ स्लाइन दिएको चाहि रियल हो । जुन घटनाले यो कथा जन्मायो ।

shakhada said...

Thank you Anonymous your inspiring words will always energize me to do well

शखदा said...

धन्यवाद सृष्टीजी, नारीहरुले साहित्यमा रुची राखको मलाइ राम्रो लाग्छ । व्लग हर्द़ै गर्नु होला ।

रूक्मागत शर्मा said...

तपाईको ब्लाग राम्रो लाग्यो ।

भोज राज श्रेष्ठ said...

शर्मिलाजी, आज निकै दिन पछि तपाइँको कथा (मनोबाद?) पढें। राम्रो छ (तर 'बिबसताको क्यानभसमा' जस्तो त होइन है!)। जेहोस्, बगाई अविरल छ, छ्छल्काई समानरुपी छन। 'म' पात्रमा सिर्जित बिरलकोटि प्रयोग-किनकि, 'म' एउटा सत्यबादी पात्र हुने गर्थ्यो, उु अरुबाट हेपिने गर्थ्यो, अरुबाट प्रताडित हुने गर्थ्यो। तर यसमा 'म' को बदमासी छ, घमण्ड छ, पीडक छ उु।
अन्तमा, आफ्ना सिर्जनशील हातलाई विश्राम नदिनु होला। र, अझै अन्तमा, Facebook मा तपाइँको ब्लगको Address लाई Hyperlink गरिदिनुभए पाठकहरुलाई सजिलो हुने थियो ......

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।