April 30, 2010

मायाको परिभाषमा खोज मेरो माया

उजाड मरभूमिमा खोज मेरो माया
सुन्दर फूल बनेर फुलेको पाउनेछौ ।
त्यो फूलमा तिमीपनि मायाको अलिकति सुगन्ध छर
हावाभरि मेरो माया सुवासित भएको पाउनेछौ ।।

झरनाको कञ्चन पानीमा र्स्पर्श गर मेरो माया
मधुरो धूनसहितको निश्चलता पाउनेछौ ।
प्रकृति बनेर तिमीपनि अलिकति सौर्न्दर्य छर
त्यस सौर्न्दर्यमा आफैँलाई हराएको पाउनेछौ ।।

मायाको क्यानभासमा सादृश्य गर मेरो माया
मोनालिसाझैँ मेरो माया मुस्कुराएको पाउनेछौ ।
अलिकति मेरो मायामा तिम्रो पनि मायाको रङ्ग थप
लियोनार्दो दा भिन्ची कमजोर भएको पाउनेछौ ।।

मायाको अर्थमा परिभाषित गर मेरो माया
शब्द-शब्दमामा मेरो माया जीवित भएको पाउनेछौ ।
त्यही शब्दबाट तिमी एउटा मायाको कथा बनाऊ
मुनामदनको प्रेमकथा निरर्थक भएको पाउनेछौ ।।

मायाको तराजुमा जोख मेरो माया
रेडियमको मुल्य तुच्छ पाउनेछौ ।
मायको प्रयोगशालामा आविष्कार गर मेरो माया
म्याडम क्युरीको नामलाई विस्थापित गर्नेछौ ।।

क्लियोपेट्राको सौर्न्दर्यसँग दाँज मेरो माया
इतिहास सुन्दरीको सुन्दरता फिका पाउनेछौ ।
मेरो मायामा अलिकति तिम्रो मायाको सौर्न्दर्य छर
ताजमहलको सौर्न्दर्य औचित्यहीन ठान्नेछौ ।।

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।