April 30, 2010

दुर्भाग्यको चोट

कान्तिपुरी असाध्यै राम्री थिइन् । उनको रूप र सौन्दर्य वर्णन गरिनसक्नुको थियो । उनको सौन्दर्य देखेर मुग्ध नहुने सायद कोही थिए होला । अझ उनको शिरको ताज यति सुन्दर थियो कि धेरैजसो मानिसहरू उनको सुन्दरता हेर्न लालायित हुन्थे । उनको सुन्दरताको वर्णन देशविदेशमा हुन्थ्यो । उनको सुन्दरतामा सबैभन्दा बढी आकर्षित भएको थियो विकास । विकास र कान्तिपुरी वनपाखामा रमाउँथे, घुम्थे । उनको प्रेमगाथा वनपाखामा घन्किन्थ्यो र प्रतिध्वनित हुँदै धेरै टाढासम्म पुग्दथ्यो । यसरी मौलाएको प्रेमकथा दुर्भाग्यले बीचैमा चुँडाइदियो । कान्तिपुरीको विवाह नेपालस“ग भयो । कान्तिपुरीको विवाहपश्चात् विकास पनि बिदेसियो । 

कान्तिपुरीका धेरै सन्तान भए । उनका श्रीमान्लाई उनका दाजुभाइले १०४ वर्षसम्म थुनामा राखे । थुनाबाट मुक्त भएपछि नेपालपरिवारमा केही सुखदको क्षण आएको मात्र के थियो, त्यसको आठदस वर्षमै उनका श्रीमान् नराम्रोसँग थलिए । त्यसपछि त कान्तिपुरी सामाजिक र आर्थिक रूपले धेरै कमजोर हुँदै गइन् । उनको सुन्दरतामा समयको कडा प्रहारले उमेर नपुग्दै वृद्धावस्थामा देखिने छापहरू देखिन थाले । उनलाई सबैले नेपाल्नी आमै भन्न थाले । नेपाल्नी आमैको आर्थिक स्थिति ज्यादै कमजोर भएको हुनाले छोरीछोरीले राम्रो शिक्षादीक्षा पाउन सकेनन् । नेपाल्नी आमैले सन्तानका लागि केही गर्न भरमग्दुर प्रयास गरिन् । कोही छोराछोरी टाठाबाठा भए । कोही जान्नेसुन्ने पनि भए । केही जानेबुझेकाले आफ्नी आमाको पहिले विकाससँग प्रेम भएको थाहा पाए । उनीहरूले आमाको मुहारमा खुसी ल्याउन पुन विकाससँग बिहे गराइदिने सल्लाह गरे । नेपाल्नी आमैले पनि विकास धेरै जान्ने र विद्वान् भएको हुनाले आफ्ना सन्तानलाई उचित मार्गदर्शन गर्ला भन्ने सम्झी राजी भइन् । धेरैजसो छोराछोरी मिलेर विकासलाई बोलाए । अनि हर्षबढाइँ पनि गरे । 

यसरी बोलाउनेमध्ये केही सन्तानलाई विकास आएको पाच्य भएन । निजी स्वार्थले गर्दा विकासको विरोधमा पाइला बढाए अनि भित्रभित्रै षड्यन्त्र रच्न थाले । यसरी गरिएका षड्यन्त्रले उनीहरूबीच अशान्ति ल्यायो । हुँदाहुँदै नेपाल्नी आमैका सन्तानबीच घमासान लडाइँ भयो । नेपाल्नी आमैले ती सन्तानबीच धेरै सम्झाइबुझाइ गरिन् तर पटक्कै मानेनन् । न त चेपेखोलावारिकाले बुझे न त चेपेखोला पारिकाले बुझे । चेपेखोलामा रगतको खोलो बगिरह्यो । त्यस रगतको बाढीले धेरैको कोख रित्यायो अनि सिउँदो उजाडिदियो । कतिलाई घरबारविहीन बनायो, कति नाबालकहरू टुहुरा भए । छाराछोरीको आ“सुको यो बाणले नेपाल्नी आमै मर्माहत भइन् । मुटु छियाछिया भयो । वेदनाहरू पोखिन नसकेर गुम्सिए । नेपाल्नी आमै रात–रातभर पीडाले छटपटाउन थालिन् । उनी रोग र शोकले व्याकुल भइन् । यस्तो स्थितिमा विकास पनि अबको पचास वर्षयता आउन नसक्ने बाध्यता देखायो । किनभने ऊ विदेशमा निकै सानसौकतमा रहने गरेको थियो । विकाससँगै आएका नेपाल्नी आमैका शुभचिन्तकहरूले पनि छोडेर हिँडे । नेपाल्नी आमैलाई पीडाको अर्को वज्रपात प¥यो । उनलाई दुर्भाग्यले दोबाटामा फ्यांकेको ढुङ्गोझैँ बनायो । तर उनका केही शान्तिप्रिय छोराछोरीहरूले आमाको दयनीय स्थितिप्रति आपत्ति जनाए । सबैलाई बाँच र बाँच्न देऊ भनी गुहार्न थाले । उनीहरूले आमाको दिनरात गरेर स्याहार गर्न थाले । आमाको चिन्ताजनक स्थिति देखेर भोलिको उज्यालो बिहानीको प्रतीक्षा गर्दै उनीहरू रात–रातभर रोइरहे । रोइरहे । 

3 comments:

mukta said...

good one...

KedarShrestha'Gagan' said...

सरल तरिकाले गतिलो प्रहार । उत्कृष्ट कथा ।

दीपक जडित said...

मेरी छोरी अहिले दार्जीलिङमा कक्षा ६ मा पढ्छिन् दिदी, गीत गाउंन, चित्र कोर्न, नाच्न र कथा कविता पढ्न साह्रै रुचि राख्छिन् । आशा गर्छु तपाईंको कथा मनपराउने छिन् र त्यसबाट केहि सिक्ने पनि छिन् ।

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।