April 30, 2010

सानी सानी पुतली

ससानी सानी पुतली
सानो छ झोली
त्यो झोलीमा बस्ने
पुतलीको छ बोली

खोइ मेरा बाआमा
 खोई मेरा साथी
पुतलीले सोधिन् मलाई
मेरो बेहुला खोई

जुन पनि ल्याइदिउला
 तारा पनि ल्याइदिउला
मेरी पुतली तिमीलाई
राम्रो बेहुला ल्याईदिउला

सानी सानी पुतली
हुदैछिन् बेहुली
बेहुला लिन आउनेछ
राम्रो डोली लिई

सानी सानी पुतली
सानो छ झोली
बेहुला बेहुली बस्नेछन्
सधै मिलिजुली

0 comments:

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।