
पृष्ठभूमि–
अहिले विश्वसाहित्य लेखन नै विधाभञ्जनको अवस्थामा छ । विदेशी साहित्यको हजारवर्षको पृष्ठभूमिमा हाम्रो साहित्यको शतवार्षिकीलाई वामे सरेको अवस्था मान्न सकिन्छ । विश्वसाहित्यमा देखिएको नयाँ चेतना किनाराचेत वा मार्जिनलता हो जसले धेरै किसिमले छेलिएका, पीडित अवस्थामा रहेका, किनारिएका बारेमा लेखिने नयाँ दृष्टिकोण हो । एक्काइसौं शताब्दीको ग्लोबलाइजेसनले विश्वलाई एउटा गाउँमा परिणत गरेको अवस्थामा नेपाली साहित्यमा यसको प्रभाव पर्छ । विशेषगरी निबन्ध...