....मेरो साहित्य संसार

Exclusive :–


न्यू अपडेट्स

अकल्पित भोगाइ

| August 25, 2010 |

“साहुनी ........। दुई कप चिया” प्रत्येक दिनको सुर्यादयको पहिलो भुल्काका साथसाथै उसका कानमा प्रतिध्वनित भइरहन्छन्, यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । “साहुनी” भन्नेबित्तिकै कहिले उनी आफै “कति कप चिया ? भन्न पुग्छिन् भने कहिलेकाही साहुनीले बनाएको चिया कति मीठो भनिदिँदा फुरुक्क पर्छिन । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन । तीस बर्षको फर्केको यौवनमा भारततिर गएर रिकुटे भएको उनको लोग्नेले विधवाको पद उपहार दिइसेकेको छ उसलाई । जेनतेन पहाडबाट आफ्नो भागको सम्पत्ति बेचेर माइतीको आडमा चियापसल राख्न पुगेकी छिन् – निरमाया । छेउछाउमा कार्यलयहरू भएकाले उनको चिया र नास्ता राम्ररी नै बिक्री हुन्छ । यसै पसलको आम्दानीले दुई छोरीलाई सरकारी स्कुल र काखको छोरालाई बोर्डिङ स्कुल लगाइदिएकी छिन् । उनलाई असाध्यै रहर छ , छोरालाई बोडिङ्ग स्कुलमा पढाउने । त्यसैले उनले आफ्नो बैंसलाई बन्धक राखेर लाउने खाने रहरलाई छोराको भविष्यसँग साटेकी छिन् । उनको जीवनको एउटै लक्ष्य छोरालाई पढाएर ठूलो मान्छे बनाउने छ, तर उनलाई थाहा छैन ठूलो मान्छे कसरी बन्दछ । उनी कार्यालयका हाकिमहरू आएरर चिया खाँदा आफ्नो छोराको प्रतिविम्ब देख्छिन् । यसै चाहनामा उनको बिहान बेलुकामा परिणत हुन्छ र बेलुका बिहानमा ।

छोरीहरू त अर्काका घर गइहाल्छन् । उनीहरूसँग उनलाई केही आशा छैन । भविष्यका लागि कुनै आशा नभए तापनि वर्तमान ती छोरीहरू आम्दानीका प्रमुख स्रोत भएका छन् । ती दुई छोरी नभए उनी एक्लै चियापसल चलाउन सक्दिनन् । दुइटी छोरीलाई गरिने लालनपालनको खर्च उनले एउटै छोरालाई गरिरहेकी छिन । छोरो भनेको छोरो नै हो । छोरालाई जति खर्च गरे पनि भोलि त्यो साँवामा ब्याज थपिएर आउँछ भन्ने उनको धारणा छ ।


उषाको किरणसँगै परेड खेल्दै वयस्क भएको उनको छोराले स्कुले पढाई सकायो । छोराले एसएलसी पास गरेर क्याम्पस पढ्न थालेपछि खुशीका किरणहरू अगेनामा मात्र सीमित नरही मन मन्दिर नै उजिल्याउन पुग्यो । उनले प्राइभेट क्याम्पस पढाउन सकिनन् किनभने छोरीहरू पनि बढेकाले खर्चको भार चोटिलो थिो । ठूलो आशा र विश्वासमा छोरो हुर्काउँदै थिइन् । कहिले छोराको पढाइ सकिन्छ र कार्यालयको हाकिम भएर आउँछ भनेर कल्पनाका ताना बुन्थिन् । कहिलेकाँही दिउँसै सपना देख्थिन् । सपनामा उनको छोरो हाकिम भएर आएको देख्थिन् अनि सबैले उनलाई ‘हाकिमकी आमा’ भनेर नमस्ते गरेको देख्थिन् ।

समय बग्दै गयो । क्याम्पस जाने छोरो एकदिन दुई दिन गरी हराउन थाल्यो । उनले सोधीखोजी गर्दथिन । बढेका छोराले आमाको कुरालाई बेवास्ता गर्नु साधारण कुरो जस्तै थियो । उनी आफ्नो छोरो भलाद्मी छ कुरा बुझ्छ, बाटो बिराउँदैन भन्ने कुरामा आश्वस्त थिइन् ।

एक दिन उनको सपनाको आकाशमा अचानक कालो बादल मडारियो बिजुलीको गर्जन सहित उनको जीवनमा कठोर चट्टान कठोर बज्रन गयो । जीवन स्तब्ध भयो अनि शुन्य भयो । आवाजविहिन भएर क्याम्पस पढ्न गएको छोरो अचानक हरायो । उनले चारैतिर आवाज उठाइन् तर प्रहरी चौकी, मानवअधिकार संघ अन्य संस्था सबै बहिरा भए । इष्टमित्रहरू औपचारिकताको आँगनमा सहनुभूतिका बिस्कुन फिजाएर जान्थे तर उनलाई कुनै सरोकार थिएन । उनी आफैं विस्कुन रापिएझैं रापिएकी थिइन । पिडाको रापले सुकेर काठझैं भएकी थिइन ।

एक दिन दुई दिन गर्देै पर्खाइको धैर्यले सीमा नाघ्यो । पीडा गुम्सेर शून्य कोठामा छरिन थाले । उनको हातको मिठो चिया मात्र अतितमा सिमित रह्यो । उनी जिउँदो लासझैं भइन् । उनको सोचाई विपरीत उनका छोरीहरूले चियापसललाई यथावत राखे । उनी अर्के संसारमा पुगिसेकेकी थिइन । उनको आँखा एकपटक लगाएर दैलोमा बिहान देखि बिछ्याएका हुन्थे । कहिलेकाँही साँच्चै उनको छोरा हाकिम भएर आएको रहेछ भन्ने भान पर्दथ्यो उनको व्यवहारले चिया खान आउनेलाई अनि सबै कोठा गएर हेर्थे तर यो सब उनको कल्पनाको दृश्य यथार्थमा प्रतिबिम्ब भएका नाटक मात्र थिए । धेरैले यथार्थ अवगत गराउन खोजेता पनि उनी सहमत हुन सक्दिन थिइन् । उनको आफ्नै सोचाई थियो आफ्नै समय थियो । त्यसमा कसैले हस्तछेप गर्न सक्दैनथ्यो । उनको जीवन मात्र कल्पनामा दिन रातमा परिणत हुनु र रात दिनमा परिणत हुनुसम्म सीमित रह्यो ।


0 comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!
कमेन्ट नेपालीमा लेख्न यहाँ क्लिक गर्नुहोस् ।

खसखससँग कुराकानी

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।

प्रतिक्रियाहरु


संन्देश छोड्नुहोस्

भर्खरै


फेसबुक ब्लग

Followers

Total Pageviews