एउटा गेहुरङ्गको बस्त्रधारी व्यक्ति हाकिमको कार्यालयमा प्रवेश गर्छ ।
“नमस्कार, हाकिम साहेब ।”
“नमस्कार, बस्नोस् न के कति कामले पाल्नुभयो ?”
“अलिकति ऋण लिनुपर्यो भनेर आएको ।”
“ए..द्र द्र अनि बाहिर स्टाफहरूले केही भनेनन् ?”
“उनीहरूले भने तर उनीहरूको कुराको विश्वास नलागेर नै हजुरलाई सोध्नु पर्यो भनेर आएको ”
“ए..यहाँ ऋण लिन आउनुभएको अनि यस्तो बस्त्रधारी मान्छेलाई किन ऋण चाहियो ? यहाँ त सन्यासी जस्तो देखिनु हुन्छ ? ”
“हो, म हेर्दा सन्यासीजस्तो छु र त्यस्तै बस्त्रधारण गरेको छु । वास्तवमा मलाई एउटा तपस्वी नै ठान्नु भए हुन्छ । कस्तो तपस्वी भने घरव्यवहार सम्हालेर पनि तपस्या गर्न सकिन्छ भने उदाहरण दिने तपस्वी मेरो तपस्या भनेको निराहार बसेर सत्यको खोजीमा शून्यमा हराउनु होइन । मेरो तपस्या भनेको समाजमा रहेको कुरीति र कुसंस्कारलाई निर्मूल पार्नु र सत्यको बाटोमा हिडाउँनु हो । त्यसैले मैले गृहस्थी जीवन अँगालेर नै तपस्यामा लागेको छु ।”
“अनि यो बस्त्रधारण चाहिँ नि ?”
“अनि यो बस्त्रधारण एउटा संकेत मात्र हो । यहाँलाई पाप र पुण्यमा कतिको विश्वास छ ।”
“त्यो मलाई छ ।”
“अनि यसरी कमिशन खानु पाप हो कि पुण्य ?”
“यो पाप होइन किनभने यो चल्दै आएको संस्कार हो । कोही राजीखुसी दिन्छन, कसैलाई माग्नु पर्दछ । जुनै सरकार आए पनि र जोसुकै जीएम आए पनि यो संस्कार हट्न सक्दैन । त्यसो त मानिसहरू मान्दिर जाँदा किन पैसा चढाउँछन् । ईश्वरले पैसा त मागेको हुँदैन नि । त्यहीँ भेटी पाएर नै त पुजारी मान्दिरलाई स्वच्छ, सुविधा युक्त बनाउँछ । हो त्यस्तै हामीलाई पनि भेटी भयो भने यो मन्दिर अझ स्वच्छ र सुविधायुक्त हुन्छ । र हामीमा पनि उर्जा थपिन्छ । त्यो उर्जाको असर हाम्रो घरपरिवारमा पनि पर्छ । घरपरिवारमा सुख–शान्ति भयो भने हामीलाई काम गर्न फुर्ति आउँछ । नत्र भने न त हामी स्वास्नीका चाहना पुरा गर्न सक्छौं न छोराछोरीका आवश्यकता । अनि यो मन्दिर थात्रो जिर्ण जस्तो हुन्छ । न हामीमा उत्साह हुन्छ न जाँगर । पुजारीले ईश्वरको भक्तिको लागि मात्र कहाँ पुजा गर्छन अनि आर्शीवादले मात्र कहाँ सन्तुष्टि प्राप्त गर्छन् र ? यसमा केही शंका छ तपाईँ।”
“शंका त पक्कै छैन, यहाँले दिनुभएको तर्क मनासिब छ । तर पुजारी नै असत्यको बाटो हिँडछ भने भगवानले त पक्कै उसलाई सजाय दिन्छ । जस्तो मान्छेमा लालच भन्ने एउटा दैत्य बसेको हुन्छ । जसले उसलाई खाइरहेको हुन्छ । त्यही लालचले ऊ अझ नराम्रो काम गर्दै जान्छ । ऊ अकर्म गर्दै जान्छ । त्यो अर्कमको भागीदार उसको परिवार पनि हुन्छ । त्यसको सजायस्वरुप तपाईँलाई अख्तियार लाग्यो भने त्यसको भागिदार तपाईँका छोराछोरी पनि सहभागी हुन चाहन्छन भने म तपाईँलाई भेटी चढाउन राजी हुनेछ । तपाईँ यो कुरा भोलि स्वास्नी तथा छोराछोरीलाई साधेर आउनसक्नु हुन्छ ।”
भोलिपल्ट कार्यलयमा ।
“तपाइँले सोध्नु भयो तपाइँको परिवारलाई ? उनीहरू पनि यस सजायको भागिदार हुन चाहन्छन् कि चाहदैनन् रहेछन् त ?” हाकिम नम्र भएर भन्न थाल्यो ।
“यहाँले मेरो आँखा खोलिदिनु भयो । हजुर मेरो गुरु समान हुनहुन्छ । मैले यो कुरा लगेर घरमा स्वास्नी, छोराछोरीकोअगाडि राखे । मेरी स्वास्नीले के भनी थाहा छ । साढेसातको दशा लागोस् या अख्तियार नलागोस् । यो अख्तियार लाग्यो भने यो घरमा म एकछिन पनि बस्न सक्दिनँ । अनि छोराले के भन्यो थाहा छ – बुवालाई अख्यिार लाग्यो भने म केही गर्न सक्दिनँ मैले कानून नै पढेको छैन । म त अहिले अंश लिएर छुट्टिन्छु । अनि छोरीले के भनी सुन्नुहुन्छ–‘बुवालाई अख्तियार लाग्यो भने भ्रष्टाचारीकी छोरी भन्छन् । मैले कसरी मुख देखाउनु मेरा साथीहरूलाई । मेरा परिवारका कोही पनि यो सजायको भागिदार हुन रुचाएनन् गुरु । यत्रो वर्ष मैले अनैतिक काम गरेर स्वास्नीलाई भने जस्तो गरगहना, कपडा सबैथोक किनेर उसका इच्छा पुरा गरे । छोरालाइै जे भन्यो त्यही पु¥याएँ । छोरीका सम्पूर्ण इच्छा पुरा गरे, गुरु, तर यी सब व्यर्थ रहेछ । यो पापको भागिदार म मात्र हुने रहेछु । त्यसैले गुरु आजदेखि स्वच्छ हृदयले यो मन्दिरको सेवा गर्नेछु ।सायद भगवानले मलाई माफ गरिदिने छन् गुरुले मेरो आँखा उघारी दिनु भयो । गुरु धन्य हुनुहुँदो रहेछ ।
उक्त, बस्त्रधारी व्यक्ति ऋण नलिई अर्को कार्यालयको बाटो लाग्यो ।
०००००
सजायको भागिदार
एउटा गेहुर¨को बस्त्रधारी व्यक्ति हाकिमको कार्यालयमा प्रवेश गर्छ ।
“नमस्कार, हाकिम साहेब ।”
“नमस्कार, बस्नोस न के कति कामले पाल्नुभयो ?”
“अलिकति ऋण लिनुप¥यो भनेर आएको ।”
“ए..द्र द्र अनि बाहिर स्टाफहरूले केही भनेर”
“उनीहरूले भने तर उनीहरूको कुराको विश्वास नलागेर नै हजुरलाई सोध्नु प¥यो भनेर आएको ”
“ए..द्र यहा“ ऋण लिन आउनुभएको अनि यस्तो बस्त्रधारी मान्छेलाई किन ऋण चाहियो । यहा“ त सन्यासी जस्तो देखिनु हुन्छ । ”
“हो, म हेर्दा सन्यासीजस्तो छु र त्यस्तै बस्त्रधारण गरेको छु । वास्तवमा मलाई एउटा तपस्वी नै ठान्नु भए हुन्छ । कस्तो तपस्वी भने घरव्यवहार सम्हालेर पनि तपस्या गर्न सकिन्छ भने उदाहरण दिने तपस्वी मेरो तपस्या भनेको निराहार बसेर सत्यको खोजीमा शून्यमा हराउनु होइन । मेरो तपस्या भनेको समाजमा रहेको कुरीति र कुसंस्कारलाई निर्मूल पार्नु र सत्यको बाटोमा हिडाउ“नु हो । त्यसैले मैले गृहस्थी जीवन अ“गालेर नै तपस्यामा लागेको छु ।”
“अनि यो बस्त्रधारण चा“हि नि ?”
“अनि यो बस्त्रधारण एउटा संकेत मात्र हो । यहा“लाई पाप र पुण्यमा कतिको विश्वास छ ।”
“त्यो मलाई छ ।”
“अनि यसरी कमिशन खानु पाप हो कि पुण्य ?”
“यो पाप होइन किनभने यो चल्दै आएको संस्कार हो । कोही राजीखुसी दिन्छन, कसैलाई माग्नु पर्दछ । जुनै सरकार आए पनि र जोसुकै जीएम आए पनि यो संस्कार हट्न सक्दैन । त्यसो त मानिसहरू मान्दिर जा“दा किन पैसा चढाउ“छन् । ईश्वरले पैसा त मागेको हु“दैन नि । त्यही“ भेटी पाएर नै त पुजारी मान्दिरलाई स्वच्छ, सुविधा युक्त बनाउ“छ । हो त्यस्तै हामीलाई पनि भेटी भयो भने यो मन्दिर अझ स्वच्छ र सुविधायुक्त हुन्छ । र हामीमा पनि उर्जा थपिन्छ । त्यो उर्जाको असर हाम्रो घरपरिवारमा पनि पर्छ । घरपरिवारमा सुख–शान्ति भयो भने हामीलाई काम गर्न फुर्ति आउ“छ । नत्र भने न त हामी स्वास्नीका चाहना पुरा गर्न सक्छौं न छोराछोरीका आवश्यकता । अनि यो मन्दिर थात्रो जिर्ण जस्तो हुन्छ । न हामीमा उत्साह हुन्छ न जा“गर । पुजारीले ईश्वरको भक्तिको लागि मात्र कहा“ पुजा गर्छन अनि आर्शीवादले मात्र कहा“ सन्तुष्टि प्राप्त गर्छन् र ? यसमा केही शंका छ तपाई“ ।”
“शंका त पक्कै छैन, यहा“ले दिनुभएको तर्क मनासिब छ । तर पुजारी नै असत्यको बाटो हि“डछ भने भगवानले त पक्कै उसलाई सजाय दिन्छ । जस्तो मान्छेमा लालच भन्ने एउटा दैत्य बसेको हुन्छ । जसले उसलाई खाइरहेको हुन्छ । त्यही लालचले ऊ अझ नराम्रो काम गर्दै जान्छ । ऊ अकर्म गर्दै जान्छ । त्यो अर्कमको भागीदार उसको परिवार पनि हुन्छ । त्यसको सजायस्वरुप तपाई“लाई अख्तियार लाग्यो भने त्यसको भागिदार तपाई“का छोराछोरी पनि सहभागी हुन चाहन्छन भने म तपाई“लाई भेटी चढाउन राजी हुनेछ । तपाई“ यो कुरा भालि स्वास्नी तथा छोराछोरीलाई साधेर आउनसक्नु हुन्छ ।”
भोलिपल्ट कार्यलयमा ।
“तपाइर्“ले सोध्नु भयो तपाइर्“को परिवारलाई ? उनीहरू पनि यस सजायको भागिदार हुन चाहन्छन् कि चाहदैनन् रहेछन् त ?” हाकिम नम्र भएर भन्न थाल्यो ।
“यहा“ले मेरो आ“खा खोलिदिनु भयो । हजुर मेरो गुरु समान हुनहुन्छ । मैले यो कुरा लगेर घरमा स्वास्नी, छोराछोरीकोअगाडि राखे । मेरी स्वास्नीले के भनी थाहा छ । साढेसातको दशा लागोस् या अख्तियार नलागोस् । यो अख्तियार लाग्यो भने यो घरमा म एकछिन पनि बस्न सक्दिन“ । अनि छोराले के भन्यो थाहा छ – बुवालाई अख्यिार लाग्यो भने म केही गर्न सक्दिन“ मैले कानून नै पढेको छैन । म त अहिले अंश लिएर छुट्टिन्छु । अनि छोरीले के भनी सुन्नुहुन्छ–‘बुवालाई अख्तियार लाग्यो भने भ्रष्टाचारीकी छोरी भन्छन् । मैले कसरी मुख देखाउनु मेरा साथीहरूलाई । मेरा परिवारका कोही पनि यो सजायको भागिदार हुन रुचाएनन् गुरु । यत्रो वर्ष मैले अनैतिक काम गरेर स्वास्नीलाई भने जस्तो गरगहना, कपडा सबैथोक किनेर उसका इच्छा पुरा गरे । छोरालाइै जे भन्यो त्यही पु¥याए“ । छोरीका सम्पूर्ण इच्छा पुरा गरे, गुरु । तर यी सब व्यर्थ रहेछ । यो पापको भागिदार म मात्र हुने रहेछु । त्यसैले गुरु आजदेखि स्वच्छ हृदयले यो मन्दिरको सेवा गर्नेछु ।सायद भगवानले मलाई माफ गरिदिने छन् गुरुले मेरो आ“खा उघारी दिनु भयो । गुरु धन्य हुनुह“दो रहेछ ।
उक्त, बस्त्रधारी व्यक्ति ऋण नलिई अर्को कार्यालयको बाटो लाग्यो ।
0 comments:
Post a Comment