August 18, 2011

अपराध आफैतिर फर्कन्छ

‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका इन्सपेक्टरले विदेशमा गई आत्मदाह गर्नुपर्यो आखिर किन तिनले जीवनलाई समाप्त पानुपर्यो < सायद सत्यको न्यायलयले यही फैसला गर्यो ।..............’
यो मेरो लामो लेख .(माथि छोटो अंश मात्र दिइएको छ ) एउटा पत्रिकामा प्रकाशित भएको थियो । यो लेख छापिएको पत्रिकाको वेवको लिंक मैले फेसबुकको स्टाटसमा सेयर गरेको थिएँ । यस लेखमा धेरै प्रतिक्रियाहरू आए तर ती मध्ये एउटा प्रतिक्रियाले मलाई अचम्मले रन्थनाइदियो । प्रतिक्रिया यस प्रकारको थियो —
‘तपाईंको यो लेख पढेर म अत्यन्त विचलित भएको छु । मलाई लाग्छ कतै यो लेख मेरो लागि नै लेखिएको हो कि < मलाई सत्यको अदालतमा रिट निवेदन गर्नुछ । के मलाई मौका दिनुहुन्छ <
यो प्रतिक्रिया पढेर म अचम्मित बनँे । कस्तो प्रतिक्रिया हो < के भन्न खोजिएको हो ? मैले केही बुझ्न सकिनँ । मैले उसलाई च्याट गर्न अनुरोध पठाएँ । उसले पनि मेरो अनुरोध स्वीकार गर्यो ।
मैले उसलाई लोडसेडिगको मूड ठीक भएको बेला च्याटमा आउन समय दिएँ । तोकिएको समयमा ऊ च्याटमा देखा पर्यो । हुन त यो डिजिटलीय संसारमा कुनै कुराको विश्वास हुँदैन तर पनि नयाँनयाँ कथावस्तु र विभिन्न खालका पात्रको खोजीको क्रममा यस्ता सुरुङ्गेमार्ग लाभदायी हुनसक्छन् । खोतल्दै जाँदा रहस्यको कुन धरालतमा पुगिन्छ भन्ने कुरा आफैलाई अनुमान गर्न गाह्रो हुन्छ । त्यसैले यस्ता अविश्वासी कामहरूलाई पनि म रोमाञ्चक ढङ्गले विश्वासका साथ गरिरहेको हुन्छु ।
अहिले म च्याटमा बसिसकेको छु ।
केही समयपछि उक्त पात्र देखापर्यो । उसले सम्बोधन जनायो । मैले प्रतिउत्तर दिएँ । उसले एउटा लिंक हेर्न अनुरोध पठायो । मैले तुरुन्त उक्त लिकं खोलेर हेरेँ । त्यो लिक सहरको प्रतिष्ठित र धनाढ्य व्यापारीको हत्या गरिएको न्युज थियो । म अलमल्ल परेँ । उसले किन यसप्रकारको लिंक पढ्न अनुरोध गर्यो < पक्कै यहाँ कुनै रहस्यमय कुरो छ । जुन कुरा खोतल्न म उत्साही भइरहेको थिएँ ।
“यो लिंक पठाउनुको रहस्य <” मैले सोधेँ ।
उसले लेख्यो— “त्यो न्युज तपाईँको लेखसँग सम्बन्धित भएको हुनाले मैले लिंक पठाएको हुँ ।”
“मतलब.. <” मभित्र कताकता त्रासको विकिरण फैलन थाल्यो । कतै म अपराधिक गतिविधिको सन्जालमा फस्ने त होइन भन्ने शंका उपशंकाहरूले मलाई पोल्न थाल्यो ।
“नडराउनुहोस् लेखिकाज्यू, तपाईँले जे लेख्नुभएको छ एकदम सही लेख्नुभएको छ । तर कुनै पनि कुरालाई एकपक्षिय रूपलेमात्र सोच्न हुँदैन जुन तपाईँहरू जस्तो लेखकको कमजोरी हो । त्यसको अर्को अध्यारो पाटोलाई पनि हेर्नुपर्छ ।” उक्तपात्रले च्याटमा लेख्यो ।
“ठीकै छ तपाईँ बताउनुहोस् न त उज्यालोमा बस्नेले अँध्यारोको महसुस गरेको हुँदैन ।” मैले असन्तुष्टिको मन्द राप रापेँ ।
“हो तपाईँले ठीक भन्नुभयो । तपाईँलाई त्यो अँध्यारो पाटो देखाउने कर्तव्य ठानेर मैले यी सबकुरा भन्दैछु ।
“ल भन्नुहोस् न त । के तपाईँले त्यो व्यापारीको हत्यालाई स्वभाविक ठान्नु भएको छ ?” मैले जिज्ञासा उघारेँ ।
“हो त्यही म भन्दैछु त्यो व्यापारीको हत्या हुनु स्वभाविक थियो । त्यो हत्या कसरी भयो तपाईँलाई थाहा छ <”
“मैले कसरी थाहा पाउनु < ऊ कस्तो किसिमको मानिस हो भनेर <” मैले भनेँ । मेरो मनमा त्रासको डढेलो सल्किरहेको थियो ।
“हो मैले तपाईँलाई सत्यको यो पर्दा उघार्न अनुरोध गरेको हुँ । त्यस व्यापारीको हत्यारा को हो थाहा छ <”
उसले यसोभन्दा मेरो जीउ थरर काम्यो । मैले उसलाई बेकारमा च्याटमा आउन भनेछु भनेर पश्चातापको भाइरसले आक्रमण गर्यो मलाई । म निकै घोरिएँ । अहिले नेपाली समाज नै हत्या, हिंसा र अपहरण जस्ता महारोगले सङ्क्रमित छ । विशेषगरी ठूलठूला व्यापारीहरू यसको शिकार भएका छन् । यो किन, कसरी भइरहेछ भन्ने कुरा सर्वसाधारणको सोचाइको सीमाभन्दा बाहिरको छ । यस्तो विषयमा ऊसँग कुरा गर्दा आफू पनि उक्त रोगबाट सङ्क्रमित भइने होकि ? सोचाइको भाइरसले मेरो मस्तिष्कको सफटवेयरलाई ह्याङ्ग बनायो । यक्तिकैमा उसले टाइप गरी पठाइसकेको थियो ।
“त्यो हत्यारा मै हुँ लेखिकाज्यू ।”
मेरो जीवनमा पहिलो पल्ट कुनै हत्याराले म हत्यारा हुँ भनेर दावी गर्दैछ । म आफू कमजोर भएको महसुस गर्छु । जुन नराम्रो हत्याकाण्डले पत्रपत्रिकाहरूमा राम्रै स्थान पाएको थियो । हत्याराको खोजीको लागि ठूलठूला नाराजुलुश हुन थालेको थियो । संसद नै अवरुद भएको थियो । यस्तो हत्याको हत्याराले मसँग आएर हत्यारा हुँ भनिरहेको छ । कतै उसले चिटिङ्ग त गरिरहेको छैन । विश्वास गर्ने कुनै आधार थिएन तर अविश्वास गर्ने कुनै धार पनि थिएन । उसलाई कुनै गुप्तचर विभागले अनुसन्धान गरेझैँ अनुसन्धान गर्ने मनसाय मभित्र उम्रियो अनि टाइप गरी पठाएँ ।
“तपाईँ हत्यारा हुँ भनी कसरी दावी गर्नसक्नुहुन्छ < तपाईँसँग के प्रमाण छ ? अनि किन यसरी हत्यारा बन्नु भएको ? अरुलाई मार्दा पापको डर लाग्दैन <” मलाई उसलाई धेरै कुरा सोध्न मन थियो तर उसले तुरुन्त टाइप गरी पठायो ।
“हो हत्या गर्नु पाप हो, मानिसहरू अपराधी भन्छन् । घृणा गर्छन् । तर एउटा असल मानिस कसरी हत्यारा बन्छ भन्ने कुरा के तपाईँले अनुमान गर्नुभएको छ <”
उसको यो धम्कीपूर्ण संवादले म निकै आतंकित बन्छु । तर पनि समाजका यस्ता विकृति विसगतिलाई राम्ररी चिरफर गरेर समाजलाई देखाइदिनुपर्छ भन्ने कर्तव्यबोधले सामान्य बनेँ । मैले सोचेँ उसले अघि त्यो अँध्यारो पाटोको कुरा गरेको सायद यही होला भन्ने लाग्यो । अनि केही विनम्रता विछ्याउँदै टाइप गरेँ —“हेर्नोस् हत्याराज्यू तपाईँले यति कुरा बताइसकेपछि तपाईँको बारेमा केही कुरा जान्ने उत्सुकताले मलाई छोपेको छ । कृपया बताउनु होला ।”
मेरो संवादले उसलाई केही छोएछ होला उसले संवादको शैली फेरेर लेखिपठायो ।
“हो लेखिकाज्यू कोही व्यक्ति चाहेर हत्यारा हुन्छन् तर धेरैजसो बाध्यताले र परिस्थितिले हत्यारा बनाउँछ । म पनि उही समयको चक्रले पिल्सेर अधमरो भएर बाँच्नको लागि हत्यारा बनेको हुँ । म तपाईँलाई आफ्नो सम्पूर्ण वृतान्त बताउँछु ।” उसले भन्यो
“भन्नुहोस् न ।” मैले संवाद लम्बाउन संवाद गरेँ ।
“उक्त व्यापारीको पसलमा म पाँचवर्षदेखि लगातर काम गर्दै आएको कामदार थिएँ । हुन त उसले मलाई मुखले नराम्रो कहिल्यै भनेन । तर उसको हृदय सफा थिएन । एउटा तल्लोस्तरको कामदारलाई गर्ने व्यवहार ऊ मलाई गर्दथ्यो । उसका परिवारहरूले पनि उही व्यवहार गर्दथे । उनीहरू सरभेन्ट भनेर बोलाउँथे । उनीहरूको मनमा दयाको भावना पटक्कै थिएन । म गाउँबाट क्याम्पस पढ्न भनी काठमाडौँ आएको थिएँ ।”
“अनि.....< मेरो मस्तिष्कमा आम नेपाली गाउँका केटाहरू काठमाडौँमा आएर कामको लागि भौतारिएको दृश्य प्रतिबिम्बित भयो ।
“अनि एकजना मामा पर्नेले उसकहाँ काम लगाइदिएका थिएँ । बेलुका पढन जान्थे । दिनभर पसलमा काम गर्थे । मसँगै अरू दुइजना कर्मचारी पनि पसलमा थिए । म सोझो थिए अरू दुइजना निकै बाठा थिए । उनीहरू पसलको पैसा हिनामिना गर्दथे तर व्यापारीले पटक्कै थाहा पाउदैनथ्यो । उसले दिएको तलवले मलाई मुश्किलले काठमाडौँमा खान र बस्न पुग्दथ्यो । महिनाको सुख्खा पाँचहजारले एकजनालाई घर भाँडा तिर्न, खान र बस्न मुश्किलले पुग्दथ्यो । पसलमा हजारका गड्ढीहरूको लेनदेन हुन्थ्यो । ती लाखलाखको बिटा देख्दा म घुटुक्क थुक निल्दथे । घरमा आफ््ना बाआमा, भाइबहिनी एकछाक खान पनि धौधौ भएको आँखामा झलझली सम्झन्थे । कहिलेकाहीँ ती पैसाको गड्डी बोकेर भागुँ र बाआमा भाइबहिनीहरूलाई राम्राराम्रा लुगा, मीठामीठा खानेकुरा लगिदिउँ जस्तो लाग्दथ्यो फेरि यस्तो अपराध गर्न हुँदैन भनेर आफै सतर्क हुन्थे । उक्त व्यापारी सारै लोभी र छट्टु थियो । चन्दा माग्न आउनेलाई पनि मान्छे हेरी पैसा दिने गर्दथ्यो । उसलाई धम्काउने आयो भने डरले जति भने पनि दिन्थ्यो । तर सज्जन मानिसहरू राम्रा कामका लागि आए भने एक कौडी पनि दिँदैनथ्यो । उसको त्यो कठोर हृदयदेखेर मलाई रिस उठ्दथ्यो । यसरी मेरो जीवन चलिरहेको थियो ।” उसले लेखेर पठायो ।
“त्यसपछि......।” मैले टाइप गरेँ ।
उसको जीवन कथासँगै मपनि बगिरहेको थिएँ । गरिबीले मानिसको जीवनमा कतिसम्म उपहास गरेको हुन्छ भन्ने कुराको धेरै उदाहरण मेरो दिमागमा उम्रियो । केहीसमय अघि गरिबीका कारण आमाले आफ्नै छोराछोरीलाई विष खुवाएर आफूले विष खाएर मरेकी समाचारमा म संवेदीत बन्न पुगेँ । भर्खरै भारतको एउटा नगरमा आफनो बाबुले बैकको ऋण तिर्ननसक्दा जेलमा हालिएको अवस्थामा न्यायलयमा नै आगो लगाई आत्महत्या गरिएको घटना ब्युझियो मभित्र । उसको कथाले मलाई उही गरिवीको आक्रमित डढेलोमा लगेर हुत्याइदियो । म त्यो रापले भतभती जल्न लागेँ । म छटपटिन लागेँ । हे भगवान ! यो तिम्रो लीला अपरम्पार छ । कही कसैलाई गरिवी के हो < आभाष सम्म छैन । कही यो ताण्डव नृत्य < यो सुनामी < कसरी थाम्न सक्छन् बाँच्नका लागि बाँचेका आत्माहरूले । भो अब बन्द गर यो तिम्रो लीला मेरो मुखबाट अनासय निस्क्यो — बुद्धम् शरणम् गच्छामि । आफूलाई केही सन्तुलित र संयमित बनाएँ अनि च्याटमा घोरिएँ । यतिञ्जेल उसले लेखिपठाइसकेको थियो ।
“त्यसपछि, एकपल्ट मेरी आमालाई एपेनडिक्स भयो । आमालाई अस्पतालमा भर्ना गरिएको थियो । मसँग पैसा थिएन । सहरमा जागिर खाने छोरोले पैसाको जोहो गर्ला भन्ने सोचेछन् क्यार बाले । त्यसैले बासँग पैसा हुने कुरा नै भएन । मेरो आशाको केन्द्रविन्दु तिनै व्यापारी थिएँ । मैले व्यापारीसँग तीस हजारको लागि अनुनयविनय गरेँ । तर उसको हृदय पटक्कै गलेन । मैले अन्य पार्टीलाई हजारौँ रुपैया चन्दा दिएको कुरा उठाएँ । यो कुरा सुनेर ऊ अझ बढी रिसायो र धम्काउँदै भन्यो —“तँ फिस्टो मलाई धम्की दिन्छस् । तँलाइ अहिले म मामाघर पर्ुयाइदिन्छु मलाई के ठान्छस् ।” उसले तुरुन्त पुलिस बोलाएर मलाई पक्रायो । मलाई चौकीमा पुर्याइयो । चौकीको इन्सपेक्टरलाई मैले आफ्नो सम्पूर्ण वृतान्त सुनाएँ । इन्सपेक्टर असल रहेछन् भोलिपल्ट मलाई छाडिदिएँ । म तुरुन्त नर्सिङ्ग होम गएँ । तर ढिलो भइसकेको थियो । आमाको जीवित शरिर निर्जिव भइसकेको थियो । मेरो विलाप सुन्ने एकमात्र ईश्वरपनि बहिरा भइसकेका थिए । समयले मलाई निरङ्कुश आक्रमण गरेको थियो । प्रतिवाद गर्ने मसँग कुनै शस्त्र थिएन । निशस्त्र म निर्जिव बन्नुको विकल्प थिएन । त्यसपछि ....।”
उसका संवादले म निकै भावुक बन्छु । अझ आमा भन्ने शब्दमा कही पीडा मिसिएको सुनेँ वा देखेँ भन्ने अत्यन्त मर्माहत हुन्छु । आमा भन्ने शब्द मेरा लागि अत्यन्त हार्दिकता र आत्मीयताले भरिएको शब्द हो । आमाको तुलना यो लोकमा अरू कुनै कुरासँग हुनसक्दैन । अझ आमाको अभावको पूर्ति के ले होला ? आमाको ममताको मूल्याकंन कसरी होला र ? उसका भावनासँगै म पनि बग्छु अनि लेखिपठाउँछु ।
“त्यसपछि......<”
“त्यसपछि आमाको लाश लिएर म गाउँ पुगेँ । आमालाई घाटमा अन्तिम संस्कार गर्न लगियो । आमाको लाश समाएर रुदाँरुँदै म विहोश भएछु । मलाई गाउँलेले लगेर होश फिराएछन् । मैले दागबत्ती दिन पनि सकेनछु । मेरो सानो भाइले दागबत्ती दियो । जसलाई के थाहा होस् उसकी आमा अब नफर्कने बाटोमा गई सकेकी छ भन्ने कुरा । मेरी आमा मेरो जीवनको सहारा थिइन । अझ भनूँ मेरो आत्मा नै थिइन । म विमारी हुँदा उनलाई पीडा हुन्थ्यो । घरको जेठो छोरो भएकोले ममाथि उनको ठूलो आशा थियो । उनलाई सतगत गरेर कसरी घर फर्के मैले थाहा पाउन सकिनँ । म चट्टानजस्तो बनेँ । आमाको विछोडको पीडाले बा ढुङ्गोजस्तो हुनुभयो । घरमा भाइबहिनीको विचल्ली भयो । तातोपानी तताएर दिनेसम्म कोही भएन । म मेरो बा र भाइबहिनी हालत देखेर व्यापारीको पारिवारले मोज गरेर खाएको, हिँडेको सम्झन्थे अनि तुलना गरेर सोच्थे । जति सोच्थे मभित्र त्यति नै जलन, आक्रोश र विद्रोहको भावना जन्मन्थ्यो । मभित्रभित्र आक्रोशित बन्न पुगेँ । दिनपरदिन व्यापारीले मप्रति गरेको व्यवहारले मभित्रभित्र जल्न थालेँ । आफू जलेर सखाप हुनुभन्दा व्यापारीलाई सखाप पार्ने अन्तिम उपाय मभित्र सिर्जित भयो । त्यसपछि म यो प्रतिशोध लिने विचार लिएर काठमाडौँ फर्किए । बा र भाइबहिनीलाई गाउँको काका पर्नेको जिम्मामा छोडे ।”
“त्यसपछि ....।”मेरो हृदयमा कारुणिकता र मतिष्कमा उत्सुकताका सुरियाहरू रोपिन थाले ।
“त्यसपछि म अपराधी गतिविधिमा लागेकाहरूको संगत गर्न थालेँ । गाउँको एउटा सोझो केटो अहिले सहरको नामी गुण्डा भनौँ डन भइसकेको थियो । ठूलो अपराध गर्नु अघि गिरोहका नायकेहरूले सानातिना अपराध गर्न लगाउँछन् । गर्दागदैँ म अपराधी भइसकेको थिएँ । उक्त व्यापारीको हत्या गर्न मलाई कुनै गाह्रो काम थिएन । मैले मेरी आमाको वर्खान्तको दिन उक्त व्यापारीको हत्या गरेर बदला लिन्छु भनेर कसम खाएको थिएँ । त्यो कसम मेरो पूरा भइसकेको छ ।”
उक्त हत्याराको सम्पूर्ण वृतान्त सुनेपछि मलाई मानवीय छालहरूका तरङ्गले तरङ्गित पारिरह्यो । एउटा मानिस कसरी हत्यारा बन्छ भन्ने यो सत्य घटना थियो । तर उसले जतिसुकै आफूलाई निर्दोष देखाउन खोजेपनि म उसको भावनामा सहमत हुन सक्दिनँ । किनभने मेरो विचार नै जीवनको अन्तिम सत्य मृत्यु होइन भन्ने हो ।
मैले पुन च्याटमा लेखेँ ।
“हत्याराज्यू तपाईँ के यो सब बताउनको उद्देश्य म जान्न सक्छु <”
“हो लेखिकाज्यू यो सब बताउनको पछाडि एउटा रहस्य छ । मैले व्यापारीको हत्या गरेर प्रतिशोध लिएँ तर तपाईँले लेखमा लेख्नुभएझै त्यो हत्यापछि मैले मानसिक शान्ति पाउन सकेको छुइनँ । दिनपरदिन हत्याका विषयमा छपिने न्युजले म भावुक र विचलित हुँदै गएको छु । व्यापारीको हत्यापछि उसको पत्नीको अवस्था अनि छोराछोरीको विचल्ली देखेर म भित्रभित्रै गल्न थालेको छु । अनि तपाईँको लेखमा लेखिएको कतै मेरो अन्तिम सत्य पनि मृत्यु नै पो हुने होकि भनेर म चिन्तित हुन थालेको छु । कृपया मलाई न्याय गरिदिनु होला ।”

अहिले मलाई महान् नाटककार सेक्सपियरको सम्झना भयो । उनले नाटक म्याकवेथमा भनेका छन् A guilty mind recoils itself अथार्त् अपराध आफैतिर फर्कन्छ । यो भनाइको प्रयोग सम्पूर्ण ग्रीसेली नाटकमा लागु गरिएको छ । त्यसैले सेक्सपियरका सम्पूर्ण ग्रीसेली नाटकमा अपराधीहरूले आफनै हत्या गरेर प्रायश्चित गरेका छन् । कतै उक्त हत्याराले पनि उही भनाइ सार्थक पार्न खोजेको त होइन < मभित्र शंकाको अंकुश पलाउँछ । म उसलाई सान्त्वाना दिने प्रयास गर्दै भन्छु ।
“हो हत्याराज्यू तपार्इँको त्यो प्रतिसोधले अझ तपाईँलाई थप संकटमा पारेको छ । मानिसभित्रको मानवीय भावनालाई दबाएर जति सुकै दानवीय भएपनि आखिर ऊ मानव नै हो । त्यसैले उसलाई यस्ता कुराले कहिल्यै शान्ति मिल्दैन । तपाईँ आफूलाई सत्यको न्यायलयमा निसाफ पाउन चाहनुहुन्छ भने आफूलाई आत्मसमपर्ण गराउनुहोस् । तब मात्र तपाईँले सत्यको न्यायलयमा निसाफ पाउनुहुनेछ नत्र तपाईँ जीवनभर कहिल्यै सुख पाउनु हुनेछैन । तपाईँ समाज घट्ने विभिन्न घटनाको एउटा सत्य उदाहरण हुनुहुन्छ । म तपाईँको यो कथा सार्वजनिक गरेर समाजलाई एउटा उज्यालो बाटो देखाउन चाहन्छु र भन्न चाहन्छु — धनसम्पत्ति कमाउने र थुपार्ने लालचमा मानवीय संवेदनालाई कहिल्यै नमारौँ । यदि मानवीय संवेदनालाई हामीले तिरस्कार गर्यौँ भने ती भावनाहरू प्रतिकार गर्न हामी माथि नै हथियार उठाउन सक्छन् त्यो समय तपाईँको करौडौको धनसम्पत्तिले तपाईँको मृत्युलाई छेक्न सक्दैन । त्यसैले समाजमा म होइन हामी भएर बाचौँ । समाजमा भएको गरिबी र धनीको विषमताको खाडल पुर्ने प्रयास गरौँ । आफू मात्र बाँच्नु खोज्नु ुभनेको आफनो अहित आफैले निम्ताउनु हो । यो परम मन्त्र सबैले हृदयङ्गगम गर्नैपर्छ ।”
च्याट गर्दागर्दै हाम्रो संवाद टुट्यो किनभने लोडसेडिगको मूड अफ भइसकेको थियो ।
भोलिपल्टसम्म यो संवादीय कथा बिर्सन्छु भनेर मैले कापीमा उतारेर राखेँ । त्यसपछि रात्रिकालीन विश्राम लिएँ ।
भोलिपल्ट उठेर रातिको घटनालाई मस्तिष्कमा पुनर्जीवित गराएँ । मेरो मन र मस्तिष्कमा उही हत्याराको संवाद र उसका मार्मिक कथामा घुमिरहेको थियो । उषाकालीन दायित्व सकेर म पत्रिकाहरूको दैनिकी न्युज भ्रमणमा फन्को मार्न थालेँ । पत्रिकाको फ्रन्टपेजमा नै यस्तो लेखिएको थियो
‘व्यापारी कृष्णमोहनको हत्याको आरोप लागेका हत्यारा सुरेशको गोली हानी आत्महत्या .....’
मैले यो भन्दा धेरै पढ्न सकिनँ । मेरो मस्तिष्कमा उक्त हत्याराले छद्म नाम प्रयोग गरी च्याट गरेका संवादहरू घुमिरह्यो । अहिले म केही बोल्न नसक्ने भइसकेको थिएँ । मैले लेखेको कथाका शब्दहरू आफै बोलिरहेका थिए ।

2 comments:

Sonu3sd said...

हैन, शर्मिलाजी..! यो कथा साँचै कै सत्य घटनामा आधारित हो..? खै मलाई त त्यस्तै लाग्यो, यो कथा पनि शर्मिलाजिको अरु लेखहरु जस्तै स्तरीय अनि मार्मिकताले भरिएको छ. मैले त एकै सा:समा पुरा पढन भ्याए.. यस्तै लेखहरु फेरी-फेरी पनि पढन पाउँ...धन्यबाद...!!!

Sitaram Ghimire. said...

Sharmila Madam ,katha ramro lagyo khai satya ghatna jasati 6.Dhanyabad.

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।