
कथाकार दिवाकर नेपालीज्यू, जीवनको प्रेम काँचमा खाँदिएको कार्बनजस्तै हुँदोरहेछ । विश्वासको धरातलमा थिचिएर तयार भएको काँचलाई अविश्वासको धरातलमा बर्जन गयो भने कसरी विखण्डन हुन्छ भन्ने कुरा मैले यस क्यानभासमा सजाएकी छु । विखण्डित प्रेम कसरी काँचको टुक्राटुक्रामा छरिन्छ भन्ने कुरा यहाँ सादृश्य गराएकी छु । म बुद्धको शरणमा परेँ ।
लाग्छ यो समय कहिल्यै अतीत नबनोस् ! छ वर्षपछिको कठोर तपस्याबाट प्राप्त भएको यो मिलनको घडी ! प्रत्येक पल गन्दै प्रलापको भकारीमा...