पात्रहरू - एकजना लङ्गडो
एकजना बहिरो (कानमा इयरफोन लगाएको)
एकजना अन्धो (आँखामा कालो चश्मा लगाएको)
एकजना नेताको कपडा लगाएको
(दुई जना दर्शक बनेका, केटा र केटी -मञ्चमा तीनजना देखापर्छन् । एउटा अन्धो- कालो चश्मा लगाएको हातमा कलम र कापी हुन्छ, अर्को लङ्गडो- वैशाखी टेकेको, अर्को बहिरो-कानमा इयरफोन लगाएको, देखा परेपछि बोल्दै हिँड्छन् । छेऊमा एउटा मेच छ ।)
अन्धो - हेर त ऊ त्यहाँ फूल फुलेको । आहा ! कस्तो राम्रो फूल हगि ?
अरू दुईजना - खोइ, कहाँ भनेको ?
अन्धो - उः त्यहाँ क्या, पर्खी है म चित्र बनाउँछु (भन्दै मेचमा बसेर चित्र बनाएजस्तो गर्छ)
लङ्गडो - एइ ! सुन त म पनि सगरमाथा चढ्छु । म सगरमाथा चढेको राम्रा चित्र बना है । (लङ्गडो साथीलाई हेरेर भन्छ ।) म सगरमाथा चढेर नाम र दाम कमाउँछु अनि मेरो खुट्टाको अप्रेसन गरेर तिमीहरूजस्तै हिँड्ने हुन्छु बुझ्यौ ?
बहिरो - होइन, कहाँ हिन्दी गीत बजिरहेछ ? उ; हेर क्या मीठो गीत बज्यो । पख है म नाच्छु । (नाच्छ । केही छिन क्यासेटको गीत बज्छ, नेपथ्यबाट एकछिन नाचेर बस्छ र क्यासेट पनि बन्द हुन्छ ।)
लङ्गडो - हेर न, नेपाली भएर पनि हिन्दी र अंग्रेजी गीतमा रमाउँछ ।
अन्धो - छोड् दे न यार, क्या राम्रो नाचेको यसले । म यसले नाचेको चित्र बनाउँछु है ।
बहिरो - सुन्, म रक एन्ड रोलको डान्सर भएर स्टेजमा राम्रो डान्स देखाउँछु, त्यो चित्र मेरो बना है ।
अन्धो - ए तँ नाचेको बनाइहाल्छु नि । बुझिस् त्यो चित्र यति राम्रो बनाउँछु कि त्यो फ्रान्स लियोनार्दो भिन्चीले मोनालिसालाई बनाएभन्दा राम्रो बनाउँछु । अनि त्यसमा मोनालिसाको हाँसो फुस्किन आँटेजस्तो तेरो यो इयरफोन फुस्कन आँटेको बनाउँछु, है - अनि त्यो चित्र म यति महँगोमा बेच्छु कि त्यस पैसाले म मेरो आँखाको अप्रेसन गरेर तिमीहरूजस्तै हेर्न सक्ने हुन्छु, है ?
अरू - हुन्छ, हुन्छ नि !
तीनैजना- (एकै चोटी )हामी सबैको उद्देश्य एउटै छ, पैसा कमाएर अप्रेसन गर्नु छ ।
(तीनजना मूर्तीजस्तै भएर उभिन्छन् ।)
(एकजना नेताजस्तै देखिने मान्छे मञ्चमा देखापर्छ ।)
नेता - दर्शकवृन्द (अकमकाउँदै) र होइन जनतावृन्द र देखिहाल्नु भयो नि । यी तीनजना हावा फुस्केकाहरूको गफ । तपाईँहरूले यहाँ बसेर हेर्नुभयो, मैले भित्र बसेर सुनिरहेँ.... र केही लेखेर ल्याएको छु । के गर्नु, नहेरी भन्न आउँदैन । अँ साँच्चै यी तीनजना बेबकुफ । एउटा लङ्गडो सगरमाथा चढ्छ रे । (लङ्गडोलाई देखाउँदै) नपत्याउँदो कुरा हगि ? अर्को अन्धो चित्र बनाउँछ अरे । (अन्धोलाई देखाउँदै ) अनि यो कान नसुन्ने क्या, बहिरो, (बहिरोलाई देखाउँदै ) राम्रो गीतमा डान्स गर्छ अरे र यी तीनजनाको कुरा सुनेर तपाईँलाई हाँसो उठ्यो होला, हैन.... ? हेर्नुहोस् (कागज हेर्दै भन्छ) म पत्याउने कुरा गर्छु म पनि राम्रो वक्ता भएर तपाइँहरूको मन जितेर चुनाव लड्छु । अनि जितेर प्रधानमन्त्री हुन्छु । म प्रधानमन्त्री भएपछि, एकछिन है...., यी हावाखोरीका नाम सोधौँ । महाशय ! नाम के हो ? (क्रमैसँग सोध्छ, कोही बोल्दैन । अनि सर्टभित्र चिहाउँछ । सर्टको बटम खोलिदिन्छ । त्यहाँ भित्र तीन जनाको क्रमैसँग ने.पा.ल लेखिएको हुन्छ) यिनीहरूको नाम मिलाउँदा त नेपाल पो हुँदो रहेछ । मैले मेरो लिस्टमा यो लेखेको थिइनँ । तर केही छैन, म राम्रो वक्ता हुँ । यो मिलाइहाल्छु नि । हेर्नुहोस् न, कस्तो संयोग ! यिनीहरूको नाम मिलाउँदा नेपाल हुने अनि हाम्रो देशको नाम पनि नेपाल र मैले भन्न खोजेको के हो भने नि । म पनि प्रधानमन्त्री भएपछि यिनीहरूको जस्तै अप्रेसन गर्छु देशको, किनभने हाम्रो देश पनि अन्धो, बहिरो र लङ्गडो भएको छ ।
(दर्शक मञ्चबाट दुईजना केटा अनि एकजना केटी उठेर कराउँछन् । पर्खनोस् भन्दै)
एकजना केटो - (मञ्चमा जाँदै ) पर्खनोस्-पर्खनोस् तपाइँहरूको यो सब नाटक हो । तपाईहरूजस्ता नेताले गर्दा आज हामीहरू बहिरा, अन्धा र लङ्गडा भएका छौँ । तपाईहरूले हामीहरूलाई राम्रो बाटो देखाउन सक्नुभएन अनि हामी अन्धा भयैँ । तपाईँहरूले हामीलाई नचाहिँदो आश्वासन देखाउनुभयो अनि हामी बहिरा भयौँ । तपाईहरूले ढुङ्गामूडा गर्न सिकाउनुभयो अनि हामी लङ्गडा भयौँ । आफ्नो नीजी स्वार्थका लागि हाम्रो देशलाई अन्धो, बहिरो र लङ्गडो बनाएर चुनाव जित्न खोज्दै हुनुहुन्छ ! होइन त...?
अर्की केटी - (मञ्चमा जाँदै) तपाईँहरू जस्ता नेताले यो देशलाई बिगार्नुभयो अनि हामीलाई गरिबी र अशान्तिको दलदलमा फँसाउनुभयो । हामी बाल-बालिकालाई अनाथ बनाउनुभयो । अब हामी तपाईहरूको कुराको विश्वास गर्दैनौँ । हामी बालबालिकालाई कहिले हतियारको रूपमा प्रयोग गर्छन् त कहिले आश्वासन दिएर फकाउँछन् । हामीले शान्त वातावरणमा बाच्न सकेनौँ । अब हामी आवाज उठाउँछाँ। तपाईँहरू पनि जाग्नोस् आफ्नो देशका लागि अनि नेताले के ठीक गर्दैछ, के बेठीक गर्दैछ । र त्यसको सही मूल्याङ्कन गर्नुहोस् । अनि हामीहरूलाई कसैले अन्धो, बहिरो र लङ्गडो बनाउन सक्तैन ।
(नेता डराएजस्तो गर्छ अनि बिस्तारै मञ्चबाट भाग्छ)
पहिलो केटो - हेर्नुहोस् ! तपाईँहरूलाई छल्नका लागि नेताले यी केटाहरूलाई किनेर लङ्गडो, बहिरो र अन्धो बनाएको हो । यिनीहरूको असली रूप हेर्नोस् ।
(एउटाको चश्मा फुकालिदिन्छ अर्काको खुट्टा सोझ्याइदिन्छ । अनि अर्कोको इयरफोन फुकालिदिन्छ ।) ल, यिनीहरूको वास्तविक रूप देख्नुभयो, होइन ?
दोस्रो केटो - खोइ ! त्यो नेता त्यसको असली रूप देखाइदिन्छौँ । तर यहाँ रहेनछ । डरले भागेछ क्यारे ।
केटी— हेर्नोस् (तीनजनातिर हेर्द) तपाईँहरू यस्ता नेताको चालबाजीमा नहिँड्नोस् । यसरी हिँड्दा सबैलाई धोका हुन्छ । तपाईँहरूलाई यत्तिका नाटक गर्न लगाएर त्यो नेता आफैँ भागेर हिँड्यो ।
तीनजनामध्ये एक जना - हो, हामीले जानेनौँ । पैसाको लोभमा परेर यी सब गर्नाले आज लाजमर्नु भयो ।
पहिलो केटो - ल आउनुहोस्, तपाईँ-हामी यस्ता झूटा नेताको पछि नलागौँ । देशका लागि मिलेर केही गरौँ ।
दोस्रो केटो - अब हामी सबै अगुवा सबै बटुवा । हिँडौँ जहाँसम्म पुगिन्छ । देशका लागि केही गरौँ । अनि मात्र हामी राहतको सास फेर्न सक्छौँ । नत्र हामी हाम्रा बाआमाले भोगेको पीडा झन् चर्को रूपमा हामीले भोग्नुपर्नेछ ।
सबैजना - हो, हामी सबैजना हिँडौँ । हाम्रो देश- जिन्दावाद हाम्रो नेपाल - जिन्दावादspan>

6 comments:
शर्मिला जी मलाई यो तपाईको बाल एकाङ्की सार्है मन पर्यो । वास्तवमा नेपालका यस्ते नेताहरुको कालो कर्तुत यसरी हामी साहित्यकारहरुले र्छलङ्ग पार्नुपर्छ जस्तो लाग्छ मलाई त ।
तितो सत्यको सजिब चित्रण...
धेरै राम्रो चित्रण - हाम्रो र हाम्रा नेताहरुको ।
राम्रो चित्रण छ देशको यथार्थको!
देशको यथार्थ र विडम्बबाको चित्रण खूब कलाचेत भरेर गर्नुभएको छ । नेताको नाटकमा सामान्य जन अक्षमतालाई पनि अनेकका पाखण्ड देखाएर छेउ लगाउन विवश छन्, नेता भन्नु नेता रहेन । हब नेताको परिभाषा नै फेर्नुपर्ला जसतो छ हाम्रो देशमा । अलमल्याउने बुद्धिहीन तर चतुर प्राणी नेता हो भनेर चिन्नुपर्ला ।
तुलनात्मक रूपमा अन्य विधाभन्दा एकाङ्की र नाटकको अभाव छ नेपाली साहित्यमा, तपाईँको प्रयास परिष्कारशील भएर बगिरहोस् त्यसको उपचारमा ।
Post a Comment