June 22, 2009

ओ ! अपराजिता !

जीवन एउटा सपना हो । मेरो जीवनको सपनामा यी शब्दहरू ब्युँझिरहन्छन् । तिमीले फेरि हराएकी छ्यौ मलाई । म तिमीलाई जित्न चाहन्थेँ । तिम्रो खोट देखाएर त्रि्रा सिद्धान्तहरूलाई पर्छार्न चाहन्थेँ । तिम्रो कमजोरी औँल्याएर तिमीलाई नैतिक रूपले गिराउन चाहन्थेँ । तर तिम्रो आदर्श बोली र सहृदयी भावयुक्त मृदुलवचनले म मर्माहत भएको छु । मेरो रिस र आवेशलाई कसरी आगोको अगाडि नौनी गलाएझैँ गलाएकी छौ । जब म तिमीलाई पराजित पार्न हर सम्भावनाका ढोकाहरू उघार्छु म आफैँ पराजित हुन पुग्छु । त्रि्रेँ निष्कपट र कठोर आत्माभिमानका पाइलाअगाडि म प्रत्येक पल लड्खडाउँछु । अपाङ्ग्ा तिमी छौ तर निःसहाय म हुन पुग्छु । अबला तिमी छौ तर सबलताका प्रत्येक लक्षणहरू म गुमाइरहेको छु । मैले जिन्दगीमा हार्न कहिल्यै जानिनँ । मैले आफूमा चेतनाको पर्दा उघारेदेखि कहिल्यै हार खान जानिनँ । प्रत्येक ढुक्ढुकीमा मैले जित्नु नै पर्छ भन्ने उच्छ्वास सुनेको छु । त्यसैले तिमीसँगको हारलाई मैले जीवनका धेरै अमूल्य जीतहरूमध्ये एउटा अमूल्य हार ठानेको छु ।

तिमीसँगको मनोयुद्धमा म प्रत्येक पल हारिरहेको छु अनि तिमीले मलाई हराइरहेकी छ्यौ । हाम्रो अघोषित युद्ध कहिले र कहाँ हुन्छ भन्ने थाहा हुँदैन तर म जहिले मौका पाउँछु तिम्रो स्वाभिमान र सिद्धान्तमा मर्म हुने गरी प्रँण?बाणहरू प्रहार गर्छु तर तिमी अघोषित विजेताझैँ प्रत्येक प्राणबाणबाट बच्न आफूले आफैँलाई तयार पारेर राखेका हुन्छौ । अनि म आफैँ आत्मग्लानिबाट लुप्त हुन्छु कतै प्रस्फुटन गर्न नै नसक्ने गरी ।
जीवनमा धेरै दुःखका सँघार काटेकी छ्यौ तिमीले । धेरै पीडाका बिस्कुन फिँजिएका छन् तिम्रो भाग्यका आगँनमा । धेरै खुसी र चाहनाहरू डढेका छन् तिम्रो अँगेनीमा । तिमीले संसार देखेकी छ्यौ अनि भोगेकी छ्यौ । तिमीले समाजका धेरै चुनौती हाँसीहाँसी स्विकारेकी छ्यौ । तिमी समाजसँग लडिरहेकी छ्यौ । म मात्र तिमीसँग लडिरहेछु, न तिमीलाई जित्न सक्छु न त युद्धको मैदानबाट भाग्न सक्छु । यसमा मेरो विवशता छ । तिम्रो आदर्श, आत्मीयता, सहनशीलता र परिपक्व बौद्धिकताले मलाई तिमीसँगको सत्सङ्गलाई लोभ्याइरहन्छ । त्यसैले म यो युद्धबाट भागेर जान चाहन्नँ । तिमीले सायद कर्ण्र्ााच पहिरकी छ्यौ जसलाई म छिचोल्न सक्तिनँ । इन्द्रले झैँ ढाटेर वा छलेर तिमीलाई पराजित बनाउन सक्छु होला । तर ढाँटेर छलेर जितेको युद्धलाई मेरो स्वाभिमानले स्विकार्न सक्तैन ।
तिमी हेर्दा साधारण छ्यौ । तर मेरा लागि असाधारण लक्षणका बिम्व हौ । क्यानभासमा कोरिएको अमूल्य चित्रझैँ । कहिले बुझ्न खोजेर पनि बुझ्न नसकिने । मलाई थाहा छैन तिमीभित्र अरू पनि धेरै कुरा केके छ भनेर यसैले धेरै कुरा थाहा पाउन म तिमीलाई नयाँ-नयाँ चुनौती दिइरहेको हुन्छु । जसको प्रतिकि्याबाट निस्केका नतिजा मेरा लागि अमूल्य हुन्छन् । म जहिले पनि तिम्रो विजयको सपना देखिरहेको हुन्छु । सफलताको उत्कण्ठा-चाहना गरिरहेको हुन्छु । तर म आफैँ तिमीलाई आफूबाट पराजित बनाउन खोजिरहेको छु । मलाई थाहा छैन यस्तो किन हुन्छ । म तिमी अरूबाट पराजित भएको देख्न सक्तिनँ । तिमी पराजित हुनु भनेको म पराजित हुनुझैँ लाग्छ । तर म स्व्ायं तिमीबाट पराजित भई मेरो सामुन्ने उभिएको हेर्न चाहन्छु । त्यसैले तिमीलाई पराजित बनाउन म कुनै न कुनै सूत्र अपनाइरहेको हुन्छु । तर मेरा प्रत्येक सूत्र असफल भइरहन्छन् । जीवनमा धेरै सूत्र जोडेर सफल जीवन बनाउन सक्षम म तिमीसँग कुनै एउटा सूत्रमा पनि सफल हुनसकेको छैन । यो मेरो विडम्वना मान्नर्ुपर्छ । त्यसैले म तिमीलाई किन्न खोज्दै छु आफ्ना सम्पपूर्ण अवयवहरू खर्च गरेर ।
तर तिमी स्वाभिमानका धनी छ्यौ । अनि मेरा अनुग्रहहरूलाई सजिलै लत्याइदिन्छौ । तिमीलाई अभावको महासागर तर्नुपर्दा अप्ठ्याराका उकालो चढ्नुपर्दा पनि मेरो अनुग्रहलाई बिनामूल्यको ठान्न पुग्छौ । तिम्रो निश्चल, अटल आत्मविश्वासका अगाडि मेरा सम्पपूर्ण सूक्ष्म हुन पुग्छन् ।
म तिमीलाई समाज र समयसँग किन्न चाहन्छु । तर तिमी आश्रति भएको स्विकार्न चाहन्नौ । म तिम्रो नैतिक र्समर्थन चाहन्छु । अनि तिमीबाट सर्वोत्कृष्ट भएको हेर्न चाहन्छु । तिमीलाई मप्रति आश्रति, अनुगृहीत र समर्पित भएको हेर्न चाहन्छु । तर तिमी मेरा चाहना र इच्छाहरूलाई कुठाराघात गरिदिन्छौ । म आफैँ नै तिमीबाट पराजित भइरहेको हुन्छु । तिमीले खुसीसाथ आफूलाई पराजित बनाएर मप्रति समर्पित गरेको म चाहन्नँ । यो मेरा लागि सहानुभूति हुनेछ । त्यसैले म तिम्रो सहानुभूति र अनुग्रहमा बाँच्न पनि चाहन्नँ । म तिमीलाई आफैँबाट जित्न चाहन्छु ।
प्रत्येक दर्ुइ वस्तुको र्घष्ाणबाट कुनै शक्ति वा पदार्थ पैदा भएझैँ हाम्रा प्रत्येक शीतयुद्धबाट मैले केही न केही अनुभव प्राप्त गर्दै गएको छु । जुन मेरा लागि समुद्रमन्थनपछिको प्रँप्त वस्तुझैँ भएका छन् । मैले कहिले कालकूट विषको सेवन गर्नुपर्छ त कहिले अमृतपान पनि गर्नुपर्ने हुन्छ । म ती वस्तुहरूलाई आत्मसात् गर्न बाध्य हुन्छु । त्यसैले म तिमीसँग न त युद्धविराम गर्न सक्छु न त पराजयको यथार्थ स्विकार्न सक्छु । म युद्धविराम गरेर तिमीबाट टाढा भाग्न पनि सक्तिनँ किनभने तिमीसँग युद्धविराम गरेँ भने मेरा जीवनमा शून्यताको बिराम लाग्न सक्छ । जीवनमा शून्यताको बिराम लाग्यो भने जीवन अचल र उद्देश्यविहीन हुन पुग्छ । त्यसैले जीवनलाई पपूर्णता दिन पनि म तिमीसँग सत्यको युद्ध गरिरहेको छु । म आफ्नो सम्पपूर्ण कला, सीप र बौद्धिकता खर्चेर तिमीलाई तिमीबाट प्राप्त गर्न चाहन्छु । तिमीलाई हराउन चाहन्छु । तर खै, कसरी, कहिले र कहाँ तिमी मबाट पराजित हुन्छौ म भन्न सक्दिनँ, ओ ! अपराजिता !
तिमी असहाय, गरिबहरूको लागि कसरी तर्क गर्र्छौ , जसलाई खण्डन गर्न मेरो सामर्थ्यले कहिल्यै भ्याउदैन । मेरो सामन्तवादी सोचले गरिब, निमुखाको विषयमा सोच्ने शक्ति खर्च गर्न नै सकेनँ । तर तिमीले मेरो सोच र धारणामा नयाँ परिवर्तन ल्याइदिएकी छ्यौ । त्यो लेउ लागेको परम्परागत संस्कारलाई माझिदिएकी छ्यौ । समय परिवर्तनसगै मान्छे आफूले आफैलाई परिष्कार गर्दै लानु पर्दछ । तर मैले आफूलाई त्यो सोचमा कहिल्यै ढाल्न सकिनँ । म यही समाजमा पुरुषत्वको हुकार र्छर्दै झुकेँ । मैले जीवनको त्यो अध्यारो पाटो देख्दै देखेको रहेनछु । जहाँ निमुखा, असहाय र पिडीतका आकृतिहरू सल्बलाइ रहेका हुन्छन् । मैले आफ्नै विचारहरूलाई सर्वोत्कृष्ट मानेँ, आफैलाई सम्पपूर्ण मानेँ । तर म यो सोचबाट बाहिर जान पनि म सक्दिनँ । ओ अपराजिता ।
डायरीका यी हरफहरू म उसलाई देखाउन चाहन्छु । म चाहन्छु उसले मलाई पढोस् र नयाँ बाटो देखाओस् अनि यो यद्घले सधैँको लागि विराम लिओस् । तर म सधैँ असफल हुन्छु । ऊ र म दर्ुइ धारमा बगेको प्राणी हौँ । तर समयले उसलाई र मलाई यसरी भेट गराइदियो । सायद समयपनि इष्र्या गर्दो हो हाम्रो मनोयुद्घ देखेर । मेरो कम्पनिमा इटरभ्यू दिन आउँदा नै मैले थाहा पाइसकेको थिएँ ऊ भित्र यति धेरै कुराहरू छन् भन्ने । इटरभ्यूको समयमा नै उसले अप्रत्यक्षरूपले चुनौति दिइसकेकी थिई । त्यसैले पनि म उसको स्वाभिमानलाई पराजित पार्न मैले उसलाई नियुक्ति दिनु परेकोथ्यो । तर म उसका प्रत्येक तर्कवितर्कले पराजित हुँदै गएँ ।, अनि आफूदेखि हार्दै गएँ । हुन त यो समयले दिएको उपहार पनि थियो उसलाई किनभने समाजमा चारैतिर नयाँ चेतना , नयाँ जागरणको लहर चलेको थियो । कम्पनिका कतिपय काम कारवाहीमा चित्त नबुझ्दा आवाज उठाउने ऊ नै हुन्थी । बोनस दिने कुरादेखि लिएर युनियन बनाउने कुरासम्ममा ऊमाथि नै हुन्थी । म प्रत्येकपल उसलाई हराउने कोसिसमा लागेको हुन्थेँ । तर म उसलाई जिते पनि आफूबाट कहिल्यै जित्न सकिनँ । त्यसैले म समयको त्यो प्रतिक्षामा छु । जुन समय म उसलाई यो डायरी देखाउन सक्षम हुनेछु । सायद म यो प्रयासमा पनि असफल नै हनेछु । पराजयको समय श्रृङ्खलाले मभित्र एउटा पहाड उभ्याउन सक्छ जुन पहाडमा बसेर म चिच्याउन सक्छु "ओ अपराजिता तिमी कहिलेसम्म पराजयको बादलले मलाई ढाकिरहन्छौ ? कहिले सम्म ??

3 comments:

wordflows said...

Sarmila ji, sabai kura ta jitna sakidaina ni

शर्मिला खड्का (दाहाल) said...

प्रयास गरे सम्भव छ ।

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।