June 23, 2009

असंवर्द्धित शान्ति

म यो सडकमा हिँडिरहेकी छु । सडकलाई सडक हुनुको बोध गराइरहेकी छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्रयाक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि हिस्सेदार बन्छु । यसरी हिउँदमा धूलो खानु र वर्षामा हिलो खानु यो सडकको नियति बनेको छ-मेरो भाग्यजस्तै । सडक धेरै लामो बगेको छ, मेरो जीवनको बगाइजस्तै । सडकको प्रस्थानबिन्दुमा सडकको बारेमा यसरी परिचय दिइएको छ - शान्तिमार्ग - २ किलोमिटर ।सडकको प्रस्थानबिन्दुमा दिइएको परिचयजस्तै मेरो जीवनको पूर्वाधमा यसरी परिचय दिइएको थियो -'शान्ति अब ठूली भई शान्तिका जामा छोटा हुन थालेँ शान्तिका हिमालचुली उम्रन थाले शान्तिको बिहे गर्ने बेला भइसक्यो ।'
यी मेरा परिचयात्मक अभिव्यक्ति थिए- जीवनका पूर्वाधको । मैले बारम्बार बिहे शब्दसँग साक्षात्कार हुनुपर्दथ्यो । यो बिहे भनेको के हो ? छोरीमान्छे अलिक ठूली हुन नपाउँदै किन अरूको घरमा पठाइन्छ र ? माइत बस्न किन हुँदैन ? छोरी मान्छे पनि मानिस हो , केही गर्नुपर्छ भन्ने हौसला किन दिइँदैन ? यी विरोधाभासका आवाजले म आन्दोलित हुन पुग्दथेँ । सामान्य लेखपढ भएको गाउँको एउटा घरमा मेरा आवाजहरू मसँगै कुस्ती खेल्दथेँ । मेरा सपनाका तारहरू बुनिदै, भत्कदै गर्दथे । मेरो भविष्य भनेको अर्काको घर गरेर खानुमा सीमित थियो । ममा बाहिरी सोचाइ कहिल्यै उमारिएन । मुस्किलले सातकक्षा पास गर्दा म भर्खर यौवनको खुडकिलो टेक्तै थिएँ । म आफ्नो भावी सपनाको राजकुमार को परिकल्पनामा डुब्न थालेकी थिएँ । अचानक एकदिन मेरो कानमा गुन्जियो -
'शान्ति तेरो बिहे हुँदै छ तेरो सपनाको राजकुमारसँग । अब तैँले घर खानुपर्छ । हुन त हामीलाई तँलाई अर्काको घर पठाउने इच्छा त कहाँ थियो र ? चलिआएको चलन, घर गरेर खाएस् ।'
म झस्कन्छु । एउटा गोरुगाडा छेउबाट जान्छ । तर्राईको प्रचण्ड गर्मीको समय । म सडकमा छु । सडकले जस्तै जीवनको प्रचण्ड गर्मी सहेर म यहाँसम्म आएको छु । म कहाँ जाँदै छु ? मलाई राम्ररी थाहा छ । हामी तीनजना सजीव प्राणी छौँ -फिल्र्डवर्कको लागि पत्रकार उपनाम लिएर । साथीहरू के गफ गर्छन् ? म बुझि्दनँ भनौँमलाई सरोकार छैन । म बग्छु फेरि सडकको लम्बाईसँगै ।
म घर खान सक्दिनँ । म मानिस थिएँ । मभित्र धेरै कुरा थिए, त्यसैले घर खान सकिनँ । सपनाको राजकुमार लोग्ने भनाउँदो लाटोबुङ्गोजस्तो थियो । कुनै लोककथाको नायकजस्तो । साथीहरूले जे भनेर उचाले पनि उचालिने अनि पछार्दा पछारिने । मैले उसको रिस खान सकिनँ । उसका यौनचाहना पचाउन सकिनँ । अरूको लहैलहैमा लागेर स्वास्नीको चाहना बुझ्न नसक्ने, आत्मा पढ्न नसक्ने पनि कहीँ मेरो लोग्ने हुन सक्छ - मैले व्रि्रोह गरेँ । आवाज उठाएँ-म यस्तो घर खान सक्दिनँ, जुन घरले मेरो घरखाने पाचनशक्तिको रातदिन ह्रास गर्दै लैजान्छ । त्यस समय मेरो जीवन अर्थशास्त्रीय सिदान्तमा चल्न थाल्यो । माग, आपूर्ति र उपभोक्ताको तालमेल ब्रि्रन थाल्यो । जसले गर्दा अर्थशास्त्रीय हिसाबले मेरो जीवन असफल भएको साबित भयो । त्यसपछि मेरा बाआमाले मलाई अशान्त भएको हेर्न सकेनन र माइतमा लगेर राखे । माइतमा म निस्प्रयोजन बस्न सकिनँ । म गाउँका पढेका दिदीहरूको साथमा पक्कीसडक हुँदै सहर पसे । दिदीहरू पढेका हुनाले उनीहरूको भाँडा माझ्दै पढ्न थालेँ । कसरी एसएलसी पास गरे मलाई सपना जस्तो लाग्यो । म धेरै कुरा गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास हुन थाल्यो । एसएलसी पास गरेपछि एउटा प्रेसमा टाइपिङ्को काम गर्न थालेँ ।
कतै गाडीको हर्न बज्छ । म झस्कन्छु ।
'साह्रै धूलो र गर्मी भयो । एकछिन पानी खाऊ न् । एउटा प्राणीको आवाज आउँछ ।
'अब कति छ - धेरै हिँडियो यो सडकपनि ।'
'अब आउँनै आँट्यो । ऊ त्यो पल्लोगाउँ हो ।' एउटा बाटो जान्ने प्राणी बोल्छ ।
हामी बलात्कारको रिर्पोट लेख्न जाँदै छौँ -फिल्र्डवर्कमा । उसो त म त्यति फिल्र्डवर्कमा हिँड्दिन्ँ । तर बलात्कारको घटना स्वास्नीमानिससँग सजिलो हुन्छ भन्ने निर्णय मलाई यस सडकमा हिँड्न बाध्य गरायो ।
सडक आफ्नै ठाउँमा छ । तर म बग्दैछु । म प्रेशमा काम गर्न थालेपछि मेरो जीवन गणितीय सिदान्तमा चल्न थाल्यो । काठमाडौँको ठाउँमा आफू बाँचेर , बाआमालाई पनि सास धान्न उर्जा पुर्‍याउनु पर्ने । मैले केही पाउँदै केही गुमाउँदै गए । कहिले गुमाई मात्र रहेँ । बा आमालाई मैले कमाएर पठाएको सपनाजस्तो भयो । तर यो यथार्थ थियो । म उनीहरूको जीवन धान्ने ठूलो आधारस्तम्भ भएकी छु । म उनीहरूको लागि अपरिहार्य कथा बनेकी छु । जुन कथा कथेर कहिल्यै टुङ्गिँदैन । जसलाई उनीहरूले कसिंगर सम्झेर मिल्काएका थिए आज उही नै आँखाकी नानी भएकी छे ।
मैले जीवनको परिभाषालाई अङ्कहरूमा गणितीय हिसाबमा जोड, घटाउ भाग अनि गुणा गर्दै लगेँ । मैले सफलतालाई जोड्दै लगेँ अनि असफलतालाई घटाउदै लगेँ । मेरो विगतको छवि शून्यमा बिलाउन पुग्यो भने वर्तमान उचालिएर आकाशिन थाल्यो । मेरो जीवन अङ्कसँग मात्र होइन अङ्गसँग पनि सरोकार राख्दथ्यो । जसलाई मैले प्रँप्तिको यज्ञमा आहुति दिँदै गएँ ।
अचानक मेरो जीवनमा एउटा दिव्यपुरुषको प्रवेश भयो । उसले मलाई जीवन सम्बन्धी धेरै कुरा सिकायो । उसले मेरो विगतको छविलाई शून्यमा बिलाएर आगतलाई सम्पन्न बनायो । उसैको कारण आज म शान्तिमात्र हैन शान्तिमायाबाट पत्रकार सृष्टि भएकी छु । प्रेसमा काम गर्दागर्दै मैले धेरै अध्ययन गरिसकेकी थिएँ । एकदिन एउटा लेख लेखेर सम्पादक भए ठाउँमा पुगेँ ।
'यो लेख छापौँ सर ...-' भर्खर आएको सम्पादकलाई मैले अनुरोध गरेँ । यो सम्पादक धेरै मुडी छ , धमण्डी छ आदि विशेषणले विभूषित थियो ऊ ।
उसले सजिलै छाप्ने स्वीकृति दियो तर मेरो नाममा कमेन्ट गर्‍यो ? 'अहिलेको जमानामा यो शान्तिमाया नाम राम्रो हुँदैन, बरु तपाई नाम चाहिँ बदल्नोस् । ल सृष्टि राख्नोस् ।'
मैले उसको कुरालाई नाइँ भन्न सकिनँ । ऊसम्बन्धी फैलिएको वातावरणीय प्रदूषण सङ्लिँदै गयो । त्यो मेरो लेखले निकै चर्चा पायो । फेरि अरू लेख लेखे । त्यसले पनि चर्चा पायो । म चर्चाको विषय बन्न पुगेँ । मेरा समकक्षीहरूले मलाई प्रतिद्वन्दिको रूपमा हेर्न थाले भनौँ मसँग खुलेर गफ गर्न छाडेँ । उनीहरूले मलाई उनीहरू चर्चामा आउने् पौष्टिक आहार लुटेर म मौलाउँदै छु भन्ने भाव राख्न थालेँ । त्यसै पनि यो क्षेत्र प्रतिस्पर्धात्मक क्षेत्र थियो । जुनियरदेखि सिनियर स्टाफ समेत मसँग तर्कन थालेँ । यस्तो परिवेशले उक्त सम्पादकसँग मेरो सम्बन्ध झाँगिदै गयो । उक्त सम्पादकले मलाई कहिले प्रतिद्वन्दिको रूपमा हेरेन । उसले मलाई जीवनमा बाँच्नका लागि चाहिने पौष्टिकआहार दिँदै गयो । उसलाई आफू रित्तिन्छु भन्ने डर थिएन किनभने ऊ आफ्नो ज्ञान,विवेक र प्रतिभामा पर्ूण्ात विश्वस्त थियो । ऊ भन्दथ्यो ? 'तिमीभित्र धेरै कुरा छ शान्ति, तिमीले यति चाँडै यत्रो प्रगति गर्‍यौ , तिमीले धरै कुरा गर्न सक्छ्यौ । तिमीभित्र क्रान्तिकारी भावानाहरू छन् , ज्वालामुखी छन्, जुन ज्वालामुखी फुट्नर्ैपर्छ र त्यसबाट निस्केको लावाले समाजका धेरै विकृति र विसङ्गतिहरूलाई जलाएर खरानी पार्नुपर्दछ । तिमीजस्ती प्रतिभा, भावाना, र संवेदना भएकी नारी त मैले यो समाजमा देखेको नै छैन । तिमीजस्ती नारी पाएर यो समाजले गर्वित हुनुपर्छ ।'
वास्तवमा मलाई पाएर समाज कतिको गर्वित थियो त्योचाहिँ मलाई थाहा थिएन । तर मचाहिँ उसलाई पाएर गर्वित थिएँ । उसले मेरो आत्मविश्वास बढाउँदै लग्यो । जसले गर्दा मैले पत्रकारितामा डिप्लोमा पास गरेँ । मलाई यति धेरै हार्दिर्कता र आत्मीयताका साथ सहयोग गर्ने व्यक्ति ऊ नै पहिलो थियो र सायद अन्तिम पनि होला । उसको र मेरो समीकरण मिल्दै गयो । तर ऊ अरूजस्तो पुरुष थिएन जो केही पाउन केही गुमाउँछ । उसको उदार हृदयले म प्रभावित भएँ । उसको आत्मस्वाभिमान र विवेकले म प्रभावित भएँ, त्यसैले म मेरो जीवनमा प्रमाणित हुन नसकेको समीकरण उसँग प्रमाणित भएको चाहना गर्न थालेँ । मैले ऊबाट गुमाउँदै नगुमाइ पाइ नै रहेँ । मैले आफूलाई उप्रति समर्पित गरेँ । त्यो समय त्यो क्षण म बिर्सन सक्दिनँ जब हामी एक भएका थियौँ । वास्तवमा चोखो मायाको धरातल यति विशाल हुन्छ भन्ने अनुभव मैले कहिल्यै गरकी थिइनँ । म आकृतिविहीन भएर हराएकी थिएँ । मानिसहरू चोखो मायालाई डलरबाट रूपैयामा रूपान्तर गरेझैँ व्यापारीकरण गरेर मात्र किन बाँच्छन् ? म छक्क पर्थे । किनभने व्यापारमा बाँच्न सिकेको जिन्दगीले सत्य र यथार्थ भोग्न जानेको हुँदैन । तर यो समयले ल्याएको परिवर्तन पनि हो । जसलाई मान्छे त्याग्न खोजेर पनि त्याग्न सकेका छैनन । तर म भाग्यमानी थिएँ जसलाई मैले सजिलै पाएकी थिएँ । तर यो समय मसँग धेरै बित्न पाएन भनो समयले मसँगर् इष्या गर्‍यो । ऊ मेरो मात्र हुन सकेन । ऊ विशाल ब्रद्माण्डमा फैलन चाहन्थ्यो आकारविहीन भएर । त्यसैले मेरो आत्माले, मेरो भावानाले उसलाई छेक्न सकेन , रोक्न सकेन । उसको प्रतिभालाई यो समाजले चिन्न सकेन राष्ट्रले थाम्न सकेन । ऊ ज्ञान र विवेकको अविरल गंगा थियो जसलाई बाध्न सकिदैनथ्यो । त्यसैले ऊ पलायन भयो यो समाजबाट र यो राष्ट्रबाट । म भने उसको मायाको दियो बालेर अघि बढिरहेँ अँध्यारा गल्लीहरूलाई छिचोर्ल्र्दै । उसले मजस्तो धेरै हण्डर, पीडा र कठिनाई पार गर्दै आएकी शान्तिमायालाई सृष्टि बनाइसकेको थियो ।
यो सडक छोटिँदै छ । यस सडकले जस्तो धूलो हिलो मेरो जीवनले धेरै खाइसकेको छ । तर अहिले मेरो जीवन कालोपत्रे सडक भएको छ । जहाँबाट हिँड्दा मानिसहरू गर्व गर्न थालेका छन् ।
हामी फिल्डमा पुग्यौँ । फिल्डमा सोधीखोजी गरिसकेपछि बलात्कार भएको घरमा पुग्यौँ । त्यहाँ सन्नाटा छ , उदासी छ , आक्रोशफैलिएको छ । मुस्किलले नेपाली भाषा बोल्नेसँग सर्म्पर्क राख्यौँ । तर उसले पूरा कुरा गर्न मन गरेन । हामीले धेरै सम्झायौँ । अनि मात्र यथार्थकुरा बाहिर आयो । हामीमध्ये एकजनाले फोटोग्राफ लियौँ । मैले उक्त महिलालाई प्रश्न राखेँ । उसले मेरो प्रश्न बुझीबुझिन् मलाई थाहा भएन । तर उसले आफ्नो भाषामा लामो आक्रोशव्यक्त गरी । म संवेदनशील भएँ । यदि उसको ठाउँमा म भएको भएँ । प्रकृतिले पनि महिलालाई मात्रै किन यसरी ठग्छन् ? के उसले भोग्नुपरेको मानसिक र शारीरिक पीडा त्यति सजिलै हराउन सक्छ ? उसले पाएको दुष्कलंक त्यति सजिलै मेटिन सक्छ ? मानवीय मूल्य खोई ? बाँच्ने अधिकार खोई ? अहिलेको सुविधासम्पन्न आधुनिक युगभन्दा त पाषाणयुग नै ठीक थियो । किनभने त्यसबेला यस्तो धृणित कार्य त हुँदैनथ्यो । मानवीय मूल्य, मान्यता र भावनाहरूमा ठाडो आक्रमण भइरहेछ , खोई मानवीयता ? मानिस किन पशुभन्दा तल्लोस्तरमा गिरिरहेछ ? यो गिर्नुको अर्थ के हो ? म अत्यन्त भावुक र संवेदनशील बन्दछु । यससम्बन्धी लामो लेख लेख्न मन लाग्यो ।
म सोच्न बाध्य हुन्छु । आज शान्ति हराइसकेको छ । उसको ठाउँमा म सृष्टि आएजस्तै शान्ति बिलाई सकेको छ । सायद सबैले शान्तिलाई आफूसँग राख्ने हैन अर्काको नासो हो भन्ने मान्यता राखेर नै यस्तो भएको हुन सक्छ । सबैले शान्तिलाई शान्तिको रूपमा विकसित गराउने चेष्टा गरेको भए मैले र समाजले जस्तो विभिन्न अवरोध, हण्डर र पीडा भोग्न बाध्य हुनुपर्ने थिएन । शान्ति हाम्रै हो , शान्ति हामीसँगै हुनुपर्छ, उसलाई हामीले नै हुर्कन, मौलाउन र फूल्न अवसर दिनुपर्छ भन्ने सोचाई हाम्रो समाजमा कहिले आउला ?

1 comments:

Adams Kevin said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।