म यो सडकमा हिँडिरहेकी छु । सडकलाई सडक हुनुको बोध गराइरहेकी छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्रयाक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि हिस्सेदार बन्छु । यसरी हिउँदमा धूलो खानु र वर्षामा हिलो खानु यो सडकको नियति बनेको छ-मेरो भाग्यजस्तै । सडक धेरै लामो बगेको छ, मेरो जीवनको बगाइजस्तै । सडकको प्रस्थानबिन्दुमा सडकको बारेमा यसरी परिचय दिइएको छ - शान्तिमार्ग - २ किलोमिटर ।सडकको प्रस्थानबिन्दुमा दिइएको परिचयजस्तै मेरो जीवनको पूर्वाधमा यसरी परिचय दिइएको थियो -'शान्ति अब ठूली भई शान्तिका जामा छोटा हुन थालेँ शान्तिका हिमालचुली उम्रन थाले शान्तिको बिहे गर्ने बेला भइसक्यो ।'
यी मेरा परिचयात्मक अभिव्यक्ति थिए- जीवनका पूर्वाधको । मैले बारम्बार बिहे शब्दसँग साक्षात्कार हुनुपर्दथ्यो । यो बिहे भनेको के हो ? छोरीमान्छे अलिक ठूली हुन नपाउँदै किन अरूको घरमा पठाइन्छ र ? माइत बस्न किन हुँदैन ? छोरी मान्छे पनि मानिस हो , केही गर्नुपर्छ भन्ने हौसला किन दिइँदैन ? यी विरोधाभासका आवाजले म आन्दोलित हुन पुग्दथेँ । सामान्य लेखपढ भएको गाउँको एउटा घरमा मेरा आवाजहरू मसँगै कुस्ती खेल्दथेँ । मेरा सपनाका तारहरू बुनिदै, भत्कदै गर्दथे । मेरो भविष्य भनेको अर्काको घर गरेर खानुमा सीमित थियो । ममा बाहिरी सोचाइ कहिल्यै उमारिएन । मुस्किलले सातकक्षा पास गर्दा म भर्खर यौवनको खुडकिलो टेक्तै थिएँ । म आफ्नो भावी सपनाको राजकुमार को परिकल्पनामा डुब्न थालेकी थिएँ । अचानक एकदिन मेरो कानमा गुन्जियो -
'शान्ति तेरो बिहे हुँदै छ तेरो सपनाको राजकुमारसँग । अब तैँले घर खानुपर्छ । हुन त हामीलाई तँलाई अर्काको घर पठाउने इच्छा त कहाँ थियो र ? चलिआएको चलन, घर गरेर खाएस् ।'
म झस्कन्छु । एउटा गोरुगाडा छेउबाट जान्छ । तर्राईको प्रचण्ड गर्मीको समय । म सडकमा छु । सडकले जस्तै जीवनको प्रचण्ड गर्मी सहेर म यहाँसम्म आएको छु । म कहाँ जाँदै छु ? मलाई राम्ररी थाहा छ । हामी तीनजना सजीव प्राणी छौँ -फिल्र्डवर्कको लागि पत्रकार उपनाम लिएर । साथीहरू के गफ गर्छन् ? म बुझि्दनँ भनौँमलाई सरोकार छैन । म बग्छु फेरि सडकको लम्बाईसँगै ।
म घर खान सक्दिनँ । म मानिस थिएँ । मभित्र धेरै कुरा थिए, त्यसैले घर खान सकिनँ । सपनाको राजकुमार लोग्ने भनाउँदो लाटोबुङ्गोजस्तो थियो । कुनै लोककथाको नायकजस्तो । साथीहरूले जे भनेर उचाले पनि उचालिने अनि पछार्दा पछारिने । मैले उसको रिस खान सकिनँ । उसका यौनचाहना पचाउन सकिनँ । अरूको लहैलहैमा लागेर स्वास्नीको चाहना बुझ्न नसक्ने, आत्मा पढ्न नसक्ने पनि कहीँ मेरो लोग्ने हुन सक्छ - मैले व्रि्रोह गरेँ । आवाज उठाएँ-म यस्तो घर खान सक्दिनँ, जुन घरले मेरो घरखाने पाचनशक्तिको रातदिन ह्रास गर्दै लैजान्छ । त्यस समय मेरो जीवन अर्थशास्त्रीय सिदान्तमा चल्न थाल्यो । माग, आपूर्ति र उपभोक्ताको तालमेल ब्रि्रन थाल्यो । जसले गर्दा अर्थशास्त्रीय हिसाबले मेरो जीवन असफल भएको साबित भयो । त्यसपछि मेरा बाआमाले मलाई अशान्त भएको हेर्न सकेनन र माइतमा लगेर राखे । माइतमा म निस्प्रयोजन बस्न सकिनँ । म गाउँका पढेका दिदीहरूको साथमा पक्कीसडक हुँदै सहर पसे । दिदीहरू पढेका हुनाले उनीहरूको भाँडा माझ्दै पढ्न थालेँ । कसरी एसएलसी पास गरे मलाई सपना जस्तो लाग्यो । म धेरै कुरा गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास हुन थाल्यो । एसएलसी पास गरेपछि एउटा प्रेसमा टाइपिङ्को काम गर्न थालेँ ।
कतै गाडीको हर्न बज्छ । म झस्कन्छु ।
'साह्रै धूलो र गर्मी भयो । एकछिन पानी खाऊ न् । एउटा प्राणीको आवाज आउँछ ।
'अब कति छ - धेरै हिँडियो यो सडकपनि ।'
'अब आउँनै आँट्यो । ऊ त्यो पल्लोगाउँ हो ।' एउटा बाटो जान्ने प्राणी बोल्छ ।
हामी बलात्कारको रिर्पोट लेख्न जाँदै छौँ -फिल्र्डवर्कमा । उसो त म त्यति फिल्र्डवर्कमा हिँड्दिन्ँ । तर बलात्कारको घटना स्वास्नीमानिससँग सजिलो हुन्छ भन्ने निर्णय मलाई यस सडकमा हिँड्न बाध्य गरायो ।
सडक आफ्नै ठाउँमा छ । तर म बग्दैछु । म प्रेशमा काम गर्न थालेपछि मेरो जीवन गणितीय सिदान्तमा चल्न थाल्यो । काठमाडौँको ठाउँमा आफू बाँचेर , बाआमालाई पनि सास धान्न उर्जा पुर्याउनु पर्ने । मैले केही पाउँदै केही गुमाउँदै गए । कहिले गुमाई मात्र रहेँ । बा आमालाई मैले कमाएर पठाएको सपनाजस्तो भयो । तर यो यथार्थ थियो । म उनीहरूको जीवन धान्ने ठूलो आधारस्तम्भ भएकी छु । म उनीहरूको लागि अपरिहार्य कथा बनेकी छु । जुन कथा कथेर कहिल्यै टुङ्गिँदैन । जसलाई उनीहरूले कसिंगर सम्झेर मिल्काएका थिए आज उही नै आँखाकी नानी भएकी छे ।
मैले जीवनको परिभाषालाई अङ्कहरूमा गणितीय हिसाबमा जोड, घटाउ भाग अनि गुणा गर्दै लगेँ । मैले सफलतालाई जोड्दै लगेँ अनि असफलतालाई घटाउदै लगेँ । मेरो विगतको छवि शून्यमा बिलाउन पुग्यो भने वर्तमान उचालिएर आकाशिन थाल्यो । मेरो जीवन अङ्कसँग मात्र होइन अङ्गसँग पनि सरोकार राख्दथ्यो । जसलाई मैले प्रँप्तिको यज्ञमा आहुति दिँदै गएँ ।
अचानक मेरो जीवनमा एउटा दिव्यपुरुषको प्रवेश भयो । उसले मलाई जीवन सम्बन्धी धेरै कुरा सिकायो । उसले मेरो विगतको छविलाई शून्यमा बिलाएर आगतलाई सम्पन्न बनायो । उसैको कारण आज म शान्तिमात्र हैन शान्तिमायाबाट पत्रकार सृष्टि भएकी छु । प्रेसमा काम गर्दागर्दै मैले धेरै अध्ययन गरिसकेकी थिएँ । एकदिन एउटा लेख लेखेर सम्पादक भए ठाउँमा पुगेँ ।
'यो लेख छापौँ सर ...-' भर्खर आएको सम्पादकलाई मैले अनुरोध गरेँ । यो सम्पादक धेरै मुडी छ , धमण्डी छ आदि विशेषणले विभूषित थियो ऊ ।
उसले सजिलै छाप्ने स्वीकृति दियो तर मेरो नाममा कमेन्ट गर्यो ? 'अहिलेको जमानामा यो शान्तिमाया नाम राम्रो हुँदैन, बरु तपाई नाम चाहिँ बदल्नोस् । ल सृष्टि राख्नोस् ।'
मैले उसको कुरालाई नाइँ भन्न सकिनँ । ऊसम्बन्धी फैलिएको वातावरणीय प्रदूषण सङ्लिँदै गयो । त्यो मेरो लेखले निकै चर्चा पायो । फेरि अरू लेख लेखे । त्यसले पनि चर्चा पायो । म चर्चाको विषय बन्न पुगेँ । मेरा समकक्षीहरूले मलाई प्रतिद्वन्दिको रूपमा हेर्न थाले भनौँ मसँग खुलेर गफ गर्न छाडेँ । उनीहरूले मलाई उनीहरू चर्चामा आउने् पौष्टिक आहार लुटेर म मौलाउँदै छु भन्ने भाव राख्न थालेँ । त्यसै पनि यो क्षेत्र प्रतिस्पर्धात्मक क्षेत्र थियो । जुनियरदेखि सिनियर स्टाफ समेत मसँग तर्कन थालेँ । यस्तो परिवेशले उक्त सम्पादकसँग मेरो सम्बन्ध झाँगिदै गयो । उक्त सम्पादकले मलाई कहिले प्रतिद्वन्दिको रूपमा हेरेन । उसले मलाई जीवनमा बाँच्नका लागि चाहिने पौष्टिकआहार दिँदै गयो । उसलाई आफू रित्तिन्छु भन्ने डर थिएन किनभने ऊ आफ्नो ज्ञान,विवेक र प्रतिभामा पर्ूण्ात विश्वस्त थियो । ऊ भन्दथ्यो ? 'तिमीभित्र धेरै कुरा छ शान्ति, तिमीले यति चाँडै यत्रो प्रगति गर्यौ , तिमीले धरै कुरा गर्न सक्छ्यौ । तिमीभित्र क्रान्तिकारी भावानाहरू छन् , ज्वालामुखी छन्, जुन ज्वालामुखी फुट्नर्ैपर्छ र त्यसबाट निस्केको लावाले समाजका धेरै विकृति र विसङ्गतिहरूलाई जलाएर खरानी पार्नुपर्दछ । तिमीजस्ती प्रतिभा, भावाना, र संवेदना भएकी नारी त मैले यो समाजमा देखेको नै छैन । तिमीजस्ती नारी पाएर यो समाजले गर्वित हुनुपर्छ ।'
वास्तवमा मलाई पाएर समाज कतिको गर्वित थियो त्योचाहिँ मलाई थाहा थिएन । तर मचाहिँ उसलाई पाएर गर्वित थिएँ । उसले मेरो आत्मविश्वास बढाउँदै लग्यो । जसले गर्दा मैले पत्रकारितामा डिप्लोमा पास गरेँ । मलाई यति धेरै हार्दिर्कता र आत्मीयताका साथ सहयोग गर्ने व्यक्ति ऊ नै पहिलो थियो र सायद अन्तिम पनि होला । उसको र मेरो समीकरण मिल्दै गयो । तर ऊ अरूजस्तो पुरुष थिएन जो केही पाउन केही गुमाउँछ । उसको उदार हृदयले म प्रभावित भएँ । उसको आत्मस्वाभिमान र विवेकले म प्रभावित भएँ, त्यसैले म मेरो जीवनमा प्रमाणित हुन नसकेको समीकरण उसँग प्रमाणित भएको चाहना गर्न थालेँ । मैले ऊबाट गुमाउँदै नगुमाइ पाइ नै रहेँ । मैले आफूलाई उप्रति समर्पित गरेँ । त्यो समय त्यो क्षण म बिर्सन सक्दिनँ जब हामी एक भएका थियौँ । वास्तवमा चोखो मायाको धरातल यति विशाल हुन्छ भन्ने अनुभव मैले कहिल्यै गरकी थिइनँ । म आकृतिविहीन भएर हराएकी थिएँ । मानिसहरू चोखो मायालाई डलरबाट रूपैयामा रूपान्तर गरेझैँ व्यापारीकरण गरेर मात्र किन बाँच्छन् ? म छक्क पर्थे । किनभने व्यापारमा बाँच्न सिकेको जिन्दगीले सत्य र यथार्थ भोग्न जानेको हुँदैन । तर यो समयले ल्याएको परिवर्तन पनि हो । जसलाई मान्छे त्याग्न खोजेर पनि त्याग्न सकेका छैनन । तर म भाग्यमानी थिएँ जसलाई मैले सजिलै पाएकी थिएँ । तर यो समय मसँग धेरै बित्न पाएन भनो समयले मसँगर् इष्या गर्यो । ऊ मेरो मात्र हुन सकेन । ऊ विशाल ब्रद्माण्डमा फैलन चाहन्थ्यो आकारविहीन भएर । त्यसैले मेरो आत्माले, मेरो भावानाले उसलाई छेक्न सकेन , रोक्न सकेन । उसको प्रतिभालाई यो समाजले चिन्न सकेन राष्ट्रले थाम्न सकेन । ऊ ज्ञान र विवेकको अविरल गंगा थियो जसलाई बाध्न सकिदैनथ्यो । त्यसैले ऊ पलायन भयो यो समाजबाट र यो राष्ट्रबाट । म भने उसको मायाको दियो बालेर अघि बढिरहेँ अँध्यारा गल्लीहरूलाई छिचोर्ल्र्दै । उसले मजस्तो धेरै हण्डर, पीडा र कठिनाई पार गर्दै आएकी शान्तिमायालाई सृष्टि बनाइसकेको थियो ।
यो सडक छोटिँदै छ । यस सडकले जस्तो धूलो हिलो मेरो जीवनले धेरै खाइसकेको छ । तर अहिले मेरो जीवन कालोपत्रे सडक भएको छ । जहाँबाट हिँड्दा मानिसहरू गर्व गर्न थालेका छन् ।
हामी फिल्डमा पुग्यौँ । फिल्डमा सोधीखोजी गरिसकेपछि बलात्कार भएको घरमा पुग्यौँ । त्यहाँ सन्नाटा छ , उदासी छ , आक्रोशफैलिएको छ । मुस्किलले नेपाली भाषा बोल्नेसँग सर्म्पर्क राख्यौँ । तर उसले पूरा कुरा गर्न मन गरेन । हामीले धेरै सम्झायौँ । अनि मात्र यथार्थकुरा बाहिर आयो । हामीमध्ये एकजनाले फोटोग्राफ लियौँ । मैले उक्त महिलालाई प्रश्न राखेँ । उसले मेरो प्रश्न बुझीबुझिन् मलाई थाहा भएन । तर उसले आफ्नो भाषामा लामो आक्रोशव्यक्त गरी । म संवेदनशील भएँ । यदि उसको ठाउँमा म भएको भएँ । प्रकृतिले पनि महिलालाई मात्रै किन यसरी ठग्छन् ? के उसले भोग्नुपरेको मानसिक र शारीरिक पीडा त्यति सजिलै हराउन सक्छ ? उसले पाएको दुष्कलंक त्यति सजिलै मेटिन सक्छ ? मानवीय मूल्य खोई ? बाँच्ने अधिकार खोई ? अहिलेको सुविधासम्पन्न आधुनिक युगभन्दा त पाषाणयुग नै ठीक थियो । किनभने त्यसबेला यस्तो धृणित कार्य त हुँदैनथ्यो । मानवीय मूल्य, मान्यता र भावनाहरूमा ठाडो आक्रमण भइरहेछ , खोई मानवीयता ? मानिस किन पशुभन्दा तल्लोस्तरमा गिरिरहेछ ? यो गिर्नुको अर्थ के हो ? म अत्यन्त भावुक र संवेदनशील बन्दछु । यससम्बन्धी लामो लेख लेख्न मन लाग्यो ।
म सोच्न बाध्य हुन्छु । आज शान्ति हराइसकेको छ । उसको ठाउँमा म सृष्टि आएजस्तै शान्ति बिलाई सकेको छ । सायद सबैले शान्तिलाई आफूसँग राख्ने हैन अर्काको नासो हो भन्ने मान्यता राखेर नै यस्तो भएको हुन सक्छ । सबैले शान्तिलाई शान्तिको रूपमा विकसित गराउने चेष्टा गरेको भए मैले र समाजले जस्तो विभिन्न अवरोध, हण्डर र पीडा भोग्न बाध्य हुनुपर्ने थिएन । शान्ति हाम्रै हो , शान्ति हामीसँगै हुनुपर्छ, उसलाई हामीले नै हुर्कन, मौलाउन र फूल्न अवसर दिनुपर्छ भन्ने सोचाई हाम्रो समाजमा कहिले आउला ?
June 23, 2009
1 comment
असंवर्द्धित शान्ति
12:36 PM
कथा
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
Post a Comment