June 23, 2009

सुकन्या उर्फ नीलिमा

तातो जनाना शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्क्रिय छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई अर्समर्थ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर जनना शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नोहैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् ।
म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस जनानाको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।
म अहिले यहाँ छु । हिजो कहाँ थिए ? अनि के गर्दै थिएँ ? म मस्तिष्कलाई अझ बढी क्रियाशिल बनाउँछु । अचेतन अवस्थाका सारा बिम्बहरू बिस्तारै चेतका किरणले बिलाउँदै लान्छ । मेरो स्मृतिपटलमा स्मरणका हजारौँ आवाजहरू पड्कन थाल्दछन् ।
'खबरदार ˜ ˜.... फायर..... ठोक..... आत्मर्समर्पण गर..... हामीले सदरमुकाम कब्जा गरिसक्यौँ..... पब्लिकको घर जोगा...... आधार˜ ˜... प्रतीक˜ ˜.... अघि बढ.... मोर्चा लिई..... घड्याम्म ˜ ˜.. ड्याम्म ˜ ˜... फायर... ड्याम्म.˜ ˜....'
चारैतिर बन्दुक पड्किरहेछ । केही मिनेटको अन्तरालमा बम पड्किरहेछ घरै हल्लने गरी । हजारौँ बन्दुकहरू भीमकाय आवाज लिएर पड्कँदै छन् । वातावरण कोलाहलमय छ । जताजतै क्रन्दन छ, रोदन छ , चिच्याहट छ, गोलीहरू छानामा असिना बर्सेर बर्सिरहेका छन् । केहीछिनअघि एउटा व्यक्ति '.बत्ती निभा ..' भन्दै थियो । त्यसको केहीछिनमा बत्ती गयो । सायद विद्युत् प्राधिकरणको ट्रान्समिटर बमले उडाइदिए होलान् । बम पड्केर जमिन नै हल्लिएझैँ भएको छ । कालो अजिंगरले आहारा निलेझैँ अँध्यारोले सम्पूर्ण भूवनावट निलेको छ । बिजुली चम्केर चट्याङ् परेझैँ बेलाबेलामा आवाज र उज्यालो एकैसाथ आइरहेको छ ।
म सिडिओ?क्वार्टरमा छु । म भरखर सुत्ने तरखर गर्दै थिएँ । तर यो भीषण युद्ध ! जीवनमा मृत्युलाई यति नजिकैबाट मैले कहिल्यै देखेको थिइनँ । हुन त सिडिओ भएर यो ठाउँमा आउने बेलामा नै मैले आफ्नो मृत्युलाई शुभकामना दिएर आएको थिएँ । तर पनि काल्पनिकता र वास्तविकतामा धेरै फरक पर्दो रहेछ ।
म अत्यन्त नर्भस भइसकेको थिएँ । फोन गर्न टेलिफोन तान्छु । नजिकै झ्यालमा गोली ठोकिन्छ । म तर्सिन्छु । म खाटमुनि पस्छु । एकछिनमा फोन बज्छ । मुस्किलले फोन उठाउँछु । उताबाट डिएसपी बोल्दै थिए ?
"सर के गरौँ ? आत्मर्समर्पण गर भन्दै छ ?" , म थरथर कापेको शरीरले बोल्दै छु ।
"सुरक्षा गर्ने तपाईहरूको काम हो, जे गर्नुहुन्छ गर्नोस् । अब बाँचिदैन ।" म आक्रोश मिसिएको
अभिव्यक्ति दिन्छु ।
"आत्मर्समर्पण नगरौँ । सेना मुभ हुँदै छ रे ।"
"तपाईहरूको जो विचार ।"
यति बोलिसकेर म माथिल्लो तलाबाट तल्लो तलामा झर्छ मुनितलामा पिउन र अर्को स्टाफका परिवार खाटमुनि पसेका छन् । बाहिर एकनासले आवाज आइरहेको छ । म छटपटाउँछु । भुइँमा पल्टन्छु । सबजना रुवावासी गरिरहेछन् । घरको कम्पाउन्डको गेटमा कसैले गेट फुटाउन खोज्दै छ । म अझ त्रसित हुन्छु । मुख सुकेर आउँछ ।
म क्वार्टरपछाडिको ढोकाबाट बाहिर निस्कन्छु । क्वार्टरपछाडि ठूलो भीर छ । तल सुनसान छ । न आवाज छ न त उज्यालो छ । म झट्ट दिमागलाई कम्म्युटरझैँ परिचालित गर्छु अनि डोरीको खोजीमा भित्र पस्छु । कतै डोरी देख्दिनँ । छेउमा पिउनकी श्रीमतीको फरिया देख्छु । त्यहीँ टिपेर बाहिर निस्कन्छु । बाहिर गेटमा जोडजोडले हिर्काउँदै छन् ।
म अत्यन्त चाँडो फरियालाई एउटा रुखमा बाधेर आफू तल झर्छ केही तलपुगेपछि फरिया रूखबाट फुस्कन्छ । म फरियासँगै लटपटिएर निकै तल पछारिन्छु । एउटा सानो गोरेटोमाथि बजारिन्छु । जीउभरि चोटैचोट छ । डर र त्रासले शरीरको पीडा महसुस हुँदैन । कतै घर देख्दिनँ । अझ तलतिर झर्छ निकै तल पुगेपछि भीरमुनि एउटा सानो झुपडी देख्छु । मुस्किलले फेरि फरियालाई रूखमा बाधेर भीरबाट तल झर्छ यसपाली झन् बढी काँडाले मेरो शरीरभरि घावैघाव बनाउँछ । शरीरको पीडालाई मानसिक पीडाले सजिलै निलिदिन्छ । बडो मुस्किलले त्यो झुपडीमा पुग्छु । घरमा ढोकामा ताला लगाइएको छ । म तालामा झुन्डिन्छु । म उभिने अवस्थामा छैन । ताला फुस्कन्छ । ताला त्यतै फ्याकिदिन्छु र कोठाभित्र पस्छु । घरभित्र कोही छैन भन्ने कुरामा म निश्चिन्त हुन्छु । भित्र पसेर ढोका लगाउन खोज्छु, न चुकुल भेट्छु न त आग्लो । ढोका ढप्काएपछि म भुइँमा पछारिन्छु । फेरि उठ्न निकै प्रयास गरेजस्तो लाग्छ । तर सक्दिनँ । त्यसपछि के भयो मलाई थाहा छैन ।
अब मलाई निकै होस आइसकेको छ । यो जनना शरीर मृत हो कि जीवित ? म छाम्छु । त्यहाँ कोही पनि छैन ? कतै यो भ्रम हो कि वा भुत , चुडैल पो हो कि ? म सशङ्कित हुन्छु । म शङ्कास्पद दृष्टि दौडाउँछु परिवेशको वरिपरि । एक छिनपछि कतै कुनामा एउटा जनाना शरीर बत्ती बाल्दै गरेको देख्छु । ऊ कुपी लिएर मेरो नजिकै पिर्कामा बस्छे । ऊ आफ्नोअनुहार मेरो अनुहारको विपरीत दिशामा फर्काउछे । म राम्ररी चिन्दिनँ । म उसको ध्यानाकर्षा गर्न चटपटाउँछु अनि मुखबाट उफ भन्दै उच्छवास निकाल्छु । ऊ मपट्टि मुखमण्डल फर्काउछे र मलाई हेर्छु उसको अनुहारमा म केही लज्जा , केही आक्रोश , केही धैर्य पढ्छु ।
बिस्तारै उक्त अनुहार मलाई परिचित लाग्छ । म अचम्मका विस्फारित आँखा ओछ्याउँछु ऊमाथि ? 'तिमी˜˜ ! '
'हो सर.. म सुकन्या.।'.
उसको सौम्य अनुहार , स्निग्ध र निश्चल हेराइले मलाई मोहित पार्छ । म केही सम्झेजस्तो गर्छु मैले चिनेका धेरै थोरै राम्रीमध्ये सुकन्या पनि पर्छे ऊ कसरी यहाँ आइपुगी ? म मनमनै मनोवाद गर्छु
"सरलाई म कसरी यहाँ आइपुगे भन्ने लागेको होला, हामी राती यहाँ सदरमुकाम हान्न आएका थियौँ । र्फकदा म आफू जन्मेको घरमा पनि पसेर आमालाई भेट गरूँ भनेर साथीहरूलाई छलेर पसेकी थिए । सरलाई भुइँमा लडेको देखेँ । शुरुमा त आमा लड्नु भएछ भन्ने सोचेँ तर पछि बत्ती बालेर हेर्दा सर हुनुहुँदो रहेछ । रगत धेरै बगेको थियो । मैले मसँग भएको औषधि लगााइदिएकी छु । सर , बेहोश हुँनुहुदो । सरलाई मैले उचाल्न सकिनँ । यही भुइँमा ओछ्यान बनाएर सुताएँ । चिसो धेरै भएकोले सरलाई होश आउन गाह्रो होला भनेर मैले आफ्नो शरीरको तातो दिए ....।". उसले अन्तिम वाक्य मुस्किलले भनी । बत्तीको उज्यालोमा उसको लज्जावोधले ग्रस्त अनुहार राताम्मे देखिन्थ्यो ।
एक वर्षघि ऊ माओवादी भई रे भन्ने हल्ला चलेको थियो अफिसमा । ऊ मेरो अफिसमा नागरिकताको लागि आएकी थिई । हुन त त्यसभन्दा पहिला पनि आफ्नोअफिसको काम लिएर आउने गर्थी । तर नागरिकता लिने बेलामा उसको र मेरो राम्ररी चिनाजान भएको थियो ।
ऊ भन्दै थिई "सर मेरो नागरिकता बनाउनुपर्‍यो । अहिले एउटा स्वास्थ्यसम्बन्धी एनजीओमा काम गर्दै छु । नागरिकता भएपछि स्थायी हुन्छ । नत्रभने दुई महिनापछाडि मैले जागिर छोड्नुपर्ने हुन्छ ।
म भन्दै थिएँ "नागरिकता लिनलाई बुबाले सनाखत गर्नुपर्छ । तिम्रो बुबा छ कि छैन ?" एउटी कलकलाउँदी उन्नाईस , बीस वर्षी युवतीसँग म संवाद गर्दै छु ।
"सर मेरो बुबा हामीसँग हुनुहुन्न । त्यसैले नागरिकता लिन गाह्रो भयो । बरु सरले नै कुनै उपाय बताइदिनुहुन्थ्यो कि । त्यसको लागि म जे गर्न पनि तयार छु । सरले चाहनुभयो भने नागरिकता लिन गाह्रेँ हुुन्न रे ।" एउटी भर्खरकी गाउँकी केटीले जे गरेर भएपनि भन्दा मेरो नैतिकता जुरमुराउँछ "होइन तिमीले के भन्न खोज्दै छौ । कस्तो जे गरेर भएपनि भनेको । बाउबिना कही नागरिकता हुन्छ ?" मेरो आवाजमा शक्ति र सम्पन्नताको गन्ध आइरहेको हुन्छ ।
ऊ नम्र हुँदै भन्छे "हैन सर ? मेरो मतलब त्यो होइन । पहिलाका सिडिओसाबले जस्तोसुकै गाह्रो काम पनि मिलाउनुहुन्थ्यो रे भनेको सुनेर मात्र भनेकी हुँ । सर, मैले यो नागरिकता पाइनँ भने जागिरबाट निकालिन्छु । मेरो भविष्य अन्धकार हुन्छ । काठमाडौँतिर आमाको नागरिकताले पनि पाउनुपर्छ भन्ने हल्ला छ रे त्यसैले भनेकी हुँ ।"
यो केटी निकै बाठी र निडर रहिछ । पहिलाको सिडिओको बारेमा पनि थाहा रहेछ । योसँग धेरै विवाद गर्नु ठीक हुँदैन । फेरि मजस्तो कुनै हाकिमले यौनवासनाले अन्धो भएर यसकी आमाकी हरहराउँदो वैँसमा चैतको डढेलो सल्काएर कतै हराएको हुनसक्छ । त्यसको रापले आज यो अवोध केटीको भविष्य पिल्सिरहेको छ ।
ऊ मेरो सकारात्मक प्रतिउत्तरको प्रतीक्षामा छे । म भन्छु " तिमीलाई थाहा हुनुपर्ने हो आमाको नागरिकताबाट नागरिकता दिने कानून हाम्रो देशमा बनिसकेको छैन बनेको भए दिनलाई मलाई कुनै गाह्रो पर्ने थिएन । "
अहिले ऊ घुकघुक गर्दै रुदै छे । म कर्तव्यविमूढ हुन्छु ।
ऊ केहीछिनपछि शान्त भएर भन्छे "सर मेरो बुबा पनि तपाईँजस्तो अफिसको हाकिम हुनुहुन्थ्यो रे ।
ओहो ! कसरी कल्पना गरेको कुरा ठ्याक्क मिलेछ ।
"सर तपाईनै बुबा भएर मलाई नागरिकता मिलाइदिनोस् न ।"
हैन यो केटी कतिसम्मकी निडर रहिछे । एउटा सिडिओको अगाडियस्तो कुरा गर्नक्ने । फेरि म यसको बुबासमान कहाँ छु र हुन त देख्ने जो कोहीले मलाई उमेरभन्दा दसवर्षजेठोको अनुमान लगाउँछन् । सायद यो खुइलेको तालुको करामत हो । यसलाई पनि यो सम्भाव्यताको सङकेतले मजाले नै खाएछ । म अब स्थिर हुन्छु ।
"यो कसरी सम्भव छ । सिडिओ भएर आफैँ गलत बाटो रोज्न मिल्छ ल भन त ।" म मध्यस्थता कायम गर्न खोज्छु उसको विचार र मेरो भनाइबीच ।
त्यसपछि दुईचार चोटी ऊ मेरो अफिसमा धाई । असम्भावानाका हिमचुली चुलिँदै गएपछि ऊ अफिस धाउन छोडी । ऊ माओवादी भई रे । उसँग र्सतर्क हेर्नुपर्ने कुरा अफिसका स्टाफबाट सुनेको थिएँ ।
"सर के सोच्नु भएको अब मलाई राम्ररी चिन्नु भयो होइन ।" उसको मलिन स्वरले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । म वर्तमानमा तानिन्छु ।
अहिले त झन यो केटी अझ बढी निडर , स्वाभिमानी र तर्कशील देखिन्छे । ऊ मृत्युको भयलाई पचाएर आएकी छे तर्सथ उसको अनुहारमा कुनै भय छैन त्रास छैन । क्रान्तिको दनदनी आगोमा आफ्नो अमूल्य जीवन होमेकी छे । यस्ती कलकलाउँदी सुकोमल शरीर भएकी मान्छेले आफूलाई किन होमेकी होला यसरी आगोमा ।
"सरले सोच्तै हुनुहुन्छ म किन र कसरी माओवादी भए भनेर होइन सर ? सर म रहरले माओवादी भएको होइन । मेरो नागरिकता बनेको भए किमार्थ म माओवादी हुने थिइनँ । मेरो जागिर स्थायी हुन्थ्यो अनि आमालाई म राम्रोसँग पालेर बस्न सक्थे । तर मेरो जागिर तत्कालै छुट्यो । म घर बस्न बाध्य भएँ । त्यसपछि चिनेका साथीभाइले माओवादीमामा जाऔँ देशलाई क्रान्तिकारी योद्धाको खाँचो छ भन्न थालेँ । त्यसपछि म माओवादी भएँ सर । "
" तिमीलाई गोलीबारुदसँग डर लाग्दैन ?" म प्रश्नको झटारो हान्छु ।
ऊ निर्भिक भएर भन्छे "केको डर सर ?"
"हाम्रो देशलाई हामीजस्तो युवाको बलिदान चाहिएको छ । देशको भ्रष्ट र दुष्ट सामन्तहरूलाई नाश गर्नु छ । हामी रातदिन दुख गरेर एक छाक खान पाउँदैनौँ । उनीहरू मोज गरेर बसेका छन् । हामीले नयाँ नेपाल बनाउनुछ । त्यसैको लागि हामीले क्रान्ति गर्नु परेको छ । माओको सिदान्त अनुरूप शोषित वर्गलाई उठाउनु छ सर ।" यति भनेर ऊ केही सम्झेजस्तो गर्न थाली ।
मलाई उनीहरूको पार्टी धेरै कमी कमजोरीहरू भन्न मन थियो । तर आफ्नोशरीरको अर्समर्थता र प्रतिकूल परिस्थितिले गर्दा मैले केही बोलिनँ । ऊ पार्टी सिदान्तबाट अत्यन्त प्रभावित देखिन्थी ।
सारा शरीर दुखिरहेको छ । म पीडाले उच्छवास लिन्छु ? 'ऊफ'
ऊ भन्छे "सरलाई साह्रै दुखिरहेको होला म पेनकिलर दिन्छु ।"
ऊ कतै कुनाबाट औषधि र पानी झिकेर मलाई दिन्छे । मेरो एउटा खुट्टा चलाउनु सकेको छुइनँ । शरीरमा धेरै ठाउँमा घाव भएको रहेछ । अहिले मजाले दुख्दै छ । उसले सफासुग्धर गरेर औषधि लगाइदिएकी रहिछ । अहिले थाहा पाउँदै छु । मेरो ध्यान उसको साडी चोलोमा पर्छ । मेरो उत्सुकतालाई अभिब्यक्तिमा पागाल्छु तिमी सखर मुकाम हान्न आएकी मान्छे , यो साडीचोलो.. ?"
"यी त मेरी आमाका हुन । कम्ब्याक्ट ड्रसमा बसे खतरा हुन्छ भनेर लुकाएर राखेकी छु ।"
यो केटी सार्है बाठी भइछ । फेरि मनको कुरा पनि कति चाँडो बुभि\mदरहिछ । यो केटी किन यसरी मेरो लागि आफ्नोज्यान खतरामा पार्दै छे । यो मेरो को हो ? मलाई किन यसरी उदारता देखाउँदै छे ।
"सर, मैले पार्टी नै मनोविज्ञानबारे केही कुरा पढेकी छु र म केही पढेकी हुनाले काउन्सिलिङ्सम्बन्धी तालीम पनि लिएकी छु । त्यसैले यो समयमा सरले केकस्ता कुरा सोच्न सक्नुहुन्छ म सजिलै अनुमान लगाउन सक्छु । सरले सोच्नुभएको होला मैले यो खतरा किन उठाइरहेकी छु भनेर सर, हामी जतिसुकै कठोर र निर्दयी भएपनि हामीभित्र पनि मानवीयता छ , संवेदना छ । सरको हालत देखेर मलाई छोडेर जान मन लागेन । हुन त सरको अगाडि हामी भुसुनासरह हौँ हाम्रो जीवनको कुनै मूल्य छैन तर मैले सरको जीवन बहुमूल्य ठानेको छु । सरका पछाडि धेरै आशाका गोरेटाहरू छन् । जसले सरलाई पछ्याइ रहन्छन् । मेरो जीवनको कुनै भर छैन । कुनै मूल्य छैन्ा । मेरो न आशा छ न भविष्य । मेरी आमाले पनि मलाई छोडेर हिँड्नुभएछ । "
यति भनेर ऊ धेरै गम्भीर भई ।
यति राम्री केटीले यस्तो भनेको सुनेर मेरो आत्मा छटपटायो । यति सुन्दर शरीर , यति उचाइको वौद्धिकता भएकी केटीले ठाउँ पाउने हो भने संसारलाई आफ्नोवशमा पार्न सक्थी तर यो नेपालीहरूको विडम्बना भनौँ ? यति सुन्दर हातहरूले बम र गोला खेलाइरहेका छन् यहाँ सुकन्या जस्तो धेरै कन्याहरू छन् जसले आफ्नोउज्ज्वल भविष्यको सपनालाई बलिदान दिँदै क्रान्तिको यज्ञमा होमिएका छन् । उनीहरूले आफ्ना खुसी, चाहना र भविष्यलाई हृदयमा नै दाहसंस्कार गरेका छन् ।
हामी गफ गर्दा राम्ररी उज्यालो भइसकेको थिएन । उसले गाग्रीमा कतैबाट पानी लिएर आई । उसले कोठाको कुनामा रहेको ओदानमा आगो बालेर पानी तताई । कतैबाट मकै खोजेर ल्याई र भुट्न थाली । अब बाहिर राम्रोसँग उज्यालो भइसकेको थियो । हाँडीमा मकैका फूल उठ्तै थिए । मेरो मनमा पनि अनेकौँ तर्कवितर्कका ज्वारभाटाहरू उठ्तै बस्दै गर्दै थिए । हाँडीको मकैजस्तै मेरा भावनाहरू कहिले फूल बन्दै कहिले ठेट्ना बन्दै उचालिँदै पछारिँदै गर्दै थिए ।
उसको सन्निध्यताले मैले जीवनसम्बन्धी धेरै कुरा सिकिसकेको थिएँ । हामी दुईधारमा बगेका विपरित लिङ्गी मानव थियौँ । म सरकारको पक्षमा राज्यमा शान्तिसुरक्षा गर्न खटिएको एउटा मर्दाना कर्मचारी थिएँ भने ऊ राज्यमा क्रान्तिगरी सरकारी प्याकेजहरूलाई असफल पार्न खटिएकी जनना छापामार थिई । ऊ मृत्युलाई हाँक दिन सक्थी भने मृत्युदेखि भाग्ने डरछेरुवा थिएँ । मसँग धेरै आशा विश्वास, चाहनाका फूलहरू थिए जुन सुन्दर संसारबाट टिपिरहेको थिएँ भने ऊ उदेश्यहीन आशाहीन जीवन लिएर फूलको सट्टामा बारुद र गोलामा , आफ्नोभविश्य साटिरहेकी थिई । यस क्षण र यस घट्नाले मलाई उद्धेलित र भावुक दुवै बनाउँछ । सुषुुप्त अवस्थामा रहेको मभित्रको लेखकीयता जुरमुराउँछ । मानवीयता छटपटाउँछ । म अत्यन्त गम्भीर र संवेदनशील बन्छु । यस अकल्पनिय घट्नालाई कुनै समय भाषिक अभिव्यक्ति दिनेछु भनेर संकल्प गर्दछु ।
"सर. उसले मेरो एकाग्रतालाई पुन भंङग गर्छे सरलाई म खबर पठाएर मान्छे लिन पर्ठाईदिन्छु । हुन त रात परे पछि मैले हिंँड्दा ठीक हुन्थ्यो तर साँझपरुन्जेल सम्म सरको स्वास्थ्य स्थिति बिग्रिन सक्छ । त्यसैले अहिले खबर दिएर म बाटो लाग्छु सर । ''
ऊ मकै खाँदै मालसामान मिलाउन लागी । मैले पनि अलिकति खाएँ । उसले हतारहतार एउटा सानो कागजमा केही लेखी र पुलुक्क मेरो मुख हेरी । उ गम्भीर र संवेदनशील हुँदै भन्न थाली "सर कतै भेट भयो भने नबिर्सनुहोला, कतै निलिमा नाम पढ्नुभयो वा सुन्नुभयो भने सम्झनुहोला । सरको स्वथ्य चाँंडै राम्रो होस् । म बाटो लाग्दै छु । केही समयपछि माथिबाट मानिसहरू सरलाई लिन आउँनेछन् । मेरो विषयमा कसैलाई केही नभन्नुहोला ।"
उसको कुराले म अत्यन्त चिन्तित र गम्भीर भएँ । एकातिर उसको ज्यानको खतरा थियो भने अर्को तर्फमेरो स्वस्थ्यस्तिथि ब्रि्रंदै गएको थियो । म मुस्किलले भन्छु?
"सुकन्या तिमी नजाऊ आत्मर्समर्पण गर तिम्रोलागि म बोल्नेछु ।"
ऊ अत्यन्त धीर बन्दै भन्छे "सर अब धेरै ढिलो भइसक्यो । अब मैले र्फकने सारा बाटाहरू बन्द भइसके । मैले आत्मर्समर्पण गरे पनि मेरो आत्माले शान्ति पाउने छैन । यो हाम्रो पार्टी सिदान्त विपरीत छ । त्यसैले म जान्छु । मलाई मृत्युको कुनै चिन्ता छैन । " त्यसपछि उ सानो पोको सायद कम्ब्याक्ट ड्रेस थियो क्यार,बोकेर बाहिर लागी । उ बाहिरिएको मैले सुतेर नै टुलुटुलु हेरिरहेँ ।
ऊ गएको करिब दुई घण्टापछि मानिसहरू स्टे्रचर लिएर म भए ठाउँमा आए । मलाई अस्पताल पुर्‍याइयो । अस्पताल बिमारीले खचाखच भरिएको थियो । पहाडको अस्पताल भने जस्तो सामान औषधि केही थिएन । त्यहाँ सैनिक, कर्मचारी तथा साधारण जनता धेरै घाइते थिए ।
दिउँसो म निकै बेर निदाएछु । आँखा खोल्दा बाहिर धेरै हल्लाखल्ला सुनेर मसँग बसेको स्टाफलाई सोध्छु । " बाहिर के को हल्ला हो ?"
"सर , बाहिर फेरि एउटा नयाँ छापामार घाइते भएर ल्याएको रहेछ, उसको नाम निलिमा रहेछ ।"
निलिमा भन्ने बित्तिकै मेरो कान चनाखा हुन्छन् । मेरो हात खुट्टा गलेर आउँछ । ओठ तालु सुकेर आउँछ । म छांगाबाट खस्छु । उफँ निलिमा तिमीले यो के गयौ । म आफ्नो पीडा कसैलाई सुनाउन सक्दिनँ । म वरिपरि मानिसहरू ऊसम्बन्धी गफ गरको कुरा सुन्दै मनमनै गम्छु ।
"त्यो अघि आएकी छापामार कति राम्री रहिछ ।'
"यस्तो लाउँलाउँ , खाउँखाउँ भएकाहरूले किन यसरी ज्यान फ्याकेका होलान् ।
सायद बाँच्दिन होला ।" ऊ सम्बन्धी प्रत्येक वाक्यले मेरो मुटु घोचिरह्यो । साँच्चै तिमी महान छौ निलिमा । म मेरो यो जीवन त्रि्रै नाममा अर्पित गर्दछु । मेरो जीवन सधै तिम्रो ऋणी भइरहनेछु । निलिमाको सम्भाव्य मृत्युले मलाई धेरै दुखाउँछ । संसार अँध्यारो देख्छु । सुकन्या उर्फनिलिमाको अस्तित्व त्यसै अन्धकारमा हराएको देख्छु । म ऊ सम्बन्धी बढी जानकारी लिने कोसिस गरिरहेकी हुन्छु तर अर्समर्थ हुन्छु । मेरो उपचार त्यहाँ हुन नसकी म काठमाडौ ल्याइन्छु । म करीब डेढमहिनाको बेडरेस्टमा छु खुट्टा भाँचिएको हुनाले । यो समयभरि सुकन्या उर्फनिलिमा मभित्र झाँगिरही । मेरो ढुकढुकीमा बाँचिरही । मैले उसलाई भुल्न सकिनँ । मेरो सम्झनाको आकाशमा कहिल्यै नअस्ताउने जून बनेर उदाइरही । उसको उपस्थितिले मेरो सुषुप्त अवास्थामा रहेको लेखकीय भावाना, भाषा र कथासिल्पको पखेटा लगाई कथ्य आकाशमा उड्न थाले ? 'मेरी सुकन्या उर्फनिलिमा' भन्दै ।

1 comments:

Adams Kevin said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।