जीवनको यो मोडमा आएर पनि म एउटा कथाका यी हरफहरू बारम्बार दोहोर्याई-तेहर्याई प्रायः पढ्ने गर्दछु ।
एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधैँ अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिले पनि गैरकानुनी आँखाले हेर्थ अनि क्षणिक आवेगात्मक तिर्सना र मुर्ख्याइको संंज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संस्कारप्रति पनि कडा अव्यावहारिक प्रहार हो भन्ने ठान्दथेँ । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ । प्रेम जहाँ पनि जसरी पनि फुल्न सक्दो रहेछ । तर त्यो पवित्र हुनुपर्दछ भन्ने कुरालाई अहिले म मान्यता दिन थालेकी छु ।
तिमीले दिएको प्रेम मेरोलागि एउटा शाश्वत र स्वीकार्य थियो । तिमीले सत्यको पक्ष लिएका थियौ । संसार सारा मेरो विरुद्ध एक हुँदा तिमीले मेरो साथ दियौ । मेरो लागि बौद्धिक वकालत गर्यौ । तिमीले सत्यलाई विजयी बनायौ अनि मलाइ विजयी बनायौ । हो, यसरी विजारोपण गर्यौ तिमीले हाम्रो मायालाई । त्यो मायामा आदर्शता अनि सत्यको आकर्षा थियो । त्यसमा न त क्षणिक आनन्द थियो न त यौनतृप्तिको चाहना । त्यो नदेखिएको अनि नछोइएको माया अति पवित्र थियो । यदि त्यो छोइएको र देखिएको भए अपवित्र र दूषित हुन सक्दथ्यो । त्यो माया सिप्पिभित्रको मोतीझँ पवित्र र शुद्ध थियो । त्यहाँ न कुनै दाग थियो न कुनै क्लेश ।
मायामा नै सृष्टि हाँस्छ अनि सिर्जना फुल्छ । हो, तिम्रो मायाले मलाई परिभाषित जीवन बाँच्न लालायित बनायो । मायाको त्यो राप यति रापिलो थियो, त्यसमा धेरै इष्र्या, डाहहरू जलेर खरानी हुन सक्थे । त्यसैले त्यो राप म सधैँ तापिरहन चाहन्थेँ । तर भौतिकवादी जीवनले आर्दशवादी जीवनलाई बाँच्न दिदैन । त्यसैले व्यवहारले तिम्रो र मेरो मायाबीच धेरै तगारो हाल्न आइदिन्छ तर म त्यसलाई अग्निपरीक्षाको अर्को रूप मान्न पुग्दछु । यसै अग्निपरीक्षामा तिम्रो मायालाई सुरक्षित राख्न धेरै कोसिस गर्दछु । किनभने जीवनको मोडमा धेरै घटनाहरू घट्दछन् । तर सबैभन्दा महत्वपर्ूण्ा घटना तिम्रो र मेरो मायाको वीजारोपण भएको पवित्र घटना हो । म यसैमा बाँच्न चाहन्छु यसैमा हराउन चाहन्छु अनि यसैमा आफूलाई भुल्न चाहन्छु । किनभने मैले कहिल्यै मायाको त्यो राप पाइनँ जुन मायामा उमङ्ग हुन्छ, उत्साह हुन्छ अनि जीवनप्रति सचेत भएर अघि बढ्ने सपनाहरू हुन्छन् ।
म देख्छु तिम्रा आँखाहरूमा मेरा सफलताका लागि अभीष्ट तैरिरहेको अनि म त्यसलाई पढेर बुझन खोज्दछु । मेरो अँध्यारो मुखसँग त्रि्रा भावहरू कुण्ठित हुन पुग्दछ्न् । अनि त्रि्रा दुखित भावहरूसँगै थाहा नै नपाई म पीडित भइरहेको हुन्छ । सबै कुरा चाहेर हुँदैन अनि सबै नचाहेका नहुन पनि सक्दैनन् । त्यसैले यसलाई नै प्रेमको अर्को रूप मान्न सकिन्छ । म तिमीदेखि भागेर टाढा जान खोज्दछु । तर समय र परिस्थितिले हाम्रो प्रेमलाई यति नजिक बनायेा कि त्यो कहिल्यै टाढिन नै सक्दैन । सायद उचित मलजल र उचित वातावरणले यसलाई मौलाउँदै लग्यो । त्यो झाँगिएर एउटा विशाल वृक्ष बन्न पुग्यो । जसको छहारीमा हामी सुस्ताउन थाल्यौँ ।
केही समय अगाडिदेखि एउटा सानो आत्मीयताको डोरीबाट शुरु भएको हाम्रो प्रेमले एउटा दह्रो झोलुङ्गे पुल बनाइसकेको छ । जहाँबाट हाम्रा अव्यक्त भावहरू ओहोरदोहोर गर्दछन् अनि अप्रत्यक्ष रूप्ामा प्रतिक्रियाहरू व्यक्त हुन पुग्दछन् । एउटा दह्रो प्रेमको लागि सुन्दर आत्मा हुनपर्दछ अनि स्वच्छ विचार पनि । जसमा प्रेमका सुन्दर फूलहरू म्ाुस्कुराउँदै फुल्न सक्दछ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि हामी हाम्रो प्रेममा तीखा काँडा उमार्न पुग्दछँै । त्यसको घोचाइवाट म पिडीत हुन पुग्दछु । तर त्यस दुखद अनुभूतिलाई म हाँसी-हाँसी स्वीकारिरहेको हुन्छु । सायद तिमी पनि मर्माहत बन्न पुग्छौ होला । अनि यसको समाधानका लागि हामी सोच्न बाध्य हुन पुग्दछौँ । प्रेममा मुटु दुख्नु स्वभाविक हो । जसमा मिठास हुन्छ स्वर्गीय आनन्द हुन्छ । जसले प्रेमलाई माझ्दछ अनि नौनी खर्याएझैँ खर्याउँदछ । माझिएर, खारिएर निस्केको प्रेम विशुद्ध हुन्छ । त्यो आत्मीय प्रेम स्वीकार्य पनि हुन्छ । तिमी मजतिको भावुक नहुन पनि सक्छौ । तिमीले जीवनको सबैभन्दा ठुलो मान्यता व्यवहारलाई दिएका छौ । तर म व्यवहारसँग सिद्धान्त खोजिरहेछु । म जीवनलाई कलात्मक रूपमा आदर्शताले सजाउन चाहन्छु । त्यो तिमीमा नहुन पनि सक्छ ।
कहिलेकाहीँ अचेतन मन उड्न खोज्दछ, स्वतन्त्र भई अनि बहकिन थाल्दछ प्रेमको वासनासँगै । तर यो असान्दर्भिक हुन पुग्दछ हाम्रो जीवनको लागि । त्यसैले त म यसलाई बाध्न चाहन्छु र लगाम दिन चाहन्छु । यो आवश्यक पनि छ किनभने लगाम विनाको घोडाले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । अनि नबाधिएको हाम्रो माया पोखियो भने धेरै कुरो बगाउन सक्दछ । त्यसैले समाज व्यवहारबाट अछुत राखेर म हाम्रो माया बाध्न चाहन्छु ।
मसँग प्रेमको भण्डार छ । किनभने म जीवनलाई पीडादायी बनाएर बाँच्न चाहन्नँ । मैले निस्वार्थ प्रेम खर्च गरिसकेकी छु । तर तिमीप्रतिको मेरो प्रेममा अकै लगाव छ, अर्कै आकर्षा छ । प्रेमको अन्तिमरूपी मिलनलाई म मान्दिनँ । अमर प्रेम जहिले पनि मिलनमा बिलाउँदछ । हाम्रो प्रेम नवयौवनाहरूले क्षणिक आनन्दमा रमाउने प्रेम होइन । हाम्रो प्रेम शाश्वत हो, सत्य हो अनि अमर हो । जुन प्रेम सूर्यको किरणसँगै, फूलको वासनासँगै , क्षितिजको उषासँगै हाँसिरहन्छ अनि बाँचिरहन्छ ।
यस्तै अभिव्यक्ति पोखिएको थियो उनको कथामा । उनको कथा प्रकाशित हुँदा निकै हलचल भयो रे । अन्त्यमा यही कथाको कतिपय अंशले उनको श्रीमान्सँग पारपाचुके भएकेा कुरा हल्ला मार्फ मेरो कानमा परेको थियो । यो कथा प्रकाशित भएपछि उनका श्रीमान्लाई अफिस सकिएपछिको खाजासँगै उसका साथीहरूले कथाको प्रसङ्ग उठाइ "भाउजूको मनको मन्दिरमा अरू कोही छ, जस्तो छ बिष्णुजी, साहित्यकारहरूको विश्वास हुँदैन" भनेर शङ्का उपशङ्काका बीउ मस्तिष्कमा छरिदिएका थिए रे ! अनि त्यही बीउ झंगिएर वृक्ष बनेर ढल्यो रे ! उनको भाग्यमा मैले यस्तै हल्ल्ाा सुनेको थिएँ ।
एकदिन हामी सबै साहित्यिक भेलामा रमाउन पुगेका थियौँ । त्यो दिन घर जान ढिलो भएको थियो । उनका श्रीमान् धेरै समयसम्म ताला लगाएको ढोका रुँगेर बसे रे । यसै निहूँमा गूढ कुरा अर्कै पोखियो रे उसमाथि । झगडाको बीउ चर्कदै गयो । उनले भनिन् रे कथाकारले जे पनि लेख्न सक्छ । त्यो वास्तविक नै हुन्छ भन्ने छैन । कतिपय काल्पनिकतामा फूलबुट्टां पारेर लेखिन्छ । सबै कथा आफ्नै परिवेशमा मात्र हुँदैन । तर जति नै सत्य ओकले पनि उनका श्रीमान् मान्न तयार भएनन् रे ! उनी आफनो स्वतन्त्र लेखकीयतामा अरूको हस्तक्षेप मन नपराउने स्वभिमानी महिला थिइन् । त्यसैले उनीहरूको सहचर्या धेरै दिनसम्म टिक्न सकेन । अनि एकदिन पारपाचुकेमा गएर टुङ्गियो उनीहरूको कलह ।
साहित्यिक गतिविधिमा भाग लिने क्रममा धेरै समय हामीसँगै हुने गथ्यौँ ।
मलाई थाहा थिएन उनको कथामा कतिको यथार्थ थियो वा थिएन भनेर । तर कतिपय ठाउँमा सत्यको पक्ष लिने क्रममा म उनलाई साथ दिने गर्दथेँ । यो क्षेत्रमा इष्र्या, डाह र खुट्टा तान्ने प्रवृति भएको हुनाले म सधैँ उनको निश्चल र शुद्ध व्यवहारको पक्ष लिने गर्दथे । जीवनलाई सिर्जनात्मक र कलात्मक बनाएर सजाउने क्रममा विभिन्न व्यक्तिहरूसँग सर्म्पर्कमा रहनुपर्ने हुन्छ । त्यसक्रममा कोही पनि कसैको व्यक्तित्वसँग प्रभावित हुन सक्दछ अनि त्यसको सुगन्ध सिर्जनामा फैलिएको पनि हुन सक्दछ । तर यहाँको समाजको संकिर्णताले त्यस सुगन्धलाई दुर्गन्धित बनाई फैलाउने प्रयास गर्दछ । त्यसमा अद्वितीय प्रतिभाहरू मुनामा नै ओइलाउन सक्दछन् ।
हाम्रो समाजले त्यति धेरै पाचनशक्ति पैदा गरिसकेको छैन जसले एउटा विवाहिता महिलाले कसैमाथि प्रेम गरेको कुरालाई सजिलै पचाउन सकोस् । यहाँ पुरुषहरूले जे पनि गर्न सक्छन अनि जे पनि लेख्न छुट छ । उसले खुुलारूपमा कसैलाई प्रेमको उजगार गर्न सक्छ अनि दुइटी र तीनवटीको पतिपरमेश्वर बनेर मर्दको उपाधि जित्न सक्छ । तर एउटी महिलाले स्वतन्त्र रूपले लेखेर काल्पनिकतालाई अँगालो मार्न पनि सक्दिन । उनको श्रीमान्ले मसँगको उसको सम्बन्धलाई शङ्कास्पद रूपमा हेरेको कुरा चर्चा मार्फ मैले पनि सुनेको थिएँ ।
मैले पनि मेरो एउटा कथामा उनको कथामा पोखिएको भावजस्तै पोखेको थिएँ । तर म पुरुष थिएँ त्यसैले कसैले मेरो प्रतिकार गर्न सक्दैनथ्यो । तर उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने क्रममा ठूलो सजायको भागीदार हुनुपर्यो । यो समाजको दोष थियो अनि उनको श्रीमान्को प्रवृति र विचारको यसमा मैले गर्न सक्ने हिम्मत केही थिएन सबैले आ-आफ्नो भागको पीडा आफैले बोक्नुपर्दछ । त्यो अरूले बोकिदिएर हुन्नरहेछ । हुने भए म उनको सम्पूर्ण पीडा बोकेर उनलाई सुखै सुख मात्र दिन चाहन्थेँ । तर यो सम्भव थिएन । त्यसपछि उनको र मेरो समिप्य टुङगिएको थियो । किनभने शङ्काका बीउहरू असरल्ल छरिएका थिए हाम्रा वरिपरि । त्यसैले यसको निवारण गर्न मैले धेरै कोसिस गरे तर सब र्व्यर्थ भए । उनको जिन्दगीमा यति ठूलो बज्र पर्न गयो जुन म मूकदर्शक भएर हेरिरहन बाध्य भएँ । आफ्नो प्रिय बस्तु, मुटुको टुक्रा एक्लोपनमा दुखी जिन्दगी काट्नु पर्दा मलाई पनि मुटु नदुखेको होइन । यसै दुखाइले एकदिन मलाई उनी भए ठाउँमा पुर्यायो । मैले विकल्पको खोजी गर्दै प्रश्नको मियो तेर्साएको थिएँ उनको अगाडि -"तपाईको जीवनप्रति मलाई सहानुभूति छ । यो सबको कारक म नै हुँ कि -"
उनले मेरो प्रश्नको मियोमा विचारहरू पोख्तै भनिन् -"मेरा सिद्धान्तहरू बन्धक छन् । त्यसैले मैले आफूलाई स्वतन्त्र राख्न चाहेको हो । यसमा तपाईको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाई र मेरो पवित्र सम्बन्धलाई नकारात्मकरूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्णय लिनुपर्यो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बाँच्ने प्रण गरेकी छु ।
उनले हाम्रो सम्बन्धप्रति नै उत्सर्ग जाहेर गरेकी थिइन् । मलाई धेरै वर्षम्म उनको लागि केही गर्न सकिनँ भनेर पश्चाताप भइरह्यो । समयको वहासँग उनको मेरो सम्बन्ध टाढिदै गयो । अतीतको कुहिरोले हाम्रो सम्बन्धलाई धमिलो बनाउँदै लग्यो ।
June 23, 2009
1 comment
पवित्र सम्बन्ध
12:40 PM
कथा
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
मलाई पछ्याउनेहरु
फेसबुक शुभेच्छुक
बादल
mp3
(1)
Translate
(3)
अन्तरवार्ता
(2)
कथा
(59)
कविता
(11)
गीत
(2)
निबन्ध
(3)
नियात्रा
(1)
पत्रकथा
(1)
पत्रात्मक लेख
(2)
पद्य
(12)
फोटो
(1)
बाल उपन्यास
(1)
बाल एकाङ्की
(5)
बाल कविता
(1)
बालकथा
(13)
बालगीत
(3)
बालसाहित्य
(19)
मेरो अन्तरवार्ता
(1)
मेरो बारेमा
(1)
यौन कथा
(6)
लघुकथा
(22)
शुभकामना
(1)
समालोचना
(14)
समीक्षा
(6)
सम्प्रेषण
(2)
संस्मरण
(15)
अन्तरवार्ता सुन्नुहोस्
खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् ।
Click Here!! (Listen Live)
यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
Post a Comment