June 26, 2009

स्मृतिको क्यानभासमा

(यो कथा कथोपन्यास “क्यानभासमा कथाहरू’” को एउटा शृङ्खला हो । कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग “समयको क्यानभासमा” कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी । त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ ।कथाकर दिवाकर नेपालीज्यू अहिले म आफ्नै कथा लेख्दै छु। मभित्र पनि धेरै कथाहरू छन्। म स्वयम् मेरो कथाको एउटा पात्र हु। पात्रहरूसॅगको बेमेल समीकरण, उनीहरूको माग पूरा गर्न नसकिने मागहरुदेखि म दिक्क भएर अहिले आफ्नै कथा लेख्दै छु। यो मेरो विगत् को वियोगान्त प्रेमकथा हो। प्रेम वियोगमा मात्र अमर हुँदोरहेछ। मेरो कथाको शब्दकोषमा यी प्रेमकथाका शब्दहरू अमर भएर बाँचेका छन्। जसरी ताजमहल, रानीमहल प्रेमका प्रतीकका रूपमा अमर छन्। यो कथा मेरो फत्रदोँ यौवनकालको हो। जुनकालमा धेरैजसो यौवनहरुको जीवनमा यस्तो घट्ना घट्ने गर्दछ। मात्र यति हो सबैले सार्वजनिक गर्न सक्दैनन्। जीवन एउटा कथाको सागर रहेछ यहाँ कति कथा लेखिन्छन् कति मेटिन्छन् थाहा हुँदैन रहेछ। हामी कलम चलाउनेहरुले नै लेखेनौँ भने अरु कसले लेख्छ र त्यसैले मैले आफ्नो कथालाई सार्वजनिक गर्न रुचाएँ।

कथाकर दिवाकर नेपालीज्यू मेरो कथाको चरमोर्त्कस यस्तो छ – छोरी तिमीले सुधांसुलाई छोडिदेऊ। उसगँ हाम्रो जातभात, खानदान मिल्दैन । त्यसैले मेरो यति बिन्ती सुनिदेऊ।

मेरो कान्छाबुवाका अनुहार अहिले मेरो स्मृतिबिम्बमा एकाएक झळमल्ल भएर बलिरहेछ । मेरा कान्छाबुवा मेरा ळागि सबै थिए । मेरा कान्छाबुवा र कान्छीआमाले म सानी अनाथलाई हुर्काइबढाइ क्याम्पस पढ्ने बनाउनु भएको थियो । प्रेममा अन्धो भएर मैळे उहाहरुको विश्वासमा तुषारापात पार्न हुदैनथ्यो । मेरा कान्छाबुवा र घर खान्दानको भावनाको अगाडि मेरो प्रेम ळाचार भयो । मेरो हदय, हदयविहीन भयो । विचारहरु शून्य भए । मेरो कान्छाबुवाको अनुनयविनयसॅगै मेरो प्रेम सदाका लागि समाप्त भयो ।

कथाकार दिवाकर नेपालीज्यु मेरो कथाकारको सुरुवात यस्तो छ – म सानी अनाथ केटी । कान्छाबुवा र कान्छीआमा भनौ काका र काकीको आश्रयमा बाचेकी निरीह केटी । बुवा सानैमा घर छोडेर हिडेका थिए । आमा अर्कैसॅग बिहे गरेर गएकी थिइन् । काकीका दुई छोरीहरू थिए । काकी जसलाई म काकीआमा भन्ने गर्दथे । उनले सुरुमा त माया गर्थिन् तर पछि सौतेनी आमाको झै गर्न थालिन् । मैले घरको सारा घरधन्दा हेर्नुपर्दथ्यो । जाडोमा काम गर्दागर्दा हातखुट्टा फुटेर हेरिनसक्नु हुन्थ्यो भने गर्मीमा घमउरो र पिलोले औधी दुख दिन्थ्यो । तर मेरी काकीआमा कहिल्यै माया र स्नेह देखाउदिनथिन् । मेरा विवश र ळाचार अवयवहरू उज्यालो भएदेखि दायित्वमा जोतिरहन्थे, गोरु जोतिएझै। तर पनि मेरी काकीआमा कहिल्यै सहानुभूतिका एक शब्दले अभिशोचित गर्दिनथिन्। मातृत्व वात्सल्यताको अभावले यो मन तडपन्थ्यो, काकाकुल तडपिएझैँ। पीडा वेदनाहरुसगैँ लुकामारी खेल्दै मेरो बाल्यकाल बितेको मलाई पतै भएन। म नौँ- दश कक्षामा पढ्ने हुँदा फुलझैँ सौन्दर्यले ढकमक्क भएर फत्रिसकेकी थिएँ। चारैतिर मेरो सौन्दर्यको वर्णन हुन थालेको थियो। भेट्ने जो कोहीले मेरो सौन्दर्यको वर्णन नगरे आफूलाई अधुरो ठान्दथ्यो। मेरी काकीआमाले यो सुन्नपर्यो भने कानमा तातो झिर रोपेझैँ हुन्थ्यो उनलाई। अझ प्रशंसा सुनेर प्रतित्रिया दिनुपर्दथ्यो भने मत्युदण्ड सजाय भोग्नुपरेझैँ पीडा हुने गर्दथ्यो। यस्तो अवस्थामा तुरुन्त आफ्ना छोरीहरुको प्रशंसा गरेर मनलाई शान्त पार्न खोज्थिन्। मलाई मेरी काकीआमाले मेरो रुपको कारणले नै माया नगरेकी पो हो कि भन्ने मलाई लाग्दथ्यो र ईश्वरले मलाई किन यस्तो रूप दिएका होलान् भनी मनमनै गुनासो पोख्ऩे गर्दथे। मातृत्हको लागि मेरो आत्मा तड्पन्थ्यो। फत्रन लागेको यौवनमा आउने अनेकौँ जिज्ञासा, उत्कुण्ठा र समस्याका ताता आभाहरु आमाका शीतल छहारीमा पोख्ऩ तीव्र आकाङक्षा हुने गर्दथ्यो। त्यो अभावको परिपूर्ति म पुस्तकबाट लिने गर्दथेँ त्यो पनि लुकेर।

काकीआमाका छोरीहरु बोडिङ्ग स्कुलमा पढ्ने गर्दथे। मैले उनीहरुको डेस खाजा सबै ठीक पार्ने गर्नुपर्दथ्यो। उनीहरुको पुस्तक, लुगा हेरेर म आँखाबाट आँसु झार्ने गर्दथेँ। उनीहरु स्कुलबाट घुम्न गएको, कार्यक्रममा नाचेको देख्दा मनमा बेचैनको ठूलो आँधी चल्ने गर्दथ्यो। दैवले मलाई यसरी नै ठगेछन भन्दै मनको आँधीलाई आफैँभित्र साम्यपार्ने गर्दथे। मलाई पैसाको खुब खाँचो हुने गर्दथ्यो। किनभने उमेरसगैँ आवश्यकताले पनि फट्को मार्दै गएको थियो। गाउँघरमा धौसीभैलो खेल्ने चलन थियो। यसरी धौसीभैलो खेल्दा निकै पैसा हुने गर्दथ्यो तर उमेर बढ्दै गएको हुनाले मलाई खेल्न नजाने गरी काकीआमाले उर्दी गरेकी थिइन्। एकपल्ट पैसा मोहमा नसोची धौसी खेल्न गएकी थिएँ। मेरी काकीआमाले पछाडीबाट सिस्नोले खुट्टामा हानिन्। मध्यरातमा अरु कसैले देखेनन्। म सिस्नो पोलेर रुँदै घर आएँ। भोलिपल्ट मैले जीवनमा कहिल्यै नबिर्सने गरी कुटाइ खानु परेकाले त्यसपश्चात मैले कहिल्यै विना इजाजत घरबाट बाहिर निस्किने आँट गर्न सकिन। मलाई उनको सामिप्य पर्न पनि डर लाग्दथ्यो। अझ रिसको तापत्रम बढेको बेला त सामुन्ने पर्न हुँदैन थियो। म आफू डढेर खरानी झैँ हुन्थेँ। आफ्ना छोरीहरुले भनेको मानेनन् भने, पैसाको अभाव भयो भने वा आफूले भने जस्तो भएन भने असाध्यै रिसाउँथिन्। त्यो रिस कन्टेनर बनेको मेरो भाग्यमा पोखिएपछि मात्र शान्त हुने गर्दथ्यो। यति धेरै पीडा बोकेर बाँच्नुपर्दा आफ्नो भाग्यलाई धिकार्थे। मेरो अँध्यारो जीवनमा कतै खुसी र उमङ्गका झिल्का भेटिन्छन् कि भनी खोज्ने गर्दथे।

कथाकार दिवाकर नेपालीज्यु, एकदिन मेरो जीवनमा खुसीको झिल्का नयाँ ज्योति बनेर आयो । त्यो खुसी थियो, एसएलसी पासको नतिजा यो खुसीले मेरो जीवनमा नयाँ उमङ्गको पालुवाहरू पलाउन थाल्यो । म निकै परिपक्क भएकी थिए । मेरी काकीआमा मलाई पहिलाझै पिट्ने र गाली गर्ने कम गर्न थालेकी थिइन् । उमेरसँगै बढेको मेरो चाहना र आवश्यकतालाई बाध्यताको डोरीले बाध्नुपर्दा मेरा ओठका हाँसोपनि बाधिन्थे । प्रायः म टोलाएर र केके सोचेर बस्ने गदर्थे घरमा कोही पाहुना आयो भने मलाई सामुन्ने पर्न संकोच लाग्दथ्यो । जोकोही पाहुना मेरो रूपको प्रशंसा गरिहाल्दथे र सधै मेरी काकीआमाको एउटै अभिब्यक्ति हुने गर्दथ्यो त्यो हो – राम्रा मान्छेका बेहोरा राम्रा हुदैनन् नि । वास्तवमा मेरो के बेहोरा राम्रो छैन भन्ने कुराको अनुसन्धान गर्दागर्दै म केही बोल्न नसक्ने हुन्थे । म आफूलाई अपमानित भएको महसुस गरी त्यहाँबाट हिँडीहाल्दथे ।

क्याम्पसको पढाइसँगै मभित्र नयाँ उमङ्ग, जोशहरू अनेकौँ हाँगा भएर हलहल बढ्न थाले । मेरो खुसी मेरी काकीआमाको मुटुमा खिलझै गाडिएको थियो । जब म पढ्नलाई खर्च माग्ने गर्दथे तब उनको गुम्सिएको पीडा अप्रत्यक्ष रूपमा ब्यक्त हुने गर्दथ्यो । तर म त्यसलाई सामान्य ठानी वेवास्ता गर्दथे । क्याम्पसमा एकपल्ट मलाई देखेपछि फर्केर नर्हेने प्राय कम हुन्थे । मेरो रूपको प्रशंसक धेरै थिए । मलाई भने मेरो रूपमा अझ निखार ल्याउन केही मेकअप गर्ने र फैशन फेर्ने चाहना बढ्न थालेको थियो । तर अभावको खाडल यति ठूलो थियो मेरो चाहनाले कहिल्यै पुरिन सक्दैनथ्यो । पढेर जागिर खाएर म अभावको खाडल पुर्ने मेरो ठूलो धोको थियो ।

दिवाकर नेपालीज्यु क्याम्पस पढ्न जाँदाजाँदै मेरो जीवनमा एउटा अविस्मरणीय घटना घट्यो । क्याम्पसमा एकदिन एउटा केटाले मेरो छेउमा आएर ‘म तिमीलाई माया गर्छु’ भन्यो । यति भनेर ऊ कतै हिडीहाल्यो । मैले उसको अनुहार पनि राम्रोसँग देख्न पाइन् । यो सुनेर म खङ्ग्रङ्ग भएँ । मलाई हजारौँ वोल्टको करेन्ट लागेजस्तो भयो । म डर र लाजले निलोकालो भएँ । यो घटना मैले कसैलाई सुनाइनँ । त्यसको केहीदिन पश्चात त्यो केटाले पुन मलाई एक्लै भएको मौका छोपेर त्यसै भन्यो। फेरी ऊ त्यहाँबाट हिँड्यो। यसपटक पनि मैले उसको अनुहार राम्रोसगँ हेर्ने पौका पाइनँ। मैले यसपालिचाहिँ मेरी मिल्ने साथीहरुलाई यो घट्नाबारे सुनाऍ। उनीहरुले भने – “ झापड हानिनौ ?”

मैले मनमनै सोचेँ अब फेरी भनेछ भने एक झापड दिनुपर्ला। त्यसको निकैदिनपछि उसले फेरी मौका छोपेर उही कुरा काननेर आएर भन्यो। अहिले म डराइनँ। बरु एक झापड दिनुपर्ला भनेर हात उचालेको मात्र के थिऍ, ऊ फुत्त हिँडीहाल्यो। मलाई अब रिस उठ्न थाल्यो। अब फेरी त्यो केटाले मलाई त्यसै भनेछ भनेर मैले अनुमान लगाएकी थिऍ। त्यसलाई मैले र मेरा साथीहरुले चिनिसकेका थियौँ। अब त्यसका लागि के गर्ने भनेर हामीले सल्लाह गरेका थियौ। अर्कोचोटि फेरी त्यस्तै त्यस्तै साथीहरु भएको ठाउँमा आएर उसले त्यही कुरा दोहोरायो। यसपालीचाहिँ मौका नगुमाउने सोचले तुरुन्त हात उठाएँ। मेरो मुटु ढुकढुक गह्यो। खुट्टा लगलग काम्न थाले। हात उचालेर हिर्काउन मात्र के आँटेकी थिऍ, मेरा हात लालकलुलुक भए। म बेहोश हुँला जस्ती भएँ। उसले फुर्तिसाथ मेरो हात उचालेर आफैँले झापड लगायो र भन्यो- “तिमीले यसरी हिर्काउन साहस गर्नेछौ भनेर नै म तिमीलाई जिस्कइरहन्थेँ। म सुधांशु हुँ। तिम्रो नाम केहो ?” यसो भनुञ्जेल उसले मेरो हात समाइरहेको थियो। मेरा साथीहरु धेरैअघिदेखि उसको व्यवहारबाट रुष्ट भएकाले सबै खनिए उसमाथि र भन्नथाले – “ए मिस्टर तपाईलाई उसको नाम किन चाहियो ? तपाई उसको को हो ? तपाईले धेरै अघिदेखि उसलाई तनाव दिरहनुभएको छ। हामी क्याम्पस प्रमुखकोमा कम्प्लेन गर्न जान्छौँ।“

म नर्भस भएर केही बोल्न नसक्ने भएकी थिऍ। सबैभन्दा धेरै मलाई काकीआमाको लागेको थियो। उनले कदम्कदाचित यो कुरा थाहा पाइन भने मेरो जीवनमा दश रेक्टरको भूकम्प आउन सक्दथ्यो। त्यस भूकम्पले क्याम्पसको पढाइ बन्द भएर मेरो जीवन तहसनहस हुन सक्थ्यो। म घोसेमुन्टो लगाएर एकोहोरो जमिन छेडुलाझैँ हेरिरहेको थिऍ। मलाई रुँ-रुँ कतै भागुँ-भागुँझै लागेको थियो। अझ यो जमिनलाई छेँडेर भित्रै भासिउँ वा उडेर आकाशमा विलीन हुँ झैँ लागेको थियो। सबै कराएको सुनेर मलाई होश आएझैँ लाग्यो। साथीहरुलाई उसलाई केही नगर्न अनुरोध गरेँ। त्यतिञ्जेल धेरै साथीहरु जम्मा भइसकेका थिऍ।

“के भयो. के भयो ?” – भीडमा उत्सुकता उम्रिन थाले।

“ए लैलाको मजनु रहेछ। यार दिवाना भएको रहेछ। झन्डै कुटाइ खाएन विचराले।“

ममा केही सोच्ने शक्ति आएको थिएन। यत्तिका मानिसले के भन्ठाने होलान् मलाई। आखिर केटाहरुले जति नै गल्ती गरेपनि उनीहरुको कालो चरित्रमा कालो दाग कसैले देख्दैनन्। दोष देखिने स्त्रीमा मात्र हो हरदम सेतो कपडामा सेतो चरित्रलाई बेरेर हिँड्नु पर्दछ। मनमा अनेकौँ विचार आत्रोशका लहरहरु उठ्दै बस्दै गर्न थाले। मैले कक्षा लिन सकिनँ। त्यसपछि साइकल लिएर घर आएँ।

त्यसदिनको घटना बिर्सन म निकै दिन क्याम्पस गइँन। त्यसपछि हाम्रो घरमा भागवत महापुराण लगाइने भएको थियो। घरमा पुराण भएकोले म क्याम्पस जान नै सकिनँ। बिहान देखि बेलुकासम्म कामको चटारो रहन्थ्यो। घरको आँगनमा पुराणको मण्डप बनाइएको थियो। पुराणवाचक पण्डित माइकबाट कथा भन्थे। आउने जानेको घुइँचो थियो। म भने काकीआमाका निर्देशनमा खटाइएका कामलाई निमिट्यान पार्ने धुनमा व्यस्त रहन्थे। एकदिन काम गर्दागर्दै कुनै एउटा केटाले मेरो हातमा पत्र ल्याएर दियो। मैले पत्र खोलेर पढेँ।

प्रिय मृगनयनी

असिम प्यार,

तिमी त्यसदिनको घट्नापश्चात क्याम्पसमा उपस्थित भइनौ। तिम्रो अनुपस्थिति मलाई शुन्य लाग्दथ्यो। मेरो कारणले तिमीलाई ठूलो चोट परेको महसुस गरेँ। क्याम्पसमा तिम्रो त्यो चन्द्रमाजस्तो मुहार हेर्न नपाउँदा मेरो जीवनमा ग्रहण लागेझैँ भयो। तिम्रो सूर्ताले कयौं रात म अनिँदो भएँ। अहिले तिम्रो बारेमा सबै थाहा पाएको छु। तिमीले यसरी लाचार भएर बस्न हुँदैन। आवाज उठाऊ अन्यायका विरुद्ध। अन्याय गर्ने भन्दा अन्याय सहनु पाप हो। म तिमीलाई हृदयदेखि नै माया गर्छु। तिमीले पुराणमा आएको थिऍ। तिमी काममा व्यस्तहुनाले देख्ऩ सकिनौ। तिम्रो हातले दिएको पञ्चामृत खाएर मेरो आत्मा प्रेमको असीम स्वादले तृप्त भयो। त्यसतै पुराणवाचकको कृष्ण र राधाको प्रेमको कल्पनाले मात्रपनि मैले नयाँ जीवन पाएको छु। म अलौकिक आनन्दमा डुबिरहेँ। तर तिमीले पटक्कै थाहा पाएनौ । तिम्रो अबोधता र अनविज्ञताबाट म प्रफुल्लित भएर अझ बढी स्वर्गीय अनुभूतिको रसास्वादन गरिरहेको थिएँ ।

पत्र पढिनस्कदा नै म नर्भसजस्तो भएँ । पत्र कहाँ लुकाउँ ? के गरुँ भयो ? कसैले देखेकी भनी चारैतिर हेरेँ । सबै आ-आफ्ना काममा व्यस्त थिए । ऊ अहिले पनि वाचानालयमा छ कि भनी चौर दृटि दौडाएँ । ऊ पर बसेर मलाई नै खोजीरहेको रहेछ । ऊ मुसुमुसु हासिरहेको थियो । मलाई यस्तो लाग्यो कि मुस्कानदारा ऊ प्रेमको निमन्त्रणा दिइरहेछ । म लाज र डरले पानीपानी भएँ । त्यहाँबाट बगेर कुनबेला कोठामा आइपुगे थाहा पाउन सकिन । बाहिर निस्कन डर लागेजस्तो भयो । तर कामलाई शृङ्खलावद गर्न बाहिर आएँ । अहिले ऊ हिडीसकेछ । मलाई ढुक्क लाग्यो । उसको पत्रको जवाफ कसरी दिऊ . अरूले थाहा पाएँ भने....। मेरो मन अतासिएर मुटु सकेट वमले प्रहार गरेजस्तो भयो । पत्र दुई-तीन पटक पढेँ ।

निन्द्रा पटक्कै लागेन । के मेरो उजाड मरुभूमि बनेको जीवनमा खुसीका फूलहरू फुल्न सम्भव छ , मात्र यो धोका हो कि, वा क्षणिक आवेग हो कि .म कसरी उसलाई विश्वास गरुँ .। नगरे पनि मेरो मनमा उसको पत्र र व्यवहारले आस्था जमाइसकेको थियो । मेरो प्रेमलाई मुसुमुसु हास्दै स्वागत गरेको मुहार म कसरी भुल्न सक्छु र ?”

रातभर उसको अनुहार आँखाअगाडि नाचिरह्य़ो । जुनको मधुर प्रकाश झ्यालबाट छिरेर ओछ्यानमाथि फैलिएको थियो जूनको किरणसँगै मेरो मन रोमाञ्चित भएर ओछ्यानमा लडीबडी गरिरह्य़ो । के उजाडभूमि बनेर उष्णिय बनेको मेरो जीवनमा जूनको किरणलेझै उसको प्रेमले शीतलता प्रदान गर्न सक्छ । भोलि ऊ आउनेछ । म के जवाफ दिऊँ . मैले जूनसँग आन्तरिक अन्तर्लाप गरेँ । मनभित्र केके उकुसमुकुस भएर आयो । म कहिलेकाहीँ कविता पनि कोर्दथेँ । उठेर कलम र कापी समाएँ । जूनको प्रकाशमा सकीनसकी एउटा कविता कोरेँ । किनभने बिहान उज्यालोमा यसरी एकान्तित समय पाउन गाह्रो पर्न सक्थ्यो । कविता कोरेर लुकाएपछि निन्द्रा लागेजस्तो भयो । म निदाएछु ।

बिहान झिसमिसमा उठेर कौसीमा गई राती कोरको कवितालाई स्पष्ट र राम्रा अक्षरमा लेख्न थालेँ । यति लेखिसकेपछि हतारहतार कविता लुकाई आफ्नो काममा व्यस्त भएँ । मेरो मन भने सुधासुको आगमनको प्रतिक्षामा थियो । सेकेण्ड, मिनेट, घण्टा गर्दै कथावाचन गर्ने बेला भयो । धेरै मानिसहरू आउन थाले । म भने आज पानी, सर्वत बाँड्ने काममा आफैँ खटिएँ । किनभने यसमा सुधासुसँग भेट्न र गफ गर्ने मौका पाउन सकिन्थ्यो । नभन्दै कसैलाई सर्वत दिन मात्र के आँटेको थिएँ , कसैले मेरो हातसहित गिलास समात्यो । मैले पुलुक्क हेरेँ । सुधासु रहेछ । मैले लाजले आँखा जुधाउन सकिन । उसले सुस्तरी भन्यो – “हिजोको पत्रको पढ्यौ ?” मैले निहुरेर जवाफ दिएं – “पढेँ ।“

“जवाफ दिन्नौ ?” फेरि उसले भन्यो । म अक्कनमक्क परेँ । फेरि कसैले सर्वत माग्यो । म उतैतिर गएँ । ऊ मलाई आँखा नझिम्काई हेरिरहेछ । मैले चोर आँखाले थाहा पाएँ । म सर्वत सकिएर भान्छाकोठातिर गएँ । ऊ पनि भित्र आयो । उसले भन्यो – “पानी खान पाइन्छ ?”

कोठामा अपरिचित ब्यक्ति आएको देखेर जिस्काउने मूडले भन्यो- “पानी खाने होइन बाबु पिउने हो ।“

ऊ हाँस्यो मात्र । मैले “पाइन्छ” भने । मैले पानी दिएँ । उसले कानमा सुस्तरी भन्यो- “जवाफ पनि पाइन्छ ।“ मैले “त्यो पनि पाइन्छ ।“

यति भनेर म लजाउदै आफ्नो कोठामा गएँ । बाहिर आएर सबैको आँखा छलेर हिजो लेखेको कविता दिएँ । ऊ शौचालयतिर गयो , सायद पत्र पढ्नलाई होला । मेरो काममा उसको उपस्थितिले बाधा दिइरहेको थियो । म भनेजस्तो गरी काम गर्न सकिरहेको थिइन ।

केही समयपछि भीडको निकै पर ऊ उभिएको मैले देखेँ । सायद उसले बुझ्यो होला म त्यति चाडै उसको कुरामा विश्वास गर्दिन भनेर ।

त्यसपछि ऊ कुन बेला घर गयो मैले थाहा पाउन सकिन । ऊ बसेको स्थान रित्तो पाएपछि मलाई आफूभित्र नै कस्तोकस्तो रित्तो भएझै लाग्यो । पुराणको त्यत्रो चहलपहलमा पनि शून्यताले अधिक्रमण ग्रयो मलाई । मैले गल्ती गरे आफैलाई डर लाग्यो । मैले किन उसको कुरा तुरुन्त विश्वास गर्न सकिनँ, आफैलाई सोध्न मन लाग्यो । तर आफैभित्र निरुत्तर थिएँ । हाम्रो समयमा अहिलेको जस्तो मोबाइल. नेट केही पनि थिएन । भेटबाट कि पत्रबाट मनका भावनाहरू साटासाट गर्नु पर्दथ्यो । त्यो पनि कैयौँ शकालु आँखा छलेर । भोलि ऊ पक्कै आउनेछ । उसले मलाई साच्चै माया गर्छ भने उसले नोटकापी लिएर पक्कै आउनेछ । भोलिको प्रतिक्षाले मेरो मनको बेचैनलाई केही शान्त पायो ।

नभन्दै ऊ भोलि साँच्चै आयो । म फलफूल काटेर बाँडने काममा खटिएकी थिएँ । ऊ सिधै म भए ठाउँमा आयो र मलाई नोट दिँदै भन्यो – “तिमीलाई यो नोट ल्याइदिएको छु पढ । राम्रो नम्बर ल्याएर पास गर्न सक्छौ ।“

उसलाई देखेपछि किन हो मेरो विश्वासमा हजारौ फूल ढकमक्क भएर फुल्न थाले । म नोट कापी कोठामा राखेर पुनः फर्किए ।

“म पनि काम सघाउन सक्छु ?” उसले भन्यो ।

“हुन्छ “ मैले भने .

पुराणमा नयाँनयाँ मानिसहरूले काम सघाउने हुनाले खासै फरक पर्देनथ्यो । हामी दुवैजना प्रसाद मिलाउन थाल्यौ । औपचारिक गफ गर्दै कसरी हो म ऊसँग खुलिसकेकी थिएँ । काम गर्दागर्दै मेरो मातहात उसको हातमा ठोकिन्थ्यो । यसररी ठोक्किदा शरिरभरी एककिसिमको रोमाञ्यकता पैदा हुन्थयो । म लाजले धकाउँथे । ऊ भने यस्तै मौकाको खोजीमा हुन्थयो । अहिले वार्तालापको समय अनुकुल थियो । उसले विस्तारै मेरो कानमा भन्यो – “हामी अनौपचारिक गफ गरौँ न हुन्न ?”

अनौपचारिक भनेको मलाई थाहा थिएन । “के हो अनौपचारिक गफ भनेको ?” मेले सोधेँ । उसले हाँस्दै भन्यो – “अस्तिको पत्रको जवाफ भनेको ।“

“त्यो जवाफ त हिजोको पत्रमा छँदै छ नि “

“त्यो जवाफ होइन त्यो धारणा मात्र हो हामी एक भएर बाँचौँ हुन्न ?”

“मलाई सोच्ने समय चाहिन्छ । “

“ठिकै छ भोलिसम्म म पर्खनसक्छु ।“

यति अनौपचारिक गफ गरिसक्दा हाम्रो वार्तालापमा अवरोध आयो । हामी काममा व्यस्त भयौँ । साँझ पर्न लाग्यो उसले जाने स्वीकृति माग्यो ।

“भोलि नआउने ?”

“के गरौँ ?”उसले भन्यो ।

“मलाई किन सोधेको ?”

“जवाफ एउटै हुनुपयो नि त ।“

“जवाफ एउटै हुन्छ भन्ने थाहा छ ।“

“थाहा छ “ उसले भन्यो । मलाई किन हो खित्का छोडेर हाँस्न मन लाग्यो । गुलाफको फूल हाँसेझै । तर परिस्थितिको प्रतिकुलताले हाँसो थामेँ । ऊ पनि निकै जोडले हाँस्न चाहन्थ्यो क्यार मेरो खुसीमा सम्मिलित हुन । म हाँस्दै भित्र पसेँ,ऊ भने बाटो लागेछ ।

यसरी ऊ सात दिनसम्म आउने र हामीबीच यस्तै सवाद हुने क्रम बढी रह्यो । अरूले थाहा नपाउन भनेर हामी दुवै सर्तक थियौँ . हामी चोर सवाद प्रयोग गर्दथ्यौँ । ऊ धेरै चलाख थियो । कुन बेला कुन सवाद बोल्नुपर्छ र कसरी मन जित्न सकिन्छ भन्ने कुरामा ठूलो उपाधि प्राप्त गरेझै लाग्दथ्यो । नभन्दै सातौँ दिनसम्ममा उसले मेरो मन जितिसकेको थियो । हामी एउटै आत्माका दुईवटा शरीर भईसकेका थियौँ । नोटकापीसँगै हामी पत्र र पत्रभित्र सके कविता लेखेर मनको भावना व्यक्त गर्ने गर्दथ्यौँ हामी हरदम अनौपचारिक गफ गर्ने गर्दथ्यौँ । हामी हरदम अनौपचारिक गफ गर्ने ठाऊ र मौकाको खोजीमा हुन्थ्यौँ । जहाँ हामीलाई विचार र भावना साटालाट गर्न कुनै अवरोध नहोस् ।

सप्ताहको समाप्तपछि म नियमित रूपमा क्याम्पस जान थालेँ । क्याम्पस हामी साइकलमा सँगै जान्थ्यौँ । एकदिन ऊ क्याम्पस आएन भने मलाई छटपटी हुन्थ्यो । म एकदिन गइनँ भने ऊ छटपटाऊथ्यो । त्यसैले हामी क्याम्पस नजाने भए अघिल्लो दिन ने जानकारी गराऊथ्यौँ ।

एकपल्ट सिनेमाहलमा लभस्टोरी भन्ने हिन्दी फिस्म लागेको थियो । त्यो फिल्म टिनएजर्स माझ निकै हिट भएको थियो । सुधाशुले त्यो फिल्म हेरिसकेको रहेछ । उसले सँगै हेर्न जान सल्लाह गयौँ । मैले पनि उसले भनेको माने । हामी कसैले थाहा नपाउने गरी त्यो फिल्म हेर्न गयौँ ।

फिल्म हेउञ्जेल उसले मेरो हात समाइरह्यो । मैले पनि उसको हात समाइरहे । हामी प्रेमको अलौकिक आनन्दमा डुबेका थियौँ । हामी नायकनायिकासँगै रुन्थ्यौँ, नायकनायकासँगै हाँस्थ्यौँ, नायकनायिकाको बिछोड हुँदा जोडले हात समाएर कहिल्यै एकअर्काबाट नछुट्टिने प्रतिबद्धता अव्यत्त रूपमा व्यत्त गर्दथ्यौँ ।

अनि एकअर्का टाँसिन खोज्दथ्यौँ । त्यही बेला पछाडि कोही चिच्यायो ।

“ओ भाइसाहब, जुम्रा सर्लान अलिक अलग भएर बस्नोस् ।“

“कुन फिल्म हेर्ने होला पर्दाको कि अगाडिको ।“ हामी डर र लाजले पानी-पानी हुन्थ्यौँ । अनि अनुशासित हुने असफल प्रयास गरिरहन्थ्यौँ । फिल्म हेरिसकेपछि हामी एउटा रेस्टुरेन्टमा पस्यौँ । रेस्टुरेन्ट केविनवाला थियो । उसले मःम र कोल्ड ड्रिङ्स मगायो । उसले मलाई जाडले च्यापेर अँगालो मार्यो । मैले नमान्दा नमान्दै पनि उसले म्वाई खान खोज्यो । त्यहीबेला वेटरले कोल्ड ड्रिङ्स लिएर आयो । हामी अलग-अलग भयौँ ।

“मृगना (छोटकरीमा ऊ यही भन्थ्यो ) हामी अब अलग भएर बाँच्न सक्छौँ ?”

“आज किन यस्तो कुरा गर्नु भएको ?”

“मैले आज केही पैसा सिएर आएको छु । हामी कलकत्ता भागेर जाऔँ । कलकत्तामा मेरो आफ्नो मान्छेको घर छ । नत्र हाम्रो मिलन असम्भव छ मृगना । तिमी बाहुनकी छोरी म अग्रवालको छोरा । हाम्रो विवाहलाई हाम्रा बाबुआमाले मान्यता दिने छैनन् ।“

उसले यसो भन्दा म झसङ्ग भएँ । हो त , ऊ अग्रवालको छोरा । धनी बाबुको छोरा मसँग कसरी मागी विहे हुन्छ । प्रेम अम्धो हुन्छ भनेको यही रहेछ । मैले अहिलेसम्म उसको जातको विषयमा सोचेको नै रहेनछु । प्रेमका मीठामीठा सपना, कहिल्यै नटुट्ने मायाको बन्धन र जीवनमा कहिल्यै नपाएको स्नेहको भोकले मलाई यी सब व्यवहारिक कुरामा घ्यान गएको नै रहेनछ । हामीले भागेर विहे गर्नुको विकल्प थिएन । तर म भागेर विहे गर्न चाहदिनथेँ । किनभने म मेरो कान्छोबुवा र आमाको विश्वासमा ठेस पुयाउन चाहँदिनथेँ ।

उसको यस्तो निर्णयले मैले तुरुन्त जवाफ दिन सकिनँ। साच्चैँ म पनि ऊ बिना बाँच्ननसक्ने भइसकेकी थिएँ। उसले आफ्नो गोजीबाट पाँच सय र हजारका नेपाली र भारती नोटहरु देखायो। मैले उसँग भागेर जान नसक्ने स्थिति देखेपछि उसले भन्यो – “ठीकै छ मृगना अहिले तिमी अन्योलमा छौ। तिमी राम्ररी सोच। म तिमीलाई पर्सि फोन गर्छु र कोडभाषामा क्याम्पस जान्छौ. भनेर सोध्नेछु। अनि भागेर हामी कलकत्ता जानेछौ। मृगना तिम्रो र हाम्रो प्रेम मिलनलाई हामीले यो साहसिक कदम नचाली हुँदैन। तिमीले फिल्ममा पनि हेरिसक्यौ होला। केटा र केटीको भागेर मात्र मिलन भएको। मेरो अन्यौलग्रस्त अवस्था सङ्ल्याउन उसले धेरै मिहेनत गर्यो। ऊ मेरा लागि जुनसुकै खतरा पनि उठाउन सक्थ्यो। मैले उसको सल्लाह स्वीकार गरे अनि पर्सिको लागि तयार हुने निर्णय सुनाऍ। त्यसपछि हामीले गहिरो साटासाट गरेर छुट्टियौँ।

दिवाकर नेपालीज्यू, यो हाम्रो प्रेमप्रसङ्गको अन्तिम दृश्य रहेछ भन्ने कुरा मैले घरमा आएर थाहा पाएं। मेरी काकीआमा कालीमाइको रुप लिएर बसेकी रहिछिन। म सुधांशु सँग फिल्म हेर्न गएको कुनै सुलसुलेले सुनाइदिएछ। त्यसपछि मेरो दराज र पुस्तक सबैमा गहिरो खोजतलासी भएछ। अनि अरु के चाहियो. मेरो चरित्रमाथि अनेकौँ लाञ्छानाका अस्त्रहरु प्रहार हुन थाले। धेरैचोटि पिट्न छोपिन् काकीआमाले तर मेरा काकाले बढेका छोरीलाई पिट्नु हुदैन भने र पिट्न दिएनन्। मैले ठूलो अपराध गरेको महसुस गराउन घरका सबै लागि परे। मेरा कान्छा बुवाले धेरै सम्झाउनुभयो। जुन कुरा मैले कथाको शुरुमा उल्लेख गरिसकेकीछु।

दिवाकर नेपालीज्यू, संसारमा असम्भव भन्ने कुरा केही रहेनछ। सबैभन्दा ठूलो कुरा यो तौलन नसकिने, वर्णन गर्न नसकिने र बाँध्न नसकिने मन नै रहेछ। मैले मनलाई तौलिऍ – तुलनात्मक रुपले र व्यवहारिक रुपले। नथामिने मनलाई बाँधेर नियन्त्रित बनाऍ। अब सुधांशुको प्रेम मेरो जीवनमा अतीत बन्न गयो। मेरी काकीआमाले आफ्नै काकाको छोरासँग बिहे गरिदिन सल्लाह गरेकी रहेछिन। त्यसैले जुनसुकै हालतमा पनि मेरो विवाह गरिदिन कसम खाएकी रहेछिन्। नभन्दै मेरो विहे भयो म मेरो विगतको कथा बिर्सेर वर्तमानमा रमाउन थाँले। मेरी काकीआमा खराब भएपनि मेरा श्रीमान साह्रै असल थिए। उनले मलाई यति धेरै माया, स्नेह दिएकी मैले सुधांशुको सम्झना गर्न समेत समय पाउन सकिंन।

कथाकार दिवाकर नेपालीज्यू, मैले सुधांशुलाई धोका दिएको नठान्नुहोला। प्रेम शाश्वत हो। प्रेममा मिलन हुनैपर्छ भन्ने म मान्दिनँ। मिलनमा प्रेमको अस्तित्व समाप्त हुनुभन्दा विछोडमा अमर भएको नै मलाई ठीक लाग्छ। शायद सुधांशुले पनि यही सोच्यो होला। यो त मेरो विगतको कथा थियो। कथाकर दिवाकर नेपालीज्यू, वर्तमानको पनि कथा छ। म कुनै समयमा लिपिवध्द गरौँला।

2 comments:

सिकारु said...

नमस्कार शर्मिला जी । तपाइको सखदा साहित्यको मिठो अनुरागहरुमा लहरिदै म पनि आइपुगे तरंगिएर गासिन । तपाइको भावनाहरुको उच्च कदर गर्दै ब्लगिङ यात्राले निरन्तरता पाओस भन्ने कामनाका साथ अझै प्रगतिको कामना ।

Adams Kevin said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।