June 29, 2009

मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !

भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो मलाई । अब जीवनले कुनै उपलब्धि हासिल गर्नुछैन । जीवन उद्देश्यविहीन, आशाविहीन भएर कतै स्थीर भएर अड्कियो । मेरा हातहरू छन् चलेका छैनन् । खुट्टाहरू छन् दौडेका छैनन् । मस्तिष्क छ तर सोच्नका लागि कुनै सिद्धान्त छैनन् । उड्दाउड्दै गरेको जीवन लाग्यो कहीकतै रुखमा अल्झिएको छ । यस्तै निरउद्देश्यीय जीवनले साहित्यको सहारा लिएर चलायमान हुन थाल्यो । लगभग वि.स. २०५० सालपछि म लगातार साहित्यिक पत्रिका गरिमा , मधुपर्क र अन्य पाएसम्मको् पुस्तक अध्ययनको नसामा डुब्न थालेँ । नसामा डुब्दाडुब्दै मभित्र कल्पनाका फूलहरू फुल्ने गर्दथे । मेरा कल्पनाका फूलहरू यसरी फुल्थे र भाव पोख्थे - 'म ठूलो साहित्यकार भएको र मानिसहरू मलाई भेट्न समय लिएर पर्खेका ।' तर ती कल्पनाका फूलहरू फूल्नुबित्तिकै १२ बजेकोपछि ओइलाउने घन्टीफूलझैँ ओइलाएर झर्थे । नझरुन पनि कसरी - एउटी मामुली पर्ूवप्राथमिक शिक्षिका कसरी यति ठूलो साहित्यकार हुनसक्छ - कल्पना मात्र पनि सम्भव छ र - बिहान बेलुका घरधन्दामा बित्दथ्यो । दिनभर स्कुलमा अनि दुईछोरी, सासू, इष्टमित्र घरव्यवहार कसरी सम्भव होला र - दिनहरू बित्दै गए । समयहरू र्सर्दै गए । मैले अध्ययन गर्न छोडिनँ । मेरा कल्पनाका फूलहरू फुल्न छोडेनन् ।

देशको राजनीतिले अनेकौ रुप फेरिरह्यो । । वि.स. २०४६ सालपछिको बहुदलपछि दलहरूले फेरेको कालो रूप ज्वालामा परिणत भयो । त्यही कालो रूपको ज्वालाले डामिएका माओवादी जङ्गल पसे । दसवर्षो जनयुद्धका लागि । देशले जनयुद्धको महामारी भोग्नुपर्यो । मेरो कलमले लेख्दै राख्दै गर्नथाल्यो । जनयुद्धको विध्वसकारी ताण्डव नृत्यले मेरो कलम रगतपच्छे भयो । मैले रातो रगतमा सेतोफूल मुस्कुराइरहेको देखेँ । मैले कोपिलाहरूले रगतको आँसु रोएको देखे । जे देखेँ त्यही लेखेँ । फूलहरू पीडाले अट्टहास गरेको लेखेँ । स्कुलमा साहित्यिक वातावरण थियो । जसले मेरा कल्पनाका फूलहरूलाई फुल्न र सके मलजल गर्न सहयोग गर्यो । जस्तोसुकै विषम परिस्थितिमा, कठोर समयमा, निर्मम वातावरणमा पनि मेरा कल्पनाका फूलहरू मुसुक्क मुस्कुराउनु छोडेनन् ।

जीवन बग्दै गयो । समष्टिमा 'असफल सङ्धर्ष छापिएपछि मेरा फूलहरू अझ हौसिएर फुल्न थाले । जब जीवनले गति लिन थाल्यो । तब मैले 'सानी' बालमनोवैज्ञानिक बालउपन्यास प्रकाशित गरे । प्रकाशित गरेमात्र होइन यसबाट साझा बालसाहित्य पुरस्कार पनि प्राप्त गर्न सफल भएँ । त्यसपछि मेरा कल्पनाका फूलहरू घण्टीफूलहरू मात्र नभई हौसला र उमङ्गका हजारौँ बाह्रमासे फूल भएर उम्रन थाले । ती फूलका सौर्न्दर्यको दृश्यपान गर्ने सबै मन्त्रमुग्ध हुने गर्दथे । बिस्तारै ती फूलहरूले र्सवप्रथम रचनामा त्यसपछि गरिमा, मधुपर्क, समष्टि, मिर्मिरे, समय, नेपालमा मलजल सहित मौलाउने अवसर पाउदै गए । जीवन एकनास हुँदैनरहेछ । प्रचण्ड गर्मी हुरीबतास, पानी जम्न्े चिसो सबैसँग पोठेजौरी खेल्दै मेरा फूलहरू क्यानभासमा सजिन आइपुगे त्यो थियो- समयको क्यानभासमा । म आफ्नो सौर्न्दर्ययुक्त फूलहरूलाई देखेर मख्ख र गमक्क पर्ने गर्दथे । त्यै माथि प्रशंसक र शुभचिन्तकहरूले मानापाथी भर्दै चुली परिदिएको प्रशंसाको धुरीलाई नै हात्ती मानेर दौडेको महसुस गर्दथे ।

मैले पन्ध्र वर्षो साहित्यिक त्याग, तपस्या, र साधना रोपकी थिएँ यस क्यानभासमा । मसँग छोटो समय थियो तर काम धेरै । कतिपय घरायसी कामहरू काँटछाँट गर्दै छोट्याउदै फूलहरू स्याहार्ने गर्दथे । कतिपय सामाजिक व्यवहार निफन्दै , पन्छाउदै फूलहरू गोड्ने गर्दथे । मनोरञ्जन, आनन्दलाई दराजमा थन्काएर मोटो भोटे ताल्चा लाइदिएकी थिएँ । सामाजिक व्यवहारहरू इमान्दारीतापूर्वक पूरा नगर्दा आउने आरोप र प्रत्यारोपका क्षेप्यास्त्रलाई यी फूलका सुगन्धलाई कवचको रुपमा प्रयोग गर्दथे र आफू सुरक्षित हुने असफल प्रयास गर्दथे । तर यी अवरोधहरू अस्थायी हुनपछि स्थायी बन्ध्याकरण गरेझैँ आफै नियन्त्रित हुनेछन् भन्ने आशामा एउटा गन्तव्यमा दौडिरहेँ म । गन्तव्यमा दौड्दा घरपरिवारमा कति धेरै अप्ठ्याराका काँडेझार उम्रिसकेका हुन्थे । मिल्काउन खोज्दा आफैलाई च्वास्सच्वास्स घोच्दै रगतपच्छे पार्दथ्यो । तर पनि मेरा कल्पनाका फूलहरू उम्रन छोडेनन् । विभिन्न चन्दा आतंक, अपहरण आतंकले आक्रमण गर्दा पनि ती फूलहरू प्रत्येक दिन प्रत्येक पल फूल्न भुलेनन् । वास्तवमा फूलहरू अरूलाई सुखदिन आफू दुखमा रमाउन फुल्दारहेछन् । तर अरूलाई आनन्द दिन फुलेका मेरा क्यानभासका फूलहरूलाई मैले र्सार्वजनिक गर्न सकिनँ । म चाहन्थे चाँडोभन्दा चाँडो मेरा ती फूलहरू र्सार्वजनिक हुन् तर वित्तिय सुनामीको डरले मैले आँट गर्न सकिनँ । यो क्यानभास र्सार्वजनिक गर्न मैले शुभचिन्तकको शुभसल्लाह मानेर अक्सफोर्ड पव्लिकेशनमा बुझाएँ । तर अक्सफोर्ड पव्लिकेशनले ६ महिनापछि यो शुभसमाचार दियो कि 'हामी साहित्यिक पुस्तक छाप्दैनौँ ।' तर त्यहाँबाट डा. दयाराम श्रेष्ठज्यूबाट यस क्यानभासको सौर्न्दर्यको प्रशंस्ााले मेरो चेतनाबिम्बमा नयाँ ज्योति फैलियो । उहाँले भन्नुभयो 'यो कथासङ्ग्रह धेरै राम्रो छ साझामा दिनुहोस् । साझाले छाप्छ साझाले छाप्यो भने साझापुरस्कार पाउन सक्छ ।' साँच्चै मलाई हात्तीमा चढेर प्रसिद्धिको चुचुरोमा .चढेको भान भयो । त्यसै अनुरुप त्यो कथासङ्ग्रह साझामा बुझाएँ । झण्डै एकवर्षजतिपछि साझा प्रकाशनको नछाप्ने मति देखियो । वास्तवमा हात्तीमा चढेको रहेछु घोडामा चढेको भए अवश्य सफलताको शिखर पुग्नसक्थेँ । त्यसपछि आफै किन नछापू आफ्नो सिर्जनापुञ्जलाई भन्ने सोचले आफैले छाप्ने निर्णर्य गरे । निर्णर्य गरिसकेपछि मेरो यो क्यानभासलाई सौर्न्दर्यका पारखी दिग्गज साधक आदरणीय गोबिन्ददाजुको प्रशंसाको रङ्गले भरु भन्ने मनसायले दाजुलाई बुझाएँ । यस अघि नै कथाका प्रसिद्ध साधक आदरणीय दाजु परशु प्रधानबाट सुगन्धमयी श्रृगार गराइसकेकी थिएँ । म चाँडोभन्दा चाँडो मेरा कल्पनाका फूलहरूलाई र्सार्वजनिक गर्न चाहन्थेँ । तर समयलाई अर्कै मन्जुर रहेछ । गोबिन्ददाजुले समयअनुकुल हुनु बित्तिकै मलाई पुस्तकको काम गर्न बोलाउनुभयो तर म त्यो बेला निकै बिमारी थिएँ । झण्डै पन्ध्रदिन म ओछ्यान परेकी थिएँ । त्यसैले मैले चाहेर पनि मेरा फूलहरूलाई समय दिन सकिनँ । मन साह्रै छटपटियो । गोबिन्ददाजु आफैँले तालमेल मिलाउन थाल्नुभयो । सबै कुरा मिलाइसकेपछि दाजुलाई अचानक बेलायल जानुपर्ने भयो । म जतिसक्दो चाडो मेरा फूलहरूलाई र्सार्वजनिक गर्न चाहन्थे तर समयलाई अर्कै मन्जुर रहेछ । हुन त समयले मलाई यसरी नै सानी छाप्दा र सानीको साहस छाप्दा पछारेर रन्थनाएको थियो । मैले सोचेँ, सायद समयले मेरो धर्ययताको परीक्षा लिईरहेको छ ।

अब मेरा क्यानभासका फूलहरू ओइलाउन थाले । म प्रत्येक दिन ती फूलहरूलाई आश्वासन दिँदै ताजगी गराउँदथे । म प्रत्येक दिन ती फूलहरूलाई सुमसुमाएर रुने गर्दथे । जसरी एउटी गर्भिणी आमा आफ्नो गर्भमा रहेको बच्चालाई स्नेहले सुमसुमाएर चुम्ने गर्दछिन् । म प्रत्येक दिन तिनीहरूलाई आश्वासन दिने गर्दथे 'तिमीहरू चाँडै आफ्नो स्ाौर्न्दर्य र्छन सफल हुनेछौ मेरा प्रिय फूलहरू हो ! तिमीहरू नआत्तिऊ । मैले तिमीहरूलाई धेरै दुख गरेर सिँगारेकी छु । अलिकति कविताका रङ्ग चोरेर तिमीलाई सिगाँरेकी छु । अलिकति निबन्धका पराग सोसेर तिमीहरूलाई गरेर सिँगारेकी छु । तिमीहरू भाग्यमानी छौ तिमीहरू सिपालु कालिगढको हातबाट सिँगारिँदैछौ ।' मैले तिमीहरुलाई बिहानीमा आशका थोपाथोपा शीत बनाएर सिचेकी छु, मध्यान्हमा बौद्धिकताको न्यानो रापमा तपाएकी छु- गोधुलीमा सूर्यस्ताको अनेकौ रगले सप्तरगी बनाएको छु । साँच्चै मेरा क्यानभासमा फूलहरू भाग्यमानी रहेछन् । उनीहरू पाण्डुलिपिको रूपमा नै गोविन्ददाजुसँगै साहित्यिक यात्रा घुमेर आउने सौभाग्य पाएछन् । क्यानभासलाई सजाउने क्रममा फुर्सद भएमा हर्ेन भनी दाजुले साहित्यिक यात्रामा लिएर जानुभएको रहेछ । कस्तो अकल्पनिय सौभाग्य ! विश्वप्रसिद्ध दिग्गज साहित्यसाधक सेक्सपियर र पाश्चात्य साहित्य सभ्यताका केन्द्रभूमि बेलायत घुमेर आउन सफल मेरा क्यानभासका फूलहरू तिमीहरू कति भाग्यमानी रहेछौ !

मेरा क्यानभासका फूलहरू हो ! अर्ढाई वर्षो गर्भकालीन पीडा भोग्नु परेपनि तिमीहरूले यति ठूलो सौभाग्य प्राप्त गर्न सक्यौ । अब तिमीहरू चाँडै नै र्सार्वजनिक हुन पाउँदैछौ । तिमीहरूमाथि भविष्यले ठूलो आशा गरेको छ । त्यो आशालाई सफल बनाउन धेरै कालिगढहरूबाट सिँगारिँदैछौ । अब तिमीहरूले निराशाका दिनहरूलाई बिर्सिदिनुपर्छ । अहिले म उनीहरूलाई सुमसुमाएर सौभाग्यका किरण आफूमा संप्रेषित गरिरहेकी छु ।
मेरा कामनाका बिम्बहरू उनीहरूमा यसरी संप्रेषित गरिरहेकी छु - मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू । किनभने तिमीहरूले मुर्तरुप लिन अझै धेरै बाँकी छ ।

3 comments:

Basanta said...

आफ्ना रचना भनेका सन्ताननै हुन्। तपाईँको लेखले यो भावलाई साह्रै सुन्दर आकार दिएको छ।
तपाईँका कल्पनाका फूलहरुको सुवास चाँडैनै लिन पाउने आशामा छु।

हावा the Wind said...

सर्मिला जी ठुलो मान्छे हुन खोज्नु बेकार छ.. तपाईं जे हुनुहुन्छ तेसैमा रमाउनुस्

ASHISH said...

खै, कुन शब्द हरुले तिम्रो यस लेख को बयान गरु धेरै राम्रा छन शब्दहरु र अझै पनि राम्रा लेख हरु पढ्नु
पाउन्छु कि भन्ने आशा बोकेको छू ///

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।