June 29, 2009

मेरो साहित्यिक यात्राको सेरोफेरोबाट

भर्खरै युवराज नयाँघरेको नियात्रा सङ्ग्रह 'अनाम पहाडमा फनफनी' पढेको मनस्थिति । कसरी नियात्राकारहरू पाठकहरूलाई यात्रा बृतान्तको बहानामा बिचार र अनुभूतिको ठेली बोकाएर नाक ठोकिने उकालोमा रमाईमाई उक्ल्याउन सफल हुन्छन् - मलाई अचम्म लाग्छ आफू त परियो कथाकार विचार र अनुभूति पोख्ने बित्तिकै पाठकका धारे हात तर्सिने आई पुगिहाल्छन् कन्चटमा- खबरदारी गर्दै अनि कहिलेकाहीँ पात्र र पाठक दुई नेती भएर आफैलाई मदानी बनाएर बिचार र अनुभूतिरूपी दहीका फाल्साहरूलाई कतिखेर मही बनाई सक्छन् आफैलाई थाहा हुँदैन । त्यसैले मलाई आफू पनि नियात्राकार भएर पाठकलाई विचार र अनुभूतिले दाई गर्न पाए हुन्थ्यो भन्ने मौकाको खोजीमा थिएँ । तर आफु त महिला त्यो पनि स्वास्थ्यस्थिति त्यति राम्रो नभएको । कतै टाढा जान बन्देज, यो खाना हुन्न, त्यो खान हुन्न, ढिला गर्न हुन्न- समयको पाबन्दी, व्यवहारको पाबन्दी खानपिनमा पाबन्दी, परिवेशको पाबन्दी । ओहो ! कति हो कति ! यस्ता पाबन्दीका सुइरो रोपाईमा कसरी गर्नु र भोग्नु पाउनु रोमाञ्चक यात्राका क्षणहरू ।

म निकै समय विमारी भएँ । साहित्य लेख्न थालेर विमारी भएको हो कि विमारी भएर साहित्य लेख्न थालेको हो भन्ने विषयमा म आफै अन्यौलमा छु । 'सानी' छाप्तासम्म मेरो स्थास्थ्यस्थिति राम्रै थियो । त्यसपछि मेरो स्वास्थ्यस्थिति ब्रि्रदै गयो । पेटका विमारका कारण विभिन्न डाक्टरलाई देखाएपछि अप्रेशन गरेपछि निको हुन्छ भनिएता पनि अझ सम्म निको हुन सकेको छैन । अप्रेशन गरेपछि मेरो स्वास्थ्यस्थिति झन बिग्रियो । म उठ्न नसक्ने, बोल्न नसक्ने स्थितिमा पुगेँ । विद्यालयमा छ महिनालाई विदा लिनु पर्‍यो । आफैलाई लाग्थ्यो जिन्दगीको यो अन्तिम क्षण हो । बाँच्ने आशाका तन्द्रा सारै क्षीण थिए । शरीरको स्थिति नाजुक भए पनि मस्तिष्कचाहिँ क्रियाशील नै थियो । त्यही समय सानीको भाग दुई लेख्ने प्रतिवद्धता गरेँ र लेखेँ पनि । मलाई घरमा लेख्नका लागि बन्देज गराइएको थियो भनौँ एक प्रकार साहित्य लेख्न र पढ्न कर्फ्यू लगाइएको थियो । तर म लुकीलुकी लेख्ने र पढ्ने गर्दथे । यसरी स्वस्थ्यस्थिति नाजुक भएको मान्छेलाई हिँड्न र खानलाई बन्देज लगाइनु स्वाभाविक पनि थियो ।

यस्तै बन्देजका घेराहरूलाई नाघ्दै हिँड्दा मेरो पहिलो साहित्यिक यात्रा नै त्रासदिपूर्ण भएर पनि होला स्वयम् म पनि उति सारै साहित्यिक यात्राका लागि फड्को मार्न चाहदिनथेँ । त्यो त्रासदिपूर्ण साहित्यिक घटनाको समय थियो वि.स. २०६२ साल असोज १ गते - वाणी प्रकाशनले भदौको अन्तिममा भनौ मसान्तमा प्रत्येक वर्षभव्य साहित्यिक कार्यक्रम गर्दै आएको छ । त्यो वर्षपनि कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । दोस्रो दिनको कार्यक्रममा साहित्यिकारहरूलाई इटहरीको काव्यवाटिका र भेडेटार घुमाउन लाने थियो । समयानुसार इटहरीको काव्यवाटिकाको अवलोकन र खाजापानको कार्यक्रमपछि हामी भेडेटारतिर लाग्यौँ । वास्तवमा यो कार्यक्रममा मलाई किन हो त्यति जान मन थिएन । तर आदरणीय परशुदाइ र अरू साथीहरूको आग्रह काट्न नसकी गएकी थिएँ । भेडेटारको भ्रमण, चाल्सप्वाइन्टको अवलोकनपछि होटेलमा खानपिनको कार्यक्रम थियो । झन्डै तीस, चालीसजना जति साहित्यकार थियौँ । साहित्यकारहरूमा इटहरी, विराटनगर, हेटौडा, बुटवल, झापातिरको पनि हुनुहुन्थ्यो । साहित्यिक गफगाफमा समय बिते । विचार आदनप्रदानका क्रममा दिन बिते । समग्रमा दिन रमाइलो नै भयो । तर र्फकने क्रममा चारबजे गाडी र्फकने कुरा थियो । त्यसैले गाडी चारबजे भेडेटारको ओरालो लाग्ने ठाउँमा आएर रोकियो । एक दुईजना साहित्यकार छुटनुभएको रहेछ, त्यसैले पर्खने क्रममा हामी रोकियौँ । म अगाडिको सिटमा थिएँ । मेरो छेउमा बुटवलको साहित्यकार ऋषिराम भुसाल हुनुहुन्थ्यो । हामीले चिनापर्ची गर्‍यौँ । त्यसैसमय ड्राइभर आफ्नो ठाउँबाट उठेर हामी भएतिर आयो । तुरुन्त गाडी गुड्न थाल्यो । मैले मात्र गाडी गुडेको थाहा पाएँ र चिच्याएँ । मैले कराउन बित्तिकै उक्त ड्राइभर तुरुन्त फर्किहाल्यो । यसरी नर्फकेको भए भगवान जानून के भई सक्थ्यो । म भने आत्तिएर के गरौँ भनेर छटपटाएँ । त्यो मानिस ड्राइभर हो जस्तो पनि लागेन । त्यस्तो भिरालोमा गाडी गुडेपछि त्यो व्यक्तिले रोक्न सक्लानसक्ला भनेर म आत्तिएर ढोकामा पुगिसकेछु । मैले थाहा नै पाइनँ । ढोकामा पुगेर हाम्फाल्न खोज्दा तुरुन्त ब्रेक लागेर म ढोकामा बजारिन पुगेछु । चोट त त्यस्तो केही लागेन तर मभित्र यस्तो त्रास पसेछ कि म कति समयसम्म बोल्न नै सकिनँ । ब्रेक लागेपछि मात्र पछाडिका साहित्यकारहरू -सबै गफमा मस्त थिए ) थाहा पाउनुभएछ । त्यसपछि सबैजना त्रसिद हुनुभयो । म भने अर्धमर्ुर्छित अवस्थामा थिएँ । सँगैको साहित्यकार भुसालजी ले पानी दिनुभयो । त्यसपछि केही सामान्य भएँ । अघि गाडीबाट हाम्फालेको भए झन गारो हुन्थ्यो भनेर परशुदाइ भन्दै हुनुहुन्थ्यो । यसबेला चाहिँ मलाई आत्माग्लानि भयो । म एक्लै किन भागेर ढोकामा पुगेछु भनेर । मलाई आफूमात्र बाँच्न चाहने भनेर स्वार्थीपन देखाएकोझैँ लाग्यो । हुन त यो कुरा प्रत्यक्ष देख्ने ममात्र त थिएँ नि भनेर मन बुझाएँ ।

भोलिपल्ट परशुदाइले फोन गरेर भन्नुभयो "बहिनी, तपाईले हामी सबैलाई बचाउनुभयो । सबै साहित्यकारहरू विराटनगरमा त्यसै भन्दै हुनुहुन्छ । हिजो शनिबार फेरि १ गते मृत्युवाण परेको रहेछ ।" हुन पनि ठिकै हो मैले नभनेको वा थाहा नपाएको भए त्यो गाडी भीरबाट खसेर कहाँ पुग्थ्यो होला । देशको वरिष्ठ साहित्यकार परशुप्रधान, कृष्णभुषण बल मधु पोखरेल, विवश पोखरेल, गीता पन्थ, गण्डकीपुत्र -अरु धेरैको नाम बिर्सर्ेेबसेको गाडी ताप्लेजुङ्गको धुन्चेमा भएको हेलिकप्टर दूर्घटनाझैँ हुन कुनै बेर लाग्दैनथ्यो । पछि त्यो दूर्घटनाको समाचारले मलाई त्यो दिनको सम्झना ताजै गरायो । त्यो दिन मैले त सबैलाई बचाएँ तर म स्वयं भने कैयौ दिनसम्म अर्धमृत जस्तो भइरहेँ ।

मेरो जीवनको पहिलो साहित्यिक यात्रा यसरी त्रासदिपूर्ण रहेको थियो । त्यसैले साहित्यिक यात्रामा रुची नजाग्नुको अर्को कारण यो पनि थियो । तर पनि रोमान्चक साहित्यिक यात्रा गरेर पाठकमाथि विचार र अनुभूतिको खेती गर्ने लालसाचाहिँ मनमा छँदै थियो । त्यसैले टाढाको साहित्यिक यात्राको निम्तोलाई स्विकार्दै वि.स. २०६४ साल बैशाख २९ गते भाषाशास्त्री महानन्द सापकोटाको जन्म जयन्ती र पुरस्कार समारोहमा जान म उत्सुक भएँ । यो मेरो दोस्रो साहित्यिक यात्रा थियो । किनकिन मलाई त्यो कार्यक्रममा जाँउजाँउ लाग्यो । त्यसले त मलाई कार्यक्रमतिर त्यति नहिँड्ने, निम्तो नमान्ने भन्ने आरोपका बाछिटाले नभिजाएका भने होइनन् । त्यसले पनि होला त्यो वातावरण सङ्ल्याउन मैले त्यो कार्यक्रममा जाने निर्णय गरेँ । परिवारको विचारसँग कुस्ती खेल्दै बिजयी भएर लागेँ म कार्यक्रमतिर । बिहान म मेरी बहिनी लिएर पाँच बजे विर्तामोडतिर लागेँ । समयभन्दा केही अघि म तोकिएको ठाउँमा पुगेँ । त्यहाँ मिश्र वैजन्ती, रोहिणी विलास र अन्य साहित्यकारहरूसँग भेटघाट भयो । केही समयपछि कृष्ण धरावासी आउनु भयो । उहाँले हालखबर जाँचबुझ गर्नुभयो - अध्यक्षको नाताले र आत्मीयताको नाताले । उहाँले केशव आचार्यसँग परिचय गराउनु भयो । त्यसपछि कृष्ण बराल, भवानी क्षेत्रीसँग पनि परिचय गराउनु भयो । वास्तवमा मलाई यस्तो खुल्ला वातावरण मन पर्छ । दिनभरि कोठाभित्र बसेर कविगोष्ठी गरेर घरतिर लाग्नुभन्दा यो अनौपचारिक क्षण कति आनन्दमय छ । वास्तवमा सबैलाई स्वतन्त्रतानै मन पर्छ ।

केही समयपछि कृष्णभुषण बल, विवश पोखरेल मनु मन्जिल र कुमुद अधिकारी पनि आइपुग्नु भयो । त्यतिञ्जेल सम्म म शिशिरको शीतले लपक्कभिजेको दुवोझैँ सबैसँग भिजिसकेकी थिएँ । समयको नाकाबन्दीको सीमारेखा तोड्दै निर्धारित समयभन्दा आधा, पौने घण्टा ढिलो हामी त्यहाँबाट हिँड्यौँ । निकैमाथि वर्ने भन्ने ठाउँमा हामीलाई स्वागतार्थ केही साहित्यकार र समाजसेवी हुनुहुन्थ्यो । त्यहाँ हामीले कोदोको रोटी र गुन्द्रुकको अचार पनि खायौं । वास्तवमा मिठो थियो । मैले केटाकेटीमा खाएको बाहेक कोदोको राटी खानु बाहेक देखेको पनि थिइनँ । वास्तवमा मेरो स्वास्थ्यलाई मिल्ने नै थियो । त्यो कोदाको रोटीले कति ठूलो काम गर्‍यो भन्ने बिषयको चर्चा साहित्यकारमा बेलुका चार बजे सम्म रह्यो । पछि मलाई लाग्यो हामीलाई त केटाकेटीलाई चकलेट खुवाएर अब तिमीले धेरै हिड्नुपर्छ भनेर फकाएझैँ रहेछ त्यो कोदो रोटी त । वास्तवमा हामी यात्राको विषयमा अनविज्ञ नै रहेछौं ।

लिटिल फ्लावर स्कूलले सायद गाडी सौजन्य गरेको थियो क्यार । विर्तामोडमा साहित्यकारका लागि भनेर भौतिक, आर्थिक र मानसिकरूपले सहयोग गर्ने समाजसेवीको जमात नै देखँ मैले । शायद हाम्रो धरान र इटहरीमा पनि यस्तो भैदिएको भए । प्रत्यक्षरुपमा हार्दिकता र सदासयता देखाउनु हुनेमा मैले समाजसेवी गोपाल बस्नेत, सिरो सान्दाई, रुद्रबाबु भण्डारी छविलाल खतिवडालाई देखेँ । त्यस्तै स्थानीय साहित्यकारहरूमा कृष्ण सुवेदी निराकार, रश्मि शेखर, तेराख, पुण्य बराल, चन्द्र भण्डारी, मनोज तपस्वी, ज्योति किरण, रीता खड्का अझ बढी लाग्नु भएको थियो ।

हामी लिटिल फ्लावर स्कूलको गाडी चढेर कच्ची त्यो पनि अति विकट र जटिल बाटो हुँदै अघि बढ्यौं । गाडी करीब आधा घण्टा जतिमात्र के हिँडेको थियो, एउटा उकालोमा थचक्क बस्यो- धाइधुई नगरिकन । साहित्यकारको जिन्दगी जस्तो । समथर बाटोमा हिँड्ने गाडी विचरो ! कसरी सहदो हो यो कष्टमय बाटो । जताततै खाल्डा, खोबिल्टा, ढुङ्गाका चुच्चाहरू । साहित्यकारको भाग्यजस्तो । जीवनमा आइपर्ने यस्तै कष्टमय यात्रा पार गर्न नसकेर गाडी जस्तै थुचुक्क बस्ने साहित्यकारहरू धेरै छन् हाम्रो देशमा । अझै महिला साहित्यकारहरूको लामै सूची तयार हुन्छ होला । त्यसैले मैले साहित्यकारको जीवनसँग रुपान्तरित गरिदिएँ त्यस गाडीको हालतलाई । अब हामीले हिँड्ने सामूहिक सल्लाह निकाल्यौँ र हिँड्न थाल्यौँ । निकै माथि हिँडेपछि हामी तीनवटीलाई आपत आइपर्‍यो । विकल्पको खोजीमा भौतारिए हाम्रा आँखाहरू । एउटा दुईतले राम्रो घर शौचालयसहित भएको देख्यौँ । तर अचम्म त्यस्तो राम्रो घर बालकथाको राक्षसराक्षसनीको कथामाझैँ सुनसान थियो । सायद यो देशको समकालिन राजनीति परिवेश र सामाजिक विघटनको प्रत्यक्ष नमूना थियो ।
केही समयको हिँडाइपछि दुईवटा जीप तयार देखिए । ती जीपहरू राष्ट्रिय कवि महानन्द सापकोटाको जन्मथलो देवानछाप जानलाई तयार पारिएको रहेछ । हामी त्यसैमा चढ्यौं र अन्यन्त घरायसी नेपालको बजेटजस्तो बाटोमा उचालिँदै पछारिँदै उकालो लाग्यौँ । निकै माथि पुगेपछि देवानछाप जानलाई बाटो छुट्टीएको रहेछ ।

"लौ देवानछाप जाने बस्नुहोला अरू ओर्लनु होला, बाटो अप्ठेरो छ हिँडन सक्ने मात्र जानु होला " आयोजकको उर्दी जारी भयो । उर्दीले मेरो सोचाईलाई पकाउन थाल्यो । त्यसपछि 'जाने' भनेर मैले विचार पस्किदिएँ । वास्तवमा यो विचार कच्मेल्टो नै थियो । आफू रोगी मान्छे हिँड्नसक्ने हो कि होइन ! तर पनि यस्तो महान व्यक्तिको जन्मथलो फेरि कहिले आइपुगिएला ? जीवनमा यो अविस्मरणीय क्षण भएर रहिरहनेछ भन्ने मानसिकताले कच्मेल्टो भएपनि पस्कीदिएकी थिएँ ।

देवानछापको उकालो र भत्किएको बाटोमा हाम्रो यात्रा शुरु भयो । पाँच मिनेट उकालो नचढ्दै गाडी भासिदियो । झरेर ठेल्ने प्रक्रिया शुरु भयो । तर गाडीपछाडि नै सरेर झण्डै अप्रिय घटना घटेको । वास्तवमा साहित्यकारको साहित्यप्रतिको आस्थाले नै त्यो अप्रिय दूर्घटना हुनबाट जोगिएको हुनसक्छ । केही समयको सङ्र्घष्ापछि अलिकमाथि आइ गाडी रोकियो अब भासिनेक्रम अर्को गाडीको थियो । गाडीमा म सहित विवश पोखरेल, कृष्ण भुषण बल, मनु मन्जिल, लीला अनमोल, देवेन्द्र प्रसाद, गोपाल बस्नेत थियौँ । समयको सदुपयोगको लागि विकल्पको बिर्को खोली हाल्यौँ हामीले । त्यहाँ केही अनौपचारिक परिचयको कार्यक्रम भयो । बोल्नमा खपिस मनुमन्जिलले कविलाई कसरी हास्यको पात्र बनाइन्छ भनेर चुट्किलासहित उदाहरण पेश गर्नु भयो । त्यसपछि विवश पोखरेलले पनि विचारको सहीछाप गर्दै एउटा चुटकिला सुनाउनु भयो । हामी हाँसोमा हाँसो थप्न उर्त्र्सग थियौ । वास्तवमा मान्छेले आफूलाई परिस्थितिसँग कसरी समायोजन गर्छ भन्ने कुराको यो राम्रो प्रस्तुति थियो । अघिको त्यो त्रासपूर्ण दृश्य हामीले बिर्सिसकेका थियौँ । तर उक्त घटनामा प्रत्यक्ष साक्षात्कार हुने एकजना पत्रकारले घटनालाई ताजा बनाई दिइ हाले । त्यसपछि हामी (मनु मन्जिल, कुमुद अधिकारी र म) नजाने भन्ने सोचाइमा पुग्यौँ । अघि फसेको गाडी पन्ध्रबीसजनाले डोरीले तान्दै गरेको दृश्य हामीले देख्यौँ । त्यो दृश्यले मनु मन्जिल र कुमुद अधिकारीलाई स्तब्ध बनाएछ क्यारे उहाँहरूले जोखिमपूर्ण यात्रागर्न रुचाउनु भएन र फर्किनु भएछ । मैले पछि स्मारकस्थल पुगेपछि मात्र थाहा पाएँ । मचाहिँ दुवै गाडी जाने रहेछ भनेर ओर्लिन । हामीले हिँडेर पो जाने कि भन्ने कुराको बिस्कुन फिजायौँ । तर त्यो सम्भव हुन नसक्ने रहेछ किनभने त्यहाँबाट झन्डै दिनभरि लाग्न सक्ने स्थिति रहेछ । हाम्रो अनविज्ञतालाई देखेर पछि मलाई हाँस पनि उठ्यो । वास्तवमा बाटोमा यो अप्ठेरो नआउने हरेछ यदि रातभरि पानी नपरेको भए । पानीले बाटोमा माटो भासिएको रहेछ । अब हामी साहित्यकार कति अभागी रहेछौं भन्ने कुराले चित्त चाहिँ बुझाउनै पर्छ । प्रकृतिले पनि हाम्रो धैर्य, साहसको परीक्षा लिएको हुनर्ुपर्दछ । भाषाशास्त्री महानन्द सापकोटालाई पनि आफ्नो स्मारक स्थापना गराउन त्यति सजिलो भएको थिएन होला । यो सङ्घर्षको घडी पनि पक्कै महानन्द सापकोटाले परीक्षाको रूपमा लिनु भएझै लाग्यो मलाई । उहाँको विषयमा गाडीमा बेलाबेलामा चर्चा हुने गर्दथ्यो । उहाँको भाषाप्रतिको कटिबद्धता, साहित्यप्रति लगनशीलता, जीवनका कष्टमय क्षणहरू र आँटिला कार्यहरूको चर्चा हुने गर्दथ्यो । बेलाबेलामा हामी जेाखिमपूर्ण यात्राप्रति संवेदनशीलता पनि प्रकट गर्दथ्यौं । अत्यन्त सानो चौडा भएको बाटोबाट मुश्किलका साथ गाडी लानुपर्ने अनि अप्ठेरा घुम्ति पार गर्नुपर्ने, कुनबेला के हुने हो भन्न नसकिने स्थिति थियो । हामीले जीवनको ढुकढुकी ड्राइभरको हातमा छोडिदिएका थियौं । जसरी एउटा विमारीको अप्रेशन गर्दा डाक्टरको हातमा उसको ढुकढुकी चलिरहेको हुन्छ । हो, त्यसरी हामीले पनि हाम्रो जीवनको कैंची, छुरा ड्राइभरको हातमा सुम्पिदिएका थियौं । त्यहाँ एक इन्चको तल माथिमा जे पनि हुन सक्थ्यो । त्यसै पनि मैले आफ्नो सम्पूर्ण जिन्दगी इश्वरको हातमा सुम्पेको मान्छे अहिले पनि म निर्धक्क इश्वरको आस्थामा नै लिन थिएँ ।
केही माथि पुगेपछि फेरि गाडी भासिनेक्रम बढ्यो । यो बेला मिश्र वैजान्ति र भवानी क्षेत्रीचाहिँ निकै डराउनु भएछ । उहाँहरू हिँडेर नै स्मारकस्थल पुग्नु भएछ अन्यन्तै कष्टमयका साथ । लीलाजी र मचाहिँ हिँड्न अल्छी गर्यौँ । हामीसंगै जीवन अधिकारी, अर्जुन सापकोटा र देवेन्द्र प्रर्साई हुनुहुन्थ्यो । चिनापचारीको खेल खेल्दै हामी उकालियौं । हिँड्न बडो मुस्किल भइरहेकोथ्यो । लीला र म उस्तै थियौं, हिँड्नमा चाहिँ । ठाडो उकालो वरिपरि रूखैरूख चिसो हावासँग साइनो गाँस्तै हामी उकालियौँ । निकै ठाडो उकालो काटेपछि गाडी आइपुग्यो । गाडीमा चढ्यौं । गाडीले नानीलाई झोलुमा हल्लाएझै हल्लाउँदै मास्तिर लग्यो । अबको बाटो अलिक कम त्रासदीपूर्ण थियो । केहीमाथि पुगेपछि एउटा घुम्ती आयो । त्यो घुम्तीमा फेरि गाडी फस्यो । ड्राइभरले झण्डै दसौं चोटी सम्म गाडी निकाल्ने प्रयास गर्‍यो तर सकेन । डाइभरको धैर्यता, लगनशीलता, र सीपको हामीले मुक्त कण्ठले प्रशंसा गर्‍यौ । सायद यो दृश्य विदेशीले देखे भने कति अचम्म मान्दा हुन । ती गाउँले देखाएका सदासयता र हार्दिकताले हामी कृतकृत भयौँ । कस्तो निश्चल माया, कति आत्मीयता कति हार्दिकता पहाडको स्वच्छ हावा र प्रवृतिमा हुर्केको मानवीयता । सहरमा भएको प्रदुषित व्यवहारलाई यहाँको मानिसको व्यवहारले झापड हानेझैँ लाग्यो मलाई । अझ झन सहरको मै हुँ भन्नेहरूले मित्रता र आत्मीयतालाई प्राप्तिको पासोमा झुण्डाएको देखेर उनीहरूलाई मानवीयताको यो कथाको बल्छीमा बल्झाउन मन लाग्यो मलाई ।

फेरि गाउँलेले मुश्किलले गाडी बाहिर निकाले । सानासाना केटाकेटीदेखि वृद्धसम्म लागिपरेको देखेर म अचम्मित र त्रसित भएँ, केही गरी गाडी पछाडि फक्यो भने ती सहयोगी हातहरू मिनेटमा कच्याककुचुक हुन सक्थे । के त्यो दृश्य मेरो हृदयले सहन सक्ला ?

अब गाडी पाचौँ नम्बरको स्वागत प्रवेशदारमा पुगेको थियो । त्यहाँ केही व्यक्ति स्वागत गर्न माला लिएर बस्नुभएको थियो । त्यहाँ मलाई कथाकार भनेर माला लगाइयो । मैले भने "म यो ठाउँमा आइपुग्नु मेरो सौभाग्य हो ।" तुरुन्त गोपाल बस्नेतले भन्नुभयो "यो ठाउँको पनि सौभाग्य हो ।" वास्तवमा दुवै कुरा सही थिए । त्यसपछि हामी फेरि उकालियौँ इश्वरको कामना गर्दै । एकजना गाउँले भन्दै हुनुहुन्थ्यो -'हामी कति अभागी रातभरि पानी नपरेको भए पाहुनाहरूलाई यति कष्ट हुने थिएन । म त रातभरि सुत्न सकिनँ ।' कति स्वच्छ भावना ! कति ठूलो आस्था र विश्वास साहित्यप्रति ! तर अभागी त हामी साहित्यकार हौँ भनेर मैले बुझाउन सकिनँ । केहीसमयपछि एउटा सानो स्कूल आइपुग्यो । त्यहाँ गाडी राखिने ठाउँ रहेछ । त्यहाँबाट फेरि पैदल हिँड्नु पर्ने डाँडासम्म । अब हिँड्नेक्रममा लीलाजी र म खुम्चियौं । तर पनि खुट्टा नतन्काई नपुगिने भएको हुनाले सकिनसकी लम्कन थाल्यौं । पश्चात्तापको सुनामीले मजाले घेर्‍यो मलाई । माथि पुग्नेभन्दा पनि कसरी र्फकने भन्ने छालहरूले घेरे मलाई । बाटामा केही भइहाले मैले जिन्दगी कहिल्यै साहित्यिक यात्राको लागि अनुमति पाउनै छैन भन्ने त्रासले डोरायो मलाई । साहित्यिक यात्रामा यति लामो र जोखिमपूर्ण यात्रा यो नै मेरो पहिलो थियो । हामी झन्डै डाँडाको टुप्पोमा थियौँ । त्यहाबाट तलसमथर मैदानको रमणीय दृश्य देखिँदै थियौँ । हामी तेर्र्सो बाटो हुँदै गफको गुइठा फुक्दै उकालियौँ ।

करीब आधाघण्टा हिँडेपछि स्मारकस्थल आइपुग्यौं । ओहो ! सालिक भएको ठाउँ कति मनमोहक । पूर्वपट्टी मेची खोलाको बगर, बाहुनडाँगी अनि निकै पर सिक्किम र दार्जेलिङ्ग चियाउँदै गरे जस्तो भने पश्चिमपट्ट विर्तामोड र धुलावारीका फाराकिला फाँटहरू । यो प्राकृतिक सौर्न्दर्यमा हामी लिप्त भयौँ । यो रमणीय दृश्य देखेर म भाविभोर भएँ । दिनभरिको पीडापछि जन्मेको अदभुत आनन्द । अझ भनौ प्रसववेदनापछि जन्मेको अपार सुखानुभूतिको आनन्दझैँ । मैले यस्तो प्राकृतिक सौर्न्दर्यको रसास्वादन गर्न नपाएको वर्षौ भइसकेछ । अहिले पो तिर्सना जागेजस्तो भयो । डाँडाको थुम्कोको बीचमा स्मारक अनि स्मारकको वरिपरि फूलबारी । कति रमाइलोस्थल ! वास्तवमा स्मारकस्थल अत्यन्त उपर्यक्त ठाउँमा थियो ।
धेरैजस्तो साहित्यकार भेला भएर कार्यक्रम शुरु गरिसक्नु भएको रहेछ । भोक र थकाईले हामी ल्कान्त थियौं । मेरो सास फुलेर दम बढेजस्तो भएको थियो । तर पनि त्यहाँको रमणीय वातावरणले हाम्रो सम्पूर्ण थकान र भोकलाई निर्मलीकरण गरिदियो । म फोटो खिच्ने मुडमा थिएं । केही औपचारिक कार्यक्रम पछि खाजाको बन्दोवस्त गरिएको रहेछ । वास्तवमा त्यो व्यवस्था अन्तरिम रहेछ कि क्या हो ! साहित्यकारहरू धेरै भोकाए भनेर । खाजामा मकै र गुन्दु‍क र र्सवत थिए त्यो पनि सीमित मात्रामा । म पेटको विमारी मकै र गुन्द्रक (साधेको खान नहुने मान्छे) दुई गिलास र्सवत र पानी खाएँ । त्यतिखेर आयोजकको कमजोरी हो की जस्तो लाग्यो तर पछि बुझ्दा एकघण्टामा पुगिने ठाउँमा तीनघण्टा लागेको हुनाले परियोजनामा विचलन आएको रहेछ भन्ने निक्यौल गरेपछि मैले आफैले आफैँलाई सान्त्वाना दिएँ । तर ती गाउँलेहरूले देखाएको सदासयता र खातिरदारीको प्रशंसा गरेर नथाक्ने भएकी छु म । त्यसपछि हाम्रो र्फकनेक्रम शुरु भयो । र्फकदा केही साहित्यकार गाडीमा जान त्रासदीयुक्त भएको हुनाले हिँडेर नै र्फकने मानसिकता बोक्नुभयो । अन्य हामी केहीचाहिँ बरु जीउज्यान जे होला होला भन्दै भवितव्यताको वाकसमा धितो राख्दै गाडीमा नै र्फकने मानसिकताले धमिलियौँ । निकैतलसम्म हिँड्नु पर्दा गारो भयो । एक त भोक त्यही माथि थकान मुस्किलले गाडी भए ठाउँमा आइपुग्यौँ ।

अब गाडीले राम्ररी नै ओह्रालो झार्‍यो । तर यात्राचाहिँ जोखिमपूर्ण नै थियो । हामी निकै गलेछौं । लीला र म लोलाउन थाल्यौँ । ऊ पनि भर्खर बिमारी भएर उठेको मान्छे रहेछ । म पनि त्यस्तै । जीवनमा मानसिक पीडा धेरै सहे हुँला तर यस्तो भौतिक पीडा सहेको मलाई सम्झना छैन । किन किन आँखा लोलाएछन् । प्रायः सबै साहित्यकारको हालत यस्तै थियो । झन्डै डेढ घण्टामा कलकल पानीको आवाजले आँखा उघ्रियो । ओहो ! पानीको कस्तो वहाव ! कस्तो निश्चलता ! बाटोको छेउमा बनाएको सिमेन्टको कुलोमा पानी अत्यन्त वेगका साथ वगिरहेको थियो । वास्तवमा हाम्रो जीवन भनेको पानीनै रहेछ । यो पानीको ध्वनीमा म तरंगित भएँ । एकछिन भएपनि शरीरमा स्फर्ूर्ति आयो । हामी शान्ति माध्यमिक विद्यालय जादैँ रहेछौँ । फेरि किन हो आँखा लोलाएछन् ।
विद्यालय आइपुगेछ । अलिक माथि नै गाडी रोकियो । गाडीबाट झरेर हिँड्न खोज्दा खुट्टा नै लागेन । भाचिएझैँ भयो । यसलाई कइटे लागेको भनिन्छ भनेर विवश सर र गोपाल सरले खैखवरी लिनु भयो । तर म उहाँहरूलाई आफ्नो दुःख सुनाएर अरू दुखित बनाउन चाहन्नथेँ ।

भोजनकक्षअगाडि कृष्ण धरावासी हाँस्दै हामीलाई स्वागत गर्न बस्नु भएको रहेछ । कृष्णले झैँ हाम्रो मानसकिताअघि बुझिसक्नु भएको रहेछ । त्यसैले होला हाम्रो मस्तिष्कलाई उर्जा दिने किसिमको अभिव्यक्ति दिनु भयो । मलाई आधा थकाइ मेटिएझैँ भयो ।

भित्र सबै साहित्यकारहरू तन्मयका साथ खानासँग भलाकुसारी गर्दै हुनुहुन्थ्यो । म पनि सामेल भएँ । तर आफ्नो त उही बाध्यता । यत्रो हार्दिकताका साथ गरिएको अनुग्रहलाई चटक्क लत्याउनु पर्‍यो । खानामा केही पिरो भएपछि मैले चार गाँस बाहेक केही लिन सकिनँ । अरू साथीहरू मजाले व्यवहारिक सम्झौतामा लाग्नु भएको थियो । त्यो देखेरचाहिँ मलाई खुसी लाग्यो ।

त्यसपछि कार्यक्रम स्थलमा जाने अनुरोध गरिएको थियो । औपचारिक कार्यक्रम शुरु गरियो । प्रमुख अतिथि वैरागी काइलाद्वारा कार्यक्रम उद्घाटन गरियो । अतिथि साहित्यकार धेरै हुनुहुन्थ्यो किन हो मञ्चमा बाहिरबाट जानुभएको साहित्यिकारमा कृष्ण भुषण बल, मिश्र वैजन्ती र मलाई मात्र बोलाइयो । गायक तथा संगीतकार जीवन अधिकारीले महानन्द सापकोटाको गीत आफ्नै संगीतमा सुनाउनु भयो त्यहाँ उहाँलाई सम्मान पनि गरियो । अन्य पुरस्कारको कार्यक्रमचाहिँ भोलिलाई स्थगित गरियो । पुरस्कृत हुनु हुनेमा डा. हृषिकेश उपाध्याय र खोलाघरे साइँला हुनुहुन्थ्यो ।

मेरो भने पेटका अवयवहरूले सशक्त आन्दोलन शुरु गरिसकेका थिए । हातखट्टाका जोर्नीहरूले नारा र जुलुस लाउन थालिसकेका थिए । अब मलाई यी पार्टपूर्जासँग शान्ति सम्झौता गर्न निकै समय लाग्छ भन्ने अनुमान निकाली सकेकी थिएँ मैले । कार्यक्रम सकिने वेलामा वैरागी काइला र जीवन अधिकारी र्फकने गाइगुइ हल्ला सुनेँ । सुन्नेबित्तिकै कृष्ण धरावासीलाई आफ्नो अवस्थाका जगजाहेर गरेँ । त्यसपछि उहाँले सँगै र्फकनुहोस भन्ने सल्लाहले मेरो समस्या सुल्झाइदिनु भयो ।

भोलिपल्ट आजैको नै बाँकी रहेका कार्यक्रम असरल्ल छरिएको जानकारी उदधोषकले दिइरहेका थिए । हामी भने तिनै कार्यक्रमलाई निफन्दै , कुल्चदै घर र्फकने दुस्साहस गरिरहेका थियौँ । वास्तवमा मानिसले आफूले चाहेर सबै पाउँदैन रहेछ । म नराम्ररी परिवेशको दास भएँ । भोलिपल्टको रमाइलो कार्यक्रमलाई कल्पनामा मात्र सीमित राख्दै हामी पन्छियौँ । सल्लाह बमोजिम हामी र्झनै पर्ने जति झर्‍यौँ । झन्डै ठूलो साँझपर्दा हामी सानो जीपमा उचालिँदैपछारिँदै ओह्रालो झर्दै थियो । मैले अलिकति दृश्य झ्यालबाहिर डाँडाको भित्तामा छरेँ । खोलापारि डाँडामा स्कुले पोशाक लगाएका केटाकेटा सेताम्मे देखेँ । नेपालको अभ्यन्तारिक अवस्था त मैले कहाँ बुझेको रहेछु र - सिद्धान्त र व्यवहार सिक्काका दुई पाटाझैँ झुल्केका छन् मेरा आँखामा । खोलापारिको डाँडाका स्कुले केटाकेटीको दृश्य मेरा आँखाभरि खादिएका छन् । खोलापारि त्यति टाढाबाट ती गाउँले केटाकेटीहरू कसरी यो स्कुलमा पढ्न आउँदा हुन । कुनै कथाजस्तो यो कुरा त मैले किताबमा मात्र पढेकी थिएँ । आज साक्षात्कार हुने मौका पाएकी थिएँ । मेरो घरअगाडिको स्कुलको गाडी र मेरो छोराछोरी अनि स्कुलको आँगनमा गाडी । मेरो आँखाले त्यो दृश्यलाई विस्थापित गरिदियो । मलाई सपना होकि, विपना हो जस्तो लाग्यो । ती कलिला भविष्यका कर्ण्र्ाारहरू दिनमा कति समय बाटो हिँडेर बिताउँदा हुन् भनेर मलाई हिसाबकिताब गर्न मन लाग्यो । तर म हिसाबमा त्यसै कमजोर भएको हुनाले थप परिस्थितिबाट पनि कमजोर हुन चाहिनँ । चुनावको बेलामात्र गाउँजाने नेताको देशमा योभन्दा बढी जोडघटाउ गर्दा आफै चिप्लिने डर हुन्छ भनेर मैले त्यो दृश्यलाई आँखामा मात्र सीमित राख्न सकेँ ।

गाडीबाट अस्ताउन आँटेको सूर्यको मनमोहक दृश्य पोखियो मेरो आँखामा । किन हो मलाई अस्ताउँदो सूर्यको दृश्य असाध्यै मन पर्छ । यदि म चित्रकार भएको भए शशी शाहले घोडाको मात्र चित्र बनाएझैँ म पनि गोधूलि साँझको मात्र चित्र बनाउँथेँ हुँला । मलाई सुर्य अस्ताउन आँटेको क्षितिजसँग भलाकुसारी गर्न मन लाग्यो । त्यस्को सौर्न्दर्यमा आफूलाई डुबाउन मन लाग्यो र सोध्न मन लाग्यो "के म आफ्नो गन्तव्यमा आज पुग्न सकुला - के मेरो साहित्यिक यात्राका कठिन क्षणहरू यसरी नै पार गर्दै आफ्नो गन्तव्यस्थानमा सुरक्षित पुग्न सकुला त -" गाडीमा हामी सबै आफ्नै ताल,सुर र रागमा आफ्नो जीवनको गीत संगीतमय बनाएर बजाइरहेका थियौँ । सबै मौन, शान्त र निश्चिन्त थियौँ । मेरो मनले भने विर्तामोडबाट गाडी पाउलानपाउला भन्ने राग अलापिरहेको थियो । त्यहाँ संवाद थिएन , विवाद थिएन, अपवाद थिएन । किनभने आ-आफ्नो संगीतमा बाधा आउन सक्दथ्यो । धुलाबारी आइपुगेपछि बैरागी काइलाज्यूले बिदावारी मागेर बाटो लाग्नुभयो । हामी बिर्तामोडमा झर्‍यौँ । बिर्तामोडमा आइपुग्दा ८ बजिसकेको थियो । अब गाडी पाइने हो होइन - नपाए के गर्ने भन्ने योजना बनाउन थाल्यौँ बहिनी र म । हुन त बिर्तामोडमा आफ्नामान्छे प्रशस्त छन् । तर अबर परेपछि मात्र आउनेरहेछन् भनेर व्यवहारिक वचनवाण लाउँछन् कि भन्ने डर मनमा थियो मलाई । त्यसैले भरसक्य गाडीमा घरै आउने योजना बनायौँ बहिनी र मैले । भाग्यबश एउटा नाइट बस केही समयपछि आइपुग्यो । अब भने सबै शंका, थकान मेटिएझैँ भयो । त्यो दिन सकुशल राति दसबजे घर आइपुगेँ । कहिले भोग्न नपाएको रोमाञ्चक साहित्यिक यात्राको संस्मरणसगै मैले आफ्नो विचार र अनुभूतिको सानो पोको पाठकलाई बोकाउन सफल भएँ । त्यसैले अहिले म खुसी छु । फेरि साहित्यकारहरूका जन्मकुण्डलीबाट थोरै भएपछि साहित्यकारको जीवनदशा केलाउन सकेकोमा अझ हषिर्त छु । कार्यक्रमको यस्तो सुनौलो अवसर दिएर यो नियात्रामा आफू पोखिन पाएकोमा महानन्द सापकोटा प्रज्ञा प्रतिष्ठानलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।(मिर्मिरे २०६४- मङ्सिर नारी विशेषाङ्क)

7 comments:

Basanta said...

निकै रमाईलो लाग्यो यो लेख पढ्न!

कृष्ण वस्ती said...

राम्रा र रोचक सामग्री समावेश भएको पाएँ ।यसको निरन्तरता र सफलताको कामना छ ।मेरो तहबाट सदा सहयोग रहनेछ ।

शखदा said...

कृष्णसर व्लग हेरेर कमेन्ट पठाउनु भएकोमा ज्यादै खुसी लागेको छ ।

Mukta said...

ramailo lagyo lekh...

हाम्रोगुल्मी said...

निकै रमाईलो लाग्यो यो लेख पढ्न!

अनलाईनलिटरेचर्स .com said...

hajur ko aru niyatra kata haraye holan ?m aparkhai ma chhu

Adams Kevin said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

मेरो बारेमा

मलाई पछ्याउनेहरु

फेसबुक शुभेच्छुक

भिजिटर म्याप

अन्तरवार्ता सुन्नुहोस्

खसखस डटकमले लिएको अन्तवार्ता सुन्नुहोस् । Click Here!! (Listen Live) यो अन्तवार्तालाई आफ्नो Computer मा Save गर्न चाहनुहुन्छ भने Right Click गरी Save... भन्ने Opptions मा Click गर्नुहोस् । यदि तपाई Mozilla Firefox, Google Chrome, Internet Explorer, Apple Safari चलाउँदै हुनुहुन्छ भने क्रमश: Save Link As.., गर्नुहोस् ।