मध्यरातको एकोहोरो रुवाइले गर्दा मालिकले उसको प्यारो कुकुर बन्जोलाई गाली गर्छ । गाली गर्दा पनि केही नलागेर एकदुईपल्ट हिर्काउँछ । हिर्काउँदा पनि कुकुर एकनासले रोइरहन्छ । उसको एकोहोरो रुवाइले गर्दा उसलाई ज्यादै रिस उठ्छ । रिसको झोँकमा एक लात्ती बजाउँछ उसमाथि । बन्जो कुइँकुइँ गर्दै खाटमुनि गएर लड्छ ।
भोलिपल्ट खाटमुनिबाट मरनासन्न अवस्थामा रहेको आफ्नो प्यारो कुकुरलाई मालिकले बाहिर निकाल्छ । माया गर्छ । आफूले रिसको आवेग थाम्न नसकेर हिर्काएकामा आत्माग्लानि गर्छ । बन्जो, असक्त भएको खबरले घरमा खैलाबैला मच्चिन्छ । डाक्टर बोलाइन्छ, देवी देवतालाई पुकारिन्छ तर कुनै पनि उपाय शेष नरहेकाले केही फाइदा हुँदैन । प्यारो कुकुर बन्जो मर्छ । मालिकलाई ठूलो आघात पर्छ । आफ्नो सबैभन्दा प्रिय वस्तुको अन्त आफैँद्वारा हुँदा उसलाई सहीनसक्नु पीडा हुन्छ । घरमा चारैतिर शोक छाउँछ । शोकाकुल परिवारलाई सान्त्वना दिन मानिसहरूको भीड लाग्छ । आगन्तुक सबै परिवारको अनुहार मलीन देखिन्छ । बन्जो कुकुर नभएर, मानिसझैँ बुद्धिमान् र संवेदनशील प्राणी भएको ठहर सबैले गर्छन् । आधुनिक पाराले दाहसंस्कार हुन्छ र छाक छोड्ने कार्यक्रम पनि हुन्छ ।
त्यसै दिन नजिकैको घरमा हर्केकी आमाको मृत्यु भएको हुन्छ । तर कसैलाई यो कुराको पत्तोसमेत हुँदैन । बिदेसिएको लोग्ने र जेलमा परेकी छोरीकी आमा चन्द्रमाया, एक घुट्को पानीसम्म पिउन नपाई नाबालक छोरालाई एक्लो र अलपत्र पारेर मरेकी हुन्छे । कसैलाई उसको अवस्था र मृत्युबारे चासो हुँदैन तर उसको अवस्थाप्रति साङ्केतिक अपसगुनको रुवाइ व्यक्त गर्ने त्यो कुकुर अनाहकमा आफ्नै मालिकको रिसको कारण मृत्युको भागीदार बन्न पुग्छ । बिचरा मृत्युको काखमा पुगेको बन्जोलाई यो कुराको के थाहा कि मानिसको मरण यति तुच्छ हुन्छ र मूल्यहीन हुन्छ भन्ने कुरा ? उसलाई थाहा हुँदो हो त गिर्दो मानवता र कर्तव्यबोधबाट च्युत मानिसको भीडमा पशु भएर पनि आफ्नो इमान्दारिता र जन्मजात पाएको नैतिक दायित्व बिर्सेर उसले रुने गल्ती कहिल्यै गर्दैनथ्यो होला ।

3 comments:
वाह!, एकदमै राम्रो लाग्यो यो कथा । सटिक सामाजिक व्यङ्ग्य ।
मज्जाको झटारो हो आधुनिकताको नाममा मानवतालाई पिठिउँ फर्काउँदै आफ्नै धुनमा मग्न बन्दै हिँडिरहेका सहरिया वर्गको लागि ।
जीवन त्यसप त बन्जोको पनि हो, हर्केकी आमाको पनि हो । एउटा कुकुरलाई कति लाडप्यार र प्राथमिकता दिने व्यक्तिको संवेदनाको कुरा हो, त्यही संवेदनामय मनले मानवीय अवसानको भने रत्तिभर फिक्री नगरेर भेदभाव गर्नु असह्य पाटो हो ।
धन्यवाद यथार्थ सामाजिक गतिको उजागरका लागि ।
सार्है राम्रो छ
Post a Comment