एकादेशमा धूर्त नाम गरेको स्याल थियो । त्यो स्याल रानीवनको जङ्गलमा बस्थ्यो । त्यहाँ सिंह, हात्ती, बाघ, भालु बस्दथे । त्यो जङ्गलको राजा सिंह थियो भने महामन्त्री त्यही धूर्त स्याल थियो । महामन्त्री धूर्त स्यालको कपट र स्वार्थले सिंह राजा नाममात्रको राजा थियो । मौका परेको बेला जङ्गलका अरू जनावरहरू पनि र्सर्वेर्सवा हुन खोज्थे । धूर्त स्याल बाघ, भालु र हात्तीमा एकआपसमा कुरा लगाएर झगडा गराउँथ्यो । ऊ मौका हेरी चापलुसी र चुक्ली लगाउँदथ्यो । ऊ आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्दथ्यो । यसैले गर्दा राजा सिंह कमजोर हुँदै गएको थियो । बाघ, भालु, हात्ती राजा सिंहको...